आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ (भाग एक)

आफ्ना कर्तव्य पूरा गरेपछि आफूमा कमीकमजोरी भएको र आफूमा सत्यता वास्तविकता नभएजस्तो महसुस गर्ने कैयौँ मानिसहरू हुन्छन्, त्यसकारण तिनीहरू सधैँ आफूले थप प्रवचनहरू सुन्नुपर्ने अनि अगुवा र सेवकहरूले थप भेलाहरू राख्नुपर्ने माग गर्छन्, मानौँ त्यसले मात्र तिनीहरूलाई जीवन प्रवेश र जीवन वृद्धि प्रदान गर्न सक्छ। तिनीहरू भेला वा प्रवचनमा सहभागी नभएको केही अवधि हुनेबित्तिकै आफूसँग केही पनि नभएजस्तो हृदयमा खोक्रो र उदास महसुस गर्छन्। तिनीहरूलाई मानौँ दैनिक भेला र प्रवचनहरूले मात्र जीवन प्रवेश दिन्छन्, वा आत्मिक परिपक्वतामा पुग्न सक्षम बनाउँछन् भन्‍ने मनमा लाग्छ। वास्तवमा, यस्तो सोचाइ पूर्ण रूपले गलत हो। परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउनेहरूले आफ्ना कर्तव्य निर्वाह गर्नैपर्छ—त्यसपछि मात्र तिनीहरूले जीवन अनुभव प्राप्त गर्न सक्छन्। यदि तैँले इमानदारीसाथ परमेश्‍वरमा विश्‍वास गर्छु भन्छस्, तर तँ आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनस् भने, परमेश्‍वरप्रतिको विश्‍वासमा तेरो इमानदारी खोई त? आफ्ना कर्तव्य इमानदारीपूर्वक पूरा गर्नेहरू विश्‍वास भएका मानिस हुन्। विश्‍वास भएकाहरू मात्र आफ्ना जीवन परमेश्‍वरप्रति समर्पित गर्ने आँट गर्छन्, र परमेश्‍वरका लागि आफूलाई खर्चिन सबै थोक त्याग्न राजी हुन्छन्। यस्ता मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा पवित्र आत्माको काम अनुभव गर्छन्; तिनीहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र अनुशासनमा राख्नुहुन्छ। यी सबै कुराले जीवनको अनुभव सिर्जना गर्छन्। यसर्थ, जीवन प्रवेश औपचारिक रूपमा आफ्नो कर्तव्य पूरा गरेर सुरु हुन्छ।

यदि मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्नेबारे उदासीन हुन्छन्, वा सधैँ अन्योल बन्छन् भने, तिमीहरूलाई यो कस्तो मनोवृति हो जस्तो लाग्छ? के यो झारा टार्ने काम मात्र होइन? के आफ्ना कर्तव्यप्रति तिमीहरूको मनोवृति यही हो? यो समस्या क्षमताको हो कि स्वभावको? तिमीहरू सबैजना यसबारे प्रष्ट हुनुपर्छ। किन मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्दा झाराटारूवा हुन्छन्? किन तिनीहरू परमेश्‍वरका लागि काम गर्दा वफादार हुँदैनन्? के तिनीहरूमा समझ र विवेकसमेत हुन्छ? यदि तँमा साँच्‍चै नै विवेक र समझ छ भने, तैँले काम गर्दा त्यसमा अलिक बढी हृदय लगाउँछस्, साथै अलिक बढी दया, जिम्‍मेवारी, र सोचविचार लगाउँछस्, र तँ थप प्रयास लगाउन सक्षम हुन्छस्। जब तँ थप प्रयास लगाउन सक्षम हुन्छस्, तब तैँले निभाउने कर्तव्यका नतिजाहरूमा सुधार आउनेछ। तेरा नतिजाहरू अझ राम्रा हुँदा, यसले अरू मानिसहरू र परमेश्‍वर दुवैलाई सन्तुष्ट तुल्याउनेछ। तैँले यसमा मन लगाउनुपर्छ! तँ भुलक्कड हुनु हुँदैन, मानौँ तैँले बाहिरी संसारमा काम गरेर आफूले खर्चेको समयमुताबिकै पैसा कमाइरहेको छस्। तँमा त्यस्तो मनोवृति छ भने, तँ समस्यामा छस्। तँ पक्कै आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनस्। यो कस्तो खालको मानवता हो? के विवेकबिनाको मानिसमा मानवता हुन्छ? हुँदैन। यदि तँ आफूमा मानवता छ भन्छस्, र सत्यता अभ्यास गर्न र आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, तैँले आफ्नो कर्तव्यमा अझ बढी मेहनत