अन्य विषयसम्बन्धी वचनहरू (अंश ८४)

ताइवान स्थिर समाज भएको प्रजातान्त्रिक राष्ट्र हो जहाँ जनता समृद्ध जीवन जिउँछन्। यहाँको सार्वजनिक व्यवस्था, जीवनस्तर, सांस्कृतिक मान्यता लगायत अरू धेरै कुरा मुख्यभूमि चीनभन्दा धेरै राम्रो छ। जनता निकै आरामदायी जीवन जिउँछन्। आरामदायी जीवन जिउनु राम्रो कुरा भए पनि, परमेश्‍वरमा विश्‍वास गर्ने र आरामदायी जीवन जिउने धेरै मानिसहरू उहाँलाई पछ्याउन इच्छुक छैनन्, कष्ट सहन वा मूल्य चुकाउन त परै जाओस्। तिनीहरूसँग भएका सबै कुरा त्यागेर आफूलाई परमेश्‍वरमा समर्पित गर्न तिनीहरूका लागि एकदम कठिन छ। के साँच्चै यस्तै छैन र? मानिसहरू आरामदायी जीवन जिउँदा सधैँ खाने, पिउने, रमाइलो गर्ने, देह र जीवनको कसरी आनन्द उठाउने भनेर सोचिरहेका हुन्छन्। यसले परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने मानिसहरूलाई केही हदसम्म असर गर्छ। तसर्थ, यस्तो आरामदायी सामाजिक वातावरणमा धेरै मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छन् तर तिनीहरूलाई त्यसो गर्न हम्मेहम्मे पर्छ। तिनीहरू अलिकति पनि कष्ट सहन इच्छुक हुँदैनन्, अनि आफ्नो कर्तव्य निर्वाह गर्दा वा मण्डलीको निम्ति विभिन्‍न प्रकारको कार्य गर्दा कुशलतापूर्वक काम गर्दैनन्। कहिलेकाहीँ तिनीहरूको कामको प्रगतिमा असर पर्छ, र यो तिनीहरूको सामाजिक वातावरणसँग केही हदसम्म सम्बन्धित हुन्छ। हरेक पटक हामी भेला हुँदा तिमीहरू सुरुवातदेखि अन्त्यसम्म यहाँ बसेर प्रवचनहरू सुन्‍न सकेको देख्दा म भावुक हुन्छु। मुख्यभूमि चीनका केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्न सक्छन् किनकि तिनीहरूलाई आफ्नो वातावरणले दबाएको छ, समाजले दमन र भेदभाव गरेको छ, अनि तिनीहरूले कठोर सतावट सहनुपरेको छ, जबकि केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् किनकि तिनीहरू केवल न्याय र तर्क वा आत्मिक सहारा र भर पर्न मिल्ने केही कुरा खोजिरहेका छन्। केही मानिसमा, तिनीहरूको जोस, आस्था र निष्ठा ठूलो रातो अजिङ्गरको क्रूर सतावटमा पर्दा जाग्यो। केही उपाय नै नभएर विदेश भाग्न बाध्य भएका छन् किनकि मुख्यभूमि चीनमा परमेश्‍वरमा विश्‍वास गर्न एकदम कठिन छ अनि धेरै मानिसहरू लखेटिएर पक्राउ परेका छन्—तिनीहरूको कुनै लुक्ने ठाउँ नै छैन। तिनीहरू विदेश भाग्ने कारण यिनै हुन्। मुख्यभूमि चीनको दमनकारी अनि कठोर जिउने वातावरणको तुलनामा ताइवानका जनतालाई निकै सजिलो छ। जीवन यति आरामदायी हुँदा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू कष्ट भोग्न वा मूल्य चुकाउन नै चाहँदैनन्, अनि जब तिनीहरूले कुनै पनि