आफूलाई चिन्‍नेसम्बन्धी वचनहरू (अंश ४५)

मानिसभित्र प्रायः केही नकारात्मक स्थिति हुन्छन्। तीमध्ये, केही स्थितिले मानिसहरूलाई प्रभाव पार्न र बाँध्न सक्छन्। केही स्थितिले कुनै व्यक्तिलाई साँचो मार्गबाट तर्काएर गलत दिशामा लैजानसमेत सक्छन्। मानिसहरूले पछ्याउने कुरा, ध्यान दिने कुरा, र चुन्‍ने मार्ग—यी सब तिनीहरूको भित्री स्थितिसँग सम्बन्धित हुन्छन्। मानिसहरू कमजोर छन् कि सबल छन् भन्‍ने कुरा झनै तिनीहरूको भित्री स्थितिसँग सीधै सम्बन्धित हुन्छ। उदाहरणका लागि, अहिले धेरै मानिस परमेश्‍वरको दिनलाई विशेष जोड दिन्छन्। तिनीहरू सबैमा यो चाहना हुन्छ: तिनीहरू परमेश्‍वरको दिन झट्टै आओस् भन्‍ने तृष्णा गर्छन् ताकि आफूलाई यो कष्ट, बिमारी, सतावट र अरू खालका पीडाबाट मुक्त गर्न सकून्। मानिसहरू के सोच्छन् भने, जब परमेश्‍वरको दिन आउँछ, तब तिनीहरूले आफूले अहिले भोग्‍ने पीडाबाट राहत पाउनेछन्, फेरि कहिल्यै पीडा भोग्‍नेछैनन् र आशिषहरूको आनन्द उठाउनेछन्। यदि कुनै व्यक्तिले यस्तो खालको स्थितिमा परमेश्‍वरलाई बुझ्न वा सत्यता पछ्याउन खोज्छ भने, उसको जीवन प्रगति एकदमै सीमित हुनेछ। तिनीहरूलाई कुनै रोकावट वा कुनै अप्रिय कुरा आइपर्दा, तिनीहरूभित्रका सबै कमजोरी, नकारात्मकता, र विद्रोहीपन बाहिर निस्किन्छ। त्यसैले, यदि कुनै व्यक्तिको स्थिति असामान्य वा गलत छ भने, उसको पछ्याइको उद्देश्य पनि गलत र निश्चित रूपमा अशुद्ध हुनेछ। तँ गलत स्थितिबाटै प्रवेश गर्न खोज्छस्, तैपनि आफूले आफ्नो पछ्याइमा राम्रो गरिरहेको छु, परमेश्‍वरको मापदण्डअनुरूप कामकुरा गरिरहेको छु, र सत्यताअनुसार अभ्यास गरिरहेको छु भन्‍ने सोच्छस्। तँ आफू परमेश्‍वरका चाहनाविरुद्ध गएको छु वा उहाँका अभिप्रायबाट तर्किएको छु भन्‍ने विश्‍वास गर्दैनस्। तँलाई त्यस्तो लाग्न सक्छ, तर जब तँलाई कुनै अप्रिय घटना वा वातावरणले केही कष्ट दिन्छ, तेरा कमजोर पक्ष अनि तैँले हृदयदेखि नै प्रेम गर्ने र पछ्याउने कुराहरूलाई प्रभाव पार्छ, तब तँ नकारात्मक हुनेछस्, तेरा आशा र सपनाहरू साकार हुनेछैनन् र तँ प्राकृतिक रूपमै कमजोर हुनेछस्। त्यसैले, तेरो त्यति बेलाको स्थितिले तँ कमजोर छस् कि सबल छस् भनेर निर्धारित गर्छ। अहिले, धेरै मानिसलाई आफू निकै सबल छु, आफूसँग अलिकति कद र पहिलाभन्दा धेरै आस्था छ भन्‍ने लाग्छ। तिनीहरू आफूले परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा पाइला चाल्न थालेको छु, र त्यो मार्गमा अरूले तिनीहरूलाई तान्नु वा धकेल्नु पर्दैन