परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २००

परमेश्‍वरको मापदण्ड अनुरूप मानवजातिले उहाँप्रति राख्नुपर्ने आचरण

वास्तवमा, परमेश्‍वरले मानवजातिलाई त्यति धेरै मापदण्ड दिनुहुन्न—वा, कम्तीमा, उहाँले मानिसहरूले कल्‍पना गरेजत्तिको मापदण्ड तोक्नुहुन्न। यदि परमेश्‍वरले कुनै वचनहरू नबोल्‍नुभएको भए, र यदि उहाँले उहाँको स्वभाव वा कुनै कामहरू व्यक्त नगर्नुभएको भए, तिमीहरूको निम्ति परमेश्‍वरलाई चिन्‍ने कार्य अत्यन्तै कठिन हुनेथियो, किनभने मानिसहरूले उहाँको अभिप्राय र इच्‍छाको बारेमा अनुमान गर्नुपर्ने हुनेथियो; यो कार्य गर्न अत्यन्तै कठिन हुनेथियो। तैपनि, आफ्‍नो कार्यको अन्तिम चरणमा, परमेश्‍वरले धेरै वचन बोल्‍नुभएको छ, धेरै काम गर्नुभएको छ, र मानिसहरूका लागि धेरै मापदण्डहरू तय गर्नुभएको छ। उहाँका वचनहरू, र उहाँका धेरै काममा, उहाँले मानिसहरूलाई उहाँले के मन पराउनुहुन्छ, के कुरालाई घृणा गर्नुहुन्छ, र तिनीहरू कस्तो प्रकारका मानिसहरू बन्‍नुपर्छ भन्नेबारेमा जानकारी दिनुभएको छ। यी कुराहरूलाई बुझिसकेपछि, मानिसहरूसँग परमेश्‍वरका मापदण्डहरूका बारेमा आफ्‍नो हृदयमा सटीक परिभाषा हुनुपर्छ, किनभने तिनीहरूले परमेश्‍वरलाई अस्पष्टतामा विश्‍वास गर्दैनन् र तिनीहरूले अबदेखि अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरलाई अस्पष्टता वा सुन्यतामाझ नै विश्‍वास गर्छन्। बरु, तिनीहरूले उहाँका वाणीहरूलाई सुन्‍न सक्छन्, उहाँका आवश्यक मापदण्डहरूलाई बुझ्‍न सक्छन्, र तिनलाई हासिल गर्न सक्छन्, अनि तिनीहरूले जान्‍नुपर्ने र बुझ्‍नुपर्ने सबै कुरा तिनीहरूलाई बताउनको लागि परमेश्‍वरले मानवजातिकै भाषा प्रयोग गर्नुहुन्छ। आज, यदि मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ र उहाँले तिनीहरूबाट के चाहनुहुन्छ भन्‍ने थाहा छैन भने; यदि तिनीहरूलाई व्यक्तिले किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍ने कुरा थाहा छैन, अथवा उहाँलाई कसरी विश्‍वास गर्ने वा उहाँसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा थाहा छैन भने—यसमा एउटा समस्या रहेको छ। … मानवजाति र परमेश्‍वरलाई पछ्याउनेहरूका लागि परमेश्‍वरका सही आवश्यक मापदण्डहरू यसप्रकार छन्। उहाँलाई पछ्याउनेहरूका लागि उहाँले पाँच वटा मापदण्डहरू तय गर्नुभएको छ: साँचो विश्‍वास, निष्ठावान बफादारितापूर्ण अनुसरण, पूर्ण समर्पणता, सच्‍चा ज्ञान, र हृदयस्पर्शी श्रद्धाभाव।

