परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५३
संकल्प गरेका सबैले परमेश्वरको सेवा गर्न सक्दछन्—तर परमेश्वरको इच्छालाई पूरा ध्यान दिने र परमेश्वरको इच्छा बुझ्ने व्यक्तिहरू मात्र...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
“अनि परमेश्वरले भन्नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो” (उत्पत्ति १:६-७)। परमेश्वरले “पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्” भनी भन्नुभएपछि के-कस्ता परिवर्तनहरू आए? पवित्र-शास्त्रमा यसो भनिएको छ: “अनि परमेश्वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो।” परमेश्वरले बोल्नुभएपछि र यसो गर्नुभएपछि के परिणाम आयो? यसको उत्तर परिच्छेदको अन्तिम भागमा छ: “अनि त्यस्तै भयो।”
यी दुई छोटा वाक्यले सानदार घटनाको विवरण दिन्छन्, र अचम्मको दृश्यलाई व्याख्या गर्छन्—अद्भुत कार्य जसमा परमेश्वरले पानीलाई व्यवस्थित गर्नुभयो, र मानिस अस्तित्वमा रहन सक्ने ठाउँ सृष्टि गर्नुभयो …
यस चित्रमा, एकै क्षणमा परमेश्वरको आँखाअघि पानी र वायुमण्डल देखा पर्छन्, र तिनलाई परमेश्वरको अख्तियारले विभाजित गर्छ, र परमेश्वरले तय गर्नुभएको शैलीमा ती “माथि” र “तल” गरी अलग हुन्छन्। भन्नुको अर्थ, परमेश्वरले सृष्टि गर्नुभएको वायुमण्डलले तलको पानीलाई मात्रै ढाकेन, यसले त माथिको पानीलाई पनि अड्यायो…। यसमा, मानिसले अक्क न बक्क भई हेर्ने, र उहाँको अख्तियारको शक्ति र सृष्टिकर्ताले जसरी पानीलाई हलचल गरी आदेश दिनुभयो, र वायुमण्डल सृष्टि गर्नुभयो त्यस दृश्यको वैभवप्रतिको प्रशंसामा अचम्मित हुनेबाहेक केही पनि गर्न सक्दैन। परमेश्वरले आफ्नो वचन, शक्ति, र अख्तियारमार्फत अर्को महान् उपलब्धि हासिल गर्नुभयो। के यो सृष्टिकर्ताको अख्तियारको शक्ति होइन र? परमेश्वरका कार्यहरूलाई व्याख्या गर्न हामी धर्मशास्त्रका खण्डहरू प्रयोग गरौं: परमेश्वरले आफ्ना वचन बोल्नुभयो, र यी वचनले गर्दा पानीहरूबीच वायुमण्डल सृजना भयो। यसै समयमा, उहाँका यिनै वचनहरूले गर्दा अन्तरिक्षमा ठूलो परिवर्तन आयो, र यो सामान्य अर्थको परिवर्तन थिएन, बरु यो त यस्तो प्रकारको प्रतिस्थापन थियो जसमा शून्यताबाट केही थोक बन्यो। यो, सृष्टिकर्ताका विचारहरूद्वारा जन्मियो, र सृष्टिकर्ताले बोल्नुभएका वचनहरूको कारण शून्यताबाट केही थोक बन्यो, यसका साथै त्यसपछि यो, सृष्टिकर्ताको खातिर नै अस्तित्वमा रही खडा भइरहनेवाला थियो, र सृष्टिकर्ताका विचारअनुसार यो हलचल, परिवर्तन, र नवीकरण हुनेवाला थियो। सृष्टिकर्ताले सम्पूर्ण संसारको सृष्टि गर्ने क्रममा गर्नुभएको दोस्रो कार्यलाई यो अनुच्छेदले व्याख्या गर्छ। यो, सृष्टिकर्ताको अख्तियार र शक्तिको अर्को अभिव्यक्ति, सृष्टिकर्ताको अर्को अग्रगामी कार्य थियो। संसारको जग बसालिएपछि सृष्टिकर्ताले बिताउनुभएको दोस्रो दिन यही थियो, र यो उहाँको लागि सुन्दर दिन थियो: उहाँ ज्योतिको बीचमा हिँड्डुल गर्नुभयो, उहाँले वायुमण्डल ल्याउनुभयो, पानीलाई व्यवस्थित गरी सञ्चालित गर्नुभयो, र त्यस नयाँ दिन उहाँका कार्य, र शक्तिलाई काममा प्रयोग गरियो …
