परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ (भाग एक)
तिमीहरूमध्ये धेरैजसोले परमेश्वरमा विश्वास गरेको केही वर्ष भइसकेको छ र साँचो मार्गमाथि धेरथोर जग बसालिसकेका छौ। अब तिमीहरू परमेश्वरलाई पछ्याउन परिवार र बाहिरी संसारको उल्झनलाई त्याग्न सक्छौ। तिमीहरू परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न तालिम लिँदै छौ, परमेश्वरप्रति आफूलाई समर्पित गर्न इच्छुक छौ, र सत्यतातर्फ लम्किन तयार छौ। यसको अर्थ, तिमीहरूले कुरा बुझ्न थालेका छौ र तिमीहरूमा थोरै विवेक र समझ छ। त्यो राम्रो कुरा हो। कर्तव्य निर्वाह गर्नुको महत्त्व निकै ठूलो छ! तिमीहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नु वा नसक्नु तिमीहरूको मुक्ति र सिद्धतासँग प्रत्यक्ष सम्बन्धित छ। यसो पनि भन्न सकिएला, व्यक्तिले कर्तव्य निर्वाह गर्दैगर्दा परमेश्वरको कामको अनुभव गरेर मात्र जीवन प्रवेश प्राप्त गर्न सक्छ, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेर मात्र परमेश्वरको अनुमोदन पाउन सक्छ। तसर्थ, तिमीहरूको कर्तव्यका सन्दर्भमा तिमीहरूबाट अलि धेरै माग गर्नु र तिमीहरूलाई काँटछाँट गर्नु तिमीहरूका लागि लाभदायी हुनेछ। कम्तीमा तिमीहरूले जीवन प्रगति छिटो गर्नेछौ। तिमीहरूबाट उच्च मागहरू गरिनु नराम्रो कुरा होइन, न त तिमीहरूलाई जाँच्न कहिलेकाहीँ कठिन समस्या दिनु नै नराम्रो हो। यो सब तिमीहरूलाई जीवनमा वृद्धि गराउन र परमेश्वरको इच्छा पछ्याउन सहयोग दिन गरिन्छ, र यो तिमीहरूले केही व्यावसायिक ज्ञान अझ राम्ररी बुझ्न सके र तिमीहरू आफ्ना कर्तव्यमा अझ प्रभावशाली हुन सके भनेर गरिन्छ। यदि तिमीहरूबाट यी मागहरू नगरिएको भए परिणाम के हुन्थ्यो? तिमीहरूले धर्मसिद्धान्त प्रचार गर्न र प्रावधानहरू पालना गर्न मात्र सक्नेथियौ, अनि कैयौँ वर्षसम्म पटक्कै परिवर्तन नभई परमेश्वरमा विश्वास गर्नेथियौ। त्यो स्थितिमा, तिमीहरूले कहिले प्रगति गर्न सक्नेथियौ? तिमीहरूले कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नेथियौ? तिमीहरूले सत्यतासम्बन्धी प्रगति नगर्ने मात्र होइन, तर कर्तव्य निर्वाह गर्न चाहिने व्यावसायिक ज्ञानमा पनि प्रगति गर्नेथिएनौ। तब के तिमीहरूले आफ्नो कर्तव्य स्वीकार्य मापदण्डअनुसार गर्न र परमेश्वरको गवाही दिन सक्थ्यौ? तिमीहरूको वर्तमान कदको कुरा गर्नुपर्दा, तिमीहरूको सत्यता बुझाइ निकै सतही छ, र तिमीहरूले आफ्नो कर्तव्य निर्वाहका सिद्धान्तहरू बुझेका छैनौ। तिमीहरू आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गमा निर्वाह गर्ने मापदण्डसम्म पुग्नबाट पनि निकै टाढा छौ। तैपनि तिमीहरू यसबारे अनभिज्ञ छौ र आफूले राम्रो गरिरहेको ठान्छौ, अनि बेलाबेला तिमीहरू हदै आत्मधर्मी र दुस्साहसी बन्छौ। तिमीहरूको बोली वा कार्य सार्वजनिक हुन सक्दैन र त्यो सत्यता सिद्धान्तअनुरूप हुँदैन। कसैले तिमीहरूको कुनै समस्या औँल्याउँदा तिमीहरू त्यो स्विकार्न सक्दैनौ, न त सत्यता खोजी गर्छौ, र अझ आफ्ना लागि बहानासमेत बनाउँछौ। यहाँ समस्या के हो? समस्या के हो भने, तिमीहरूमा आफूलाई उचित तरिकाले व्यवहारमा ढाल्न चाहिने सबैभन्दा आधारभूत समझ पनि छैन। तैँले जे गरिरहेको भए पनि, कम्तीमा त्यो धेरैजसो मानिसलाई उचित लाग्नैपर्छ। तैँले सबैको सुझाव सुन्नैपर्छ—यदि उनीहरूले भनेको कुरा सही छ भने तैँले त्यो स्विकार्नैपर्छ, अनि आफ्नो गल्ती सच्याउनैपर्छ। यदि सबैलाई तैँले पाएको नतिजा ठिक लाग्छ, र सबैले त्यसलाई अनुमोदन गर्छन् भने, तबमात्र तेरा कार्यहरू स्वीकार्य ठानिन सक्छन्। यसरी, एउटा पक्षमा तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तअनुसार कार्य गर्न सक्नेछौ, र