परमेश्वरको काम र स्वभाव चिन्नेसम्बन्धी वचनहरू (अंश २७)
“परमेश्वरविरुद्ध गरिने निन्दा र मानहानि यस्तो पाप हो जुन यस जीवनमा वा आउँदो संसारमा पनि क्षमा हुनेछैन, अनि जसले यो पाप गर्छ, तिनीहरूको कहिल्यै पुनर्जन्म हुनेछैन।” यसको अर्थ, मानिसले चिढ्याएको परमेश्वरको स्वभावले सहँदैन। परमेश्वरविरुद्धको निन्दा र मानहानिलाई यस जीवनमा वा आउँदो संसारमा पनि माफ गरिनेछैन भन्ने कुरा निश्चित छ। परमेश्वरविरुद्ध गरिने निन्दाले परमेश्वरको स्वभावलाई चिढ्याउँछ, चाहे त्यो जानीजानी गरिएको होस् वा अनजानमा, अनि जुनसुकै कारणले परमेश्वरविरुद्ध निन्दनीय शब्दहरू बोले पनि, त्यो निश्चय नै दण्डनीय हुनेछ। तर केही मानिस आफूले यो कुरा नबुझ्ने, वा आफू अरूको बहकाउ, नियन्त्रण र दमनमा परेको परिस्थितिमा निन्दनीय र निन्दात्मक कुरा बोल्छन्। उनीहरू ती शब्द बोलेपछि असहज, आफूलाई दोष लगाइएको महसुस गर्छन्, र एकदमै पछुताउँछन्। यसपछि, उनीहरू यसबारे ज्ञान लिँदै र यसमा परिवर्तन गर्दै पर्याप्त असल कार्यहरू तयार पार्छन्, तसर्थ परमेश्वर उनीहरूको विगतका अपराधहरू सम्झनुहुन्न। तिमीहरूले परमेश्वरका वचन ठ्याक्कै जान्नैपर्छ र तिनलाई मनपरी आफ्नो धारणा र कल्पनाअनुसार पटक्कै लागू गर्नु हुँदैन। तिमीहरूले उहाँका वचन कोप्रति लक्षित छन् अनि उहाँ कुन सन्दर्भमा बोलिरहनुभएको छ भनेर बुझ्नैपर्छ। तिमीहरूले परमेश्वरका वचनलाई मनपरी लागू गर्ने वा त्यतिकै व्याख्या गर्ने पटक्कै गर्नु हुँदैन। अनुभव गर्न नजान्ने मानिसहरूले कुनै पनि कुराबारे आत्मचिन्तन गर्दैनन्, र आफूलाई परमेश्वरको वचनसँग दाँजेर हेर्दैनन्, जबकि केही अनुभव र अन्तर्दृष्टि पाएकाहरू अति संवेदनशील हुने झुकावका हुन्छन्, परमेश्वरको सराप वा उहाँले मानिसलाई घृणा गर्नुभएको र हटाउनुभएकोबारे पढ्दा मनपरी आफूलाई उहाँका वचनसँग दाँजेर हेर्छन्। यी मानिसहरू परमेश्वरको वचन बुझ्दैनन् र सधैँ उहाँलाई गलत बुझ्छन्। कतिपय मानिसले परमेश्वरको हालैका वचनहरू पढेनन् वा उहाँको हालैको कामबारे अनुसन्धान गरेनन्, झन् पवित्र आत्माको अन्तर्दृष्टि पाउन त परै जाओस्। तिनीहरूले परमेश्वरको आलोचना गर्दै बोले, अनि कसैले तिनीहरूलाई सुसमाचार सुनाए, जुन तिनीहरूले स्विकारे। यसपछि, तिनीहरू आफूले गरेका कुरामा पछुताउँछन् र पश्चात्ताप गर्न इच्छुक हुन्छन्, र यस्तो बेला हामी तिनीहरूको व्यवहार र प्रकटीकरण अबउप्रान्त कस्तो हुन्छ भनी हेर्नेछौँ। यदि विश्वास गर्न थालेपछि तिनीहरूको व्यवहार अत्यन्तै खराब हुन्छ, र तिनीहरू “खै, मैले त परमेश्वरप्रति निन्दात्मक, मानहानि हुने र आलोचनात्मक शब्द बोलिसकेँ, र यदि परमेश्वर यस्ता खाले मानिसलाई दोषी ठहराउनुहुन्छ भने त मेरा पछ्याइहरू बेकार हुन्छन्,” भनी सोच्दै घाउमा नुनचुक छर्कन्छन् भने, तिनीहरू पूर्ण रूपमा बरबाद हुन्छन्। तिनीहरूले आफूलाई निराशामा डुबाइसकेका र आफ्नो चिहान आफै खनिसकेका हुन्छन्।
धेरैजसो मानिसले कुनै न कुनै तरिकाले अपराध गरेका र आफूलाई कलङ्कित पारेका छन्। उदाहरणका लागि, कतिपय मानिसले परमेश्वरको प्रतिरोध गरेका र निन्दात्मक कुरा बोलेका छन्; केही मानिसले परमेश्वरको आज्ञा इन्कार गरेका र आफ्नो कर्तव्य निर्वाह गरेका छैनन् अनि परमेश्वरद्वारा तिरस्कृत भएका छन्; कोही मानिसले प्रलोभन आउँदा परमेश्वरलाई धोका दिएका छन्; कोहीले पक्राउ पर्दा “तीन पत्र” मा हस्ताक्षर गरेर परमेश्वरलाई धोका दिएका छन्; कतिपयले भेटी चोरेका छन्; कोहीले भेटीहरू फजुल खर्च गरेका छन्; कोहीले मण्डली जीवनमा बारम्बार बाधा पुऱ्याएका र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गरेका छन्; कोहीले गुटबन्दी र अरूलाई रुखो व्यवहार गरेर मण्डलीलाई अस्तव्यस्त पारेका छन्; कतिपयले बारम्बार धारणा र मृत्यु फैलाएर दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याएका छन्; र कतिपय चाहिँ व्यभिचार र स्वच्छन्द यौन सम्बन्धमा संलग्न भएर अत्यन्तै खराब प्रभाव पारेका छन्। सबैको आ-आफ्नो अपराध र कलङ्क हुन्छ भन्ने कुरा स्पष्ट छ। तैपनि कतिपय मानिस सत्यता स्विकार्न र पश्चात्ताप गर्न सक्छन्, अरूले भने सक्दैनन् र तिनीहरू पश्चात्ताप गर्नअघि नै मर्छन्। त्यसैले मानिसहरूलाई तिनीहरूको प्रकृति सार र एकनासको व्यवहारअनुसार व्यवहार गरिनुपर्छ। पश्चात्ताप गर्न सक्नेहरू परमेश्वरमा साँचो विश्वास गर्नेहरू हुन्; तर वास्तवमै पश्चात्ताप नगर्नेहरू, हटाइनुपर्ने र निष्कासित गरिनुपर्नेहरूलाई हटाइनेछ र निष्कासित गरिनेछ। कतिपय मानिस दुष्ट हुन्छन्, कोही अज्ञानी, कोही मूर्ख र कोही पशु हुन्छन्। सबै जना फरक-फरक हुन्छन्। कतिपय दुष्ट मानिस दुष्ट आत्माको अधीनमा हुन्छन्, अनि अरू भने शैतान र दियाबलसको पुच्छरे हुन्छन्। कोही स्वभावले नै दुष्ट हुन्छन् भने कतिपय अति छली हुन्छन्, कोही विशेष गरी पैसाको लोभी हुन्छन्, र अरूचाहिँ स्वच्छन्द यौन सम्बन्ध राखिहिँड्न मन पराउँछन्। हरेकको व्यवहार फरक-फरक हुन्छ, त्यसैले हरेकलाई उसको स्वभाव र एकनासको व्यवहारअनुरूप विस्तृत रूपमा हेर्नुपर्छ। मानिसको नश्वर देहको नैसर्गिक क्षमताअनुसार, हरेक व्यक्तिसँग स्वतन्त्र इच्छा हुन्छ, चाहे ऊ जोसुकै होस्। उसले मानिसको धारणाअनुसार कामकुराबारे सोच्न सक्छ, र ऊसँग आत्मिक क्षेत्रमा सिधै प्रवेश गर्ने क्षमता वा यसको सत्यता बुझ्ने कुनै तरिका हुँदैन। उदाहरणका लागि, जब तँ साँचो परमेश्वरमा विश्वास गर्छस् र उहाँको नयाँ कामको यस चरणलाई स्विकार्न चाहन्छस् तैपनि तँलाई सुसमाचार सुनाउन कोही आएको छैन र तँलाई पवित्र आत्माको कामले मात्र अन्तर्दृष्टि दिइरहेको र कहीँ डोऱ्याइरहेको छ भने, तँलाई एकदमै सीमित कुरा मात्र थाहा छ। परमेश्वरले अहिले के गरिरहनुभएको छ र भविष्यमा के पूरा गर्नुहुनेछ भनेर तैँले जान्न सक्दैनस्। मानिसहरूले परमेश्वरलाई बुझ्न सक्दैनन्; तिनीहरूमा यसो गर्ने क्षमता हुँदैन, न त आत्मिक क्षेत्रलाई सिधै बुझ्ने वा परमेश्वरको काम विस्तृत रूपमा बुझ्ने क्षमता हुन्छ, झन् स्वर्गदूतले जस्तो उहाँलाई अत्यन्तै इच्छुक भएर सेवा गर्नु त परै जाओस्। परमेश्वरले पहिले मानिसहरूलाई आफ्नो वचनद्वारा