अन्य विषयसम्बन्धी वचनहरू (अंश ९१)

अय्यूबबारे परमेश्‍वरको मूल्याङ्कन पुरानो करारमा अभिलिखित छ: “त्यो जस्तो सिद्ध र सोझो, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने पृथ्वीमा कोही पनि छैन” (अय्यूब १:८)। आखिरी दिनहरूमा परमेश्‍वरले उहाँलाई पत्रुसले साँचो प्रेम गरेको थियो भन्‍ने तथ्यबारे गवाही मात्र दिनुभएन, तर अय्यूब उहाँमा साँचो आस्था राख्ने व्यक्ति थियो भनेर पनि गवाही दिनुभयो, र परमेश्‍वर उहाँका चुनिएका मानिसहरूले उहाँलाई अन्त्यसम्मै पछ्याउने हो भने तिनीहरूमा कम्तीमा पनि अय्यूबको जस्तै आस्था हुनैपर्छ भन्‍ने माग गर्नुहुन्छ। तिमीहरूको कल्पनामा, र तिमीहरूले बुझ्ने सीमित शब्दहरूको दायराभित्र रहेर हेर्दा, अय्यूब कस्तो प्रकारको व्यक्ति थियो? के ऊ असल व्यक्ति थियो? (थियो।) यो मुख्य रूपमा कसरी व्यक्त भएको थियो? पहिलो, ऊ परमेश्‍वरको भय मान्‍ने व्यक्ति थियो र उसले कहिल्यै दुष्कर्म गरेन। यो एउटा असल व्यक्तिको मुख्य प्रकटीकरण र चिन्ह हो। त्यसबाहेक, ऊ आफ्नो आचरणमा सिद्धान्त पछ्याउँथ्यो, अनि आफ्ना छोराछोरी र परिवारसँग सिद्धान्तअनुसार व्यवहार गर्थ्यो। उसले आफ्ना छोराछोरीको गल्ती ढाकछोप गर्ने प्रयास गर्दैनथ्यो र ऊ परमेश्‍वरलाई प्रार्थना गर्थ्यो अनि उसले आफ्ना छोराछोरी उहाँलाई सुम्पियो, यसबाट मानिसहरूले के देखे भने आफ्नो छोराछोरीप्रति उसको मनोवृत्ति पूर्ण रूपमा सही र परमेश्‍वरको अभिप्रायअनुरूप थियो। छोराछोरीको रूपमा तिमीहरूले ऊजस्तो बुबा भेट्टाएको भए तिमीहरूलाई कस्तो लाग्नेथ्यो? के यसमा तिमीहरूलाई खुसी लाग्नेथिएन र? तर अय्यूबका साथीहरू कस्ता थिए? अय्यूबलाई परीक्षा र सङ्कष्टहरू आइपर्दा, उसका साथीहरूले उसलाई कस्तो व्यवहार गरे? कसैले पनि उसलाई बुझ्न सकेन र अझ यसो भन्दै उसको आलोचना गरे “तिमीले परमेश्‍वरलाई चिढ्यायौ र उहाँले तिमीलाई श्राप दिनुभयो। हेर त, परमेश्‍वरप्रतिको तिम्रो विश्‍वासले तिमीलाई कहाँ पुर्‍यायो। कस्तो दुःखलाग्दो!” अय्यूबकी श्रीमतीले समेत यसो भनी, “के तपाईँ अझै पनि आफ्नो निष्ठा कायम राख्नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। अत्यन्त कष्टको यस घडीमा अय्यूबका साथीहरू र उसलाई आफ्नी श्रीमतीले त्यस्तो व्यवहार गरेकी थिई, जसले गर्दा उसलाई ठूलो चोट पुग्यो र पीडा भयो। तर अय्यूबलाई बुझ्ने एकदमै थोरै मानिस थिए—यो कुरा साँचो हो। अहिले हामी अय्यूबको कथा पढ्दा, हामीलाई के लाग्दछ भने वास्तवमा अय्यूबजस्ता मानिसहरू नै एकदमै भरपर्दा र भरोसायोग्य हुन्छन्, र यस प्रकारका व्यक्ति साँच्चै असल व्यक्ति हुन्। तिनीहरूले तँलाई कहिल्यै छल वा हानि गर्दैनन्, र तँलाई सधैँ सिद्धान्तहरू पालना गरेर व्यवहार गर्छन्। यदि तँ सही व्यक्ति होस् भने तिनीहरूले तँलाई तैँले एउटा खराब काम गर्दा वा अरू मानिसले तेरो कुरा काट्दैमा निन्दा गर्नेछैनन् वा तेरो बारेमा खराब कुरा बोल्नेछैनन्। तिनीहरू तथ्यविरुद्धमा जानेछैनन् र मानिसहरूलाई कुटिल तरिकाले झुटो आरोप लगाउनेछैनन्। तिनीहरू भावनामा बगेर र प्राथमिकतालाई अघि राखेर बोल्नेछैनन्। समय बित्दै जाँदा, तैँले देख्नेछस्: “यो त असल व्यक्ति रहेछ। हामी त अलिकति कठिनाइ आइपर्दा पनि आफ्नो कर्तव्यलाई पन्छाउँछौँ, तर ऊ भने जति नै ठूलो परीक्षा र सङ्कष्ट आए पनि कहिल्यै परमेश्‍वरको नाम त्याग्दैन। परमेश्‍वरले यस प्रकारको व्यक्तिलाई मन पराउनु कुनै आश्चर्य होइन। यदि मेरो साथमा यस्तो व्यक्ति भएको भए त, मलाई जुनसुकै बिमार वा सङ्कष्ट किन आइनपरोस्, उसले मलाई पहिले झैँ निरन्तर मद्दत, सहायता, हेरचाह र सहन सक्नेछ। यस प्रकारका व्यक्ति अद्भुत हुन्छ। उसले कहिलेकाहीँ मलाई दिक्क लगाए पनि वा हाम्रो सधैँ ठ्याक नमिले पनि, म कुनै शैतान र दियाबलसलाई भन्दा उसैलाई साथ लिन्छु!” सामान्यतया, शैतान र दियाबलसहरूले बाहिरी रूपमा यसो भन्‍नेछन्, “तिमी धेरै महान् छौ। म तिमीलाई प्रेम गर्छु र धेरै ख्याल गर्छु” तर जसै तँलाई कुनै समस्या आइपर्छ, तसै तिनीहरूले तँलाई उपेक्षा गर्नेछन् अनि तब मात्र तँलाई असल व्यक्ति के हो र भरपर्दो व्यक्ति के हो भन्‍ने थाहा हुनेछ। भरपर्दा, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्नेहरू मात्र साँचो असल मानिस हुन् र असल मानिसहरू अत्यन्त मूल्यवान् हुन्छन्। यदि तँसँग अय्यूबजस्ता दर्जनौँ मानिस भएको भए कति राम्रो हुनेथ्यो—तर अहिले तँसँग कोही पनि छैन! यस समय, तँ असल व्यक्ति कति दुर्लभ छ भन्‍ने महसुस गर्नेछस्। सबैलाई यस्तो असल व्यक्ति चाहिन्छ। सबैले धर्मी र परोपकारी, सिद्धान्तमा काम गर्ने दयालु हृदयका, न्यायबोध भएका, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्ने, अनि भरोसायोग्य मानिस मन पराउँछन्।

जब तँ सङ्कष्ट र बिमारले घेरिएको हुन्छस्, जब तेरो हृदयमा एकदमै कष्ट हुन्छ, तब तँ कस्तो प्रकारको व्यक्ति साथमा चाहन्छस्? के तँ झूटो र मिठो बोल्ने व्यक्ति चाहन्छस्? के तँ तँलाई मूल्याङ्कन, निन्दा र आलोचना गर्ने व्यक्ति चाहन्छस्? (अहँ।) त्यसोभए, तँलाई कस्तो प्रकारको व्यक्तिको सबभन्दा धेरै आवश्यकता छ? तँलाई त्यस्तो व्यक्तिको आवश्यकता हुन्छ जसले तेरो कठिनाइप्रति सहानुभूति देखाउन र तँलाई सान्त्वना दिन सक्छ, जसले तैँले हृदयको पीडा बताउँदा सुन्‍न र त्यसपछि तँलाई तेरो नकारात्मकता, कमजोरी र कष्टबाट बाहिर निस्कन मद्दत गर्न सक्छ। यस्तो