कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३२)

धेरै मानिसहरू झारटारुवा तरिकाले कर्तव्य निभाउँछन्, तिनीहरू कहिल्यै त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्, यस्तो लाग्छ मानौँ तिनीहरू गैरविश्‍वासीहरूको लागि काम गरिरहेका छन्। सबैथोक एक मजाक हो जस्तो गर्दै, तिनीहरू कच्चा, सतही, उदासीन र लापरवाही ढङ्गले काम गर्छन्। यस्तो किन हुन्छ? तिनीहरू श्रम गरिरहेका गैरविश्‍वासीहरू हुन्; तिनीहरू कर्तव्य निभाइरहेका अविश्‍वासीहरू हुन्। यस्ता मानिसहरू अत्यन्तै फटाहा हुन्छन्; तिनीहरू छाडा र अनियन्त्रित हुन्छन्, र तिनीहरू गैरविश्‍वासीहरूभन्दा कति पनि फरक हुँदैनन्। तिनीहरू आफ्नै लागि काम गर्दाचाहिँ, निश्‍चय नै झाराटारूवा हुँदैनन्, तर कर्तव्य पालना गर्ने कुरामा चाहिँ तिनीहरू किन अलिकति पनि उत्साही वा परिश्रमी हुँदैनन्? तिनीहरूले जे गरे पनि, तिनीहरूले जुनसुकै कर्तव्य निभाए पनि, त्यसमा खेलाँचीपन र बदमासी हुन्छ। यस्ता मानिसहरू सधैँ झाराटारुवा हुन्छन् र तिनीहरूभित्र कपट लुकेको हुन्छ। के यस्ता मानिसहरूसँग मानवता हुन्छ? तिनीहरूसँग निश्‍चय नै कुनै मानवता हुँदैन; न त तिनीहरूसँग अलिकति पनि विवेक वा समझ नै हुन्छ। छाडा गधा वा छाडा घोडाजस्तै तिनीहरूलाई पनि निरन्तरको व्यवस्थापन र रेखदेख चाहिन्छ। तिनीहरू परमेश्‍वरको घरमाथि छल र कपट गर्छन्। के यसको मतलब तिनीहरूमा उहाँप्रति साँचो विश्‍वास छ भन्‍ने हो त? के तिनीहरू उहाँको लागि आफैलाई खर्चिरहेका छन् त? तिनीहरू निश्‍चय नै मापदण्डभन्दा तल हुन्छन् र तिनीहरू श्रम गर्न पनि योग्य हुँदैनन्। यस्ता मानिसहरूलाई अरू कसैले काममा लगाएको भए, तिनीहरू केही दिनमै निकालिनेथिए। परमेश्‍वरको घरमा तिनीहरूलाई श्रमिक र भाडाका कामदार भन्नु पूर्णतः सही हुन्छ, र तिनीहरूलाई हटाउन मात्र सकिन्छ। धेरै मानिसहरू प्राय आफ्नो कर्तव्य पालना गर्ने क्रममा झाराटारूवा हुन्छन्। काँटछाँट र काटछाँट गरिने अवस्था आइपर्दा, तिनीहरू अझै पनि सत्यता स्विकार्न इन्कार गर्छन्, र जिद्दी गर्दै आफ्नो कुरा राख्छन् र परमेश्‍वरको घरले उनीहरूप्रति अन्याय गरेको अनि दया र सहिष्णुता नदेखाएको गुनासो पनि गर्छन्। के यो अनुचित होइन र? अझ वस्तुगत रूपमा भन्नुपर्दा, यो अहङ्कारी स्वभाव हो, र तिनीहरूसँग थोरै पनि विवेक र समझ हुँदैन। परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरूले कम्तीमा पनि सत्यता स्विकार्न अनि विवेक र समझ उल्लङ्घन नगरी काम गर्न सक्नुपर्छ। काँटछाँट स्विकार्न र त्यसमा समर्पित हुन नसक्ने मानिसहरू अति अहङ्कारी, आत्मधर्मी र केवल अविवेकी हुन्छन्। तिनीहरूलाई