भन्‍ने सोच्छन्। यस्तो अवस्थामा, किन तिनीहरू आफूलाई निश्चित परिस्थिति वा कठिनाइ आइपर्दा नकारात्मक वा कमजोर हुन्छन् त? त्यसोभए किन तिनीहरू गुनासो गर्न र विश्‍वास त्याग्‍न पुग्छन् त? यसले सबैमा केही नकारात्मक र असामान्य स्थिति हुन्छन् भन्‍ने देखाउँछ। मानिसमा हुने केही अशुद्धतालाई त्याग्न सजिलो हुँदैन। तँ सत्यता पछ्याउने व्यक्ति भए पनि, ती कुरा पूर्णतया त्याग्न सक्दैनस्। यो त परमेश्‍वरका वचनहरूको खुलासाको आधारमा गरिनैपर्छ। मानिसहरूले आफ्नै स्थितिलाई चिन्तन गरेर बुझेपछि, तिनलाई परमेश्‍वरका वचनसँग तुलना गर्नैपर्छ, अनि आफ्ना भ्रष्ट स्वभाव समाधान गर्नैपर्छ। तब मात्र तिनीहरूको स्थिति बिस्तारै परिवर्तन हुनेछ। तर मानिसहरूले परमेश्‍वरका वचन पढेर आफ्नो स्थिति चिन्‍नेबित्तिकै तुरुन्तै तिनलाई परिवर्तन गर्न सक्छन् भन्‍ने होइन। यदि मानिसहरूले परमेश्‍वरको वचन बारम्बार पढ्छन्, आफ्नो स्थिति स्पष्टसँग देख्छन्, अनि परमेश्‍वरलाई प्रार्थना गर्ने र सत्यतातर्फ लाग्‍ने गर्छन् भने, जब तिनीहरूले फेरि भ्रष्टता प्रकट गर्छन्, वा जब तिनीहरू भविष्यमा असामान्य स्थितिमा हुन्छन्, तब तिनीहरू त्यसलाई चिन्‍न, परमेश्‍वरलाई प्रार्थना गर्न र सत्यता प्रयोग गरेर समस्या समाधान गर्न सक्षम हुनेछन्, अनि तिनीहरूको गलत स्थितिलाई उल्ट्याउन सकिनेछ र तिनीहरू बिस्तारै परिवर्तित हुन सक्नेछन्। यसरी, तिनीहरू आफ्नो अशुद्धता र मानिसले पाल्ने ऊभित्रका त्याग्‍नुपर्ने कुराहरू त्याग्न सक्षम हुनेछन्। मानिसहरूसँग परिणाम हासिल गर्नअघि निश्चित स्तरको अनुभव हुनैपर्छ।

धेरै मानिस परमेश्‍वरमा विश्‍वास गर्न थाल्दादेखि नै आफ्नो धारणा र कल्पनाको आधारमा आशिष्को पछि लाग्छन्, फलस्वरूप, आफ्नो धारणासँग नमिल्ने कुराहरू आइपर्दा नकारात्मक र कमजोर बन्छन्। तिनीहरू परमेश्‍वरलाई शङ्का गर्न थाल्छन् अनि उहाँबारे धारणा र गलत अवधारणासमेत पाल्न थाल्छन्। यदि तिनीहरूसँग कसैले पनि सत्यताबारे सङ्गति गरेन भने, तिनीहरू दृढ रहन सक्नेछैनन्, र कुनै पनि समयमा परमेश्‍वरलाई धोका दिन सक्छन्। म तिमीहरूलाई एउटा उदाहरण भन्छु। मानौँ कुनै व्यक्तिले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सधैँ धारणा र कल्पना पालेको छ। यो व्यक्ति के विश्‍वास गर्छ भने, यदि उसले आफ्नो परिवार त्याग्यो र आफ्नो कर्तव्य पूरा गर्‍यो भने, परमेश्‍वरले उसलाई सुरक्षा र आशिष् दिनुहुनेछ, अनि उसको परिवारलाई हेरचाह गर्नुहुनेछ, र परमेश्‍वरले यही नै गर्नुपर्छ। त्यसपछि एक