परमेश्‍वरले, यी पाँच वटा कुराहरूमा, मानिसहरूले अब उप्रान्त आफ्ना कल्‍पनाहरू वा अस्पष्ट र अमूर्त दृष्टिकोणहरूको प्रयोग गरी उहाँलाई प्रश्‍न नगरून् वा उहाँलाई नपछ्याऊन् भन्ने मापदण्ड तय गर्नुभएको छ; तिनीहरूले परमेश्‍वरलाई कुनै पनि कल्‍पनाहरू वा धारणाहरूका आधारमा पछ्याउनु हुँदैन। उहाँलाई पछ्याउने हरेकले उहाँलाई आधा मनले वा प्रतिबद्धताविना होइन बरु बफादार भई पछ्याऊन् भन्‍ने मापदण्ड तय गर्नुभएको छ। जब परमेश्‍वरले तैँले कुनै मापदण्डहरू पूरा गर्न तय गर्नुहुन्छ, तँलाई जाँच्‍नुहुन्छ, तेरो न्याय गर्नुहुन्छ, तँलाई निराकरण गर्नुहुन्छ र तँलाई छिँवल्‍नुहुन्छ, वा तँलाई अनुशासनमा राख्‍ने र प्रहार गर्ने गर्नुहुन्छ, तब तँ उहाँमा पूर्ण रूपमा समर्पित हुनुपर्छ। तैँले अभिप्राय सोध्‍ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन, तैँले कारणहरूका बारेमा त झन् कुरा नगरेकै बेस। तेरो आज्ञापालन निरपेक्ष हुनुपर्छ। परमेश्‍वरसम्‍बन्धी ज्ञान नै मानिसहरू सबैभन्दा पछि पर्ने क्षेत्र हो। तिनीहरूले परमेश्‍वरमा प्रायजसो उहाँसँग सम्‍बन्धित नरहेका भनाइहरू, वाणीहरू, र वचनहरू लाद्छन्, तिनीहरू त्यस्ता वचनहरू परमेश्‍वरसम्‍बन्धी ज्ञानको सबैभन्दा सटीक परिभाषा हुन् भन्‍ने विश्‍वास गर्छन्। मानव कल्‍पनाहरू, तिनीहरूका आफ्‍नै तर्क, र तिनीहरूका आफ्‍नै ज्ञानबाट आएका यी भनाइहरू परमेश्‍वरको सारसँग कहीँ कतै सम्‍बन्धित छैनन् भन्‍नेबारे तिनीहरूलाई अलिकति पनि थाहा हुँदैन। यसैले, जब परमेश्‍वरले मानिसहरूमा होस् भनी चाहनुभएको ज्ञानको बारेमा कुरा आउँछ, उहाँले तँलाई उहाँ र उहाँका वचनहरूलाई मात्रै चिन् भनेर भन्‍नुहुन्‍न, बरु उहाँको बारेमा रहेको तेरो ज्ञान पनि सही हुनुपर्छ भनेर भन्‍नुहुन्छ। तैँले एउटै वाक्य मात्रै भन्‍न सक्छस्, वा तँलाई थोरै मात्र थाहा छ भने पनि, यो थोरै ज्ञान सही र साँचो हुन्छ, र परमेश्‍वर स्वयम्‌को सार अनुरूप हुन्छ। किनभने परमेश्‍वरले उहाँमाथि गरिएको कुनै पनि अवास्तविक वा अनुचित प्रशंसा वा तारिफलाई तिरस्कार गर्नुहुन्छ। त्योभन्दा पनि बढी, उहाँले आफूसित मानिसहरूले हावाजस्तो व्यवहार गरेको घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्‍वरको विषयमा छलफल गर्दा, तथ्यहरूको बारेमा विचारै नगरीकन मनोमानी ढङ्गले अनि कुनै पनि हिचकिचाहटविना आफूलाई उचित लागेको कुरा बोलेको देख्दा उहाँले घृणा गर्नुहुन्छ; यसको साथै, उहाँले परमेश्‍वरलाई चिन्छु भनी विश्‍वास गर्ने र उहाँसँग सम्‍बन्धित विषयहरूमा छलफल गर्दा कुनै नियन्त्रण अनि कुनै सीमा नराखीकन छलफल गर्दै उहाँ सम्‍बन्धी आफ्‍नो ज्ञानको सेखी गर्नेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। यसभन्दा अघि उल्‍लेख गरिएका पाँच मापदण्डहरूमध्ये अन्तिम हृदयस्पर्शी श्रद्धाभाव थियो: उहाँलाई पछ्याउनेहरू सबैप्रतिको परमेश्‍वरको अन्तिम मापदण्ड यही हो। जब कसैसँग परमेश्‍वरसम्‍बन्धी सही र साँचो ज्ञान हुन्छ, तब तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा श्रद्धा गर्न र दुष्टबाट अलग बस्‍न सक्षम हुन्छन्। यो श्रद्धाभाव तिनीहरूको हृदयको अन्तस्करणबाट आउँछ; यो श्रद्धाभाव स्वेच्छाले दिइन्छ, र यो परमेश्‍वरको दबाबको परिणाम होइन। परमेश्‍वरले उहाँप्रति तैँले कुनै राम्रो आचरण, चालचलन, वा बाहिरी बानीबेहोराको उपहार दिनुपर्छ भनेर माग गर्नुहुन्‍न; उहाँले बरु तैँले तेरो हृदयको अन्तस्करणबाट उहाँलाई श्रद्धा गर् र उहाँको डर मान् भनेर भन्‍नुहुन्छ। त्यस्तो श्रद्धाभाव तेरो जीवनको स्वभावका परिवर्तनहरू, परमेश्‍वरबारे ज्ञान प्राप्ति र परमेश्‍वरका कार्यहरूको बुझाइ, परमेश्‍वरको सारको बुझाइ, अनि तँ परमेश्‍वरका सृष्टिहरूमध्ये एक होस् भन्‍ने तेरो स्वीकारको परिणामस्वरूप प्राप्त हुन्छ। त्यसकारण, यहाँ श्रद्धाभावलाई परिभाषित गर्नको लागि मैले “हृदयस्पर्शी” भन्‍ने शब्‍द प्रयोग गर्नुको उद्देश्य मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो श्रद्धाभाव आफ्नै हृदयको अन्तस्करणबाट आउनुपर्छ भनी बुझून् भन्‍ने हो।

