परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२१

मानवजातिको नियति र ब्रह्माण्डको नियतिलाई सृष्टिकर्ताको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन

तिमीहरू सबै वयस्क हौ। तिमीहरूमध्ये कोही आधा उमेरका छौ; कोही वृद्ध अवस्थामा प्रवेश गरिसकेका छौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेदेखि उहाँमा विश्‍वास गर्ने भएका छौ, अनि परमेश्‍वरमा विश्‍वास गर्नेदेखि उहाँको वचनलाई स्वीकार गर्ने अनि उहाँको काम अनुभव गर्ने भएका छौ। परमेश्‍वरको सार्वभौमिकताको बारेमा तिमीहरूमा कति ज्ञान छ? तिमीहरूले मानव नियति सम्‍बन्धी के अन्तर्ज्ञान प्राप्त गरेका छौ? के कसैले जीवनमा चाहेको सबै कुरा हासिल गर्न सक्छ? तिमीहरूको अस्तित्वका केही दशकहरूको अवधिमा तिमीहरूले कामना गरेजस्तै के-कति कुराहरू हासिल गर्न सक्यौ? तिमीहरूले कहिल्यै अनुमान नगरेका के-कति घटनाहरू घटेका छन्? के-कति कुराहरू मनोहर आश्‍चर्यका रूपमा आउँछन्? मानिसहरूले अवचेतन रूपमा सही क्षणको प्रतीक्षा गर्दै, स्वर्गको इच्‍छाको प्रतीक्षा गर्दै, के-कति कुराहरूलाई अझै तिनले फल फलाउनेछन् भनेर प्रतीक्षा गर्छन्? के-कति कुराहरूले मानिसहरूलाई विवश र असफल भएको अनुभव गर्ने तुल्याउँछन्? तिनीहरूको जीवनमा सबै कुरा तिनीहरूले चाहना गरेझैँ हुनेछ, तिनीहरूले खानेकुरा वा लत्ताकपडाको बारेमा चाहना गर्नु पर्नेछैन, तिनीहरूको सम्‍पत्तिमा शानदार वृद्धि हुनेछ भन्‍ने अपेक्षा गर्दै सबै आफ्‍नो नियतिको बारेमा आशावादी हुन्छन्। दुःखकष्ट र विपत्तिहरूले गाँजेको गरिब र दबिएको जीवन कसैले पनि चाहँदैन। तर यी कुराहरूलाई मानिसहरूले अगाडि नै देख्‍न वा नियन्त्रण गर्न सक्दैनन्। सायद कतिपयको लागि, विगत भनेको अनुभवहरूको एउटा पोको मात्रै हो; स्वर्गको इच्‍छा के हो भन्‍ने तिनीहरूले कहिल्यै सिक्दैनन्, न त तिनीहरूले यो के हो भन्‍ने कुरालाई नै मतलब गर्छन्। तिनीहरू मानवजातिको नियतिको बारेमा वा मानिसहरू किन जीवित छन् वा तिनीहरू कसरी जिउनुपर्छ भन्‍ने बारेमा वास्तै नगरीकन दिन-प्रतिदिन पशुजस्तै केही नसोची आफ्‍नो जीवन जिउँछन्। त्यस्ता मानिसहरू मानव नियतिको बारेमा केही नबुझीकन नै वृद्ध उमेरमा पुग्छन्, अनि तिनीहरूलाई आफ्नो मृत्युको घडीसम्‍मै जीवन के हो, थाहै हुँदैन। त्यस्ता मानिसहरू मरेतुल्य हुन्; तिनीहरू आत्माविनाका प्राणीहरू हुन्; तिनीहरू पशुहरू हुन्। मानिसहरू सृष्टिभित्रै जिउने भए तापनि र संसारले तिनीहरूका भौतिक आवश्यकताहरूलाई पूरा गर्ने गरी विभिन्‍न तरिकाले तिनीहरूले आनन्द लिने भए तापनि, र यो भौतिक संसार अटुट रूपमा विस्तार हुँदैछ भन्‍ने तिनीहरूले देखे पनि, भौतिक कुराहरूसँग तिनीहरूको आफ्‍नै अनुभवको अर्थात्, तिनीहरूको हृदय र तिनीहरूको आत्माले के आभास र अनुभव गर्छ त्यसको कुनै सम्‍बन्ध छैन, र कुनै पनि भौतिक कुराले अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अनुभव भनेको व्यक्तिले आफ्‍नो अन्तस्करणमा पहिचान गर्ने, नाङ्गो आँखाले देख्‍न नसक्‍ने कुरा हो। यो पहिचान मानव जीवन र मानव नियति सम्‍बन्धी व्यक्तिको बुझाइ र उसको दृष्टिकोणमा रहेको हुन्छ। अनि यसले व्यक्तिलाई प्रायजसो, एक अदृश्य मालिकले मानिसकै लागि सबै थोकको व्यवस्थापन गरिरहनुभएको छ, सबै कुरा योजनाबद्ध तुल्याइरहनुभएको छ भन्‍ने कुरा बोध गराउँछ। यी सबै कुराहरूका बीचमा, व्यक्तिले नियतिको बन्दोबस्त र योजनाबद्ध कार्यलाई स्वीकार गर्ने बाहेक केही गर्न सक्दैन; सृष्टिकर्ताले तय गर्नुभएको अगाडिको मार्गलाई, व्यक्तिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्ने बाहेक व्यक्तिले केही गर्न सक्दैन। यो निर्विवाद तथ्य हो। नियतिको बारेमा व्यक्तिले जस्तोसुकै अन्तर्दृष्टि र आचरण राखे पनि, कसैले पनि यो तथ्यलाई परिवर्तन गर्न सक्दैन।