दिन, उसलाई आफूले नचाहेको कुरा आइपर्छ—ऊ बिरामी हुन्छ। आतिथ्य परिवारसँग जिउनु आफ्नै घरमा हुनु जत्तिको सजिलो हुँदैन, र सायद तिनीहरूले उसको त्यति राम्ररी ख्याल राख्दैनन्। उसले यो सहन सक्दैन, अनि ऊ लामो समयसम्म नकारात्मक र निराश हुन्छ। ऊ सत्यता पछ्याउने पनि गर्दैन र झन् स्विकार्ने समेत गर्दैन। यसको अर्थ, मानिसहरूभित्र केही स्थिति हुन्छन्, र यदि तिनीहरूले ती स्थितिहरू गलत हुन् भनेर चिन्दैनन्, बोध गर्दैनन् वा महसुस गर्दैनन् भने, तिनीहरूसँग जोस भए पनि र तिनीहरूले निकै पछ्याए पनि, कुनै मोडमा पुगेर यस्तो परिस्थितिको सामना गर्नेछन्, जसले तिनीहरूको वास्तविक भित्री स्थिति प्रकट गर्छ, अनि तिनीहरूलाई ठेस खुवाउँछ र असफल बनाउँछ। आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न नसक्नुको परिणाम यस्तो हुन्छ। सत्यता नबुझ्ने सबै जना यस्तै हुन्छन्; तिनीहरू कहिले ठेस खानेछन् र असफल हुनेछन्, कहिले नकारात्मक र कमजोर हुनेछन्, वा कहिले परमेश्‍वरलाई धोका दिन सक्ने बन्‍नेछन् त्यो तँलाई थाहै हुँदैन। हेर् त, सत्यता नबुझ्नेहरूले कति धेरै खतरा सामना गर्नैपर्ने हुन्छ! तर सत्यता बुझ्नु सरल कुरा होइन। तँलाई अन्त्यमा प्रकाशको झिल्का प्राप्त गर्न, अलिकति साँचो ज्ञानपाउन, र अलिकति सत्यता बुझ्न सक्न धेरै समय लाग्छ। तँभित्रका अभिप्राय अत्यन्तै दूषित र समाधान गर्न नसकिने छ भने, त्यसले तेरो बुझाइको सानो झिल्कालाई सधैँ निभाइदिनेछ, र तँमा भएको थोरै आस्थालाई समेत मेटाइदिनेछ, र यो निश्चय नै अति खतरनाक हो। अहिले, मुख्य समस्या के हो भने, सबै मानिसको हृदयमा परमेश्‍वरबारे निश्चित धारणा र कल्पना छ, तर तिनीहरू ती प्रकाश हुनुअघि स्विकार्दैनन्; ती भित्र लुकेका हुन्छन्, र तँलाई ती कुन समयमा वा कुन परिस्थितिमा निस्किनेछन् र मानिसहरूलाई ठेस खान लगाउनेछन् भनेर थाहै हुँदैन। सबै मानिसमा असल आकाङ्क्षा भए पनि, र तिनीहरूले असल विश्‍वासी बन्‍न र सत्यता हासिल गर्न चाहे पनि, तिनीहरूको अभिप्राय अति दूषित हुन्छन्, र तिनीहरूमा सत्यता पछ्याउन र जीवन प्रवेश प्राप्त गर्न अति नै रोक्ने अति धेरै धारणा र कल्पना हुन्छन्। तिनीहरू यी कुराहरू गर्न चाहन्छन् तर गर्न सक्दैनन्। उदाहरणका लागि, काटछाँट गरिँदा, मानिसहरूलाई समर्पित हुन कठिन हुन्छ, जब तिनीहरूलाई जाँच वा शोधन गरिन्छ, तब तिनीहरू परमेश्‍वरसँग बहस गर्न चाहन्छन्। तिनीहरू आफू बिरामी पर्दा वा आफूलाई कुनै विपत्ति आइपर्दा, सुरक्षा नगरेको भन्दै परमेश्‍वरबारे गुनासो