पशु भन्दा अत्युक्ति हुँदैन किनभने तिनीहरू आफूले गर्ने सबै काममा अत्यन्तै बेपरवाह हुन्छन्। तिनीहरू आफूलाई मन लागेअनुसार र परिणामको वास्तै नगरी काम गर्छन्; समस्याहरू आइपरे पनि तिनीहरू मतलब गर्दैनन्। यस्ता मानिसहरू श्रम गर्न योग्य हुँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य यसरी गर्ने हुनाले अन्य मानिसहरू तिनीहरूलाई देखिसहँदैनन् र भरोसा पनि गर्दैनन्। के त्यसोभए परमेश्‍वरले तिनीहरूलाई विश्‍वास गर्न सक्नुहुन्छ त? यो न्यूनतम मापदण्ड पनि पूरा नगर्नाले तिनीहरू श्रम गर्न पनि अयोग्य हुन्छन् र तिनीहरूलाई हटाउन मात्र सकिन्छ। केही मानिसहरू कति अहङ्कारी र आत्मधर्मी हुन सक्छन्? तिनीहरू सधैँ जे पनि गर्न सक्छु भन्‍ने सोच्छन्; तिनीहरूको लागि जेसुकै बन्दोबस्त गरिए पनि, तिनीहरू भन्छन्, “यो निकै सहज छ; यो कुनै ठूलो कुरा होइन। म यो सम्हाल्न सक्छु। सत्यता सिद्धान्तहरूबारे मसँग सङ्गति गर्न मलाई कसैको आवश्यकता छैन; म आफ्नो निगरानी गर्न सक्छु।” सधैँ यस्तै मनोवृत्ति राख्नुका कारण अगुवा र सेवक दुवैले यस्ता मानिसहरूलाई देखिसहँदैनन् र तिनीहरूले गर्ने काममा भरोसा गर्दैनन्। के यिनीहरू अहङ्कारी र आत्मधर्मी मानिसहरू होइनन् र? यदि कुनै व्यक्ति अत्यन्तै अहङ्कारी र आत्मधर्मी छ भने, त्यो लज्जाजनक व्यवहार हो, र त्यसमा कुनै परिवर्तन भएन भने, तिनीहरूले कहिल्यै आफ्नो कर्तव्य पर्याप्त मात्रामा गर्दैनन्। आफ्नो कर्तव्यपालनप्रति व्यक्तिको मनोवृत्ति कस्तो हुनुपर्छ? व्यक्तिसँग कम्तीमा पनि जिम्मेवारीपूर्ण मनोवृत्ति हुनुपर्छ। व्यक्तिमाथि जस्तोसुकै कठिनाइ र समस्याहरू आइपरे पनि उसले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, परमेश्‍वरको घरले माग गर्ने मापदण्ड बुझ्नुपर्छ, र कर्तव्य पालना गरेर कस्तो परिणाम प्राप्त गर्नुपर्छ भन्‍ने कुरा जान्नुपर्छ। यदि कसैले यी तीन कुराहरू बुझ्यो भने उसले आफ्नो कर्तव्य सजिलै पर्याप्त मात्रामा निभाउन सक्छ। यदि व्यक्तिले सुरुमा सिद्धान्तहरू बुझ्छ, परमेश्‍वरको घरद्वारा तोकिएको मापदण्ड बुझ्छ, र आफूले प्राप्त गर्नुपर्ने नतिजाहरूबारे जानकार छ भने, उसले जुनसुकै कर्तव्य गरे पनि, के ऊसँग आफ्नो कर्तव्यपालनको लागि बाटो हुँदैन र? त्यसैले, कर्तव्यपालनप्रति व्यक्तिको मनोवृत्ति निकै महत्त्वपूर्ण हुन्छ। सत्यतालाई प्रेम नगर्नेहरू झाराटारूवा तरिकाले कर्तव्य निभाउँछन्—तिनीहरूसँग सही मनोवृत्ति हुँदैन, तिनीहरू सत्यता सिद्धान्तहरू कहिल्यै खोजी गर्दैनन् र तिनीहरू परमेश्‍वरको घरका मापदण्डहरू र आफूले प्राप्त गर्नुपर्ने नतिजाहरूबारे कहिल्यै सोच्दैनन्। तिनीहरूले कसरी पर्याप्त मात्रामा आफ्नो कर्तव्य गर्न सक्छन्? यदि तँ इमान्दारीसाथ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तँ झाराटारूवा भएको बेला, तैँले उहाँलाई प्रार्थना गर्नुपर्छ र आफूबारे आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ; तैँले आफ्ना भ्रष्ट स्वभावहरूविरुद्ध विद्रोह गर्नुपर्छ, तैँले सत्यता सिद्धान्तहरूमाथि मेहनत गर्नुपर्छ, र उहाँले माग गर्नुभएका मापदण्डहरू पूरा गर्ने प्रयास गर्नुपर्छ। यदि तैँले यसरी आफ्नो कर्तव्य गरिस् भने, तैँले बिस्तारै परमेश्‍वरको घरका मापदण्डहरू पूरा गर्न सक्नेछस्। साँचो कुरा के हो भने, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न त्यति गाह्रो छैन। यसको लागि विवेक र समझ हुनुपर्छ, र आफू सोझो र लगनशील हुनुपर्छ, त्यति भए पुग्छ। इमानदारीसाथ काम गरेर सफल बन्‍ने धेरै गैरविश्‍वासीहरू छन्। तिनीहरूलाई सत्यता सिद्धान्तहरूबारे केही पनि थाहा हुँदैन, र पनि तिनीहरूले कसरी यति राम्रो गर्छन्? किनभने तिनीहरू सुविचारित र लगनशील हुन्छन्, त्यसकारण तिनीहरूले उत्सुकतापूर्वक काम गर्न अनि सूक्ष्म कुराहरूमा ध्यान दिन, र यसरी सहजै काम पूरा गर्न सक्छन्। परमेश्‍वरको घरका कुनै पनि कर्तव्यहरू अति कठिन छैनन्। तैँले यसमा आफ्‍नो सारा हृदय लगाइस् र सक्दो प्रयास गरिस् भने, राम्रो काम गर्न सक्छस्। यदि तँ सोझो छैनस्, र आफूले गर्ने कुनै पनि कुरामा तँ लगनशील हुँदैनस्, सधैँ आफूलाई समस्याबाट जोगाउने प्रयास गर्छस्, सधैँ झारा टार्छस् र सबथोक जथाभाबी रूपमा गर्छस्, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दैनस्, कामकुरा भताभुङ्ग गरेर परमेश्‍वरको घरमा हानि पुर्‍याउँछस् भने, त्यसको अर्थ तैँले दुष्कर्म गरिरहेको छस्, र यो परमेश्‍वरको निम्ति घृणित अपराध बन्‍नेछ। सुसमाचार सुनाउने महत्त्वपूर्ण क्षणमा, तैँले आफ्‍नो कर्तव्यमा राम्रो परिणाम हासिल गरिनस् र सकारात्मक भूमिका खेलिनस्, वा बाधा र व्यवधान ल्याइस् भने, परमेश्‍वरले स्वाभाविक रूपले तँलाई घृणा गर्नुहुनेछ र तँलाई हटाउनुहुनेछ अनि तैँले मुक्ति पाउने मौका गुमाउनेछस्। यसमा तँलाई सदैव पछुतो हुनेछ! तँलाई आफ्‍नो कर्तव्य पूरा गर्नका लागि परमेश्‍वरले उचाल्‍नु नै तैँले मुक्ति पाउने एक मात्र मौका हो। यदि तँ गैरजिम्‍मेवार भइस्, यसलाई हल्कासित लिएर झाराटारूवा भइस् भने, तैँले यही मनोवृत्तिले सत्यता र परमेश्‍वरलाई लिनेछस्। यदि तँ अलिकति पनि इमानदार वा समर्पणकारी छैनस् भने, तैँले कसरी परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस्? अहिले समय अत्यन्तै बहुमूल्‍य छ; हरेक