गर्नुपर्छ, र त्यसमा अझ धैरै मन लगाउनुपर्छ। तँ आफूमा विवेक छ त भन्छस्, तर आफ्नो कर्तव्यमा कहिल्यै मन लगाउँदैनस्। के तेरो विवेकले काम गरिरहेको छ? तैँले आफ्नो मन सही ठाउँमा लगाउनैपर्छ। तिमीहरूले यी कुराहरूबारे प्रायः सोच्नुपर्छ—तिमीहरूले ती सबै बुझ्नैपर्छ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा झारा टार्ने काम मात्रै गर्नु वर्जित गरिएको मुख्य कुरा हो। तैँले कर्तव्य निर्वाह गर्दा जहिले पनि झारा टार्ने काम मात्र गर्छस् भने, कुनै हालतमा आफ्नो कर्तव्य स्वीकार्य स्तरमा निर्वाह गर्न सक्दैनस्। यदि तँ वफादार भई आफ्नो कर्तव्य निभाउन चाहन्छस् भने, तैँले पहिला झारा टार्ने समस्यालाई सुल्झाउनैपर्छ। तैँले त्यो देख्नेबित्तिकै ती सच्याउने कदमहरू चाल्नुपर्छ। यदि तँ अन्योलमा छस्, कहिल्यै समस्या देख्न सक्दैनस्, जहिल्यै पनि झारा टार्ने काम मात्र गर्छस्, र लापरवाही तरिकाले कामहरू गर्छस् भने, तैँले कुनै हालतमा आफ्नो कर्तव्य राम्ररी निभाउन सक्नेछैनस्। त्यसकारण, तैँले जहिले पनि आफ्नो कर्तव्यमा मन लगाउनैपर्छ। यो अवसर मानिसहरूले पाउनु निकै कठिन थियो! जब परमेश्‍वर तिनीहरूलाई मौका दिनुहुन्छ, तर पनि तिनीहरूले यसलाई बुझ्दैनन् भने, तिनीहरूले त्यो अवसर गुमाउँछन्—अनि पछि यदि तिनीहरूले त्यस्तो अवसर पाउन चाहे भने पनि, यो फेरि तिनीहरूकहाँ नआउन सक्छ। परमेश्‍वरको कामले कसैलाई पनि पर्खँदैन, न त व्यक्तिले गर्नुपर्ने कर्तव्यले नै पर्खन्छ। कतिपय मानिसहरू भन्छन्, “मैले पहिले मेरो कर्तव्य राम्ररी गरिनँ, तर अहिले म अझै यसलाई निर्वाह गर्न चाहन्छु। मैले असफलताका बाबजुद फेरि यसमा लाग्नुपर्छ।” यस्तो सङ्कल्प हुनु एकदमै राम्रो हो, तर कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भनेर तँ स्पष्ट हुनैपर्छ, र तैँले सत्यताका लागि प्रयास गर्नैपर्छ। सत्यता राम्ररी बुझ्नेहरूले मात्र आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। सत्यता नबुझ्नेहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तँ सत्यताबारे जति बढी स्पष्ट हुन्छस्, उति नै आफ्नो कर्तव्यमा प्रभावकारी बन्नेछस्। यदि तैँले यो मामिला के हो भनेर बुझ्न सकिस् भने, तँ सत्यताका लागि लागिपर्नेछस्, र तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने आशा हुन्छ। वर्तमान समयमा, कर्तव्य निभाउने धेरै अवसरहरू उपलब्ध छैनन्, त्यसकारण अवसर आउँदा तैँले तिनलाई पक्रिहाल्नुपर्छ। जुन बेला कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ, ठीक त्यही बेला नै तैँले प्रयत्‍न लगाउनुपर्छ; ठिक त्यही बेला नै तैँले आफूलाई अर्पित गर्नुपर्छ र परमेश्‍वरमा समर्पित हुनुपर्छ, र ठिक त्यही बेला नै तैँले मूल्य चुकाउनुपर्छ। कुनै पनि कुरालाई रोकेर नराख्‌, कुनै पनि षड्यन्त्र नगर्, आफूलाई कुनै पनि छुट नदे, र आफ्नो लागि उम्कने बाटो नबना। यदि तैँले कुनै कसर बाँकी छाड्छस्, हिसाबकिताब गर्छस्, वा कुटिल र धोकेबाज काम गर्छस् भने, तैँले अवश्य नै नराम्ररी काम गर्नेछस्। मानौँ, तैँले यसो भन्‍न सक्छस्, “मैले चलाकी तरिकाले काम गरेको कसैले पनि देखेन। कस्तो गजब भो!” यो कस्तो प्रकारको सोचाइ हो? के तैँले मानिसहरूको र परमेश्‍वरको पनि आँखा छलेको छस् भन्‍ने तँलाई लाग्छ? तैपनि वास्तवमा, तैँले जे गरेको छस् सो परमेश्‍वरलाई थाहा हुन्छ कि हुँदैन? उहाँलाई