अन्य विषयसम्बन्धी वचनहरू (अंश ८३)

परमेश्‍वरमा वर्षौँदेखि विश्‍वास गर्दै आएका मानिसहरूले जग बसालेको भए पनि, समाधान गर्नैपर्ने वास्तविक समस्या छ। धेरैजसो मानिसले सत्यताका सबै पक्षलाई केही मात्रामा बुझ्छन्, अनि सही वचन तथा धर्मसिद्धान्तहरू बोल्न र प्रचार गर्न सक्छन्, तर तिनीहरूले आफ्नो वास्तविक जीवनमा यी वचनहरूको शुद्धता अनुभव गरेका हुँदैनन्। तिनीहरूले यी वचनहरूमा भएको सत्यताको वास्तविक अर्थ र व्यावहारिक पक्षलाई साँच्चै अनुभव गरेका हुँदैनन्। तँलाई सत्यताको वास्तविकतामा प्रवेश गर्नका लागि उपयुक्त वातावरण, आफ्नो पक्षमा सही मान्छेहरू, अनि तँलाई जीवनमा प्रगति गर्न सक्षम बनाउने उपयुक्त मानिसहरू, घटनाहरू र कामकुराहरू चाहिन्छन्। यसरी तैँले बुझ्ने यी सत्यता र यी धर्मसिद्धान्तहरू दुवैको पुष्टि हुनेछ, र तिनले तँलाई अनुभव प्राप्त गराउनेछन्। यदि सद्दे बिउलाई मलिलो माटोमा रोपियो, तर त्यसले सूर्यको प्रकाश र पानीको ओस पाएन भने, त्यसको अङ्कुर ओइलाएर जानेछैन र? (हो, त्यो ओइलाएर जानेछ।) त्यसैले, जब तैँले धेरै प्रवचन, धेरै सत्यता र परमेश्‍वरका धेरै वचन सुनेको हुन्छस्, र यो मार्ग नै सही र जीवनको सही मार्ग हो भन्‍ने थाहा पाइसकेको हुन्छस्, तब त्यस बेला तँलाई कुन कुरा आवश्यक हुन्छ? तैँले परमेश्‍वरलाई आफ्नो जीवनका लागि शिक्षाप्रद र सहयोगी हुने अनि आफूलाई जीवनमा प्रगति गराउन सक्ने उपयुक्त वातावरणको व्यवस्था गरिमाग्नुपर्छ। यो वातावरण एकदमै आरामदायी नहोला—व्यक्तिको देहले कठिनाइ खेप्नैपर्छ, र उसले धेरै कुरा त्याग्नैपर्छ र छोड्नैपर्छ। यो तिमीहरूले अहिलेसम्म अनुभव गरिसकेको कुरा हो। उदाहरणका लागि, मानिलिऊँ तँ सतावटमा परिस् र घर फर्कन, आफ्ना छोराछोरी वा जीवनसङ्गीलाई भेट्न वा सम्पर्क गर्न, आफ्ना नातेदार र इष्टमित्रलाई भेट्न वा तिनीहरूबाट कुनै खबर प्राप्त गर्न सकिनस्। मध्यरातमा तँ घरबारे यसरी सोच्न थाल्नेथिइस्: “मेरा बुबालाई कस्तो होला? उहाँ वृद्ध हुनुहुन्छ र उहाँको कदर गर्न मलाई असम्भव छ। मेरी आमाको स्वास्थ्य ठिक छैन र उहाँलाई अहिले कस्तो छ, मलाई केही थाहा छैन।” के तँ सधैँ यिनै कुराहरूबारे सोचिरहने थिइनस् होला? यदि तेरो हृदय सधैँ नै यस्ता कुराहरूको बन्धनमा रह्यो भने, त्यसले तेरो कर्तव्य निर्वाहमा कस्तो असर पार्नेछ? तैँले आफूलाई सांसारिक र दैहिक मामिलाहरूमा अति नै मुछिनस् र तीसँग त्यति सरोकार राखिनस् भने, त्यो तेरो जीवनको प्रगतिका निम्ति लाभदायक हुन्छ। तेरो सोचाइ र चिन्ता पटक्कै काम लाग्नेछैन; यी सबै मामिला परमेश्‍वरको हातमा छन्, र तैँले आफ्नो परिवारका सदस्यहरूको