भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्नेसम्बन्धी वचनहरू (अंश ५६)
केही मानिसहरू अगुवा वा कामदार भई सेवा गर्दा, केही गल्ती गरिन्छ अनि आफूलाई प्रकाश गराइएर हटाइन्छ भन्ने डरमा सधैँ हुन्छन्, त्यसैले तिनीहरू अरूलाई प्रायः यसो भन्छन्, “तिमीहरू अगुवा बन्नुहुँदैन। केही नराम्रो हुनेबित्तिकै, तिमीहरूलाई हटाइनेछ, अनि फर्कने बाटो नै हुनेछैन!” के यो भनाइ भ्रमपूर्ण छैन त? “फर्कने बाटो हुनेछैन” भन्नुको अर्थ के हो? कस्ता अगुवा र कामदारहरूलाई हटाइन्छ? हटाइएका व्यक्तिहरू सबै दुष्ट हुन्छन्, जसलाई बारम्बार चेतावनी दिँदा पनि भाँडभैलो मच्चाउँदै मण्डलीको काममा बाधा र अवरोधहरू खडा गर्छन्। यदि कसैले आफ्नो कद सानो, वा क्षमता कम, वा अनुभव नभएका कारण मात्र गल्ती गर्छ, तर उसले सत्यता स्विकार्न र साँच्चै पश्चात्ताप गर्न सक्छ भने, के परमेश्वरको घरले उसलाई हटाउनेछ र? त्यो व्यक्तिले कुनै वास्तविक काम गर्न सक्दैन भने पनि, केवल उसको कर्तव्य त्यही अनुसार मिलाइनेछ। त्यसोभए, त्यसो भनिरहेका मानिसहरूले तथ्यलाई तोडमरोड गरिरहेका होइनन् त? के तिनीहरू अरूलाई बहकाउन धारणाहरू फैलाइरहेका छैनन् त? परमेश्वरको घरका अगुवा र कामदारहरूलाई प्रजातान्त्रिक प्रक्रियाबाट मनोनित गरिन्छ, यी भूमिकाहरू जसले लिन चाहन्छ उसैले पाउने त होइन। परमेश्वरको घरले अगुवा र कामदारहरूलाई सत्यता सिद्धान्तहरूको आधारमा व्यवहार गर्छ; सत्यता नै नस्विकार्ने झुटा अगुवाहरू, अनि ख्याति, लाभ, र ओहदा पछ्याउने ख्रीष्टविरोधीहरू, र हठी भएर पश्चात्ताप गर्न इन्कार गर्ने व्यक्तिहरूलाई मात्र हटाइन्छ। सत्यता स्वीकार गर्न सक्नेहरू, काटछाँट गरिन स्विकार्नेहरू, अनि साँचो रूपमा पश्चात्ताप गर्नेहरूलाई निकालिने छैन। “अगुवा बन्नु एकदमै जोखिमपूर्ण हुन्छ” भन्ने धारणा फैलाउने व्यक्तिहरूको आफ्नै अभिप्राय र लक्ष्य हुन्छ। तिनीहरूले मानिसहरूलाई बहकाउने, अरूलाई अगुवा बन्नबाट रोक्ने, अनि यसले प्रदान गर्ने मौकाको फाइदा उठाउने लक्ष्य राख्छन्। के यो गुप्त अभिप्राय हुनु होइन र? यदि तँ हटाइन्छस् भन्नेबारे चिन्ता गर्छस् भने, आफ्ना गल्ती सच्याउनका लागि तँ सावधान हुनुपर्छ, परमेश्वरलाई प्रार्थना र उहाँसामु पश्चात्ताप गर्नुपर्छ, अनि सत्यता स्विकार्नुपर्छ। के त्यसपछि यसले समस्या समाधान गर्नेछैन त? यदि कसैले गल्ती गर्छ, अनि काँट-छाँट गराइको सामना गर्दा सत्यता स्विकार्दैन, साँच्चै पश्चात्ताप गर्ने अभिप्राय राख्दैन, र झाराटरूवा भइरहन्छ, अनि भाँडभैलो मच्चाइरहन्छ भने उसलाई हटाइनुपर्छ। केही मानिसहरू अगुवा वा कामदार भएर सेवा गर्दा, निडर र साहसी बन्छन्, नहिच्किचाइकनै बोल्छन् र कार्य गर्छन्, अनि सबैको आँखामा छारो हाल्न चाहन्छन्। तिनीहरू समस्या समाधान गर्न सत्यताको प्रयोग गर्न असफल हुने मात्र होइन, माथिकालाई समस्या बताउनेहरूलाई खोजेर अलग्याउने पनि गर्छन्। जब