परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३७

परमेश्‍वरले सदोमलाई नष्ट गर्नैपर्ने हुन्छ

उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना धर्मी भेट्टाएँ भने, म तिनीहरूका खातिर त्यो सबै ठाउँलाई छोडिदिनेछु।

उत्पत्ति १८:२९ अनि तिनी फेरि उहाँसँग बोले र भने, केही गरी त्यहाँ चालीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३० अनि तिनले उहाँलाई भने, केही गरी त्यहाँ तीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३१ अनि तिनले भने, केही गरी त्यहाँ बीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

उत्पत्ति १८:३२ अनि तिनले भने, केही गरी त्यहाँ दश जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

परमेश्‍वरले जसलाई वास्ता गर्नुहुन्छ तिनीहरूप्रति उहाँ अत्यन्तै कृपालु हुनुहुन्छ, र जसलाई उहाँले घृणा र अस्वीकार गर्नुहुन्छ तिनीहरूप्रति उहाँ अति नै क्रोधित हुनुहुन्छ

बाइबलका विवरणहरूमा भनिएअनुसार, के सदोममा परमेश्‍वरका दसजना सेवक थिए? अहँ, थिएनन्! के त्यो सहर परमेश्‍वरद्वारा बचाइन योग्य थियो? त्यो सहरका एक व्यक्ति, अर्थात् लोतले मात्र परमेश्‍वरका सन्देशवाहकहरूलाई स्वागत गरे। यसको तात्पर्य के हो भने, त्यस सहरमा परमेश्‍वरका एक मात्र सेवक थिए, र परमेश्‍वरसँग लोतलाई बचाउनु र सदोम सहरलाई नाश गर्नुबाहेक अरू कुनै विकल्प थिएन। माथि उल्‍लेखित अब्राहाम र परमेश्‍वरबीचको कुराकानी सरल देखिन्छ, तर ती कुराकानीले केही गहन कुरालाई प्रस्ट पार्छन्: परमेश्‍वरका कार्यहरूका सिद्धान्तहरू हुन्छन्, र निर्णय लिनुअघि उहाँले लामो समयसम्म अवलोकन र सोचविचार गरेर बिताउनुहुन्छ; सही समय नआउञ्‍जेल उहाँले कुनै निर्णय गर्नुहुन्‍न वा झटपट कुनै पनि निष्कर्ष निकाल्नुहुन्‍न। अब्राहाम र परमेश्‍वरबीचको बातचितले हामीलाई के देखाउँछ भने, सदोमलाई नाश गर्ने परमेश्‍वरको निर्णय अलिकति पनि गलत थिएन, किनकि परमेश्‍वरलाई त्यो सहरमा चालीस जना, तीस जना, वा बीस जना पनि धर्मी जन छैनन् भन्‍ने कुरा पहिल्यै थाहा थियो। त्यहाँ दस जना पनि थिएनन्। सहरका एक मात्र धर्मी व्यक्ति लोत थियो। सदोममा भएका सबै घटनाहरू र यसका परिस्थितिहरूलाई परमेश्‍वरले अवलोकन गर्नुभयो, र उहाँको निम्ति यो कुरा आफ्नै हत्केलाजत्तिकै अत्यन्तै परिचित थियो। तसर्थ उहाँको निर्णय गलत हुन सक्दैनथ्यो। यसको विपरीत, परमेश्‍वरको