परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३३

मानिस मूर्ख छ कि छैन सो परमेश्‍वरले वास्ता गर्नुहुन्‍न—उहाँले केवल मानिस साँचो होस् भनेर मात्र भन्‍नुहुन्छ

उत्पत्ति २२:२ मा, परमेश्‍वरले अब्राहामलाई निम्‍न आज्ञा दिनुभयो: “अब आफ्नो छोरो, तैँले माया गर्ने तेरो एकमात्र छोरो इसहाकलाई साथमा लिएर मोरीयाहको देशमा जा; अनि मैले तँलाई पर्वतहरूमध्ये जुन पर्वतमा जा भन्‍नेछु त्यसलाई त्यहाँ होमबलि चढा।” परमेश्‍वरले भन्‍नुभएको वचनको अर्थ स्पष्ट थियो: उहाँले अब्राहामलाई तिनले प्रेम गर्ने तिनको एक मात्र छोरो इसहाकलाई होमबलि दिनू भनेर भन्‍नुभएको थियो। आज यसलाई हेर्दा, के परमेश्‍वरको आज्ञा अझै पनि मानव धारणासँग नमिल्दो छ? छ! त्यति बेला परमेश्‍वरले गर्नुभएका सबै कुरा मानिसको धारणाको विरुद्ध छ। यो मानिसका निम्ति बुझ्न नसकिने कुरा हो। तिनीहरूको धारणामा, मानिसहरू निम्‍न कुरामा विश्‍वास गर्छन्: जब मानिसले विश्‍वास नै गरेन, र यसलाई असम्भव ठान्यो, तब परमेश्‍वरले उसलाई एउटा छोरो दिनुभयो, र उसले एउटा छोरा पाएपछि, परमेश्‍वरले उसलाई आफ्नो छोराको बलि चढाउनू भन्‍नुभयो। के यो पूर्ण रूपमा अविश्‍वसनीय छैन र! परमेश्‍वरले वास्तवमा के गर्न चाहनुहुन्थ्यो? परमेश्‍वरको वास्तविक अभिप्राय के थियो? उहाँले विनासर्त अब्राहामलाई एउटा छोरा दिनुभयो, तर उहाँले अब्राहामलाई विनासर्त बलि चढाउनू पनि भन्‍नुभयो। के यो अति धेरै थियो? तेस्रो पक्षको दृष्टिकोणबाट हेर्दा, यो केवल अति धेरै मात्र होइन, केही हदसम्म “विनाकारण समस्या उत्पन्‍न गर्ने” मामला पनि थियो। तर परमेश्‍वरले अति धेरै कुरा माग्दै हुनुहुन्छ भन्‍ने अब्राहाम आफैले विश्‍वास गरेनन्। यसबारे तिनको आफ्नै केही थोरै धारणाहरू भएको भए पनि र तिनले परमेश्‍वरलाई केही शङ्का गरेको भए पनि, तिनी अझै पनि बलि चढाउन तयार भए। यस स्थितिमा, अब्राहाम आफ्नो छोराको बलि चढाउन तयार थिए भनी प्रमाणित गर्ने के कुरालाई देख्छस्? यी वाक्यहरूमा के भनिएको छ? मूल पाठले निम्‍न विवरणहरू दिन्छ: “अनि अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे र आफूसँग आफ्ना जवान मानिसहरूमध्ये दुई जना र आफ्नो छोरो इसहाकलाई लिए, अनि होमबलिको निम्ति दाउरा चिरे, र उठे, अनि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा गए” (उत्पत्ति २२:३)। “अनि तिनीहरू परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा आए; अनि अब्राहामले त्यहाँ एउटा वेदी बनाए अनि दाउरा मिलाएर राखे र आफ्नो छोरो इसहाकलाई बाँधे अनि उसलाई वेदीमा दाउरामाथि राखे। अनि अब्राहामले आफ्नो हात तन्काए अनि आफ्नो छोरोलाई मार्न छुरी लिए” (उत्पत्ति २२:९-१०)। जब अब्राहामले आफ्नो छोरोलाई मार्न हात बढाएर हतियार उठाए, के परमेश्‍वरले तिनका कार्यहरू देख्‍नुभयो? उहाँले देख्‍नुभयो। परमेश्‍वरले अब्राहामलाई तिनको छोराको बलि चढाउनू भन्‍नुभएदेखि अब्राहामले इसहाकलाई बलि चढाउन हतियार उठाएको सम्पूर्ण प्रक्रियाले सुरुदेखि नै परमेश्‍वरलाई अब्राहामको हृदय कस्तो छ भन्‍ने देखायो, र तिनको पहिलेको मूर्खता, अज्ञानता र परमेश्‍वरको बारेमा गलत बुझाइको बाबजुद पनि, त्यसबेला अब्राहामको हृदय परमेश्‍वरप्रति साँचो र इमानदार थियो, र तिनले परमेश्‍वरबाट पाएको आफ्नो छोरा इसहाकलाई फेरि साँच्‍चै नै परमेश्‍वरलाई नै फिर्ता दिन लागेका थिए। परमेश्‍वरले तिनमा आज्ञापालन देख्‍नुभयो, त्यस्तो आज्ञापालन जुन उहाँ चाहनुहुन्थ्यो।