तिमीहरू समस्या सम्हाल्दा अझ बढी परिपक्व र अनुभवी हुनेछौ। अर्का पक्षमा तिमीहरूले अझै बढी सिक्न सक्नेछौ, र त्यही समयमा सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्न थाल्नेछौ। त्यसैले, तिमीहरू आफूलाई केही आइपर्दा आत्मधर्मी पटक्कै हुनु हुँदैन। तिमीहरूले आफूलाई परमेश्वरसामु शान्त पार्नैपर्छ र पाठ सिक्नैपर्छ। अझ बढी सिक्नका लागि तिमीहरूले आफूलाई त्याग्न सक्नैपर्छ। यदि तँ “म यसमा तिमीहरूभन्दा बढी निपुण छु, त्यसैले म इन्चार्ज हुनुपर्छ, र तिमीहरू सबैले मैले भनेको सुन्नुपर्छ!” भनेर सोच्छस् भने, यो कस्तो स्वभाव हो? यो अहङ्कार र आत्म-धार्मिकता हो। यो शैतानी, भ्रष्ट स्वभाव हो र यो सामान्य मानवताको क्षेत्रभित्रको कुरा होइन। त्यसोभए, आत्मधर्मी नहुनु भनेको के हो? (त्यो भनेको सबैका सुझाव सुन्नु, र सबैसँग कामकुरा छलफल गर्नु हो।) तेरो व्यक्तिगत सोच र विचार जेसुकै भए पनि, यदि तैँले अन्धाधुन्ध तेरा सोच सही छन् र कामकुरा गर्ने तरिका त्यही हो भनी निर्धारण गर्छस् भने त्यो अहङ्कार र आत्म-धार्मिकता हो। यदि तँलाई तेरा केही विचार वा मत सही लाग्छ तर तँलाई आफूमा पूर्ण विश्वास छैन, र तैँले खोजी र सङ्गति गरेर तिनको पुष्टि गर्न सक्छस् भने, आत्मधर्मी नहुनु भनेको त्यही हो। कार्य गर्नुअघि सबैको समर्थन र स्वीकृति पर्खनु कामकुरा गर्ने समझपूर्ण तरिका हो। यदि कोही तँसँग सहमत हुँदैन भने तैँले त्यसप्रति होसियारीपूर्वक प्रतिक्रिया जनाउनुपर्छ, र आफ्नो कामको व्यावसायिक पक्षहरूमा अति सावधान हुनुपर्छ। तैँले त्यस्तो असहमतिलाई यसो भन्दै अनदेखा गर्न मिल्दैन, “तिमीले यो बढी बुझेका छौ कि मैले? म यस क्षेत्रमा काम गरेको यत्रो समय भइसक्यो—के यसबारे मैले तिमीले भन्दा बढी बुझेको हुनुपर्छ होइन? तिमीलाई यसबारे के थाहा छ? तिमी यो बुझ्दैनौ!” यो राम्रो स्वभाव होइन, यो निकै अहङ्कारी र आत्मधर्मी स्वभाव हो। तँसँग असहमत हुने व्यक्ति सिकारु हुन सक्छ, र उसले त्यस कार्यक्षेत्रलाई राम्ररी नबुझेको हुन सक्छ; तँ सही होलास् र तैँले सही तरिकाले कार्य गरिरहेको होलास् तर समस्याचाहिँ तेरो स्वभाव हो। त्यसोभए व्यवहार र कार्य गर्ने सही तरिका के हो त? तैँले सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार र कार्य गर्न सक्छस्? तैँले तेरा विचारहरू अघि सारेर सबैलाई तिनीहरूसँग कुनै समस्या छन् कि भनी हेर्न दिनैपर्छ। यदि कसैले सुझाव दिन्छ भने तैँले पहिला त्यसलाई स्विकार्नैपर्छ र त्यसपछि सबैलाई अभ्यासको सही मार्ग पुष्टि गर्न दिनैपर्छ। यदि यसमा कसैलाई आपत्ति छैन भने त्यसपछि तैँले कामकुरा गर्ने सबैभन्दा उचित तरिका निर्धारण गर्न र त्यसै हिसाबले कार्य गर्न सक्छस्। यदि कुनै समस्या भेटियो भने, तैँले सबैको राय माग्नैपर्छ, र तिमीहरू सबैले सँगै सत्यता खोजेर त्यसमा सङ्गति गर्नुपर्छ। र त्यसरी तिमीहरूले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछौ। जब तिमीहरूको हृदयले ज्योति पाउँछ, र तिमीहरूसँग अझ राम्रो मार्ग हुन्छ, तब तिमीहरूले पहिलेको भन्दा अझ राम्रो नतिजा प्राप्त गर्नेछौ। के यो परमेश्वरको मार्गदर्शन होइन र? यो अत्युत्तम कुरा हो! यदि तँ आत्मधर्मी हुनबाट बच्न सक्छस् भने, यदि तँ आफ्ना कल्पना र विचारहरू त्याग्न सक्छस् भने, र यदि तँ अरूको सही राय सुन्न सक्छस् भने तैँले पवित्र आत्माको अन्तर्दृष्टि पाउन सक्नेछस्। तेरो हृदयले ज्योति पाउनेछ र तैँले सही मार्ग भेट्टाउन सक्नेछस्। तँसँग अघि बढ्ने बाटो हुनेछ र जब तँ त्यो अभ्यास गर्छस्, तब त्यो निश्चय नै सत्यताअनुरूप हुनेछ। तैँले यस्तो अभ्यास र अनुभवद्वारा सत्यता अभ्यास कसरी गर्ने भन्ने सिक्नेछस् र साथै त्यस कार्यक्षेत्रबारे केही नयाँ कुरा सिक्नेछस्। के यो राम्रो कुरा होइन र? यसबाट तैँले के थाहा पाउनेछस् भने, तँलाई केही आइपर्दा, तँ आत्मधर्मी हुनै हुँदैन र तैँले सत्यता खोजी गर्नैपर्छ, र यदि तँ आत्मधर्मी हुन्छस् र सत्यता स्वीकार गर्दैनस् भने सबैले तँलाई तिरस्कार गर्नेछन् र परमेश्वरले तँलाई निश्चय नै घृणा गर्नुहुनेछ। के यो सिकिएको पाठ होइन र? यदि तैँले सधैँ यसरी नै पछ्याइरहिस् र सत्यता अभ्यास गरिरहिस् भने, आफ्नो कर्तव्यमा प्रयोग गर्ने तेरा व्यावसायिक सिपहरू तिखारिँदै जानेछन्, तैँले आफ्नो कर्तव्यमा झन्-झन् राम्रो नतिजा ल्याउनेछस्, र परमेश्वरले तँलाई अन्तर्दृष्टि र आशिष् दिनुहुनेछ, र तँलाई अझ बढी लाभ उठाउन दिनुहुनेछ। त्यसबाहेक, तँसँग सत्यता अभ्यासको मार्ग हुनेछ, र जब तँलाई सत्यता अभ्यास गर्न आउँछ, तब तैँले बिस्तारै सिद्धान्तहरू पनि बुझ्नेछस्। जब तैँले कुन कार्यले परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन दिलाउँछ, कुन कार्यले उहाँको तिरस्कार र उपेक्षा निम्त्याउँछ र कुन कार्यले उहाँको अनुमोदन र आशिष् दिलाउँछ भनी जान्नेछस्, तब तँसँग अघि बढ्ने मार्ग हुनेछ। जब मानिसहरूले परमेश्वरको आशिष् र अन्तर्दृष्टि पाउँछन्, तब तिनीहरूको जीवन प्रगति चाँडो हुनेछ। तिनीहरूले हरेक दिन परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउनेछन्, र तिनीहरूको हृदयमा शान्ति र खुसी छाउनेछ। के यसले तिनीहरूलाई आनन्दित तुल्याउनेछैन र? जब तेरा कार्यहरू परमेश्वरसामु राखेर उहाँद्वारा स्वीकृत हुन सक्नेछन्, तब तैँले हृदयमा आनन्द महसुस गर्नेछस्, र भित्रबाट तँमा शान्ति र खुसी छाउनेछ। यो शान्ति र खुसी भनेको परमेश्वरले तँलाई दिएका भावना हुन्, पवित्र आत्माले तँलाई प्रदान गरेका अनुभूति हुन्।
अहङ्कारी र आत्मधर्मी हुनु मानिसहरूको सबैभन्दा स्पष्ट शैतानी स्वभाव हो, र यदि मानिसहरू सत्यता स्विकार्दैनन् भने, तिनीहरू कदापि शुद्ध हुने छैनन्। सबै मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ, र तिनीहरू सधैँ घमण्डी हुन्छन्। तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्नो दृष्टिकोण र मनोवृत्ति सही छन्, र अरूको कुरा आफ्नो जत्तिको असल वा सही छैन भन्ने सोच्छन्। तिनीहरू सधैँ आफ्नै रायमा झुण्डिरहन्छन्, र जोसुकैले भने पनि, उसको कुरा सुन्ने छैनन्। अरूले भनेको कुरा सही छ वा सत्यताअनुरूप छ भने पनि, तिनीहरूले त्यो स्वीकार गर्नेछैनन्; तिनीहरूले सतही तवरमा मात्रै सुनिरहेको जस्तो देखिन्छ, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने बेलामा, तिनीहरू अझै पनि आफ्नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भन्ने कुरा सही र उचित ठान्छन्। तैँले भन्ने कुरा वास्तवमा सही र उचित हुन सक्छ, वा तैँले गरिसकेको कुरा सही र दोषरहित हुन सक्छ, तर तैँले कस्तो प्रकारको स्वभाव देखाएको छस्? के यो अहङ्कार र आत्म-धार्मिकतामध्ये एक होइन र? यदि तैँले यो अहङ्कारी र आत्मधर्मी स्वभावलाई हटाउँदैनस् भने, के यसले तेरो कर्तव्य निर्वाहमा असर गर्नेछैन र? के यसले तेरो सत्यता अभ्यासमा असर गर्नेछैन र? यदि तैँले आफ्नो अहङ्कारी र आत्मधर्मी स्वभाव हटाइनस् भने, के यसले तँलाई भविष्यमा गम्भीर रोकावटहरू ल्याउनेछैन र? तैँले निश्चय नै रोकावटहरू अनुभव गर्नेछस्, यो हुन्छै हुन्छ। मलाई बता, के परमेश्वरले मानिसको यस्तो व्यवहार देख्न सक्नुहुन्छ? परमेश्वरले देख्न नसक्ने कुरै छैन! परमेश्वरले मानिसका हृदयको गहिराइ मात्र छानबिन गर्नुहुन्न, तिनीहरूको हर समय र हर स्थानका हरेक शब्द र कार्यको अवलोकन पनि गर्नुहुन्छ। परमेश्वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्नुहुनेछ? उहाँले