व्यक्तिले तँलाई सहयोग गर्न सक्छ—उसले तँ निराश हुँदा तँलाई उपहास गर्दैन वा लत्त्याउँदैन, र तेरो कठिनाइलाई अनदेखा गर्दैन। अर्थात्, यदि तँलाई उसको सान्त्वना चाहियो र तँलाई कठिनाइ आइपऱ्यो, तँ कमजोरीको अवस्थामा छस् भने वा निजी समस्या पऱ्यो भने तँ यी कुराहरू उसलाई बताउन सक्छस् र उसले तेरो पछाडि यी कुराहरू फिँजाउनेछैन, तँलाई गिज्याउनेछैन र खिसी गर्नेछैन वा तेरो व्यक्तिगत मामिलाहरूलाई अस्तव्यस्त पार्नेछैन। उसले तेरो कठिनाइ, कमजोरी, नकारात्मकता र तेरो मानवताको कमजोर पक्षहरूलाई सही ढङ्गले सम्हाल्न सक्छ। के यी कुराहरू सही ढङ्गले सम्हाल्नु सिद्धान्तपरक होइन र? के यो असल व्यक्तिको प्रकटीकरण होइन? यस्तो व्यक्तिले तँलाई बुझ्न, सहन र देखभाल गर्न सक्छ। उसले तँलाई सहयोग र भरणपोषण गर्न सक्छ, अनि तँलाई पीडा र कमजोरीबाट बाहिर निस्कन मद्दत गर्न सक्छ। उसले तँलाई यस्तो ठूलो सहायता गर्छ। यस्तो व्यक्ति अत्यन्त मूल्यवान् हुन्छ। यो असल व्यक्ति हो! मानौँ, कसैले तँलाई उपेक्षा गर्छ, अनि तँमा कुनै समस्या देख्दा तेरो उपहास र खिसी गर्नेसमेत गर्दछ। तँ उसलाई विश्‍वास गरेर कुनै कुरा बताउन चाहन्छस्, तर त्यसपछि मनमनै सोच्छस्, “म उसलाई बताउन सक्दिनँ। यदि बताएँ भने यसको नराम्रो प्रभाव पर्न सक्छ। उसले मेरो पिठ्यूँपछाडि मेरा व्यक्तिगत मामिलाहरूबारे बताइहिँड्न सक्छ। त्यसपछि सबैले मेरो उपहास गर्नेछन् अनि के थाहा उसले मलाई बदनाम गर्न कस्तो-कस्तो खिचडी पकाउनेछ।” के तँ यस्तो व्यक्तिसँग कुरा गर्ने आँट गर्छस्? उसले के गर्न सक्छ भन्‍ने कुरा तँलाई ठ्याक्कै थाहा हुँदैन। उसले तँलाई सहयोग वा साथ दिन नसक्ने मात्रै होइन, तेरो व्यक्तिगत मामिलाहरूलाई अस्तव्यस्त पनि बनाइदिन सक्छ, अनि तँलाई छल र हानि गर्न सक्छ। के तँ उसलाई विश्‍वास गरेर आफ्नो कुरा बताउने आँट गर्छस्? अहिले तँलाई असल मानिसहरू कति महत्त्वपूर्ण, मूल्यवान् र अनमोल हुन्छन्, र अन्य कुनै प्रकारको व्यक्ति बन्‍नुभन्दा असल व्यक्ति बन्‍नुको धेरै मूल्य छ भन्‍ने महसुस हुन्छ। तेरो आमाबुबाले पनि तँ कष्ट र पीडामा हुँदा तेरा कठिनाइ र आवश्यकताहरू राम्रोसँग बुझ्न नसक्लान् र तिनीहरूले तँलाई सान्त्वना दिन सक्नेछैनन्। कतिपय छोराछोरी निकै मेहनत गर्छन् र घरबाहिर जागिर खान्छन्—खास गरी, कतिपय महिलाले थोरै पैसा कमाउन हाकिमहरूको चापलुसी गर्नुपर्ने हुन्छ वा आफ्नो शरीर पनि बेच्नुपर्ने हुन्छ—र बुबाआमाले आफ्ना छोराछोरीलाई घरबाहिर गएर काम गर्नु वा पैसा कमाउनु कति गाह्रो हुन्छ भनेर कहिल्यै सोध्दैनन्। यहाँसम्म कि, तिनीहरू आफ्नो छोराछोरीले धेरै पैसा कमाएर घरमा ल्याउन सकेनन् भने उल्टै गुनासो