परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १६५
परमेश्वरको कामको हरेक चरणले एउटै र उही प्रवाहलाई पछ्याउँछ, त्यसकारण परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनामा, संसारको जग बसालिएको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरको अख्तियार र मानव नियतिमाथि परमेश्वरको सार्वभौमिकताको तथ्यलाई मानिसले कस्तो मनोवृत्तिले जान्नु र लिनुपर्छ? हरेक व्यक्तिको अघि खडा हुने वास्तविक समस्या यही हो। वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्नु र बुझ्नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् तर तिनलाई कसरी बुझ्ने, सम्हाल्ने, र अनुभव गर्ने भन्ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्छालाई, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रतिको तेरो समर्पणको वास्तविकतालाई प्रदर्शित गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्नुपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र कामकुराहरू प्रतीक्षा गर्नु हो, उहाँको इच्छा आफै तँकहाँ क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको उहाँले योजना गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरूमार्फत तँप्रतिका परमेश्वरका विचारपूर्ण अभिप्रायहरू अवलोकन गर्नु र बुझ्नु हो, तिनीहरूमार्फत सत्यता बुझ्नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्नु हो, र परमेश्वरले मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरू स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नु र यसमार्फत सृष्टिकर्ताले कसरी मानिसको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ भनेर जान्नुलाई जनाउँछ। परमेश्वरका बन्दोबस्तहरू र सार्वभौमिकताको अधीनमा रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, र यदि तैँले परमेश्वरलाई तेरो लागि सबै कुराहरू बन्दोबस्त गर्न र नियन्त्रण गर्न दिने सङ्कल्प गर्छस् भने, तैँले प्रतीक्षा गर्न सिक्नैपर्छ, तैँले खोजी गर्न सिक्नैपर्छ, र तैँले समर्पित हुन सिक्नैपर्छ। परमेश्वरको अख्तियारमा समर्पित हुन चाहने हरेक व्यक्तिले अपनाउनुपर्ने मनोवृत्ति यही हो, परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तलाई स्वीकार गर्न चाहने हरेक व्यक्तिमा हुनुपर्ने आधारभूत गुण यही हो। त्यस्तो मनोवृत्ति धारण गर्नको लागि, त्यस्तो गुण प्राप्त गर्नको लागि, तैँले अझै बढी परिश्रम गर्नैपर्छ। तैँले साँचो वास्तविकतामा प्रवेश गर्न सक्ने एउटै मार्ग यही हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
परमेश्वरको कामको हरेक चरणले एउटै र उही प्रवाहलाई पछ्याउँछ, त्यसकारण परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनामा, संसारको जग बसालिएको...
यदि मानिसको हृदयमा परमेश्वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ? आजका मानिसहरूसँग अय्यूबको जस्तै...
बृहत् र सूक्ष्म दृष्टिकोणहरूबाट परमेश्वरको अख्तियारलाई बुझ्ने परमेश्वरको अख्तियार अद्वितीय छ। यो परमेश्वर स्वयम्को चारित्रिक...
सियोनमा प्रशंसा आएको छ र परमेश्वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। आहा, सर्वशक्तिमान्...