यसो भन्नुहुनेछ: “तँ हठी छस्! तैँले आफू गलत छु भनी थाहा नपाउँदा आफ्ना विचारमा झुण्डिनु स्वाभाविक हो, तर आफू गलत छु भन्ने स्पष्ट हुँदाहुँदै पनि आफ्नो विचारमा झुण्डिन्छ्स्, पश्चात्ताप गर्दैनस् भने तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तँ सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति राख्छ्स्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ निकै हास्यास्पद अनि मूर्ख र असमझदार व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!” कुन तरिकामा तँसँग व्यवहार गर्नु गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली होइन, न त गलत व्यवहार नै हो। यो त तेरो स्वभावको प्रकटीकरण हो। कुन स्वभावको प्रकटीकरण भएको? त्यो स्वभाव जसमा तँ सत्यताप्रति वितृष्णा राख्छस्, र सत्यतालाई घृणा गर्छस्। तँ सत्यतालाई घृणा गर्ने व्यक्ति भनेर चिनिएपछि परमेश्वरका दृष्टिमा तँ समस्यामा पर्छस्, र उहाँले तँलाई तिरस्कार र बेवास्ता गर्नुहुनेछ। मानिसहरूको दृष्टिकोणबाट हेर्दा, बढीमा उनीहरूले भन्नेछन्: “यस व्यक्तिको स्वभाव खराब छ, ऊ अति जिद्दी, हठी र अहङ्कारी छ! यस व्यक्तिसँग ठ्याक मिलाउनै गाह्रो छ र ऊ सत्यतालाई प्रेम गर्दैन। उसले कहिल्यै सत्यता स्विकारेको छैन र ऊ सत्यता अभ्यास गर्दैन।” धेरैभन्दा धेरै, सबैले तँलाई यो मूल्याङ्कन गर्नेछन् तर के यो मूल्याङ्कनले तेरो भाग्य निर्धारित गर्न सक्छ? मानिसहरूले तँलाई गर्ने मूल्याङ्कनले तेरो भाग्य निर्धारण गर्न सक्दैन, तर तैँले एउटा कुरा भने बिर्सनै हुँदैन: परमेश्वर मानिसको हृदय छानबिन गर्नुहुन्छ, र साथै उहाँ तिनीहरूको हरेक शब्द र कार्य अवलोकन गर्नुहुन्छ। यदि परमेश्वरले यसरी तँलाई परिभाषित गर्नुहुन्छ र तँ सत्यतालाई घृणा गर्छस् भनेर भन्नुहुन्छ, यदि उहाँले तँमा थोरै भ्रष्ट स्वभाव छ वा तँ थोरै अनाज्ञाकारी मात्र छस् भन्नुहुन्न भने के यो निकै गम्भीर समस्या होइन? (यो गम्भीर समस्या हो।) यो त सङ्कट हो, र यो सङ्कट मानिसहरूले तँलाई कसरी हेर्छन् वा कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरामा नभई, परमेश्वरले सत्यता घृणा गर्ने तेरो भ्रष्ट स्वभावलाई कसरी हेर्नुहुन्छ भन्ने कुरामा आधारित हुन्छ। त्यसोभए, परमेश्वर त्यसलाई कसरी हेर्नुहुन्छ? के परमेश्वरले तँ सत्यतालाई घृणा गर्छस्, प्रेम गर्दैनस् भनेर मात्र निर्धारण गर्नुभएको छ? अनि त्यति नै हो त? कुरा त्यति सरल छ? सत्यता कहाँबाट आउँछ? सत्यताले कसको प्रतिनिधित्व गर्छ? (यसले परमेश्वरको प्रतिनिधित्व गर्छ।) यसमाथि मनन गर्: यदि कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ भने परमेश्वरले आफ्नो नजरबाट उसलाई कसरी हेर्नुहुन्छ? (उहाँको शत्रुका रूपमा हेर्नुहुन्छ।) के यो गम्भीर समस्या होइन? जब कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ, तब उसले परमेश्वरलाई घृणा गर्छ! तिनीहरू परमेश्वरलाई घृणा गर्छन् भनेर म किन भन्छु? के तिनीहरूले परमेश्वरलाई सरापे? के तिनीहरूले उहाँलाई आमनेसामने विरोध गरे? के तिनीहरूले उहाँलाई उहाँको पिठ्यूँपछाडि आलोचना वा निन्दा गरे? गरे नै भन्ने छैन। त्यसोभए, सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्नु भनेको परमेश्वरलाई घृणा गर्नु हो भनेर किन म भन्छु? यो तिललाई पहाड बनाउनु होइन, यो त परिस्थितिको वास्तविकता हो। यो त ढोँगी फरिसीहरूले सत्यतालाई घृणा गरेको कारण प्रभु येशूलाई क्रूसमा टाँग्नुजस्तै हो—त्यसका परिणामहरू भयानक थिए। यसको अर्थ के हो भने, यदि कुनै व्यक्तिमा सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव छ भने, तिनीहरूले यसलाई कुनै