परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०

परमेश्‍वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो

आजभोलि तिमीहरू परमेश्‍वरको आमने-सामने छौ र परमेश्‍वरका वचनहरूको आमने-सामने छौ; तिमीहरूसँग परमेश्‍वरको बारेमा अय्यूबसँग भएको भन्दा एकदमै धेरै ज्ञान छ। मैले किन यो कुरा ल्याएँ त? यी कुराहरू भन्नुको मेरो उद्देश्य के हो त? म तिमीहरूलाई एउटा तथ्य बताउन चाहन्छु, तर त्यसो गर्नुभन्दा पहिले, म तिमीहरूलाई एउटा प्रश्न गर्न चाहन्छु: अय्यूबले परमेश्‍वरको बारेमा एकदमै थोरै मात्र जान्दथे, तैपनि तिनले परमेश्‍वरको डर मान्थे र तिनी दुष्टताबाट अलग बस्थे; आजभोलिका मानिसहरू त्यसो गर्न किन असफल हुन्छन् त? (तिनीहरू गहन रूपले भ्रष्ट भएका छन्।) “गहन रूपले भ्रष्ट”—यो सतही घटना हो जसले समस्या पैदा गराइरहेको छ, तर म यसलाई कहिल्यै पनि त्यसरी हेर्दिनँ। तिमीहरूले प्रायजसो बारम्बार प्रयोग गरिने धर्मसिद्धान्तहरू र शब्दहरू लिन्छौ जस्तै “गहन रूपले भ्रष्ट”, “परमेश्‍वर विरुद्ध विद्रोह गर्ने”, “परमेश्‍वरप्रति बफादारी विहीनता”, “अवज्ञा”, “सत्यता मन नपराउने”, आदि इत्यादि, र यी चिरपरिचित शब्दावलीहरूलाई हरेक सवालको सार व्याख्या गर्न प्रयोग गर्छौ। यो अभ्यास गर्ने त्रुटिपूर्ण तरिका हो। फरक प्रकृतिका मामलाहरू व्याख्या गर्न उही जबाफको प्रयोग गर्नाले यसबाट अपरिहार्य रूपले सत्यता र परमेश्‍वरको बारेमा निन्दापूर्ण शङ्काहरू बढाउँछ; मलाई यस प्रकारका जबाफहरू सुन्न मन छैन। यसबारेमा लामो समयसम्म र दह्रिलो रूपमा सोच! तिमीहरूमध्ये कसैले पनि यस मामलामा सोचविचार गरेका छैनौ, तर म हरेक दिन यसलाई देख्न सक्छु, र हरेक दिन म यसलाई अनुभव गर्न सक्छु। यसरी, तिमीहरूले काम गर्दै गर्दा मैले हेरिरहेको हुन्छु। जब तिमीहरूले कुनै काम-कुरा गरिरहेका हुन्छौ, तब तिमीहरूले यसको सार अनुभव गर्न सक्दैनौ, तर जब म हेर्छु, तब म यसको सार देख्न सक्छु र मैले यसको सारलाई पनि अनुभव गर्न सक्छु। त्यसो भए, यो सार के हो त? किन आजभोलि मानिसहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनन् त? तिमीहरूका जबाफहरूले यो समस्याको सार व्याख्या गर्न सक्दैनन्, न त तिनले यो समस्याको हल नै गर्न सक्छन्। यस्तो किन हो भने यसको एउटा स्रोत हुन्छ जसको बारेमा तिमीहरूलाई थाहा छैन। यो स्रोत के हो त? मलाई थाहा छ, तिमीहरू यसबारेमा सुन्न चाहन्छौ, त्यसैले म तिमीहरूलाई यो समस्याको त्यस स्रोतको बारेमा बताउनेछु।

