सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ (भाग एक)

तिमीहरू सबै अहिले आफ्नो कर्तव्य निर्वाह गर्न व्यस्त छौ, परमेश्‍वको वचन र आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएका कामबारे प्रचारप्रसार गर्न र गवाही दिन तालिम लिइरहेका छौ। परमेश्‍वरको लागि गवाही दिन चाहे फिल्म बनाउने होस् वा भजन गाउने, के तिमीहरूले निर्वाह गरेका कर्तव्यहरू भ्रष्ट मानवजातिको लागि मूल्यवान् छन्? (छन्।) तिनको मूल्य कहाँनेर छ? तिनको मूल्य परमेश्‍वरले व्यक्त गर्नुभएका यी वचनहरू र सत्यता बुझिसकेपछि मानिसहरूलाई सही मार्ग हिँड्न मदत गर्नुमा छ, र मानिसहरूलाई तिनीहरू सिर्जित प्राणीका सदस्यहरू हुन् र तिनीहरू सृष्टिकर्तासामु आउनुपर्छ भनेर बुझ्न मदत गर्नुमा छ। धेरै मानिसहरू आफूले सामना गर्ने धेरैजसो कुराहरू छर्लङ्गै देख्न र बुझ्न असमर्थ हुन्छन्। तिनीहरूले आफू असहाय अनि जीवन निरर्थक र खाली रहेको महसुस गर्छन्, र तिनीहरूमा कुनै आत्मिक भरणपोषण हुँदैन। यो सबै कुराको स्रोत के हो? यी सबै कुराको उत्तर परमेश्‍वरको वचनमा रहेको छ। यतिका वर्षसम्म तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेका छौ, तिमीहरू सबैले उहाँका वचनहरू धेरै पढेका छौ र केही न केही सत्यता बुझेका छौ। त्यसैले तिमीहरूले निर्वाह गर्नुपर्ने कर्तव्य भनेको परमेश्‍वरको वचन प्रयोग गरी तिनीहरूलाई अन्तर्दृष्टि प्रदान गरेर तिनीहरूका गलत सोच र विचारहरू समाधान गर्नु, तिनीहरूलाई परमेश्‍वरको वचनभित्र रहेका सत्यता बुझ्न र यस संसारको अँध्यारो र खराब कुराहरू स्पष्ट देख्न सक्षम बनाउनु, र साथै तिनीहरूलाई साँचो मार्ग खोज्न, सृष्टिकर्ता पत्ता लगाउन, परमेश्‍वरको आवाज सुन्न र उहाँका वचनहरू पढ्न मदत गर्नु हो। यसबाट तिनीहरूलाई केही सत्यता बोध गर्न र परमेश्‍वरले गरिरहनुभएको मुक्तिको कार्य देख्न, अनि उहाँतर्फ फर्कन र उहाँको कार्य स्वीकार गर्न मदत मिल्नेछ। तिमीहरूले गर्नुपर्ने कर्तव्य यही हो। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि कति धेरै सत्यता बुझेका छौ र कति धेरै समस्या समाधान गरेका छौ, त्यो तिमीहरू सबैलाई हृदयदेखि नै थाहा छ। आजकल, धार्मिक र गैरविश्‍वासी दुवै वर्गका यस्ता धेरै मानिसहरू छन् जो साँचो मार्ग र मुक्तिदाता खोजिरहेका छन्। तिनीहरूलाई मानिसहरू किन जिउँछन् र मर्छन्, व्यक्तिको जीवनको मूल्य र अर्थ के हो, वा मानिसहरू कहाँबाट आउँछन् र तिनीहरू कहाँ गइरहेका छन् जस्ता खास खास प्रश्‍नहरूको उत्तर थाहा हुँदैन। तिनीहरूले तिमीहरू आएर सुसमाचार प्रचार गरौला र परमेश्‍वरको गवाही दिऔला अनि तिनीहरूलाई सृष्टिकर्तासामु लैजाउला भनेर पर्खिरहेका हुन्छन्—यही कारणले गर्दा तिमीहरूले अहिले निर्वाह गरिरहेको कर्तव्य धेरै अर्थपूर्ण छ! एक अर्थमा, तिमीहरू आफैले परमेश्‍वरको कार्य अनुभव गरिरहेका छौ, र अर्को अर्थमा, अरूलाई परमेश्‍वरको कामको गवाही पनि दिइरहेका छौ। यसको अनुभव जति धेरै गर्‍यो, त्यति नै धेरै तिमीहरूले सत्यता बुझ्नु र सत्यताद्वारा सुसज्जित हुनु, अनि त्यति नै धेरै काम गर्नु जरुरी छ। परमेश्‍वरको लागि यो मानिसहरूलाई सिद्ध पार्ने एउटा उत्कृष्ट अवसर हो। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, जुनसुकै कठिनाइहरू सामान गर्नुपरे पनि, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्ने वा परमेश्‍वरतर्फ हेर्ने गर्नुपर्छ; जब सबैले परमेश्‍वरको वचन पढ्छन् र मिलेर अझ धेरै सत्यता खोज्छन्, तब समाधान गर्न नसकिने कुनै समस्या नै हुँदैन। परमेश्‍वको वचनमा तिमीहरूले बुझ्न आवश्यक धेरै सत्यताहरू छन्। त्यसैले तिमीहरूले अक्सर ती सत्यताबारे चिन्तन-मनन र सङ्गति गर्नुपर्छ, त्यसपछि तिमीहरूसँग पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति हुनेछ। परमेश्‍वरमाथि भरोसा राखेर समाधान गर्न नसकिने कुनै समस्या नै छैन, र यसबारे तिमीहरूमा विश्‍वास हुनैपर्छ।

यो मानवजाति सृष्टि गर्नुभएपछि, परमेश्‍वरले व्यवस्थापन योजना तयार गर्नुभयो। विगतका हजारौँ वर्षको अवधिमा, यो मानवजातिले सृष्टिकर्ताको गवाही दिन कुनै ठूलो जिम्‍मेवारी वा कार्यभार उठाएन, र परमेश्‍वरले मानवजातिमाझ गर्नुभएको काम पनि तुलनात्मक रूपमा गुप्त र सरल थियो। तर आखिरी दिनहरूमा, अवस्था फरक छ। सृष्टिकर्ताले वचनहरू बोल्न सुरु गर्नुभएको छ। उहाँले कैयौँ सत्यता व्यक्त गर्नुभएको छ र उहाँको व्यवस्थापन योजनाको रहस्य खोल्नुभएको छ, तर भ्रष्ट मानवजाति मन्दबुद्धिको र चेतनाहीन छ: मानिसहरूले देख्छन् तर चिन्दैनन्, र सुन्छन् तर बुझ्दैनन्, मानौँ तिनीहरूको हृदय पत्थर बनिसकेको छ। त्यसकारण, तिमीहरू सबैले ठूलो जिम्‍मेवारी वहन गर्छौ! अनि यसमा त्यस्तो ठूलोचाहिँ के छ त? यसमा परमेश्‍वरले व्यक्त गर्नुभएका वचन र सत्यताहरू फैलाउनुबाहेक, तिमीहरूले सृष्टि गरिएको हरेक मान्छेको अघि परमेश्‍वरको गवाही दिनु र तिमीहरूले परमेश्‍वरको सुसमाचार सुनेको हरेक सृष्टि गरिएको मान्छेलाई सृष्टिकर्ताको अघि ल्याउनु अझै महत्त्वपूर्ण छ, ताकि तिनीहरूले परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुको महत्त्व बुझ्न सकून् र तिनीहरूले सृष्टि गरिएको मान्छेको रूपमा सृष्टिकर्ताकहाँ फर्केर आउनुपर्छ, उहाँका वाणीहरू सुन्‍नुपर्छ र उहाँले व्यक्त गर्नुभएका सबै सत्यताहरू स्विकार्नुपर्छ भनेर जान्‍न सकून्। यस तरिकाले हरेक मान्छेलाई सृष्टिकर्ताका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन लगाउन सकिन्छ। के यी नतिजाहरू परमेश्‍वरको वचनका केवल केही खण्ड पढेर हासिल गर्न सम्भव छ? मात्र केही भजन गाउन सिकेर यस्तो गर्न सम्भव छ? कामको एउटा पाटो मात्र गरेर यो सम्भव छ? अहँ, छैन। त्यसैले, यदि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु छ भने, तिमीहरूले विभिन्न विधि र फरक फरक माध्यम प्रयोग गरी सृष्टिकर्ताको कार्य, उहाँको सार्वभौमिकता र बन्दोबस्तको गवाही दिनुपर्छ। यस तरिकाले, तिमीहरूले अझै बढी मानिसहरूलाई सृष्टिकर्तासामु ल्याउन र तिनीहरूलाई उहाँको सार्वभौमिकता र बन्दोबस्त स्विकार्दै तिनमा समर्पित हुन मदत गर्न सक्‍नेछौ। के यो