थाहा हुन्छ। वास्तवमा, तँसँग केही समयसम्‍म अन्तरक्रिया गर्ने जोकोहीले तेरो भ्रष्टता र दुष्टता थाहा पाएका हुन्छन्, र तिनीहरूले सीधै नभने पनि, तिनीहरूले आफ्‍नो मनमा तेरो बारेमा मूल्याङ्कन गरेका हुन्छन्। धेरै मानिसहरू छन् जसलाई प्रकाश गरियो र हटाइयो किनभने अरू धेरैले तिनीहरूको वास्तविकता बुझेका थिए। सबैले तिनीहरूको सारलाई देखेपछि, तिनीहरूले ती मानिसहरूको वास्तविकता खुलासा गरे, र तिनीहरूलाई हटाए। त्यसकारण, सत्यताको खोजी गरे पनि नगरे पनि, मानिसहरूले आफ्‍नो कर्तव्य क्षमताले भ्याउञ्‍जेल राम्ररी पूरा गर्नुपर्छ; व्यावहारिक कामहरू गर्नको लागि तिनीहरूले आफ्‍नो विवेकको प्रयोग गर्नुपर्छ। तँमा कमीकमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्‍नो कर्तव्यपालनमा प्रभावकारी हुन सक्छस् भने, तँलाई हटाइनेछैन। यदि तँ सधैँ म ठिक छु, मलाई पक्कै हटाइनेछैन भनेर सोचिरहेको हुन्छस्, यदि तैँले अझै पनि आत्मचिन्तन वा आफूलाई चिन्‍ने प्रयास गर्दैनस्, र उचित कामलाई बेवास्ता गर्छस्, यदि तँ सधैँ झाराटारुवा हुन्छस् भने, परमेश्‍वरका चुनिएका मानिसहरूले तँप्रतिको सहनशीलता गुमाएको क्षण तेरो असली रूप पर्दाफास गरिदिनेछन्, र सम्भवतः तँलाई पक्कै हटाइनेछ। यस्तो हुन्छ किनकि सबैले तेरो वास्तविकता छर्लङ्गै देखेका हुन्छन् र तैँले मर्यादा र निष्ठा गुमाइसकेको हुन्छस्। यदि कसैले तँलाई भरोसा गर्दैन भने, के परमेश्‍वरले तँलाई भरोसा गर्न सक्‍नुहुन्छ त? परमेश्‍वरले मानिसको भित्री हृदयको छानबिन गर्नुहुन्छ: उहाँले त्यस्ता व्यक्तिलाई फिटिक्‍कै भरोसा गर्न सक्‍नुहुन्‍न। यदि कोही व्यक्ति भरपर्दो छैन भने, उसलाई कुनै परिस्थितिमा पनि, कुनै कार्य नसुम्पनू। यदि कुनै व्यक्ति कस्तो छ भनेर तँलाई थाहा छैन, वा अरू मानिसले उक्त व्यक्ति आफ्नो काममा ठिकै छ भनेको मात्र सुनेको छस्, तर तँ आफ्नो मनमा शतप्रतिशत निश्चित छैनस् भने, तैँले पहिला उसलाई केही महत्त्व नभएको कुनै सानो काम मात्र दिन सक्छस्। यदि उसले केही साना कार्यहरूमा राम्रै गऱ्यो भने, तैँले उसलाई कुनै साधारण काम दिन सक्छस्। अनि ऊ त्यस कार्यमा सफल भयो भने मात्र तैँले उसलाई महत्त्वपूर्ण कार्य सम्हाल्न दिनुपर्छ। यदि उसले साधारण कार्यमा गडबड गर्छ भने, यो व्यक्ति भरपर्दो होइन। ठूलो वा सानो जस्तोसुकै काम भए पनि, उसलाई सुम्पनु हुँदैन। यदि तैँले यस्तो व्यक्ति देखिस् जो दयालु र जिम्मेवार छ, जसले कहिल्यै झारा टार्ने काम गरेको छैन, जसले अरूले आफूलाई सुम्पेको काम आफ्नै काम ठानेर गर्छ, कामको प्रत्येक पक्षलाई विचार गर्छ, तेरो आवश्यकताबारे सोच्छ, सबै कोणलाई विचार गर्छ, जो अति सावधान छ र जसले परिस्थितिलाई ठिक तरिकाले सम्हाल्छ, र तँलाई विशेष गरी उसको कामद्वारा सन्तुष्ट तुल्याउँछ भने, भरोसायोग्य व्यक्ति यही हो। भरोसायोग्य मानिसहरू मानवता भएका मानिसहरू हुन्, र मानवता भएका मानिसहरूमा विवेक र समझ हुन्छ, अनि तिनीहरूलाई राम्रोसित आफ्‍नो कर्तव्य निभाउन अत्यन्तै सहज हुन्छ, किनभने तिनीहरूले आफ्‍नो कर्तव्यलाई आफ्‍नो दायित्वको रूपमा लिन्छन्। विवेक वा समझ नभएका मानिसहरूले आफ्‍नो कर्तव्य नराम्ररी गर्ने पक्‍का हुन्छ, र तिनीहरूको कर्तव्य जे भए पनि, तिनीहरूमा आफ्‍नो कर्तव्यप्रति कुनै जिम्‍मेवारीबोध हुँदैन। अरूले सधैँ तिनीहरूबारे चिन्ता गर्नुपर्छ, तिनीहरूलाई देखरेख गर्नुपर्छ, र