परमेश्‍वरले काम गर्न सुरु गर्नुभएदेखि उहाँले मानवजातिलाई कसरी लिनुभएको छ? परमेश्‍वरले तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले मानिसहरूलाई उहाँको परिवारका सदस्यहरूको रूपमा, उहाँको कामका वस्तुहरूको रूपमा, उहाँले विजय गर्न र उद्धार गर्न चाहनुभएका व्यक्तिहरूको रूपमा, र उहाँले सिद्ध तुल्याउन चाहनुभएका व्यक्तिहरूको रूपमा हेर्नुभएको छ। उहाँको कामको सुरुवातमा मानवताप्रति परमेश्‍वरको आचरण यही थियो। तर परमेश्‍वरप्रति मानिसहरूको आचरण चाहिँ कस्तो थियो त? मानिसहरूका लागि परमेश्‍वर अपरिचित हुनुहुन्थ्यो, र तिनीहरूले परमेश्‍वरलाई पराईको रूपमा लिन्थे। यो पनि भन्न सकिन्छ कि तिनीहरूको परमेश्‍वरप्रतिको आचरणले सही नतिजाहरू ल्याएनन् र परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा तिनीहरूसँग स्पष्ट बुझाइ थिएन। यसरी, तिनीहरूले उहाँलाई जसरी मन लाग्यो त्यसरी व्यवहार गर्थे, र तिनीहरूले जस्तो मन लाग्यो त्यस्तो गर्थे। के तिनीहरूसँग परमेश्‍वरको बारेमा कुनै रायहरू थिए त? सुरुमा, तिनीहरूसँग कुनै रायहरू थिएनन्; तिनीहरूको तथाकथित रायहरूमा उहाँ बारेका केही निश्चित धारणाहरू र पूर्वानुमानहरू मात्र समावेश थिए। तिनीहरूले तिनीहरूका आफ्ना धारणाहरूसँग मेल खाने कुराहरू स्वीकार गरे र जब कुनै कुरा तिनीहरूका धारणाहरूसँग मेल खाँदैनथियो तब तिनीहरूले त्यसलाई सतही रूपमा पालन गर्थे, तर भित्री अन्तस्करणमा तिनीहरूले द्वन्द्व महसुस गर्थे र तिनीहरूले यसलाई अस्वीकार गर्थे। सुरुवातमा परमेश्‍वर र मानिसहरू बीचको सम्बन्ध यस्तै थियो: परमेश्‍वरले तिनीहरूलाई पारिवारिक सदस्यहरूको रूपमा हेर्नुहुन्थ्यो तैपनि तिनीहरूले उहाँलाई पराईको रूपमा व्यवहार गर्थे। तथापि, परमेश्‍वरको कामको अवधिपछि भने, मानिसहरूले उहाँले के उपलब्धि हासिल गर्ने प्रयास गर्दैहुनुहुन्थ्यो भन्ने कुरा बुझे र उहाँ साँचो परमेश्‍वर हुनुहुँदोरहेछ भन्ने थाहा पाए; तिनीहरूले परमेश्‍वरबाट के प्राप्त गर्न सक्दा रहेछन् भन्ने कुरा पनि थाहा पाए। उक्त समयमा मानिसहरूले परमेश्‍वरलाई कसरी लिन्थे त? तिनीहरूले उहाँलाई जीवन-रक्तको रूपमा हेर्थे र उहाँको अनुग्रह, आशीर्वाद, र प्रतिज्ञाहरू प्राप्त गर्ने आशा गर्थे। उक्त समयमा, परमेश्‍वरले मानिसहरूलाई कसरी लिनुहुन्थ्यो त? उहाँले तिनीहरूलाई उहाँको विजयको लक्ष्यको रूपमा लिनुहुन्थ्यो। परमेश्‍वरले तिनीहरूको न्याय गर्न, तिनीहरूलाई जाँच गर्न, र तिनीहरूलाई परीक्षाहरूमार्फत गुज्रन लगाउन वचनहरूको प्रयोग गर्न चाहनुहुन्थ्यो। तथापि, जहाँसम्म त्यति बेलाका मानिसहरूको सवाल छ, तिनीहरूको लागि परमेश्‍वर केवल एक वस्तु हुनुहुन्थ्यो जसलाई तिनीहरूले तिनीहरूका आफ्ना लक्ष्यहरू प्राप्त गर्नको लागि प्रयोग गर्न सक्थे। मानिसहरूले परमेश्‍वरबाट जारी भएका सत्यताले तिनीहरूमाथि विजय गर्न र तिनीहरूलाई उद्धार गर्न सक्छ भन्ने देखे, तिनीहरूले प्राप्त गर्न चाहेका कुराहरू उहाँबाट प्राप्त गर्नसक्ने साथसाथै तिनीहरूले चाहेका गन्तव्यहरू हासिल गर्ने अवसर हो भन्ने देखे। यसको फलस्वरूप, तिनीहरूको हृदयमा अलिअलि इमानदारीताको विकास भयो, र तिनीहरू परमेश्‍वरलाई पछ्याउन इच्छुक भए। समय बित्यो, अनि तिनीहरूले परमेश्‍वरको बारेमा प्राप्त गरेका सतही र धर्म-सैद्धान्तिक ज्ञानको कारण, यो भन्न सकिन्छ कि, मानिसहरू परमेश्‍वरसँग र उहाँले बोल्नुभएका वचनहरू, उहाँका प्रवचनहरू, उहाँले जारी गर्नुभएका सत्यताहरू र उहाँको कामसँग “परिचित” हुँदै गए। त्यसकारण, तिनीहरू परमेश्‍वर अब उप्रान्त अपरिचित हुनुहुन्न, र तिनीहरूले यसअघि नै परमेश्‍वरसँग सामञ्जस्य हुने पथमा पाइला चालिसकेका छन् भन्ने गलत बुझाइमा रहेका थिए। हालसम्म, मानिसहरूले सत्यतासम्बन्धी धेरै उपदेशहरू सुनिसकेका छन् र ठूलो मात्रमा परमेश्‍वरको कामको अनुभव गरेका छन्। तथापि, विविध कारक-तत्वहरू र परिस्थितिहरूको हस्तक्षेप र बाधाहरूको कारण, धेरैजसो मानिसहरू सत्यतालाई अभ्यास गर्न सफल हुँदैनन्, न त तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सक्षम हुन्छन्। मानिसहरू बढ्दो रूपमा सुस्त बन्दै गइरहेका छन् र तिनीहरूमा बढ्दो रूपमा आत्मविश्‍वासको कमी देखिँदै गइरहेको छ। तिनीहरूलाई आफ्ना परिणामहरू अज्ञात छन् भन्ने बढ्दो अनुभूति भइरहेको छ। तिनीहरू अतिव्ययी विचारहरू लिई आउन आँट गर्दैनन् र तिनीहरू प्रगति गर्न खोज्दैनन्; तिनीहरू केवल मन नलागी-नलागी पछ्याउँदै हिँड्छन्, एक-एक कदम गर्दै अघि बढ्छन्। मानिसहरूको वर्तमान अवस्थाको सम्बन्धमा भन्दा, तिनीहरूप्रति परमेश्‍वरको आचरण कस्तो छ त? उहाँ तिनीहरूलाई केवल सत्यता प्रदान गर्न चाहनुहुन्छ र तिनीहरूको मन-मस्तिष्कमा उहाँको मार्ग छिराउन चाहनुहुन्छ र त्यसपछि विभिन्न तरिकाले तिनीहरूको परीक्षा लिनको लागि विविध परिस्थितिहरूको बन्दोबस्त गर्न चाहनुहुन्छ। उहाँको लक्ष्य भनेको यी वचनहरू, यी सत्यताहरू, र उहाँको कामलाई लिएर कुनै यस्तो परिणाम निकाल्नु हो जसबाट मानिसहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्षम होऊन्। मैले देखेका धेरैजसो मानिसहरूले केवल परमेश्‍वरका वचनहरूलाई लिन्छन् र तिनलाई धर्मसिद्धान्तहरू, कागजमा रहेका अक्षरहरू, पालना गर्नुपर्ने नियमहरूको रूपमा मात्र हेर्छन्। तिनीहरूका कार्य र वाणीहरूमा, वा तिनीहरूले परीक्षा सामना गर्दा, परमेश्‍वरको मार्गलाई पालना गर्नुपर्ने मार्गको रूपमा लिँदैनन्। यो कुरा विशेष रूपमा त्यो बेला साँचो हुन्छ जब मानिसहरूले कुनै ठूलो परीक्षा सामना गर्छन्: मैले कुनै पनि त्यस्तो मानिस देखेको छैन जसले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने दिशातर्फ अभ्यास गरेको छ। त्यसकारण, मानिसप्रति परमेश्‍वरको आचरण एकदमै घृणा र विरक्तपनले भरिएको हुन्छ। उहाँले तिनीहरूलाई बारम्बार परीक्षाहरू दिनुभएको भए तापनि, सयौँ पल्ट नै दिनुभएको भए तापनि, तिनीहरूमा अझै पनि कुनै स्पष्ट आचरण हुँदैन जसको मद्दतले तिनीहरूको संकल्‍प प्रदर्शन गर्न सकियोस्: “म परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न चाहन्छु!” मानिसहरूमा यो संकल्प नभएको हुनाले र तिनीहरूले यस प्रकारको प्रदर्शन नगरेको हुनाले, तिनीहरूप्रति परमेश्‍वरको वर्तमान आचरण विगतको जस्तो छैन जुन बेला उहाँले तिनीहरूलाई कृपा, सहनशीलता, क्षमाशीलता, र धैर्यता प्रदान गर्नुहुन्थ्यो। यसको साटो, उहाँ मानवताबाट औधी नै निराश हुनुभएको छ। यस्तो निराशा कसले गरायो त? मानिसहरूप्रति परमेश्‍वरको आचरण कोमाथि निर्भर हुन्छ? यो त उहाँलाई पछ्याउने हरेक व्यक्तिमा भर पर्छ। आफ्‍नो कामको धेरै वर्षहरूको सिलसिलामा, परमेश्‍वरले मानिसहरूले पूरा गर्नको लागि धेरै आवश्यक मापदण्डहरू बनाउनुभएको छ र तिनीहरूको लागि धेरै परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको छ। तैपनि, तिनीहरूले जे-जसरी कार्य-प्रदर्शन गरेको भए तापनि, परमेश्‍वरप्रति तिनीहरूको जे-जस्तो आचरण भएको भए तापनि, मानिसहरू स्पष्टसित परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने लक्ष्य अनुरूप अभ्यास गर्न ‍असफल भएका छन्। यसर्थ, म सारांशमा एक शब्दावली प्रदान गर्नेछु र यस शब्दावलीलाई मानिसहरू किन परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने परमेश्‍वरको मार्गमा हिँड्न सक्दैनन् भन्ने बारेमा हामीले भर्खरै भनेका सबै कुराहरूको व्याख्या गर्न प्रयोग गर्नेछु। यो शब्दावली के हो त? यो शब्दावली हो: परमेश्‍वरले मानिसलाई उहाँको मुक्तिको वस्तुको रूपमा र उहाँको कामको वस्तुको रूपमा लिनुहुन्छ; मानिसहरूले परमेश्‍वरलाई तिनीहरूको दुस्मन र तिनीहरूको प्रतिवादको रूपमा लिन्छन्। के तैँले अब यो मामलाको बारेमा स्पष्ट बुझिस् त? मानवजातिको आचरण कस्तो छ, परमेश्‍वरको आचरण कस्तो छ, र मानिसहरू र परमेश्‍वर बीचको सम्बन्ध कस्तो छ भन्ने कुरा एकदमै स्पष्ट छ। तिमीहरूले जति नै धेरै प्रवचनहरू सुनिसकेको भए तापनि, ती कुराहरू जसको बारेमा तिमीहरू आफैले आफ्ना निष्कर्षहरू निकालेका छौ, जस्तै परमेश्‍वरप्रति बफादार हुने, परमेश्‍वरप्रति समर्पित हुने, परमेश्‍वरसँग सामञ्जस्य हुने मार्गको खोजी गर्ने, परमेश्‍वरको लागि सारा जीवन खर्च गर्न चाहना गर्ने र परमेश्‍वरको लागि जिउने चाहना गर्ने—मलाई त लाग्छ, यी कुराहरू सचेत रूपमा परमेश्‍वरको मार्गमा अर्थात परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्ने उदाहरणहरू होइनन् बरु यी कुराहरू त त्यस्ता माध्यमहरू हुन् जसबाट तिमीहरूले केही निश्चित लक्ष्यहरू प्राप्त गर्छौ। ती लक्ष्यहरू प्राप्त गर्न तिमीहरूले मन नलागी-नलागी केही नियमहरू पालना गर्छौ र ठ्याक्कै भन्ने हो भने यी नियमहरूले नै मानिसहरूलाई परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गबाट टाढा लैजान्छ र त्यसले फेरि एकपल्ट परमेश्‍वरलाई मानवजातिको विपक्षमा उभ्याउँछ।