पनि समय र कहीँ पनि प्रकट गर्न सक्छन्, र यदि ऊ यसैअनुसार जिउँछ भने, के उसले परमेश्वरलाई विरोध गर्नेछैन र? तिनीहरूले सत्यता वा छनौट गर्ने कार्य मुछिएको कुराको सामना गर्दा, यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन् भने, तिनीहरूले स्वाभाविक रूपमै परमेश्वरको विरोध गर्नेछन् र उहाँलाई धोका दिनेछन्, किनभने तिनीहरूको भ्रष्ट स्वभाव परमेश्वर र सत्यतालाई घृणा गर्ने स्वभाव हो। यदि तेरो स्वभाव यस्तो छ भने, तैँले परमेश्वरले बोलेका वचनलाई पनि प्रश्न गर्नेछस् र तिनको विश्लेषण र चिरफार गर्न चाहनेछस्। त्यसपछि तँ परमेश्वरको वचनलाई शङ्का गर्दै भन्नेछस्, “के यो साँच्चै परमेश्वरको वचन हो? मलाई त यो सत्यता जस्तो लाग्दैन, त्यो सबै मलाई सही छैन जस्तो लाग्छ!” यसरी, के सत्यतालाई घृणा गर्ने तेरो स्वभाव प्रकट भएको छैन त? जब तँ यसरी सोच्छस्, तब के तँ परमेश्वरप्रति समर्पित हुन सक्छस्? पक्कै पनि सक्दैनस्। यदि तँ परमेश्वरप्रति समर्पित हुन सक्दैनस् भने, के उहाँ अझै तेरो परमेश्वर हुनुहुन्छ त? हुनुहुन्न। त्यसोभए, तेरा लागि परमेश्वर के हुनुहुन्छ त? तैँले उहाँलाई अनुसन्धानको विषयझैँ, शङ्का गर्नुपर्ने व्यक्तिझैँ, निन्दा गर्नुपर्ने व्यक्तिझैँ व्यवहार गर्नेछस्; तैँले उहाँलाई सामान्य र साधारण व्यक्तिलाई जस्तै व्यवहार गर्नेछस्, र उहाँलाई सोही तरिकाले निन्दा गर्नेछस्। यसो गर्दा, तँ परमेश्वरको विरोध र निन्दा गर्ने व्यक्ति बन्नेछस्। कस्तो स्वभावले गर्दा यो हुन्छ? यो अहङ्कारी स्वभावले गर्दा हुन्छ, जुन निश्चित हदसम्म मौलाएको छ; तेरो शैतानी स्वभाव प्रकट हुने मात्र होइन, तर तेरो शैतानी अनुहार पनि पूर्ण रूपमा उदाङ्गो हुनेछ। परमेश्वरको विरोध गर्ने चरणमा पुगिसकेको व्यक्ति—जसको परमेश्वरविरुद्ध विद्रोहपन निश्चित हदसम्म पुगिसकेको छ—र परमेश्वरबीचको सम्बन्धलाई के हुन्छ? यो शत्रुतापूर्ण सम्बन्ध बन्छ जसमा व्यक्तिले परमेश्वरलाई आफ्नो विपक्षमा राख्छ। यदि तँ परमेश्वरप्रतिको आफ्ना विश्वासमा सत्यता स्विकार्न र त्यसमा समर्पित हुन सक्दैनस् भने परमेश्वर तेरा परमेश्वर हुनुहुन्न। यदि तँ सत्यतालाई मान्दैनस् र अस्वीकार गर्छस् भने, तँ परमेश्वरको विरोध गर्ने मानिस बनिसकेको हुनेछस्। के त्यसपछि पनि परमेश्वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्न। परमेश्वर तँलाई मुक्ति पाउने मौका दिनुहुन्छ र तँलाई शत्रु ठान्नुहुन्न, तर तँ सत्यता स्विकार्न सक्दैनस् र परमेश्वरलाई आफ्ना विपक्षमा राख्छस्; तैँले परमेश्वरलाई आफ्नो सत्यता र आफ्नो मार्ग ठान्न नसक्नुले गर्दा तँ परमेश्वरको विरोध गर्ने व्यक्ति बन्छस्। यो समस्या कसरी सुल्झाउन सकिन्छ? तैँले तुरुन्तै पश्चात्ताप गरेर मार्ग बदल्नैपर्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कुनै समस्या वा कठिनाइ सामना गर्दा र तँलाई त्यो समाधान गर्न नआउँदा, तैँले त्यसबारे अन्धाधुन्ध मनन गर्नु पटक्कै हुँदैन, तैँले पहिला आफूलाई परमेश्वरसामु शान्त पार्नैपर्छ, प्रार्थना र उहाँबाट खोजी गर्नैपर्छ, र उहाँको वचनले त्यसबारे के भन्छ त्यो हेर्नैपर्छ। यदि तैँले परमेश्वरको वचन पढिसकेपछि पनि अझै बुझिनस् र यस मामिला कुन सत्यतासँग सम्बन्धित छ भनेर थाहा पाइनस् भने, तँ एउटा सिद्धान्तमा दृढ हुनैपर्छ—त्यो हो, पहिले समर्पित हुने, व्यक्तिगत विचार वा सोच नराख्ने, शान्त हृदयले पर्खने, अनि परमेश्वर कसरी अभिप्राय राख्नुहुन्छ र कसरी कार्य गर्न चाहनुहुन्छ हेर्ने। जब तँ सत्यता बुझ्दैनस्, तैँले अन्धाधुन्ध र लापरवाह तरिकाले कार्य गर्नुभन्दा सत्यता खोज्नुपर्छ, र परमेश्वरको प्रतीक्षा गर्नुपर्छ। तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सल्लाह