सत्यता र परमेश्‍वरलाई कसरी लिने भन्‍नेसम्बन्धी वचनहरू (अंश ५)

परमेश्‍वरले बोलेका यी वचनहरूको सन्दर्भमा भन्‍नुपर्दा, के तिमीहरू ती सुनेपछि, तिनको तुलना आफूसँग गर्छौ वा तिनलाई केवल धर्मसिद्धान्तको रूपमा सुन्छौ, र तिनको अर्थ बुझ्न तिनलाई एकचोटी दिमागमा खेलाउँछौ? अनि के कुरा त्यति हो? तिमीहरू कुन मनोवृत्ति र के अभिप्रायले यी वचनहरू सुन्छौ? यदि तिमीहरूले परमेश्‍वरले भनेको कुरा—सत्यता अभ्यास नगर्नेहरू हटाइनेछन्; सत्यता अभ्यास नगर्नेहरू परमेश्‍वरको नजरमा असल नभई दुष्ट हुन्—साँच्चै बुझ्यौ भने आत्मचिन्तन गर्नुपर्छ अनि आफ्ना कुन कार्यहरूमा सत्यता अभ्यास भइरहेको छैन र परमेश्‍वरको नजरमा तिमीहरूको कुन तरिका र मनोवृत्ति सत्यता अभ्यास नभएको अभिव्यक्ति हुन् भन्‍ने कुरा थाहा पाउनुपर्छ। के तिमीहरूले यी कुराहरू बुझ्ने कहिल्यै प्रयास गरेका छौ? के तिमीहरूले आत्मचिन्तन गरेका छौ? परमेश्‍वरका वचनहरू सतही रूपमा पढ्नु मात्र पर्याप्त हुँदैन; तिमीहरूले तीबारे मनन गर्नैपर्छ, आत्मचिन्तन गर्नैपर्छ अनि आफ्नो विचार र कार्यलाई परमेश्‍वरले प्रकट गरेका वचनहरूअनुसार तुलना गर्नुपर्छ र आफूलाई चिन्‍नुपर्छ—यसरी मात्र तिमीहरू साँचो पश्चात्ताप गर्न र परिवर्तित हुन सक्छौ। यदि तिमीहरू परमेश्‍वरको वचन पढ्छौ तर ती मनन र आत्मचिन्तन गर्दैनौ, तर सिद्धान्त बुझ्न मात्र ध्यान लगाउँछौ, भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा जीवन प्रवेश हुनेछैन, न त तँमा कुनै वास्तविक परिवर्तन नै हुनेछ। त्यसकारण, परमेश्‍वरका वचनहरू पढ्दा मनन गर्नु, सत्यता खोजी गर्नु र आत्मचिन्तन गर्नु अत्यावश्यक हुन्छ। परमेश्‍वरका वचनहरू के हुन् त? ती त सबै सकारात्मक कुराको वास्तविकता, मार्ग र परमेश्‍वरले मानवलाई प्रदान गरेको जीवन हुन्। परमेश्‍वरका वचनहरू धर्मसिद्धान्त वा नारा होइनन्, ती कुनै मत होइनन्, न त दार्शनिक ज्ञान नै हुन्; बरु, ती त मानिसले बुझ्नैपर्ने र प्राप्त गर्नैपर्ने सत्यता अनि हासिल गर्नैपर्ने जीवन हुन्। त्यसकारण, परमेश्‍वरको वचन मानिसको जीवन र स्वयं जीवन, तिनीहरू हिँड्नुपर्ने मार्ग र तिनीहरूको परिणाम र गन्तव्यसँग घनिष्ठ रूपले सम्बन्धित छ। यदि कसैले वास्तवमै सत्यता बुझ्छ र त्यसलाई प्राप्त गरेको छ भने, उसका सम्पूर्ण कुरा तदनुसार परिवर्तन हुनेछन्। यदि कसैले कहिल्यै सत्यता बुझ्न वा परमेश्‍वरको वचनअनुसार जिउन सक्दैन भने, सम्भवतः सच्चा परिवर्तन वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। त्यस्तो व्यक्तिको परिणाम र गन्तव्य अनन्त कष्ट भोग्नु र विनाश हुनु मात्रै हुन सक्छ। परमेश्‍वरको वचन र उहाँले व्यक्त गरेको सत्यता मानिसहरूका लागि यस्तो महत्त्वपूर्ण छ। यदि तँ परमेश्‍वरको वचन पढ्छस् तर त्यो मनन गर्दैनस्, आत्मचिन्तन गर्दैनस् वा त्यसलाई आफ्नो वास्तविक समस्या र कठिनाइसँग जोडेर हेर्दैनस् भने, तैँले सतही कुरा मात्र बुझ्न सक्छस्, र सायद सत्यता र परमेश्‍वरका अभिप्राय बुझ्न सक्दैनस्। त्यसकारण, तैँले सत्यता बुझ्न परमेश्‍वरको वचन मनन गर्ने तरिका सिक्नैपर्छ। यो अत्यन्तै जरुरी छ। परमेश्‍वरका वचनहरूलाई चिन्तन गर्ने धेरै तरिकाहरू छन्: तैँले तिनलाई चुपचाप पढ्न सक्छस् र पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिको खोजी गर्दै हृदयभित्र प्रार्थना गर्न सक्छस्; तैँले सत्यताको खोजी गर्ने व्यक्तिहरूको साथमा सङ्गति र प्रार्थना-वाचन पनि गर्न सक्छस्; र अवश्य नै, तैँले परमेश्‍वरका वचनहरूको बुझाइ र बोध गहिर्‍याउनको लागि तेरो चिन्तनमा सङ्गति र उपदेशहरूलाई पनि समावेश गर्न सक्छस्। यी तरिकाहरू धेरै र विविध प्रकारका छन्। छोटकरीमा भन्‍नु पर्दा, परमेश्‍वरका वचनहरूलाई पढ्दा, यदि व्यक्तिले तिनीहरूको बुझाइ हासिल गर्न चाहन्छ भने, परमेश्‍वरका वचनहरूलाई चिन्तन र प्रार्थना-वाचन गर्न अत्यन्तै जरुरी हुन्छ। परमेश्‍वरका वचनहरूको प्रार्थना-वाचन गर्नुको उद्देश्य त्यसलाई नहेरी वाचन गर्न सक्षम हुनु होइन, न त त्यसलाई घोक्नु नै हो, बरु यो त तिनलाई प्रार्थना-वाचन र चिन्तन गरेपछि तिनीहरूको बारेमा सही बुझाइ प्राप्त गर्नु, र परमेश्‍वरले बोल्नुभएका यी वचनहरूको अर्थका साथै उहाँको अभिप्रायलाई जान्‍नु हो। यो तिनीहरूमा अभ्यासको मार्ग पत्ता लगाउनु र आफूलाई आफ्नै बाटोमा हिँड्नबाट रोक्नु हो। यसअलावा, यो परमेश्‍वरका वचनहरूमा खुलासा गरिएका विविध प्रकारका स्थितिहरू र विभिन्‍न ढङ्गका मानिसहरूबीचको भेद खुट्ट्याउन सक्‍नु, र हरेक प्रकारको व्यक्तिसँग सिद्धान्तअनुसार व्यवहार गर्न सक्नु, अनि साथसाथै, बाटो बिराउनबाट जोगिनु हो। तैँले परमेश्‍वरका वचनहरूलाई कसरी प्रार्थना-वाचन र चिन्तन गर्ने भनी जानिसकेपछि र यस कार्यलाई बारम्बार गर्न थालेपछि मात्र परमेश्‍वरका वचनहरूले तेरो हृदयमा जरा गाडेर ती तेरो जीवन बन्‍नेछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्