तिनीहरूको प्रगतिबारे सोध्नुपर्छ; नत्र भने, तिनीहरूले कर्तव्य पूरा गर्दा अवस्थाहरू खराब हुन सक्छन्, र काम गर्दा समस्याहरू आउन सक्छन्, जुन सामान्यभन्दा अझै ठूलो जटिलता हुनेछ। सङ्क्षेपमा भन्नुपर्दा, मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा सधैँ आत्म-जाँच गर्नुपर्छ, “के मैले यस कर्तव्यलाई पर्याप्त रूपमा पूरा गरेको छु? के मैले यसमा मेरो हृदय लगाएको छु? वा मैले यसमा झारा मात्र टारेको छु?” यदि तँ सधैँ झाराटारुवा हुन्छस् भने, तँ खतरामा छस्। कम्तीमा पनि, यसको अर्थ तँमा कुनै विश्‍वसनीयता छैन, र मानिसहरूले तँलाई भरोसा गर्न सक्दैनन् भन्‍ने हुन्छ। अझै गम्‍भीर रूपमा भन्नुपर्दा, यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झारा टार्छस् भने, र तैँले सधैँ परमेश्‍वरलाई छल गर्छस् भने, तँ ठूलो खतरामा हुन्छस्! जानाजानी कपटी हुनुका नतिजाहरू के-के हुन्छन्? सबैले देख्‍न सक्छन्, तैँले जानाजानी अपराध गरिरहेको छस्, तँ आफ्‍नै भ्रष्ट स्वभावअनुसार मात्रै जिइरहेको छस्, तँ झाराटारुवा व्यवहार मात्रै गर्छस्, तैँले पटक्कै सत्यता अभ्यास गर्दैनस्—जसको अर्थ तँ मानवताहिन होस्! यदि तँमा यो कुरा सर्वत्र प्रकट हुन्छ भने, यदि तँ मुख्य गल्तीहरू गर्नबाट बचिस् तर निरन्तर सानातिना गल्ती गरिरहन्छस् भने, अनि सुरुदेखि अन्तिमसम्‍मै तँ अपश्‍चात्तापी रहन्छस् भने, तँ दुष्ट व्यक्ति होस्, अविश्‍वासी होस्, र तँलाई बढारेर फालिनुपर्छ। यस्ता परिणामहरू जघन्य हुन्छन्—तँलाई अविश्‍वासी र दुष्ट व्यक्तिको रूपमा पूर्ण रूपमा प्रकाश गरेर हटाइनेछ।

तैँले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा जीवन प्रवेश सामेल हुन्छ। तेरो कर्तव्य केही हदसम्म नियमित वा अनियमित, सुस्त वा जीवन्त जस्तोसुकै भए पनि, तैँले सधैँ जीवन प्रवेश प्राप्त गर्नैपर्छ। कतिपय मानिसहरूले पूरा गर्ने कर्तव्यहरू पट्टाइलाग्दो हुन्छन्; तिनीहरू प्रत्येक दिन उस्तै काम गर्छन्। तापनि, ती कर्तव्यहरू पूरा गर्दा, यी मानिसहरूले प्रकट गर्ने अवस्थाहरू एकसमान हुँदैनन्। कहिलेकाहीँ, राम्रो मनस्थितिमा हुँदा, मानिसहरू अलिक बढी मेहनती हुन्छन् र राम्रो काम गर्छन्। अरू बेला, कुनै अज्ञात प्रभावको कारण तिनीहरूको भ्रष्ट शैतानी स्वभावले उनीहरूमा बदमासी जगाउँछ, जसले गर्दा उनीहरूमा अनुचित दृष्टिकोणहरू पैदा हुन्छन् र खराब अवस्थाहरूमा र खराब मनस्थितिमा हुन्छन्; परिणामस्वरूप उनीहरूले आफ्ना कर्तव्यहरू लापरवाही ढङ्गले गर्दछन्। मानिसहरूको आन्तरिक अवस्था निरन्तर परिवर्तन भइरहेका हुन्छन्; उनीहरू कुनै पनि ठाउँमा र कुनै पनि समयमा परिवर्तन हुन सक्छन्। तेरो अवस्था जसरी परिवर्तन भए पनि, तैँले आफ्नो मनस्थितिको आधारमा काम गर्नु सधैँ गलत हुन्छ। मानौँ, तँ राम्रो मनस्थितिमा हुँदा तैँले अलिक राम्रो काम गर्छस्, र खराब मनस्थितिमा हुँदा अलिक खराब काम गर्छस्—के यो कामकुरा गर्ने सिद्धान्तअनुरूपको तरिका हो? के यसले तँलाई स्वीकार्य मापदण्डमा रहँदै आफ्नो कर्तव्य निभाउन मदत गर्छ? मानिसहरूको मनस्थिति जस्तोसुकै भए पनि, उनीहरूले परमेश्‍वरको सामु प्रार्थना गर्न र सत्यताको खोजी गर्न जान्नु नै पर्छ; यसरी मात्र तिनीहरू आफ्नो मनस्थितिद्वारा बाधित र प्रभावित भएर ढलपलबाट जोगिन सक्छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मापदण्ड अनुसारको छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोचविचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्मचिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा काटछाँटपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरका अभिप्राय बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वरको नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यताको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक निर्वाह गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तिनीहरू खराब मुडमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्न सक्छन्, र तिनीहरूका कर्तव्य निर्वाह गर्न बाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरसामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यसो भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाश नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। म जिउने प्रत्येक दिन नै मैले मेरो कर्तव्य राम्रोसित निभाउनुपर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, वस्तु, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मुड वा बाहिरी परिस्थितिद्वारा बन्धनमा नपर्नेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिलो स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवन प्रवेश पाएका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्‍चा र व्यावहारिक अभिव्यक्ति यही हो। के यस तरिकाले जिउँदा व्यक्ति ढुक्क हुनेथियो? परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ भनेर के तैँले चिन्ता लिनुपर्नेथियो? तिमीहरूले ढुक्क महसुस गर्न काम गर्नुपर्छ भनेर कसरी भन्‍नेथियौ? (आफूलाई कुनै व्यक्ति, घटना, वा परिस्थितिको बन्धनमा पर्न नदे, र आफ्नो कर्तव्यलाई प्राथमिकतामा राख्। यसो गरेमा मात्र तँ परमेश्‍वरलाई निराश पार्नबाट जोगिन सक्छस्।) सही हो, ढुक्क महसुस गर्नुको राज यही हो। के तिमीहरू सबैले यस राजलाई राम्ररी बुझेका छौ? यदि कुनै व्यक्तिले तँसँग बोल्दा खराब मनोवृति राख्छ, र तँलाई बेवास्ता गर्ने वा जानाजानी तँमा खराबी कोट्याउने अभिप्राय राख्छ भने, तँ दुःखी हुनेछस्, मानौँ तेरो मुटुमा छुरा घोपिएको छ। तँलाई खान मन लाग्नेछैन र तेरो सुताइमा असर पर्नेछ। जसरी पनि तँ खराब मुडमा हुनेछस्, र तेरो हृदयमा पीडा हुनेछ। यस अवस्थामा, तैँले के गर्नेछस्? तैँले यसो भन्लास्, “आज म खराब मुडमा छु, त्यसैले म मेरो कर्तव्य केही दिनका लागि थाँती राख्नेछु” वा “म आफ्नो कर्तव्य त निर्वाह गर्नेछु, तर मैले उदासीन भएर झारा टार्ने काम मात्र गरे पनि ठिकै छ। आफूले चाहेकै जस्तो नहुने समय सबैलाई आउँछ, त्यसकारण म खराब मुडमा छु भने, परमेश्‍वरले मबाट धेरै माग गर्नुहुन्न, गर्नुहुन्छ र? आज म आफ्नो कर्तव्य केहीबेरका लागि थाँती राख्नेछु। ठिकै छ, म भोलि राम्रो काम गर्नेछु। परमेश्‍वरले छ हजार वर्षदेखि आफ्नो काम गर्दै आइरहनुभएकोले, के मैले आफ्नो काम एक दिन ढिलो गर्दा उहाँलाई केही वास्ता होला?” कस्तो खालको व्यक्तिले स-साना कुराहरूले गर्दा आफ्नो मुड बिगार्छ र त्यसपछि यसलाई आफ्नो कर्तव्यमा असर पार्न दिन्छै दिन्छ? के यो बचकना र निराशाजनक स्वभाव होइन र? तिनीहरू आफूलाई केही आइपर्दा झोँक्किन्छन्, पूर्ण रूपमा विवेकहीन बन्छन्, आफ्नो कर्तव्य पूरा