परमेश्‍वरको देहधारणबारे जान्‍नेसम्बन्धी वचनहरू (अंश २९)

कतिपय मानिसहरू सोध्छन्, “परमेश्‍वर मानव हृदयको अन्तस्करणलाई नियाल्नुहुन्छ, अनि परमेश्‍वरको देह र आत्मा एक हो। परमेश्‍वरलाई मानिसहरूले भन्‍ने र गर्ने सबै कुराबारे थाहा हुन्छ, त्यसोभए के परमेश्‍वरलाई म अब उहाँमा विश्‍वास गर्छु भन्‍ने कुरा थाहा छ?” यी कुराहरू देहधारी परमेश्‍वर अनि उहाँको आत्मा र देहबीचको सम्बन्धलाई कसरी बुझ्ने भन्‍ने प्रश्नसँग सम्बन्धित छन्। कतिपय मानिसहरूलाई परमेश्‍वर व्यावहारिक हुनुभएकाले उहाँलाई यो कुरा थाहा नहुन सक्छ भन्‍ने लाग्छ, तैपनि अन्य मानिसहरूलाई भने परमेश्‍वरको देह र आत्मा एकै भएकाले उहाँलाई यो कुरा थाहा छ भन्‍ने लाग्छ। परमेश्‍वरलाई बुझ्नु भनेको मुख्यतया उहाँको सार र उहाँको आत्माका गुणहरू बुझ्नु हो, र मानिसले परमेश्‍वरको देह वा उहाँको आत्मालाई कुनै कुरा थाहा हुन्छ वा हुँदैन भन्‍ने कुरा निर्धारण गर्ने प्रयास गर्नु हुँदैन; परमेश्‍वर बुद्धिमानी र अद्भुत हुनुहुन्छ, उहाँ मानिसका निम्ति अज्ञेय हुनुहुन्छ। देह र आत्मा, अनि मानवता र ईश्‍वरत्व—यी तिमीहरूले स्पष्टसँग नबुझेका कुराहरू हुन्। जब परमेश्‍वर देह बन्नुहुन्छ र आत्मा देहमा अभिव्यक्त हुन्छ, तब उहाँको सार ईश्‍वरीय हुन्छ, र त्यो एक मानव व्यक्तिको सार र मानव शरीरभित्र बस्ने आत्माभन्दा पूर्ण रूपमा भिन्न हुन्छ; यी दुई बिलकुलै फरक कुराहरू हुन्। मान्छेको सार र उसको आत्मा सोही व्यक्तिसँग गाँसिएको हुन्छ। परमेश्‍वरको आत्मा उहाँको देहमा गाँसिएको भए तापनि उहाँ अझै सर्वशक्तिमान् हुनुहुन्छ। उहाँले आफ्नो देहभित्रबाट काम गरिरहनुभएको बेला उहाँको आत्माले पनि सबै ठाउँमा काम गरिरहेको हुन्छ। तैँले “परमेश्‍वर वास्तवमा कसरी सर्वशक्तिमान् हुनुहुन्छ? मलाई देखाउनुहोस् र स्पष्ट पार्नुहोस्” भनी सोध्न सक्दैनस्। यसलाई स्पष्ट रूपमा देख्ने कुनै उपाय छैन। देहले उहाँको काम गर्दा पवित्र आत्माले मण्डलीहरूमा कसरी काम गर्नुहुन्छ भन्‍ने देख्नु तेरा लागि पर्याप्त हुन्छ। परमेश्‍वरको आत्मामा सर्वशक्तिमान् हुने विशेषता छ; उहाँ सारा ब्रह्माण्डलाई नियन्त्रण गर्नुहुन्छ र आफूले रोजेकाहरूलाई मुक्ति दिनुहुन्छ, र त्यसै बेला देहले उहाँको काम गरिरहँदा, उहाँ मानिसहरूलाई अन्तर्दृष्टि दिन मण्डलीहरूमा काम गर्नुहुन्छ। तैँले आत्मा मण्डलीहरूमाझ काम गरिरहँदा देहमा आत्मा हुँदैन भनेर भन्न मिल्दैन। यदि तैँले त्यसो भनिस् भने, तैँले परमेश्‍वरको देहधारणलाई नकारेको हुँदैन र? तथापि, त्यस्ता कुराहरू पनि हुन्छन्, जुन देहलाई थाहा