अब यी पाँच मापदण्डहरूका बारेमा विचार गर: के तिमीहरूमध्ये कोही प्रथम तीन वटा हासिल गर्न सक्‍नेहरूमा पर्छौ? यसद्वारा, मैले साँचो विश्‍वास, निष्ठावान तरिकाले पछ्याउने, र पूर्ण समर्पणताको कुरा गरिरहेको छु। के तिमीहरू यी कार्यहरू गर्न सक्‍ने मध्येमा पर्छौ? यदि मैले सबै पाँच वटै भनेँ भने, अवश्य तिमीहरूमध्ये कोही पनि हुनेथिएनौ, तर मैले यो सङ्ख्यालाई तीन वटामा घटाएको छु। तिमीहरूले यी कुराहरू हासिल गरेका छौ कि छैनौ विचार गर। के “साँचो विश्‍वास” हासिल गर्न सहज छ? (अहँ, सहज छैन।) यो सजिलो छैन, किनभने मानिसहरूले प्रायजसो परमेश्‍वरमाथि प्रश्‍न उठाउँछन्। अनि “निष्ठावान रूपमा पछ्याउने” बारेमा नि? यो “निष्ठावान” ले केलाई जनाउँछ? (आधा मनले होइन, तर पूरा मनले पछ्याउनु।) आधा मनले होइन, तर पूरा मनले पछ्याउनु। तिमीहरूले ठ्याक्कै मिलायौ! त्यसो भए, के तिमीहरू यो मापदण्ड हासिल गर्न सक्छौ त? तिमीहरूले अझै कठिन प्रयास गर्नुपर्छ, होइन त? यस क्षणमा, यो मापदण्डमा तिमीहरू सफल हुन बाँकी नै छ। “पूर्ण समर्पणता” को बारेमा के भन्छौ—के तिमीहरूले त्यो हासिल गरेका छौ? (छैनौं।) तिमीहरूले त्यो पनि हासिल गरेका छैनौ। तिमीहरू बारम्‍बार अनाज्ञाकारी र विद्रोही बन्छौ; तिमीहरूले प्रायजसो सुन्दैनौ, आज्ञापालन गर्न चाहँदैनौ, वा सुन्‍न चाहँदैनौ। मानिसहरूले जीवनमा प्रवेश प्राप्त गरेपछि पूरा गर्ने सबैभन्दा आधारभूत तीन वटा मापदण्ड यिनै हुन्, तर तिमीहरूले ती हासिल गर्न अझै बाँकी नै छ। तसर्थ, अहिले, के तिमीहरूसँग ठूलो सम्भावना छ? आज, मैले यी वचनहरू बोलेको सुनेपछि, के तिमीहरूलाई चिन्ता लाग्यो? (हो।) तिमीहरूलाई चिन्ता लाग्‍नु ठीक कुरा हो। चिन्ताबाट जोगिने प्रयास नगर। म तिमीहरूको खातिर चिन्तित हुन्छु। म अन्य दुई मापदण्डको कुरा गर्नेछैन; अवश्य नै, यहाँ उपस्थित कसैले पनि तिनलाई हासिल गर्न सक्दैनन्। तिमीहरू व्याकुल छौ। त्यसो भए, के तिमीहरूले आफ्ना उद्देश्यहरू निर्धारित गरेका छौ? तिमीहरूले कुन उद्देश्यहरूले, र कुन दिशामा खोजी र प्रयास गर्नुपर्छ? के तिमीहरूसँग उद्देश्य छ? म सरल रूपमा भन्छु: तिमीहरूले यी पाँच मापदण्ड हासिल गरिसकेपछि, तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पारिसकेका हुनेछौ। ती प्रत्येक नै व्यक्तिको जीवन प्रवेशको परिपक्‍वताको सूचक, साथै अन्तिम उद्देश्य हो। यदि मैले विस्तृत रूपमा बताउनको लागि यीमध्ये एउटालाई लिएँ, र तिमीहरूलाई यो पूरा गर्न लगाएँ भने, यसलाई हासिल गर्न सहज हुनेथिएन; तिमीहरूले निश्‍चित हदसम्‍म कठिनाइ भोग्‍नुपर्छ र निश्‍चित हदसम्‍म प्रयास गर्नुपर्छ। तिमीहरूसँग कस्तो मानसिकता हुनुपर्छ त? यो शल्यक्रिया टेबलमा जानको लागि प्रतीक्षा गरिरहेको क्यान्सर बिरामीको जस्तै हुनुपर्छ। म किन यसो भन्दैछु? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छस् भने, र यदि तँ परमेश्‍वरलाई प्राप्त गर्न र उहाँको सन्तुष्टि प्राप्त गर्न चाहन्छस् भने, तैँले निश्‍चित हदसम्‍म पीडा नभोगुञ्‍जेलसम्‍म र निश्‍चित मात्रामा प्रयास नगरुन्जेलसम्‍म, तैँले यी कुराहरूलाई हासिल गर्न सक्‍नेछैनस्। तिमीहरूले धेरै प्रचार सुनिसक्यौ, तर यसलाई सुन्दैमा यसको अर्थ यो प्रवचन तेरो भयो भन्‍ने हुँदैन; तैँले यसलाई अवशोषण गर्नुपर्छ र तेरो स्वामित्वमा भएको कुनै कुरामा परिणत गर्नुपर्छ। तैँले यसलाई तेरो जीवनमा समाहित गर्नुपर्छ र तेरो अस्तित्वमा समावेश गर्नुपर्छ र यसरी तैँले यी वचनहरू र प्रचारलाई तेरो जिउने शैलीलाई अगुवाइ गर्न र तेरो जीवनमा अस्तित्वका मूल्य र अर्थ ल्याउन दिनुपर्छ। जब त्यस्तो हुन्छ, तब तिमीहरूले यी वचनहरू सुनेको कुराको अर्थ रहन्छ। यदि मैले बोलेका वचनहरूले तेरो जीवनमा कुनै सुधार ल्याउँदैनन् वा तेरो अस्तित्वमा कुनै मूल्य थप्‍दैनन् भने, तैँले ती वचनहरू सुनेको कुनै अर्थ हुँदैन। तिमीहरूले यो कुरा बुझ्यौ, होइन त? यो कुरा बुझिसकेपछि, यसपछि के हुन्छ भन्‍ने कुरा तिमीहरूकै हातमा छ। तिमीहरूले काम गर्नैपर्छ! तिमीहरू सबै कुरामा इमानदार हुनैपर्छ! यता न उताको नबन; समय बितेको बित्यै छ! तिमीहरूमध्ये धेरैजसोले परमेश्‍वरलाई एक दशकभन्दा बढी समयदेखि विश्‍वास गर्दै आएका छौ। विगतका यी दश वर्षको अवधिलाई फर्केर हेर। तिमीहरूले कति हासिल गरेका छौ? अनि यो जीवनकालमा तिमीहरूले जिउने कति दशक समय बाँकी छ? तिमीहरूसँग त्यति धेरै समय छैन। परमेश्‍वरको कामले तिमीहरूलाई प्रतीक्षा गर्छ कि गर्दैन, उहाँले तिमीहरूलाई मौका दिनुभएको छ कि छैन, वा उहाँले फेरि एउटै काम गर्नुहुनेछ कि गर्नुहुनेछैन भन्‍ने बारेमा बिर्सिदेओ—यी कुराहरूका बारेमा कुरै नगर। के तिमीहरूले आफ्‍नो जीवनको विगतका दश वर्षको मार्गलाई उल्ट्याउन सक्छौ? बितेर जाने हरेक दिनसँगै, र तिमीहरूले चाल्‍ने हरेक कदमसँगै, तिमीहरूसँग एक-एक दिन कम हुँदै जान्छ। समयले कसैलाई पर्खँदैन! यदि तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई तेरो जीवनको सबैभन्दा ठूलो कुराको रूपमा लिइस्, खाना, वस्त्र, वा अन्य कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण ठानिस् भने मात्रै यसबाट तँलाई प्राप्ति हुनेछ। यदि तैँले तँसँग समय हुँदा मात्रै विश्‍वास गर्छस्, र तेरो विश्‍वासमा तेरो सम्पूर्ण ध्यान समर्पित गर्न सक्दैनस् भने, अनि यदि तँ सधैँ अन्योलताको दलदलमा हुन्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ९

मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९०

विश्‍वास नभएका मानिसहरूले प्रायजसो मानवले देख्‍न सक्‍ने सबै कुरा अस्तित्वमा छन्, तर देख्‍न नसकिने सबै कुरा, वा मानिसहरूबाट अत्यन्तै टाढा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४६

अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू अय्यूबले भोगेको कष्ट परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५६

सत्यताको पछि लागेर मात्र व्यक्तिले स्वभावमा परिवर्तन हासिल गर्न सक्छ: यो मानिसहरूले जान्नु पर्ने र पूर्ण रूपमा बुझ्नु पर्ने कुरा हो। यदि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्