परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३८

आखिरी दिनहरूका मानिसहरूले परमेश्‍वरका वचनहरूमा मात्र उहाँको क्रोध देख्छन्, तर परमेश्‍वरको क्रोधलाई साँच्‍चै अनुभव गर्दैनन्

सृष्टिको समयदेखि आजसम्म, यस अन्तिम समूहले जस्तो परमेश्‍वरको अनुग्रह वा कृपा र प्रेमिलोदयालुपनको आनन्द कुनै समूहले उठाएको छैन। अन्तिम चरणमा, परमेश्‍वरले न्याय र सजायको काम गरिसक्‍नुभएको, र उहाँले उहाँको काम प्रताप र क्रोधको साथ गरिसक्‍नुभएको भए पनि, धेरैजसो समय परमेश्‍वरले आफ्नो काम पूरा गर्न केवल वचनहरूको मात्र प्रयोग गर्नुहुन्छ; उहाँले शिक्षा दिन र मलजल गर्न, आपूर्ति र पोषण प्रदान गर्नका लागि वचनहरूको प्रयोग गर्नुहुन्छ। यसबीच, परमेश्‍वरको क्रोधलाई सधैँ लुकाएर राखिएको छ, र परमेश्‍वरका वचनहरूमा उहाँको क्रोधपूर्ण स्वभावको अनुभव गरेको बाहेक, थोरै मानिसहरूले मात्र उहाँको क्रोध व्यक्तिगत रूपमा अनुभव गरेका छन्। भन्‍नुको अर्थ, परमेश्‍वरले न्याय र सजायको काम गर्नुभएको अवधिमा, परमेश्‍वरका वचनहरूमा प्रकट भएको क्रोधले मानिसहरूलाई परमेश्‍वरको प्रताप र उल्‍लङ्घनप्रतिको उहाँको असहिष्णुताको अनुभव गराउने भए पनि, यो क्रोध उहाँका वचनहरूभन्दा पर जान सक्दैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले मानिसलाई हप्काउन, मानिसलाई उदाङ्गो पार्न, मानिसको न्याय गर्न, मानिसलाई सजाय दिन र मानिसलाई दोषी ठहराउन समेत वचनहरूकै प्रयोग गर्नुहुन्छ—तर परमेश्‍वर अझैसम्म मानिससित असाध्यै रिसाउनुभएको छैन र उहाँले आफ्नो वचनबाहेक अन्य माध्यमद्वारा मानिसमाथि आफ्नो क्रोध थोरै मात्र प्रकट गर्नुभएको छ। यसरी, यस युगमा मानिसले अनुभव गरेको परमेश्‍वरको कृपा र प्रेमिलोदयालुपन परमेश्‍वरको वास्तविक स्वभावको प्रकाश हो भने, मानिसद्वारा अनुभव गरिएको परमेश्‍वरको क्रोध केवल उहाँका वाणीहरूको शैली र भावनाको प्रभाव हो। धेरै मानिसहरूले यो प्रभावलाई गलत प्रकारले साँचो अनुभव र परमेश्‍वरको क्रोधको सही ज्ञानको रूपमा लिन्छन्। फलस्वरूप, धेरैजसो मानिसहरूले परमेश्‍वरका वचनहरूमा उहाँको कृपा र प्रेमिलोदयालुपन देखेको, र मानिसको उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहिष्णुता अवलोकन गरेको, र तीमध्ये धेरैले मानिसप्रति परमेश्‍वरको कृपा र सहिष्णुतालाई पनि बुझेको विश्‍वास गर्छन्। तर मानिसको व्यवहार जति नै खराब भए पनि, वा उसको स्वभाव जति नै भ्रष्ट भए पनि, परमेश्‍वरले सधैँ सहनुभएको छ। सहने क्रममा, उहाँको उद्देश्य भनेको आफूले बोलेका वचनहरू, आफूले गरेका प्रयासहरू र आफूले चुकाएको मूल्यले आफूले प्राप्त गर्न चाहेका व्यक्तिहरूमा प्रभाव पारून् भनेर प्रतीक्षा गर्नु हो। जसरी मानिसहरू जन्‍मनेबित्तिकै वयस्क हुँदैनन्, त्यसरी नै यस्तो परिणामको प्रतीक्षा गर्न समय लाग्छ, र यसको लागि मानिसलाई विभिन्‍न वातावरणहरूको निर्माण गरिदिनुपर्ने आवश्यकता हुन्छ; परिपक्‍व