हरेक दिन तँ कहाँ जानेछस्, तैँले के गर्नेछस्, तैँले कसलाई वा केलाई भेट्नेछस्, तैँले के भन्‍नेछस्, तँलाई के हुनेछ—के यीमध्ये कुनैको बारेमा पनि पूर्वानुमान गर्न सकिन्छ र? यी सबै घटनाहरूलाई मानिसहरूले पूर्वानुमान गर्न सक्दैनन्, यी परिस्थितिहरू कसरी विकास हुन्छन् भनेर नियन्त्रण गर्ने कुरा त परै जाओस्। जीवनमा, यस्ता पूर्वानुमान गर्न नसकिने घटनाहरू सधैँ नै घट्ने गर्छन्; ती दैनिक जीवनका घटनाहरू हुन्। यस्ता दैनिक घटनाहरू र ती घट्ने तरिकाहरू वा तिनले पछ्याउने ढाँचाहरू सबै, कुनै कुरा पनि संयोगवश हुँदैनन्, हरेक घटनाको प्रक्रिया, हरेक घटनाको अपरिहार्य प्रकृति मानव इच्‍छाद्वारा परिवर्तन गर्न सकिँदैन भनी मानवजातिलाई दिइएका अटुट ताकिताहरू हुन्। हरेक घटनाले मानवजातिलाई सृष्टिकर्ताको चेतावनी दिन्छ र मानवजातिले आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन भन्‍ने सन्देश दिन्छ। हरेक घटना आफ्‍नो नियति आफ्‍नै हातमा लिने मानवजातिको उन्मत्त एवं निरर्थक महत्वाकांक्षा र इच्‍छाको खण्डन हो। ती प्रत्येक घटना अन्तमा तिनीहरूको नियति कसले सञ्चालन र नियन्त्रण गर्छ भनी मानवजातिलाई पुनर्विचार गर्न बाध्य पार्ने, एकपछि अर्को गर्दै तिनीहरूको अनुहारमा प्रहार गरिएका थप्पडहरू हुन्। अनि मानिसहरूका महत्वाकांक्षा र इच्‍छाहरू बारम्‍बार विफल र चकनाचूर तुल्याइएपछि, स्वभावैले तिनीहरूले नियतिमा जे छ त्यसलाई अचेतन रूपमै स्वीकार्न पुग्छन्—यो वास्तविकता, स्वर्गको इच्‍छा अनि सृष्टिकर्ताको सार्वभौमिकताको स्वीकार हो। यी दैनिक घटनाहरूदेखि सम्पूर्ण मानव जीवनको नियतिसम्‍म यस्तो कुनै कुरा नै छैन जसले सृष्टिकर्ताका योजनाहरू र उहाँको सार्वभौमिकतालाई प्रकट नगरेको होस्; “सृष्टिकर्ताको अख्‍तियारलाई नाघ्‍न सकिँदैन” भन्‍ने सन्देश नदिने केही पनि छैन, “सृष्टिकर्ताको अख्‍तियार सर्वोच्‍च छ” भन्‍ने अनन्त सत्य व्यक्त नगर्ने कुनै कुरा नै छैन।