गर्छन्। यस्ता मानिसहरूले कसरी परमेश्‍वरको काम अनुभव गर्न सक्छन्? तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने हृदय हुने न्युनतम स्तरसम्म पनि पुग्न सक्दैनन् भने, तिनीहरू कसरी सत्यता हासिल गर्न सक्छन्? केही मानिस सानोभन्दा सानो कुरा आफूले चाहेअनुसार नहुँदा नकारात्मक बन्छन्; तिनीहरू अरूले आलोचना गरेको कारण ठेस खान्छन्, र आफू पक्राऊ पर्दा परमेश्‍वरलाई धोका दिन्छन्। यो साँचो हो, व्यक्तिलाई भविष्य कस्तो हुन्छ, त्यो सुखद हुन्छ कि बरबाद हुन्छ भनेर कहिल्यै थाहा हुँदैन। हरेक व्यक्तिमा उसले पछ्याउन वा प्राप्त गर्न चाहने कुरा हुन्छ; तिनीहरूमा आफूलाई मन पर्ने कुराहरू हुन्छन्। आफूलाई मन पर्ने कुराहरू पछ्याउँदा दुर्भाग्य निम्तिन सक्छ, तर तिनीहरूलाई यो महसुस हुँदैन, र अझै पनि आफूले पछ्याउने र मन पराउने कुराहरू सही हुन् र तिनमा केही गलत छैन भन्ठान्छन्। तर यदि कुनै दिन दुर्भाग्य आइलाग्यो भने, र तिनीहरूले पछ्याउने र मन पराउने कुराहरू तिनीहरूबाट खोसियो भने, तिनीहरू नकारात्मक र कमजोर हुनेछन्, र तिनीहरू फेरि उठ्न सक्नेछैनन्। तिनीहरूलाई के भयो भनेर थाहा हुनेछैन, र तिनीहरूले परमेश्‍वर अन्यायी हुनुहुन्छ भनेर उहाँबारे गुनासो गर्नेछन्, र परमेश्‍वरलाई धोका दिने तिनीहरूको हृदय प्रकट हुनेछ। यदि मानिसहरूले आफूलाई नचिनेमा, आफ्नो मुख्य कमजोरी कहाँ छ भनेर जान्‍नेछैनन्, न त आफू कहाँ सजिलै असफल हुन वा ठेस खान सक्छ भनेर नै जान्‍नेछन्। यो साँच्चै दयनीय अवस्था हो। त्यसैले हामी भन्छौँ, यदि कुनै व्यक्तिले आफूलाई चिन्दैन भने, ऊ कुनै पनि समय ठेस खान वा असफल हुन सक्छ, र आफ्नो अन्त्य निम्त्याउन सक्छ।

धेरै मानिसले यसो भनेका छन्: “म सत्यताको सबै तत्त्व बुझ्छु, तर ती अभ्यास गर्नै सक्दिनँ।” यसले मानिसहरू किन सत्यता अभ्यास गर्दैनन् भन्‍ने कुराको जड कारण खुलासा गर्छ। कस्ता मानिसहरूले सत्यता बुझेर पनि त्यो अभ्यास गर्न सक्दैनन्? निश्चय नै, सत्यतादेखि वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने मानिसहरूले मात्र सत्यता अभ्यास गर्न सक्दैनन्, र यो तिनीहरूको प्रकृतिमा रहेको समस्या हो। सत्यतालाई प्रेम गर्ने मानिसहरूले, सत्यता नबुझे पनि, आफ्नो विवेकअनुसार काम गर्नेछन्, र खराबी गर्नेछैनन्। यदि कुनै व्यक्तिको प्रकृति सत्यतादेखि वितृष्ण छ भने, उसले कहिल्यै सत्यता अभ्यास गर्न सक्नेछैन। सत्यतादेखि वितृष्ण हुने मानिसहरूले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न नभई आशिष् प्राप्त