दिन र हरेक मिनेट महत्त्वपूर्ण छ। यदि तँ सत्यता खोजी गर्दैनस्, जीवन प्रवेशमा ध्यान दिँदैनस्, र आफ्नो कर्तव्यमा झाराटारूवा छस् र परमेश्‍वरलाई धोका दिन्छस् भने, त्यो साँच्‍चै अविवेकी र खतरनाक कुरा हो! परमेश्‍वरले तँलाई घृणा गरेर हटाउनुहुनेबित्तिकै, पवित्र आत्माले तँमा काम गर्न छोड्नुहुनेछ, र त्यसलाई फेरि सुल्ट्याउनु सम्भव हुँदैन। कहिलेकाहीँ, व्यक्तिले एक मिनेटमा गर्ने कामले उसको जीवन नै बरबाद गर्न सक्छ। कहिलेकाहीँ, परमेश्‍वरको स्वभाव चिढ्याउने एउटै शब्दको कारण व्यक्तिलाई प्रकाश गरेर हटाइन्छ—के यो केही मिनेटकै अन्तरालमा हुनसक्ने कुरा होइन र? यो भनेको त्यस्ता केही मानिसहरूको जस्तै कुरा हो, जसले आफ्ना कर्तव्यहरू निभाए पनि निरन्तर लापरवाहीपूर्वक काम गर्छन्, असावधान व्यवहार गर्छन् र संयमबिना काम गर्छन्। तिनीहरू मूलतः गैरविश्‍वासी र अविश्‍वासीहरू हुन्, र तिनीहरूले जेसुकै गरे पनि काम मात्र बिगार्छन्। फलस्वरूप, त्यस्ता मानिसहरूले परमेश्‍वरको घरमा हानि पुर्‍याउने मात्र होइन, तिनीहरूले आफ्नो मुक्तिको अवसर पनि गुमाउँछन्। यसरी, तिनीहरूको कर्तव्य गर्ने योग्यता पनि रद्द हुन्छ। यसको मतलब तिनीहरूलाई प्रकाश गरेर हटाइएको छ, जुन दुःखद कुरा हो। तिनीहरूमध्ये केहीले पश्‍चात्ताप गर्न चाहन्छन्, तर के तिनीहरूले अवसर पाउलान् त? तिमीहरूलाई के लाग्छ? एकपटक हटाइएपछि तिनीहरूले आफ्नो अवसर गुमाइसकेका हुनेछन्। अनि, परमेश्‍वरद्वारा एकपटक त्यागिएपछि, तिनीहरूले गुमाएको कुरा फिर्ता पाउन लगभग असम्भव नै हुनेछ।

परमेश्‍वरले कस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्छ? के भन्‍न सकिन्छ भने तिनीहरू सबैमा विवेक र समझ हुन्छ र तिनीहरू सत्यता स्वीकार गर्न सक्छन्, किनभने विवेक र समझ भएकाहरूले मात्रै सत्यता स्विकार्न र त्यसलाई सम्हालेर राख्न सक्छन्, र तिनीहरूले सत्यता बुझ्न सक्छन् भने, यसलाई अभ्यास गर्न सक्छन्। अविवेकी र समझहीन मानिसहरूमा मानवताको कमी हुन्छ; हामी आफ्नो बोलचालको भाषामा तिनीहरूलाई सद्‌गुणको कमी भएका मानिस भन्छौँ। सद्‌गुणको कमी हुनुको प्रकृति के हो? यो मानवताविहीन र मानव कहलाइन नालायक प्रकृति हो। भनाइ नै छ, व्यक्तिसँग अरू कुराको कमी भए चल्छ, तर सद्‌गुणको कमी चाहिँ हुनु हुँदैन—ऊ त्यसउपरान्त मानव रहन्‍न, ऊ त मानवरूपी पशु बन्छ। परमेश्‍वरको प्रतिरोध गर्न र उहाँका चुनिएका मानिसहरूलाई हानि गर्न मात्र कामहरू गर्ने पिशाचहरू र दुष्ट राजाहरूलाई हेर्। के तिनीहरूमा सद्‌गुणको कमी छैन र? कमी छ; तिनीहरूमा यही त कमी छ। अत्यन्तै धेरै सद्‌गुणरहित काम गर्ने मानिसहरूले अवश्यै