सत्यता कसरी पछ्याउने (७) भाग एक

व्यक्तिको क्षमता मूल्याङ्कन गर्नका लागि ११ वटा मानक

पछिल्लो भेलामा हामीले क्षमता भनेको के हो, साथै कुनै व्यक्तिको क्षमताको मूल्याङ्कन कसरी गर्ने भन्‍नेबारे सङ्गति गर्‍यौँ। हामीले कुनै व्यक्तिको क्षमताको मूल्याङ्कन गर्ने जम्मा कति वटा मानक सूचिकृत गरेका थियौँ? (एघार वटा।) यी एघार वटा मानकहरू फेरि एकचोटी भन त। (सिक्ने सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, बोध सामर्थ्य, कामकुरा स्विकार्ने सामर्थ्य, संज्ञानात्मक सामर्थ्य, तजबिज गर्ने सामर्थ्य, वस्तुहरूको परख गर्ने सामर्थ्य, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य, निर्णय गर्ने सामर्थ्य, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य, नवप्रवर्तनको सामर्थ्य।) यी एघारमध्ये हरेक सामर्थ्य कुनै व्यक्तिको समग्र क्षमताको मापनको एउटा हिस्सा हो। पछिल्लो पटक, हामीले तीमध्ये दस वटा सामर्थ्यबारे, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यसम्म सङ्गति गर्‍यौँ। प्रत्येक सामर्थ्यका हकमा, हामीले राम्रो क्षमता, औसत क्षमता, खराब क्षमता, र क्षमता नहुनुका प्रकटीकरणका बारेमा सङ्गति गर्‍यौँ। क्षमता नभएका मानिसहरूमा मूलतः सबल पक्ष हुँदैन, साँचो सोख वा रुचिहरू हुँदैनन्। कुनै पनि कुरा आइपर्दा, तिनीहरूसँग राय हुँदैन र तजबिज गर्ने सामर्थ्य हुँदैन। तिनीहरूमा मानिस, घटना र कामकुराहरूको परख गर्ने सामर्थ्य हुँदैन; तिनीहरूमा कुनै पनि कुरालाई स्विकार्ने सामर्थ्य पनि हुँदैन, र अवश्य पनि तिनीहरूमा परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य वा निर्णय गर्ने सामर्थ्य हुन्छ भनेर त झन् भन्‍नै मिल्दैन। त्यस्ता मानिसहरूमा कुनै सबल पक्ष नहुने भएकाले, तिनीहरू कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यसँग त झनै कम जोडिएका हुन्छन्।

नम्बर १०: कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य

कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यका सम्बन्धमा भन्‍नुपर्दा, पछिल्लो भेलामा, हामीले त्यस विषयवस्तुको एउटा पाटोबारे सङ्गति गर्‍यौँ। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यले मुख्यगरी केलाई जनाउँछ? मूल्याङ्कनले मानिस, घटना, र कामकुराहरूका सोच, विचार र अडानहरू, साथै वकालत गरिएका विषयवस्तुहरूको परख गर्ने सामर्थ्य भन्‍ने अर्थमा मानिसहरूले भन्‍ने गरेको भेदलाई जनाउँछ। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यमा मुख्यगरी निश्चित मामलाहरूका सम्बन्धमा व्यक्तिका विचार र दृष्टिकोणहरू पर्छन्; अर्थात् विचारको क्षेत्रसँग सम्बन्धित कुरा पर्छन्। यदि तँसित यी कुराहरूको परख गर्ने र तिनको कदर गर्ने सामर्थ्य छ भने, तँ कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य भएको व्यक्ति होस्। यदि तँ विचार र दृष्टिकोणहरूसँग सम्बन्धित यी समस्याहरू हेर्न जान्दैनस् र आधारभूत रूपमा तिनलाई बुझ्न सक्दैनस् भने, तँसँग कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य भएको मान्‍न सकिँदैन—तँसित यो सामर्थ्यको कुनै सम्बन्ध छैन। तर, जब तँमाथि कुनै कुरा आइपर्छ, तब यदि तैँले यो कुराको स्रोत र यसका पछाडिको उद्देश्य परख गर्न सक्छस्, यसले व्यक्त गर्ने र वकालत गर्ने विचार र दृष्टिकोणहरू सही छन् कि छैनन् भनी परख गर्न सक्छस्, साथै यी विचार र दृष्टिकोणहरू खरो उत्रन सक्छन् कि सक्दैनन्, ती सकारात्मक कुरा हुन् कि नकारात्मक, र ती कामकुराको विकासको नियमसँग मिल्छन् कि मिल्दैनन् वा परमेश्‍वरद्वारा सिर्जित यावत् थोकलाई शासित गर्ने नियमभित्रका घटनाहरूसँग नजिक छन् कि छैनन् भनेर पनि परख गर्न सक्छस् भने—यदि तँसित यस किसिमको कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छ भने, यसले तेरो क्षमता