गर्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे पनि, त्यो सत्यता प्राप्त गर्नहेतु हुँदैन, बरु पूर्णतः आशिष् प्राप्त गर्नका लागि हुन्छ। उदाहरणका लागि, सताइने र आफ्नो घर फर्कन नसक्ने कतिपय मानिस मनमनै यसो सोच्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको कारण मलाई सताइन्छ र म घर फर्कन सक्दिनँ। एक दिन परमेश्‍वरले मलाई झन् राम्रो घर दिनुहुनेछ; परमेश्‍वरले मलाई व्यर्थमा कष्ट भोग्न दिनुहुनेछैन,” वा “म जहाँ भए पनि, परमेश्‍वरले मलाई खानेकुरा दिनुहुनेछ, र उहाँले मलाई निकासहीन मार्गमा हिँड्न दिनुहुनेछैन। यदि उहाँले मलाई निकासहीन मार्गमा हिँड्न दिनुहुन्छ भने, उहाँ वास्तविक परमेश्‍वर हुनुहुन्‍न। परमेश्‍वर त्यसो गर्नुहुन्‍न।” के मानिसमा यस्ता कुराहरू हुँदैनन् र? केही मानिस यस्तो सोच्छन्, “मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्न आफ्नो परिवार त्यागेको छु, र परमेश्‍वरले मलाई सत्तामा भएकाहरूको हातमा सुम्पनु हुँदैन; म यस्तो जोसका साथ लागिपरेको छु, परमेश्‍वरले मलाई सुरक्षा गरेर आशिष् दिनुपर्छ। हामी परमेश्‍वरको दिन आएको अति तृष्णा गर्छौँ, त्यसैले परमेश्‍वरको दिन चाँडोभन्दा चाँडो आउनुपर्छ। परमेश्‍वरले मानिसका इच्छाहरू पूरा गर्नुपर्छ।” धेरै मानिस यस्तो सोच्छन्—के यो मानिसको अत्यधिक चाहना होइन र? मानिसहरूले सधैँ यस्तो सोच्दै परमेश्‍वरसँग अत्यधिक मागहरू गरेका छन्: “हामीले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार त्यागेका छौँ, त्यसैले परमेश्‍वरले हामीलाई आशिष् दिनुपर्छ। हामीले परमेश्‍वरको मागअनुसार कार्य गरेका छौँ, त्यसैले परमेश्‍वरले हामीलाई इनाम दिनुपर्छ।” धेरै मानिस परमेश्‍वरलाई विश्‍वास गर्ने क्रममा आफ्नो हृदयमा यस्ता कुराहरू पाल्छन्। तिनीहरू अरू मानिस आफूलाई परमेश्‍वरमा समर्पित हुन सहजै परिवारबाट टाढिएको र उनीहरूले सबथोक त्यागेको देख्छन्, अनि सोच्छन्, “तिनीहरूले यतिका लामो समयसम्म आफ्नो परिवार त्यागेका छन्, तिनीहरूलाई कसरी आफ्नो घरको याद नआएको? तिनीहरू यो कुरालाई कसरी जित्छन्? म किन यसलाई जित्न सक्दिनँ? म किन आफ्नो परिवार, श्रीमान (वा श्रीमती) र बालबच्चा त्याग्न सक्दिनँ? किन परमेश्‍वर तिनीहरूप्रति अनुग्रही हुनुहुन्छ र म प्रति हुनुहुन्‍न? किन पवित्र आत्मा मलाई अनुग्रह बर्साउने वा मसँग बस्ने गर्नुहुन्‍न?” यो कस्तो स्थिति हो? मानिसहरूमा समझको एकदमै कमी छ; तिनीहरू सत्यता अभ्यास गर्दैनन् अनि परमेश्‍वरबारे गुनासो गर्छन्, र आफूले गर्नुपर्ने कुरा गर्दैनन्। मानिसहरूले सत्यता पछ्याउने मार्ग चुन्‍नुपर्छ, तर तिनीहरू सत्यतादेखि वितृष्ण हुन्छन्, तिनीहरू देहसुखको लालसा गर्छन्, र सधैँ आशिष् पाउन खोज्छन् र अनुग्रहको आनन्द उठाउँछन्, अनि त्यससँगसँगै परमेश्‍वर मानिसबाट अत्यधिक माग गर्नुहुन्छ भनी गुनासो गर्छन्। तिनीहरू आफूप्रति परमेश्‍वर अनुग्रही हुनुभएको, आफूलाई परमेश्‍वरले अझै आशिष् बर्साइरहनुभएको, र देहसुख अनुभूति गर्न दिनुभएको माग गरिरहन्छन्—के यिनीहरू इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्ने मानिस हुन्? तिनीहरू सोच्छन्, “मैले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार त्यागेको छु र मैले कति कष्ट भोगेको छु। परमेश्‍वर मप्रति अनुग्रही हुनुपर्छ, ताकि मलाई आफ्नो घरको याद नआओस् र मसँग त्याग गर्ने सङ्कल्प होस्। उहाँले मलाई बल दिनुपर्छ, तब म नकारात्मक र कमजोर हुनेछैन। अरू मानिसहरू एकदमै सबल छन्, परमेश्‍वरले मलाई पनि सबल बनाउनुपर्छ।” मानिसहरूले बोल्ने यी शब्दहरू पूर्णतः समझहीन र आस्थाहीन छन्। यी सब मानिसहरूको अत्यधिक माग पूरा नगरिएकाले बोलिएका हुन्, जसले गर्दा तिनीहरू परमेश्‍वरसँग असन्तुष्ट भएका छन्। यी सबै कुरा तिनीहरूको हृदयबाट प्रकट हुन्छन्, र तिनले पूर्णतः मानिसहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छन्। यी कुराहरू मानिसभित्र हुन्छन्, र यी तिनलाई फालिएन भने, तिनले मानिसहरूलाई कुनै पनि समय वा ठाउँमा परमेश्‍वरबारे गुनासो गर्न र परमेश्‍वरलाई गलत बुझ्न लगाउन सक्छन्। मानिसहरूले परमेश्‍वरको निन्दा गर्ने सम्भावना हुनेछ, र तिनीहरूले कुनै पनि क्षण र ठाउँमा साँचो मार्गलाई छोड्न सक्छन्। यो एकदमै स्वाभाविक हो। के अब तिमीहरू यो कुरा प्रस्ट देख्छौ? मानिसहरूले आफ्नो प्रकृतिले प्रकाश गर्ने कुराहरूलाई चिन्नैपर्छ। यो एकदमै गम्भीर मामला हो जसलाई सावधानीपूर्वक सम्हाल्नुपर्छ, किनकि यसले मानिसहरू आफ्नो गवाहीमा दृढ रहन सक्छन् कि सक्दैनन् अनि तिनीहरूले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरालाई समेट्छ। अलिकति सत्यता बुझ्ने मानिसहरूको कुरा गर्दा, यदि तिनीहरूले आफूले यी कुराहरू प्रकाश गरिरहेको महसुस गर्छन्, र यो समस्या पत्ता लगाउँदा, यदि यसलाई जाँच्न र खोतलेर निकाल्न सक्छन् भने, त्यो समस्या समाधान गर्न सक्नेछन्। यदि तिनीहरूले आफूले यी कुराहरू प्रकाश गरिरहेको महसुस गर्दैनन् भने, कुनै हालतमा यो समस्या समाधान गर्न सक्दैनन्, अनि परमेश्‍वरको