परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७८

परमेश्‍वर केवल उहाँले चुन्‍नुभएका मानिसहरूको मात्र परमेश्‍वर हुनुहुन्‍न। तैँले हाल परमेश्‍वरलाई पछ्याउँछस् र उहाँ तेरो परमेश्‍वर हुनुहुन्छ, तर के उहाँलाई नपछ्याउनेहरूको पनि उहाँ परमेश्‍वर हुनुहुन्छ त? के परमेश्‍वर उहाँलाई नपछ्याउने सबै मानिसहरूको परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वर सबै थोकको परमेश्‍वर हुनुहुन्छ? (हुनुहुन्छ।) त्यसो भए, के परमेश्‍वरका काम कार्बाहीहरूको दायरा केवल उहाँलाई पछ्याउनेहरूमा मात्र सीमित हुन्छ त? (होइन।) उहाँका काम कार्बाहीहरूको दायरा के हो त? सबैभन्दा सानो स्तरमा, उहाँका काम कार्बाहीहरूको दायराले सबै मानवजाति र सृष्टिका सबै कुराहरू समेट्छ। उच्‍चतम स्तरमा यसले सम्पूर्ण ब्रह्माण्ड समेट्छ जुन मानिसहरूले देख्‍न सक्दैनन्। त्यसैले, हामीले भन्‍न सक्छौं कि परमेश्‍वरले सबै मानवजातिमाझ आफ्ना काम कार्बाही गर्नुहुन्छ र यो कुरा मानिसलाई परमेश्‍वर स्वयम्‌को बारेमा सम्पूर्ण रूपमा जान्‍न दिन काफी हुन्छ। यदि तँ परमेश्‍वरलाई चिन्‍न, उहाँको बारेमा साँचो रूपमा जान्‍न, उहाँलाई साँचो रूपमा बुझ्न चाहन्छस् भने, आफूलाई केवल परमेश्‍वरको कार्यका तीन चरणहरूमा वा उहाँले विगतमा गर्नुभएका कार्यका कथाहरूमा सीमित नगर्। यदि तैँले उहाँलाई त्यो तरिकाले जान्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरमाथि सीमितता लगाउँदै छस्, उहाँलाई नियन्त्रण गर्दै छस्। तैँले परमेश्‍वरलाई एकदमै सानो केही कुराको रूपमा हेर्दै छस्। त्यसो गर्नाले मानिसहरूलाई कसरी प्रभाव पर्न सक्छ? तँ कहिल्यै पनि परमेश्‍वरको अद्‌भूतता वा सर्वोच्‍चता जान्‍न सक्षम हुनेछैनस्, न त उहाँको शक्ति र सर्वशक्तिमान्‌ता र उहाँको अख्तियारको क्षेत्रको बारेमा नै जान्‍न सक्‍नेछस्। यस्तो बुझाइले परमेश्‍वर नै सबै थोकको शासक हुनुहुन्छ भन्‍ने तथ्‍यलाई स्वीकार्ने तेरो क्षमताका साथै परमेश्‍वरको साँचो परिचय र हैसियतसम्बन्धी तेरो ज्ञानलाई प्रभावित तुल्याउनेछ। अर्को शब्दमा, यदि परमेश्‍वरसम्‍बन्धी तेरो बुझाइको दायरा सीमित भएमा, तैँले प्राप्त गर्ने सक्‍ने कुरा पनि सीमित नै हुन्छ। त्यस कारणले गर्दा, तैँले आफ्नो दायरा फराकिलो पार्नुपर्छ र आफ्ना क्षितिजहरू विस्तार गर्नुपर्छ। तैँले यो कुरालाई सम्पूर्ण रूपमा बुझ्ने कोसिस गर्नुपर्छ—परमेश्‍वरको कार्यको दायरा, उहाँको व्यवस्थापन, उहाँको शासन, अनि उहाँले व्यवस्थापन र शासन गर्नुहुने सबै कुराहरू। यी कुराहरूमार्फत तैँले परमेश्‍वरका कार्यहरूको बरेमा बुझ्न सक्‍नुपर्छ। यस्तो बुझाइ भएमा, तैँले थाहै नपाई, परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, तिनीहरूको व्यवस्थापन गर्नुहुन्छ र तिनीहरूलाई आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ भन्‍ने कुरा महसुस गर्नेछस् र तैँले आफू पनि यी सबै थोकको एक हिस्सा र एक सदस्य भएको पनि साँचो रूपले महसुस गर्नेछस्। परमेश्‍वरले सबै थोकका लागि आवश्यक कुराहरू प्रदान गर्नुहुने भएकोले, तैँले पनि परमेश्‍वरको शासन र प्रावधान स्वीकार गरिरहेको छस्। यो एक तथ्य हो जसलाई कसैले पनि नकार्न सक्दैन। सबै थोक परमेश्‍वरको शासनअन्तर्गत आफ्नै नियमहरूको अधीनमा हुन्छन् र परमेश्‍वरको शासनअन्तर्गत, सबै थोकसँग बाँच्नको लागि आफ्नै नियमहरू हुन्छन्। मानवजातिको नियति र आवश्यकताहरू पनि परमेश्‍वरको शासन र प्रावधानसँग बाँधिएका हुन्छन्। त्यस कारणले गर्दा नै, परमेश्‍वरको प्रभुत्व र शासनअन्तर्गत, मानवजाति र सबै थोक अन्तर्सम्‍बन्धित, अन्तर्निर्भर र अन्तर्जडित हुन्छन्। यो नै परमेश्‍वरले सबै थोक सृष्टि गर्नुको उद्देश्य र महत्त्व हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३७

परमेश्‍वरले सदोमलाई नष्ट गर्नैपर्ने हुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११

परमेश्‍वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू तैँले कुनै पनि...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९१

परमेश्‍वर देहमा हुनुभएको समयमा, उहाँले मानिसहरूबाट चाहनुभएको समर्पणमा तिनीहरूले कल्पना गरेजस्तो दोष लाउने वा विरोध गर्ने कार्यबाट टाढा...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू...