परमेश्‍वरको काम र स्वभाव चिन्‍नेसम्बन्धी वचनहरू (अंश २५)

कामको यो चरण सुरु भएको धेरै वर्षपछि, एउटा मान्छे थियो, जसले परमेश्‍वरमा विश्‍वास गर्थ्यो तर सत्यता पछ्याउँदैनथ्यो; ऊ पैसा कमाउन र जीवनसाथी खोज्न मात्र चाहन्थ्यो, सम्पन्‍न जीवन जिउन चाहन्थ्यो, त्यसैले उसले मण्डली छोड्यो। केही वर्ष भौँतारिएपछि, उ अचानक फर्कियो। उसलाई आफ्नो हृदयमा धेरै पछुतो लाग्यो, र ऊ निकै रोयो। यसले उसको हृदयले परमेश्‍वरलाई पूरै छोडेको थिएन भन्‍ने पुष्टि गर्‍यो, जुन राम्रो कुरा हो; ऊसँग मुक्ति पाउने मौका र आशा अझै पनि थियो। यदि उसले विश्‍वास गर्न छोडेको भए र ऊ गैरविश्‍वासीहरूजस्तै भएको भए, ऊ पूर्ण रूपमा सकिनेथ्यो। यदि उसले साँच्चै पश्चात्ताप गर्न सक्छ भने, उसको निम्ति अझै आशा बाँकी छ; यो दुर्लभ र बहुमूल्‍य कुरा हो। परमेश्‍वरले जसरी काम गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जसरी व्यवहार गर्नुभए पनि, उहाँले तिनीहरूलाई घृणा गर्नुभए पनि, तिरस्कार गर्नुभए पनि, वा सराप्नुभए पनि, यदि तिनीहरू फनक्कै फर्कन सक्ने दिन आयो भने, मलाई अत्यन्तै ठूलो सान्त्वना मिल्नेछ, किनभने यसको अर्थ तिनीहरूको हृदयमा अझै पनि परमेश्‍वरको निम्ति थोरै ठाउँ छ, तिनीहरूले पूर्ण रूपमा आफ्‍नो मानव तर्क वा मानवतालाई गुमाएका छैनन्, तिनीहरूले अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छन्, र तिनीहरूसँग उहाँलाई स्वीकार गरेर उहाँकहाँ फर्कने कम्तीमा पनि अलिकति अभिप्राय छ त भन्‍ने हुन्छ। आफ्नो हृदयमा साँचो रूपमा परमेश्‍वरलाई राखेका मानिसहरूको हकमा, तिनीहरूले परमेश्‍वरको घरलाई जहिलेसुकै छोडेर गएको भए पनि, यदि तिनीहरू फर्केर आए भने, र तिनीहरूले यो परिवारलाई अझै प्रिय ठान्छन् भने, म केही हदसम्‍म भावुकतामा गाँसिनेछु र यसबाट केही सान्त्वना लिनेछु। तैपनि, यदि तिनीहरू कहिल्यै पनि फर्केर आएनन् भने, म यसलाई दयनीय ठान्‍नेछु। यदि तिनीहरू फर्केर साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भने, मेरो हृदय विशेष रूपमा सन्तुष्टि र सान्त्वनाले भरिनेछ। यो मान्छे अझै पनि फर्केर आउन सक्षम हुनुले, उसले परमेश्‍वरलाई बिर्सेको थिएन भन्ने अर्थ दिन्छ; उसले हृदयमा अझै पनि परमेश्‍वरको तृष्णा गरेकोले ऊ फर्केर आयो। हामी भेट्दाको क्षण निकै मार्मिक थियो। जब ऊ छोडेर गएको थियो, ऊ अवश्य नै निकै नकारात्मक भइरहेको थियो, र ऊ खराब स्थितिमा थियो; तैपनि, यदि ऊ अहिले फर्केर आउन सक्छ भने, यसले ऊसँग अझै पनि परमेश्‍वरप्रतिको विश्‍वास छ भन्‍ने प्रमाणित गर्छ। तर, ऊ निरन्तर अघि बढ्न सक्छ कि सक्दैन भन्‍ने कुरा अज्ञात हुन्छ, किनभने मानिसहरू अत्यन्तै छिटो परिवर्तन हुन्छन्। अनुग्रहको युगमा, येशूले मानिसहरूलाई कृपा र अनुग्रह गर्नुभयो। यदि एक सयमा एउटा भेडा हरायो भने, उहाँले एउटालाई खोज्‍न उनान्सयलाई छोड्नुहुन्थ्यो। यो हरफले यान्त्रिक कार्यलाई प्रतिनिधित्व गर्दैन, न त नीतिहरूलाई नै प्रतिनिधित्व गर्छ; बरु, यसले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको आत्तुरी अभिप्राय, साथै तिनीहरूप्रतिको उहाँको गहन प्रेमलाई देखाउँछ। यो काम गर्ने तरिका होइन; यो त एक किसिमको स्वभाव, एक प्रकारको मानसिकता हो। तसर्थ, कतिपय मानिसहरू छ महिना वा एक वर्षको लागि मण्डली छोडेर जान्छन् वा जतिसुकै कमजोरी भए पनि वा जति धेरै गलत अवधारणाहरूबाट कष्ट भोगे पनि, पछि वास्तविकतामा बिउँझने, ज्ञान प्राप्त गर्ने र त्यस मार्गबाट फनक्क फर्किने, अनि सही मार्गमा फर्कने तिनीहरूको क्षमताले मलाई विशेष रूपमा सान्त्वना दिन्छ र मलाई थोरै भए पनि आनन्द दिन्छ। आनन्द र वैभवको यो संसारमा, र यो दुष्ट युगमा, परमेश्‍वरलाई स्वीकार गर्न, र सही मार्गमा फर्केर आउन सक्‍नु भनेको निकै आराम र उत्साह ल्याउने कुरा हो। उदाहरणको लागि, छोराछोरी हुर्काउने कामलाई लिऊँ: तिनीहरू आमाबाबुप्रति कर्तव्यनिष्ठ हुने वा नहुने भए पनि, यदि तिनीहरूले तँलाई स्वीकार गरेनन्, र कहिल्यै फर्केर नआउने गरी घर छोडेर गए भने, तँलाई कस्तो लाग्‍नेछ? भित्री रूपमा, तँलाई जहिल्यै पनि तिनीहरूको चिन्ता लागिरहनेछ, र तैँले सधैँ विचार गर्नेछस्, “मेरो छोरो कहिले फर्किनेछ? मलाई हेर्न मन लाग्यो। जे भए पनि, त्यो मेरो छोरा हो, र मैले त्यसलाई व्यर्थैमा हुर्काएको र प्रेम गरेको होइन।” तैँले सधैँ यस्तो विचार गरेको हुन्छस्; तैँले सधैँ त्यो दिन आओस् भनेर चाहेको हुन्छस्। यस विषयमा सबैले उस्तै अनुभूति गर्छ, परमेश्‍वरको बारेमा त के कुरा गर्ने र—बाटो बिराएपछि मान्छेले फेरि फर्किआउने बाटो भेट्टाउनेछ र बिग्रेको छोरो घर आउनेछ भन्‍ने उहाँको आशा अझै ठूलो छैन र? आजभोलिका मानिसहरू सानो कदका छन्, तर साँचो विश्‍वासप्रति तिनीहरूमा कुनै लगाव नभएको र तिनीहरू अविश्‍वासी भएकाले परमेश्‍वरको सरोकारभन्दा तल्लो स्तरमा रहेको अवस्था छ भने त बेग्‍लै कुरा हो, नत्र तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्‍ने दिन आउने नै छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्