खुलासा वा तथ्यहरूको प्रकाशलाई पर्खेर बस्न मात्रै सक्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूले आत्म-जाँचलाई महत्त्व दिँदैनन्। तिनीहरू सधैँ यो महत्त्वहीन कुरा हो भन्‍ने ठान्छन् र यस्तो सोच्दै आफूमा लिप्त हुनेछन्, “सबै जना यस्तै छन्—अलिअलि गुनासो गर्नु ठूलो कुरा होइन। परमेश्‍वरले यसलाई क्षमा गर्नुहुनेछ र याद राख्नुहुनेछैन।” मानिसहरू कसरी आत्मचिन्तन गर्ने वा समस्या समाधान गर्नहेतु सत्यता कसरी खोज्ने भनी जान्दैनन्, तिनीहरू यी कुनै पनि कुरा अभ्यास गर्न सक्दैनन्। तिनीहरू सबै अलमल्लमा हुन्छन्, खास गरी अल्छी हुन्छन्, साथै परनिर्भर र कल्पनामा डुब्ने हुन्छन्। तिनीहरू यस्तो तृष्णा गर्छन्: “एक दिन परमेश्‍वरले हामीमा आमूल परिवर्तन ल्याउनुहुनेछ, त्यसपछि हामी यस्तो अल्छी पटक्कै हुनेछैनौँ, हामी पूर्णतः पवित्र हुनेछौँ, र परमेश्‍वरको शक्तिलाई आदर गर्नेछौँ।” यो काल्पनिक कुरा हो, र यो साँच्चै अवास्तविक हो। यदि कुनै व्यक्तिले यति धेरै प्रवचन सुनिसकेपछि यस्ता धारणा र कल्पनाहरू व्यक्त गर्न सक्छ भने, ऊसँग परमेश्‍वरको कामबारे ज्ञान छैन, र उसले आजको दिनसम्म, परमेश्‍वर मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ भनेर स्पष्टसँग देखेकै छैन। यस्ता मानिसहरू अत्यन्तै अज्ञानी हुन्छन्। किन परमेश्‍वरको घरले सधैँ आफूलाई र परमेश्‍वरको स्वभावलाई चिन्‍नेबारे सङ्गति गर्छ? यो हरेक व्यक्तिका लागि अति महत्त्वपूर्ण छ। यदि तँ परमेश्‍वर मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ भनेर साँच्चै देख्न सक्छस् भने, तैँले आफूलाई चिन्‍नमा ध्यान केन्द्रित गर्नुपर्छ, र तँ नियमित रूपमा आत्मचिन्तनमा संलग्न हुनुपर्छ—अनि मात्र तैँले वास्तविक जीवन प्रवेश हासिल गर्नेछस्। जब तँ आफूले भ्रष्टता प्रकट गरिरहेको महसुस गर्छस्, तब के सत्यता खोज्न सक्नेछस्? के तँ परमेश्‍वरलाई प्रार्थना गर्न र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्नेछस्? यो नै सत्यता अभ्यासको पूर्वसर्त हो, र यो महत्त्वपूर्ण चरण हो। यदि तँ आफूलाई आइपर्ने र आफूले गर्ने हरेक कुरामा सत्यताअनुरूप कसरी अभ्यास गर्ने भन्‍नेबारे जानकार हुन सक्छस् भने, तँलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछ र तँसँग जीवन प्रवेश हुनेछ। यदि तँ आफूलाई चिन्‍न सक्दैनस् भने, तेरो जीवन प्रगति कसरी हुन सक्छ? तँ जति नै नकारात्मक र कमजोर भए पनि, यदि आत्मचिन्तन गर्दैनस् र आफूलाई चिन्दैनस्, वा परमेश्‍वरलाई प्रार्थना गर्दैनस् भने, यसले तँ सत्यतालाई प्रेम गर्दैनस्, तँ सत्यता पछ्याउने व्यक्ति होइनस् र तैँले कहिल्यै सत्यता प्राप्त गर्न सक्नेछैनस् भनेर मात्र प्रमाणित गर्छ।

