परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९१

के तिमीहरूले अहिले अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रमा परमेश्‍वरको अत्यन्तै सटीक र कठिन जाँच र प्रशासनको कार्य समावेश हुन्छ भन्‍ने देख्यौ? पहिलो, उहाँले आत्मिक क्षेत्रमा विभिन्‍न स्वर्गीय उर्दीहरू, आदेशहरू, र प्रणालीहरूको स्थापना गर्नुभएको छ, र यिनको घोषणा भइसकेपछि, तिनलाई परमेश्‍वरले तय गर्नुभएअनुसार नै आत्मिक संसारका विभिन्‍न आधिकारिक पदहरूमा भएका प्राणीहरूले कठोर रूपमा पालन गर्छन्, र कसैले पनि तिनलाई उल्‍लङ्घन गर्ने आँट गर्दैनन्। त्यसकारण, मानिसको संसारमा मानवजातिको जीवन र मृत्युको चक्रमा, पशु-प्राणी वा मानिस, जुनसुकै रूपमा कुनै व्यक्तिको पुनर्जन्‍म भए पनि, दुवैका लागि नियमहरू छन्। यी नियमहरू परमेश्‍वरबाट आउने हुनाले, तिनलाई तोड्ने आँट कसैले पनि गर्दैन, न त कसैले तिनलाई तोड्न नै सक्छ। परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा, अनि त्यस्ता नियमहरू अस्तित्वमा भएको हुनाले मात्रै, मानिसहरूले देख्‍ने भौतिक संसार नियमित र सुव्यवस्थित छ; परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा मात्रै मानिसहरू तिनीहरूका निम्ति पूर्ण रूपमा अदृश्य रहेको अर्को संसारसँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सक्छन्, र यससँग सदभावमा जिउन सक्छन्—जसमध्ये कुनैलाई पनि परमेश्‍वरको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन। व्यक्तिको देहीय जीवन मरिसकेपछि पनि प्राणसँग अझै जीवन हुन्छ, त्यसैले यो परमेश्‍वरको प्रशासनको अधीनमा नभएको भए यसलाई के हुनेथियो? उक्त प्राण जहाँसुकै घुसपैठ गर्दै जताततै भौँतारिनेथियो, अनि मानव संसारका जीवित कुराहरूलाई हानि समेत गर्नेथियो। त्यस्तो हानि मानवजातिलाई मात्र होइन, वनस्पति र पशु-प्राणीलाई पनि हुनेथियो—तैपनि, हानि गरिने पहिलो कुरा मानिसहरू नै हुनेथिए। यस्तो भएको भए—यदि त्यस्तो प्राण प्रशासनविना भएको भए, त्यसले साँच्‍चै मानिसहरूलाई हानि गरेको भए, र वास्तवमै दुष्ट कुराहरू गरेको भए—यो प्राणलाई पनि आत्मिक संसारमा उचित रूपमा सम्‍हालिनेथियो। यदि अवस्था गम्‍भीर हुन्थ्यो भने, उक्त प्राण चाँडै नै अस्तित्व विहीन हुनेथियो, र यसलाई नष्ट गरिनेथियो। सम्‍भव भए, यसलाई कतै राखिनेथियो र त्यसपछि पुनर्जन्‍म गराइनेथियो। भन्‍नुको अर्थ, आत्मिक संसारले विभिन्‍न प्राणहरूलाई गर्ने प्रशासन सुव्यवस्थित हुन्छ र यस्तो प्रशासनलाई चरणहरू र नियमहरू अनुरूप कार्यान्वयन गरिन्छ। यस्तो प्रशासनको कारणले गर्दा नै मानिसको भौतिक संसार विश्रृंखलतामा परेको छैन, भौतिक संसारका मानिसहरूमा सामान्य मानसिकता, सामान्य चेतना, र व्यवस्थित देहीय जीवन छ। मानिसमा त्यस्तो सामान्य जीवन भएपछि मात्रै देहमा जिउनेहरू पुस्तौँपुस्तासम्‍म निरन्तर उन्‍नति गर्न र वृद्धि-विकास गर्न सक्‍नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६७

पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसले पनि परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन। त्यस्तो मानिसले परमेश्‍वरको प्रतिनिधित्व गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१३

परमेश्‍वरका विश्‍वासीको मार्गमा तिमीहरू केवल थोरै भाग मात्र हिँडेका छौ, र अझै तिमीहरूले सही मार्गमा प्रवेश गर्न बाँकी नै छ, यसकारण तिमीहरू...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७६

पत्रुस सिद्ध पारिएका मानिस थिए। सजाय र न्याय अनुभव गरेर परमेश्‍वरप्रति विशुद्ध प्रेम प्राप्त गरिसकेपछि मात्रै, तिनलाई पूर्ण रूपमा सिद्ध...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४८

अय्यूबले शैतानलाई पराजित गर्छन् र परमेश्‍वरको नजरमा साँचो मानिस बन्छन् जब अय्यूबले पहिलोपल्ट आफ्‍ना परीक्षाहरू भोगेका थिए, तब तिनीबाट...