आजको विषय अलि गहकिलो छ, तर जे-जस्तो भए तापनि, मलाई अझै के आशा छ भने, जब तिमीहरू आउनेवाला अनुभवहरूबाट र आउनेवाला समयहरूबाट गुज्रनेछौ, तब तिमीहरूले मैले भर्खरै तिमीहरूलाई भनेका कुराहरू गर्न सक्‍नेछौ। परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा नलेओ—मानौँ कि उहाँ तिमीहरूको लागि काम लाग्ने हुनुभयो भने उहाँ अस्तित्वमा हुनुहुन्छ, तर उहाँ तिमीहरूको लागि काम लाग्ने हुनुभएन भने उहाँको अस्तित्वमा हुनुहुन्न। एक पल्ट तैँले तेरो अर्धचेतन मस्तिष्कमा त्यस्तो सोच ल्याइसकेपछि, तैँले परमेश्‍वरलाई पहिले नै क्रोधित तुल्याइसकेको हुनेछस्। सायद यसो भन्ने मानिसहरू पनि छन् होलान्, “मैले परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा लिएको छैन। म सधैँ उहाँलाई प्रार्थना गर्छु र म सधैँ उहाँलाई सन्तुष्ट पार्ने प्रयास गर्छु र मैले गर्ने हरेक काम-कुराहरू परमेश्‍वरले तोक्‍नुभएका क्षेत्रहरू, मापदण्डहरू र सिद्धान्तहरूभित्र पर्छन्। निश्चय नै मैले मेरा आफ्नै सोच-विचारहरू अनुरूप अभ्यास गरिरहेको छैन।” हो, तैँले अभ्यास गरिरहेको यो तरिका सही छ! तैपनि, जब तैँले कुनै समस्याको सामना गर्छस् तब तँलाई के लाग्छ? जब तैँले कुनै मामलाको सामना गर्छस्, तब तैँले कसरी अभ्यास गर्छस्? केही मानिसहरूले उहाँलाई प्रार्थना गरेको बेलामा र उहाँलाई बिन्ती गरेको बेलामा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्ने महसुस गर्छन् तर त्यसपछि जब तिनीहरूले कुनै समस्याको सामना गर्छन् तब तिनीहरूले आफ्नै सोच-विचारहरू निकाल्छन् र तिनै सोच-विचारहरूको पालना गर्न चाहन्छन्। यसको मतलब तिनीहरूले परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा लिन्छन् र त्यस्तो अवस्थाले परमेश्‍वरलाई तिनीहरूको मस्तिष्कभित्र अस्तित्व विहीन तुल्याइदिन्छ। मानिसहरूले के विश्‍वास गर्छन् भने, जब तिनीहरूलाई उहाँको आवश्यकता पर्छ तब परमेश्‍वर अस्तित्वमा हुनुपर्छ, तर तिनीहरूलाई उहाँको आवश्यकता नपरेको बेलामा उहाँ अस्तित्वमा हुनु हुँदैन। तिनीहरूका आफ्नै सोच-विचारहरूको आधारमा अभ्यास गर्नु नै काफी हुन्छ भनी मानिसहरूले विचार गर्छन्। तिनीहरूले तिनीहरूलाई जे मन लाग्यो त्यही गर्न सक्छन् भन्ने विश्‍वास गर्छन्; तिनीहरूले परमेश्‍वरको मार्गको खोजी गर्नुपर्छ भन्ने विश्‍वास नै गर्दैनन्। जहाँसम्म अहिले यस प्रकारको अवस्थामा भएका र यस प्रकारको स्थितिमा अल्झिएका मानिसहरूको सवाल