नियति परिवर्तन गर्न सक्दैनस्। तैँले परमेश्‍वरको विश्‍वासीको रूपमा आफ्नो पहिलो प्राथमिकता भनेको उहाँका अभिप्रायहरूको ख्याल गर्नु, आफ्नो कर्तव्य पूरा गर्नु, साँचो आस्था प्राप्त गर्नु, परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नु, जीवनमा उन्‍नति गर्नु र सत्यता प्राप्त गर्नु हो भन्‍ने बुझ्नैपर्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसो हेर्दा, मानिसहरूले सक्रिय रूपमा संसार र आफ्नो परिवार त्यागेजस्तो देखिन्छ, तर वास्तवमा के भइरहेको हो? (यसमाथि सार्वभौमिकता राख्नुहुने र यसलाई योजनाबद्ध गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ।) यसलाई परमेश्‍वरले नै योजनाबद्ध गर्नुहुन्छ; उहाँले नै तँलाई आफ्नो परिवार भेट्न रोक्नुहुन्छ। यसलाई अझ उचित तरिकामा भन्‍नुपर्दा, परमेश्‍वर तँलाई ती कुराबाट वञ्चित गर्नुहुन्छ। के यी सबैभन्दा व्यावहारिक वचन होइनन् र? (हुन्।) मानिसहरू सधैँ परमेश्‍वरले मामिलाहरूमाथि सार्वभौमिकता राख्नुहुन्छ र तिनको बन्दोबस्त गर्नुहुन्छ भनी भन्‍ने गर्छन्, त्यसोभए, उहाँ यस मामिलामाथि कसरी सार्वभौमिकता राख्नुहुन्छ? उहाँले तँलाई तेरो घरबाट बाहिर ल्याउनुहुन्छ र तेरो परिवारलाई तँलाई थिचेर अवरोध गर्ने बोझ बन्‍न दिनुहुन्‍न। त्यसोभए, उहाँ तँलाई कहाँ लग्नुहुन्छ? उहाँ तँलाई कुनै दैहिक उल्झन नभएको, तैँले आफ्ना प्रियजनलाई देख्न नसक्ने वातावरणमा लग्नुहुन्छ। तँलाई तिनीहरूबारे चिन्ता लाग्दा, र तिनीहरूका लागि आफूले केही गर्न चाहँदा, तँ त्यो गर्न सक्दैनस्, र तैँले छोराछोरीको धर्म पूरा गर्न चाहँदा, त्यो गर्न सक्दैनस्। तिनीहरूले अब तँलाई उल्झनमा पार्न सक्दैनन्। परमेश्‍वरले तँलाई तिनीहरूदेखि टाढा लग्नुभएको छ, र यी सब उल्झनबाट तँलाई वञ्चित गर्नुभएको छ, नत्र त तँ अझै पनि तिनीहरूप्रति छोराछोरीको धर्म पूरा गर्नतिर लाग्नेथिइस्, तिनीहरूको सेवा गर्नेथिइस् र तिनीहरूका लागि कठोर परिश्रम गर्नेथिइस्। परमेश्‍वरले तँलाई यी बाहिरी उल्झनहरूबाट पर लैजानु राम्रो कुरा हो कि नराम्रो? (राम्रो कुरा।) यो राम्रो कुरा हो, र त्यसमा पछुताउनुपर्ने कुनै कारण छैन। यो राम्रो कुरा भएकाले, मानिसहरूले के गर्नुपर्छ? मानिसहरूले परमेश्‍वरलाई यसो भन्दै धन्यवाद दिनुपर्छ: “परमेश्‍वर मलाई अति माया गर्नुहुन्छ!” कसैले पनि आफ्नै प्रयासमा स्नेहको बन्धनबाट उम्कन सक्दैन, किनभने सबै मानिसहरूको हृदय स्नेहको बन्धनमा परेको हुन्छ। तिनीहरू सबै आफ्नो परिवारसँग एकसाथ हुन, पूरै परिवार एकसाथ भेला हुन, सबै जना सुरक्षित, स्वस्थ र खुसी रहन, र कहिल्यै नछुट्टी हरेक दिन यसै गरी