अन्य विषयसम्बन्धी वचनहरू (अंश ९३)

सत्यता नबुझ्नेहरू काम गर्दा केमा भर पर्छन्? तिनीहरू मानव विधि, मानव बुद्धि, र थोरै मानव चातुर्यमा भर पर्छन्। जब यी कुराहरू प्रयोग गरेर काम पूरा गरिन्छन्, तब मानिसहरू अहङ्कारी बन्छन्। तिनीहरूलाई आफूसित पूँजी छ अनि आफ्नो वरिष्ठताको घमण्ड गर्न र सान देखाउन सकिन्छ भन्‍ने लाग्छ। यसलाई समझको कमी हुनु भनिन्छ। वास्तवमा, तिनीहरूलाई आफूले गरेको कुरा साँच्चै परमेश्‍वरका अभिप्रायबमोजिम छ कि छैन भन्‍ने थाहा हुँदैन। तिनीहरू बुझ्दैनन्, तिनीहरूमा अन्तर्दृष्टिको कमी हुन्छ। तसर्थ, आफूलाई केही आइपर्दा, त्यस्ता व्यक्तिहरू झिनामसिना कुरामा विवाद गर्नतिर लाग्छन्। जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा गल्ती गर्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू बाह्य कारणहरू खोज्दै यो वा त्यो कुरालाई दोष दिन्छन्। तिनीहरू खराब परिस्थितिहरूलाई दोष दिन्छन्, त्यतिबेला परिस्थितिबारे राम्ररी सोच्न नसकेकोमा आफूलाई दोष दिन्छन्। तिनीहरू केवल बाह्य कारणहरू खोज्छन्; तिनीहरू आफूले सत्यता नबुझेको वा सत्यता सिद्धान्तबारे बुझाइ नभएको कुरा स्वीकार गर्दैनन्। तिनीहरूको हृदय नकारात्मक हुन्छ र परमेश्‍वरप्रतिको गलत बुझाइले भरिएको हुन्छ, अनि तिनीहरू परमेश्‍वरले तिनीहरूलाई प्रकाश गर्नुभएको छ भन्‍ने विश्‍वास गर्छन्। के कुरा त्यही हो? तिनीहरू कर्तव्य निर्वाह गर्दा आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गर्छन्। तिनीहरू कुनै सिद्धान्तविना र सत्यतासँग कुनै सम्बन्ध नराखी कामकुरा गर्छन्। तिनीहरू कति दयनीय छन्। त्यस्ता मानिसहरू समर्पणविना आफ्नो कर्तव्य निर्वाह गर्छन्; तिनीहरूमा कुनै बफादारी वा भक्ति छ भन्‍न मिल्दैन, अनि तिनीहरूले परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग रहनु त झनै परको कुरा हो। तिनीहरू कामकुरा गर्न मानव विधिहरूमा निरन्तर भर पर्छन्, र बाहिरी रूपमा मात्र कार्य गर्छन् र प्रयास लगाउँछन्; तर अन्ततः तिनीहरू अझै पनि सत्यता बुझ्न सक्दैनन्। के यी मानिसहरूको जीवन स्वभावमा परिवर्तनहरू आएका हुन्छन्? के परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध सामान्य हुन्छ? के परमेश्‍वरप्रतिको तिनीहरूको समर्पण र भयमा कुनै सुधार आएको हुन्छ? (हुँदैन।) तिनीहरूको जीवनमा कुनै सुधार आएको हुँदैन। तिनीहरूको भ्रष्ट स्वभावमा कुनै परिवर्तन आएको हुँदैन। तिनीहरू केवल झनै धूर्त र झनै कुटिल बन्छन्, झनै छली माध्यमहरू प्रयोग गर्छन् र झनै बढी अहङ्कारी समेत बन्छन्। तिनीहरूले जेसुकै सामना गरे पनि, तिनीहरू अझै शैतानको दर्शनअनुसार जिउँछन्, आफ्ना अनुभव र सिकेका पाठहरूको सार निरन्तर निकाल्छन्, आफू कहाँ चुके र असफल भए, अनि फेरि नचुक्न र असफल नहुन आफूले के पाठ सिक्नुपर्ने हो भन्‍ने कुरालाई ध्यानमा राख्छन्। तिनीहरू सधैँ यसरी नै आफ्ना अनुभव र पाठहरूको सार निकाल्छन्, सत्यताको खोजी पटक्कै गर्दैनन्। के कुनै व्यक्तिले शैतानको दर्शनअनुसार जिइरहँदा आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ? यदि तिनीहरूको भ्रष्ट स्वभावलाई हटाउन सकिँदैन भने, के तिनीहरूले मुक्ति पाउन सक्छन्? यी कुराहरू बुझ्न नसक्नु खतरनाक कुरो हो, जसले गर्दा परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा प्रवेश गर्न पटक्कै सकिँदैन। यत्तिका वर्षसम्म यस्तो अन्योलमा रहेर परमेश्‍वरमा विश्‍वास गरेर के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूको विवेक र समझ अझ सामान्य हुन सक्छ? के तिनीहरू सामान्य मानवतामा जिउन सक्छन्? (सक्दैनन्।) यसरी अनुभव र पाठहरूको सार निकाल्दा र आफ्नो व्यवहार परिवर्तन गर्दा गल्तीहरू कम हुन त सक्लान्, तर के यसलाई सत्यताको अभ्यास मानिन्छ? (मानिँदैन।) के यो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (सक्दैन।) के त्यस्तो व्यक्तिको हृदयमा परमेश्‍वरका लागि ठाउँ हुन्छ? (हुँदैन।) सत्यता वा परमेश्‍वरलाई वास्तै नगरी काम गर्नेहरू गैरविश्‍वासी हुन्, जसले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्दैनन्! के तिमीहरू यस्ता मानिसहरूलाई खुट्ट्याउन सक्छौ?

चाहे कुनै व्यक्तिले आफ्‍नो कर्तव्य निभाइरहेको होस् वा व्यक्तिगत मामलाहरू सम्‍हालिरहेको होस्, उसले कुनै काम गर्दा उसको ध्यान कतातिर केन्द्रित छ भन्‍ने कुरामा हामीले ध्यान दिनुपर्छ। यदि उसले जीवन जिउने दर्शनहरूमा ध्यान दिइरहेको छ भने, यसबाट ऊ सत्यतालाई प्रेम वा खोजी गर्दैन भन्‍ने देखाउँछ। व्यक्तिमाथि जेसुकै आइपरे पनि, यदि ऊ सत्यतामा लागिपर्छ भने, यदि उसले सधैँ सत्यतातर्फ पाइला बढाइरहेको हुन्छ भने, अनि यदि उसले “के यसो गर्दा परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छ? परमेश्‍वरका मापदण्डहरू के-के हुन्? के यसो गर्नु परमेश्‍वर विरुद्ध पाप गर्नु हो? के यसले उहाँको स्वभावलाई चिढ्याउनेछ? के यसले परमेश्‍वरलाई चोट पुर्‍याउनेछ? के परमेश्‍वरले यो कुरालाई घृणा गर्नु हुनेछ? के यसो गर्नुको कुनै अर्थ हुन्छ? के यसले मण्डलीको काममा बाधा वा व्यवधान ल्याउँछ? के यसले परमेश्‍वरको घरका हितहरूमा हानि गर्छ? के यसले परमेश्‍वरको नामलाई बदनाम गर्छ? के यो सत्यता अभ्यास गर्नु हो? के यो दुष्कर्म गर्नु हो? परमेश्‍वरले यसबारेमा के सोच्‍नुहुन्छ?” भनेर सोच्छ भने, यदि उसले सधैँ यी प्रश्‍नहरूमा मनन