सतावट वा सङ्कटको सामना गर्छन्, उप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न नै चाहँदैनन्। मानिसहरू जीवन यति आरामदायी हुँदा केवल खान, पिउन अनि रमाइलो गर्न आनन्द मान्छन्। तिनीहरू सधैँ: “के खाने होला? कहाँ घुम्न जाने होला? म अहिलेसम्म कुन देश गएको छैनँ? एक सिङ्गो मानव जीवनकाल केवल केही दशकको त हुन्छ। यदि मैले सारा संसारभरका देशहरू भ्रमण गरिनँ अनि आफ्नो क्षितिज अझ फराकिलो बनाइनँ भने जीवन व्यर्थमै जिएजस्तो हुनेछैन र?” जस्ता कुराहरूबारे चासो राख्छन्। व्यक्तिको हृदय यसरी बेलगाम बन्छ अनि यसलाई सम्हाल्न सकिँदैन। के यस्तो अवस्थामा उसले अझै पनि परमेश्‍वरसामु चुपचाप बसेर उहाँका वचन खान र पिउन सक्छ? के उसले अझै पनि भेलामा ध्यान दिएर प्रवचनहरू सुन्‍न सक्छ? यो पक्कै पनि मुस्किल हुन्छ। त्यसैले, जब उसलाई परमेश्‍वरमा विश्‍वास गर्न, सत्यता पछ्याउन, अनि आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहित गरिन्छ, उसले आफूलाई अन्यायपूर्ण रूपमा व्यवहार गरिएको र दबाइएको ठान्छ अनि आफू व्यर्थमै जिइरहेको महसुस गर्छ। के यो अनुकूल वातावरणले मानिसहरूका लागि गम्भीर परीक्षा र बाधा पैदा गर्दैन र? गर्छ। सबै मानिस देहगत सुखको तृष्णा गर्छन् तर परमेश्‍वरमा विश्‍वास गर्ने अनि सत्यता पछ्याउनेहरूको लागि, जीवन वृद्धिको सन्दर्भमा सुख खासै राम्रो कुरा होइन। अधिकांश मानिसहरू थोरै कष्ट भोग्दा नै नकारात्मक र कमजोर हुन्छन् अनि तिनीहरूमा आत्मबल नै हुँदैन; के यो आरामदायी वातावरणको परिणाम होइन र? विभिन्‍न प्रकारका अनुभवात्मक गवाहीका भिडियोहरू छन् जसमा मुख्यभूमि चीनमा भएका दाजुभाइ-दिदीबहिनीहरूलाई जेलमा यातना दिइएको, अपराधी ठहराइएर कैद गरिएको देखाइएको छ। के तिमीहरूले यी सबै भिडियोहरू हेरेका छौ? (छौँ।) अनि तिमीहरूलाई त्यो हेरेपछि कस्तो महसुस हुन्छ? (परमेश्‍वर, म आफूलाई लागेको कुरा अलिकति भन्‍न चाहन्छु। मुख्यभूमि चीनमा दाजुभाइ-दिदीबहिनीहरूले त्यो सब यातना र सतावट अनुभव गरेको देख्दा अनि उनीहरूले यस्तो कठिन वातावरणमा पनि परमेश्‍वरलाई प्रार्थना गर्न, उहाँमाथि भर पर्न अनि आफ्नो विश्‍वास कायम राख्न, परमेश्‍वरको अगुवाइमुनि रहेर चरणबद्ध रूपमा अनुभव गर्दै उहाँलाई धोका नदिइकन आफ्नो साक्षीमा दह्रिलो गरी खडा रहन सकेको देख्दा मलाई उनीहरूमा हामीभन्दा धेरै विश्‍वास छ र उनीहरूको कद हाम्रोभन्दा ठूलो छ भन्‍ने महसुस हुन्छ। यदि म त्यही वातावरणमा भएको भए, म उनीहरू जसरी दह्रिलो गरी खडा हुन सक्दिनथेँ कि जस्तो लाग्छ, जसले मलाई आफू एकदम सानो कदको भएको महसुस हुन्छ।) मुख्यभूमि चीनमा भएका