बिताउन चाहन्छन्। तर यसको नराम्रो पक्ष छ। तैँले आफ्नो जीवनका सम्पूर्ण ऊर्जा र प्रयास, आफ्नो युवावस्था, आफ्नो सर्वोत्तम कालखण्ड र आफ्नो जीवनका सर्वोत्तम भाग तिनीहरूमा खर्च गर्नेछस्; तैँले आफ्नो सारा जीवन आफ्नो देह, परिवार, प्रियजन, काम, ख्याति र लाभ र सबै खाले जटिल सम्बन्धहरूमा लगाउनेछस्, र फलस्वरूप आफूलाई पूर्णतः नष्ट गर्नेछस्। त्यसोभए, परमेश्‍वर मानिसलाई कसरी प्रेम गर्नुहुन्छ? परमेश्‍वर भन्‍नुहुन्छ: “तँ यो दलदलमा परेर आफैलाई नष्ट नगर्। यदि तेरा दुवै खुट्टा भासिएका छन् भने, तैँले जतिसुकै बल लगाए पनि आफूलाई बाहिर निकाल्न सक्नेछैनस्। तँसँग कद वा साहस छैन, झन् आस्था हुनु त परको कुरा हो। म नै तँलाई बाहिर निकाल्नेछु।” परमेश्‍वर यही गर्नुहुन्छ, र उहाँ तँसँग यसबारे कुरा गर्नुहुन्‍न। किन परमेश्‍वर मानिसहरूको धारणा माग्नुहुन्‍न? केही मानिस भन्छन्: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ आफू जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। मानिसहरू किरा-फट्याङ्ग्राजस्ता हुन्, परमेश्‍वरको नजरमा तिनीहरू केही पनि होइनन्।” तिनीहरू यसै भन्छन्, तर के परमेश्‍वर मानिसहरूलाई त्यसरी नै व्यवहार गर्नुहुन्छ त? अहँ, गर्नुहुन्‍न। परमेश्‍वर धेरै सत्यता व्यक्त गर्नुहुन्छ र ती मान्छेलाई उपहारस्वरूप दिनुहुन्छ, र यसरी मानिसहरूलाई आफ्नो भ्रष्टता पखाल्न र उहाँबाट नयाँ जीवन प्राप्त गर्न सक्षम पार्नुहुन्छ। मानिसहरूका लागि परमेश्‍वरको प्रेम अपार छ। यी सबै मानिसहरूले देख्न सक्ने कुरा हुन्। परमेश्‍वरसँग तेरा लागि अभिप्रायहरू छन्, उहाँले तँलाई यहाँ ल्याउनुको उद्देश्य तँलाई जीवनको सही मार्गमा हिँड्न र अर्थपूर्ण जीवन जिउन लगाउनु हो, यो मार्ग तँ आफै चुन्‍न सक्दैनस्। मानिसहरू आफ्नो जीवनकाल सुरक्षित र राम्रोसँग बिताउने व्यक्तिगत चाहना राख्छन् र तिनीहरूले धनसम्पत्ति नकमाए पनि, कम्तीमा तिनीहरू आफ्नो परिवारसँग सदाका लागि एकसाथ हुन र यस प्रकारको पारिवारिक सुख भोग्न चाहन्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायप्रति कसरी विचारशील हुने भनेर बुझ्दैनन्, न त आफ्नो भावी गन्तव्य वा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरका अभिप्रायलाई कसरी ध्यान दिने भनेर नै बुझ्छन्। तर परमेश्‍वर तिनीहरूको बुझाइको कमीलाई ज्यादा ध्यान दिनुहुन्‍न, र उहाँले तिनीहरूलाई धेरै कुरा भनिरहनु आवश्यक छैन, किनभने तिनीहरू बुझ्दैनन्, तिनीहरूको कद अति सानो छ, र कुनै पनि छलफलले निकास निकाल्नेथिएन। किन त्यसले निकास निकाल्नेथिएन? किनभने मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनाको ठूलो मामिलालाई मानिसहरूले केवल एक वा दुई वाक्यको व्याख्याद्वारा बुझ्न सक्दैनन्। त्यो अवस्था भएको हुनाले, आखिर मानिसहरूले बुझ्ने दिन नआइञ्जेलसम्म परमेश्‍वर प्रत्यक्ष रूपमा निर्णयहरू लिनुहुन्छ र काम गर्नुहुन्छ।