ठूलो जिम्मेवारी होइन र? (यो ठूलो जिम्मेवारी हो।) त्यसोभए, तिमीहरूले आफ्नो कर्तव्यप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ? के अन्यौलमा रहनु ठीक हुन्छ? के परिस्थितिप्रति आँखा चिम्लेर बस्नु ठीक हुन्छ? के आधा मनले र झाराटारुवा शैलीले कामकुरा गर्नु ठीक हुन्छ? के आलटाल गर्दै र लापरवाही तरिकाले काम गर्नु ठीक हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, तिमीहरूले के गर्नुपर्छ? (पूर्ण हृदयले काममा लाग्‍नुपर्छ।) तिमीहरूले आफूमा भएको सबै ऊर्जा, अनुभव र अन्तर्दृष्टि प्रयोग गरेर पूर्ण हृदयले काममा लाग्‍नुपर्छ। व्यक्तिले आफ्नो जीवनमा सबभन्दा सार्थक काम के गर्न सक्छ भनेर गैरविश्‍वासीहरूले बुझ्दैनन्, तर तिमीहरू यसबारे केही बुझ्छौ, हैन र? (हो।) परमेश्‍वरले तिमीहरूलाई जे सुम्पनुभएको छ त्यो स्विकार्नु र आफ्नो मिसन पूरा गर्नु—महत्त्वपूर्ण कुराहरू यिनै हुन्। तिमीहरूले अहिले निर्वाह गरिरहेका कर्तव्यहरू मूल्यवान्‌ छन्! तैँले अहिले नै नतिजाहरू नदेख्न सक्छस्, र अहिले नै त्यसबाट राम्रा प्रभावहरू प्राप्त नगर्न सक्छस्, तर त्यसले फल दिन धेरै समय लाग्नेछैन। दीर्घकालमा, यदि यो कार्य राम्रोसँग गरेमा यसले मानवजातिप्रति पुर्‍याउने योगदान पैसाले मापन गर्न असम्भव हुनेछ। यस्ता साँचा गवाहीहरू अरू कुनै पनि कुराभन्दा धेरै अमूल्य र मूल्यवान्‌ हुन्छन्, र अनन्तकालसम्म रहिरहनेछन्। यी कुराहरू परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिका असल कर्महरू हुन् र ती याद गर्न लायक योग्य हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु, सत्यता पछ्याउनु र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुबाहेक मान्छेको जीवनका सबै कुरा खाली हुन्छन्, र त्यो याद गर्न लायक हुँदैन। तैँले धर्ती नै हल्लाउने खालको सबभन्दा ठूलो काम पूरा गरेको भए पनि, तँ चन्द्रमामै पुगेर फर्केको भए पनि, तैँले मानवजातिलाई केही लाभ वा मदत पुर्‍याउने वैज्ञानिक प्रगति नै गरेको भए पनि, त्यो व्यर्थ छ र त्यो सब नासिएर जानेछ। त्यस्तो एउटै कुरा कुन हो, जुन नासिएर जाँदैन? (परमेश्‍वरको वचन।) परमेश्‍वरको वचन, उहाँको गवाही, सृष्टिकर्ताको साक्षी दिने सबै गवाही तथा कार्यहरू, र मान्छेका असल कर्महरू नासिएर जाँदैनन्। यी कुराहरू सधैँ रहिरहनेछन् र यी धेरै मूल्यवान्‌ हुन्छन्। त्यसैले, आफ्ना सारा बन्धनहरू हटा, यो महान्‌ कार्य अघि बढा र आफूलाई कुनै पनि मानिस, घटना वा वस्तुले बाधित हुन नदे; इमानदारीपूर्वक आफूलाई परमेश्‍वरको लागि खर्च गर्‌, र आफ्ना सबै ऊर्जा र प्रयास आफ्नो कर्तव्य निर्वाह गर्न लगा। परमेश्‍वरले सबभन्दा धेरै आशिष् दिनुहुने कुरा नै यही हो र यसको लागि त जुनसुकै मात्राको कष्ट पनि सार्थक नै हुन्छ!

