परमेश्‍वरको काम र स्वभाव चिन्‍नेसम्बन्धी वचनहरू (अंश १९)

धेरैजसो मानिसहरूले परमेश्‍वरको कामलाई बुझ्दैनन्, त्यसकारण तिनीहरूको विश्‍वास अत्यन्तै कमजोर हुन्छ। परमेश्‍वरको काम सजिलो छैन भन्‍ने जानेर, सुरुमा व्यक्तिले परमेश्‍वरका सबै कामको एउटा योजना हुन्छ र यो सबै परमेश्‍वरको समयअनुसार गरिन्छ भन्‍ने जान्‍नुपर्छ। परमेश्‍वरले के काम र कहिले गर्नुहुन्छ भनी मानिसले कहिल्यै बुझ्न सक्दैन; परमेश्‍वरले एक निश्चित समयमा एक निश्चित काम गर्नुहुन्छ, र उहाँले ढिला गर्नुहुन्‍न; उहाँको कामलाई कसैले पनि नष्ट गर्न सक्दैन। उहाँको योजनाअनुसार र उहाँका अभिप्रायअनुसार काम गर्नु उहाँले काम गर्ने सिद्धान्त हो, र कुनै पनि व्यक्तिले यसलाई परिवर्तन गर्न सक्दैन। त्यसमा तैँले परमेश्‍वरको स्वभाव देख्नुपर्छ। परमेश्‍वरको कामले कसैलाई पर्खँदैन, र कुनै काम गर्नुपर्ने समयमा त्यो गर्नैपर्छ। तिमीहरू सबैले विगत केही वर्षमा परमेश्‍वरको काम अनुभव गरेका छौ। कसले उहाँलाई मानिसहरूको भरणपोषण गर्ने उहाँको तरिका नष्ट गर्न, उहाँले आफ्ना वचनहरू भन्‍नुपर्ने बेला ती भन्‍नबाट र काम गर्नुपर्ने बेला काम गर्नबाट रोक्न सक्छ? धेरैजसो मानिसले सुरुमा सुसमाचार सुनाउन सुरु गर्दा, मण्डलीका मानिसहरू र धार्मिक मानिसहरूलाई परमेश्‍वरको वचनका पुस्तकहरू बाँडे। यसको परिणाम के भयो? यीमध्ये अत्यन्तै थोरै मानिसले परमेश्‍वरका वचनहरू छानबिन गरे; तीमध्ये बढीजसो निन्दा गर्ने, आलोचना गर्ने, र पूर्ण विरोधी थिए। कतिपयले पुस्तकहरू जलाए, कतिपयले ती जफत गरे, कतिपयले सुसमाचार फैलाउनेहरूलाई कुटपिट गरे र तिनीहरूलाई आफ्नो गल्ती स्विकार्न बाध्य पारे, र कतिपयले त प्रहरी बोलाएर तिनीहरूलाई गिरफ्तार गर्न र सताउनसमेत लगाए। त्यो बेला, सबै धार्मिक सम्प्रदायले उन्माद भएर प्रतिरोध गरे, तर अन्ततः राज्यको सुसमाचार मुख्यभूमि चीनभरि फैलाइयो। परमेश्‍वरको इच्छा पूरा गर्नमा कसले अवरोध पुऱ्याउन सक्छ? कसले परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने कामलाई रोक्न सक्छ? परमेश्‍वरका भेडाहरू परमेश्‍वरको आवाज सुन्छन्, र परमेश्‍वरले प्राप्त गर्नुपर्ने मानिसहरू ढिलोचाँडो प्राप्त गरिनेछन्। यो कसैले नष्ट गर्न नसक्ने कुरा हो। यो त हितोपदेशमा भएको वाक्यजस्तै छ, “राजाको हृदय यहोवाको हातमा छ, पानीका नदीहरूजस्तै: उहाँले जता चाहनुहुन्छ यसलाई उतै फर्काउनुहुन्छ” (हितोपदेश २१:१)। यो कुरा ती महत्त्वहीन मानिसहरूको हकमा झनै लागु हुन्छ, होइन त? परमेश्‍वरसँग कहिले के काम गर्ने