दिन्छ र सत्यताअनुसार कसरी काम गर्ने भनेर बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ अनि सबैलाई यसमा सङ्गति गर्न दिनुपर्छ, अनि यो मार्ग सही हो कि होइन, र यो सत्यता सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो सत्यताअनुसार रहेछ भनेर तँ पक्का भइस् भने, त्यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुसार छैन भनेर तैँले निर्धारित गरिस् भने, त्यसरी अभ्यास नगर्। यो त्यस्तो सरल छ। तैँले सत्यता खोज्दा, धेरै मानिसहरूबाट खोज्नुपर्छ। यदि जो कसैले केही कुरा भन्छ भने, तैँले उसको कुरा सुन्नुपर्छ, उसका सबै शब्दहरू गम्भीरतापूर्वक लिनुपर्छ। तिनलाई बेवास्ता नगर् वा तुच्छ नठान् किनकि यो तेरो कर्तव्यको दायराभित्रका मामिलासँग सम्बन्धित छ, र तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। यदि तँ सही स्थितिमा छस्, र तँ सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्दैनस् भने, यसरी अभ्यास गर्नुले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ। यो नै सत्यता अभ्यास हो। यदि तैँले यसरी सत्यता अभ्यास गरिस् भने, कस्तो फल फल्नेछ? (हामीलाई पवित्र आत्माको मार्गदर्शन मिल्नेछ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, मामिला एकदमै सरल हुनेछ, र तैँले आफ्नै दिमाग प्रयोग गरेर त्यो प्राप्त गर्न सक्नेछस्; अरूले तँलाई सुझाव दिइसकेपछि र तैँले बुझिसकेपछि, तँ परिस्थितिहरू ठिक गर्न र सिद्धान्तअनुसार कार्य गर्न सक्षम हुनेछस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्वरका लागि यो ठूलो कुरा हो। किन म यसो भन्छु? किनभने तैँले यसरी अभ्यास गर्दा, परमेश्वरका लागि तँ सत्यता अभ्यास गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने र सत्यताप्रति वितृष्णा नराख्ने व्यक्ति हुन्छस्—परमेश्वरले तेरो हृदय जाँच्नुहुँदा, तेरो स्वभाव पनि हेर्नुहुन्छ, यो ठूलो कुरा हो। अर्को शब्दमा भन्नुपर्दा, तैँले परमेश्वरसामु आफ्नो कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जिउने र प्रकट गर्ने सबै कुरा मानिसहरूमा हुनुपर्ने सत्यता वास्तविकता हुन्। तैँले गर्ने हरेक कुरामा तँमा हुने मनोवृत्ति, सोच, र स्थिति परमेश्वरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र परमेश्वर तिनको छानबिन गर्नुहुन्छ।
कतिपय मानिसले केही आइपर्दा ससाना कुराहरूको भेद केलाउन र निकासहीन दिशातिर लाग्न रूचाउनु के नीचता होइन? यो ठूलो समस्या हो। समझदार मानिसहरूले यो गल्ती गर्नेछैनन्, तर मूर्ख र असमझदार मानिसहरू यस्तै हुन्छन्। तिनीहरू जहिले पनि अरूले तिनीहरूका लागि परिस्थिति गाह्रो बनाइरहेको, अरूले तिनीहरूलाई जानीजानी गाह्रो बनाइरहेको ठान्छन्। त्यसैले तिनीहरू सधैँ अरू मानिससँग दुश्मनी मोल्छन्। के यो विचलन होइन? तिनीहरू सत्यताका सन्दर्भमा चाहिँ प्रयास गर्दैनन्, आफूलाई केही आइपर्दा महत्त्वहीन कुराहरूबारे झगडा गर्न रूचाउँछन्, स्पष्टीकरण माग्छन्, आफ्नो इज्जत जोगाउन खोज्छन्, र यी मामिलाहरू सम्हाल्न सधैँ मानव उपाय लगाउँछन्। जीवन प्रवेशको सबैभन्दा ठूलो अड्चन यही हो। यदि तँ यसरी परमेश्वरमा विश्वास गर्छस्, वा अभ्यास गर्छस् भने तैँले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस् किनकि तँ कहिल्यै परमेश्वरसामु आउँदैनस्। तँ परमेश्वरले तेरा लागि प्रबन्ध गरेका सबै कुरा प्राप्त गर्न उहाँसामु कहिल्यै आउँदैनस्, न त तँ यो सब सम्हाल्न सत्यता प्रयोग नै गर्छस्। त्यसको सट्टा तँ कुराहरू सम्हाल्दा मानव तरिकाहरू प्रयोग गर्छस्। त्यसैले, परमेश्वरका दृष्टिमा तँ उहाँबाट धेरै भट्किसकेको छस्। तेरो हृदयमात्र