अत्यन्तै राम्रो छ भन्‍ने कुरा प्रमाणित गर्छ। यदि यस कुराले वकालत गर्ने विचार र दृष्टिकोणहरू, वा यसले प्रवर्धन गर्ने दिशा र लक्ष्यहरूमा त्रुटिहरू, विकृतिहरू, मानवता वा तार्किक विचारसँग नमिल्दा कुराहरू, वा मूलतः परमेश्‍वरद्वारा सिर्जित यावत् थोकलाई शासन गर्ने वस्तुगत नियमहरूसँग नमिल्ने कुराहरू छन् भने—यदि तैँले यो सब पत्ता लगाउन सक्छस्, र के सही र के गलत छ भन्‍ने दुइटै कुरा पत्ता लगाउन सक्छस् भने, तँसित कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छ र कामकुराको मूल्याङ्कन र कदर गर्ने तेरो सामर्थ्य उच्च छ भन्‍ने प्रमाणित गर्न यो नै काफी हुन्छ; तँसित यो सामर्थ्य भएको तथ्यको अर्थ तेरो क्षमता धेरै राम्रो छ भन्‍ने हुन्छ। उदाहरणका लागि, जब तैँले मण्डलीको कुनै दाजुभाइ वा दिदीबहिनीद्वारा लिखित एउटा लेख पढ्छस्, तब तैँले कामकुरासम्बन्धी उसको बुझाइ, मानिसहरूको प्रकृति सारसम्बन्धी उसको बुझाइ, र परमेश्‍वरका वचनहरूसम्बन्धी उसको बुझाइ सत्यता सिद्धान्तहरूसँग मिल्दा छन् कि छैनन्, लेखमा व्यक्त गरिएका दृष्टिकोणहरू विकृत पो छन् कि, र तिनीहरूको नजरिया र तिनीहरूले लिने अडान सही छन् कि गलत छन् भनी पत्ता लगाउन सक्छस्—तैँले यी सबै कुरा पत्ता लगाउन सक्छस्। यदि तँ त्यस लेखभित्रका सही विचार र दृष्टिकोणहरूसित सहमत हुन सक्छस्; र यदि तँ त्यस लेखभित्रका भ्रामक विचार र दृष्टिकोणहरूको परख गर्न र तिनलाई सच्याउन पनि सक्छस्, र तँलाई त्यस्ता विचार र दृष्टिकोणहरू किन गलत हुन्, र तिनले तार्किक सोचाइका कुन-कुन पक्षहरू वा सकारात्मक कुराका कुन-कुन वस्तुगत नियमहरू उल्लङ्घन गर्छन् भन्‍ने थाहा छ, र अझ गहिराइमा, तिनले सत्यता सिद्धान्तहरूका कुन-कुन पक्षहरू उल्लङ्घन गर्छन्, जसका बारेमा परमेश्‍वरले मानवजातिलाई सचेत गराउनुभएको छ भनेर तैँले देख्न सक्छस् भने—यसले तेरो क्षमता राम्रो छ भन्‍ने प्रमाणित गर्छ। पहिलो कुरा, यदि तैँले यस लेखमा सिक्नलायक सकारात्मक कुराहरू के-के छन् भनी देख्न सक्छस्, र यसले मानिसहरूलाई कस्ता सकारात्मक दिशा प्रदान गर्छ, साथै यसले कस्ता सकारात्मक प्रबन्ध, सहयोग, र साथ ल्याउँछ भन्‍ने कुरा पनि मूल्याङ्कन गर्न सक्छस् भने—अनि, यसबाहेक, यदि तैँले यस लेखमा कुन-कुन प्रतिकूल, नकारात्मक, र विकृत कुराहरू छन्; त्यसमा मानिसहरूको सोचाइलाई खराब दिशामा लैजान सक्ने कस्ता भ्रामक विचार र दृष्टिकोणहरू छन्, र तिनले मानिसहरूमाथि कस्ता नकारात्मक प्रभाव पार्न सक्छन्; यी भ्रामक कुराहरूलाई कसरी सच्याइनुपर्छ; र मानिसहरूलाई अझ बढी लाभ हुन सकोस् भनेर निश्चित कमीकमजोरीलाई कसरी पूर्ति गर्नुपर्छ भन्ने थाहा पाउन सक्छस् भने—यो कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुनुको एउटा प्रकटीकरण हो। उदाहरणका लागि, नृत्य सिक्ने क्रममा, जब तैँले कुनै नृत्य प्रस्तुति हेर्छस्, तब तैँले कुन चालहरू अत्यन्तै मानवीकृत छन्, जसले मानवताभित्रकै विचार र इच्छाहरू व्यक्त गर्छन्, जुन मानवताको दृष्टिकोणबाट उत्पत्ति हुन्छन्, मानवतामा आधारित छन्, र सामान्य मानवताको विवेक र समझका आवश्यकताहरूसँग अत्यन्तै मेल खान्छन् भनी पत्ता लगाउन सक्छस्; अनि तैँले कुन-कुन चालहरू, अनुहारका हाउभाउहरू, र शारीरिक हाउभाउका अभिव्यक्तिका विधिहरू, साथै तिनमा वकालत गरिएका विचारहरू सकारात्मक र कुनै व्यक्तिको आत्मिक संसारलाई समृद्ध पार्न सक्ने किसिमका छन् भनी पत्ता लगाउन सक्छस्—तैँले यी सबै कुरा देख्न सक्छस्। तँ नृत्य गर्न वा केही सामान्य चालहरू प्रस्तुत गर्न सक्षम मात्र छैनस्—बरु, तैँले कुनै नृत्य प्रस्तुतिमा वकालत गरिएका विचारहरू बुझ्न सक्छस्; तैँले त्यसभित्रका विचारहरूको अर्थका साथै यी विचारहरूको मार्गदर्शनमा अपनाइएका नृत्यका स्वरूपहरू बुझ्न सक्छस्। यदि नृत्यका स्वरूपहरू र शारीरिक हाउभाउ मानिसहरूका लागि फाइदाजनक छन्, र ती तैँले सिक्नु, स्विकार्नु र आत्मसात् गर्नुपर्ने कुरा हुन्—तँ यी कुराहरू देख्न र सिक्न सक्छस्, र तँ यसका सकारात्मक तत्त्व हरू स्विकार्न सक्छस् भने—यो कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुनुको प्रकटीकरण हो। अवश्य पनि, यदि उक्त नृत्यले मानवतासँग नमिल्दा केही विकृत विचारहरू प्रस्तुत गर्छ, र तैँले पनि ती बुझ्न सक्छस्, त्रुटिहरू कहाँ छन् भनी परख गर्न सक्छस्, साथै तँलाई यस प्रस्तुतिको स्वरूपमा के गलत छ, र त्यसलाई मार्गदर्शन गर्ने विचारहरू के-के हुन् भन्‍ने पनि थाहा छ भने—यदि तैँले यो सब देख्न र परख गर्न सक्छस् भने, यो पनि कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुनुको एउटा प्रकटीकरण नै हो। यी दुई उदाहरणहरू दिएपछि, के अब तिमीहरूले कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य के हो भनी बुझ्छौ? के कसैसँग राम्रो क्षमता र कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छ कि छैन भनी मापन गर्ने यो मानक स्थापित भएको छ? (भएको छ।)

यदि तैँले केही कुरा देख्छस् र त्यसले वकालत गर्ने विचार र दृष्टिकोणहरू वा त्यसले लिने नजरिया र अडान थाहा पाउछस्, तर तँलाई यी विचार र दृष्टिकोणहरू सही हुन् कि गलत भन्‍ने थाहा छैन भने, तँसित कामकुराको परख गर्ने खासै धेरै सामर्थ्य छैन। तँलाई “यो नृत्य निकै राम्रो छ; यो लेख निकै राम्रो छ; यो चलचित्र निकै राम्रो छ; यसको कलात्मक मूल्य छ, र यसका अभिव्यक्ति शैलीहरू उत्कृष्ट छन्” भन्‍ने मात्र लाग्न सक्छ, र तैँले यसलाई केवल उद्योगका दृष्टिकोणबाट वा ज्ञानका दृष्टिकोणबाट नियालेर यसबारे जान्‍नेछस्, तर यस कुराले वकालत गरेका विचार र दृष्टिकोणहरू सही हुन् कि गलत, ठीक हुन् कि बेठीक, सकारात्मक हुन् कि नकारात्मक भनी निर्धारण गर्न सक्नेछैनस्; अनि तैँले सायद यस्ता प्रश्नहरू सोध्नेछस्, “के यी विचार र दृष्टिकोणहरू सत्यतासित मिल्दा छन्? के यो कार्य मानवतासँग मिल्दो छ? के यो वस्तुहरूको विकासका नियमसँग मिल्छ? के यस्ता मानिसहरू अस्तित्वमा हुन्छन्? के यस्ता घटनाहरू घटेका छन्? के यो सकारात्मक कुरा हो?” यदि तैँले बोल्ने हरेक वाक्य प्रश्नवाचक चिन्हमा टुङ्गिन्छ भने, तँसित कामकुराको परख गर्ने सामर्थ्यको कमी छ। यदि तँलाई त्यसमा संलग्न प्राविधिक, व्यावसायिक वा ज्ञानमा आधारित पक्षहरू मात्र थाहा छ, तर वैचारिक तहका कुराहरूका सम्बन्धमा तँसित ती सही हुन् कि गलत, ठीक हुन् कि बेठीक भनी तजबिज गर्ने सामर्थ्य छैन भने, यसले तेरो क्षमताबारे के बताउँछ? यसले तँसँग औसत क्षमता छ भन्‍ने जनाउँछ। तँसित कामकुराको मूल्याङ्कन र कदर गर्ने केही सामर्थ्य भए पनि, तेरो सामर्थ्य लेखकका विचारलाई प्राविधिक, व्यावसायिक दृष्टिकोणबाट कदर गर्नमा नै सीमित छ। तँ उक्त लेखकले जे गर्‍यो त्यो किन गर्‍यो भन्‍ने कुरा मात्र बोध गर्न वा बुझ्न सक्छस्, तर तँ उसले वकालत गर्ने विचार र दृष्टिकोणहरू सही हुन् कि होइनन्, र ती सकारात्मक कुरा हुन् कि होइनन्, वा यी विचार र दृष्टिकोणहरू एक पटक प्रस्तुत भइसकेपछि तिनले मानिसहरूमा कति ठूलो प्रभाव पार्छन्, वा त्यो प्रभाव सकारात्मक हुन्छ कि नकारात्मक, वा तिनले मानिसहरूमा कस्ता परिणामहरू ल्याउँछन् भनी मूल्याङ्कन गर्न सक्दैनस्—तँलाई यीमध्ये केही पनि थाहा हुँदैन। यस स्तरका आधारमा भन्‍नुपर्दा, त्यस्ता मानिसहरूको क्षमता औसत मात्र हुन्छ। तिनीहरू सराहना गर्न मात्र सक्छन् तर मूल्याङ्कन गर्न सक्दैनन्, र त्यसकारण कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य भएको क्षमतामा पुग्न सक्दैनन्। कतिपय मानिसले जुनसुकै कर्तव्य निर्वाह गर्ने भए पनि, तिनीहरूमा कामकुराको परख गर्ने सामर्थ्य ज्यादै कमजोर हुन्छ। तिनीहरू कामकुरा जसरी गरे पनि स्वीकार्य हुने