गरिरहेको हुन्छ भने, यो केको लक्षण हो? (यो तिनीहरूले सत्यता खोजिरहेको र पछ्याइरहेको लक्षण हो।) सही हो। यो तिनीहरूले सत्यता खोजिरहेको र तिनीहरूको हृदयमा परमेश्‍वर रहेको लक्षण हो। आफ्नो हृदयमा परमेश्‍वर नहुनेहरूले आफूमा आइपर्ने कुरालाई कसरी सम्हाल्छन्? (तिनीहरू आफ्नै बुद्धि र प्रतिभामा भर परेर कार्य गर्छन्, परमेश्‍वरसँग कुनै सरोकार राख्दैनन्, र तिनीहरूका कार्यहरू विशेष गरी आफ्नै मनसायसँग मिसिएका हुन्छन्।) तिनीहरूले आफ्ना मनसायलाई मिसाउने मात्र नभई, तिनीहरूले आफ्नो मनसायअनुसार काम गर्दा तिनीहरू आफूलाई पटक्कै जाँच्दैनन् वा आत्मचिन्तन गर्दैनन्। तिनीहरू कुनै कुरा मान्दैनन्, आफ्नै तौरतरिकामा जिद्दी कस्छन्। तिनीहरू आफूखुसी काम गर्छन्, परमेश्‍वरलाई प्रार्थना गर्दैनन्, र सत्यताको खोजी गर्दैनन्। तिनीहरूले परमेश्‍वरसँग कुनै सरोकार राख्दैनन्। के त्यस्ता मानिसहरूका लागि गल्ती गर्न र परमेश्‍वरको स्वभावलाई चिढ्याउन सजिलो हुँदैन र? के यो अत्यन्तै खतरनाक होइन र? सत्यता नपछ्याउने मानिसहरूले आफूले व्यवहार गर्ने तरिका र प्रकट गर्ने स्वभाव दुवैका हकमा आफ्नो दैनिक जीवनमा के-कस्ता विशेषताहरू देखाउँछन्? (तिनीहरू सोचविचारै नगरी बिना संयमता काम गर्छन्, अरूलाई तुच्छ दृष्टिले हेर्छन्, तिनीहरू अत्यन्तै अहङ्कारी र दुराचारी हुन्छन्, अनि एकतर्फी निर्णय गर्छन्।) मुख्यतया यी कुराहरू हुन्: तिनीहरू अहङ्कारी, घमण्डी, बेपरवाह, हडबडे, दुराचारी र अनियन्त्रित हुन्छन्; तिनीहरू समझविना काम गर्छन्, आफूखुसी कामकुरा गर्छन्, अनि सधैँ उद्दण्ड र दुष्ट हुन्छन्। तिनीहरूलाई काटछाँट गरिएन भने, तिनीहरू दाह्रा किट्छन्। काट-छाँट गरिँदा तिनीहरू नकारात्मक, विरोधी, अवज्ञाकारी र विद्रोही हुन्छन्, र तिनीहरूको शैतानी स्वभाव पूर्ण रूपमा खुलासा हुन्छ। सत्यता नपछ्याउने यी मानिसहरू केही नगर्दा वा नबोल्दा, तिनीहरू सामान्य मानिस जस्ता देखिन्छन्। तर तिनीहरूले केही कुरा गर्नेबित्तिकै, तिनीहरूको भ्रष्ट स्वभाव प्रकट हुन्छ अनि त्यो असभ्य र जङ्गली हुन्छ। परमेश्‍वरको वचनमा, त्यस्ता मानिसहरूलाई कसरी वर्णन गरिएको छ? (“तिमीहरूमा प्रकट भएको कुरा आफ्ना अभिभावकहरूबाट बरालिएका बालबालिकाहरूमा हुने किसिमको बदमासी होइन, तर आफ्ना मालिकको कोर्रा नखाएका पशुहरूबाट प्रस्फुटन हुने पशुत्व हो” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?)