हुँदैन। यो थाहा नहुनु ख्रीष्टको सामान्य र व्यावहारिक पक्ष हो। परमेश्‍वरको आत्मा देहभित्र ठोस रूपले अभिव्यक्त भएको कुराले परमेश्‍वर स्वयम् उक्त्त देहको सार हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वरको आत्मालाई उहाँको देहलाई थाहा नभएको कुरा पहिले नै थाहा हुन्छ, त्यसकारण उहाँलाई त्यो कुरा पहिले नै थाहा हुन्छ भनेर भन्न सकिन्छ। यदि तँ देहको व्यावहारिक पक्षका कारण आत्माको पक्षलाई नकार्छस् भने, परमेश्‍वर स्वयम् नै यो देह हुनुहुन्छ भन्‍ने कुरालाई पनि नकार्छस्, र तैँले फरिसीहरूले गरेजस्तै गल्ती गरेको हुन्छस्। कतिपय मानिस भन्छन्, “परमेश्वरको देह र आत्मा एउटै हो, त्यसैले हामीले सुसमाचार प्रचार गर्दा यहाँ एकै पटकमा उहाँका निम्ति कति जनालाई जितेका छौँ भन्ने कुरा परमेश्वरलाई थाहा हुन सक्छ। आत्मालाई थाहा हुने भएकाले देहले पनि त्यसबारे थाहा पाउँछ, किनकि ती त एकै हुन्!” तेरो यस्तो भनाइले देहको सारलाई नकार्छ। देहसँग उहाँको व्यावहारिक र सामान्य पक्ष हुन्छ: देहले कतिपय कुराहरू थाहा पाउन सक्छ भने कतिपय कुराहरू देहले थाहा पाउन जरुरी हुँदैन। त्यो उहाँको सामान्य र व्यावहारिक पक्ष हो। कतिपय मानिस भन्छन्, “आत्मालाई थाहा भएको कुरा देहलाई पनि पक्कै थाहा हुन्छ।” यो अलौकिक कुरा हो र यसो भन्नु भनेको देहको सारलाई नकार्नु हो। देहधारी परमेश्‍वर सामान्य र व्यावहारिक हुनुहुन्छ। केही मामलाहरूका सन्दर्भमा, उहाँ मानिसले कल्पना गरेजस्तो हुनुहुन्न—ती कुरालाई नदेखी वा नछोई रहस्यमय तरिकाले ठाउँ र भूगोलमा सीमित नभई तिनलाई जान्‍न सक्नुहुन्छ। त्यो त देह नभई आत्मिक शरीर हो। येशू मृत्युबाट पुनरुत्थान हुनुभएपछि, उहाँ प्रकट र गायब हुन, अनि पर्खाल पार गरेर कोठाहरूमा प्रवेश गर्न सक्‍नुहुन्थ्यो, तर उहाँ त पुनरुत्थान हुनुभएका येशू हुनुहुन्थ्यो। पुनरुत्थान हुनुभन्दा अगाडि येशू पर्खाल पार गरेर कोठाहरूमा प्रवेश गर्न सक्‍नुहुन्‍नथियो। उहाँ ठाउँ, भूगोल र समयद्वारा नियन्त्रित हुनुहुन्थ्यो। देहको सामान्यता यही नै हो।

परमेश्‍वरको देहधारणबारे थाहा पाउनु साधारण कुरा होइन—तैँले यसलाई परमेश्‍वरको वचनका आधारमा विभिन्न कोणबाट हेर्नैपर्छ, समग्र रूपमा विचार गर्नुपर्छ र तेरो ज्ञानलाई प्रावधान वा तेरा कल्पनाहरूमा आधारित गर्नबाट पूर्ण रूपले जोगिनुपर्छ। तँ परमेश्‍वरको देह र आत्मा एकै हो र आत्मालाई थाहा भएका सबै कुरा देहलाई पनि थाहा हुन्छ, तर देहको सामान्य र व्यावहारिक पक्ष पनि हुन्छ भनेर भन्छस्। अझ भन्नुपर्दा, यसको अर्को पक्ष पनि छ, त्यो हो, देहले काम