मानिसका निम्ति परमेश्‍वरले गर्नुहुने धेरै कुरा बुझ्नै नसकिने र अविश्‍वसनीय पनि हुन्छ। जब परमेश्‍वरले कसैलाई योजनाबद्ध रूपमा चलाउन चाहनुहुन्छ, यो योजनाबद्ध कार्य प्रायः मानिसको धारणासँग मिल्दैन र उसले बुझ्न नसक्‍ने हुन्छ, तर यही बेमेल र बुझ्न नसक्‍ने कुरा नै मानिसको निम्ति परमेश्‍वरको परीक्षा र जाँच हो। यसबीच, अब्राहाम आफूभित्रै परमेश्‍वरप्रति आज्ञाकारिता प्रकट गर्न सक्षम थिए, जुन तिनी परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्षम हुनुको सबैभन्दा आधारभूत सर्त थियो। जब अब्राहामले परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्षम भएर इसहाकलाई बलि चढाए, तब मात्र परमेश्‍वर साँच्‍चै मानव जातिप्रति, अर्थात् उहाँले चुन्‍नुभएको अब्राहामप्रति आश्‍वस्तता र स्वीकृति महसुस गर्नुभयो। तब मात्र परमेश्‍वर उहाँले चुन्‍नुभएको यो व्यक्ति अति आवश्यक अगुवा हो, जसले उहाँको प्रतिज्ञा र त्यसपछिको व्यवस्थापन योजना पूरा गर्न सक्छ भनी निश्‍चित हुनुभयो। यो एउटा परीक्षा र जाँच मात्र रहेको भए पनि, परमेश्‍वरले सन्तुष्ट महसुस गर्नुभयो, उहाँले उहाँप्रतिको मानिसको प्रेम महसुस गर्नुभयो, र उहाँले यसअघि मानिसबाट कहिल्यै नपाएको सान्त्वना पाएको महसुस गर्नुभयो। जुन क्षण अब्राहामले इसहाकलाई मार्न छुरी उठाए, के परमेश्‍वरले तिनलाई रोक्‍नुभयो? परमेश्‍वरले अब्राहामलाई इसहाकको बलि चढाउन दिनुभएन, किनकि इसहाकको ज्यान लिने अभिप्राय परमेश्‍वरको थिएन। यसैले, परमेश्‍वरले ठीक समयमा अब्राहामलाई रोक्‍नुभयो। परमेश्‍वरका लागि, अब्राहामको आज्ञाकारिता यसअघि नै परीक्षामा सफल भइसकेको थियो, तिनले जे गरे त्यो पर्याप्त थियो, र परमेश्‍वरले आफूले गर्न चाहनुभएको कामको नतिजा देखिसक्‍नुभएको थियो। के यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो? यो भन्‍न सकिन्छ कि यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो, यही कुरा परमेश्‍वरले चाहनुभएको थियो, र यही कुरा हेर्ने परमेश्‍वरको तृष्णा थियो। के यो सत्य हो? विभिन्‍न सन्दर्भहरूमा, परमेश्‍वरले प्रत्येक व्यक्तिलाई जाँच्ने विभिन्‍न तरिकाहरू प्रयोग गर्नुहुने भए पनि, अब्राहाममा उहाँले जे चाहनुहुन्थ्यो त्यो देख्‍नुभयो, अब्राहामको हृदय साँचो छ, र तिनको आज्ञाकारिता सर्तरहित छ भन्‍ने देख्‍नुभयो। वास्तवमा परमेश्‍वरले चाहनुभएको पनि त्यस्तै “सर्तरहित” कुरा थियो। मानिसहरू प्रायः भन्छन्, “मैले यो पहिले नै चढाइसकेँ, मैले पहिले नै त्यो त्यागिसकेको छु—परमेश्‍वर अझै पनि किन मसँग सन्तुष्ट हुनुहुन्‍न? उहाँले किन मलाई परीक्षाहरू गरिरहनुहुन्छ? उहाँले किन मलाई जाँच गरिरहनुहुन्छ?” यसले एउटा तथ्यलाई प्रकट गर्छ: परमेश्‍वरले तेरो हृदय देख्‍नुभएको छैन, र तेरो हृदय प्राप्त गर्नुभएको छैन। भन्‍नुको तात्पर्य, जसरी अब्राहामले आफ्नै छोरालाई बलि चढाउनका निम्ति आफ्नै हातले हतियार उठाए, तिनले जुन इमानदारिता देखाए, त्यस्तो इमानदारिता उहाँले तँमा देख्‍नुभएको छैन। उहाँले तेरो सर्तरहित आज्ञाकारिता देख्‍नुभएको छैन, र तँबाट सान्त्वना पाउनुभएको छैन। यसैले, परमेश्‍वरले तँलाई जाँचिरहनु स्वाभाविक कुरा हो। के यो सत्य होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८८

तेरो जीवन अघि बढ्दै जाँदा तैँले नयाँ प्रवेश र नयाँ, उच्च अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ जुन हरेक कदमसँगै अझ गहन हुँदै जान्छ। सबै मानव जाति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४१

पृथ्वीमा, म व्यावहारिक परमेश्‍वर स्वयम्‌ हुँ जो मानिसहरूका हृदयमा बस्‍नुहुन्छ; स्वर्गमा, म सारा सृष्टिको मालिक हुँ। मैले पर्वतहरू चढेको र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६१

यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई उप्रान्त अनुग्रह र आशिष् मात्रै बर्साउनुहुन्‍न, न त उहाँले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्