भन्ठान्छन्। तिनीहरूका दृष्टिकोण र मनोवृत्ति अत्यन्तै धमिला र पूर्णतया अस्पष्ट हुन्छन्। अरू जोसुकैले जेसुकै भने पनि, तिनीहरू त्यो स्विकार्न सक्छन्, किनकी तिनीहरूमा सही दृष्टिकोणहरू वा अभ्यासका सिद्धान्तहरू हुँदैनन्। फलस्वरूप, तिनीहरूले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्दैनन्। तिनीहरूले जुनसुकै काम लिए पनि, तिनीहरू आफ्नो कामका क्रममा उत्पन्‍न हुने विभिन्‍न विचार र दृष्टिकोणहरूका सकारात्मकता वा नकारात्मकता, र उचितता वा अनुचितताको परिभाषा दिने र सीमारेखा कोर्ने सम्बन्धमा अत्यन्तै धमिला र अस्पष्ट हुन्छन्। मानिसहरूले तिनीहरूलाई “यस किसिमको विचार वा दृष्टिकोण पैदा भएको छ—के यो सही हो?” भनेर सोध्दा तिनीहरू यसो भन्छन्, “मानिसहरूको मन स्वतन्त्र हुन्छ। त्यसलाई सीमित पारिनु हुँदैन। विविधता हुन जरुरी छ—कुनै पनि प्रकारको विचार प्रस्तुत गर्न वा व्यक्त गर्न दिइनुपर्छ।” विभिन्‍न विचारहरूको अस्तित्वका सम्बन्धमा तिनीहरूको दृष्टिकोण यही हो। भन्‍नुको मतलब, जस्तोसुकै विचार वा दृष्टिकोणहरू पैदा भए पनि—चाहे ती ठीक हुन् वा बेठीक, सही हुन् वा गलत—तिनीहरू ती सबैलाई रहन दिनुपर्ने, र ती स्वतन्त्र रूपमा प्रस्तुत गरिनुपर्ने विश्‍वास गर्छन्। तिनीहरू सोच्छन् कि, यदि कसैले कुनै तरिकाले सोच्छ, यदि कसैलाई केही आवश्यकता छ, यदि कुनै विचारको श्रोता छ वा त्यसलाई समर्थन गर्ने मानिसहरू छन् भने, त्यसको अस्तित्वमा मूल्य रहेको हुन्छ। तिनीहरूको यो विचार र दृष्टिकोण निकै अस्पष्ट हुन्छ। गैरविश्‍वासीहरूका शब्दमा भन्‍नुपर्दा, यो प्रायः सीमाबिनाको एउटा “धूमिल क्षेत्र” मा अस्तित्वमा रहन्छ। यस्ता मानिसहरूसँग कामकुरा सही हुन् कि गलत हुन् भनी तजबिज गर्ने कडा मानक वा मापदण्डहरू हुँदैनन्। यो पनि भन्‍न सकिन्छ कि त्यस्ता मानिसहरूमा कुनै अडान हुँदैन, कुनै वास्तविक विचार वा दृष्टिकोणहरू हुँदैनन्। अवश्यै, यो पनि भन्‍न सकिन्छ कि यी मानिसहरूमा कुनै पनि कुराका सम्बन्धमा सकारात्मक वकालत हुँदैन। त्यसोभए, के त्यस्ता मानिसहरूले सत्यता स्विकार्न सक्छन् त? के तिनीहरूले सत्यता बुझ्न सक्छन् त? यो कुरा भन्‍न साँच्चिकै गाह्रो छ। कमजोर क्षमता हुनु समस्याको कुरा हो। जब कमजोर क्षमता भएका मानिसहरूले दुइटा विचार वा दृष्टिकोणहरू एकै पटक आइपरेको देख्छन्, तब तिनीहरूसँग आफ्नो व्यक्तिगत राय हुँदैन; तिनीहरूलाई कुन सही र कुन गलत हो भन्‍ने थाहा हुँदैन। तिनीहरू जुन पक्ष बढी बलियो छ त्यसैको पछि लाग्छन्। यसलाई अडान नहुनु भनिन्छ। यस्ता मानिसहरू अलमल्ल परेका व्यक्ति हुन्। हामी तिनीहरूको मानवताको पछ्याइ कस्तो छ वा तिनीहरूको चरित्र कस्तो छ भन्‍नेबारे छलफल गर्नेछैनौँ—सिर्फ कामकुराको मूल्याङ्कन र कदर गर्ने तिनीहरूको सामर्थ्यका हिसाबमा भन्‍नुपर्दा, यस्ता मानिसहरूको क्षमता औसत मात्र हुन्छ। म किन यसो भन्छु? किनकी तिनीहरूको क्षमताले तिनीहरूलाई वैचारिक तहमा केही कुराहरूको कदर गर्न सक्षम तुल्याउने भए पनि, तिनीहरूमा कामकुराको प्रामाणिकता मूल्याङ्कन गर्ने र कामकुरा ठीक छन् कि बेठीक छन्, सही छन् कि गलत छन् भनी परख गर्ने सामर्थ्य हुँदैन। त्यसकारण, तिनीहरूको क्षमतालाई औसतको वर्गमा राखिन्छ। कामकुराको मूल्याङ्कन गर्ने सम्बन्धमा, तिनीहरूका विचार, दृष्टिकोण र अडानहरू निकै अस्पष्ट हुन्छन्, र तिनीहरूसँग आधार वा मापदण्डका रूपमा सकारात्मक कुराहरू हुँदैनन्, त्यसैले तिनीहरूले केही असल कुराहरू त गर्न सक्छन्, तर साथसाथै केही खराब कुराहरू पनि गर्न सक्छन्। तिनीहरूले अरूलाई फाइदा हुने र मानवतालाई सहायता दिने केही तुलनात्मक रूपमा सही कुराहरू गर्न सक्छन्, तर त्यो सँगसँगै, तिनीहरूले अरूलाई हानि गर्ने र तिनीहरूमाथि प्रतिकूल प्रभाव पार्ने कुराहरू पनि गर्न सक्छन्। त्यसकारण, त्यस्ता मानिसहरूको क्षमता औसत मात्र