दाजुभाइ-दिदीबहिनीहरू ठूलो रातो अजिङ्गरको क्रूर सतावट भोग्नुपर्ने यस्तो वातावरणमा अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न, भेलाहरूमा सहभागी हुन, अनि आफ्नो कर्तव्य निर्वाह गर्न दृढ रहन सक्छन्। यो एक गवाही हो, एक शक्तिशाली गवाही। तिनीहरू यस्तो शत्रुवत् वातावरणमा दह्रिलो गरी खडा रहन सक्नु एक गवाही हो, त्यसैले यस्तो आरामदायी वातावरणमा रहेका तिमीहरूले कसरी फरक खालको गवाही दिने भनेर मनन गर्नुपर्छ। सर्वप्रथम, तिमीहरूले परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो जीवन र यी वातावरणहरूको सबै कुराको कदर गर्नुपर्छ। साथै, तिमीहरूले यस्तो वातावरणमा कसरी आफ्नो साक्षीमा दह्रिलो गरी खडा हुन, परमेश्‍वरलाई लज्जित नपार्न अनि विजेता बन्न सक्नेछौ भन्‍नेबारे मनन गर्नुपर्छ। प्रजातान्त्रिक देशमा परमेश्‍वरमा विश्‍वास गर्दा व्यक्तिलाई सरकारले यातना दिएर दबाउने र सताउने नगर्ला तर परिवार र नातेदारहरूले सताउनेछन्, तैपनि उसले परमेश्‍वरका वचन अनुभव गर्नुपर्छ, सत्यता प्राप्त गर्नुपर्छ, अनि आफ्नो साक्षीमा दह्रिलो गरी खडा हुनुपर्छ। व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्ने वातावरण जस्तोसुकै भए पनि, सत्यता पाउन सजिलो छैन। तैँले सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न कष्ट भोग्नैपर्छ र मूल्य चुकाउनैपर्छ। परमेश्‍वरको साक्षी दिन, तैँले अनुभवका सबै पक्षमा सत्यता बुझ्न अनिवार्य छ। यसको अर्थ सुसमाचार र परमेश्‍वरको नाम फैलाउने मात्र होइन; यसले मुख्य रूपमा जीवनको अनुभवात्मक गवाहीलाई इङ्गित गर्छ। मानिसको कुनै पनि समूहमा वा कुनै पनि देशको सामाजिक व्यवस्थाअन्तर्गत मानिसहरू सत्यता अनुसार जिए भने, इमानदार व्यक्ति बन्‍न अनि परमेश्‍वरप्रति समर्पित हुन खोजे भने केही भेदभाव, बहिष्कार वा सतावट भोग्नेछन्। किनकी प्रजातान्त्रिक देशहरू पनि परमेश्‍वरप्रति समर्पित हुँदैनन्। सत्तामा नास्तिक राजनीतिक पार्टीहरू छन् अनि तिनीहरू पनि सत्यता अनि परमेश्‍वरलाई अस्वीकार गर्छन्। यस्तो देशमा परमेश्‍वरमा विश्‍वास गर्दा, सतावट वा सङ्कष्ट नभए पनि, तैँले सुसमाचार फैलाउन अनि परमेश्‍वरको साक्षी दिन चाहिस् भने निश्चित बन्देजहरू हुनेछन् र त्यसका साथै तैँले केही भेदभाव, मानहानि, आलोचना र निन्दा पनि भोग्नुपर्नेछ—यो सब तथ्य हो। यदि तैँले यी कुरा स्पष्ट रूपमा बुझ्न सक्दैनस् भने तँ सत्यता बुझ्ने व्यक्ति होइनस्। कुनै पनि देशमा ख्रीष्टलाई स्विकार्दा र पछ्याउँदा एक तहको सतावट र सङ्कष्ट सँग-सँगै आउँछ। तैँले सधैँ सावधानीपूर्वक कार्य गर्नुपर्छ र परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ अनि उहाँतर्फ हेर्नुपर्छ, अनि तँमा बुद्धि र अक्कल पनि हुनैपर्छ। तँ जुनसुकै देश र सामाजिक वातावरणमा भए पनि, ती सबैमा परमेश्‍वरले तेरो निम्ति तयार र बन्दोबस्त गर्नुभएको उचित वातावरण हुन्छ। यो सब तैँले सत्यता पछ्याउँछस् वा पछ्याउँदैनस्, त्यसमा भर पर्छ। आरामदायी वातावरणले मानिसहरूको लागि परीक्षाहरू निम्त्याउँछ भने यातनाद्वारा गरिने सतावटले पनि मानिसहरूको लागि परीक्षा र जाँचहरू निम्त्याउँछ। के त्यसोभए आरामदायी वातावरणहरूमा पनि जाँच हुन्छन् त? परमेश्‍वरले लिने जाँचहरू पनि हुन्छन् नि। परमेश्‍वरले तेरो लागि यो आरामदायी वातावरण बन्दोबस्त गर्नुभएको छ, अनि सबै कुरा तैँले यसलाई कसरी अनुभव गर्छस्—तँ शैतानको जाल र परीक्षामा पूर्ण रूपमा फस्नेछस् कि आफ्नो निष्ठा र कर्तव्य कायम राख्दै हरेक तवरले यसमाथि विजय पाएर परमेश्‍वरको साक्षी बन्‍नेछस् भन्‍नेमा भर पर्छ। यो सब तैँले यसलाई कसरी अनुभव गर्छस् र तेरा रोजाइहरू के-के हुनेछन् भन्‍नेमा भर पर्छ। मुख्यभूमि चीनका दाजुभाइ-दिदीबहिनीहरूको वातावरण अलि बढी कठोर छ, र परमेश्‍वरले तिनीहरूलाई अलि बढी गह्रुँगो भार दिनुभएको छ अनि अलि बढी रुखो वातावरण तयार गर्नुभएको छ, तर उहाँले तिनीहरूलाई झन् धेरै पनि दिनुभएको छ। परमेश्‍वरले तयार गर्ने वातावरण जति कठोर अनि परीक्षाहरू जति ठूला हुन्छन्, मानिसले त्यति नै बढी प्राप्त गर्छन्। तर आरामदायी वातावरणमा पनि मानिसले जताततै परीक्षा र जाँचहरू अनुभव गर्छन्, अनि परमेश्‍वरले तँलाई पनि धेरै दिनुभएको छ। यदि तैँले हरेक पटक ती परीक्षाहरू सामना गर्दा तीमाथि विजय पाउन सक्छस् भने, तैँले यातनाद्वारा सतावट अनुभव गर्ने तेरा दाजुभाइ-दिदीबहिनीहरूभन्दा केही कम प्राप्त गर्नेछैनस्। यसका लागि पनि सत्यता पछ्याउनुपर्छ अनि विजयी हुने कद हासिल गर्नुपर्छ। उदाहरणका लागि, तँ आफ्नो परिवारसँग हुने, राम्रो खानपान गर्ने, मनोरञ्जन र आनन्द जस्ता कुराहरू, अनि देहलाई आराम दिने र पतन गराउने केही सामाजिक चलनहरू सब तेरो लागि परीक्षा हुन्। जब तैँले यी परीक्षाहरू सामना गर्छस् तिनमा तेरो नजर जाने मात्र होइन, तँलाई तिनले बाधा पुऱ्याउने र लोभ्याउने पनि गर्छन्। जब तँ सांसारिक कुरा अनि चलनहरू पछ्याउँछस्, तब शैतानका परीक्षा, वा भनौँ—परमेश्‍वरका जाँचहरू देखा पर्नेछन्। तैँले ती परीक्षा र जाँचहरूको कसरी जवाफ दिने भनेर छनौट गर्नुपर्नेछ र परमेश्‍वरले मानिसलाई जाँच्नुहुने र तिनीहरूलाई तिनीहरूको वास्तविक रूप देखाउनुहुने बेला यही नै हो। तँमा परमेश्‍वरले भन्‍नुभएको कुरा र तैँले बुझेका सत्यताहरूको प्रभाव देखिनुपर्ने समय यही हो। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् अनि तेरो हृदयमा परमेश्‍वरप्रति साँचो आस्था छ भने तैँले यी परीक्षाहरूमाथि विजय पाउन सक्नेछस् अनि परमेश्‍वरले तेरो लागि तयार पार्नुभएको जाँचमा दह्रिलो गरी खडा भएर उहाँको साक्षी दिन सक्नेछस्। यदि सत्यतालाई प्रेम गर्नुको सट्टा तँ संसारलाई, चलनहरूलाई, सुखसयलको लालसा र आफ्नो देह सन्तुष्टि अनि खोक्रो जीवनलाई प्रेम गर्छस् भने तैँले यी सांसारिक कुराहरूलाई पछ्याउनेछस्। तैँले यी कुराहरूप्रति सराहना महसुस गर्नेछस् अनि ती कुराप्रति आकर्षित भएर तिनको अधीनमा पर्नेछस्। अलिअलि गर्दै, तेरो हृदयबाट परमेश्‍वरप्रतिको विश्‍वासको रुचि हराउँदै जानेछ, तँ सत्यतादेखि वितृष्ण हुनेछस्, अनि त्यसपछि, परीक्षामाझ नै, तँलाई शैतानले खोसेर लानेछ। यस्तो परीक्षामा तैँले आफ्नो गवाही गुमाएको हुनेछस्। यस्ता कैयौँ मानिसहरू छन् जसले धेरै प्रवचनहरू सुनेका छन् अनि आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् तर अझै भित्र खोक्रो महसुस गर्छन्। तिनीहरू अझै पनि पप कलाकारहरू अनि प्रसिद्ध व्यक्तित्वहरूलाई पछ्याउन, चलनहरूअनुसार चल्न, टिभीमा मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्न, अनि निशाचर बन्दै रातभर कार्यक्रमहरू लगातार हेर्नसम्म पनि रुचाउँछन्। केही युवाहरू त भिडियो गेमहरू पनि खेलिरहेका छन्। समग्रमा भन्‍नुपर्दा, तिनीहरू कुनै पनि मूल्य तिर्न र उन्माद भएर यी चलनचल्तीका कुराहरू पछ्याउन हिचकिचाउँदैनन्। अनि तिनीहरू किन यसो गर्छन्? किनकी तिनीहरूले सत्यता पाएका छैनन्। सत्यता नपाएका मानिसहरूमा परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँमा विश्‍वास नगर्नुमा खासै केही फरक देखिन्‍न त भन्‍ने निश्चित भाव हुन्छ। तिनीहरू अझ पनि आफ्नो हृदयभित्र खोक्रोपन र आफ्नो जीवन अर्थहीन भएको महसुस गर्छन्। यदि तिनीहरूले चलनहरू पछ्याए भने बढी परिपूर्ण भएको महसुस गर्छन्, आफ्नो जीवनमा अलि बढी समृद्दि भएको, अनि दैनिक हिसाबमा अलि बढी खुसी भएको महसुस गर्छन्। यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् अनि चलनहरू पछ्याउँदैनन् भने पनि तिनीहरू आफ्नो जीवन अर्थहीन र खोक्रो भएको महसुस गर्छन्। किनकी तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। तैँले ढुक्क भएर के पनि भन्‍न सक्छस् भने तिनीहरूले अलिकति पनि सत्यता बुझ्दैनन् र तिनीहरूसँग सत्यता वास्तविकता छैन, र तसर्थ तिनीहरू चलनहरू नपछ्याई जिउन सक्दैनन्। केही मानिसहरूले कहिल्यै पनि सत्यता पछ्याएका