गरिरहेको समयमा, त्यो काम गर्ने परमेश्‍वर स्वयम् नै हुनुहुन्छ: आत्मा र देह दुवैले काम गरिरहनुभएको हुन्छ, तर मुख्यतः काम गर्ने भनेको देह नै हो—देहले मुख्य भूमिका खेल्नुहुन्छ भने आत्माले मानिसहरूलाई अन्तर्दृष्टि दिन, अनि मार्गदर्शन, सहायता, सुरक्षा र रेखदेख गर्नका लागि निश्चित कार्य गर्नुहुन्छ। देहको कामले मुख्य भूमिका खेल्छ—यदि उहाँले कुनै व्यक्तिका बारेमा थाहा पाउन चाहनुभयो भने, त्यो उहाँका निम्ति अत्यन्तै सजिलो कुरा हो। कुनै व्यक्तिले कसैको बारेमा थाहा पाउन चाहँदा, यदि उसले उक्त्त व्यक्तिको व्यवहारलाई धेरै पटक नियालेको छैन भने, उसको बारेमा अन्तर्दृष्टि प्राप्त गर्न सक्दैन। मान्छेले अन्य मानिसहरूको प्रकृति सारलाई जान्न सक्दैन, तर देहधारी परमेश्‍वरलाई कुनै व्यक्ति कस्तो खालको हो, साथै उसको व्यवहार र सार कस्तो छ भन्‍ने कुराको सधैँ बोध हुन्छ र उहाँ सधैँ सो कुरा निर्धारण गर्न सक्नुहुन्छ। उहाँमा त्यस्तो सुझबुझ नहुनु असम्भव छ। उदाहरणका लागि, उहाँ कुनै व्यक्तिले कसरी व्यवहार गर्छ, उसले के गर्न सक्छ, के र कुन हदसम्म दुष्कर्म गर्न सक्छ भन्‍ने कुरा जान्नुहुन्छ र बुझ्नुहुन्छ। कतिपय मानिस भन्छन्, “यदि परमेश्‍वर सबै कुरा बुझ्नुहुन्छ भने, के उहाँलाई थाहा छ, म अहिले कहाँ छु?” यो थाहा पाउनु आवश्यक छैन। किनकि परमेश्‍वरले कुनै व्यक्तिलाई बुझ्नु भनेको ऊ हरेक दिन कहाँ हुन्छ भनेर थाहा पाउनु होइन। यो कुरा थाहा पाउनु जरुरी छैन। कुनै व्यक्तिले स्वभावअनुसार के गर्नेछ भनेर बुझ्नु पर्याप्त हुन्छ, र उहाँलाई आफ्नो काम गर्न त्यति बुझ्नु नै यथेष्ट हुन्छ। परमेश्‍वर आफ्नो काममा व्यावहारिक हुनुहुन्छ। अरू मानिसहरूले कल्पना गरेजस्तो, परमेश्‍वरले कुनै व्यक्तिका बारेमा जान्न चाहेमा, उक्त्त व्यक्ति कहाँ छ, उसले के सोचिरहेको छ, के बोलिरहेको छ, पछि के गर्नेछ, कस्तो कपडा लगाउँछ, ऊ कस्तो देखिन्छ, आदि जस्ता कुराहरू उहाँले थाहा पाउनैपर्छ भन्‍ने छैन। वास्तवमा, परमेश्‍वरले आधारभूत रूपमा गर्नुहुने मुक्ति दिने कामका लागि ती कुराहरू थाहा पाउनु आवश्यक छैन। परमेश्‍वर उक्त्त व्यक्तिको सार र जीवन प्रगतिको प्रक्रिया जान्ने कुरामा मात्र ध्यान दिनुहुन्छ। जब परमेश्‍वरले देहधारण गर्नुहुन्छ, देहका सबै अभिव्यक्तिहरू व्यावहारिक र सामान्य हुन्छन्, र यो व्यावहारिकता र सामान्यताको उद्देश्य मानवजातिमाथिको विजय र तिनीहरूको मुक्तिको कार्य पूरा गर्नु हो। तर, देहको व्यावहारिकता र सामान्यता भनेको परमेश्‍वरको आत्मा उहाँको देहमा जिउनुको सबैभन्दा सामान्य अभिव्यक्ति