परमेश्वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८२
परमेश्वरमा विश्वास गर्दा, परमेश्वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्वरका वचनहरू अनि परमेश्वरको आजको कामको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जब-जब शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ वा मानिसलाई अनियन्त्रित रूपमा हानि गर्छ, परमेश्वर हात बाँधेर बस्नुहुन्न, न त उहाँले चुन्नुभएकाहरूलाई बेवास्ता गर्ने वा आँखा चिम्लने नै गर्नुहुन्छ। शैतानले गर्ने सबै कुरालाई परमेश्वरले पूर्ण स्पष्टताको साथ बुझ्नुहुन्छ। शैतानले जेसुकै गरे तापनि, यसले जस्तोसुकै प्रचलन पैदा गरे पनि, शैतानले जे गर्ने प्रयास गर्दैछ त्यो सबै परमेश्वरलाई थाहा हुन्छ, र उहाँले चुन्नुभएकाहरूलाई परमेश्वरले त्याग्नुहुन्न। बरु, कुनै पनि ध्यान नखिचीकन—गोप्य रूपमा, चुपचाप—परमेश्वरले आवश्यक सबै कुरा गर्नुहुन्छ। जब परमेश्वरले कुनै व्यक्तिमा काम गर्न सुरु गर्नुहुन्छ, जब उहाँले कसैलाई चुन्नुभएको हुन्छ, उहाँले कसैलाई पनि यो समाचार घोषणा गर्नुहुन्न, न त उहाँले यसलाई शैतानको अघि नै घोषणा गर्नुहुन्छ, कुनै भव्य प्रदर्शन गर्ने कुरा त परै जाओस्। उहाँले आवश्यक परेको कुरा अत्यन्तै चुपचाप, अत्यन्तै प्राकृतिक रूपमा गर्नुहुन्छ। पहिले, उहाँले तेरो लागि परिवारको छनौट गर्नुहुन्छ; तेरो पारिवारिक पृष्ठभूमि, तेरा बाबुआमा, तेरा पुर्खाहरू—परमेश्वरले यो सबै अग्रिम रूपमा निर्धारित गर्नुहुन्छ। अर्को शब्दमा भन्दा, परमेश्वरले आवेगमा यी निर्णयहरू गर्नुहुन्न; बरु, उहाँले धेरै पहिले नै यो कार्य सुरु गर्नुभएको हुन्छ। परमेश्वरले तेरो लागि परिवार छनौट गरिसक्नुभएपछि, उहाँले तँ जन्मने मिति छनौट गर्नुहुन्छ। त्यसपछि, तँ जन्मेर संसारमा रुँदै आएको परमेश्वरले हेर्नुहुन्छ। उहाँले तँ जन्मेको हेर्नुहुन्छ, तैँले प्रथम शब्दहरू उच्चारण गरेको हेर्नुहुन्छ, तैँले हिँड्न सिक्दै गर्दा तँ लड्खडाउँदै बामे सरेको हेर्नुहुन्छ। सुरुमा तैँले एक कदम बढाउँछस् त्यसपछि अर्को कदम बढाउँछस् … अनि तँ कुद्न सक्ने, उफ्रन सक्ने, कुरा गर्न सक्ने, अनि तेरा भावनाहरूलाई व्यक्त गर्न सक्ने हुन्छस्। मानिसहरू हुर्कँदै जाने क्रममा, शैतानले तिनीहरू प्रत्येकलाई बाघले त्यसको सिकारलाई हेरेझैँ घुरेर हेरिरहन्छ। तर आफ्नो काम गर्ने क्रममा, परमेश्वर कहिल्यै पनि स्थान वा समयका कुनै पनि सीमितताहरूमा बाँधिनुहुन्न जुन मानिसहरू, घटना वा अन्य कुराहरूबाट आएका हुन्छन्; उहाँले जे गर्नुपर्छ र उहाँले जे गर्नु अत्यावश्यक छ त्यो उहाँले गर्नुहुन्छ। हुर्कने प्रक्रियामा, तैँले आफूलाई मन नपर्ने धेरै कुराहरूको अनुभव गर्न सक्छस्, जस्तै बिमार र निराशा। तर तँ यो