हुन्छ। उदाहरणका लागि, मानौँ एउटा त्यस्तो चलचित्र छ, जसमा निर्देशकले वकालत गरेका विचारहरू तुलनात्मक रूपमा सकारात्मक र मानवीय छन्, र ती मानवताका आवश्यकताहरूसँग तुलनात्मक रूपमा मेल खाने कुराहरू—लोकतन्त्र, स्वतन्त्रता, मानव अधिकार, र अन्य सकारात्मक कुराहरू जस्ता आजको समाजमा न्यायोचित ठानिने आवश्यकताहरू हुन्—र उक्त चलचित्रमार्फत, निर्देशकले मानिसहरूलाई ती कुरा जान्‍न मद्दत गर्न मानव विचारको गहिराइमा रहेका यी कुराहरू बाहिर ल्याउँछ। यदि औसत क्षमता भएको व्यक्तिले यो चलचित्र हेरेमा, उसले ती विचारहरू राम्रा र सही छन् भनी चिन्‍न सक्छ। उसले ती विचारहरू आजको समाजमा तुलनात्मक रूपमा चर्चित र आदरणीय छन् भनी देख्न सक्छ; उसले उक्त निर्देशकले वकालत गरेका विचारहरूको उचितता बोध गर्न सक्छ। तर यदि यो चलचित्रमा निर्देशकले केही तुलनात्मक रूपले विशिष्ट विचारहरूको—अर्थात् धेरैजसो वयस्कहरू र बोध सामर्थ्य भएका मानिसहरूले नसोच्ने, अत्यन्तै अतिवादी कुराहरू र यो पनि भन्‍न सकिन्छ कि, बिरलै देखिने वा वस्तुहरूको सामान्य विकासका नियमअनुसार लगभग असम्भव हुने कुराहरूको—पनि वकालत गर्छ भने, कामकुराको मूल्याङ्कन र कदर गर्ने औसत सामर्थ्य भएका मानिसहरूले उक्त चलचित्र हेर्दा तिनलाई खुट्ट्याउन सक्ने थिएनन्। तिनीहरूले यस्तो सोच्ने थिए, “निर्देशकले वकालत गरेका यी विशेष विचारहरू गलत छैनन्। यी कुराहरूलाई थोरै मानिसहरूले मात्र मन पराउने र अपनाउने भए पनि, यी विचारहरूलाई आजको समाजमा सम्मान गर्नैपर्छ; तिनलाई सार्वजनिक गरिनुपर्छ ताकि तिनलाई सबैले चिन्‍न र स्विकार्न सकून्।” हेर्, चाहे निर्देशकले उही चलचित्रमा वकालत गरेका कुराहरू सकारात्मक होऊन्, वा चाहे तिनले मानिसहरूमा नकारात्मक प्रभाव पारून्, तिनीहरूले तिनलाई स्विकार्नेछन् र अत्यन्तै कदर समेत गर्नेछन्। तिनीहरूका लागि सही र गलतबीच कुनै स्पष्ट वा निश्चित भिन्‍नता हुँदैन। त्यसकारण, तिनीहरूले यस चलचित्रका सकारात्मक कुराहरू स्विकार्न सक्छन्, र तिनीहरूले नकारात्मक कुराहरू पनि स्विकार्न सक्छन्। तिनीहरूले यी कुराहरू स्विकार्न सक्ने हुनाले तिनलाई लागु समेत गर्नेछन्। तिनीहरूले यी कुरालाई तिनीहरूका आफ्नै विचार र दृष्टिकोणहरू व्यक्त गर्ने कृतिमा समाहित गर्नेछन्, वा तिनलाई दैनिक जीवनमा अरूमा स्थापित गरेर तिनीहरूलाई प्रभाव पार्नेछन्। सकारात्मक कुराहरूले मानिसहरूमा अवश्यै राम्रो प्रभाव पार्नेछन् जबकि नकारात्मक कुराहरूले मानिसहरूमा पक्कै पनि नकारात्मक प्रभाव नै पार्नेछन्। त्यसकारण, त्यस्ता मानिसहरूले राम्रा कुराहरू गरिरहँदा केही नराम्रा कुराहरू पनि गर्नेछन्। भन्‍नुको मतलब, उदाहरणका लागि, तँलाई भोक लाग्दा तिनीहरूले तँलाई एक बटुको खीर दिनेछन्, तर त्यो सफा हुनेछैन र त्यसमा केही बालुवा मिसिएको हुनेछ, र लामो समयसम्म त्यो खानु तेरो स्वास्थ्यका लागि हानिकारक हुनेछ। अथवा तिनीहरूले तँलाई एक बटुको खाना दिनेछन्, तर त्यसमा झिँगा र लामखुट्टेजस्ता चीजहरू मिसिएका हुनेछन्। तँलाई त्यो स्वादिष्ठ लाग्ला, तर त्यसमा शरीरका लागि केही हानिकारक कीटाणु हुन्छन्। त्यस्ता मानिसहरूले तेरो भोक मेटाएका र पेट भरिदिएका हुने भए पनि, तिनीहरूले तेरो शरीरलाई केही प्रतिकूल असरहरू पनि पारेका हुनेछन्। त्यसरी नै, यदि तँमा खुट्ट्याउने क्षमताको कमी छ भने, कुनै कृति हेर्दा तैँले त्यसका केही गलत विचार र दृष्टिकोणहरू स्विकार्ने उच्च सम्भावना हुन्छ, जसका कारण तँ त्यसद्वारा भ्रमित र विषाक्त हुनेछस्। त्यसकारण, कामकुराको परख गर्ने सामर्थ्य राख्नु पनि निकै महत्त्वपूर्ण हुन्छ। कामकुराको मूल्याङ्कन र कदर गर्ने क्षमताका हिसाबमा औसत सामर्थ्य भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्।