माथिकाले यो विषयबारे थाहा पाउँछन् र तिनीहरूलाई त्यसको जिम्मेवार ठहराउँछन्, तिनीहरू मुसाजस्तो सङ्कोची बन्छन्, जिद्दी भएर आफूले गरेको कार्य स्विकार्नै मान्दैनन्। तिनीहरूले त्यो स्विकार्न इन्कार गरे भने, तिनीहरू भाग्न पाउँछन् अनि परमेश्वरको घरले त्यो मामिलालाई पछ्याउँदैन भन्ने ठान्छन्। के यो साँच्चै त्यति सरल हुन्छ त? परमेश्वरको घरले त्यस मामिलालाई स्पष्टरूपमा परख गर्नेछ, अनि त्यसलाई सिद्धान्तहरूअनुसार सम्हाल्नेछ, जो जिम्मेवार हुन्छ उम्कन सक्नेछैन। जब मानिसहरू आफूले गरेका कुराहरूमा सत्यता खोज्दैनन्, मनपरी, लापरवाह भएर, अनि आफ्नै मर्जीअनुसार कार्य गर्छन्, कुतर्क र ढोङ गर्न थाल्छन्, अनि कामकुरा बिग्रिँदा जिद्दी भएर आफ्ना गल्ती स्विकार्न मान्दैनन्, तब यो कस्तो खालको समस्या हो? के यो सही मनोवृत्ति हो त? के कुतर्क र ढोङ गरेर, जिद्दी भएर आफ्ना कार्यहरू स्विकार्न नमानेर समस्या समाधान हुन्छ त? के यो मनोवृत्ति सत्यताअनुरूप हुन्छ त? के यसमा साँचो समर्पण हुन्छ त? तिनीहरू गल्ती गरिएला अनि आफ्नो खुलासा भएर रिपोर्ट भइएला, परमेश्वरको घरले तिनीहरूलाई जिम्मेवार ठहराउला, अनि तिनीहरूको न्याय, निन्दा गरिएला र तिनीहरूलाई हटाइएला भनी डराउँछन्। के यो डरमा केही समस्या छ? यो डर सकारात्मक कुरा होइन; यो कहाँबाट आउँछ? (तिनीहरूको भ्रष्ट शैतानी स्वभावबाट।) ठिक। त्यसोभए, यो डरमा ठ्याक्कै के हुन्छ त? यसलाई चिरफार गरौँ। तिनीहरू किन डराउँछन् त? तिनीहरूको डर, कुराहरू खुलासा भएपछि, तिनीहरूलाई निकालिनेछ र तिनीहरूको ठाउँ अरू कसैलाई दिइनेछ अनि तिनीहरूले आफ्नो ओहदा र जीविका गुमाउनेछन् भन्ने चिन्ताबाट आउँछ। तसर्थ, तिनीहरू झुटो बोल्छन् र ढोङ गर्छन्, अनि जिद्दी भएर आफ्ना कार्यहरू स्विकार्नै मान्दैनन्। यस मनोवृत्तिका आधारमा, तिनीहरू सत्यता स्विकार्ने मानिस हुन् कि होइनन्, अहङ्कारी र आत्म-धर्मी मानिस हुन् कि होइनन्, वा छली मानिस हुन् कि होइनन् भन्ने यहाँ प्रकाश हुन्छ। के तिनीहरू दियाबलस होइनन्? तिनीहरूले अन्ततः आफ्नो साँचो स्वभाव देखाएका छन्। कस्तो समयमा मानिसहरूको सबैभन्दा धेरै प्रकाश हुन्छ त? जब तिनीहरूलाई केही आइपर्छ, अनि विशेषगरी जब तिनीहरूका दुष्कर्महरू प्रकाश हुन्छन्, तब तिनीहरूको मनोवृत्तिलाई हेर—यी क्षणहरूले तिनीहरूको सबैभन्दा धेरै प्रकाश गर्छन्। तिनीहरूको संकीर्णता, छलीपन, ठगी, अनि आफ्ना गल्तीहरू स्विकार्न नमान्ने जिद्दीपन, आदि इत्यादि—यी सबै भ्रष्ट स्वभावहरू एकै साथ बिस्फोट हुन्छन्। के यो मानिसहरूलाई खुट्ट्याउने सबैभन्दा सजिलो बेला होइन त? कतिपय मानिस परमेश्वरको घरले मानिसहरूलाई न्यायोचित रूपमा व्यवहार गर्न सक्छ भन्ने विश्वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू के विश्वास गर्छन् भने, व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, अनि उसको त्यो कर्तव्य निभाउने