मार्गमा हिँड्ने क्रममा, तेरो जीवन र तेरो भविष्य पूर्ण रूपमा परमेश्वरकै जिम्मामा हुन्छ। परमेश्वरले तँलाई तेरो जीवनभरि पुग्ने सच्चा प्रत्याभूति दिनुहुन्छ, किनभने उहाँ तेरो रखवारी गर्दै र तेरो हेरचाह गर्दै तेरै छेउमा बसिरहनुभएको हुन्छ। यो थाहै नपाई तँ हुर्कन्छस्। तँ नयाँ कुराहरूको सम्पर्कमा आउन थाल्छस् र यो संसारलाई र यो मानवजातिलाई चिन्न थाल्छस्। सबै कुरा तेरो लागि ताजा र नयाँ हुन्छ। तँलाई गर्न मन पर्ने केही कुराहरू हुन्छन्। तँ तेरो आफ्नै मानवताभित्र जिउँछस्, तँ तेरो आफ्नै क्षेत्रभित्र जिउँछस् र परमेश्वरको अस्तित्वको बारेमा तँलाई अलिकति पनि अनुभूति हुँदैन। तर तँ हुर्कने क्रममा परमेश्वरले हरेक पाइला हेर्नुहुन्छ, र तैँले हरेक कदम अगाडि बढाउँदा उहाँले तँलाई हेर्नुहुन्छ। तैँले ज्ञान सिकिरहेको बेला वा विज्ञान अध्ययन गरिरहेको बेलासमेत परमेश्वरले तँलाई एक पाइलासमेत कहिल्यै छोड्नुभएको हुँदैन। संसारलाई चिन्ने र यसमा संलग्न हुने क्रममा, तैँले तेरा आफ्नै आदर्शहरू स्थापना गरेको हुन्छस्, तेरा आफ्नै रुचिहरू हुन्छन्, तिमीहरूका आफ्नै चासोहरू हुन्छन् र तँसँग उच्च महत्त्वाकाङ्क्षाहरू पनि हुन्छन् भन्ने अर्थमा तँ अरू मानिसहरूजस्तै हुन्छस्। तेरो भविष्य कस्तो देखिनुपर्छ भन्ने खाका तयार गर्दै तैँले प्रायजसो आफ्नै भविष्यको बारेमा विचार गरिरहेको हुन्छस्। तर अघि बढ्ने क्रममा जेसुकै भए तापनि, यी सबै भइरहेको परमेश्वरले स्पष्ट रूपमा देख्नुहुन्छ। सायद तैँले आफ्नो विगतलाई बिर्सेको हुन सक्छस्, तर परमेश्वरको लागि, तँलाई राम्ररी बुझ्न सक्ने उहाँबाहेक कोही पनि छैन। तँ हुर्कँदै-बढ्दै, परिपक्व हुँदै परमेश्वरकै नजरमा रहेर जिउँछस्। यो अवधिमा, परमेश्वरको सबैभन्दा महत्त्वपूर्ण काम भनेको कसैले कहिल्यै पनि अनुभव नगर्ने, कसैले नजान्ने कुरा हो। परमेश्वरले अवश्य नै यसको बारेमा कसैलाई भन्नुहुन्न। त्यसो भए, यो सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? यो कुरा परमेश्वरले व्यक्तिलाई मुक्ति दिनुहुनेछ भन्ने प्रत्याभूति हो भनेर भन्न सकिन्छ। यसको अर्थ यदि परमेश्वरले उक्त व्यक्तिलाई मुक्ति दिन चाहनुहुन्छ भने, उहाँले त्यसो गर्नु नै हुन्छ। यो कार्य मानिस र परमेश्वर दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ। यो के हो, के तँलाई थाहा छ? यस्तो लाग्छ, यसको बारेमा तिमीहरूसँग कुनै अनुभव, वा यसको कुनै अवधारणा छैन, त्यसकारण म आफै तिमीहरूलाई बताइदिनेछु। तँ जन्मेको समयदेखि अहिलेसम्म, परमेश्वरले तँमा धेरै काम गरिसक्नुभएको छ, तर उहाँले आफूले गर्नुभएको सबै कुराको विस्तृत विवरण तँलाई दिनुहुन्न। परमेश्वरले तँलाई सो कुरा जान्न दिनुभएन, न त उहाँले तँलाई यसबारे भन्नु