गर्छन् र उनीहरूलाई अरूसँग तुलना गर्छन्। यसले तिनीहरूको छोराछोरीलाई कस्तो महसुस गराउँछ? (दुःखी, खिन्‍न।) तिनीहरूको मन भाँचिन्छ। तिनीहरूलाई यो संसार अँध्यारो ठाउँ हो, र आफ्ना बुबाआमासमेत यस्तै छन् भन्‍ने लाग्छ, र आफू यो संसारमा कसरी जिउने होला भन्‍ने सोच्छन्। त्यही कारण तँ असल व्यक्ति हुनैपर्छ। सबैलाई असल व्यक्तिको आवश्यकता पर्छ। अनि, असल व्यक्ति कसरी हुन्छ? के तिनीहरू आकाशबाट खस्छन्? के तिनीहरू जमिनबाट उम्रन्छन्? के तिनीहरू कुनै जनावरबाट विकास हुन्छन्? के तिनीहरू उच्च दर्जाको विद्यालय शिक्षाका उत्पादन हुन्? वा तिनीहरू सन्यासी धार्मिक शिक्षादीक्षाका उत्पादन हुन्? होइनन्, यी कुनै पनि व्याख्या सही होइनन्, यी सबै बिलकुलै असम्भव छन्। कुनै पनि व्यक्ति परमेश्‍वरलाई पछ्याएर, सत्यता अभ्यास गरेर र परमेश्‍वरको मुक्ति स्विकारेर मात्र असल व्यक्ति बन्‍न सक्छ। असल मानिसहरू भ्रष्ट मानव अचानक रूपान्तरण भएर उत्पन्‍न हुँदैनन्—मानिसहरूले असल मानिस बन्‍न परमेश्‍वरमा विश्‍वास गरेर उहाँको मुक्ति स्विकार्नैपर्छ, सत्यता पछ्याउनैपर्छ, र पवित्र आत्माको काम प्राप्त गर्नैपर्छ, र सिद्ध बनाइनैपर्छ। हरेक व्यक्तिलाई आफ्नो साथी र विश्‍वासपात्रको रूपमा एक असल व्यक्तिको साथ चाहिन्छ। मलाई भन् त, के परमेश्‍वरलाई पनि तिनीहरू चाहिन्छ? (चाहिन्छ।) परमेश्‍वरलाई असल मानिस चाहिन्छ र मानिसहरूलाई पनि असल मानिस चाहिन्छ। यो मामिलालाई बुझ्दा तँमा कस्तो प्रभाव पर्नेछ? तँमा असल व्यक्ति बन्‍न खोज्ने यस्तो सङ्कल्प र इच्छा हुनैपर्छ। यदि तँ यसो भन्छस्, “असल व्यक्ति बन्‍नु कठिन र दिक्कलाग्दो हुन्छ, तर ममा असल व्यक्ति बन्‍न प्रयास गर्ने सङ्कल्प हुनैपर्छ। मानिसहरूलाई असल मानिसको एकदमै खाँचो हुन्छ, र मलाई पनि असल मानिसहरू चाहिन्छ। त्यसैले म सबभन्दा पहिले आफै असल व्यक्ति बनेर अरूलाई सहयोग र साथ दिनेछु, परमेश्‍वरलाई अझ धेरै असल मानिसहरू प्राप्त गर्न मद्दत गर्ने प्रयास गर्नेछु,” यो नै सही हुन्छ। यदि सबै जना असल व्यक्ति बन्‍ने प्रयास गर्छन् भने मानवजातिका लागि आशा रहनेछ। तैँले यसो भन्लास्, “मानवजाति एकदमै भ्रष्ट र दुष्ट छ। परमेश्‍वरका एक-दुई विश्‍वासी मात्र असल भएर काम छैन। यहाँ अत्यन्त धेरै दुष्ट मानिसहरू भएकाले तिनीहरूले अझै पनि धम्की पाउनेछन्।” यसो भन्‍नु मूर्ख कुरा हो। तँ मुक्ति पाउन परमेश्‍वरमा विश्‍वास गर्छस्। यदि तँ असल र धर्मी व्यक्ति बनिस् भने परमेश्‍वरले तँलाई आशिष् दिनुहुनेछ। मानिसहरू जति नै दुष्ट र भ्रष्ट भए पनि, तिनीहरूलाई सम्हाल्ने परमेश्‍वरको आफ्नै तरिका छन्। मानिसहरूले यसबारे चिन्ता गर्नु पर्दैन। तैँले केवल सत्यता