गर्दैनन्, सङ्कल्प राख्दैनन् र आफ्ना वाचा बिर्सन्छन्। यो कस्तो खालको समस्या हो? के यो जिद्दीपनको समस्या होइन र? केही मानिस होलान् जो सामान्यतया यस्तो व्यवहार गर्दैनन्, तर तिनीहरू खराब मुडमा हुँदा आफ्ना जिम्मेवारी छोड्छन्। यस्ता कुराहरू प्रायजसो भइरहन्छन्। कतिपय मानिसहरू खराब मुडमा हुँदा, अलि बाहिरी प्रभावमा पर्ने हुनाले कर्तव्य निर्वाह गर्दा तिनीहरूमा ऊर्जा हुँदैन, र तिनीहरू आफ्नो काममा ध्यान दिन सक्दैनन्। यस्तो हुँदा के गर्नुपर्छ? के यस्ता समस्याहरू समाधान गर्नुपर्दैन? कतिपय मानिस भन्छन्, “ती समाधान गर्न सकिन्न। केहीबेरपछि, मलाई अझै त्यो गर्न मन लाग्दैन, र म परिस्थितिअनुसार चल्छु। जे भए पनि, म खराब मुडमा छु र कोही पनि मसँग बोलेको चाहन्नँ। मलाई केहीबेर दुःखी हुन दिनुस्।” तिनीहरू आफ्नो कर्तव्य गरिरहेकै छन् भने पनि, तिनीहरूको शरीर मात्र त्यहाँ हुन्छ, मन हुँदैन। तिनीहरूका मन कता उडिरहेका छन् भन्‍ने कुरा अनिश्चित हुन्छ। तिनीहरू आफ्ना कर्तव्यमा जिम्मेवार छैनन्, तिनीहरू प्रयास गर्दैनन्, र तिनीहरू कमजोर छन्। तर जब तिनीहरूको मुड ठिक हुन्छ, तब तिनीहरू फेरि उत्साहित हुन थाल्छन्; तिनीहरू फेरि कठिनाइ सहन र थकान भोग्न सक्षम हुन्छन्, र आफ्नो खानेकुराप्रति अत्याधिक ध्यान दिँदैनन्। के यी सब अलि असामान्य होइन? किन मानिसहरू यति धेरै फरक-फरक भावना र परिस्थितिहरूबाट प्रभावित हुन्छन्? के तिमीहरूले कहिल्यै यसको कारण खोजेका छौ? के तिमीहरूलाई यी कुराहरूले प्रायः समस्यामा पार्दैनन् ऱ? के तिमीहरू यस्ता स्थितिहरूमा प्रायः अल्झिदैनौ? के तिमीहरू सबैले सामना गर्ने समस्या यही होइन? (हो।) यदि यी समस्याहरू समाधान गरिएन भने, मानिसहरू कहिल्यै परिपक्व हुनेछैनन्; तिनीहरू सधैँ बच्चा रहनेछन्। उदाहरणका लागि, कुनै व्यक्तिले तेरो भावनालाई विचार नगरी केही भन्छ, जुन आंशिक रूपले तँप्रति लक्षित छ, वा उसले तँलाई छड्के हान्छ भने, तँलाई अलि असहज लाग्नेछ। यदि तैँले कसैसँग कुरा गर्दा उसले तँलाई ध्यान दिँदैन, वा उसको मुहारमा राम्रो भाव देखिँदैन भने, तँलाई असहज हुनेछ। यदि कुनै दिन तैँले चाहेको जस्तो तेरो कर्तव्य अघि बढेन भने, तँलाई असहज हुनेछ। यदि तैँले अशुभ लाग्ने डरलाग्दो सपना देखिस् भने, तँलाई असहज हुनेछ। तैँले आफ्नो परिवारबारे नराम्रो खबर सुनिस् भने, तँलाई असहज हुनेछ, तेरो मुड बिग्रनेछ, अनि तैँले आफ्नो ऊर्जा बढाउन सक्नेछैनस्। यदि तैँले अरू कसैले राम्ररी कर्तव्य निभाएको, र प्रशंसा बटुलेको अनि तिनलाई अगुवाको रूपमा बढुवा गरेको देखिस् भने, त्यसले पनि तँलाई असहज बनाउनेछ, र तेरो मुड बिगार्नेछ…। तँलाई प्रभाव पार्न सक्ने साना-ठूला यी सबै परिस्थितिले तँलाई नकारात्मकतामा फसाउन, उदास पार्न, र कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा प्रभाव पार्न सक्छन्। यस्तो व्यवहार गर्ने मानिसमा कस्तो समस्या हुन्छ? (तिनीहरूको स्वभाव अस्थिर हुन्छ।) अस्थिर स्वभाव त्यसको एउटा पक्ष हो। तिनीहरूको मानवता अपरिपक्व र बचकना हुन्छ, र तिनीहरूमा अन्तर्दृष्टि हुँदैन। तिनीहरूको जीवन प्रवेशबारे भन्नुपर्दा, तिनीहरू सधैँ विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्छन्, त्यसकारण तिनीहरूलाई सत्यता अभ्यास गर्न सहज हुँदैन। यदि तिनीहरूले सत्यता अभ्यास गर्न सकेनन् भने, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्, अनि