नै भयो। तैपनि, मानवजातिको लागि, उहाँले गर्नुहुने सबै कुरा महत्त्वपूर्ण छन्। परमेश्वरको लागि त, यो उहाँले गर्नैपर्ने कुरा हो। उहाँको हृदयमा उहाँले गर्न आवश्यक रहेको कुनै महत्त्वपूर्ण कुरा छ जुन यी सबै कुराभन्दा अत्यन्तै बढी महत्त्वपूर्ण छ। अर्थात्, व्यक्ति जन्मेको समयदेखि वर्तमान दिनसम्म, परमेश्वरले तिनीहरूको सुरक्षाको प्रत्याभूति दिनु नै हुन्छ। जब तैँले यी वचनहरू सुन्छस्, तँलाई आफूले पूर्ण रूपमा नबुझेजस्तो लाग्न सक्छ। तैँले सोध्न सक्छस्, “के यो सुरक्षा त्यति महत्त्वपूर्ण छ र?” “सुरक्षा” को शाब्दिक अर्थ के हो? सायद तिमीहरूले यसलाई शान्ति भनेर बुझ्छौ वा सायद तिमीहरूले यसलाई कुनै पनि विपत्ति वा संकष्टको अनुभव कहिल्यै नगर्नु, राम्ररी जिउनु, सामान्य जीवन जिउनु भनेर बुझ्छौ होला। तर तिमीहरूले आफ्नो हृदयमा यो त्यति सरल छैन भन्ने जान्नैपर्छ। त्यसो भए, परमेश्वरले गर्नुपर्ने भनेर मैले भन्दै आइरहेको यो कुरा वास्तवमा के हो त? परमेश्वरको लागि सुरक्षाले केलाई जनाउँछ? के “सुरक्षा” को सामान्य अर्थ वास्तवमा नै प्रत्याभूति हो? होइन। त्यसो भए, परमेश्वरले गर्नुहुने यो कुरा के हो त? यो “सुरक्षा” को अर्थ तँलाई शैतानले निल्नेछैन भन्ने हो। के यो महत्त्वपूर्ण छ? शैतानले ननिल्नु—के यो तेरो सुरक्षासँग सम्बन्धित छ कि छैन? छ, यो तेरो व्यक्तिगत सुरक्षासँग सम्बन्धित छ, र त्योभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुन सक्दैन। शैतानले तँलाई निलिसकेपछि, तेरो प्राण र तेरो देह अबउप्रान्त परमेश्वरको स्वामित्वमा हुनेछैन। परमेश्वरले अबउप्रान्त तँलाई मुक्ति दिनुहुनेछैन। शैतानले निलेका प्राण र मानिसहरूलाई परमेश्वरले त्याग्नुहुन्छ। त्यसकारण म भन्छु, परमेश्वरले गर्नुहुने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो यस सुरक्षाको प्रत्याभूति दिनु, तँलाई शैतानले निल्नेछैन भनेर प्रत्याभूति दिनु हो। यो अत्यन्तै महत्त्वपूर्ण छ, होइन र? त्यसो भए, तिमीहरू किन उत्तर दिन सक्दैनौ? परमेश्वरको महान् दयालाई तिमीहरू महसुस गर्न सक्दैनौ भन्नेजस्तो देखिन्छ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरमा विश्वास गर्दा, परमेश्वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्वरका वचनहरू अनि परमेश्वरको आजको कामको...
जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ...
पृथ्वीमा, म व्यावहारिक परमेश्वर स्वयम् हुँ जो मानिसहरूका हृदयमा बस्नुहुन्छ; स्वर्गमा, म सारा सृष्टिको मालिक हुँ। मैले पर्वतहरू चढेको र...
परमेश्वरको स्वभावलाई मानिसबाट कहिल्यै लुकाइएको छैन—मानिसको हृदयचाहिँ परमेश्वरबाट तर्केर गएको छ सृष्टिको समयदेखि नै, परमेश्वरको स्वभाव...