भनेर आफ्नै योजना र बन्दोबस्तहरू हुन्छन्। कतिपय मानिस परमेश्‍वरले यसो वा उसो गर्नु असम्भव छ भनेर सधैँ आलोचना गर्छन्, तर त्यस्ता विचारहरू मानिसका कल्पना मात्र हुन्। मानिसले जति नै क्षति पुऱ्याए पनि वा शैतानले जति नै समस्या ल्याए पनि, त्यो अर्थहीन हुनेछ, र तिनीहरूले परमेश्‍वरको काम रोक्न सक्नेछैनन्। पवित्र आत्माको कामले सबथोक निर्धारण गर्दछ, र मानिसहरू पवित्र आत्माको कामविना केही पनि पूरा गर्न सक्दैनन्। यस सम्बन्धमा मानिसहरूमा कस्तो समझ हुनुपर्छ? जब व्यक्तिले पवित्र आत्माले काम गरिरहनुभएको छैन भन्‍ने थाहा पाउँदछ, तब आफ्ना धारणाहरू त्याग्नुपर्छ र ऊ कुनै कुरा अन्धाधुन्ध नगर्न सचेत हुनुपर्छ। बुद्धिमानी निर्णय त परमेश्‍वरका अभिप्राय खोज्नु र उहाँको समय पर्खनु नै हुन्छ। कतिपय मानिस सधैँ आफ्नो मानव धारणा र कल्पनामा भरोसा राख्छन् र परमेश्‍वरलाई उछिन्छन्, अनि फलस्वरूप पवित्र आत्माले काम गर्नुहुन्‍न र तिनीहरूको प्रयत्न व्यर्थ हुन्छ। यद्यपि, मानिसले आफूले गर्नुपर्ने काम गर्नैपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नैपर्छ। तैँले कुनै गल्ती गर्ने डरले निष्क्रिय भई प्रतीक्षा गर्न मिल्दैन, र “परमेश्‍वरले अझै त्यो गर्नुभएको छैन, र परमेश्‍वर मैले के गरेको चाहनुहुन्छ भनेर अहिलेसम्म भन्‍नुभएको छैन, त्यसैले अहिले म केही गर्दिनँ” भन्नै हुँदैन। के यो तैँले आफ्नो कर्तव्य निर्वाह गर्न नसक्नु होइन र? तैँले त्यसबारे राम्ररी सोचविचार गर्नैपर्छ, किनकि यो सानोतिनो मामला होइन, र एउटा गलत सोचाइले तेरा सम्भावनाहरूमा क्षति पुऱ्याउन वा तँलाई बरबाद गर्न सक्छ।

परमेश्‍वर आफ्नो व्यवस्थापन योजनामा जे काम गर्नुहुन्छ त्यो समयतालिकाअनुसार, सही समयमा, एकदमै सटीक रूपमा गर्नुहुन्छ, अनि “यसो गरेर हुँदैन, त्यसो गरेर हुँदैन, यसले केही हुनेवाला छैन” भन्‍ने मानिसहरूको कल्पनाअनुसार कदापि गर्नुहुन्‍न! परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र परमेश्‍वरका लागि केही पनि कठिन हुँदैन। व्यवस्थाको युगदेखि अनुग्रहको युग हुँदै राज्यको युगसम्म, परमेश्‍वरको कामको हरेक चरण यो सबै अव्यावहारिक छ भन्ठान्‍ने मानिसका धारणाविपरीत गरिएको छ। यद्यपि, अन्त्यमा त्यो सबै पूरा हुन्छ, अनि शैतान पूर्णतया अपमानित र असफल हुन्छ, र मानिसहरू आफ्नो मुख छोप्छन्। मानिसहरू के नै गर्न सक्छन् र? तिनीहरू सत्यता अभ्यास गर्नसमेत सक्दैनन्, तर अझै पनि अहङ्कारी र अभिमानी हुन र जे पनि गर्न सक्छु भन्‍ने सोच्न सक्छन्, र तिनीहरूको हृदय अत्यधिक चाहनाहरूले भरिन्छ, र तिनीहरू साँचो गवाही बिलकुलै दिँदैनन्। “परमेश्‍वरको दिन चाँडै आउँदै छ, त्यसउप्रान्त हामीले कष्ट भोग्नुपर्नेछैन, हाम्रो जीवन राम्रो हुनेछ, र अन्त्य नजिकै छ” भनेर सोच्ने मानिसहरूसमेत हुन्छन्। सुन, त्यस्ता मानिसहरू गम्भीर हुँदैनन् र खेलाँची मात्र गर्छन्, र अन्त्यमा तिनीहरूले दण्ड मात्र पाउनेछन् र केही पनि हासिल गर्नेछैनन्! के परमेश्‍वरको दिन हेर्न र ठूलो विपत्तिबाट उम्कन परमेश्‍वरमा विश्‍वास गर्नाले सत्यता र जीवन प्राप्त गर्न मद्दत पुग्न सक्छ? विपत्तिबाट उम्कन र परमेश्‍वरको दिन हेर्नका लागि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति नष्ट हुनेछ। तर, सत्यता पछ्याउन र स्वभाव परिवर्तनद्वारा मुक्ति प्राप्त गर्न विश्‍वास गर्नेहरूचाहिँ बाँच्नेछन्। यिनीहरू परमेश्‍वरका साँचो विश्‍वासी हुन्। अलमलमा परेका ती विश्‍वासीहरूले अन्त्यमा केही पनि हासिल गर्नेछैनन्, व्यर्थमा काम मात्र गर्नेछन् र झन् बढी दण्ड पाउनेछन्। सबै मानिसमा अन्तर्ज्ञानको अत्यन्तै कमी हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने तर आफ्ना कार्यलाई वास्ता नगर्ने र सधैँ दुष्ट कुराहरू सोच्नेहरू दुष्कर्मी हुन्, तिनीहरू अविश्‍वासी हुन् र तिनले आफूलाई हानि गर्न मात्र सक्छन्। के विश्‍वासी र गैरविश्‍वासी दुवै परमेश्‍वरका हातमा हुँदैनन् र? परमेश्‍वरको हातबाट को उम्कन सक्छ? कोही पनि उम्कन सक्दैन! उम्कनेहरू अन्त्यमा परमेश्‍वरकहाँ फर्कनैपर्छ र दण्डित हुनैपर्छ। स्पष्टतः मानिसहरूले किन यो प्रस्ट रूपमा देख्न सक्दैनन्?

कतिपय मानिसले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरूमा परमेश्‍वरको सर्वशक्तिमानताबारे अलिकति पनि ज्ञान हुँदैन। तिनीहरू निम्न प्रश्नबारे अन्योल भइरहन्छन्: “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, उहाँसँग अख्तियार छ र उहाँ सबथोकमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ, तैपनि उहाँले किन शैतानको सृष्टि गर्नुभयो, त्यसलाई मानवजातिलाई ६,००० वर्षसम्म भ्रष्ट तुल्याउन र संसारलाई लथालिङ्ग स्थितिमा पुऱ्याउन दिनुभयो? परमेश्‍वर किन शैतानलाई नष्ट गर्नुहुन्‍न? शैतानलाई हटाइयो भने मानिसहरूको जीवन राम्रो हुनेथिएन र?” धेरैजसो मानिस यस्तै सोच्छन्। के अब तिमीहरू यो मामला व्याख्या गर्न सक्छौ? यसमा दर्शनसम्बन्धी सत्यता समावेश छ। यस प्रश्नबारे धेरैले विचार गरेका छन्, तर अब तिमीहरूसँग केही जग भएकाले तिमीहरू यस प्रश्नले गर्दा परमेश्‍वरलाई शङ्का