पहिले, कतिपय मानिस यस्तो सोच्थे: “हामी ठूलो रातो अजिङ्गरको चाँडै पतन होस् भन्‍ने तृष्णा गर्छौँ र परमेश्‍वरको दिन चाँडै आउनेछ भन्‍ने आशा गर्छौँ। के यी जायज मागहरू होइनन्? के परमेश्‍वरको दिनको शीघ्र आगमनको तृष्णा गर्नु र परमेश्‍वरको महिमा सकेसम्म चाँडो होस् भनेर चाहना गर्नु एउटै होइन र?” तिनीहरू यो कुरा व्यक्त गर्न सुटुक्क केही कर्णप्रिय तरिकाहरू खोज्छन्, तर वास्तवमा, तिनीहरू यी कुराबाट आफ्नै फाइदा हुने मात्र आशा गरिरहेका हुन्छन्। यदि तिनीहरूले यी आफ्नै खातिर नगरिरहेका भए, केका लागि तृष्णा गर्नेथे? मानिसहरू यो दयनीय वातावरण र पीडादायी संसारबाट तुरुन्तै उम्किन पाइयोस् भन्‍ने मात्र तृष्णा गर्छन्। खास गरी, केही मानिसले पहिले परमेश्‍वरका ज्येष्ठ पुत्रहरूलाई गरिएका प्रतिज्ञाहरू देख्छन् अनि यसको तीव्र तृष्णा गर्छन्। तिनीहरूलाई ती वचनहरू पढ्दा, मृगतृष्णाले प्यास मेटाएझैँ हुन्छ। मानिसभित्रका स्वार्थी इच्छाहरू पूर्ण रूपमा त्यागिएका छैनन्, त्यसैले तैँले जति नै सत्यता पछ्याए पनि, त्यो सदा आधा मनको मात्र हुनेछ। सत्यता नपछ्याउने धेरै मानिस सधैँ परमेश्‍वरको दिन आएको तृष्णा गर्छन् ताकि तिनीहरूले आफ्नो कष्टबाट राहत र स्वर्गको राज्यका आशिषहरू पाउन सकून्। त्यो नआउँदा, तिनीहरू पीडाले छटपटिन्छन्, र केही मानिस त यसरी चिच्याउँछन्: “परमेश्‍वरको दिन कहिले आउनेछ? मैले अझै पनि विवाह गरेको छैनँ, म अब कुरिरहन सक्दिनँ! मैले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुपर्छ, म अब सहन सक्दिनँ। मैले बालबच्चा पनि पाउनुपर्छ ताकि तिनीहरूले मलाई बुढेसकालमा हेरचाह गर्न सकून्! परमेश्‍वरको दिन चाँडो आउनुपर्छ! त्यसका लागि सबै जना सँगै प्रार्थना गरौँ!” सत्यता पछ्याउने ती मानिसहरू, कुनै गुनासो नगरी आजसम्म कसरी पछ्याइरहन सक्छन्? के तिनीहरूले परमेश्‍वरको वचनको डोऱ्याइ र साथ पाएका छैनन् र? मानिसहरूमा अति धेरै अशुद्धता हुन्छन्, के तिनीहरूले शोधन नस्विकारे काम चल्छ? कष्ट नभोगी तिनीहरू कसरी परिवर्तित हुन सक्छन्? मानिसहरूलाई निश्चित हदसम्म शोधन गरिनैपर्छ, र तिनीहरू थप कुनै गुनासो नगरी परमेश्‍वरलाई आफूहरूलाई योजनाबद्ध गर्न दिन इच्छुक हुनैपर्छ—तब तिनीहरू पूर्ण रूपमा परिवर्तित हुनेछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्