तँ अहिले परमेश्‍वरलाई पछ्याउँछस्, परमेश्‍वरको वचन सुन्छस् र सृष्टिकर्ताको आज्ञा स्विकार्छस्। कहिलेकाहीँ यो केही कठिन र थकाइलाग्दो हुन्छ, र कहिलेकाहीँ तैँले केही अपमान र शोधन भोग्छस्; तर यी राम्रा कुराहरू हुन्, खराब कुराहरू होइनन्। आखिरमा, तैँले के प्राप्त गर्नेछस्? तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्, र अन्त्यमा सृष्टिकर्ताले तँलाई गर्नुहुने अनुमोदन र स्वीकारोक्ति प्राप्त गर्नेछस्। परमेश्‍वर भन्‍नुहुन्छ, “तैँले मलाई पछ्याउनू र म तँलाई कृपा गर्छु, तँबाट म खुसी हुन्छु।” यदि परमेश्‍वरले उहाँको नजरमा तँ सृष्टि गरिएको प्राणी मात्र होस् भनेर भन्‍नुभयो भने, तँ व्यर्थमा जिइरहेको छैनस्, तँ उपयोगी छस्। परमेश्‍वरले यसरी स्विकार्नु निकै आश्‍चर्यजनक कुरा हो र यो सानोतिनो उपलब्धि होइन। यदि मानिसहरूले शैतानलाई पछ्याउँछन् भने, तिनीहरूले के प्राप्त गर्नेछन्? (विनाश।) विनाश गरिनुअघि ती मानिसहरू के बन्‍नेछन्? (तिनीहरू पिशाच बन्‍नेछन्।) ती मानिसहरू पिशाच बन्‍नेछन्। मानिसहरूले जतिसुकै धेरै सीप हासिल गरून्, जतिसुकै धेरै पैसा कमाऊन्, जतिसुकै धेरै प्रसिद्धि र लाभ पाऊन्, जतिसुकै धेरै सांसारिक सुविधा भोगून्, र सांसारिक क्षेत्रमा जतिसुकै उच्च हैसियत बनाऊन्, तिनीहरू भित्रबाट त्यति नै धेरै भ्रष्ट, त्यति नै धेरै दुष्ट र फोहोरी, त्यति नै धेरै विद्रोही र पाखण्डी बन्‍नेछन्, र अन्त्यमा तिनीहरू जीवित भूत बन्‍नेछन्—तिनीहरू अमानव बन्‍नेछन्। यस्ता मानिसहरू सृष्टिकर्ताको नजरमा कस्ता देखिन्छन्? केवल “अमानव,” र के यति मात्र हो त? यस्ता व्यक्तिहरूप्रति सृष्टिकर्ताको हेराइ र मनोवृत्ति कस्तो रहन्छ? त्यो वितृष्णा, घृणा, तिरस्कार, अस्वीकार र अन्त्यमा श्राप, दण्ड र विनाशको मनोवृत्ति हुनेछ। मानिसहरू फरक फरक मार्गमा हिँड्छन् र तिनीहरूले फरक फरक परिणाम पाउँछन्। तिमीहरू कुन मार्ग रोज्छौ? (परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने।) परमेश्‍वरलाई पछ्याउने निर्णय गर्नु सही मार्ग रोज्नु हो: यो प्रकाशको मार्गमा हिँड्नु हो। यदि मानिसहरू सार्थक र अर्थपूर्ण जीवन जिउन, विवेक सफा राख्न र साँच्चै नै सृष्टिकर्तासामु र उहाँछेउ फर्कन चाहन्छन् भने, तिनीहरूले आफूलाई पूर्ण हृदयले समर्पित गर्नुपर्छ, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गरी परमेश्‍वरलाई सन्तुष्ट र महिमित तुल्याउनुपर्छ—तिनीहरू आधा-हृदयको हुनु हुँदैन। तैँले भन्‍नुपर्छ, “मेरो जीवनकाल र यस संसारमा, म सम्पत्ति जोड्ने, अरूभन्दा राम्रो देखिने, वा मेरा पूर्वजहरूको सम्मान बढाउने, आफ्ना सहकर्मीहरूमाझ श्रेष्ठता हासिल गर्ने वा सबैले उच्च रूपमा सोच्‍ने व्यक्ति बन्‍ने अपेक्षा गर्दिनँ—म यी कुराहरूको लागि झगडा गर्नेछैनँ। म त्यो मार्ग पछ्याउनेछैनँ। म केवल परमेश्‍वरलाई पछ्याउनेछु र मेरो जीवन, मेरो ऊर्जा, र मसँग भएका क्षमता, सीप र प्रतिभा सबै मेरो कर्तव्य निर्वाहमा समर्पित गर्नेछु, ती सबै परमेश्‍वरमा समर्पित गर्नेछु। यस दौरान, अरूले मलाई तिरस्कार गरे पनि र कहिलेकाहीँ मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूले काटछाँट गरे पनि वा गलत बुझे पनि; परमेश्‍वरले मलाई शोधन र परीक्षण गर्नुभए पनि र धेरै कष्ट दिनुभए पनि; वा यो जीवनमा मैले कुनै दैहिक आनन्द नपाए पनि