उहाँबाट भट्किसकेको होइन, तेरो सम्पूर्ण अस्तित्त्व नै उहाँका उपस्थितिमा बाँच्दैन। कामकुरालाई सधैँ अति विश्लेषण गर्ने र ससाना कुराको भेद केलाउनेहरूलाई परमेश्वर त्यसरी नै हेर्नुहुन्छ। त्यस्ता मानिसहरू छन् जो धाराप्रवाह बोल्छन्, चिप्लो बोली बोल्छन्, जसको दिमाग छिटो चल्छ र चतुर छ, जसले “म राम्रो बोल्छु। अरू मानिसले मेरो सराहना र मान गर्छन्, मलाई उच्च सम्मान दिन्छन्। उनीहरू सामान्यतः मेरो कुरा सुन्छन्” भनेर सोच्छन्। के यो उपयोगी छ? तैँले मानिसहरूमाझ आफ्नो इज्जत कमाएको छस्, तर परमेश्वरसामु व्यवहार गर्ने तरिकाले उहाँलाई खुसी पार्दैन। परमेश्वर भन्नुहुन्छ, तँ अविश्वासी होस् र सत्यताप्रति शत्रुवत् छस्। मानिसहरूमाझ तँ परिष्कृत र शिष्ट होलास्, कामकुरा निकै राम्रोसँग सम्हाल्छस् होला, र जो कोहीसँग पनि मिल्छस् होला; अवस्था जस्तोसुकै भए पनि सधैँ त्यो सम्हाल्न र सुल्झाउन सक्लास्, तर तँ परमेश्वरसामु आउँदैनस् र समस्या सुल्झाउन सत्यता खोजी गर्दैनस्। यस्ता मानिसहरू निकै दुःख दिने हुन्छन्। तँजस्ता मानिसहरूका मूल्याङ्कनमा परमेश्वर एउटै मात्र कुरा भन्नुहुन्छ: “तँ अविश्वासी होस्, तैँले परमेश्वरमा विश्वास गरेको देखावटी गरेर आशिष् पाउने मौकाको फाइदा उठाउन खोजिरहेको छस्। तँ सत्यता स्वीकार गर्ने व्यक्ति होइनस्।” तँलाई यस्तो किसिमको मूल्याङ्कन कस्तो लाग्छ? के तिमीहरूलाई चाहिएको यही हो? पक्कै होइन। हुन सक्छ कतिपय मानिसलाई मतलब छैन र यसो भन्छन्, “परमेश्वरले हामीलाई कसरी हेर्नुहुन्छ भन्ने कुराले फरक पर्दैन, हामी परमेश्वरलाई यसै पनि देख्न सक्दैनौँ। हाम्रो सबैभन्दा तात्कालिक समस्या भनेको पहिले हामी वरपरका मानिसहरूसँग राम्रो सम्बन्ध कायम गर्नु हो। हामीले आफ्ना लागि बलियो आधार स्थापित गरिसकेपछि अगुवा र कामदारहरूको मन जित्न सक्छौँ ताकि सबैले हाम्रो सराहना गरून्।” यी कस्ता खालका मानिस हुन्? के तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिस हुन्? पक्कै होइनन्; तिनीहरू अविश्वासी हुन्। परमेश्वरमा विश्वास गर्नेहरू सधैँ परमेश्वरको उपस्थितिमा जिउनैपर्छ; तिनीहरूले जस्तोसुकै समस्या सामना गरे पनि, परमेश्वरसामु आई सत्यता खोजी गर्नैपर्छ ताकि अन्त्यमा परमेश्वर यसो भन्नुहोओस्, “तँ सत्यतालाई प्रेम गर्ने, परमेश्वरलाई खुसी पार्ने, र परमेश्वरलाई स्वीकार्य लाग्ने व्यक्ति होस्। परमेश्वरले तेरो हृदय देख्नुभएको छ र तेरो समर्पणता पनि देख्नुभएको छ।” तँलाई यस किसिमको मूल्याङ्कन कस्तो लाग्छ? यस्ता मानिसहरूले मात्र परमेश्वरबाट अनुमोदन पाउँछन्। के तिमीहरू यो पूर्ण रूपमा बुझ्न सक्छौ? म तिमीहरूलाई के बताउँछु भने, परमेश्वरमा विश्वास गर्ने व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि—चाहे उसले बाहिरी मामिला वा परमेश्वरको घरको विभिन्न काम वा विशेषज्ञताका क्षेत्रहरूसँग सम्बन्धित कर्तव्य सम्हालोस्—यदि ऊ परमेश्वरसामु बारम्बार आउँदैन र उहाँको उपस्थितिमा जिउँदैन, अनि उहाँको छानबिनलाई स्विकार्ने आँट गर्दैन, र परमेश्वरबाटको सत्यता खोजी गर्दैनन् भने ऊ अविश्वासी हो र ऊ गैरविश्वासीभन्दा फरक होइन। के तिमीहरू यो कुरा बुझ्न सक्छौ? हुन सक्छ, अहिले कतिपय त्यस्ता मानिसहरू छन् जो आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन् किनकी तिनीहरूको वातावरण अनुकूल छैन; तिनीहरू गैरविश्वासीहरूका वातावरणमा जिउँछन्, तैपनि लगातार परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउँछन्। यो कसरी हुन सक्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्न, परमेश्वरका वचनहरू खान र पिउन, सत्यता खोज्न र अभ्यास गर्न, र परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सक्नु