।) त्यस्ता व्यक्तिहरूले प्रकट गर्ने स्वभावलाई जङ्गली भनेर वर्णन गर्न सकिन्छ, र तिनीहरूमा सामान्य मानवता हुँदैन। कुनै भीडमा त्यस्ता मानिसहरू छन् भने, के तिमीहरू तिनीहरूलाई चिन्‍न सक्छौ? (अलिअलि।) सत्यता खोज्नेहरू र नखोज्नेहरूको व्यवहार गर्ने तरिका र तिनीहरूले प्रकट गर्ने कुरामा आकाश-पातालको फरक हुन्छ। सत्यता नखोज्नेहरूका स्पष्ट प्रकटीकरणहरू भनेको समझको कमी हुनु, विवेकको कमी हुनु र सत्यता सिद्धान्तलाई वास्तै नगरी कार्य गर्नु हो। तिनीहरू अनियन्त्रित र लापरवाह रूपमा काम गर्छन्, अनि हदैसम्मका दुस्साहसी हुन्छन्। सत्यता नपछ्याउनेहरू दयनीय र घृणित दुवै हुन्छन्। तिनीहरू आफैलाई मूर्ख बनाउँछन्, अरू मानिसलाई कुनै लाभ पुऱ्याउँदैनन्। यदि तिनीहरूले अरू मानिसलाई कुनै लाभ पुऱ्याउँदैनन् भने, के परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुनेछैन र? (गर्नुहुनेछ।) के तिनीहरू आफैँलाई यो कुराबारे सचेतना हुन्छ? (हुँदैन।) म किन तिनीहरू दयनीय हुन्छन् भनेर भन्छु? किनभने तिनीहरू यस्तै हुन्छन्, तर आफू यस्तो छु भनेरसमेत महसुस गर्दैनन्। तिनीहरूमा मानव स्वरूपको कुनै पनि छाँट हुँदैन, तैपनि तिनीहरू आफूलाई ठिकै ठान्छन्, र अझै पनि सोचविचार नगरी लापरवाहीसाथ कार्य गर्ने हिम्मत गर्छन्। के यो दयनीय नै होइन र? मानिसहरूलाई खुट्ट्याउँदा खुट्ट्याउनुपर्ने मुख्य कुरा भनेको तिनीहरू सत्यता अभ्यास गर्छन् कि गर्दैनन्, सत्यता खोज्छन् कि खोज्दैनन् र सत्यता स्वीकार गर्छन् कि गर्दैनन् भन्‍ने हो। तिनीहरूलाई सही रूपमा खुट्ट्याउने, र मानिसहरूका सबै वर्गलाई स्पष्टसँग देख्ने यसरी नै हो।

के तिमीहरू सत्यता पछ्याउनेहरू हौ? (हामीले पहिले सत्यतालाई पछ्याएनौँ, तर अहिले त्यसका लागि लागिपरेका छौँ।) विगत केही वर्षमा, सत्यता नपछ्याउँदा, के तिमीहरूले मैले भर्खरै उल्लेख गरेका व्यवहार देखायौ? (हजुर, हामीले देखायौँ।) तिमीहरूले ती व्यवहार देखाउँदा, के त्यस्तो अवस्थामा जिएकोमा तिमीहरूको हृदयमा पीडा भएन? (हजुर, हामीलाई कष्ट थियो, तर हामीले यो बुझेनौँ।) यो नबुझ्नु एकदमै दयनीय कुरो हो! जब कसैले सत्यतालाई बुझ्दैन र उसमा सत्यता वास्तविकता हुँदैन, तब त्यो सबैभन्दा दयनीय र दुःखदायी हुन्छ। यी सत्यताहरूलाई पक्रिराख्नु, प्रायः प्रवचनहरू सुन्‍नु, तैपनि केही प्राप्त नगर्नु र शैतानको बन्धनमा जिउनु, अविवेकी तरिकाले काम गर्नु र बोल्नु, स्पष्टतः मानवता नहुनु—यो अति दयनीय कुरो हो! तसर्थ, सत्यता पछ्याउनु सबैभन्दा महत्त्वपूर्ण छ! तिमीहरू अहिले यो बुझ्दै छौ, होइन र? (हजुर, हो।) तिमीहरूले यो बुझ्नु राम्रो हो। चिन्ताजनक कुरा त त्यतिबेला हुन्छ, जब मानिसहरू उदासीन र मन्द बुद्धिका, अनि बुझ्न असमर्थ हुन्छन्। यदि कसैले सत्यता पछ्याउँदैन र यसबारे सचेत छैन भने, त्यो त्यति ठूलो समस्या होइन। कसैले यसलाई बुझ्छ, तैपनि सत्यता पछ्याउँदैन, र पटक्कै पश्चात्ताप गर्दैन भने, त्यो चाहिँ सबैभन्दा चिन्ताको