के परमेश्वरले आफ्ना वचनहरू बोल्नुभन्दा पहिले पानीहरूबीच वायुमण्डल थियो? अवश्य नै थिएन! परमेश्वरले “पानीहरूको बीचमा वायुमण्डल होस्” भनी भन्नुभएपछि के भयो? उहाँको अभिप्रायका कुराहरू देखा परे; पानीहरूको बीचमा वायुमण्डल सृजना भयो, र उहाँले “त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्” भनी भन्नुभएको कारणले पानी अलग भयो। यसरी परमेश्वरको वचनलाई पछ्याएर उहाँको अख्तियार र शक्तिको परिणामस्वरूप यावत् थोकबीच दुई नयाँ थोक, दुईवटा भर्खरै जन्मेका कुरा देखा परे। यी दुई नयाँ कुरा देखा परेको घटनाबारे तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? के तिमीहरू सृष्टिकर्ताको शक्तिको महानता अनुभव गर्छौ? के तिमीहरू सृष्टिकर्ताको अद्वितीय र असाधारण सामर्थ्य अनुभव गर्छौ? परमेश्वरको अख्तियारले गर्दा त्यस्तो सामर्थ्य र शक्तिको महानता आएको हो, र यो अख्तियार परमेश्वर स्वयमको प्रतिनिधित्व अनि उहाँको अद्वितीय विशेषता हो।
के यो परिच्छेदले तिमीहरूलाई फेरि एक पटक परमेश्वरको अद्वितीयपनको प्रगाढ अनुभूति दियो? वास्तवमा, यो पर्याप्तताभन्दा टाढाको कुरा हो; सृष्टिकर्ताको अख्तियार र शक्ति योभन्दा धेरै अघिसम्म फैलिन्छन्। उहाँमा कुनै पनि प्राणीको भन्दा बेग्लै सार भएकोले मात्रै उहाँसँग अद्वितीयपन छ भन्ने होइन, बरु उहाँको अख्तियार र शक्ति सबैभन्दा असाधारण, असीमित, सर्वोत्कृष्ट, र सबैभन्दा माथि रहेकोले गर्दा हो, र अझ भन्ने हो भने, उहाँको अख्तियार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसले जीवन पैदा गर्ने, आश्चर्यकर्महरू उत्पन्न गर्ने, र हरेक सानदार र असाधारण मिनेट र सेकेन्ड रचना गर्ने भएकोले हो। यसका साथै, आफूले सृष्टि गर्नुहुने जीवनलाई उहाँ शासन गर्न सक्नुहुन्छ र आफूले सृष्टि गर्नुहुने आश्चर्यकर्महरू, हरेक मिनेट र सेकेन्डमाथि सार्वभौमिकता राख्न उहाँ सक्नुहुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
संकल्प गरेका सबैले परमेश्वरको सेवा गर्न सक्दछन्—तर परमेश्वरको इच्छालाई पूरा ध्यान दिने र परमेश्वरको इच्छा बुझ्ने व्यक्तिहरू मात्र...
परमेश्वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू केही यस्ता मानिसहरू छन् जसको विश्वासलाई परमेश्वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन।...
यदि मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्ने हृदयले परमेश्वरमा विश्वास गर्छन् र परमेश्वरका वचनहरूको अनुभव गर्छन् भने, यस्ता मानिसहरूमा...
परमेश्वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू...