परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९२

जब अविश्‍वासीहरूको कुरा आउँछ, तब के परमेश्‍वरका कार्यहरू पछाडिको सिद्धान्त असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने प्रकृतिको छ? कुनै अपवादहरू छन्? (छैनन्।) के परमेश्‍वरका कार्यहरूपछाडि सिद्धान्त छ भन्‍ने तिमीहरूले देख्छौ? अविश्‍वासीहरूले वास्तवमा परमेश्‍वरमा विश्‍वास गर्दैनन्, न त तिनीहरू उहाँका योजनाबद्ध कार्यमा नै समर्पित हुन्छन्। यसअलावा, तिनीहरूलाई उहाँको सार्वभौमिकताको बारेमा थाहा हुँदैन, तिनीहरूले उहाँलाई स्वीकार गर्ने कुरा त परै जाओस्। अझै गम्‍भीर कुरा, तिनीहरूले परमेश्‍वरको विरुद्ध अपवित्र कार्य गर्छन्, र उहाँलाई सराप्छन्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूप्रति शत्रुवत् हुन्छन्। परमेश्‍वरप्रतिको तिनीहरूको यो मनोवृत्तिको बावजुद पनि, तिनीहरूमाथिको उहाँको प्रशासन उहाँका सिद्धान्तहरूभन्दा बाहिर जाँदैन; उहाँले तिनीहरूमाथि उहाँका सिद्धान्तहरू र उहाँको स्वभावअनुसार सुव्यवस्थित रूपमा प्रशासन गर्नुहुन्छ। तिनीहरूको शत्रुतालाई उहाँले कसरी लिनुहुन्छ त? अज्ञानताको रूपमा लिनुहुन्छ! परिणामस्वरूप, उहाँले यी मानिसहरूलाई—अर्थात्, अविश्‍वासीहरूमध्ये अधिकांशलाई—विगतमा पशु-प्राणीको रूपमा पुनर्जन्‍म गराउनुभयो। त्यसकारण, परमेश्‍वरको नजरमा, अविश्‍वासीहरू वास्तवमा के हुन् त? तिनीहरू सबै पशु हुन्। परमेश्‍वरले पशु साथै मानवजातिलाई व्यवस्थापन गर्नुहुन्छ, र त्यस्ता मानिसहरूको लागि उहाँका सिद्धान्तहरू उही हुन्छन्। यी मानिसहरूलाई उहाँले व्यवस्थापन गर्ने क्रममा पनि, उहाँको स्वभावलाई अझै देख्‍न सकिन्छ, साथै सबै थोकमाथिको उहाँको प्रभुत्वपछाडिका उहाँका नियमहरूलाई पनि देख्‍न सकिन्छ। त्यसकारण, अविश्‍वासीहरूलाई व्यवस्थापन गर्ने भनी मैले भर्खरै उल्‍लेख गरेका सिद्धान्तहरूमा के तिमीहरूले परमेश्‍वरको सार्वभौमिकतालाई देख्छौ? के तिमीहरू परमेश्‍वरको धर्मी स्वभावलाई देख्छौ? (देख्छौं।) अर्को शब्‍दमा भन्दा, उहाँले सबै थोकमध्ये जुन कुराको सन्दर्भमा कार्य गर्नुभए पनि, परमेश्‍वरले आफ्‍नै सिद्धान्तहरू र स्वभावअनुसार कार्य गर्नुहुन्छ। परमेश्‍वरको सार यही हो; उहाँले त्यस्ता मानिसहरूलाई पशुका रूपमा लिनुहुन्छ भन्दैमा उहाँले आफूले तय गर्नुभएका त्यस्ता उर्दी वा स्वर्गीय आदेशहरूलाई कहिल्यै पनि लापरवाही रूपमा तोड्नुहुन्‍न। परमेश्‍वरले कुनै पनि हालतमा लापरवाही रूपमा काम गर्नुहुन्‍न तर सिद्धान्तको आधारमा काम गर्नुहुन्छ, र उहाँका कार्यहरूलाई कुनै पनि तत्त्वले कुनै असर पार्दैन। उहाँले गर्नुहुने हरेक कुरा उहाँका आफ्‍नै सिद्धान्तहरू अनुरूप हुन्छन्। किनभने परमेश्‍वरसँग परमेश्‍वर स्वयम्‌को सार छ; यो उहाँको सारको एउटा पक्ष हो जुन कुनै पनि सृष्टि गरिएको प्राणीमा हुँदैन। उहाँले सृष्टि गर्नुभएका सबै थोकका बीचमा रहेका वस्तु, व्यक्ति, र जीवित प्राणीलाई सम्‍हाल्‍ने, पहुँच गर्ने, व्यवस्थापन गर्ने, प्रशासन गर्ने, र शासन गर्ने कार्यमा परमेश्‍वर कर्तव्यनिष्ठ र जिम्‍मेवार हुनुहुन्छ, र यसमा, उहाँ कहिल्यै पनि लापरवाह हुनुभएको छैन। असलहरूका निम्ति उहाँ अनुग्रही र दयालु हुनुहुन्छ; दुष्टहरूमाथि उहाँले कुनै पछुतो नगरी दण्ड बर्साउनुहुन्छ; अनि विभिन्‍न जीवित प्राणीहरूका निम्ति, उहाँले फरक-फरक समयको मानव संसारका विभिन्‍न मापदण्डहरू अनुसार समयमै र नियमित रूपमा यसरी उचित बन्दोबस्त गर्नुहुन्छ कि यी विभिन्‍न जीवित प्राणीहरूले खेल्‍ने भूमिकाअनुसार नै सुव्यवस्थित रूपमा तिनीहरूको पुनर्जन्‍म हुन्छ र तिनीहरू विधिवत् रूपमा भौतिक संसार र आत्मिक संसारको बीचमा आवतजावत गर्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०७

परमेश्‍वरले मानिसलाई धेरै कुरा जिम्मा दिनुभएको छ र अनगिन्ती तरिकाले तिनीहरूका प्रवेशलाई सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता धेरै नै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९०

सृष्टि गरिएको र सृष्टि नगरिएको कुनै पनि प्राणीले सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन उहाँले यावत् थोकको सृष्टि गर्न सुरु...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२४

तिमीहरू सबैले अब परमेश्‍वरमाथिको विश्‍वासको साँचो अर्थलाई बुझ्नुपर्छ। मैले यसअघि बताएको परमेश्‍वरमाथिको विश्‍वासको अर्थ तिमीहरूको सकारात्मक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८

परमेश्‍वरको मार्गमा हिँड: परमेश्‍वरको डर मान र दुष्टताबाट अलग बस एउटा भनाइ छ जसलाई तिमीहरूले टिपेर राख्नुपर्छ। मलाई विश्‍वास छ यो भनाइ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्