कुरा हो। यो जानाजानी गरिने अपराध हो। जानाजानी अपराध गर्ने र सत्यता स्विकार्न पटक्कै नमान्‍नेहरू हृदयमा हठी र दुर्भावना भएका हुन्छन्, अनि सत्यताको विपक्षमा हुन्छन्। के यस्ता हठीहरू परमेश्‍वरको डर मान्‍ने हुन सक्छन्? यदि तिनीहरू परमेश्‍वरको डर मान्दैनन् भने, तिनीहरू परमेश्‍वरअनुकूल हुन सक्छन्? (सक्दैनन्।) हठी हृदय भएकाहरूले परमेश्‍वरप्रति कस्तो मनोवृत्ति राख्छन्? तिनीहरू प्रतिरोधी, विद्रोही र अपश्चात्तापी हुन्छन्, अनि परमेश्‍वर नै सत्यता हुनुहुन्छ भनी कदापि स्वीकार गर्दैनन्। तिनीहरू सत्यता स्वीकार गर्दैनन् र अन्त्यसम्मै परमेश्‍वरको विरोध गर्छन्! यस्ता मानिसहरूको अन्त्य कस्तो हुन्छ? (परमेश्‍वरले दण्ड दिनुहुनेछ र नष्ट गर्नुहुनेछ।) परमेश्‍वरले ती मानिसलाई मुक्ति दिनुहुन्‍न। के बाइबलमा उल्लेख गरिएका २५० जना अगुवाहरू हठी र विद्रोही मानिस थिए? अन्त्यमा तिनीहरूलाई के भयो? (तिनीहरूलाई पृथ्वीले निल्यो।) परिणाम त्यही हुन्छ। कसैले जति नै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, यदि उसलाई सत्यता पछ्याउनुको महत्त्व थाहा छैन, यदि ऊ सत्यताको विरोध गर्दा आइपर्ने घृणा र परिणामलाई बुझ्दैन भने, उसको परिणाम के हुनेछ? उसलाई अवश्यै हटाइनेछ। नयाँ विश्‍वासीहरू मूर्ख र अज्ञानी हुन्छन्, तिनीहरू अझै उचित कार्यहरू पूरा गर्ने वा सही बाटो हिँड्ने तरिका जान्दैनन्। मानिसहरूको दयनीय पक्ष यही नै हो। यदि तैँले अनेकौँ वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको छस् र आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्, तैपनि सत्यता पछ्याउँदैनस् भने, त्यो त केवल श्रम गर्नु मात्र हो। यदि तँ आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न सक्छस्, स्वेच्छाले श्रम गर्छस्, दुष्ट काम गर्दैनस्, र कुनै अवरोध वा बाधा खडा गर्दैनस् भने, तैँले अझसम्म सत्यता पछ्याएको छैनस् भने पनि, परमेश्‍वरले तँलाई निन्दा गर्नुहुनेछैन, किनभने तँ आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न सक्छस्। तर कसैले केही सत्यता बुझ्छ र सत्यता पछ्याउनुको महत्त्व जान्दछ, तैपनि सत्यता पछ्याउँदैन भने, उसका निम्ति मुक्ति पाउन सहज हुनेछैन। बढीमा, ऊ एक वफादार श्रमिकका रूपमा रहन सक्छ। श्रम गर्न नचाहनेहरू, शक्ति र लाभका लागि प्रतिस्पर्धा गर्ने, अनि परमेश्‍वरको मण्डलीको जीवन र काममा बाधा पुर्‍याउनेहरूको सन्दर्भमा भन्‍नुपर्दा, तिनीहरूको नतिजा तय भइसकेको छ। तिनीहरू विपत्तिमा परिसकेका छन् र मृत्युको पर्खाइमा छन्। तिनीहरूले आउन लागेका कुराका लागि तयारी गर्नुपर्छ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्