भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्‍नेसम्बन्धी वचनहरू (अंश ५१)

कसैले आलोचना र काटछाँटको सामना गर्दा उसले बहानाहरू बनाउने गर्छ भने, त्यहाँ के भइरहेको हुन्छ? यो अत्यन्तै अहङ्कारी, आत्मधर्मी र हठी खालको स्वभाव हो। अहङ्कारी र हठी मानिसहरूलाई सत्यता स्विकार्न कठिन हुन्छ। तिनीहरू आफ्ना दृष्टिकोण, राय र सोचहरूसँग नमिल्ने केही कुरा सुन्दा त्यसलाई स्विकार्न सक्दैनन्। तिनीहरू अरूले भन्‍ने कुरा सही छ कि गलत, वा त्यो कसले भन्यो, त्यो कुन प्रसङ्गमा भनिएको थियो, वा त्यो तिनीहरूका आफ्नै जिम्मेवारी र कर्तव्यहरूसँग सम्बन्धित छ कि छैन भन्‍नेबारे वास्ता गर्दैनन्। तिनीहरू यी कुराहरूबारे वास्ता गर्दैनन्; तिनीहरू पहिला आफ्नै भावनालाई सन्तुष्ट गर्ने हतारमा हुन्छन्। के यो हठी हुनु होइन र? हठी हुनुले मानिसहरूलाई अन्ततः कस्ता घाटाहरू पुर्‍याउँछ? तिनीहरूलाई सत्यता प्राप्त गर्न कठिन हुन्छ। सत्यताको अस्वीकृति मान्छेको भ्रष्ट स्वभावले निम्त्याउँछ, र त्यसको अन्तिम परिणामस्वरूप तिनीहरूले सजिलै सत्यता प्राप्त गर्न सक्दैनन्। मान्छेको प्रकृति सारबाट प्राकृतिक रूपमै जे प्रकाश हुन्छ त्यो सत्यताविरुद्ध हुन्छ र सत्यतासँग त्यसको केही सरोकार हुँदैन; त्यस्तो कुनै पनि कुरा सत्यतासँग मिल्दैन वा सत्यताको नजिक हुँदैन। त्यसकारण, मुक्ति हासिल गर्न व्यक्तिले सत्यतालाई स्वीकार र अभ्यास गर्नैपर्छ। यदि व्यक्तिले सत्यता स्विकार्न सक्दैन र सधैँ आफ्नै रुचिहरूअनुसार कार्य गर्न चाहन्छ भने त्यस व्यक्तिले मुक्ति हासिल गर्न सक्दैन। यदि तँ परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छस् भने, सुरुमा तैँले परिस्थितिहरू सोचेजस्तो नहुँदा आवेशमा आउनबाट जोगिनुपर्छ। पहिले शान्त बन् र परमेश्‍वरको अघि मौन बस्, र हृदयमा उहाँलाई प्रार्थना गर् र उहाँबाट खोजी गर्। हठ नगर्; पहिले समर्पित बन्। त्यस्तो मानसिकताद्वारा मात्रै तैँले समस्याहरूको अझ उत्तम समाधान निकाल्न सक्छस्। यदि तँ परमेश्‍वरको अघि जिउनमा दृढ रहन सकिस्, र तँमाथि जेसुकै आइपरे पनि, तैँले उहाँलाई प्रार्थना गर्न र उहाँबाट खोजी गर्न सक्छस्, र समर्पणको मानसिकताले त्यसलाई सामना गर्न सक्छस् भने, तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू जति नै धेरै भए पनि, वा तैँले विगतमा जे-जस्ता अपराधहरू गरेको भए पनि—जबसम्म तैँले सत्यताको खोजी गर्छस्, तबसम्म ती कुरालाई समाधान गर्न सकिनेछ। तँमाथि जस्तोसुकै परीक्षा आइपरे पनि, तँ दह्रिलो गरी खडा हुन सक्‍नेछस्। जबसम्म तँसँग सही मानसिकता हुन्छ, जबसम्म तैँले सत्यतालाई स्वीकार गर्न, र