परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५२

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले यी विभिन्‍न विधिहरूको प्रयोग गर्छ। मानिससँग ज्ञान र केही वैज्ञानिक सिद्धान्तहरूको बुझाइ छ, मानिस परम्‍परागत संस्कृतिको प्रभावमा जिउँछ, अनि प्रत्येक मानिस परम्‍परागत संस्कृतिको उत्तराधिकारी र हस्तान्तरणकर्ता हो। मानिस शैतानले उसलाई दिएको परम्‍परागत संस्कृतिलाई जारी राख्‍न बाध्य छ, र शैतानले मानवजातिलाई प्रदान गरेका सामाजिक प्रचलनहरूलाई पनि मानिसले अनुसरण गर्छ। शैतानले गर्ने सबै कुरा सधैँ अनुसरण गर्ने, त्यसको दुष्टता, धोका, बदख्‍वाइँ र अहङ्कारलाई स्वीकार गर्ने हुँदा मानिस शैतानबाट अलग गर्न नसकिने छ। शैतानका यी स्वभावहरूको वशमा परिसकेपछि, मानिस यस भ्रष्ट मानवजातिको बीचमा खुशीसाथ कि दुःखद रूपमा जिइरहेको छ? (दुःखद रूपमा।) तिमीहरू किन त्यसो भन्दैछौ? (मानिस यी भ्रष्ट कुराहरूद्वारा बाँधिएको र नियन्त्रित गरिएको हुनाले, ऊ पापमा जिउँछ र कठिन संघर्षले उसलाई पुरेको छ।) कतिपय मानिसहरू अत्यन्तै बुद्धिजीवी देखिन चश्मा लगाउँछन्; तिनीहरू वाक्पटुता र तर्कको साथ अत्यन्तै सम्‍मानले बोल्‍न सक्छन्, र तिनीहरू धेरै कुराहरूबाट गुज्रेर आएका हुनाले, तिनीहरू अत्यन्तै अनुभवी र परिष्कृत हुन सक्छन्। तिनीहरूले ठूला-साना कुराहरूका बारेमा विस्तृत रूपमा बोल्‍न सक्छन्; तिनीहरूले विभिन्न कुराहरूको विशुद्धता र तर्कलाई पनि मूल्याङ्कन गर्न सक्छन्। कतिले यी मानिसहरूको बानीबेहोरा र स्वरूपलाई, साथै तिनीहरूको चरित्र, मानवता, आनीबानी, र आदि इत्यादि कुराहरूलाई हेर्न सक्छन्, र तिनमा कुनै त्रुटि भेट्टाउँदैनन्। त्यस्ता मानिसहरूले विशेष रूपमा हालको सामाजिक प्रचलनहरूलाई अपनाउन सक्छन्। त्यस्ता मानिसहरू वृद्ध भए तापनि, तिनीहरू समयका प्रचलनहरूबाट कहिल्यै पछि पर्दैनन् र ती कुराहरू सिक्‍नको लागि कहिल्यै पनि अत्यन्तै वृद्ध हुँदैनन्। झट्ट हेर्दा, त्यस्तो व्यक्तिमा कसैले पनि गल्ती भेट्टाउन सक्दैन, तैपनि तिनीहरूलाई तिनीहरूको भित्री सारसम्मै शैतानले अत्यन्तै धेरै र पूर्ण रूपमा भ्रष्ट तुल्याएको हुन्छ। यी मानिसहरूमा कुनै बाहिरी त्रुटि भेट्टाउन नसकिए पनि, सतहमा तिनीहरू भलादमी, उत्कृष्ट भए पनि, र तिनीहरूमा ज्ञान र निश्‍चित नैतिकता भए पनि, र तिनीहरूसँग निष्ठा भए पनि, र ज्ञानको हिसाबमा तिनीहरू जवान मानिसहरूभन्दा कुनै पनि हालतमा कमजोर नभए पनि, तिनीहरूको प्रकृति र सारको हिसाबमा, यस्ता मानिसहरू शैतानको पूर्ण र जीवित नमुना हुन्छन्; तिनीहरू शैतानको स्वरूपसँग अत्यन्तै मिल्‍ने हुन्छन्। शैतानले मानिसलाई भ्रष्ट तुल्याएर पाउने “फल” यही नै हो। मैले जे भनेँ त्यसले तिमीहरूलाई चोट पुर्‍याउन सक्छ, तर यो सबै साँचो हो। मानिसले अध्ययन गर्ने ज्ञान, उसले बुझ्‍ने विज्ञान, र सामाजिक प्रचलनसँग मिल्‍नको लागि उसले छनौट गर्ने माध्यमहरू सबै नै मानिसलाई भ्रष्ट तुल्याउने शैतानका औजारहरू हुन्, यसमा कुनै अपवाद छैन। यो पूर्णतया सत्य छ। त्यसकारण, मानिस शैतानले पूर्णतया भ्रष्ट तुल्याएको स्वभावभित्र जिउँछ, र मानिससँग परमेश्‍वरको पवित्रता के हो वा परमेश्‍वरको सार के हो सो जान्‍ने कुनै मार्ग छैन। किनभने सतहमा हेर्दा शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमा कुनै गल्ती भेट्टाउन सकिँदैन; कसैको बानीबेहोरालाई हेरेर कुनै कुरा गलत छ भनेर भन्‍न सकिँदैन। हरेक व्यक्तिले सामान्य रूपमा नै आफ्‍नो काम गर्छन् र सामान्य जीवन जिउँछन्; तिनीहरूले सामान्य रूपमै पुस्तक-पुस्तिका र अखबार पढ्छन्, तिनीहरूले सामान्य रूपमै अध्ययन गर्छन् र बोल्छन्। कतिपय मानिसहरूले केही नीतिशास्‍त्र सिकेका हुन्छन् अनि बोल्‍नमा सिपालु हुन्छन्, समझदार र मित्रवत् हुन्छन्, सहयोगी र परोपकारी हुन्छन्, र सानातिना कुरामा झैझगडा गर्ने वा मानिसहरूबाट फाइदा लिने गर्दैनन्। तैपनि, तिनीहरूको भ्रष्ट शैतानी स्वभावले तिनीहरूभित्र गहन रूपमा जरा गाडेको हुन्छ र बाहिरी प्रयासमा भर परेर यो सारलाई परिवर्तन गर्न सकिँदैन। यो सारको कारणले गर्दा, मानिसले परमेश्‍वरको पवित्रतालाई जान्‍न सक्दैन, र परमेश्‍वरको पवित्रताको सारलाई मानिसको निम्ति खुलासा गरिएको भए पनि मानिसले यसलाई गम्‍भीर रूपमा लिँदैन। किनभने विभिन्‍न माध्यमहरूद्वारा शैतानले मानिसको भावना, विचार, दृष्टिकोण र सोचाइहरूलाई नियन्त्रण गरिसकेको छ। यो नियन्त्रण र भ्रष्टता अस्थायी वा कहिलेकहीँ हुने कुरा होइन, बरु यो त जहाँसुकै र जुनसुकै समयमा हुने कुरा हो। तसर्थ, तीन वा चार, वा पाँच वा छ वर्षदेखि परमेश्‍वरलाई विश्‍वास गर्दै आएका धेरै मानिसहरूले तिनीहरूमा शैतानले हालिदिएका यी दुष्ट विचार, दृष्टिकोण, तर्क, र सिद्धान्तहरूलाई मूल्यवान् ठान्छन्, र तिनलाई त्याग्‍न सक्दैनन्। शैतानको प्रकृतिबाट आउने दुष्ट, अहङ्कारी र दुर्भावनापूर्ण कुराहरूलाई मानिसले स्वीकार गरेको हुनाले, मानिसको अन्तर्वैयक्तिक सम्‍बन्धहरूमा प्रायजसो द्वन्द्व, तर्कवितर्क र बेमेल हुन्छ, जुन शैतानको अहङ्कारी प्रकृतिको परिणामस्वरूप आउँछ। यदि शैतानले मानवजातिलाई सकारात्मक कुराहरू दिएको भए—उदाहरणको लागि, मानिसले स्वीकार गरेको परम्‍परागत संस्कृतिको कन्फ्युसियसवाद र ताओवाद असल कुराहरू भएका भए—ती कुराहरूलाई स्वीकार गरिसकेपछि उस्तै प्रकारका मानिसहरू एक-अर्कासँग मिलेर बस्‍नु पर्नेथियो। त्यसो भए, किन उही कुराहरूलाई स्वीकार गर्ने मानिसहरूका बीचमा त्यति ठूलो विभाजन छ त? किन त्यसो