र आफूलाई एक्लो र बेवास्ता गरिएको पाए पनि—म यी सबै कुराहरू स्विकार्छु र मेरो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा समर्पित गर्छु।” तिमीहरूमा यस्तो इच्छाशक्ति हुनैपर्छ! यस्तो इच्छाशक्ति भएपछि व्यक्तिले धेरै कठिनाइ सहन सक्छ, तर यस्तो इच्छाशक्ति छैन भने उसमा चाहना मात्र भयो वा अचानक उत्साहको विस्फोट भयो भने, यसले काम गर्नेछैन: त्यहाँ कुनै उत्प्रेरणा हुँदैन। कर्तव्यमा व्यस्त हुँदा केही मानिसहरूले एकदुई छाक खाना छोड्छन् र केही कम सुत्छन्, र आफू स्वस्थ नरहेको देख्दा, तिनीहरूले यस्तो सोच्छन्, “यसले काम गरिरहेको छैन। म जतिसुकै व्यस्त किन नहोऊँ, मैले आराम गर्नैपर्छ; म समयभन्दा पहिले बुढो हुनु हुँदैन, र मैले यति धेरै कठिनाइ सहनु हुँदैन। मैले आफ्नो स्वास्थ्यको ख्याल गर्नु महत्त्वपूर्ण छ।” यस्ता सोचहरूबारे तिमीहरू के सोच्छौ? तिनीहरू परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुँदैनन्। बरु आफ्नो कर्तव्य र परमेश्‍वरको आज्ञाभन्दा बढी आफ्नै देहलाई महत्त्व दिन्छन्; पहिलो पटक कष्ट भोग्दा नै तिनीहरूले आफ्नो इच्छाशक्ति गुमाउँछन् अनि कछुवाले आफ्नो टाउको पछाडि तानेर लुकाएजस्तै गरी तिनीहरू पछि हट्छन् र गुनासो गर्न थाल्छन्; परमेश्‍वरले जुन कुराबारे जति चिन्ता गर्नुहुन्छ, तिनीहरू त्यो कुरामा त्यति नै चिन्ता गर्न समर्थ हुँदैनन्, र परमेश्‍वरले जुन कुराबारे सोच्नुहुन्छ, तिनीहरू त्यो कुराबारे सोच्न सक्षम हुँदैनन्, तिनीहरू परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुँदैनन्। यदि कुनै अगुवाले कुनै काम एकदमै जरुरी छ भनेर भन्यो भने, यस्ता मानिसहरूले यसरी जवाफ दिनेछन्, “त्यो मेरो सरोकारको कुरै होइन र म असहजता चाहन्‍नँ। मलाई कुनै रुचि छैन।” के यस्ता मानिसहरू हुन्छन्? (हो, हुन्छन्।) यस्ता मानिसहरू स्वार्थी, घृणास्पद र विश्‍वासघाती हुन्छन्। तिनीहरू चाल चल्छन्, तिनीहरू विश्‍वासयोग्य हुँदैनन् र तिनीहरू परमेश्‍वरलाई इमानदारीसाथ चाहने मानिसहरू होइनन्। तिनीहरूले पनि आफूलाई परमेश्‍वरमा समर्पित गरेँ भनेर भन्‍नेछन्, तर यी केवल मुखले भन्‍ने कुराहरू हुन्—यी मानिसहरूले कुनै पनि व्यावहारिक मामिला सम्हाल्दैनन्, अलिअलि पनि कठिनाइ भोग्दैनन् वा अलिकति पनि मूल्य चुकाउँदैनन्। परमेश्‍वर यस्ता मानिसहरूसँग प्रसन्न रहनुहुन्‍न र तिनीहरूले उहाँको आशिष् पाउँदैनन्। कतिपय मानिसहरू आफ्नो देहले थोरै कष्ट भोग्नेबित्तिकै कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन्। खास गरी युवायुवतीहरूले आफ्नो रूपको धेरै ख्याल गर्छन् र अनुहार फुङ्ङ उडेको, छालामा चिल्लोपन हराएको वा फुलेको कपाल देख्दा खिन्न हुन्छन्। तिनीहरू बुढो र नराम्रो हुँदै गइरहेको, जीवनसाथी भेट्न नसकेको वा परिवार सुरु गर्न नसकेकोबारे सधैँ चिन्तित हुन्छन्। के यस्ता मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? मानिसहरूले कर्तव्य निभाउँदा मूल्य चुकाउन सक्छन् कि सक्दैनन् र तिनीहरूले स्वीकार्य मापदण्डअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छन् कि गर्दैनन् भन्‍ने कुरा मूल्याङ्कन गर्ने परमेश्‍वरको सिद्धान्त के हो? परमेश्‍वर केवल मानिसहरू इमानदार रहेको देख्न चाहनुहुन्छ। कहिलेकाहीँ मानिसहरूले यस्तो सोच्छन्, “म मेरो हृदय मात्र अर्पित गर्छु, र त्यति नै पर्याप्त हुनेछ,” तैपनि तिनीहरूले अलिकति पनि नबदलिईकनै आफूले सामान्य रूपमा गर्ने कामकुराहरू नै गरिरहेका हुन्छन्। परमेश्‍वरले यस मामिलालाई कसरी हेर्नुहुन्छ? एक प्रकारले, परमेश्‍वरले तेरा आकाङ्क्षाहरू हेर्नुहुनेछ र अर्को प्रकारले, उहाँले तैँले वास्तवमै गरेका कार्यहरू हेर्नुहुनेछ। परमेश्‍वरले यी कुराहरूको छानबिन गर्नुहुनेछ। यदि तँसँग आकाङ्क्षा र इच्छाशक्ति छ भने, अनि सँगसँगै तँ साँच्चै नै मूल्य चुकाउन सक्छस् भने, त्यो बेला तँ कहिलेकाहीँ कमजोर भइस् भने पनि, परमेश्‍वरले तेरो हृदयले साँच्चै नै हार खाएको छैन, यो अझै पनि माथि उठ्ने प्रयास गरिरहेको छ अनि तँ सत्यता, निष्पक्षता, धार्मिकता र सकारात्मक कुराहरू मन पराउँछस् भनी देख्नहुनेछ र तँलाई त्याग्नुहुनेछैन। कतिपय मानिसहरू निकै राम्रोसँग बोल्छन्, तर तिनीहरूको हृदय भावनाहीन नै रहने गर्छ; तिनीहरूले सत्यता अलिअलि पनि अभ्यास गर्दैनन् र अरूलाई मूर्ख बनाउन मात्र खोज्छन्। तिनीहरूसँग यसरी बोल्नुबाहेक अरू कुनै विकल्प हुँदैन, यो नै तिनीहरूले आफ्नो वरपरका मानिसहरूलाई सम्हाल्ने तरिका हो। तिनीहरू केही हदसम्म सम्मानजनक लाग्न सक्छन्, तर यथार्थमा तिनीहरू कुनै पनि कार्य गर्न अनिच्छुक हुन्छन्। तिनीहरूले कार्य गरे नै भने पनि आफूले भनेका कुराहरू अभ्यास गर्दैनन्। बरु, तिनीहरूले आफूले चाहेको, आफूलाई राम्रो लागेको र आफूलाई रक्षा गर्ने कार्य मात्र गर्छन्। के तिनीहरूको भनाइ र गराइमा भिन्नता भएन र? के परमेश्‍वरले यो भिन्नता देख्न सक्नुहुन्छ? परमेश्‍वरले छानबिन गर्नुहुन्छ र यो सबै कुरा देख्न सक्नुहुन्छ। कतिपय मानिसहरू छली हुन्छन् र ससाना चलाकी गर्छन्। तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले थाहा पाउनुहुन्‍न, र उहाँले वास्ता पनि गर्नुहुन्‍न, र देख्नु पनि हुन्‍न। के वास्तवमा यस्तै हुन्छ र? परमेश्‍वर इमानदार मानिसहरूलाई र ती ससाना चलाकी गर्नेहरूलाई कसरी सम्हाल्नुहुन्छ? के तिमीहरू यी दुई प्रकारका मानिसहरूप्रति परमेश्‍वरले गर्नुहुने व्यवहारबीच फरक देख्न सक्छौ? (परमेश्‍वरले इमानदारहरूलाई आशिष् दिनुहुन्छ र छलीहरूलाई घिनाउनुहुन्छ।) परमेश्‍वरले इमानदार मानिसहरूलाई कसरी आशिष् दिनुहुन्छ? इमानदार मानिसहरूलाई परमेश्‍वरको आशिष् मिल्ने कुरा सोच्दा, तिमीहरू के सोच्छौ? (इमानदार मानिसहरूले आफ्नो कर्तव्यमा नतिजाहरू प्राप्त गर्छन्।) (परमेश्‍वरले इमानदार मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ र इमानदार मानिसहरूले सजिलै सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्छन्।) (परमेश्‍वरले इमानदार मानिसहरूलाई प्रेम र रेखदेख गर्नुहुन्छ, र इमानदार मानिसहरू मात्र परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छन्।) यी