सर्वशक्तिमान्‌ताको तुलनामा, मानिस अति चेतनाशून्य, अति मूर्ख र अज्ञानी, र अति अदूरदर्शी छ। अब्राहाम र परमेश्‍वरबीचको बातचितमा हामी यही कुरा देख्छौँ। सुरुदेखि अहिलेसम्म परमेश्‍वरले आफ्नो स्वभाव प्रस्तुत गर्दै आउनुभएको छ। त्यसै गरी, यहाँ हामीले देख्‍नैपर्ने परमेश्‍वरको स्वभाव पनि छ। सङ्ख्याहरू सरल हुन्छन्—तिनले केही पनि प्रदर्शन गर्दैनन्—तर यहाँ परमेश्‍वरको स्वभावको एउटा महत्त्वपूर्ण अभिव्यक्ति छ। पचास धर्मीहरू भएको भए परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुहुनेथेन। के यो परमेश्‍वरको कृपाले गर्दा हो? के यो उहाँको प्रेम र सहनशीलताको कारणले गर्दा हो? के तिमीहरूले परमेश्‍वरको स्वभावको यो पक्षलाई देख्यौ? त्यहाँ दस जना धर्मीहरू मात्र भए पनि, परमेश्‍वरले ती दस जना धर्मी मानिसहरूको खातिर त्यो सहरलाई नष्ट गर्नुहुनेथेन। के यो परमेश्‍वरको सहनशीलता र प्रेम हो वा होइन? ती धर्मी मानिसहरूप्रतिको परमेश्‍वरको कृपा, सहिष्णुता, र चिन्ताको कारण, उहाँले सहरलाई नष्ट पार्नुहुनेथेन। यो परमेश्‍वरको सहनशीलता हो। अनि, अन्त्यमा हामी के परिणाम देख्छौँ? जब अब्राहामले भने, “केही गरी त्यहाँ दश जना पाइए भने,” र परमेश्‍वरले भन्‍नुभयो, “म त्यसलाई नष्ट गर्नेछैनँ।” त्यसपछि, अब्राहामले थप केही भनेनन्, किनकि सदोममा तिनले भनेका दस जना धर्मी व्यक्तिहरू थिएनन् र तिनीसँग भन्‍नुपर्ने कुनै कुरा थिएन, अनि त्यस बेला परमेश्‍वरले सदोमलाई किन नाश गर्ने सङ्कल्प गर्नुभयो भन्‍ने कुरा तिनले बुझे। यसमा, तँ परमेश्‍वरको कस्तो स्वभाव देख्छस्? परमेश्‍वरले कस्तो प्रकारको सङ्कल्प गर्नुभयो? परमेश्‍वरले सङ्कल्प गर्नुभयो कि यदि त्यो सहरमा दस धर्मीहरू नभएको भए, उहाँले यसको अस्तित्व रहन दिनुहुनेथेन र यसलाई अवश्य नै नाश गर्नुहुनेथ्यो। के यो परमेश्‍वरको क्रोध होइन र? के यो क्रोधले परमेश्‍वरको स्वभावको प्रतिनिधित्व गर्छ? के यो स्वभाव परमेश्‍वरको पवित्र सारको प्रकटीकरण हो? के यो परमेश्‍वरको धर्मी सारको प्रकटीकरण हो, जसलाई कुनै पनि मानिसले चिढ्याउनु हुँदैन? सदोममा दस जना पनि धर्मी मानिस नभएको पुष्टि भएपछि, परमेश्‍वरले त्यो सहर नष्ट पार्ने निश्‍चय गर्नुभयो, र त्यस सहरभित्रका मानिसहरूलाई कठोर सजाय दिनेवाला हुनुहुन्थ्यो, किनकि उनीहरूले परमेश्‍वरको विरोध गरेका थिए र तिनीहरू अति फोहोरी र भ्रष्ट बनेका थिए।