हो भन्‍ने कुरा कसैले बिर्सनै हुँदैन। त्यसोभए, के तँलाई आत्मालाई यी मानवीय कुराहरू थाहा हुन्छ भन्‍ने लाग्छ? आत्मालाई थाहा हुन्छ, तैपनि उहाँ ती कुराहरूलाई ध्यान दिनुहुन्न। त्यसकारण देहले तेरा ती कुराहरूको पनि वास्ता गर्नुहुन्न। जे भए पनि, परमेश्‍वरको आत्मा र देह एकै हुन्, र यो कुरालाई कसैले नकार्न सक्दैन। कहिलेकाहीँ तँमा केही सोच र विचारहरू उत्पन्न हुन्छन्—के तैँले सोचिरहेको कुरा आत्मालाई थाहा हुन्छ? आत्मालाई त्यो कुरा अवश्यै थाहा हुन्छ। परमेश्‍वरको आत्माले मानिसहरूको हृदयको अन्तस्करण छानबिन गर्नुहुन्छ र उहाँलाई मानिसहरूले के सोच्छन्, त्यो थाहा हुन्छ, तर उहाँको काम हरेकको सोच र विचारहरू अनि भ्रष्टताका प्रकटीकरणहरू पर्दाफास गर्नु मात्र होइन। बरु, उहाँको काम त मानिसहरूको सोच र विचार परिवर्तन गर्न, तिनीहरूको सोचाइ र दृष्टिकोण बदल्न, अनि अन्ततः तिनीहरूको भ्रष्ट स्वभावमा बदलाव ल्याउन देहभित्रबाटै सत्यता व्यक्त गर्नु हो। कतिपय कुराबारे तिमीहरूको सोच एकदमै अपरिपक्व छ। तिमीहरूलाई देहधारी परमेश्‍वर सर्वज्ञ हुनुपर्छ भन्‍ने लाग्छ। कतिपय मानिसहरू देहधारी परमेश्‍वरलाई थाहा हुनुपर्छ भनी कल्पना गरेको कुनै कुरा उहाँलाई थाहा भएन भने, उहाँमाथि शङ्का गर्छन्। मानिसहरूमा देहधारी परमेश्‍वरको सारबारेको अपर्याप्त बुझाइका कारण यस्तो हुन्छ। केही कुराहरू देहको कामको दायराभन्दा बाहिर रहेकाले उहाँ त्यसबारे चासो लिनुहुन्न। परमेश्‍वरले आफूले गर्नुपर्ने काम मात्र गर्नुहुन्छ। परमेश्‍वरले काम गर्ने सिद्धान्त यही हो। के अब तँ यी कुराहरू बुझ्छस्? मलाई भन् त, के तँलाई आफूमा कस्तो आत्मा छ भन्‍ने थाहा छ? के तँ तेरो आत्मा महसुस गर्न सक्छस्? के तँ तेरो आत्मालाई छुन सक्छस्? के तँ तेरो आत्माले के गरिरहेको छ भन्‍ने अनुभूति गर्न सक्छस्? तँलाई थाहा छैन, छ त? यदि तँ यस्तो कुरा महसुस गर्न वा छुन सक्छस् भने, तँभित्र रहेको अर्को आत्माले तँलाई बलपूर्वक ती कुराहरू गर्न र भन्न लगाइरहेको हुन्छ। त्यो तँमा अन्तर्निहित नभई तँभन्दा बाहिरको कुरा हो। दुष्ट आत्माहरूको काम भएकाहरूमा यो कुराको गहन बुझाइ हुन्छ। परमेश्‍वरको देहको व्यावहारिक र सामान्य पक्ष भएता पनि, मानवका रूपमा उहाँलाई यत्तिकै परिभाषित गर्न वा उहाँबारे निष्कर्षमा पुग्न सकिँदैन। परमेश्‍वरले मानिसझैँ बन्नका लागि आफूलाई विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ; उहाँका कार्यहरू अज्ञेय छन् र मानिसहरूले तिनलाई बुझ्न सक्दैनन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्