प्रतिशोध सामना गर्नेछन्। सद्‌गुणरहित मानिसहरू मानवताहीन हुन्छन्; तिनीहरूले आफ्नो कर्तव्य कसरी राम्रोसँग गर्न सक्छन् र? तिनीहरू कर्तव्य गर्नै अयोग्य हुन्छन्, किनभने तिनीहरू पशु हुन्। सद्‌गुणको कमी भएका ती मानिसहरूले कुनै पनि कर्तव्य राम्रोसँग गर्दैनन्। त्यस्ता मानिसहरू मानव कहलिन योग्य हुँदैनन्। तिनीहरू पशु हुन्, मानव स्वरूपमा रहेका पशु हुन्। विवेक र समझ भएका मानिसहरू मात्र मानव मामिलाहरू सम्हाल्न, वचनबद्ध रहन, विश्‍वासयोग्य हुन र “इमानदार सज्जन” कहलिन लायक हुन सक्छन्। यो “इमानदार सज्जन” भन्‍ने पदावली परमेश्‍वरको घरमा प्रयोग गरिँदैन। त्यसको सट्टा परमेश्‍वरको घरले मानिसहरू इमानदार होऊन् भन्‍ने माग गर्छ, किनभने त्यही नै सत्यता हो। इमानदार व्यक्तिहरू मात्र विश्‍वासयोग्य हुन्छन्, तिनीहरूसँग मात्र विवेक र समझ हुन्छ, र तिनीहरू मात्रै मानव कहलिन लायक हुन्छन्। यदि व्यक्तिले आफ्नो कर्तव्य पालना गर्ने क्रममा सत्यता स्विकार्न र सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्छ, अनि आफ्ना कर्तव्यहरू पर्याप्त मात्रामा निर्वाह गर्न सक्छ भने, त्यो व्यक्ति साँच्चै इमानदार र वास्तवमै विश्‍वासयोग्य हुन्छ। अनि, परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्ने मानिसहरू इमानदार हुन्छन्। विश्‍वासयोग्य र इमानदार व्यक्ति बन्नु भनेको तेरा योग्यता वा तेरो रूपरङ्गसँग सम्बन्धित कुरा होइन, र तेरो क्षमता, सामर्थ्य वा प्रतिभासँग सम्बन्धित कुरा त झन् हुँदै होइन। जबसम्म तँ सत्यता स्विकार्छस्, र जिम्मेवारीपूर्वक काम गर्छस् र जबसम्म तँसँग विवेक र समझ हुन्छ र तँ परमेश्‍वरमा समर्पित हुन सक्छस्, तबसम्म त्यो पर्याप्त नै हुनेछ। व्यक्तिसँग जस्तोसुकै योग्यताहरू भए पनि, वास्तविक सरोकारको विषय ऊसँग सद्‌गुण छ कि छैन भन्‍ने हो। व्यक्ति सद्‌गुणरहित हुनेबित्तिकै उसलाई मानव मान्न सकिँदैन, बरु उसलाई पशु मान्नुपर्छ। परमेश्‍वरको घरबाट हटाइएका मानिसहरूमा मानवता र सद्‌गुण नभएकै कारण तिनीहरूलाई हटाइएको हो। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले सत्यता स्विकार्न सक्नैपर्छ, तिनीहरू इमानदार हुनैपर्छ, तिनीहरूसँग कम्तीमा पनि विवेक र समझ हुनैपर्छ, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पालना गर्न र परमेश्‍वरको आज्ञा पूरा गर्न सक्नैपर्छ। यस्ता मानिसहरूले मात्रै परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्; उहाँमा साँच्चै विश्‍वास गर्नेहरू र आफूलाई इमान्दारीसाथ उहाँमा अर्पित गर्न सक्नेहरू यिनै हुन्। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू यिनै हुन्।