हो। कुनै व्यक्ति परमेश्वरसामु सधैँ जिउन सक्छ कि सक्दैन भनी निर्धारण गर्ने कडी यिनै कुरा हुन्। यदि तँ प्रायः परमेश्वरको अनुभूति गर्न सक्दैनस् अनि बारम्बार कमजोर र नकारात्मक हुन्छस्, वा प्रायः दुराचारी बन्छस्, वा आफ्नो कर्तव्यमा कुनै बोझ बोक्दैनस्, र सधैँ अन्योलमा हुन्छस् भने यो राम्रो स्थिति हो कि नराम्रो स्थिति? के यो परमेश्वरसामु जिउने स्थिति हो कि परमेश्वरसामु पटक्कै नजिउने स्थिति? (यो परमेश्वरसामु नजिउने स्थिति हो।) त्यसैले, तिमीहरूले यसको मापन गर्नैपर्छ—के तिमीहरू प्रायः परमेश्वरसामु जिउँछौ वा जिउँदैनौ? यदि तँ परमेश्वरसामु विरलै जिउँछस्, र प्रार्थनासमेत गर्दैनस्, वा परमेश्वरका वचनहरू पढ्दैनस् भने यसले समस्या निम्त्याउँछ, यसको मतलब तँ गैरविश्वासी होस्। केही मानिसहरू उचित मामिलामा विरलै ध्यान दिन्छन्, तिनीहरू दुराचारी र अनियन्त्रित हुन्छन्, र जब तिनीहरूलाई केही आइपर्छ, तिनीहरू सधैँ अलमल्ल हुन्छन् र सत्यता खोज्ने तरिका जान्दैनन्। तिनीहरूलाई कर्तव्य निर्वाह गर्दा नतिजा प्राप्त भयो कि भएन भनेरसमेत पत्तो हुँदैन। तिनीहरूलाई आफ्ना दैनिक कुन कार्यहरूले परमेश्वरलाई चिढ्याउँछन्, कुन कार्यहरू परमेश्वरलाई स्वीकार्य लाग्छ, र कुन कार्यहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू दिनानुदिन झारा मात्र टार्छन्। तँलाई यस्तो स्थिति कस्तो लाग्छ? के यस्तो स्थितिमा जिउने मानिसहरूसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ? तिनीहरूले गर्ने कुराका लागि कुनै सिद्धान्त हुन सक्छ? के तिनीहरू समझदार कुराहरू गर्न सक्छन्? के तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा, “म संयमित हुनैपर्छ, मैले आफ्नो कर्तव्य राम्रोसँग अनि आफ्नो पूरा हृदय र पूरा शक्तिले निर्वाह गर्नैपर्छ” भनेर भन्न सक्छन्? के तिनीहरूले बफादारिता हासिल गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए यस्ता मानिसहरू के गरिरहेका छन्? तिनीहरू मेहनत मात्र गरिरहेका छन्! के यस्ता मानिसहरूले सत्यता प्राप्त गरेका छन्? (छैनन्।) यो ठूलो क्षति हो। यी मूर्खहरूको जमातलाई सत्यता पछ्याउन कसरी थाहा हुन नसकेको? तिनीहरूले परमेश्वरमा विश्वास गरेका दस वा बीस वर्ष भइसकेको छ र निकै धेरै प्रवचन सुनिसकेका छन्, तैपनि तिनीहरूलाई परमेश्वरमा विश्वास गरेर के प्राप्त हुनुपर्छ, कसरी सत्यता पछ्याउनुपर्छ, कसरी सत्यता अभ्यास गर्नुपर्छ, वा कसरी आफ्ना कर्तव्य पूरा गर्नुपर्छ भन्ने कुरा थाहा छैन। यदि तिनीहरूलाई अझै यी महत्त्वपूर्ण कुराहरूबारे स्पष्ट छैन भने के तिनीहरू अलि मूर्ख होइनन् र? तिनीहरू मन्द बुद्धिको र उदासीन छन्। तिनीहरूमा सत्यताको कुनै प्रभाव पर्दैन, र यो भयानक कुरा हो। परमेश्वरलाई विश्वास गर्नेबारे सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? सत्यता प्राप्त गर्नु हो। कुनै व्यक्तिले सत्यता प्राप्त गरेपछि कस्ता समस्याहरू समाधान हुनेछन्? मुख्यतः तिनीहरूको पापको समस्या, तिनीहरूको भ्रष्ट स्वभावको समस्या, तिनीहरूको परमेश्वरप्रतिको विश्वासमा आउने सबै कठिनाइ, र तिनीहरूका गलत दृष्टिकोणहरू समाधान हुनेछन्। यी सबै समस्या समाधान गर्न सकिन्छ। जब कुनै व्यक्तिले सत्यता प्राप्त गर्छ, तब उसले त्यसको उपयोग कहाँ गर्नुपर्छ? यसको उपयोग आफ्नो कर्तव्य पूरा गर्नमा र परमेश्वरको गवाही दिनमा गर्नुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। अहिले, तिमीहरूमा यसबारे साँचो ज्ञानको कमी होला, तिमीहरूले सत्यताको मूल्य वा महत्त्व बुझेका छैनौ होला, तर एक दिन बुझ्नेछौ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।