अर्को स्तर भनेको कमजोर क्षमता भएका मानिसहरू हो। कमजोर क्षमता भएका मानिसहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुँदैन। अर्थात्, कुनै पनि कुरा हेर्दा, तिनीहरूलाई कुन विचार र दृष्टिकोणहरू राख्दा सही हुन्छ र कस्तो नजरिया वा अडान लिँदा सही हुन्छ भन्‍ने थाहा हुँदैन। तिनीहरूलाई त मानिसहरूले यस मामलामा कस्ता किसिमका गलत विचार र दृष्टिकोणहरू बोकेका हुन्छन्, वा त्यस्ता मामलाहरू सामना गर्दा मानिसहरू कस्ता विचारद्वारा शासित हुने गर्थे भन्‍ने समेत थाहा हुँदैन—यसमा तार्किक सोचाइ संलग्न हुन्छ, र कमजोर क्षमता भएका मानिसहरू यससम्म पुग्नै सक्दैनन्, त्यसैले तिनीहरूले कामकुराको कदर गर्न सक्ने कुरै भएन। जब कोही कामकुराको कदर गर्न सक्षम हुन्छ, तब मात्र उसको कामकुराको कदर गराइ कस्तो छ वा ऊसँग कामकुराको मूल्याङ्कन गर्ने सामर्थ्य छ कि छैन भनेर भन्‍न सकिन्छ। यदि उसले कामकुराको कदर समेत गर्न सक्दैन भने, उसमा कामकुराको मूल्याङ्कन गर्ने सामर्थ्य छ कि छैन भनेर छलफल गर्नुको अर्थ नै रहँदैन। उदाहरणका लागि, कतिपय मानिसहरू कुनै लेख पढेपछि यसो भन्छन्: “यस लेखमा आलङ्कारिक भाषा प्रयोग गरिएको छ, यो निकै लयबद्ध रूपमा व्यक्त गरिएको छ, र हास्यरसले भरिएको छ। यो लेख गजब तरिकाले लेखिएको छ!” कसैले सोध्छ: “लेखकले यस लेखमा के-कस्ता विचार र दृष्टिकोणहरू व्यक्त गर्न खोजेको छ? यस किसिमका मानिस, घटना र कामकुराप्रति उसको मनोवृत्ति के छ?” “ओहो, त्यसमा कुनै मनोवृत्ति छ र? त्यसमा विचार र दृष्टिकोणहरू पनि छन् र? मैले त त्यो यादै गरिनँ। जे होस्, मलाई लाग्छ उसको लेख राम्रोसँग लेखिएको छ, र मलाई त्यो पढ्दा मज्जा आयो।” अर्को पक्षले सोध्छ: “त्यसोभए तिमीलाई उसले व्यक्त गरेका कुन विचार र दृष्टिकोणहरू मज्जा लाग्यो? के तिमीलाई कुन अनुच्छेद वा कथाले लेखकका कस्ता विचार र दृष्टिकोणहरू व्यक्त गर्छ, र उक्त लेखले भन्‍न खोजेको मुख्य कुरा के हो भन्‍ने थाहा छ?” तिनीहरू भन्छन्: “मैले त्यो अझैसम्म पत्ता लगाएको छैन।” तिनीहरूले त्यसलाई थप दुई-तीन पटक पढ्छन् र अझै पनि उक्त लेख राम्रोसँग लेखिएको र वाग्मितापूर्ण मात्र लाग्छ। यसले व्यक्त गर्ने विचार र दृष्टिकोणहरू त तिनीहरूले बुझ्नै सक्दैनन्। यसले तिनीहरूको क्षमता कस्तो छ भन्‍ने कुरा खुलासा गर्छ, गर्दैन र? यदि तिनीहरूले यो लेख पढ्छन् र उक्त लेखले व्याख्या गरेका विचार र दृष्टिकोणहरू बुझ्न सक्दैनन् भने, यति मात्र भन्‍न सकिन्छ कि तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी छ र तिनीहरू कमजोर क्षमता भएका व्यक्ति हुन्। यदि लेखमा प्रस्ट भाषा प्रयोग गरिएको छ र त्यसले नै सही विचार र दृष्टिकोणहरू बुझाउँछ, तर तिनीहरूले त्यो अझै बुझ्न सक्दैनन् भने, यसले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भन्‍ने प्रमाणित गर्छ। तिनीहरू “लेख राम्ररी लेखिएको छ, भाषा एकनासको छ, र लेखन शैली राम्रो छ” मात्र भन्‍न सक्छन्, तर तिनीहरूले उक्त लेखमा छलफल गरिएका तथ्यहरू वस्तुगत छन् कि छैनन्, त्यसले मानिसहरूलाई के महसुस गराउँछ, वा पाठकहरूले त्यसबाट के सिक्न र लिन सक्छन् भन्‍ने जानेका वा बुझेका हुँदैनन्—तिनीहरूले अझै पनि लेखकलाई नै सोध्नुपर्ने हुन्छ। यसले त्यस्ता मानिसहरूमा कमजोर क्षमता हुन्छ भन्‍ने कुरा पूर्ण रूपमा प्रमाणित गर्छ। तिनीहरूको कमजोर क्षमता कसरी प्रदर्शित हुन्छ? तिनीहरूको कमजोर क्षमता तिनीहरूले विचार र दृष्टिकोणहरू के हुन् भनी नबुझ्ने, कामकुरालाई कसरी कदर गर्ने भनी नबुझ्ने, र अवश्य पनि, त्योभन्दा बढी, तिनीहरू कामकुराको मूल्याङ्कन गर्न पूर्ण रूपमा असक्षम हुने कुरामा प्रदर्शित हुन्छ। समग्रमा, यसलाई कामकुराको मूल्याङ्कन र कदर गर्ने क्षमताको कमी हुनु भनिन्छ। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी भएका मानिसहरू औसत क्षमता भएका मानिसहरूभन्दा कसरी खराब हुन्छन् भने, तिनीहरूमा कामकुराको मूल्याङ्कन गर्ने सामर्थ्य नहुने मात्र नभई कामकुरालाई कदर गर्ने सामर्थ्य समेत हुँदैन। त्यसकारण, विचार र दृष्टिकोणको स्तरका कुराहरू, तार्किक सोचाइ, अथवा कुनै कुरा मानवतासँग वा वस्तुहरूको वस्तुगत नियमसँग मिल्छ कि मिल्दैन भन्‍ने सम्बन्धमा, तिनीहरूले ती छर्लङ्गै देख्न सक्दैनन् र तिनलाई कदर गर्न जानेका हुँदैनन्। तिनीहरू यस लेखले कुनै विचार वा दृष्टिकोणहरू व्याख्या गर्छ कि गर्दैन भन्‍ने समेत बुझ्न सक्दैनन्, ती विचार र दृष्टिकोणहरू सही छन् कि गलत छन् भनी परख गर्नु त झन् परको कुरा हो। तिनीहरू विद्यालय गएकाले मात्र तिनीहरूले शब्द, ज्ञान, प्राविधिक सीप, र पेसाहरूसम्बन्धी कुराहरू पढ्न सकेका हुन्, तर तिनीहरू कामकुरा पढ्न, हेर्न, र सुन्‍ने स्तरमै सीमित रहन्छन् र तिनलाई कदर गर्न सक्दैनन्। त्यस्ता मानिसहरू कमजोर क्षमता हुनेहरू हुन्। कमजोर क्षमता भएका मानिसहरूले प्राविधिक सीप र पेसा वा ज्ञानका स्तरसँग सम्बन्धित कुराहरूबारे कुरा गर्न सक्छन्, जस्तै कुनै कुरा कुन चर्चित व्यक्तिको कृति हो, कुन चर्चित व्यक्तिको चर्चित भनाइ उद्धृत गरिएको छ, कुन अभिव्यक्ति शैलीको सन्दर्भ लिइएको छ, वा त्यो कुरा हासिल गर्न कुन प्राविधिक सीप वा पेसा उपयोग गरिएको छ—तिनीहरूले यी कुराहरू बुझ्न सक्छन्। तर, तिनीहरूले यी पेसा र प्राविधिक सीप वा ज्ञानको स्तरका आधारमा वकालत गरिएका र व्यक्त गरिएका अवधारणाहरू बुझ्दैनन्, साथै यी चीजहरूका पछाडिका परिकल्पना र प्रस्तुतिका अवधारणा, आधार, वा मूल तत्त्वहरू के-के हुन् भन्‍ने कुरा पनि बुझ्दैनन्। कमजोर क्षमता हुनु भनेको यही नै हो। त्यस्ता मानिसहरूको एउटा विशेषता हुन्छ: तिनीहरू समस्याहरूबारे मनन गर्न वा सोच्न जान्दैनन्। तिनीहरू कुनै चीजले निम्त्याएका परिघटनाका मूल कारण र सार, अथवा यी परिघटनाहरूको विकासको भावी दिशा र तिनले मानिस, घटना र कामकुराहरूमाथि पार्ने प्रभावको परख गर्न, तजबिज गर्न, वा थाहा पाउन जान्दैनन्। त्यस्ता मानिसहरूमा सामान्य सोचाइ हुँदैन। तिनीहरूले बुझ्न सक्ने कुरा र बोध गर्न सक्ने जीवन अनुभव अत्यन्तै सीमित हुन्छन्। जे-जस्ता जटिल मामलाहरू सामना गर्नु परे पनि, तिनीहरूले ती बुझ्न वा छर्लङ्गै देख्न सक्दैनन्। भन्नुको अर्थ, तिनीहरूले केही कुराका सम्बन्धमा आफूले सुनेका शब्दहरू र सतही रूपमा देखेका पाठका साथै त्यसमा संलग्न बाह्य स्वरूप र विधिहरूबारे सोच्न मात्र सक्छन्, र तिनीहरू त्यो स्तरसम्म मात्र पुग्छन्। विभिन्‍न कुराबीचका सम्बन्ध, तर्क, र आपसी प्रभावहरू जस्ता झनै गहिरा पक्षहरूको कुरा गर्नुपर्दा, तिनीहरू न त तिनका बारेमा सोच्छन् न तिनका बारेमा सोच्न सक्षम नै हुन्छन्। कतिपय मानिसहरू त केही कुराका बारेमा यति धेरै सोच्छन् कि तिनीहरूको भोक र निन्द्रा नै हराउँछ, वा तिनीहरू अवसादी हुन्छन्, र अझै पनि त्यो छर्लङ्गै देख्न सक्दैनन्। कमजोर क्षमता हुनु भनेको यही हो। कुनै व्यक्तिले कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य राख्छ कि राख्दैन भन्‍ने कुराको मापन, कुनै मामला सामना गर्दा, उसले विभिन्‍न कुराबीचका जटिल सम्बन्ध, सम्पर्क, वा आपसी प्रभावहरूका साथै तिनले त्यसपछि पार्न सक्ने प्रभावहरूका सम्बन्धमा केही सम्भावना प्रस्तुत गर्नका लागि तजबिज गर्न सक्छ कि सक्दैन भन्‍नेमा भर पर्छ। यदि कुनै व्यक्तिले कसैले के भन्यो वा गर्‍यो भनेर भन्‍न मात्र सक्छ, आफूले सुनेको वा देखेको कुरा जस्ताको तस्तै सुनाउन मात्र सक्छ तर केही पनि खुट्ट्याउन सक्दैन र कुनै पनि समस्याहरू बुझ्न सक्दैन भने, यसले उसमा सामान्य सोचाइ छैन भन्‍ने जनाउँछ। सोच्ने सामर्थ्य नभएका मानिसहरूमा कामकुराको कदर गर्ने सामर्थ्य हुँदैन, र अवश्य पनि तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य पनि हुँदैन, साथै तिनीहरू सोच्न जान्दैनन्। त्यसोभए