के तिमीहरू काम गरिरहेको र कर्तव्य निभाइरहेको बेला आफ्नो व्यवहार र आफ्ना मनसायहरू बारम्बार जाँच्ने गर्छौ? (बिरलै मात्र गर्छौँ।) यदि तिमीहरू आफूलाई बिरलै मात्र जाँच्ने गर्छौ भने, के तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरू पहिचान गर्न सक्छौ त? के तिमीहरू आफ्नो वास्तविक स्थिति बुझ्न सक्छौ? यदि तैँले आफ्ना भ्रष्ट स्वभावहरू साँच्चै प्रकट गरिस् भने, त्यसका परिणामहरू के हुनेछन्? तँ यी कुराहरूबारे स्पष्ट हुनैपर्छ। यदि व्यक्तिले आफ्नो जाँच गर्दैन, बरु लगातार झाराटारूवा तरिकाले र बिनाकुनै सिद्धान्त काम गर्छ भने, त्यसको परिणामस्वरूप उसले धेरै दुष्कर्महरू गर्नेछ र उसलाई प्रकाश गरेर निकालिनेछ। के यो एकदमै गम्भीर परिणाम होइन र? यो समस्या समाधान गर्ने तरिका भनेकै आफैलाई जाँच्नु हो। मलाई भन् त, मानव भ्रष्टता निकै गहिरो भएकोले, के बिरलै मात्र आत्म-चिन्तन गर्नु स्वीकार्य छ त? के व्यक्तिले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता नखोजी आफ्नो कर्तव्य राम्रोसित निभाउन सक्छ र? यदि भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, गलत काम गर्न, सिद्धान्तहरू उल्लङ्घन गर्न र दुष्कर्म समेत गर्न सहज हुन्छ। यदि तँ आफूलाई कहिल्यै जाँच्दैनस् भने, त्यो समस्याजनक कुरा हो—तँ गैरविश्‍वासीभन्दा केही फरक छैनस्। के धेरै मानिसहरू यही कारणले मात्रै हटाइएका छैनन् र? सत्यता पछ्याउने क्रममा व्यक्तिले सत्यता प्राप्त गर्न कसरी अभ्यास गर्नुपर्छ? महत्त्वपूर्ण कुरा भनेको कर्तव्य पालन गर्दा आफैलाई बारम्बार जाँच्नु, आफूले सिद्धान्तहरू उल्लङ्घन गरेको र भ्रष्टता प्रकट गरेको छु कि छैनँ, र आफूमा गलत मनसायहरू छन् कि छैनन् भनी आत्मचिन्तन गर्नु हो। यदि तैँले परमेश्‍वरका वचनअनुसार आफूबारे आत्मचिन्तन गर्छस् र ती कसरी आफूमा लागू हुन्छन् भनी हेर्छस् भने, तँलाई आफूबारे जान्न सजिलो हुनेछ। यदि यस तरिकाले तैँले आफूबारे आत्मचिन्तन गर्छस् भने, तैँले तेरा भ्रष्ट स्वभावहरू बिस्तारै समाधान गर्नेछस् र आफ्ना दुष्ट विचार अनि हानिकारक मनसाय र प्रेरणाहरू सजिलै समाधान गर्नेछस्। यदि तैँले केही गलत भइसकेपछि मात्रै जाँच गर्छस्, र कुनै गल्ती गरिसकेपछि मात्रै वा कुनै दुष्कर्म गरिसकेपछि मात्रै जाँच गर्छस् भने, त्यतिबेला निकै ढिलो भइसकेको हुनेछ। परिणामहरू निस्किसकेका हुनेछन्, र यो अपराध नै हुनेछ। यदि तँ धेरै दुष्कर्महरू गर्छस् र आफूलाई हटाइएपछि मात्रै जाँच गर्छस् भने त्यसबेला धेरै ढिलो भइसकेको हुनेछ र तैँले केवल रुन र दाह्रा किट्न सक्नेछस्। परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरूले आफ्ना कर्तव्यहरू निभाउन सक्छन्—यो परमेश्‍वरको उत्थान र आशिष् हो, र यो त्यस्तो अवसर हो, जसलाई तैँले कदर गर्नुपर्छ। त्यसैले, तैँले आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा आफूबारे बारम्बार आत्मचिन्तन गरिरहनु एकदमै महत्त्वपूर्ण हुन्छ। व्यक्तिले हरेक कुराबारे जाँच गर्दै बारम्बार जाँच गरिरहनुपर्छ। उसले आफ्ना मनसाय र आफ्नो स्थितिबारे जाँच गरिरहनुपर्छ, र आफू परमेश्‍वरसामु जिउँछु कि जिउँदिनँ, आफ्ना कार्यपछाडिका मनसाय सही छन् कि छैनन्, र आफ्ना कार्यका मनसाय र स्रोत दुवैले परमेश्‍वरको निरीक्षण थेग्‍न सक्छन् कि सक्दैनन् र ती दुवैलाई परमेश्‍वरको छानबिन गराइएको छ कि छैन भनी हेरिरहनुपर्छ। कहिलेकाहीँ मानिसहरू आफ्ना कर्तव्यहरू पालना गर्ने क्रममा कठिनाइहरू आइपर्दा सत्यता खोजी गर्नु बोझिलो भएको महसुस गर्छन्। तिनीहरू सोच्छन्, “यत्ति भए पुग्छ। यो पर्याप्त छ त।” यसले मामिलाहरूप्रतिको व्यक्तिको मनोवृत्ति र कर्तव्यप्रतिको उसको मानसिकता प्रतिबिम्बित गर्छ। यो मानसिकता एक प्रकारको स्थिति हो। यो कस्तो स्थिति हो? के यो आफ्नो कर्तव्यलाई गैरजिम्मेवारी भावले र झाराटारूवा मनोवृत्तिले हेर्नु होइन र? (हो।) त्यस्तो गम्भीर समस्या विद्यमान रहेको बेला आफूलाई जाँच नगर्नु एकदमै खतरनाक कुरा हो। केही मानिसहरू यस स्थितिलाई बेवास्ता गर्छन्। तिनीहरू सोच्छन्, “अलिअलि झाराटारूवा हुनु सामान्य कुरा हो, मानिसहरू त्यस्तै त हुन्छन् नि। यसमा के समस्या छ र?” के यी अलमल्ल मानिसहरू होइनन् र? के कसैले मामिलाहरूलाई यसरी हेर्नु निकै खतरनाक होइन र? एकपटक हटाइएकाहरूलाई हेर् त। के तिनीहरू सधैँ झाराटारूवा तरिकाले कर्तव्य निभाउँदैनन् र? व्यक्ति झाराटारूवा भयो भने यस्तै नै हुन्छ। सजिलै झाराटारूवा हुने मानिसहरूले ढिलोचाँडो आफूलाई बरबाद गर्नेछन्, र तिनीहरू ठ्याक्‍कै मृत्युको मुखमा नपुगुञ्जेल आफ्ना तरिकाहरू बदल्दैनन्। झाराटारूवा तरिकाले कर्तव्य निभाउनु गम्भीर समस्या हो, र यदि तँ आफूबारे राम्रोसँग आत्मचिन्तन गर्न र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्न सक्दैनस् भने, त्यो वास्तवमै अत्यन्तै खतरनाक कुरा हो—तँ कुनै पनि बेला हटाइन सक्छस्। यदि त्यस्तो गम्भीर समस्या छ, तैपनि तैँले आफूलाई जाँच्दैनस् र त्यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनस् भने, तैँले आफैलाई हानि र बरबाद गर्नेछस्, र जब तँलाई हटाइने दिन आउँछ, र जब तँ रुन र दाह्रा किट्न थाल्छस्, त्यतिबेला एकदमै ढिलो भइसकेको हुनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्