सत्यता वास्तविकतामा प्रवेश गर्न सकेनन् भने, तिनीहरूले जीवन प्रवेश पाउनेछैनन्। कुरा त्यस्तै होइन र? किन तिनीहरू मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्छन्? किनभने तिनीहरू सत्यता बुझ्दैनन्, सही र गलत छुट्याउन सक्दैनन्, र को सही र को गलत छुट्याउन सक्दैनन्। परिणामस्वरूप, कसरी अभ्यास गर्ने तिनीहरू जान्दैनन्, र द्विविधामा पर्छन्। परिणाम यही हुन्छ। अधिकांश नयाँ विश्‍वासीहरू यही स्थितिमा हुन्छन्। जब तिनीहरूले सत्यता बुझ्छन्, परिस्थितिहरू स्पष्ट रूपमा देख्न र मानिसहरू छुट्याउन सक्छन्, यो समस्या स्वतः सुल्झिनेछ। तर, सत्यतालाई प्रेम नगर्नेहरूले परिस्थितिहरू झेल्नुपर्दा सत्यता खोजी गर्दैनन्। यस्तो व्यक्ति थरिथरिका मानिस, परिस्थिति, र वस्तुहरूको बन्धन त्याग्न सदाका लागि असक्षम हुनेछ। प्रायः मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्ने मानिसहरूले कस्ता खालका स्थितिहरू प्रकट गर्छन्? तिनीहरू सजिलै नकारात्मक बन्छन्, र रोकावट आउँदा वा कठिनाइहरू सामना गर्नुपर्दा, तिनीहरू ठेस खान्छन्। यी कुराहरूले तिनीहरूको मुड र कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रभाव पार्छन्। सत्यता नबुझ्नेहरू विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा सजिलै पर्छन्। तिनीहरूको जीवन प्रवेश अति सुस्त हुन्छ, र तिनीहरूले जति वर्ष नै विश्‍वास गरेका भए पनि, तिनीहरूमा प्रगति देखिँदैन। तिनीहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्, र धेरथोर गैरविश्‍वासीहरूजस्तै नै हुन्छन्। यो सब सत्यता नपछ्याउनुको परिणाम हो। कारण यही हो। सङ्क्षेपमा भन्नुपर्दा, तैँले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तेरो क्षमता वा उमेर जेजति भए पनि, यदि तैँले सत्यतालाई प्रेम गरिनस् वा सबै कुरामा सत्यता खोजिनस् भने, तँ विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्नेछस्। कसरी उचित रूपमा काम गर्ने भनी तँलाई थाहा हुनेछैन, न त सत्यता कसरी अभ्यास गर्ने वा सिद्धान्तहरूबमोजिम कसरी चल्ने भनेर नै थाहा हुनेछ। तैँले मान्छेहरूको धारणाअनुसार काम गरिस् र खराब काम गरिनस् भने पनि, तँलाई आफू परमेश्‍वरका अभिप्रायअनुरूप छु कि छैन भन्‍ने थाहा हुनेछैन। यस्तो व्यक्तिले जतिसुकै वर्ष विश्‍वास गरेको भए तापनि, आफ्नो अनुभवात्मक गवाहीहरूबारे बोल्न सक्नेछैन, किनकि उसले परमेश्‍वरको काम कसरी अनुभव गर्ने भन्‍ने कुरा बुझ्दैन, न त अलिकति सत्यता नै बुझ्छ। सत्यता नपछ्याउने मानिसहरू यस्तै हुन्छन्; तिनीहरूले जतिसुकै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तिनीहरूसँग बताउने गवाही हुँदैन। तिनीहरूको कद अति सानो हुन्छ, र तिनीहरूमा सत्यता वास्तविकता हुँदैन।

अहिले मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्नमा सक्रिय छन्। तिनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्ने, परमेश्‍वरका लागि समर्पित हुने र उहाँका लागि कामकुरा त्याग्ने, र आफूलाई उहाँमा अर्पण गर्ने दृढता पनि छ। आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा अर्पण गर्ने, र उहाँका लागि समर्पित हुने कसम धेरैपटक खाएका मानिसहरूसमेत छन्। तिनीहरूसँग यी सबै कुरा छन्, तर जीवन प्रवेश छैन। यदि कुनै व्यक्तिसँग जीवन प्रवेश छैन भने, थरिथरिका जटिल