हामीले यो सामर्थ्यबारे छलफल गर्न किन आवश्यक छ? यदि मानिसहरूमा भौतिक संसारको कदर गर्ने विभिन्‍न सामर्थ्यको कमी छ भने, यस्ता मानिसहरूको क्षमता कमजोर हुन्छ। तिनीहरू सोच्न जान्दैनन् र तिनीहरूको सोचाइमा तर्क हुँदैन, त्यसकारण त्यस्ता मानिसहरूमा सत्यता बोध गर्ने सामर्थ्य हुँदैन। किनभने एक हिसाबले सत्यतामा मानिसहरूको वास्तविक जीवनका समस्याहरूका विभिन्‍न पक्षहरू संलग्न हुन्छन्; सँगसँगै, त्यसमा मानिसहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्नका लागि अभ्यास गर्नुपर्ने विभिन्‍न सिद्धान्तहरू पनि संलग्न हुन्छन्। अवश्य पनि, त्यसमा मानिसहरूले वास्तविक जीवनमा सामना गर्ने विभिन्‍न किसिमका एकलपक्षीय वा जटिल बहुपक्षीय समस्याहरू र तीबीचका सम्बन्धहरू अझ बढी संलग्न हुन्छन्। चाहे त्यो एउटा मात्र सत्यताबारे होस् वा बहुसङ्ख्यक अन्तरसम्बन्धित सत्यताहरूबारे होस्, कुनै पनि सत्यता कुनै प्रावधान हुँदैन; बरु, ती त कुराहरूको श्रेणी मापन गर्ने सिद्धान्त वा मापदण्डहरू हुन्। सिद्धान्त र मापदण्डहरूबारे कुरा गर्नुपर्दा, ती प्रावधान वा सूत्र होइनन्, जस्तो कि एकमा एक जोडे दुई हुन्छ। ती सूत्र नभएकाले, वास्तविक जीवनमा मामलाहरू सामना गर्नुपर्दा, मानिसहरूले मानवताका कुन-कुन समस्याहरू संलग्न छन्, यस पक्षमा मानवताका प्रकटीकरणहरूमा भ्रष्ट स्वभावका तत्त्वहरू छन् कि छैनन्, र उही प्रकारको भ्रष्ट स्वभावका कस्ता स्थिति र प्रकटीकरणहरू हुन्छन्, साथै त्यसलाई रूपान्तरण गर्नका निम्ति मानिसहरूले सत्यताका कुन-कुन पक्षहरू अभ्यास र पालना गर्नुपर्छ भनी मनन र खोजी गर्न सक्नुपर्छ—मानिसहरूले यो सबै बुझ्न आवश्यक छ। यदि तँलाई सत्यताका शब्दहरू मात्र थाहा छ तर सत्यताको यो पक्षमा कुरा गरिएका सिद्धान्तहरू के-के हुन् भन्‍ने थाहा छैन भने, तैँले तिनलाई वास्तविक जीवनका कुराहरूसित जोडेर हेर्न जान्‍नेछैनस्, न त तैँले सत्यता अभ्यास गर्न नै जान्‍नेछस्। यदि तँसित सत्यता बोध गर्ने सामर्थ्य छैन भने, तैँले त्यसलाई आफूभित्रै रहेका समस्याहरूसित वा तैँले वास्तविक जीवनमा सामना गर्ने समस्याहरूसित जोडेर हेर्न सक्नेछैनस्। तँलाई सत्यताका कति वटा पक्षहरू संलग्न छन्, अभ्यास र प्रवेशको मार्ग के हो, वा तैँले के-कस्ता समस्याहरू समाधान गर्नुपर्छ भनेर थाहा हुनेछैन। अवश्य पनि, तैँले परमेश्‍वरका वचनहरूमा आधारित भएर मानिस र कामकुरालाई हेर्ने वा आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने, अथवा तैँले सत्यता सिद्धान्तहरू पालना गर्न वा सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्ने त सम्भावना नै छैन। यदि तँसित मानव जीवनसँग सम्बन्धित निश्चित मानिस, घटना र कामकुराको कदर गर्ने सामर्थ्य छैन, तिनका बारेमा कुनै विचार वा दृष्टिकोणहरू छैनन्, र तैँले मूलतः सोचाइको स्तरसँग सम्बन्धित कुराहरू बोध गर्न सक्दैनस्, तँसित तिनको कदर गर्ने सामर्थ्य छैन र तिनको मूल्याङ्कन गर्ने सामर्थ्य त झनै छैन भने, यो भन्‍न सकिन्छ कि तँसित सत्यता बोध गर्ने सामर्थ्य छैन। यदि तँसित सत्यता बोध गर्ने सामर्थ्य छैन र तँ सत्यता बुझ्न सक्दैनस् भने, तैँले आफ्नो मानवतामा रहेका खोटहरू बदल्न र आफ्ना भ्रष्ट स्वभावहरू फाल्न के कुरा प्रयोग गर्नेछस्? यदि तँसित सत्यता बोध गर्ने सामर्थ्य छैन भने, तँलाई आफूसामु रहेको मामलामा कुन-कुन सत्यता सिद्धान्तहरू संलग्न छन् भनेर थाहा हुनेछैन। अवश्य पनि तँलाई तैँले कस्ता सत्यता सिद्धान्तहरू पालना गर्नुपर्छ भन्‍ने पनि थाहा हुनेछैन। त्यस अवस्थामा, तैँले अन्धाधुन्ध काम गर्नेछस्—कि त प्रावधानहरू पालना गर्नेछस्, कि धारणा र कल्पनाहरूका आधारमा कार्य गर्नेछस्, कि नत्र जथाभावी गलत कार्यहरू गर्नेछस्। सत्यता नबुझ्नाले यी परिणामहरू, यी प्रकटीकरणहरू निम्त्याउँछन्।

सम्बन्धित विषयवस्तु