हामीले यी खण्डहरूलाई किन यसरी विश्‍लेषण गरेका छौँ? किनभने यी केही सरल वाक्यहरूले परमेश्‍वरको प्रशस्त कृपा र गहिरो क्रोधको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्छन्। धर्मीहरूको कदर गर्ने र कृपा गर्ने, तिनीहरूप्रति सहिष्णु हुने र उनीहरूको वास्ता गर्नेबाहेक, परमेश्‍वरको हृदयमा सदोमका भ्रष्ट भइसकेका सबै मानिसहरूप्रति गहन घृणा थियो। यो प्रशस्त कृपा र गहिरो क्रोध थियो कि थिएन? परमेश्‍वरले कुन माध्यमले सहरलाई नाश गर्नुभयो? आगोद्वारा। उहाँले किन त्यसलाई आगोले जलाएर नाश गर्नुभयो? जब तँ कुनै थोक आगोमा जलिरहेको देख्छस्, वा जब तँ केही जलाउन थाल्छस्, तब त्यसप्रति तँमा कस्ता भावनाहरू आउँछन्? तँ त्यो किन जलाउन चाहन्छस्? के तँलाई अब त्यो आवश्यक छैन, तँ अब त्यसलाई हेर्न चाहँदैनस् भन्‍ने लाग्छ? के तँ त्यसलाई त्याग्‍न चाहन्छस्? परमेश्‍वरले आगोको प्रयोग गर्नु भनेको परित्याग र घृणा हो, र उहाँ अब सदोमलाई हेर्न चाहनुहुन्‍न भन्‍ने हो। यही भावनाको कारण परमेश्‍वरले सदोमलाई आगोले पूर्ण रूपले नाश पार्नुभयो। आगोको प्रयोगले परमेश्‍वर कति धेरै रिसाउनुभएको थियो भन्‍ने कुराको प्रतिनिधित्व गर्छ। परमेश्‍वरको कृपा र सहिष्णुता साँच्‍चै अस्तित्वमा छ, तर परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको बेलामा परमेश्‍वरको पवित्रता र धार्मिकताले मानिसलाई परमेश्‍वरको कुनै उल्‍लङ्घन नसहने पक्षलाई पनि देखाउँछ। जब मानिस परमेश्‍वरका आज्ञाहरू पालन गर्न र परमेश्‍वरका मापदण्डहरूअनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ, तब परमेश्‍वर मानिसप्रति प्रशस्त मात्रामा कृपालु हुनुहुन्छ; जब मानिस उहाँप्रतिको भ्रष्टता, घृणा र शत्रुताले भरिन्छ, परमेश्‍वर गम्भीर रूपले रिसाउनुहुन्छ। कुन हदसम्म उहाँ गम्भीर रूपले रिसाउनुहुन्छ? जबसम्म परमेश्‍वरले मानिसको प्रतिरोध र दुष्‍कर्महरू देख्‍नुहुनेछैन, जबसम्म तिनीहरू उहाँको नजरबाट हट्दैनन् तबसम्म उहाँको क्रोध रहनेछ। तब मात्र परमेश्‍वरको रिस हराउनेछ। अर्को शब्दमा भन्दा, व्यक्ति चाहे जो सुकै भए पनि, यदि तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा भएको छ र परमेश्‍वरबाट कहिल्यै नफर्कने गरी तर्किगएको छ भने, चाहे जुनसुकै देखापराइ वा आफ्ना व्यक्तिगत चाहनाहरूको आधारमा तिनीहरूले जस्तै प्रकारले आराधना गर्ने, आफ्नो शरीर र सोचविचारमा परमेश्‍वरलाई पछ्याउने र आज्ञापालन गर्ने चाहना गरे पनि, परमेश्‍वरको क्रोध नरोकिने गरी बर्सिनेछ। मानिसलाई प्रशस्त मौकाहरू दिइसकेपछि जब परमेश्‍वरले गम्भीर रूपमा आफ्नो क्रोध पोखाउनुहुन्छ तब यस्तो अवस्था हुनेछ कि उहाँले त्यो फिर्ता लिने कुनै उपाय हुनेछैन, र उहाँ त्यस्तो मानव जातिसित फेरि कहिल्यै कृपालु र सहनशील हुनुहुनेछैन। यो परमेश्‍वरको स्वभावको एक पक्ष हो, जसले कुनै उल्‍लङ्घन सहँदैन। यहाँ, परमेश्‍वरले एउटा सहरलाई नाश पार्नु मानिसहरूलाई सामान्य लाग्छ, किनकि परमेश्‍वरको नजरमा, पापले भरिएको सहर अस्तित्वमा रहन र निरन्तर टिक्‍न सक्दैन, र त्यो परमेश्‍वरद्वारा नष्ट पारिनु तर्कसंगत थियो जस्तो लाग्छ। तैपनि उहाँले सदोमलाई नाश गर्नुभन्दा अघि र पछि जे