भयो त? किनभने यी कुराहरू शैतानबाट आउँछन् अनि शैतानले मानिसहरूका बीचमा विभाजन पैदा गर्छ। शैतानबाट आउने कुराहरू सतहमा हेर्दा जति नै गौरवशाली वा महान् देखिए पनि तिनले मानिसमा र मानिसको जीवनमा अहङ्कार मात्रै ल्याउँछ, र त्यो शैतानको दुष्ट प्रकृतिको धोका बाहेक केही पनि होइन। के यो त्यस्तै हो नि, होइन र? आफैलाई छदमभेषमा लुकाउन सक्‍ने, प्रचुर ज्ञान भएको वा राम्रो बाल्यकाल बिताएको कुनै पनि व्यक्तिलाई समेत उसको भ्रष्ट शैतानी स्वभावलाई लुकाउन कठिन हुन्छ। भन्‍नुको अर्थ, यस्तो मानिसले आफैलाई जस्तोसुकै तरिकाले वस्‍त्र पहिर्‍याए पनि, तैँले तिनीहरूलाई सन्त ठाने पनि, वा तैँले त्यसलाई सिद्ध छ भन्‍ने ठाने पनि, वा तैँले तिनीहरू स्वर्गदूत हुन् भन्‍ने ठाने पनि, तिनीहरू जति शुद्ध छन् भन्‍ने तैँले ठाने पनि, पर्दापछाडिको तिनीहरूको वास्तविक जीवन कस्तो हुन्छ त? तिनीहरूको स्वभावको प्रकाशमा तैँले कस्तो सार देख्छस्? तैँले शैतानको दुष्ट प्रकृति देख्छस् भन्‍नेमा कुनै शङ्का छैन। के त्यसो भन्‍नु स्वीकार्य छ? (छ।) उदाहरणको लागि, मानौँ तिमीहरूले असल व्यक्ति भनी ठानेको तिमीहरूको नजिकको कुनै व्यक्ति होला, सायद तैँले पूजनीय ठान्‍ने कुनै व्यक्ति होला। तेरो वर्तमान कदद्वारा, तैँले तिनीहरूलाई के ठान्छस्? सबभन्दा पहिले, तैँले यस प्रकारको व्यक्तिमा मानवता छ कि छैन, तिनीहरू इमानदार छन् कि छैनन्, मानिसहरूप्रति तिनीहरूको प्रेम साँचो छ कि छैन, तिनीहरूको बोलीवचन र कार्यले अरूलाई फाइदा र सहयोग पुर्‍याउँछ कि पुर्‍याउँदैन भनेर मूल्याङ्कन गर्छस्। (तिनीहरू त्यस्तो छैनन्।) यी मानिसहरूले प्रकट गर्ने तथाकथित दया, प्रेम वा असलपन के हो त? यो सबै झूट, यो सबै देखावटी हो। यो देखावटीपनभित्र एउटा गोप्‍य दुष्ट उद्देश्य हुन्छ: आफूलाई प्रिय र पूजनीय बनाउनु। के तिमीहरू यसलाई स्पष्ट रूपमा देख्छौ? (देख्छौँ।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३१

जहाँसम्म मैले तिमीहरूलाई दिएको शिक्षाको कुरा छ, तिमीहरूले लामो समयदेखि बारम्बार तिनलाई आफ्नो दिमागबाट हटाउँदै आएका छौ, यहाँसम्म कि तिमीहरू...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३३

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१८

परमेश्‍वरमा तेरो विश्‍वास, सत्यताको तेरो खोजी, र तैँले आफैलाई व्यवहार गर्ने तेरो शैली समेत पनि सबै यथार्थमाथि आधारित हुनुपर्छ: तैँले गर्ने...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४४

मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्‍वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्‍वर भन्ने हुन्छ, जसले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्