जब परमेश्‍वर आफ्ना केही चुनिएका मानिसहरूलाई चिनियाँ मुख्य भूमिको प्रतिकूल वातावरणबाट बाहिर निकाल्नुहुन्छ, तब त्यसमा उहाँको सद्भाव हुन्छन्, जसलाई अहिले सबैले देख्न सक्छन्। यस सन्दर्भमा, मानिसहरूले परमेश्‍वरले आफूप्रति देखाएको अनुग्रहका लागि बारम्बार कृतज्ञता देखाउनैपर्छ र धन्यवाद दिनैपर्छ। तँ त्यो पारिवारिक वातावरणबाट निस्केको छस्, देहगत सबै जटिल पारस्परिक सम्बन्धहरूबाट अलग भएको छस्, र आफूलाई सबै सांसारिक र दैहिक उल्झनहरूबाट मुक्त गरेको छस्। परमेश्‍वरले तँलाई जटिल पासोबाट निकालेर उहाँसामु र उहाँको घरमा ल्याउनुभएको छ। परमेश्‍वर भन्‍नुहुन्छ: “यहाँ शान्ति छ, यो ठाउँ साह्रै राम्रो छ, र तेरो विकासका लागि एकदमै उपयुक्त छ। परमेश्‍वरको वचन र मार्गदर्शन यहीँ छन्, र यहाँ सत्यताले शासन गर्छ। मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय यहीँ छ, र मुक्तिको काम यहीँ केन्द्रित छ। त्यसैले, यहाँ तेरो मन भरुन्जेल आफ्नो विकास गर्।” परमेश्‍वर तँलाई यस्तो वातावरणमा ल्याउनुहुन्छ, त्यस्तो वातावरण जहाँ तैँले आफ्ना प्रियजनको सुख नपाउलास्, आफू बिरामी पर्दा तेरो हेरचाह गर्न वरिपरि तेरा बालबच्चा हुनेछैनन्, आफ्ना मनको कुरा पोख्नका लागि कोही हुँदैन। कोही नभएको बेला आफ्नो देहगत कष्ट र कठिनाइहरू अनि भविष्यमा आफूले भोग्ने सबथोकबारे सोच्दा तँलाई एक्लो महसुस हुनेछ। किन तँलाई एक्लो महसुस हुनेछ? एउटा वस्तुगत कारण भनेको मानिसहरू कदमा अत्यन्तै सानो हुनु हो। व्यक्तिगत कारण चाहिँ के हो त? (मानिसहरू आफ्ना देहगत प्रियजनलाई पूर्णतः त्याग्न सक्दैनन्।) त्यो सही हो, त्यो भनेको, मानिसहरूले ती प्रियजनलाई त्याग्न नसक्नु हो। देहमा जिउने मानिसहरूले देहका विभिन्‍न सम्‍बन्ध र पारिवारिक बन्धनहरूलाई सुखचैनको रूपमा लिन्छन्। तिनीहरूले मानिसहरू आफ्‍ना प्रियजनहरूविना जिउन सक्दैनन् भन्‍ने विश्‍वास गर्छन्। तँ मानव संसारमा कसरी आइस् भन्‍नेबारे तँ किन विचार गर्दैनस्? सुरुमा त तँ अरूसँग कुनै सम्‍बन्ध नगाँसी एक्लै आएको थिइस्। परमेश्‍वरले मानिसहरूलाई यहाँ एकएक गरी ल्याउनुहुन्छ; तँ आउँदा तँ वास्तवमा एक्लै थिइस्। तँलाई त्यस बेला त एक्लो महसुस भएन, अहिले परमेश्‍वरले तँलाई यहाँ ल्याउनुहुँदा चाहिँ किन तँ एक्लो महसुस गर्छस्? तँलाई आफ्नो मनको कुरा पोख्नका लागि