पछ्याउन र परमेश्‍वरको मुक्ति पाउन ध्यान दिनुपर्छ। यो उहाँको अभिप्रायअनुरूप हो। नोआले जहाज बनाएको बेला अन्त्यमा आठ जना बचेका थिए। परमेश्‍वरका वचनमा विश्‍वास नगर्ने र सही मार्गमा नहिँड्नेहरू सबै अन्त्यमा परमेश्‍वरको जलप्रलयबाट नष्ट भएका थिए। यो सर्वमान्य तथ्य हो। के कारण तँ परमेश्‍वरको सर्वशक्तिमानतालाई चिन्‍न सक्दैनस्? किन तँ परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर चिन्‍न सक्दैनस्? परमेश्‍वरले आफ्नो काम समाप्त गर्नुहुँदा, चाहे जतिसुकै मानिसले मुक्ति पाएका हुन्, यो युगको अन्त्य हुनु नै पर्छ। ठूला विपत्तिहरू आउनैपर्छ, र परमेश्‍वरले यी सबै समस्या हल गर्नुहुनेछ। तँ आफ्नै लागि सत्यता पछ्याउँछस् र धर्मी व्यक्ति बन्छस्—यसले तँलाई लाभ दिन्छ र यसले अरूलाई पनि लाभ दिन्छ। कतिपय मानिस भन्छन्, “असल व्यक्तिले आफूले पाउनुपर्ने कुरा पाउँदैन,” तर यो गलत कुरा हो। सत्यता पछ्याउनेहरूले अन्त्यमा स्वर्गको राज्यमा आफ्नो ठाउँ पाउँछन् र पृथ्वीमा दुष्ट मानिस चाहे जति नै समृद्ध किन नहुन्, अन्त्यमा तिनीहरू नष्ट हुनेछन् र नरकमा फालिनेछन्। त्यसैले, असल र खराब दुवैले आ-आफ्नो न्यायसङ्गत फल पाउँछन्, पाउँदैनन् र? बाइबलमा के भनिएको छ? “हरेक मानिसलाई उसको कामअनुसार दिन मेरो इनाम मसँगै छ” (प्रकाश २२:१२)

अय्यूबको पुस्तकमा अभिलिखित अय्यूबका कामकुराले वास्तवमा एकदमै थोरै स्थान लिएका छन्, ती असाध्यै सरल छन्, र ती त्यति धेरै छैनन्। तर तैँले अय्यूबका कामकुराभित्र सुराग खोज्न, अनि असल व्यक्ति बन्‍नका लागि अय्यूबको सिद्धान्त र अभ्यासको मार्ग पत्ता लगाउन सक्नुपर्छ। सर्वप्रथम, आफ्ना छोराछोरी र आफ्ना निकटतम व्यक्तिहरूलाई व्यवहार गर्ने सम्बन्धमा अय्यूबको सिद्धान्त के थियो? उसले स्नेहमा निर्भर भएर होइन, तर सिद्धान्तहरू पालन गरेर व्यवहार गऱ्यो। उसले घटित भएका कुराहरूको कारण परमेश्‍वरविरुद्ध पाप गरेन। यो नै परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्ने उसको पहिलो कसी थियो—यो आफ्नो परिवारका सदस्यप्रति उसको व्यवहारसँगै सुरु भयो। दोस्रो, उसले आफ्नो सिरीसम्पत्तिप्रति गरेको व्यवहार थियो। अय्यूबलाई के थाहा थियो भने, आफ्नो सिरीसम्पत्ति जाबो सांसारिक वस्तु भए पनि, यो परमेश्‍वरबाट आएको, अनि यो आफूलाई परमेश्‍वरले दिएको, र यसैद्वारा आफूलाई परमेश्‍वरले आशिष् दिनुभएको हो। मानिसहरूले यी कुराहरूलाई सावधानीपूर्वक र राम्रोसँग व्यवस्थापन र रेखदेख गर्नुपर्छ। तिनको राम्रोसँग रेखदेख गर्नुको अर्थ लोभी भएर ती कुरा लिनु वा तिनमा रमाउनु होइन, र यसको अर्थ ती कुराहरूका लागि जिउनु होइन; यसको अर्थ ती कुराका लागि