आफूलाई चिन्‍नेसम्बन्धी वचनहरू (अंश ४४)

यदि मानिसहरूले आफूलाई बुझ्नु छ भने, आफ्ना भ्रष्ट स्वभाव बुझ्नैपर्छ र तिनीहरूसँग आफ्नो वास्तविक स्थितिको बोध हुनैपर्छ। आफ्नै अवस्थालाई बुझ्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आफ्नै सोच र विचारहरूलाई बुझ्नु हो। प्रत्येक समय अवधिमा, मानिसहरूका सोच र विचारहरू एउटा मुख्य कुराद्वारा नियन्त्रित हुँदै आएको छ। यदि तैँले आफ्ना सोच र विचारहरूलाई बोध गर्न सक्छस् भने, तैँले तिनका पछाडि रहेका कुराहरूलाई पनि बुझ्न सक्छस्। मानिसहरूले आफ्ना सोच र विचारहरूलाई नियन्त्रण गर्न सक्दैनन्। यद्यपि ती भावनाहरू र विचारहरू कहाँबाट आउँछन्, ती पछाडि रहेका अभिप्रायहरू के-के हुन्, ती सोच र विचारहरू कसरी उत्पन्‍न हुन्छन्, तिनलाई कुन कुराले नियन्त्रण गर्छ र तिनका प्रकृति के हो सो तिनीहरूले जान्‍नु पर्छ। व्यक्तिको स्वभाव परिवर्तन भएपछि, त्यो परिवर्तित अंशले पैदा गरेका र ऊ लागिपर्ने सोच, विचार, दृष्टिकोण र उद्देश्यहरू पहिलेका भन्दा एकदमै फरक हुनेछन्—मूलतः ऊ सत्यतानिकट पुग्‍नेछ र सत्यताअनुरूप हुनेछ। मानिसहरूमा परिवर्तित नभएका कुराहरू, अर्थात् तिनीहरूका पुराना सोच, विचार, दृष्टिकोण, साथै तिनीहरूले मन पराउने र पछ्याउने कुराहरू, सबै अति बिटुलो, फोहोरी र कुरूप हुन्छन्। व्यक्तिले सत्यता बुझेपछि यी कुराहरू खुट्टयाउन र प्रस्ट देख्न सक्छ; त्यसैले, ऊ यी कुरा त्याग्न र तीविरुद्ध विद्रोह गर्न सक्छ। यस्ता मानिसहरू निश्चय नै कुनै न कुनै तरिकामा परिवर्तन भएका हुन्छन्। तिनीहरू सत्यता स्विकार्न, अभ्यास गर्न र केही सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सक्छन्। सत्यता नबुझ्ने मानिसहरूले यी भ्रष्ट वा नकारात्मक कुरालाई स्पष्ट रूपमा देख्न सक्दैनन्, न त खुट्ट्याउन नै सक्छन्; तसर्थ, तिनीहरू ती कुरा त्याग्न सक्दैनन्, झन् तीविरुद्ध विद्रोह गर्नु त परै जाओस्। यो भिन्‍नताको कारण के हो? किन तिनीहरू सबै विश्‍वासीहरू भएर पनि केहीले नकारात्मक र अशुद्ध कुराहरू खुट्ट्याउन र त्याग्न सक्छन्, जबकि अरूले ती कुरा प्रस्ट देख्दैनन्, नत आफूलाई तीबाट मुक्त गर्न नै सक्छन्? यो कुरा व्यक्तिले सत्यतालाई प्रेम गर्ने र पछ्याउने गर्छ कि गर्दैन भन्‍ने कुरासँग सिधै सम्बन्धित छ। जब सत्यता पछ्याउनेहरूले केही समयसम्म परमेश्‍वरको वचन खाने र पिउने गर्छन्, अनि केही समयसम्म प्रवचन सुन्छन्, तब सत्यता बुझ्न र निश्चित कुराहरू प्रस्ट देख्न सक्छन्; तिनीहरूले आफ्नो जीवनमा प्रगति गरेका हुन्छन्। यसको विपरीत, सत्यतालाई प्रेम नगर्नेहरू उही रूपमा भेलामा जाने, परमेश्‍वरको वचन पढ्ने र प्रवचन सुन्‍ने भए पनि, सत्यता बुझ्न सक्दैनन् र जति नै वर्ष विश्‍वास गरेको भए पनि, तिनीहरूसँग जीवन प्रवेश हुँदैन। यी मानिसहरू सत्यता नपछ्याएको कारण असफल भए। सत्यता नपछ्याउनेहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका भए पनि सत्यता बुझ्न सक्दैनन्। तिनीहरू आफूमा कुनै परिस्थिति आइपर्दा, त्यो प्रस्ट देख्दैनन्, तिनीहरू झन्डै-झन्डै धर्मको व्यक्तिजस्तै देखिन्छन्। तिनीहरूले वर्षौँ विश्‍वास गरेर केही हासिल गरेका हुँदैनन्। तिमीहरू अहिले कति सत्यता बुझ्छौ? तिमीहरू कुन कुराहरू प्रस्ट देख्न सक्छौ? के तिमीहरू नकारात्मक कुरा र मानिसहरूलाई खुट्ट्याउन सक्छौ? तँ परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, वा आफूले वास्तवमा कसलाई विश्‍वास गर्छु भन्‍ने कुरामा तँ स्पष्ट छैनस्। आफ्नो दैनिक जीवनमा तँसँग हुने विचार र अभिप्रायहरूलाई स्पष्ट रूपमा नै खुट्ट्याउन सक्दैनस्, तँलाई आफूले परमेश्‍वरको विश्‍वासीको रूपमा कुन मार्ग पछ्याउनुपर्छ भन्‍ने राम्ररी थाहा छैन, अनि तँ आफूले कामकुरा गर्दा वा आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी सत्यता अभ्यास गर्नुपर्छ भनेर स्पष्ट छैनस्। यिनीहरू कुनै जीवन प्रवेश नभएका मानिस हुन्। तैँले साँच्चै सत्यता बुझेर अनि सत्यता कसरी अभ्यास गर्ने भनी जानेर मात्र विभिन्‍न किसिमका मानिसहरूलाई खुट्ट्याउन, विभिन्‍न परिस्थितिहरूलाई स्पष्ट रूपमा देख्न, सत्यता अनुरूप कामकुरा गर्न, परमेश्‍वरका मागहरू पूरा गर्न, र बढ्दो रूपमा परमेश्‍वरका अभिप्राय नजिक पुग्न सक्छस्। यस्तो तरिकाले पछ्याएर मात्र तैँले परिणामहरू पाउनेछस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्