गर्नेछैनौ। यद्यपि, यससम्बन्धी अन्योल हटाउनैपर्छ। कतिपय मानिस सोध्छन्, “किन परमेश्‍वरले प्रधान स्वर्गदूतलाई उहाँलाई विश्‍वासघात गर्न दिनुभयो? के प्रधान स्वर्गदूतले परमेश्‍वरलाई विश्‍वासघात गर्न सक्छ भन्‍ने कुरा उहाँलाई थाहा नभएको हुन सक्छ? के परमेश्‍वरले त्यसलाई नियन्त्रण गर्न सक्नुभएन, के उहाँले त्यसलाई अनुमति दिनुभयो, कि परमेश्‍वरसित केही उद्देश्य थियो?” मानिसहरूले यो प्रश्न उठाउनु सामान्य कुरा हो, र यस प्रश्नमा परमेश्‍वरको पूरै व्यवस्थापन योजना समावेश छ भनेर तिनीहरूलाई थाहा हुनुपर्छ। परमेश्‍वरले प्रधानदूतको बन्दोबस्त गर्नुभयो अनि त्यो प्रधान स्वर्गदूतले परमेश्‍वरलाई विश्‍वासघात गर्ने कुरा परमेश्‍वरले नै अनुमति दिनुभयो र बन्दोबस्त गर्नुभयो—यो निश्चय नै परमेश्‍वरको व्यवस्थापन योजनाको दायराभित्र पर्छ। प्रधान स्वर्गदूतले परमेश्‍वरलाई विश्‍वासघात गरेपछि उहाँले त्यसलाई उहाँले सृष्टि गरेको मानवजातिलाई भ्रष्ट तुल्याउन अनुमति दिनुभयो। परमेश्‍वरले शैतानलाई नियन्त्रण गर्न नसक्नुभएकाले गर्दा सर्पले मानवजातिलाई प्रलोभनमा पारेको र शैतानले भ्रष्ट तुल्याएको होइन, तर परमेश्‍वरले शैतानलाई यसो गर्ने अनुमति दिनुभएको हो। उहाँले यो कुरा हुन अनुमति दिनुभएपछि मात्र आफ्नो व्यवस्थापन योजना र मानवजातिलाई मुक्ति दिने आफ्नो काम सुरु गर्नुभयो। के मानिसले यसको रहस्य पत्ता लगाउन सक्छ? शैतानले मानवजातिलाई भ्रष्ट तुल्याइसकेपछि परमेश्‍वरले मानवजातिलाई व्यवस्थापन गर्ने आफ्नो काम थाल्नुभयो। पहिला, उहाँले इस्राएलमा व्यवस्थाको युगको काम गर्नुभयो। दुई हजार वर्ष बितिसकेपछि, उहाँले अनुग्रहको युगमा क्रूसीकरणको काम गर्नुभयो, र सबै मानवजातिलाई छुटकारा दिइयो। आखिरी दिनहरूको समयमा, उहाँले आखिरी दिनहरूका मानिसहरूको एक समूहलाई जित्न र मुक्ति दिन फेरि देहधारण गर्नुभयो। आखिरी दिनहरूमा जन्मिएकाहरू कस्ता खालका मानिस हुन्? तिनीहरू ती मानिसहरू हुन् जसले हजारौँ वर्ष शैतानको भ्रष्टता भोगेका छन्, जो यति गहन रूपमा भ्रष्ट तुल्याइएका छन् कि तिनीहरूमा मानव रूप नै बाँकी छैन। परमेश्‍वरको वचनको न्याय, सजाय, र खुलासा अनुभव गरेपछि, जितिएपछि, तिनीहरूले परमेश्‍वरका वचनहरूबाट सत्यता हासिल गर्छन् र परमेश्‍वरद्वारा साँचो रूपमा विश्‍वस्त पारिन्छन्; तिनीहरूले परमेश्‍वरबारे बुझाइ प्राप्त गर्छन्, र पूर्णतया परमेश्‍वरप्रति समर्पित हुन र उहाँका अभिप्राय पूरा गर्न सक्छन्। अन्त्यमा, परमेश्‍वरको व्यवस्थापन योजनामार्फत प्राप्त गरिएका यस समूहका