साथीको कमी भएजस्तो लाग्छ, चाहे त्यो आफ्ना छोराछोरी हुन्, आफ्ना आमाबुबा हुन्, वा तेरो जीवनसाथी—पति वा पत्नी—किन नहोस्, त्यसैले तँ एक्लो महसुस गर्छस्। त्यसोभए, तँलाई एक्लो महसुस भएको बेला, किन तँ परमेश्‍वरलाई सम्झँदैनस्? के परमेश्‍वर मानिसका साथी हुनुहुन्‍न र? (उहाँ साथी हुनुहुन्छ।) तँलाई सबैभन्दा बढी पीडा र दुःख लागेको बेला, कसले तँलाई साँच्चै सान्त्वना दिन सक्छ? कसले तेरा समस्याहरू साँच्चै समाधान गर्न सक्छ? (परमेश्‍वरले सक्नुहुन्छ।) परमेश्‍वरले मात्र मानिसहरूको समस्या साँच्चै समाधान गर्न सक्नुहुन्छ। यदि तँ बिरामी परिस् र तेरा छोराछोरीले छेउमा रहेर तँलाई पानी दिँदा र रुँगेर बस्दा तँलाई निकै खुसी लाग्नेछ, तर केही समयपछि नै तेरा छोराछोरीले वाक्क मान्‍नेछन् र कोही पनि तँलाई रुँगेर बस्न चाहँदैन। त्यस्तो बेला तैँले वास्तवमै एक्लो महसुस गर्नेछस्! त्यसैले, अहिले तँलाई आफूसँग साथी छैन भन्‍ने लाग्नु, के त्यो वास्तवमै साँचो हो त? त्यो वास्तवमा साँचो होइन, किनभने परमेश्‍वर सधैँ तेरो साथ रहनुहुन्छ! परमेश्‍वर मानिसहरूलाई त्याग्नुहुन्‍न। उहाँ नै तिनीहरूले सधैँ भर पर्न र आश्रय लिन सक्ने व्यक्ति हुनुहुन्छ, र उहाँ नै तिनीहरूको एकमात्र विश्‍वासपात्र हुनुहुन्छ। त्यसैले, तँलाई जस्तोसुकै कठिनाइ र कष्ट आइपरे पनि, वा तैँले जस्तोसुकै दुःख, वा नकारात्मक कुरा वा कमजोरी सामना गर्नुपरे पनि, यदि तत्कालै परमेश्‍वरसामु आएर प्रार्थना गरिस् भने उहाँको वचनले तँलाई सान्त्वना दिनेछ अनि तेरा कठिनाइ र सबै प्रकारका समस्याहरू समाधान गर्नेछ। यस्तो वातावरणमा तेरो एक्लोपन परमेश्‍वरको वचन अनुभव गर्न र सत्यता प्राप्त गर्नका लागि आधारभूत अवस्था बन्‍नेछ। तैँले अनुभव गर्दै जाँदा बिस्तारै यस्तो सोच्न थाल्नेछस्: “मैले मेरा बाबुआमालाई त्यागेपछि पनि राम्रो जीवन, मेरो लोग्नेलाई छोडेपछि पनि सन्तुष्टदायी जीवन, आफ्ना बालबच्चालाई छोडेपछि पनि शान्तिपूर्ण र आनन्दमय जीवन जिइरहेको छु। म अब रित्तो छैनँ। अबदेखि म मानिसहरूमा भर पर्नेछैनँ, बरु परमेश्‍वरमा भर पर्नेछु। उहाँले हर समय मेरो भरणपोषण र मद्दत गर्नुहुनेछ। मैले उहाँलाई छुन वा देख्न नसके पनि, उहाँ हर समय र हर ठाउँ मेरो साथमा हुनुहुन्छ भन्‍ने कुरा मलाई थाहा छ। यदि मैले उहाँलाई प्रार्थना गरेँ, उहाँलाई पुकारेँ भने, उहाँले मलाई प्रेरित गर्नुहुनेछ, र मलाई उहाँका अभिप्राय बुझ्ने र सही मार्ग देख्ने तुल्याउनुहुनेछ।” त्यस बेला उहाँ साँच्चै तेरो परमेश्‍वर बन्‍नुहुनेछ, र तेरा सबै समस्या समाधान हुनेछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्