परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२८

सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन्

मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान नगर्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति परिवर्तन गर्ने व्यर्थ आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, अनि सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता, र नियतिमा रहेका कुराहरूलाई पन्छाउन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरूले हर मोडमा ठक्‍कर खान्छन्। व्यक्तिले आफ्‍नो जीवन खेर फाल्‍ने क्रममा, उसको अन्तस्करणमा हुने यो संघर्षले यति भयानक पीडा दिन्छ कि त्यसले उसको हड्डी नै गलाउँछ। यो पीडाको कारण के हो त? के यो परमेश्‍वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्‍मेकोले गर्दा हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन रोजेका शैलीहरूको कारण यस्तो हुन्छ। कतिपय मानिसहरूले यी कुराहरू महसुस नगरेका हुन सक्छन्। तर जब तैँले साँचो रूपमा जान्दछस्, जब तैँले मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भनेर साँचो रूपमा पहिचान गर्न पुग्छस्, जब तैँले परमेश्‍वरले तेरो लागि योजना गर्नुभएका र तेरो लागि निर्णय गर्नुभएका सबै कुराहरू अत्यन्तै धेरै फाइदा र सुरक्षाका हुन् भनी बुझ्छस्, तब तैँले आफ्नो पीडा हल्‍का हुन थालेको अनुभव गर्छस्, र तेरो सम्पूर्ण सारत्व शान्त, स्वतन्त्र र मुक्त हुन्छ। अधिकांश मानिसहरूका स्थितिहरूको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले व्यक्तिपरक हिसाबमा पहिलेजस्तो जिउन र आफ्‍नो पीडाबाट राहत पाउन नचाहने भए पनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको व्यवहारिक मूल्य र अर्थलाई वस्तुपरक रूपमा स्वीकार गर्न सक्‍दैनन्; वस्तुगत हिसाबमा, तिनीहरू सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा पहिचान गर्न र यसमा समर्पित हुन सक्दैनन्, तिनीहरूले सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई कसरी खोजी र स्वीकार गर्ने भन्‍नेबारेमा जान्‍नु त परै जाओस्। त्यसैले, यदि मानिसहरूले मानव नियतिमाथि र सम्पूर्ण मानव मामलाहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई साँचो रूपमा पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरू सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा समर्पित हुन सक्दैनन् भने, तिनीहरू “आफ्‍नो नियति आफ्‍नै हातमा हुन्छ” भन्‍ने विचारद्वारा सञ्‍चालित हुन र बन्धनमा पर्न कठिन हुनेछैन। तिनीहरूले नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको आफ्नो तीव्र संघर्षको पीडालाई हटाउन कठिन हुनेछ, अनि, अवश्य पनि तिनीहरूले साँचो रूपमा स्वतन्त्र र मुक्त हुन, र परमेश्‍वरको आराधना गर्ने मानिस बन्‍न पनि कठिन नै हुनेछ। तर यो स्थितिबाट आफूलाई मुक्त गर्ने एउटा अत्यन्तै सरल तरिका छ र यो सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जीवनशैली, जीवनसम्‍बन्धी दृष्टिकोण, खोजी, इच्‍छा, र आदर्शहरूलाई सारांशित र विश्‍लेषण गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रतिको परमेश्‍वरका इच्‍छा र मापदण्डहरूसँग तुलना गरेर तीमध्ये कुनै कुरा परमेश्‍वरका इच्‍छा र मापदण्डहरूअनुरूप छ कि छैन, र तीमध्ये कुनै कुराले जीवनको सही मूल्य प्रदान गर्छ कि गर्दैन, व्यक्तिलाई सत्यतासम्‍बन्धी बृहत् बुझाइमा लैजान्छ कि लैजाँदैन, र व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछ कि तुल्याउँदैन भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका जिउने अनेक तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीसाथ विश्‍लेषण गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्‍नुभएको मौलिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्‍याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले गर्नुपर्ने काम भनेको जीवनसम्‍बन्धी तेरो पुरानो विचारलाई पन्छाउनु, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नु, र परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरो लागि बन्दोबस्तहरू गर्न दिनु हो; यो भनेको परमेश्‍वरका योजनाबद्ध कार्यहरू र अगुवाइमा मात्रै समर्पित हुने प्रयास गर्नु हो, व्यक्तिगत छनौटविना नै जिउनु, र परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्‍नु हो। यो कुरा सुन्दा सहज लाग्छ, तर गर्नचाहिँ कठिन छ। केही मानिसहरूले यसको पीडा सहन सक्छन्, अन्य व्यक्तिहरूले सक्दैनन्। केही व्यक्तिहरू अनुपालन गर्न इच्‍छुक हुन्छन्, अरूहरूचाहिँ अनिच्‍छुक हुन्छन्। जो अनिच्‍छुक छन् तिनीहरूमा त्यसो गर्ने इच्‍छा र सङ्कल्पको कमी हुन्छ; तिनीहरू परमेश्‍वरको सार्वभौमिकताको बारेमा स्पष्ट रूपमै सचेत हुन्छन्, तिनीहरूलाई मानव नियतिको योजना र बन्दोबस्त गर्ने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा पूर्ण रूपमा थाहा हुन्छ, तैपनि तिनीहरूले लात मार्दै संघर्ष गर्छन् र आफ्‍नो नियति परमेश्‍वरको हातमा राख्‍ने र परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुने कुरालाई स्वीकार गर्दैनन्; अझ भन्‍ने हो भने, तिनीहरूले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति खेद प्रकट गर्छन्। त्यसकारण, आफू कति सक्षम छु भनी हेर्न चाहने मानिसहरू सधैँ नै हुनेछन्; तिनीहरू आफ्‍नै दुई हातले आफ्‍नो नियति परिवर्तन गर्न, वा आफ्‍नै शक्तिले खुशी हासिल गर्न, परमेश्‍वरको अख्तियारको सीमाबाहिर गई परमेश्‍वरको सार्वभौमिकताभन्दा माथि उठ्न सकिन्छ कि सकिन्‍न भनी हेर्न चाहन्छन्। मानिसको दुःखान्त भनेको उसले खुशीयालीपूर्ण जीवन चाहनु होइन, उसले ख्याति र सम्पत्तिको खोजी गर्नु वा कुहिरोभित्र आफ्‍नै नियतिसँग संघर्ष गर्नु होइन, बरु उसले सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि पनि, मानव नियतिमाथि सृष्टिकर्ताकै सार्वभौमिकता छ भन्‍ने तथ्य जानिसकेपछि पनि, अझै आफ्‍ना मार्गहरूलाई सुधार्न नसक्‍नु हो, आफ्‍ना खुट्टाहरूलाई दलदलबाट तान्‍न नसक्‍नु, र आफ्‍नो हृदयलाई कठोर बनाएर आफ्‍ना गल्तीहरूमै दृढ रहनु हो। ऊ त बरु अलिकति पछुतोसमेत नमानीकन, सृष्टिकर्ताको सार्वभौमिकताविरुद्ध हठी भएर लड्दै, नमिठो अन्त्य नआउञ्‍जेल प्रतिरोध गर्दै, हिलोमै लुटपुटिरहन्छ। जब ऊ पछारिन्छ र रक्ताम्मे हुन्छ, तब मात्र उसले आखिर हरेस खान्छ र पछि फर्कने निर्णय गर्छ। यो साँचो मानव व्यथा हो। त्यसैले, म भन्छु, समर्पित हुने निर्णय गर्नेहरू बुद्धिमान हुन्, र संघर्ष गर्ने र भाग्‍ने निर्णय गर्नेहरू वास्तवमै मूर्ख हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१६

तेरो असफलता, कमजोरी, तेरा नकारात्मक समयका धेरै वटा अनुभवहरूलाई परमेश्‍वरको जाँचहरूको समय भन्न सकिन्छ। किनकि सबै थोक परमेश्‍वरबाट आउँछन्, र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७८

येशूमाथि फरिसीहरूको न्याय मर्कूस ३:२१-२२ अनि जब उहाँका मित्रहरूले यो सुने, उहाँलाई समात्‍न तिनीहरू बाहिर निस्के: किनकि तिनीहरूले भने, उहाँ...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४९

तिमीहरूले अहिले के खोज्छौ? परमेश्‍वरद्वारा सिद्ध हुनु, परमेश्‍वरलाई चिन्नु, परमेश्‍वरलाई प्राप्त गर्नु—वा सायद तँ ९० को दशकको पत्रुसको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७१

आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको निम्ति अय्यूबकोमा भएको भन्दा धेरै ठूलो आत्मविश्‍वासको आवश्यकता पर्छ। आत्मविश्‍वासविना मानिसहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्