मानवजाति र ब्रह्माण्डका नियतिहरू सृष्टिकर्ताको सार्वभौमिकतासँग घनिष्ट रूपले गाँसिएका र सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूसँग अभिन्न रूपले जोडिएका हुन्छन्; आखिरमा, तिनीहरू सृष्टिकर्ताको अख्‍तियारसँग अभिन्न हुन्छन्। सबै कुराहरूका नियमहरूमा, मानिसले सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र उहाँको सार्वभौमिकतालाई बुझ्‍न पुग्छ; सबै कुराहरूको अस्तित्वका नियमहरूमा, उसले सृष्टिकर्ताको शासनलाई जान्‍न पुग्छ; सबै कुराहरूका नियतिहरूमा, उसले सृष्टिकर्ताले कसरी तिनीहरूउपर आफ्‍नो सार्वभौमिकता र नियन्त्रण प्रयोग गर्नुहुन्छ सो निष्कर्ष निकाल्न पुग्छ; अनि मानवजाति र यावत् थोकका जीवन चक्रहरूमा मानिसले साँच्‍चै नै यी यावत् थोक र जीवित प्राणीहरूका निम्ति सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूको अनुभव गर्न पुग्छ, कसरी ती योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूले सारा सांसारिक कानुनहरू, नियमहरू, र संस्थाहरू, अन्य सारा शक्तिहरू र सामर्थ्यहरूलाई नाघ्छन् भन्‍ने कुरा देख्‍न पुग्छ। त्यसो हुनाले, सृष्टिकर्ताको सार्वभौमिकतालाई कुनै पनि सृष्टि गरिएको प्राणीले उल्‍लङ्घन गर्न सक्दैन, सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएका घटनाहरू र काम-कुराहरूलाई कुनै पनि शक्तिले खोस्‍न वा उल्ट्याउन सक्दैन भन्‍ने कुरा स्वीकार गर्न मानवजाति बाध्य छ। यिनै ईश्‍वरीय व्यवस्था र नियमहरूमा नै मानवजाति अनि यावत् थोक जिउँछन् र एक पुस्तादेखि अर्को पुस्तासम्‍म वृद्धि हुँदै जान्छन्। के सृष्टिकर्ताको अख्‍तियारको साँचो मूर्त रूप यही होइन र? वस्तुगत नियमहरूमा मानिसले सबै घटना र यावत् थोकमा सृष्टिकर्ताको सार्वभौमिकता र पूर्वनिर्धारणलाई देख्‍ने भए तापनि, ब्रह्माण्डमाथि रहेको सृष्टिकर्ताको सार्वभौमिकताको सिद्धान्तलाई कति जना मानिसहरूले बुझ्‍न सक्छन्? कति मानिसहरूले तिनीहरूको आफ्नै नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तलाई साँचो रूपमा बुझ्‍न, पहिचान गर्न, स्वीकार गर्न, र तिनमा समर्पित हुन सक्छन्? यावत् थोकमाथि सृष्टिकर्ताको सार्वभौमिकताको तथ्यमा विश्‍वास गरिसकेपछि, कसले मानिसको जीवनको नियतिलाई पनि सृष्टिकर्ताले तय गर्नुहुन्छ भन्‍ने कुरालाई साँचो रूपमा विश्‍वास र पहिचान गर्न सक्छ? कसले मानिसको नियति सृष्टिकर्ताको हत्केलामा छ भन्‍ने तथ्यलाई साँचो रूपमा बुझ्‍न सक्छ? उहाँले मानवजातिको नियतिलाई शासन र नियन्त्रण गर्नुहुन्छ भन्‍ने तथ्यलाई ध्यानमा राख्दै, मानवजातिले सृष्टिकर्ताको सार्वभौमिकतामाथि कस्तो आचरण राख्‍नुपर्छ? अहिले यो तथ्यको सामना गर्ने हरेक मानवजातिले आफ्‍नो लागि गर्नैपर्ने निर्णय त्यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६९

मेरो महिमा देख्न तिनीहरू कसैसँग विश्‍वास छैन र म तिनीहरूलाई बाध्य बनाउँदिनँ, बरु मानवजातिको माझबाट मेरो महिमा हटाउनेछु र यसलाई अर्कै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २३१

यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४२

आखिरी दिनहरूका देहधारी परमेश्‍वर मुख्य रूपमा उहाँका वचनहरू बोल्न, मानिसको जीवनलाई जे आवश्यक छ त्यो सबै व्याख्या गर्न, मानिसले कुन कुरामा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०८

परमेश्‍वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो (छनौट गरिएका खण्डहरू) उल्‍लङ्घनप्रतिको परमेश्‍वरको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्