सबै भनाइहरू सही छन्, र यी सबै इमानदार मानिसहरूलाई परमेश्‍वरले दिनुहुने आशिष्‌हरू हुन्। के अब तिमीहरू फरक फरक मानिसहरू र फरक फरक मार्ग हिँड्ने मानिसहरूसँग परमेश्‍वरले गर्नुहुने व्यवहारमा भिन्नता र उहाँको मनोवृत्ति देख्न सक्दैनौ र? इमानदार मानिसहरूले मूर्खतापूर्ण काम पनि गर्छन् र कमजोरी अनुभव पनि गर्छन्; तर तिनीहरूसँग परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन हुन्छ, तिनीहरूलाई उहाँको सुरक्षा मिल्छ र तिनीहरूले चारैतिर उहाँको आशिष् देख्न सक्छन्। परमेश्‍वरले तिनीहरूलाई अनुशासित र काटछाँट गर्नुहुन्छ, वा परीक्षण र शोधन गर्नुहुन्छ, ताकि तिनीहरू परिवर्तन र वृद्धि हुन सकून्। आफ्नो भनाइ र गराइमा सधैँ चलाकी गर्नेहरू र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सधैँ लापरवाही गर्ने वा जिम्मेवारीबाट भाग्नेहरू सत्यता बिलकुलै नस्विकार्नेहरू हुन्। तिनीहरूसँग पवित्र आत्माको काम हुँदैन र त्यो दलदल र अँध्यारोमा जिउनुजस्तै हो। चाहे तिनीहरूले अँध्यारोमा जसरी नै छामछुम गरून्, चाहे जतिसुकै कोसिस गरून्, तिनीहरूले न प्रकाश देख्न सक्छन्, न कता जाने भनेर बाटो नै भेट्न सक्छन्। तिनीहरू प्रेरणा र परमेश्‍वरको मार्गदर्शनबिनै कर्तव्य निर्वाह गर्छन्, कैयौँ मामिलाहरूमा समस्याको पर्खालमा ठोक्‍किन्छन् र कतिपय काम गर्दा थाहै नभई प्रकाश हुन्छन्। तिनीहरूलाई प्रकाश गर्नुको उद्देश्य के हो? यसको उद्देश्य सबैले तिनीहरूलाई चिन्‍न सकून् र तिनीहरू कस्ता मानिसहरू हुन् भनेर छर्लङ्गै देख्न सकून् भन्‍ने हो। वास्तवमा, यसप्रकारका सबै मानिसहरू श्रमिक हुन्। तिनीहरूले श्रम गरिसकेपछि, कुनै पनि वास्तविक रूपान्तरण नआईकनै, तिनीहरू प्रकाश हुन र हटाइन थाल्नेछन्। यस्ता हरप्रकारका दुष्कर्म गर्नेहरू दण्डित हुनेछन् र गैरविश्‍वासीहरूले जस्तै तिनीहरूले पनि हरप्रकारका भयानक मृत्युहरू पाउनेछन्। कतिपय मानिसहरूले ईशनिन्दा र अभिमानपूर्ण शब्दहरू बोलेका हुन्छन् र त्यसले गर्दा परमेश्‍वरले अबउप्रान्त तिनीहरूलाई चाहनुहुन्‍न र शैतानको हातमा सुम्पनुहुन्छ। के तिनीहरूलाई शैतानको हातमा दिँदा, अझै पनि राम्रा नतिजाहरू आउन सक्छन्? परमेश्‍वरको संरक्षण नहुँदा, शैतानले तिनीहरूलाई यातना दिनेछ र तिनीहरूमाथि काम गर्नेछ; तिनीहरू प्रेतको वशमा हुनेछन्, पिशाचजस्तै देखिनेछन्, र अन्त्यमा दुष्टात्माहरूले तिनीहरूलाई यातना दिँदै मृत्युमा पुर्‍याउनेछन्। के परमेश्‍वरले फरक फरक मानिसहरूलाई फरक फरक तरिकाले व्यवहार गर्नुहुन्‍न र? जब परमेश्‍वरले मानिसहरूमा काम गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई प्रेरित गर्नुहुन्छ, अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ र तिनीहरूको आन्तरिक स्थिति रूपान्तरित गर्नुहुन्छ। असल मानिसहरू बढीभन्दा बढी इमानदार हुन मन पराउँछन्, किनभने इमानदार भएर मात्र तिनीहरूले कर्तव्य राम्रोसँग निर्वाह गर्न र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छन्। इमानदार भएर मात्रै तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न र निरन्तर आत्मचिन्तन गर्न सक्छन्, परमेश्‍वरविरुद्ध विद्रोह नगर्न अनि आफूमाथि आइपर्ने कुराहरूमा परमेश्‍वरप्रति समर्पित हुन सक्छन् र सबै कुराहरूमा सत्यता खोज्‍न र सत्यतामा लागिपर्न सक्छन्। परमेश्‍वरले मानिसहरूलाई ठ्याक्कै यही कुरा आवश्यक गराउनुहुन्छ, जब उहाँले आवश्यक गराउनुभएका कुराहरू मानिसहरूले पूरा गर्छन्, तब उहाँले तिनीहरूमा काम गर्नुहुन्छ, र तिनीहरूलाई अन्तर्दृष्टि, ज्योति, मार्गदर्शन र आशिष् दिनुहुन्छ। परमेश्‍वरले सत्यताप्रति वितृष्ण हुने र त्यसलाई घृणा गर्ने मानिसहरूलाई पाखा लगाउनुहुन्छ। परमेश्‍वरले हरप्रकारका दुष्कर्म गर्ने र बारम्बार मण्डलीको काममा बाधाव्यवधान गर्ने खराब र दुष्ट मानिसहरूलाई कसरी सम्हाल्नुहुन्छ? परमेश्‍वरले तिनीहरूलाई खुलासा गरी शैतानको हातमा सुम्पनुहुनेछ। तिनीहरूले समस्या उत्पन्न गर्न थाल्नेछन् र आफ्नो वास्तविक अनुहार देखाउनेछन्, र पत्तै नपाई प्रतिकूल र नकारात्मक कुराहरू बोल्नेछन्, र जोकरजस्तै व्यवहार गर्दै कलहको बीउ रोप्नेछन्। तिनीहरूले धेरै नराम्रा कामहरू गर्नेछन्, जसले मण्डलीमा बाधा र अवरोधहरू सिर्जना गर्नेछ। जब परमेश्‍वरका चुनिएका मानिसहरूले सत्य बुझ्नेछन् र तिनीहरूलाई खुट्याएर खुलासा गर्नेछन्, तब तिनीहरू निकाला र निष्कासित हुनेछन्। के यो तिनीहरूको आफ्नै छनौट हुन्छ र? (हुँदैन।) सत्यता नस्विकार्ने र आफूले गर्नुपर्ने उचित कर्तव्यपालन नगर्ने मानिसहरूको लागि अन्त्यमा हात लाग्‍ने नतिजा यस्तै हुन्छ। जब मानिसहरू सही मार्गमा हिँड्दैनन्, अनि यदि परमेश्‍वरले तिनीहरूलाई शैतान र यसका ससाना पिशाचहरूको हातमा सुम्पनुभयो भने, तिनीहरू पूर्ण रूपमा बर्बाद हुनेछन् र केही गर्नै नसकिने गरी त्यागिनेछन्। प्रकाश भइसकेपछि तिनीहरूले यस्तो सोच्नेछन्, “यो के भइरहेको छ? के मैले समस्या उत्पन्न गरेँ? के म बाधक भएँ, के मैले बाधा सिर्जना गरेँ? मलाई किन यो कुरा थाहा भएन?” परमेश्‍वरले सबै कुराहरू छानबिन गर्नुहुन्छ र यदि उहाँले तिनीहरूलाई प्रकाश गरेर हटाउने वातावरण बनाउनुभयो भने, त्यो निकै छिटो घटित हुन्छ। यो सम्भव छ कि एकदुई वटा घटनापछि, तिनीहरू दुष्ट मानिस भएको पत्ता लाग्नेछ र तिनीहरूलाई सोहीअनुसार ठेगान लगाइनेछ। केही कुराहरू परमेश्‍वर आफैले व्यक्तिगत रूपमै सम्हाल्नुहुन्छ भने, अन्य केही कुराहरूचाहिँ उहाँले आफ्नो सेवामा साना पिशाच, शैतान वा दुष्टात्माहरूलाई लगाएर गर्नुहुन्छ। एकातिर, उहाँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सिद्ध पारी सुधार्नुहुन्छ; अनि अर्कोतिर, उहाँले दुष्ट मानिसहरूलाई खुलासा गरी हटाउनुहुन्छ। यदि तैँले यसलाई आफ्नो धारणा प्रयोग गरी मापन गर्छस्, अनि यो परमेश्‍वरबाट गरिएको होइन, उहाँले यस्तो काम गर्नुहुन्‍न, यी कुराहरू परमेश्‍वरबाट योजनाबद्ध गरिएका होइनन् भनी सोच्छस् भने, के त्यो गलत होइन र? सबैथोक परमेश्‍वरको हातमा छन् र यो कुरा तिमीहरूले अनुभव गरेपछि थाहा पाउनेछौ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्