छ, के तिनीहरू खतराको पछि लागेका छैनन् र? केही मानिसहरू भन्छन्, “म खतराको पछि लागेको भए पनि नभए पनि मैले यतिका वर्षसम्म विश्‍वास गरेको छु, र मलाई विश्‍वास छ परमेश्‍वरले मलाई छाड्नुहुन्न किनभने उहाँले त्यसो गर्न सक्नुहुन्न।” अरू भन्छन्, “म मेरी आमाको गर्भमा भएदेखि नै मैले प्रभुमा विश्‍वास गरेको छु। चालीस वा पचास वर्ष पुगिसकेको छ, त्यसैले समयको हिसाबमा त, परमेश्‍वरद्वारा बचाइनका लागि म सबैभन्दा योग्य छु र बाँच्‍नको लागि सबैभन्दा योग्य म नै छु। यी चार वा पाँच दशकहरूमा, मैले मेरो परिवार र मेरो जागिर छाडेको छु र मैले पैसा, हैसियत, आनन्द, र परिवारसँगको समयजस्ता मसँग भएका सबै कुराहरू त्याग गरेको छु। मैले स्वादिला खानेकुराहरू त्यति धेरै खाएको छैन, मैले धेरै मनोरञ्जनहरूको आनन्द लिएको छैन, मैले धेरै रोचक ठाउँहरू भ्रमण गरेको छैन र मैले सामान्य मानिसहरूले सहन समेत नसक्ने कष्टहरू सहेको छु। यदि यी कुराहरूको फलस्वरूप परमेश्‍वरले मलाई मुक्ति दिन सक्नुहुन्न भने मलाई अन्यायपूर्ण ढङ्गले व्यवहार गरिएको हुनेछ र म यस प्रकारको परमेश्‍वरमा विश्‍वास गर्न सक्दिनँ।” के यस प्रकारको दृष्टिकोण भएका मानिसहरू धेरै छन्? (धेरै छन्।) ठीकै छ, त्यसो भए, आज म तिमीहरूलाई एउटा तथ्य बुझ्न मद्दत गर्नेछु: त्यस्तो दृष्टिकोण भएका मानिसहरूले आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरिरहेका हुन्छन्। किनभने तिनीहरूले तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा आफ्नो आँखा छोपिरहेका हुन्छन्। वास्तवमै परमेश्‍वरले मानिसहरूलाई पूरा गर्न अनिवार्य गर्नुभएका मापदण्डहरूको स्थान यिनै कल्पनाहरूले, साथसाथै तिनीहरूका आफ्नै निष्कर्षहरूले लिन्छन् र यी कुराले तिनीहरूलाई परमेश्‍वरका वास्तविक अभिप्रायहरू स्वीकार गर्नबाट रोक्छन्। यसले तिनीहरूलाई उहाँको साँचो अस्तित्व अनुभूति गर्न असक्षम तुल्याउँछ र यसले तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू पनि गुमाउने तुल्याउँछ, यसरी तिनीहरूले परमेश्‍वरको प्रतिज्ञाको कुनै अंश वा हिस्सा गुमाउँछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३०

ख्याति र सम्पत्तिको खोजीमा बिताएको जीवनले व्यक्तिलाई मृत्युको मुखमा बिलखबन्दमा पार्छ आफ्‍नो नाममा केही पनि नलिई आएको एकलो आत्माले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४६

पवित्र आत्माको काम सकारात्मक प्रगति हो भने शैतानको कामचाहिं पछि हट्नु, नकारात्मकता, विद्रोहीपन, परमेश्‍वरको प्रतिरोध, परमेश्‍वरमा विश्‍वास...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६२

परमेश्‍वरका वचनहरूको वास्तविक अर्थको सच्‍चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्