अधिकार खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के वास्तवमै यस्तो हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्ने कुरालाई मात्र हेर्नुहुन्न; उहाँ व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, मनोवृत्तिलाई हेर्नुहुन्छ, अनि उहाँ विशेषगरी व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ-सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूको आधारमा समस्याको सार बुझ्न, सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैमा यो सही मनोवृत्तिको अभाव छ, अनि ऊ व्यक्तिगत अभिप्रायबाट पूर्णतः प्रभावित छ, ऊ धूर्त षड्यन्त्रहरू अनि भ्रष्ट स्वभावको प्रकटीकरणहरूले भरिएको छ, अनि समस्या पैदा हुँदा, ऊ ढोँग गर्ने, कुतर्क गर्ने, आफूलाई जायज तुल्याउने गर्छ, र बिलकुलै पछुतो गर्दैन भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। ऊ कत्ति पनि सत्यता स्विकार्दैन अनि उसको पूर्णतः प्रकाश भएको छ। अलिकति पनि सत्यता नस्विकार्ने गलत मानिसहरू सारमा अविश्वासी नै हुन्छन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। अगुवा र कामदार भएर काम गर्ने अविश्वासीहरूलाई कसरी प्रकाश नगर्न र नहटाउन मिल्छ? अविश्वासीले जुनसुकै कर्तव्य निभाए पनि, उसको सबैभन्दा चाँडो प्रकाश हुन्छ, किनकि उसले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू अति धेरै सङ्ख्यामा र अति स्पष्ट हुन्छन्। साथसाथै, ऊ कत्ति पनि सत्यता स्विकार्दैन, अनि लापरवाह रूपमा र मनपरी कार्य गर्छ। अन्तमा, जब उसलाई हटाइन्छ, अनि उसले आफ्नो कर्तव्य निर्वाह गर्ने मौका गुमाउँछ, ऊ चिन्ता गर्दै यसो सोच्न थाल्छ, “म त खतम भएँ। यदि मलाई मेरो कर्तव्य निर्वाह गर्न दिइएन भने, मैले मुक्ति पाउँदिनँ। म के गरूँ त?” वास्तवमा, स्वर्गले मानिसका लागि सधैँ एउटा बाटो चाहिँ राखिदिनेछ। एउटा अन्तिम मार्ग हुन्छ, जुनमा मानिसले साँच्चै पश्चात्ताप गर्नुपर्छ, सुसमाचार फैलाउन अनि मानिसहरू कमाउन हतार गर्नुपर्छ, अनि असल कार्यहरू गरेर आफ्ना गल्तीहरू सुधार्नुपर्छ। यदि तिनीहरूले यो मार्ग लिएनन् भने, तिनीहरू साँच्चै खतम हुन्छन्। यदि तिनीहरूमा अलिकति समझ छ अनि तिनीहरूमा कुनै प्रतिभा छैन भन्ने जान्दछन् भने, तिनीहरूले आफूलाई सत्यताले सुसज्ज्ति बनाएर सुसमाचार फैलाउन तालिम लिनुपर्छ—यो पनि कर्तव्य निभाउनु हो। यो पूर्णतः सम्भव छ। यदि कसैले आफूले आफ्नो कर्तव्य राम्रोसँग ननिभाएकाले उसलाई हटाइएको हो भन्ने स्विकार्छ, तर अझै पनि ऊ सत्यता स्विकार्दैन अनि अलिकति पनि पश्चात्तापको हृदय राख्दैन, र बरु आफूलाई निराशामा डुब्न दिन्छ भने, के तिनीहरू मूर्ख र अज्ञानी होइनन् र? मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइ हासिल गर्न सक्षम छ र पश्चात्ताप गर्न इच्छुक छ भने, के परमेश्वरको घरले उसलाई मौका दिँदैन र? परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, पूरा गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर तँमा यदि कुनै विवेक वा समझ छैन, र आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निभाउने मौका पाएको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता खोजी गर्दैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ। यदि तँ आफ्नो कर्तव्य निभाउने क्रममा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँट गराइ सामना गर्दा तँ पटक्कै समर्पित हुँदैनस् भने, के परमेश्वरको घरले तँलाई अझै पनि कर्तव्य निर्वाह गर्न प्रयोग गर्नेछ त? परमेश्वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ। सबै कुरामा परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्लेषण गर्न आवश्यक छैन; तैँले सुन्ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्विकारेर आफ्ना गल्तीहरू सुधार्न सक्नुपर्छ। यस्तो गर्न सकिस् भने, परमेश्वरको घरले कर्तव्य निभाउने तेरो अधिकार खोस्ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ बहाना बनाउँछस्, र सधैँ आफूलाई सही साबित गर्न खोज्छस् भने, त्यो समस्या हो। यदि तैँले अलिअलि पनि सत्यता स्विकार्दैनस्, र तँसँग समझशक्ति छैन र त्यो कुरा अरूले देख्छन् भने, तँ समस्यामा हुन्छस्। मण्डली तँलाई सम्हाल्नबाध्य हुनेछ। यदि कर्तव्य निभाउने क्रममा तैँले सत्यता पटक्कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस् भने, तेरो यो डरमा मानव अभिप्राय र भ्रष्ट शैतानी स्वभाव, र शङ्का, सतर्कता, र गलत बुझाइ मिसिएको छ। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन। तैँले सुरुमा आफ्नो डर, साथै परमेश्वरसम्बन्धी तेरा गलत बुझाइहरू समाधान गर्नुपर्छ। व्यक्तिमा परमेश्वरसम्बन्धी गलत बुझाइ कसरी पैदा हुन्छ? जब मान्छेको परिस्थिति ठीकठाक हुन्छ, तिनीहरूले उहाँलाई पक्कै पनि गलत बुझ्दैनन्। तिनीहरूले परमेश्वर असल हुनुहुन्छ, सम्मानित, धर्मी, कृपालु र प्रेमिलो हुनुहुन्छ, र उहाँले गर्ने सबै कुरामा सही हुनुहुन्छ भनेर विश्वास गर्छन्। तर जब तिनीहरूले आफ्नो धारणासँग नमिल्ने कुरा सामना गर्छन्, तब यस्तो सोच्छन्, “परमेश्वर त्यति धर्मी हुनुहुन्न रहेछ, कम्तीमा पनि यस मामलामा चाहिँ।” के यो गलतफहमी होइन र? परमेश्वर कसरी धर्मी हुनुहुन्न र? यो गलतफहमी पैदा गर्ने कुरा के थियो? के कुराले तँलाई परमेश्वर धर्मी हुनुहुन्न भन्ने विचार र बुझाइ पैदा गर्ने तुल्यायो? त्यो के थियो भनेर निश्चयसाथ भन्न सक्छस्? त्यो कुन वाक्य थियो? कुन मामला थियो? कुन परिस्थिति थियो? भन्, ताकि सबैले खुट्ट्याउन सकून् र तँ जायज छस् कि छैनस् भनी हेर्न सकून्। अनि जब व्यक्तिले परमेश्वरलाई गलत बुझ्छ वा उसका धारणाहरूसँग नमिल्ने कुरा सामना गर्छ, तब तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? (सत्यता खोजी गर्ने र समर्पित हुने मनोवृत्ति।) तिनीहरूले सुरुमा समर्पित हुँदै यो विचार गर्नुपर्छ: “मैले बुझेको छैन, तर म समर्पित हुनेछु किनकि परमेश्वरले गर्नुभएको कुरा यही हो र यो मानिसले विश्लेषण गर्ने कुरै होइन। यसअलावा, मैले परमेश्वरका वचनहरू वा उहाँको काममा शङ्का गर्नु हुँदैन किनकि परमेश्वरको वचन सत्यता हो।” के व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही होइन र? यस्तो मनोवृत्ति हुँदा, के तेरो गलत बुझाइले अझै पनि समस्या ल्याउँछ र? (ल्याउँदैन।) यसले तेरो कर्तव्यपालनमा असर वा बाधा गर्दैन। तिमीहरूलाई कसमा निष्ठावान् हुने क्षमता हुन्छ जस्तो लाग्छ—कर्तव्य निभाउँदा गलतफहमी बोकेर हिँड्ने व्यक्ति वा त्यो नबोक्ने व्यक्ति? (कर्तव्य निभाउँदा गलतफहमी नबोक्ने व्यक्तिमा नै निष्ठावान् हुने क्षमता हुन्छ।) त्यसैले, सर्वप्रथम, तँमा समर्पणकारी मनोवृत्ति हुनुपर्छ। यसबाहेक, तैँले कम्तीमा पनि परमेश्वर सत्यता हुनुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ, र परमेश्वरले गर्नुहुने सबै कुरा सही हुन्छ भनेर विश्वास गर्नुपर्छ। कर्तव्यपालनमा तँ निष्ठावान् हुन सक्छस् कि सक्दैनस् भनेर निर्धारित गर्ने पूर्वसर्तहरू यिनै हुन्। यदि तैँले यी दुवै पूर्वसर्तहरू पूरा गर्छस् भने, के तेरो हृदयमा भएका गलतफहमीहरूले तेरो कर्तव्य निर्वाह गर्ने काममा असर गर्छन् त? (गर्दैनन्।) तिनले असर गर्न नै सक्दैनन्। यसको अर्थ तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा यी गलतफहमीहरूलाई साथ ल्याउनेछैनस्। सर्वप्रथम, तैँले ती भ्रूण स्थितिमै रहिरहून् भन्ने निश्चित पार्न तिनलाई सुरूबाटै समाधान गर्नुपर्छ। त्यसपछि तैँले के गर्नुपर्छ? तिनलाई जराबाटै हटाउनुपर्छ। तिनलाई कसरी हटाउनुपर्छ त? यस मामिलासँग सम्बन्धित परमेश्वरका वचनहरूका विभिन्न सान्दर्भिक अंश सबैसँग बसेर पढ्। त्यसपछि, परमेश्वरले यसरी किन कार्य गर्नुहुन्छ, उहाँको अभिप्राय के हो, अनि परमेश्वरले यसरी काम गरेर के नतिजा हासिल हुन्छ भन्नेबारे सङ्गति गर्। यी मामिलाहरूमा विस्तृत रूपमा सङ्गति गर्, त्यसपछि तैँले परमेश्वरबारे बुझ्नेछस् अनि समर्पण गर्न सक्नेछस्। यदि तैँले परमेश्वरबारेका आफ्ना गलतफहमीहरूलाई समाधान गरिनस् अनि यसो भन्दै धारणाहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा साथ बोकिस् भने, “यो मामिलामा, परमेश्वरले गलत तरिकाले कार्य गर्नुभयो, र म समर्पण गर्नेछैन। म यसको विरोध गर्नेछु, अनि यसबारे परमेश्वरको घरसँग बाझ्नेछु। यो परमेश्वरको नै कार्य हो भन्ने मलाई विश्वास नै छैन”—यो कुन स्वभाव हो? यो शैतानी स्वभाव नै हो। यस्ता वचनहरू मानवद्वारा उच्चारण नै हुनुहुँदैन; सृजित प्राणीले यस्तो मनोवृत्ति राख्नैहुँदैन। यदि तँ यसरी परमेश्वरको विरोध गर्न सक्छस् भने, के तँ यो कर्तव्य निभाउन लायक छस् त? छैनस्। तँ दियाबलस भएकाले, अनि तँमा मानवता नभएकाले, तँ कर्तव्य निभाउन लायक छैनस्। यदि व्यक्तिमा अलिकति समझ छ, अनि उसमा परमेश्वरबारे गलतफहमी उत्पन्न भयो भने, उसले परमेश्वरलाई प्रार्थना गर्नेछ, अनि उहाँका वचनहरूमा सत्यता पनि खोज्नेछ, र ढिलो-चाँडो, मामिला स्पष्टरूपमा देख्नेछ। मानिसहरूले गर्नुपर्ने यही नै हो।
परमेश्वरको काम अनुभव गर्ने प्रक्रियामा, मानिसहरूले बुझ्न नसक्ने र स्विकार्न नसक्ने धेरै कुरा हुन्छन्। तिनीहरूको हृदय समर्पणकारी छ भने, यी समस्याहरू बिस्तारै समाधान हुँदै जानेछन्, अनि तिनीहरूले ती कुराको उत्तर परमेश्वरका वचनहरूमा पाउनेछन्। तिनीहरूले अहिले नै नतिजा प्राप्त गर्न नसके पनि, केही वर्षको अनुभवपछि यी कुराहरू स्वतः बुझ्नेछन्। यदि, समस्याहरू सामना गर्दा, तिनीहरूलाई कसैले कहिल्यै बुझ्न सक्दैन, अनि तिनीहरू अगुवा र कामदारहरूका विरुद्ध खडा हुन्छन्, वा परमेश्वरको घरसँग बाझ्छन् भने, के यो समझदार व्यक्ति हो त? परमेश्वरलाई पछ्याउन, कम्तीमा पनि व्यक्तिसँग सामान्य मानवता र आधारभूत विश्वासको समझ हुनुपर्छ, अनि त्यसपछि मात्र तिनलाई परमेश्वरप्रति समर्पित हुन सजिलो हुनेछ। यदि तँ सधैँ परमेश्वरको विरोध गर्छस् अनि आफूलाई उहाँको विरुद्ध खडा गर्छस्, अनि पछि सत्यता खोज्दैनस् वा पश्चात्तापी हृदय राख्दैनस् भने, तँ कर्तव्य निर्वाह गर्न वा परमेश्वरलाई पछ्याउन, अनि उहाँको आज्ञा स्विकार्न योग्य छैनस्। यदि तँमा साँचो आस्था छैन, तर तँ अझै पनि कर्तव्य निर्वाह गर्छस् अनि परमेश्वरलाई पछ्याउँछस् भने, तैँले प्रगति गर्ने आधार पाउन सक्नेछैनस्, र तँ निश्चित रूपमा हटाइनेछस्। के यो आफ्नै लागि समस्या सृजना गर्नु होइन र? यो भनेको आफ्नै बेइज्जत गर्नु हो। तसर्थ, परमेश्वरबारे गलतफहमीहरू समाधान गर्न, मानिसहरूमा हुनुपर्ने मनोवृत्ति भनेको सुरूमा समर्पित हुने, अनि परमेश्वरले जेसुकै गर्नुभए पनि सही हुन्छ भन्ने विश्वास गर्ने हो। आफ्ना आँखा र मूल्याङ्कनलाई विश्वास नगर्—यदि तँ सधैँ आफ्नै मूल्याङ्कन र आँखालाई विश्वास गर्छस् भने, यसले समस्या निम्त्याउँछ। तँ परमेश्वर होइनस्; तँसँग सत्यता छैन। तँ भ्रष्ट स्वभावहरू भएको व्यक्ति होस्; तैँले गल्ती गर्न सक्छस्, अनि अझै पनि तँ सत्यता बुझ्दैनस्। यदि तँ सत्यता बुझ्दैनस् भने, के परमेश्वरले तेरो निन्दा गर्नुहुन्छ? परमेश्वरले तेरो निन्दा गर्नुहुन्न, तर तैँले सत्यता खोज्नैपर्छ। परमेश्वरले तँलाई खोज्ने मौका अनि समय दिनुहुन्छ, र उहाँ पर्खिरहनुहुन्छ। केका लागि पर्खिरहनुहुन्छ? यस समयको दौरान तैँले सत्यता खोज्न पर्खिरहनुहुन्छ। तैँले बुझेपछि अनि समर्पण गरेपछि, सबै कुरा ठिक हुनेछन्, अनि परमेश्वरले न यो सम्झनुहुनेछ न त तेरो निन्दा गर्नुहुनेछ। तर, तैँले उही पुराना गल्तीहरू गरिराखिस् भने, तँ साँच्चै खतम हुनेछस् र मुक्ति पाउन सक्नेछैनस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।