मानिस, परिस्थिति र वस्तुहरूको कारण, तिनीहरूलाई शान्त रहन वा समस्या समाधान गर्न निकै गाह्रो हुनेछ। तिनीहरूले दिशा भेटाउन सक्दैनन्, न त मार्ग नै भेटाउन सक्छन्, अनि तिनीहरूलाई प्रायः आफ्नो नकारात्मक स्थिति हटाउन सकिँदैन भन्‍ने लाग्छ। तिनीहरू विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको अल्झोमा, बन्धनमा, नियन्त्रणमा, र पकडमा पर्छन्, अनि तिनीहरूलाई अभ्यास गर्ने सबैभन्दा सही तरिका थाहा हुँदैन। अब, म तिमीहरूलाई अभ्यासको एउटा सिद्धान्तबारे बताउनेछु: तँलाई जेसुकै आइपरे पनि, चाहे त्यो कुनै जाँच होस् वा परीक्षा, वा तेरो काटछाँट हुँदै छ, अनि मानिसहरूले तँलाई जसरी व्यवहार गरे पनि, तैँले पहिला यी कुराहरूलाई पन्छ्याएर परमेश्‍वरलाई खुरन्धार प्रार्थना गर्नुपर्छ, र सत्यता खोज्नुपर्छ र आफ्नो स्थितिलाई समायोजन गर्नुपर्छ। पहिला यसलाई समाधान गर्नुपर्छ। तैँले यसो भन्नुपर्छ, “यो जतिसुकै ठूलो विषय भए पनि, आकाश नै खसे पनि, मैले आफ्नो कर्तव्य राम्ररी निभाउनैपर्छ। सास रहुञ्जेलसम्म, म आफ्नो कर्तव्य त्याग्नेछैनँ।” त्यसोभए तँ कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस् त? तैँले झारा टार्ने काम मात्र गर्नु हुँदैन, वा शरीरले मात्र उपस्थित भएर मन अर्कैतिर डुलाउनु हुँदैन—तैँले आफ्नो मन र दिमाग दुवै आफ्नो कर्तव्यमा लगाउनैपर्छ। तँलाई जतिसुकै ठूला परिस्थितिहरू आइपरे पनि, तैँले पहिला ती कुराहरू छाडेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने तरिका खोज्न परमेश्‍वरसामु आउनैपर्छ, यसो गर्दा परमेश्‍वरलाई सन्तुष्टि मिल्छ। तैँले यस्तो सोच्ने प्रयास गर्नुपर्छ, “मैले आज यो कुरा सामना गरेपछि, म कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गरूँ? पहिले, म लापरवाही तरिकामा काम गर्थेँ, त्यसैले आज मैले आफ्नो तरिका परिवर्तन गरी राम्ररी कर्तव्य निभाउने प्रयास गर्नैपर्छ, ताकि कसैले गल्ती कोट्याउने ठाउँ नपाओस्। महत्त्वपूर्ण कुरा के हो भने मैले परमेश्‍वरलाई पटक्कै निराश तुल्याउनु हुँदैन। मैले उहाँको मनलाई ढुक्क पार्नैपर्छ, ताकि मैले आफ्नो कर्तव्य निर्वाह गरेको उहाँले देख्दा, म आज्ञाकारी र समर्पित व्यक्ति मात्र नभई वफादार पनि छु भनेर देख्नुहुनेछ।” यदि तेँले यसलाई अभ्यास गरिस् र यस दिशामा बल गरिस् भने, तँलाई केही कुराले पनि कर्तव्य निभाउनमा ढिलाइ गराउन, वा तेरो कर्तव्यको प्रभावकारीतामा असर पार्न सक्नेछैन। जब तँ निरन्तर प्रार्थना गर्छस्, सत्यता खोज्छस्, र परमेश्‍वरका वचनहरू बुझ्ने कोसिस गर्छस्, तब तैँले देहगत भावनात्मक समस्याहरूलाई बुझेर सुल्झाउन सक्नेछस्; तर सत्यता नस्विकारेसम्म कुनै व्यक्तिले त्यसो गर्न सक्दैन। यदि तैँले सत्यता बुझिस् भने, कुनै पनि समस्या सुल्झाउन सकिन्छ। तेरो हृदयको उदासी, निराशा, चिन्ता, आशङ्का, र नकारात्मकता सबै पूर्ण रूपमा सुल्झाउन सकिन्छ। तेरो मुड बिस्तारै ठिक हुँदै जानेछ, र तँ पूर्ण रूपमा मुक्त हुनेछस्। तँलाई साँच्चै वास्तविक कठिनाइहरू आइपरेको छ भने, तैँले सत्यता खोज्न र समर्पित हुन सिक्नैपर्छ। व्यक्तिलाई यस्ता परिस्थितिहरू आइपर्दा, त्यो उसको कदको जाँच हुन्छ र त्यसले ऊ को हो भन्‍ने कुरा प्रकट हुन्छ, ताकि उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भनी बुझ्न सकियोस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्