छैनन् अनि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहँदा पनि अशान्त हुन्छन्। तिनीहरू परीक्षा सामना गर्दा दह्रिलो भएर खडा हुन सक्दैनन् अनि अन्ततः तिनीहरू पछि हट्नै पर्ने हुन्छ। केही मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्न थाल्दा एकदम जोसिलो र दृढ हुन्छन् तर परीक्षाहरू सामना गर्नेबित्तिकै कर्तव्य निर्वाह गर्नै चाहँदैनन्, झारा-टारुवा बन्छन् अनि तिनमा भक्तिभाव नै हराउँछ। यसमा कुनै गवाही हुँदैन। यदि तिनीहरू परीक्षाहरू सामना गर्नेबित्तिकै आफ्नो कर्तव्य त्याग्न अनि आफूलाई जे रुची लाग्छ त्यही रोज्न सक्छन् भने तिनीहरूमा कुनै गवाही हुँदैन। यदि अर्को परीक्षा आयो भने तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्ने र सांसारिक चलनहरू पछ्याउन चाहने अनि मण्डली छोड्ने सम्भावना हुन्छ। वा अर्को परीक्षा आउँदा तिनीहरू परमेश्‍वरलाई शङ्का गर्न थाल्छन् र उहाँको अस्तित्त्व छ कि छैन भन्‍नेमा पनि निश्चित हुँदैनन्, अनि अझ तिनीहरू बाँदरबाट विकास भएका हुन् भनेर समेत विश्‍वास गर्न थाल्छन्। यी मानिसहरूलाई शैतानले पूर्णरूपमा कब्जा गरिसकेको छ। तिनीहरू यी सब परीक्षाहरूमा अल्झिएर परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोज्ने नै गर्दैनन्। तिनीहरू केवल आफ्नो देहको नियतिबारे मात्र सोच्छन् अनि परिणामस्वरूप आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्दैनन्। तिनीहरू पाइला दर पाइला शैतानद्वारा नर्क अनि मृत्युको पातालभित्र घिसारिन्छन्। परमेश्‍वरले यो व्यक्तिलाई शैतानको हातमा सुम्पिदिनुभएको छ अनि ऊसँग यस उप्रान्त मुक्ति पाउने कुनै अवसर हुँदैन। मलाई भन्, के सत्यता पछ्याउनु महत्त्वपूर्ण छैन? (महत्त्वपूर्ण छ।) सत्यता एकदम महत्त्वपूर्ण छ। सत्यताले कुन प्रकार्य पूरा गर्न सक्छ? कम्तीमा पनि, तैँले परीक्षा सामना गर्दा यसले तँलाई शैतानका षड्यन्त्रहरू छर्लङ्ग देख्न, तैँले के गर्नुपर्छ र के गर्नुहुँदैन अनि के छान्‍नुपर्छ भनेर जान्‍न मद्दत गर्छ। कमसेकम सत्यताले तँलाई यी कुराहरू जान्‍ने तुल्याउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यताले तँलाई परीक्षामा दह्रिलो गरी खडा हुन सक्ने बनाउँछ। तँ दह्रिलो गरी, दृढ र अटल भएर खडा हुन सक्नेछस्, र साथै तँ परमेश्‍वरले दिनुभएको कर्तव्य कायम राख्न, यस कर्तव्यमा निष्ठावान् हुन, अनि शैतानलाई अस्वीकार गर्न सक्नेछस्। अय्यूबले गरेझैँ तँ पनि परीक्षाहरूमाझ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्नेछस्। मानिसहरूले कम्तीमा यति चाहिँ पाउनुपर्ने हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्