परमेश्‍वरलाई धन्यवाद दिनु हो, त्यसमा परमेश्‍वरका हातको योजनाबद्ध कार्य र उहाँको सार्वभौमिकता देख्नु हो, अनि यी कुराहरूमार्फत परमेश्‍वरलाई चिन्‍नु हो। जब मानिसहरू परमेश्‍वरलाई चिन्दछन्, तब उहाँको सार्वभौमिकताप्रति समर्पित हुन सक्नेछन्, र यो साँच्चै असल व्यक्ति बन्‍ने सबभन्दा महत्त्वपूर्ण कसी हो। यदि तँ अरूसँग व्यवहार गर्दा सिद्धान्त पालना गर्न सक्छस्, तर परमेश्‍वरप्रति समर्पित हुन सक्दैनस् भने के तँ साँच्चै असल व्यक्ति हुँदै छस्? अहँ, तँ हुँदै छैनस्। त्यसबाहेक, अय्यूब परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रतिको आफ्नो व्यवहारमा अय्यूब उहाँका सबै सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सक्यो। परमेश्‍वरको बन्दोबस्तमा उहाँले वञ्चित गराउनु र उहाँका परीक्षाहरू पर्दछन्। कहिलेकाहीँ परमेश्‍वर वञ्चित गराउनुहुन्छ, कहिलेकाहीँ परीक्षा लिनुहुन्छ। उहाँले लिने परीक्षामा के कुरा समावेश छन्? कहिलेकाहीँ उहाँ तँलाई बिमार पार्नुहुन्छ वा तेरो परिवारमा प्रतिकूल परिस्थिति उत्पन्‍न गराउनुहुन्छ वा कर्तव्य निर्वाहको क्रममा तँलाई केही कठिनाइ र काटछाँटमा पार्नुहोला, अनि, ताडना दिने, अनुशासनमा राख्ने, न्याय गर्ने र सजाय दिने गर्नुहोला। यी सबै परमेश्‍वरका बन्दोबस्त हुन्—अनि तैँले तिनलाई कसरी लिनुपर्छ? यदि तँ ती कुराप्रति समर्पित हुन सकिनस् र तीबाट भाग्न मात्र खोजिरहिस् भने तैँले परमेश्‍वरको कार्य अनुभव गरिरहेको हुँदैनस्। यसका अतिरिक्त, मानिसहरू कर्तव्य निभाउने आफ्नो तरिकाप्रति बफादार हुनुपर्छ। तिनीहरूले आफ्नो बफादारी देखाउनैपर्छ। यहाँ बफादारी भनेको के हो? यो भनेको आफूले सक्दो र आफूसँग भएका सबै कुरा अर्पित गर्नु हो। त्यो नै बफादारी हो! यो असल व्यक्ति हुनुको मानक हो। यदि तिमीहरूमाझ अय्यूबजस्तो व्यक्ति एक जना मात्र छ भने—धेरै चाहिँदैन, एक जना भए पुग्छ—तिमीहरूमाझ एउटा दरिलो खम्बा छ। तिमीहरूलाई कुनै कुरा आइपर्दा, ऊ हरसमय तिमीहरूको आदर्श बन्‍नेछ। तिमीहरूले उसले गरेको काम अनुसरण मात्र गर्नुपर्छ र समय बित्दै जाँदा तिमीहरू परिवर्तन हुनेछौ। तिमीहरू आफ्नो सोचदेखि कामसम्म, सत्यता खोज्नेदेखि यो अभ्यास गर्नेसम्म सुधार भइरहनेछौ। तिमीहरूको स्थिति सिधै माथि उठ्नेछ, यसले सकारात्मक दिशा समात्नेछ र परमेश्‍वरप्रतिको विश्‍वासमा तिमीहरूलाई सही मार्गमा हिँड्न सहयोग गर्नेछ। यसरी केही वर्षसम्म परमेश्‍वरको कार्य अनुभव गरेपछि, तिमीहरू पनि अय्यूबजस्तै परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्न सक्नेछौ अनि सिद्ध व्यक्ति बन्‍नेछौ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्