वयस्क बन्‍नका लागि अठार वा उन्‍नाइस वर्ष लाग्छ, र केही मानिसहरूलाई त बीस वा तीस वर्ष पनि लाग्छ। परमेश्‍वरले यो प्रक्रिया समाप्त भइञ्‍जेल पर्खनुहुन्छ, उहाँ त्यस्तो समयको प्रतीक्षा गर्नुहुन्छ, र उहाँले यो परिणाम आउने दिन कुर्नुहुन्छ। उहाँले प्रतीक्षा गर्ने समयभरि, परमेश्‍वरले प्रशस्त कृपा गर्नुहुन्छ। तैपनि, परमेश्‍वरको कामको अवधिमा, उहाँको गम्भीर विरोध गरेको कारण अत्यन्त थोरै मानिसहरूलाई मात्र प्रहार गरिन्छ, र केही मानिसहरूलाई दण्डित गरिन्छ। त्यस्ता उदाहरणहरू मानिसको उल्लङ्घन नसहने परमेश्‍वरको स्वभावको अझ ठूलो प्रमाण हुन्, र तिनले चुनिएका मानिसहरूप्रतिको परमेश्‍वरको सहिष्णुता र धैर्यताको वास्तविक अस्तित्वलाई पूर्ण रूपमा पुष्टि गर्छन्। अवश्य नै, यी ठेट उदाहरणहरूमा, यी मानिसहरूमा हुने परमेश्‍वरको स्वभावको केही भागको प्रकटीकरणले परमेश्‍वरको समग्र व्यवस्थापन योजनालाई कुनै असर गर्दैन। वास्तवमा, परमेश्‍वरको कामको यो अन्तिम चरणमा, आफूले पर्खिरहेको अवधिभरि परमेश्‍वरले सहनुभएको छ, र उहाँलाई पछ्याउनेहरूको मुक्तिको लागि उहाँले आफ्नो धैर्यता र जीवन दिनुभएको छ। के तिमीहरू यस कुरालाई देख्छौ? परमेश्‍वरले कुनै कारणविना आफ्नो योजना उल्टाउनुहुन्‍न। उहाँले आफ्नो क्रोध प्रकट गर्न सक्‍नुहुन्छ, र उहाँ कृपालु पनि हुन सक्‍नुहुन्छ; यो परमेश्‍वरको स्वभावका दुई मुख्य पाटोको प्रकाश हो। यो स्पष्ट छ कि स्पष्ट छैन? अर्को शब्दमा भन्दा, जब परमेश्‍वरको कुरा आउँछ, तब सही र गलत, धर्मी र अधर्मी, सकारात्मक र नकारात्मक—यी सबै कुरा मानिसलाई स्पष्ट रूपमा देखाइन्छ। उहाँले के गर्नुहुनेछ, उहाँलाई के मन पर्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ—यी सबै कुरा उहाँको स्वभावमा प्रत्यक्ष रूपमा झल्किन सक्छन्। त्यस्ता कुराहरू स्वाभाविक र स्पष्ट रूपमा परमेश्‍वरको काममा पनि देख्‍न सकिन्छ, र ती अस्पष्ट वा सामान्य छैनन्; बरु, ती कुराले त सबै मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विशेष र ठोस रूपमा, सत्य र व्यावहारिक तरिकामा देखाउँछन्। साँचो परमेश्‍वर स्वयम्‌ भनेकै यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५८

व्यक्तिले परमेश्‍वरको इच्छा पूरा गर्न, परमेश्‍वरको हृदयअनुसारका सबै मानिसहरूलाई उहाँको सामु ल्याउन, मानिसलाई परमेश्‍वरकहाँ ल्याई पवित्र...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३०

परमेश्‍वरले मानिसहरूमा वास्तविकताबारे कुरा गर्ने क्षमता होस् भन्ने मात्र चाहनुहुन्न; त्यो त धेरै सजिलो हुनेछ, होइन र? त्यसोभए, परमेश्‍वरले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५५

सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०५

उत्पत्ति १९:१-११ अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए;...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्