विजय नगरे, मुक्ति नदिए, नसुधारेसम्म वा आफूले व्यक्त गर्ने सत्यताद्वारा मलजल र भरणपोषण नगरेसम्म तिनीहरूले नयाँ काम स्विकार्न, सत्यता र जीवन पाउन वा परमेश्वरलाई चिन्न सक्दैनन्। यदि परमेश्वरले यो काम गर्नुभएन भने तिनीहरूमा यी कुरा हुँदैनन्; यो तिनीहरूको नैसर्गिक क्षमताद्वारा निर्धारित छ। तसर्थ कतिपय मानिस प्रतिरोध वा विरोध गर्छन्, परमेश्वरको क्रोध र घृणा आफूमाथि निम्त्याउँछन्, तर परमेश्वर हरेक मामिलालाई फरक-फरक तरिकाले सम्हाल्नुहुन्छ र हरेकलाई मानिसको नैसर्गिक क्षमताअनुरूप छुट्टाछुट्टै निराकरण गर्नुहुन्छ। परमेश्वरले गर्ने कुनै पनि काम उचित हुन्छ। उहाँलाई के गर्ने र कसरी गर्ने त्यो थाहा हुन्छ, र उहाँले मानिसहरूलाई तिनीहरूले नैसर्गिक रूपमा गर्न नसक्ने कुनै पनि कुरा निश्चय नै गराउनुहुनेछैन। परमेश्वर हरेक व्यक्तिलाई उसको त्यस बेलाको परिस्थिति र पृष्ठभूमिको वास्तविक अवस्था, साथै त्यस व्यक्तिको कार्य, व्यवहार र प्रकृति सारको आधारमा व्यवहार गर्नुहुन्छ। परमेश्वरले कहिल्यै कसैलाई पनि गलत गर्नुहुनेछैन। यो परमेश्वरको धार्मिकताको एउटा पाटो हो। उदाहरणका लागि, सर्पले हव्वालाई असल र खराबको ज्ञान दिने रुखको फल खान बहकायो, तर यहोवाले उसलाई, “मैँले तँलाई नखानू भनेको थिएँ, तर किन खाइस्? तैँले विवेक चलाउनुपर्थ्यो; सर्पले तँलाई बहकाउन मात्र बोलेको भनेर तैँले बुझ्नुपर्थ्यो” भनी हप्काउनुभएन। यहोवाले हव्वालाई त्यसरी गाली गर्नुभएन। मानव परमेश्वरको सृष्टि भएकाले, उहाँलाई तिनीहरूको नैसर्गिक क्षमता के हो र त्यो क्षमताले के गर्न सक्छ, मानिसले आफूलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छ, र मानिसहरू कुन हदसम्म जान सक्छन् भन्ने थाहा छ। परमेश्वरलाई यो सबै निकै स्पष्ट रूपमा थाहा छ। परमेश्वरले व्यक्तिलाई गर्ने व्यवहार मानिसले सोचेझैँ सरल हुँदैन। उहाँले कुनै व्यक्तिप्रति घृणा वा जुगुप्सा गर्ने मनोवृत्ति राख्नुहुँदा, वा यस व्यक्तिले विद्यमान सन्दर्भमा के भन्छ भन्ने कुरामा, उहाँ उसको स्थितिलाई राम्ररी बुझ्नुहुन्छ। किनभने परमेश्वर मानिसको हृदय र सार जाँच्नुहुन्छ। मानिसहरूले सधैँ सोचिरहेका हुन्छन्, “परमेश्वरसँग आफ्नो ईश्वरत्व मात्र छ। उहाँ धर्मी हुनुहुन्छ र आफूलाई मानिसले चिढ्याउँदा सहनुहुन्न। उहाँ मानिसको कठिनाइको मतलब गर्नुहुन्न वा आफूलाई मानिसको ठाउँमा राखेर हेर्नुहुन्न। यदि कुनै व्यक्तिले परमेश्वरको प्रतिरोध गर्छ भने उहाँले त्यसलाई सजाय दिनुहुनेछ।” त्यस्तो हुँदै होइन। यदि कसैले उहाँको धार्मिकता, उहाँको काम र मानिसप्रति उहाँको व्यवहारलाई त्यसरी बुझ्छ भने ऊ सरासर गलत हो। परमेश्वर हरेक व्यक्तिको परिणाम मानिसको धारणा र कल्पनामा नभई उहाँको धर्मी स्वभावको आधारमा निर्धारण गर्नुहुन्छ। उहाँले हरेक व्यक्तिलाई उसका कार्यअनुसार प्रतिफल दिनुहुनेछ। परमेश्वर धर्मी हुनुहुन्छ, र ढिलो-चाँडो उहाँले सबै मानिस पूर्ण विश्वस्त बनेको सुनिश्चित गर्नुहुनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।