परमेश्‍वरका मापदण्डहरूबमोजिम उहाँमा समर्पित हुन सक्छस्, तबसम्म तँ सत्यतालाई अभ्यास गर्न पूर्ण रूपमा सक्षम हुन्छस्। तँ कहिलेकाहीँ अलिक विद्रोही र प्रतिरोधी हुन सक्‍ने भए पनि, र कहिलेकाहीँ प्रतिरक्षात्मक तर्क प्रस्तुत गर्ने र समर्पित हुन नसक्ने भए पनि, यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न र आफ्‍नो विद्रोही स्थितिलाई परिवर्तन गर्न सक्छस् भने, तैँले सत्यता स्वीकार गर्न सक्छस्। त्यसो गरिसकेपछि, तँमा किन त्यस्तो विद्रोहीपन र प्रतिरोध पैदा भयो भन्‍नेबारेमा मनन गर्। कारण पत्ता लगा, त्यसपछि त्यसलाई समाधान गर्न सत्यता खोजी गर्, अनि तेरो भ्रष्ट स्वभावको त्यो पक्ष शुद्ध हुन सक्छ। त्यसरी ठोक्किएर लडेर धेरै पटक उठेपछि, तैँले सत्यता अभ्यास गर्न नसकुन्जेलसम्म, तेरो भ्रष्ट स्वभाव क्रमिक रूपमा हट्दै जानेछ। त्यसपछि, तँभित्र सत्यताले शासन गर्नेछ र त्यो तेरो जीवन बन्‍नेछ, र सत्यतासम्‍बन्धी तेरो अभ्यासमा थप बाधाहरू आउनेछैनन्। तँ परमेश्‍वरमा साँचो रूपले समर्पित हुन सक्‍नेछस्, र तैँले सत्यता वास्तविकतामा जिउनेछस्। यस अवधिमा, तैँले सत्यता अभ्यास गर्ने र परमेश्‍वरप्रति समर्पित हुने व्यावहारिक अनुभव पाउनेछस् र त्यससँग साक्षात्कार हुनेछस्। पछि तँलाई केही आइपर्दा, तँलाई परमेश्‍वरप्रति समर्पणकारी भएर कसरी अभ्यास गर्ने र कस्तो व्यवहार परमेश्‍वरविरुद्धको विद्रोह हुन्छ भन्‍ने कुरा थाहा हुनेछ। के तैँले यी कुराहरू हृदयमा स्पष्ट हुँदाहुँदै पनि सत्यता वास्तविकताबारे सङ्गति गर्न सक्नेछैनस् र? यदि तँलाई आफ्ना अनुभवात्मक गवाहीहरू भन्‍न लगाइयो भने, तँलाई त्यो समस्याजनक लाग्नेछैन किनकि तैँले धेरै कुराहरू अनुभव गरेको हुनेछस् र तँलाई अभ्यासका सिद्धान्तहरू थाहा हुनेछ। तैँले जसरी बोले पनि त्यो वास्तविक हुनेछ, र तैँले जे भने पनि त्यो व्यावहारिक हुनेछ। र यदि तँलाई शब्द र धर्मसिद्धान्तहरूबारे छलफल गर्न लगाइयो भने, तँ इच्छुक हुनेछैनस्—हृदयमा तँ ती कुराहरूदेखि वितृष्ण भएको हुनेछस्। तब के तँ सत्यता वास्तविकताभित्र प्रवेश गरेको हुनेछैनस् र? सत्यता पछ्याउने मानिसहरूले केही वर्षको कोसिसपछि नै त्यसको अनुभव हासिल गर्न, र त्यसपछि सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। सत्यता नपछ्याउनेहरूलाई चाहे पनि सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुँदैन। किनभने सत्यतालाई प्रेम नगर्नेहरूमा ज्यादा विद्रोहीपन हुन्छ। जब पनि तिनीहरूले कुनै मामिलामा सत्यता अभ्यास गर्नुपर्ने हुन्छ, तिनीहरू सधैँ बहानाहरू बनाउँछन् र तिनीहरूका आफ्नै समस्याहरू हुन्छन्, त्यसैले तिनीहरूलाई सत्यता