मानिसहरू यस्तै मानिस हुनेछन्। तिमीहरूलाई शैतानद्वारा भ्रष्ट नतुल्याइएका मानिसहरूले परमेश्‍वरका अभिप्राय पूरा गर्नेछन् भन्‍ने लाग्छ कि शैतानद्वारा भ्रष्ट तुल्याइएर अन्त्यमा मुक्ति प्राप्त गर्नेहरूले? पूरै व्यवस्थापन योजना अवधिमा प्राप्त गरिने मानिसहरू नै परमेश्‍वरका अभिप्राय बुझ्न सक्ने, परमेश्‍वरबाट सत्यता हासिल गर्ने, र परमेश्‍वरले माग गर्ने प्रकारको जीवन र मानव रूप हुने समूह हो। परमेश्‍वरले सुरुमा मानव सृष्टि गर्नुहुँदा, तिनीहरूमा मानव रूप र मानव जीवन मात्र थियो। तर, तिनीहरूमा परमेश्‍वरले मानिसहरूबाट माग गर्ने सत्यता थिएन र तिनीहरू परमेश्‍वरले मानिसहरूमा हुनेछ भनी सधैँ आशा गर्ने रूपअनुसार जिउन सकेनन्। अन्त्यमा प्राप्त गरिने मानिसहरूको समूह नै अन्त्यसम्म रहनेछ, र परमेश्‍वरले प्राप्त गर्ने तिनीहरू नै हुन्, जोसँग परमेश्‍वर खुसी हुनुहुन्छ, र जसले उहाँलाई सन्तुष्ट तुल्याउँछन्। व्यवस्थापन कामको केही हजार वर्षको अवधिमा, उहाँले अन्त्यमा मुक्ति दिएका यी मानिसहरूले सबैभन्दा धेरै कुरा हासिल गरेका हुन्छन्; यी मानिसहरूले हासिल गरेको सत्यता खासमा परमेश्‍वरले शैतानसँग युद्ध गरेर तिनीहरूलाई दिएको मलजल र भरणपोषण हो। यस समूहका मानिसहरू परमेश्‍वरले सुरुवातमा सृष्टि गरेका मानिसहरूभन्दा राम्रा छन्; तिनीहरू भ्रष्ट तुल्याइए पनि, यो अपरिहार्य थियो, र यो परमेश्‍वरको व्यवस्थापन योजनाको दायराभित्र पर्ने मामला हो। यसले पूर्णतया उहाँको सर्वशक्तिमानता र बुद्धि, साथै उहाँले बन्दोबस्त, योजना र हासिल गरेका सबथोक सबैभन्दा ठूलो कुरा हो भन्‍ने तथ्य खुलासा गर्दछ। यदि तँलाई पछि फेरि “यदि परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भने प्रधान स्वर्गदूतले कसरी उहाँलाई विश्‍वासघात गर्न सक्थ्यो? त्यसपछि परमेश्‍वरले त्यसलाई पृथ्वीमा झार्नुभयो र मानवजातिलाई भ्रष्ट तुल्याउन दिनुभयो। यसको महत्त्व के छ?” भनी सोधियो भने, तँ यसो भन्‍न सक्छस्: “यो मामला परमेश्‍वरको पूर्वनिर्धारणभित्र पर्छ र यो सबैभन्दा महत्त्वपूर्ण छ। मानिसले त्यसलाई पूर्णतया बुझ्न सक्दैन, तर मानिसले बुझ्न र पुग्न सक्ने स्तरबाट भने परमेश्‍वरले जे गर्नुभयो त्यो निकै अर्थपूर्ण छ भनेर बुझ्न सकिन्छ। यसको मतलब निश्चय नै के होइन भने, परमेश्‍वर अस्थायी रूपमा चुक्नुहुन्छ, वा उहाँले नियन्त्रण गुमाउनुहुन्छ र उहाँ कामकुरा व्यवस्थापन गर्न सक्नुहुन्‍न, र त्यसपछि उहाँ शैतानका चालहरूलाई त्यसविरुद्ध लगाउनुहुन्छ, र यसो भन्‍नुहुन्छ ‘प्रधान स्वर्गदूत विश्‍वासघातमा संलग्न भएरै छोड्यो, त्यसैले म पनि त्यहीअनुसार चल्न सक्छु, र त्यसले सम्पूर्ण मानवजातिलाई भ्रष्ट तुल्याएपछि म तिनीहरूलाई मुक्ति मात्र दिनेछु।’ वास्तविकता यस्तो हुँदै होइन।” मानिसहरूले कम्तीमा के जान्‍नुपर्छ भने यो मामला परमेश्‍वरको व्यवस्थापन योजनाको दायराभित्रै पर्दछ। कस्तो योजना? पहिलो चरणमा, प्रधान स्वर्गदूत थियो; दोस्रो चरणमा, प्रधान स्वर्गदूतले विश्‍वासघात गऱ्यो; तेस्रो चरणमा, प्रधान स्वर्गदूतले विश्‍वासघात गरेपछि त्यो मानवजातिलाई भ्रष्ट तुल्याउन तिनीहरूमाझ आयो, र त्यसपछि परमेश्‍वरले मानवजातिलाई व्यवस्थापन गर्ने आफ्नो काम थाल्नुभयो। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरको व्यवस्थापन योजनाको दर्शन बुझ्नैपर्छ। कतिपयले सत्यताको यो पक्ष कहिल्यै बुझ्दैनन्, र तिनीहरूलाई सधैँ समाधान गर्न नसकिने धेरै विरोधाभास छन् भन्‍ने लाग्छ। नबुझेपछि तिनीहरू आश्‍वस्त हुँदैनन्, र यदि तिनीहरू आश्‍वस्त भएनन् भने, तिनीहरूमा अघि बढ्ने ऊर्जा हुँदैन। सत्यताविना कुनै पनि प्रगति गर्न कठिन हुन्छ, त्यसैले सत्यता नखोज्नेहरूलाई कुनै समस्या आइपर्दा निकै कठिन हुन्छ। के यो सङ्गतिले तँलाई बुझ्न मद्दत गऱ्यो? प्रधान स्वर्गदूतको विश्‍वासघातपछि मात्र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने व्यवस्थापन योजना गर्नुभएको थियो। प्रधान स्वर्गदूतले विश्‍वासघात गर्न कहिले सुरु गऱ्यो? त्यसको विश्‍वासघात खुलासा गर्ने केही कुरा अवश्य थिए, प्रधान स्वर्गदूतको विश्‍वासघातको एउटा प्रक्रिया थियो, त्यो निश्चय नै लेखनमा भनिएजस्तो सरल हुन सक्दैन। यो यहूदाले येशूलाई विश्‍वासघात गरेजस्तै हो—त्यसमा प्रक्रिया थियो। उसले येशूलाई पछ्याएको केही समयपछि नै उहाँलाई विश्‍वासघात गरेन। यहूदा सत्यतालाई प्रेम गर्थेन, ऊ पैसाको लोभ गर्थ्यो, र सधैँ चोरी गर्थ्यो। परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पनुभयो, शैतानले उसलाई विचार दियो, र त्यसपछि उसले येशूलाई विश्‍वासघात गर्न थाल्यो। यहूदा चरणबद्ध रूपमा चरित्रभ्रष्ट भयो र केही विशिष्ट परिस्थितिहरूमा, समय आएपछि उसले येशूलाई विश्‍वासघात गऱ्यो। मानिसहरू चरित्रभ्रष्ट हुने एउटा नियमित शैली हुन्छ, र त्यो मानिसहरूले कल्पना गरेजस्तो सरल हुँदैन। अहिले, मानिसहरूले परमेश्‍वरको व्यवस्थापन योजनाका कुराहरू यो हदसम्म मात्र बुझ्न सक्छन्, तर तिनीहरूको कद बढेपछि त्यसको महत्त्व अझ गहन रूपमा बुझ्न सक्नेछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्