भयो त्यसमा हामी परमेश्‍वरको स्वभावको सम्पूर्णता देख्छौँ। उहाँ दयालु र सुन्दर र असल कुराहरूप्रति सहनशील र कृपालु हुनुहुन्छ; खराब, पापी र दुष्ट कुराहरूप्रति उहाँ गम्भीर रूपमा क्रोधित हुनुहुन्छ, यहाँसम्म कि उहाँको क्रोध पनि कहिल्यै समाप्त हुँदैन। परमेश्‍वरका स्वभावका दुई वटा प्रमुख र अति महत्वपूर्ण पक्षहरू यिनै हुन्, र अझ भन्‍ने हो भने, यी पक्षहरू परमेश्‍वरद्वारा सुरुदेखि अन्त्यसम्मै प्रकट गरिएका छन्: प्रशस्त कृपा र गम्भीर क्रोध। तिमीहरूमध्ये धेरै जनाले परमेश्‍वरको केही कृपाको अनुभव गरेका छौ, तर तिमीहरूमध्ये थोरैले मात्र परमेश्‍वरको क्रोधलाई बुझेका छौ। परमेश्‍वरको कृपा र प्रेमिलोदयालुपन प्रत्येक व्यक्तिमा देख्‍न सकिन्छ; अर्थात्, परमेश्‍वर प्रत्येक व्यक्तिप्रति प्रशस्त रूपमा कृपालु हुनुभएको छ। तैपनि तिमीहरूमध्येको कुनै पनि व्यक्ति वा मानिसहरूको समूहप्रति बिरलै मात्र परमेश्‍वर अत्यन्तै रिसाउनुभएको छ—वा यसो पनि भन्‍न सकिन्छ कि उहाँ कहिल्यै पनि रिसाउनुभएकै छैन। ढुक्‍क होओ! ढिलो होस् वा चाँडो, परमेश्‍वरको क्रोधलाई प्रत्येक व्यक्तिले देख्‍नेछ र अनुभव गर्नेछ, तर अहिले त्यो समय आइसकेको छैन। किन यस्तो हुन्छ? किनकि जब परमेश्‍वर कोहीसँग निरन्तर रिसाउनुहुन्छ, अर्थात् जब उहाँले तिनीहरूमाथि आफ्नो गहिरो क्रोध प्रकट गर्नुहुन्छ, त्यसको अर्थ के हुन्छ भने, उहाँले लामो समयदेखि त्यस व्यक्तिलाई घृणा र अस्वीकार गर्दै आउनुभएको छ, उहाँले तिनीहरूको अस्तित्वलाई तुच्छ ठान्‍नुहुन्छ, र उहाँ तिनीहरूको अस्तित्वलाई सहन सक्‍नुहुन्‍न; उहाँको क्रोध तिनीहरूमाथि आउनेबित्तिकै तिनीहरू हराउनेछन्। आज, परमेश्‍वरको काम त्यस बिन्दुमा पुग्‍न बाँकी नै छ। परमेश्‍वर गहन रूपले रिसाउनुभएपछि तिमीहरूमध्ये कसैले पनि त्यसलाई सहन गर्न सक्‍नेछैनौ। तब तिमीहरू देख्छौ कि यस समयमा परमेश्‍वर तिमीहरू सबैप्रति प्रशस्त मात्रामा कृपालु हुनुहुन्छ, र तिमीहरूले उहाँको गहिरो रिस देख्‍न बाँकी नै छ। यदि यसमा विश्‍वस्त नभएका मानिसहरू छन् भने, तैँले परमेश्‍वरको क्रोध तँमाथि आओस् भनेर भन्‍न सक्छस्, ताकि तैँले परमेश्‍वरको क्रोध र मानिसको उल्‍लङ्घन नसहने उहाँको स्वभाव अस्तित्वमा छ कि छैन भनी अनुभव गर्नेछस्। के तिमीहरू हिम्मत गर्छौ?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२८

सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन् मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २००

आज, तँ कसरी जितिने, र मानिसहरू जितिएपछि तिनीहरूले कस्तो व्यवहार गर्छन् त्यो बारेमा सचेत हुनुपर्दछ। सायद तँलाई जितिएको छ भनेर भन्छस् होला,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९१

परमेश्‍वर चीनको मूलभूमिमा देहधारी हुनुभएको छ, अथवा हङकङ र ताइवानका देशवासीहरूको शब्‍दमा भन्दा उहाँ “भित्री” भागमा देहधारी हुनुभएको छ। जब...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५१

मेरा अनुयायीहरू हुन मैले पृथ्वीमा धेरैलाई खोजेको छु। ती सबै अनुयायीहरू मध्ये पूजाहारीहरूका रूपमा सेवा गर्नेहरू, अगुवाई गर्नेहरू,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्