अभ्यास गर्न निकै कठिन हुनेछ। तिनीहरूले प्रार्थना र खोजी गर्लान्, र तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक होलान्, तर तिनीहरूलाई केही आइपर्दा, तिनीहरूले कठिनाइहरू सामना गर्दा, तिनीहरूको अलमल प्रस्ट देखिन्छ, र तिनीहरूको विद्रोही स्वभाव प्रकट हुन्छ, र तिनीहरूको मन धमिल्याइदिन्छ। तिनीहरूको विद्रोही स्वभाव कति घोर होला! यदि तिनीहरूको हृदयको सानो भाग अलमलमा छ र ठुलो भाग परमेश्‍वरप्रति समर्पित हुन चाहन्छ भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न कम कठिनाइ हुनेछ। सायद तिनीहरूले केही बेर प्रार्थना गर्न सक्लान्, वा कसैले तिनीहरूसित सत्यताबारे सङ्गति गर्न सक्ला; यदि तिनीहरूले त्यो बेला त्यो कुरा बुझ्छन् भने, तिनीहरूलाई त्यो अभ्यास गर्न सजिलो हुनेछ। यदि तिनीहरूको भ्रम यति ठूलो छ कि त्यसले तिनीहरूको हृदयको अधिकांश भाग ओगट्छ, जसमा विद्रोहीपन प्रमुख र समर्पण गौण हुन्छ भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछैन, किनकि तिनीहरूको कद अत्यन्तै सानो हुन्छ। र सत्यतालाई पटक्कै प्रेम नगर्नेहरू अत्यन्तै वा पूरै विद्रोही, पूरै अलमल्ल हुन्छन्। यिनीहरू अलमिलिने मानिसहरू हुन् जसले कहिल्यै सत्यतालाई अभ्यास गर्न सक्नेछैनन्, त्यसैले तिनीहरूमाथि जति ऊर्जा खर्चे पनि त्यो बेकार हुनेछ। सत्यतालाई प्रेम गर्नेहरूमा सत्यताप्रति ठूलो हुटहुटी हुन्छ; यदि त्यो तिनीहरूलाई डोऱ्याउने ठूलो भाग वा ठूलो अंश हो, र तिनीहरूलाई सत्यताबारे स्पष्टसँग सङ्गति गरियो भने, तिनीहरूले पक्कै त्यसलाई अभ्यास गर्न सक्छन्। सत्यतालाई प्रेम गर्नु सरल कुरा होइन; थोरै इच्छा हुँदैमा त्यसले व्यक्तिलाई सत्यतालाई प्रेम गर्ने तुल्याउँदैन। उसले परमेश्‍वरको वचन बुझेपछि, सत्यतालाई व्यवहारमा लागू गर्नको निम्ति, ऊ मिहिनेत गर्न र कठिनाइ सहन अनि मूल्य चुकाउन सक्ने अवस्थामा पुग्नैपर्छ। त्यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो। सत्यतालाई प्रेम गर्ने व्यक्तिले जति सुकै भ्रष्ट स्वभावहरू प्रकाश गरे पनि वा जति सुकै अपराधहरू गरेको भए पनि, ऊ आफ्नो पछ्याइमा कटिबद्ध हुन सक्छ। उसलाई जे सुकै आइपरे पनि, उसले परमेश्‍वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र स्विकार्न सक्छ। दुई-तीन वर्षको यस्तो अनुभवपछि, उसका कोसिसहरूले फल दिन सक्छन्, र साधारण कठिनाइहरूले उसलाई बाधा पुर्‍याउने छैन। यदि उसले ठुला कठिनाइहरू सामना गरेमा, ऊ असफल भए पनि त्यो सामान्य हुन्छ, किनकि उसको कद अत्यन्तै सानो हुन्छ। उसले सामान्य परिस्थितिहरूमा सत्यतालाई अभ्यास गर्न सकेसम्म, आशा रहन्छ। जब उसले परमेश्‍वरलाई चिन्छ र जब ऊसँग उहाँको डर मान्‍ने हृदय हुन्छ, तब उसलाई ठूला चुनौतीहरू हल गर्न पनि सजिलै हुन्छ; उसको लागि कुनै पनि चुनौती समस्याजनक हुँदैन। मानिसहरूले परमेश्‍वरका वचनहरू अझै बढी पढुञ्जेल र सत्यताबारे अझ बढी सङ्गति गरुञ्जेल, अनि जे कठिनाइहरू आइपरे पनि परमेश्‍वरलाई प्रार्थना गर्न सक्छन् भने, र समस्याहरू हल गर्न पवित्र आत्माको काममा भर पर्न सक्छन् भने, तिनीहरूलाई सत्यता बुझ्न र त्यसलाई अभ्यास गर्न सजिलो हुनेछ, र तिनीहरूको भ्रष्ट स्वभाव बिस्तारै फालिनेछ। तिनीहरूले सत्यता अभ्यास गर्ने हरेक कार्य गर्दा, तिनीहरूको भ्रष्ट स्वभाव अलिकति फालिन्छ, र सत्यता अझ बढी अभ्यास गर्दा तिनीहरूको भ्रष्ट स्वभाव पनि अझ बढी फालिन्छ। यो एउटा प्राकृतिक नियम हो। यदि मानिसहरूले आफूले भ्रष्ट स्वभाव प्रकाश गरिरहेको देखेर त्यसलाई आत्मसंयमता र सहनशीलताको भरमा हल गर्न खोज्छन् भने, के तिनीहरू सफल हुनेछन्? त्यो सजिलो हुनेछैन। यदि तिनीहरूले त्यसलाई त्यो तरिकाले समाधान गर्न सक्थे भने, परमेश्‍वरले आफ्नो न्याय र सजायको काम गर्नु नै पर्थेन। व्यक्तिले भ्रष्ट स्वभाव समाधान गर्न, परमेश्‍वरमा, उहाँप्रतिको प्रार्थनामा, सत्यताको खोजीमा र आत्मचिन्तनमार्फत आफूलाई चिन्‍नमा, अनि पवित्र आत्माको काममा भर पर्नैपर्छ। यसलाई त्यसैले नै बिस्तारै समाधान गर्न सक्छ। यदि मानिसहरू सहकार्य गर्दैनन्, आत्म-चिन्तन गर्न जान्दैनन्, सत्यता स्विकार्न सक्दैनन्, आफ्नो भ्रष्ट स्वभाव चिन्दैनन्, तिनीहरूमा पश्चात्तापको कमी हुन्छ अनि तिनीहरू देह र शैतानलाई घृणा गर्दैनन् भने, तिनीहरूको भ्रष्ट स्वभाव आफै फालिनेछैन। पवित्र आत्माको सबैभन्दा अद्भुत काम यहीँ हुन्छ; मानिसहरूमा सत्यताको प्यास भए सम्म र तिनीहरूले आफ्नो स्वभाव परिवर्तन पछ्याए सम्म, परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। मानिसहरूले थाहै नपाइ सत्यता पनि बुझ्नेछन् र सँगसँगै आफूलाई पनि चिन्‍न सक्नेछन्, र यो अवस्थामा, सत्यतालाई प्रेम गर्न र त्यसको तृष्णा गर्न थाल्नेछन्। तिनीहरूले हृदयबाटै शैतानको प्रकृति र स्वभावलाई घृणा गर्न सक्नेछन्, जसले गर्दा तिनीहरूलाई देहविरुद्ध विद्रोह गर्न अनि सत्यता अभ्यास गर्न झन् सजिलो हुनेछ। त्यस अवस्थामा, तिनीहरूको भ्रष्ट स्वभाव अलिअलि गर्दै परिवर्तन हुनेछ, र तिनीहरूमा परमेश्‍वरविरुद्ध कुनै विद्रोहीपन बाँकी रहनेछैन; तिनीहरू कुनै व्यक्ति, घटना, वा वस्तुद्वारा बाधित नभई उहाँप्रति पूर्णतया समर्पित हुन सक्नेछन्। यो तिनीहरूको जीवन स्वभावमा आउने पूर्ण रूपान्तरण हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्