सत्यता कसरी पछ्याउने (३) भाग पाँच

विवेकका सन्दर्भमा भन्दा—हामीले यसअघि यसले के जनाउँछ भनेर भनेका थियौँ? यो सामान्य मानवताको इन्साफ र दयाको बोध हो। व्यक्तिमा विवेक छ भनेर भनिनका लागि ऊ सीधा र दयालु हुनुपर्छ। त्यसोभए, व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेपछि सामान्य मानवताको सिधापन र दयालुपनलाई कसरी इष्टतम बनाउन र उत्थान गर्न सकिन्छ? यो सत्यताको बुझाइको जगमा निर्मित हुनैपर्छ। अर्थात्, व्यक्तिले सत्यता बुझेपछि, उसले आफूलाई आचरणमा ढाल्‍ने र व्यवहार गर्ने मापदण्ड नै सकारात्मक उद्देश्य हुनेछ, जसले ऊ आफै र अरू सबैका लागि सकारात्मक प्रभाव, मूल्य, र महत्त्व ल्याउनेछ। उसले सत्यता बुझेपछि, परमेश्‍वरले सिकाउनुभएका सत्यता सिद्धान्तहरूका आधारमा सबै कुरालाई हेर्नेछ र सम्हाल्नेछ। अरूका नजरमा, त्यस्तो व्यक्ति निकै सीधा हुन्छ। सीधापन भनेको के हो? सीधा भन्‍नुको अर्थ बायाँ वा दायाँतिर विचलित नहुनु, उग्रता, भावना, व्यक्तिगत हित वा सम्बन्धहरू, वा व्यक्तिगत अभिप्रायहरूले विचलित नहुनु हो, बरु सबैभन्दा सही र उचित उद्देश्य, मानिसहरूको आदर, सम्‍मान, र उच्च सराहना पाउन सबैभन्दा लायक उद्देश्यतर्फ अभ्यास गर्नु हो—वा, यसो भन्‍न सकिन्छ, परमेश्‍वरले असल मान्नुहुने र अनुमोदन गर्नुहुने उद्देश्यतर्फ अभ्यास गर्नु हो। के यो साधारण भ्रष्ट मानवजातिका दृष्टिकोणमा रहेको “सीधापन” भन्दा श्रेष्ठ छैन र? (छ।) यो सीधापनको अर्थ के हो? यो पूर्ण रूपमा सत्यता सिद्धान्तहरू अनुरूप हुन्छ, पूर्ण रूपमा परमेश्‍वरका वचनहरूमा आधारित हुन्छ, र यो विवेकको जगमा निर्माण भएको हुन्छ। जब व्यक्तिले सत्यता बुझ्छ, तब ऊसँग समस्याहरू समाधान गर्ने र मामलाहरू सम्हाल्ने तरिका र सिद्धान्तहरू हुन्छन्, त्यसोभए के यो व्यक्तिको विवेक निकै सिद्ध हुँदैन र? के यसलाई इष्टतम बनाइएको हुँदैन र? (हुन्छ।) त्यसोभए के साँचो व्यक्ति, साँचो सृजित प्राणीमा त्यस्तो विवेक हुनु पर्दैन र? के यस अर्थमा उसमा सीधापन हुनु पर्दैन र? (पर्छ।) व्यक्ति दृढतासाथ सीधा र निष्पक्ष हुनुपर्छ, खुलस्त र स्पष्ट हुनुपर्छ, वा “साँचो पुरुषले केही पनि लुकाउँदैन र ऊ सधैँ आफ्ना कार्यका पक्षमा खडा रहन्छ” भनेर मानिसहरूले बताउने कुराका सन्दर्भमा होइन बरु सत्यता अनुरूप हुने यस हिसाबमा चाहिँ साँचो व्यक्तिमा सीधापन हुनुपर्छ। त्यो उग्रता हो, यसमा कुनै वास्तविक विषयवस्तु हुँदैन, र यो कुरा पूर्ण रूपमा मानिसहरूद्वारा नाटक गरिएको हुन्छ। सीधापनको आधार सत्यता हो; यसमा वास्तविक रूपमा जिइएका अभ्यासहरू हुन्छन्। यसको अर्थ सामान्य मानवता भएको व्यक्तिसँग उसको स्रोत र सुरुवातका रूपमा सत्यता हुन्छ, र उसले परमेश्‍वरका वचनहरू अनुसार विभिन्‍न मामलाहरूलाई लिन र सम्हाल्न सक्छ—सीधापन यसैलाई भनिन्छ। त्यो भन्दा पनि बढी, दयालुपनका बारेमा पनि भनिरहनु पर्दैन; कम्तीमा पनि, यसले विवेक र समझको मानकलाई पार गर्छ। दयालुपनभित्र, कुनै ढोँग हुँदैन, क्रूरता हुनु त परको कुरा हो। यो पूर्ण रूपमा मानिसहरूका लागि फाइदाजनक र आत्मिक उन्नतिदायी तरिकाहरूका आधारमा, र साथसाथै परमेश्‍वरका मागहरूअनुरूप कार्य गर्नु हो; यो पूर्ण रूपमा परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने, परमेश्‍वरलाई सन्तुष्ट पार्ने, र परमेश्‍वरको मार्ग पछ्याउने उद्देश्य र मापदण्डहरूका आधारमा कार्य गर्नु हो। यो स्वर्गमुनि, सम्पूर्ण ब्रह्माण्डमा सबैभन्दा दयालु र अद्भुत कुरा हो। आफ्नो जीवनका रूपमा परमेश्‍वरका वचनहरू वा सत्यता भएको व्यक्तिमा निश्चित रूपमै सबैभन्दा दयालु हृदय हुन्छ, किनभने ऊ सत्यता स्वीकार गर्न सक्छ, र यसले परमेश्‍वरले मानिसहरूबाट गर्ने माग पूर्ण रूपमा पूरा गर्छ। तिनीहरूसँग यस्तो प्रकारको मानवता हुने हुनाले, तिनीहरू सीधा छन् भनेर भन्‍नु उचित हुन्छ, र तिनीहरू दयालु छन् भनेर भन्‍नु पनि उचित हुन्छ। किनभने तिनीहरू सत्यता स्वीकार र अभ्यास गर्न सक्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरू आफ्ना भावनाहरू अनुसार चल्दैनन् वा तिनीहरूसँग महत्त्वाकाङ्क्षा वा चाहनाहरू हुँदैनन्, र तिनीहरूले आफूभित्र परम्परागत संस्कृतिका विषहरू बोकेका हुँदैनन्, र नैतिकता र मानवता मापन गर्ने तिनीहरूको मानकलाई शैतानका कुनै पनि दर्शन, विचार, वा दृष्टिकोणले दूषित गरेको हुँदैन—यो पूर्ण रूपमा सत्यता अनुरूप हुन्छ। त्यसोभए मलाई भन, के त्यस्तो विवेक र समझ भएको मानवता अत्यन्तै इष्टतम भइसकेको हुँदैन र? (हुन्छ।) यस्तो व्यक्तिसँग सत्यता हुने हुनाले, र उसले जिउने जीवनको सार सत्यता नै हुने हुनाले, त्यस्तो जीवन सार भएको उसको मानवता सिद्ध हुन्छ। यदि तिमीहरूलाई “सिद्ध” भन्‍ने शब्द सुन्न मन पर्दैन भने, म यसलाई “इष्टतम बनाइएको” पनि भन्‍न सक्छु। कम्तीमा पनि, परमेश्‍वरको नजरमा, तिनीहरू इष्टतम बनाइएका हुन्छन् र परमेश्‍वर तिनीहरूलाई प्रेम गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा आफ्ना वचनहरू र सत्यता ढाल्न तिनीहरूमा भएको थोरै विवेक, समझको सचेतना, र लाजको थोरै बोध प्रयोग गर्नुहुन्छ। जब परमेश्‍वरका वचनहरूको सत्यता तँमा ढालिन्छ, तब तेरो विवेक र समझ कमजोर नहुने वा नलुक्ने मात्र होइन, ती अझै सामान्य र इष्टतम हुन्छन्। परमेश्‍वरले चाहनुहुने मानवजाति यस्तै हो। सिद्ध भनेर नभनौँ, इष्टतम बनाइएको भनौँ। किन सिद्ध नभन्‍ने? यदि मैले सिद्ध भनेर भनेँ भने, आत्मिक बुझाइ नभएका कतिपय मानिसहरूले भन्‍नेछन्, “के तपाईंले सिद्ध मानिसहरू नहुनू भनेर भन्‍नुभएको थिएन र?” त्यसकारण कतिपय मानिसहरूले गलत बुझ्न सक्ने भएकाले म यो शब्दबाट जोगिनुपर्छ। वास्तवमा, यदि परमेश्‍वरको नजरमा कुनै कुरालाई इष्टतम बनाइएको छ भने, सृजित मानवजातिबीच यसलाई सिद्ध भनेर भन्‍न सकिन्छ। यो सिद्धता मानिसहरूको कल्पनामा हुने सिद्धता होइन, बरु सुन्दर र असल कुरा, इन्साफको शक्ति, र मानिसहरूको प्रशंसा, तृष्णा, स्नेह, सम्‍मान, र कदर पाउन लायक सकारात्मक कुरा पनि हो। त्यसकारण, यदि तँ आफ्नो विवेक, आफ्नो आत्मआचरणमा मानवताको सबैभन्दा न्यून सीमा नकाट्ने अवस्थामा मात्रै अड्किएको चाहँदैनस्, बरु आफ्नो विवेकलाई अझै संवेदनशील, अझै सचेत बनाउन, र आफ्नो समझलाई परमेश्‍वरका मागहरू पूरा गर्ने बनाउन चाहन्छस् भने, तँसँग एउटै मात्र मार्ग हुन्छ। यो मार्ग भनेको मानवताका विभिन्‍न कमीकमजोरी र खराबीहरूलाई जित्नु होइन, बरु सत्यता पछ्याउनु, परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने विभिन्‍न सत्यताहरूमा मेहनत लगाउनु, र विभिन्‍न मानिस, घटना, र कामकुराहरूको हकमा परमेश्‍वरद्वारा तँबाट माग गरिएका मानकहरू के-के हुन्, र तैँले यी मानिस, घटना, र कामकुराहरूलाई कसरी हेर्नुपर्छ, लिनुपर्छ, र सम्हाल्नुपर्छ भन्‍ने कुरा बुझ्नु हो। परमेश्‍वरले यी सबै पक्षका लागि सिद्धान्त र मानकहरू माग गर्नुभएको छ। तेरो कार्य के हो? यो यी मानकहरू अनुसार यो दिशा, यो उद्देश्यतर्फ अभ्यास गर्नु हो। सुरुमा, सत्यता अभ्यास गर्ने मानकहरू के-के हुन् भनेर खोजी गर् र बुझ्। त्यसपछि, परमेश्‍वरले माग गर्नुभएका मानकहरू अनुसार आफूबाट मागहरू गर्, साथ-साथै परमेश्‍वरका वचनहरू वा सत्यता अनुरूप नरहेका आफ्ना धारणा र कल्पनाहरूमा रहेका विभिन्‍न विचार, दृष्टिकोण, नियम, प्रावधान, र आदि-इत्यादि कुराहरूलाई त्याग्। त्यसपछि, परमेश्‍वरका वचनहरूलाई अलि-अलि गर्दै तेरो अभ्यासका सिद्धान्तहरू बन्न दे। त्याग्‍न सिक्दा, यो कुरा नबिर्सिनू: त्याग्‍नुको उद्देश्य तँलाई रित्तो हृदय भएको व्यक्ति बनाउनु होइन; परमेश्‍वर तेरो जीवनमा तात्त्विकता होस् भन्‍ने चाहनुहुन्छ। यो तात्त्विकताले के जनाउँछ? यसले विभिन्‍न मामलाहरूका लागि परमेश्‍वरले माग गर्नुभएका सिद्धान्तहरूलाई जनाउँछ। अवश्य नै, मानिसहरू अभ्यासका विभिन्‍न सिद्धान्तहरूलाई रित्ता सिद्धान्तहरूमा परिणत गरून्, तिनका बारेमा मात्रै कुरा गरून् तर तिनलाई अभ्यास नगरून् भन्‍ने परमेश्‍वरले चाहनुहुन्न। बरु, उहाँ मानिसहरूले यी सत्यता सिद्धान्तहरूलाई आफ्नो जीवनको अंशका रूपमा दृढ रूपमा परिणत गरून्, र परमेश्‍वरका वचनहरूलाई आफ्नो वास्तविक जीवनमा लागू गर्न सकून् भन्‍ने आशा गर्नुहुन्छ। उदाहरणका लागि, कर्तव्य पूरा गर्ने कार्यलाई लिऊँ—यस विषयमा परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने मानक के हो? यो तिनीहरूले व्यावहारिक तवरमा र आफ्नो उचित स्थान अनुसार आफूलाई आचरणमा ढालून् भन्‍ने हो। अर्थात्, आफ्नो कर्तव्य पूरा गर्दा, तँ व्यावहारिक हुनुपर्छ, तँ झाराटारुवा वा सतही हुनु हुँदैन, तैँले औपचारिकता मात्र पूरा गर्नु हुँदैन, वा अरूलाई देखाउन काम गर्नु हुँदैन, र तैँले धाक पनि लगाउनु हुँदैन; अवश्य नै, अझै महत्त्वपूर्ण कुरा के हो भने तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्नैपर्छ। तैँले परमेश्‍वरले तँलाई भन्‍नुभए अनुसार व्यवहार गर्नुपर्छ, र परमेश्‍वरले तँलाई नगर्नू भनी भन्‍नुभएका कुराहरू गर्नबाट तँ जोगिनुपर्छ। यदि तँ ती कुराहरू गर्नबाट पूर्ण रूपमा जोगिन सक्दैनस् भने, तिनलाई कम गरेर सुरु गर्, आफ्ना चाहना र प्राथमिकताहरूको विरुद्धमा विद्रोह गर्, र बिस्तारै ती कुरा गर्नबाट आफूलाई पूर्ण रूपमा रोक्—के यो हासिल गर्न सजिलो छैन र? (छ।) मुक्ति पछ्याउने प्रक्रियामा, तैँले परमेश्‍वरका वचनहरूले खुलासा गरेका विभिन्‍न भ्रष्ट स्वभावहरूलाई समाधान गर्नुपर्छ र त्याग्‍नुपर्छ। अवश्य नै, यी भ्रष्ट स्वभावहरूलाई त्याग्‍नु नै अन्तिम उद्देश्य होइन। अन्तिम उद्देश्य भनेको, यी भ्रष्ट स्वभावहरूलाई त्याग्‍ने पूर्वसर्तमा, परमेश्‍वरका वचनहरू र परमेश्‍वरका मागहरूलाई स्वीकार गर्नु हो। ती स्वीकार गर्नु भनेको तेरो मुड परिवर्तन गर्नका खातिर होइन, न त तँलाई इज्जतको साथ जिउने तुल्याउनका खातिर नै हो; यो तेरा भ्रष्ट स्वभावहरूलाई फाल्नका खातिर हो। अन्तिम उद्देश्य यही हो, किनभने तैँले आफ्ना भ्रष्ट स्वभावहरू फालेपछि मात्रै मुक्ति प्राप्त गर्न सक्छस्।

मानिसहरूले मुक्ति प्राप्त गर्नुको सबैभन्दा ठूलो व्यवधान तिनीहरूका भ्रष्ट स्वभावहरू हुन्। तेरो न्यून शिक्षा, वृद्ध अवस्था, वा बोल्ने भद्दा तरिका र आफ्‍नो कुरा व्यक्त गर्ने क्षमताको कमी—यीमध्ये कुनै पनि कुरा मुक्ति पाउनुका सबैभन्दा ठूला व्यवधानहरू होइनन्। तेरो कर्तव्यमा रहेको तेरो कमजोर पेसागत सीप र तैँले त्यसलाई बुझ्ने असमर्थता—तेरो मुक्तिका लागि सबैभन्दा ठूलो व्यवधान यो पनि होइन। त्यसोभए मुक्ति पाउनुको सबैभन्दा ठूलो व्यवधान के हो त? यो तेरा भ्रष्ट स्वभावहरू हुन्। अवश्य नै, परमेश्‍वरका वचनहरूमा खुलासा गरिएका मानिसका विभिन्‍न भ्रष्ट स्वभावहरू समाधान गर्न मानिसहरूलाई सजिलो हुँदैन। यो मानिसहरू आफ्ना भ्रष्ट स्वभावहरू त्याग्‍न अनिच्छुक भएकाले होइन, न त तिनीहरूका विचार र दृष्टिकोणहरू पुराना भएकाले नै हो, र अवश्य नै, यो तिनीहरूको मानवताका खराबी वा कमीकमजोरीहरूका कारण, र मानिसहरू बोधो भएकाले, प्रतिक्रिया दिन सुस्त भएकाले, र आदि-इत्यादि कारणले गर्दा त झनै होइन—यीमध्ये कुनै पनि कुरा समस्याको जड होइनन्। त्यसोभए किन त? मानिसहरूको हृदयमा तिनीहरूका भ्रष्ट स्वभावहरूले जरा गाडेकाले मात्रै हो, मानिसहरू आफूले चाहेकै भरमा ती फाल्न सक्दैनन्, र त्यसकारण तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूका भ्रष्ट स्वभावहरू प्रायजसो बाधाहरू दिन र समस्याहरू पैदा गर्न बाहिर निस्कन्छन्। उदाहरणका लागि, मानौँ तँ मण्डली अगुवा होस्, र तैँले कुनै गलत काम गरिस् र तँलाई काटछाँट गरियो। त्यस्तो अवस्थामा, तैँले यसलाई स्वीकार गर्नुपर्छ, तैँले गलत काम गरेको छस् भनेर मान्नुपर्छ, तँ पश्चात्ताप गर्न इच्छुक हुनुपर्छ, र तैँले त्यो गलत शैलीलाई उल्ट्याउनुपर्छ र सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नुपर्छ। यो अत्यन्तै सरल मामला हो, तर तैँले त्यसो गर्न सक्दैनस्। तैँले यस्तो सोच्छस्, “के तिनीहरूले मलाई अप्रिय ठानेकाले र मलाई बर्खास्त गर्न चाहेकाले मलाई यसरी काट-छाँट गरिएको हो?” तेरो हृदयमा गुनासा र गलतफहमीहरू पैदा हुन्छन्, र तँ परमेश्‍वरसँग बहस समेत गर्ने प्रयास गर्छस्, “तपाईंले मलाई अप्रिय ठान्‍नुहुन्छ र मलाई बर्खास्त गर्न र हटाउन चाहनुहुन्छ, त्यसकारण ठीक छ, म सीधा-सीधा भन्छु। मैले अठार वर्षको उमेरमा परमेश्‍वरमा विश्‍वास गर्न थालेँ, म यतिका वर्ष अगुवा रहेको छु, परिवार र करियर त्यागेको छु, विवाह र परिवार त्यागेको छु—यी कुराहरूको हिसाब कसरी गरिनेछ?” तँ जति हिसाबकिताब गर्छस्, त्यति नै उत्तेजित हुन्छस्। के यो त्याग्‍न नसक्नु मात्रै हो त? होइन। तैँले किन यी कुराहरू त्याग्‍न सक्दैनस्? यहाँ एउटा जड समस्या छ। जब तँलाई काटछाँट गरिन्छ, तब तँलाई आफू अन्यायमा परेको महसुस हुन्छ, तँ गुनासो गर्छस् र हृदयमा अवज्ञाकारी महसुस गर्छस्, र तँ बहस गर्ने र आफूलाई सही साबित गर्ने प्रयास पनि गर्छस्, र अरूलाई तेरो पक्षमा खडा हुन अनुरोध समेत गर्छस्। तँ किन यस्तो व्यवहार गर्छस्? (किनभने हामीमा भ्रष्ट स्वभावहरू हुन्छन्।) एउटै मात्र कारण छ, एउटा जड कारण: तँमा समाधान नभएका भ्रष्ट स्वभावहरू छन्। तिमीहरूमध्ये कतिपयले भन्‍नेछौ, “के मेरो जन्मजात क्षमता र सक्षमता अपर्याप्त भएकोले र मैले काम गर्न नसक्‍ने हुनाले हो?” तिमीहरूमध्ये कतिपयका लागि, यो एउटा कारण हुन सक्छ; कमजोर क्षमताका कारण तिमीहरू कामका लागि अयोग्य छौ, र तिमीहरू सत्यता पनि बुझ्दैनौ, त्यसकारण तिमीहरू अवरोध गर्ने र बाधा दिने कुराहरू गर्छौ। के यो साँच्‍चै नै तेरो क्षमता कमजोर भएकोले मात्रै हो त? त्यो त एउटा पक्ष मात्रै हो। मूल समस्या के हो भने, तेरो विवेकमा समस्या छ। तेरो विवेकको यो समस्या तेरा भ्रष्ट स्वभावहरूसँग सिधै सम्बन्धित हुन्छ। तैँले अवरोध र बाधाहरू दिने कुराहरू गरिस् अनि काट-छाँटमा परिस्—तैँले यस कुरालाई कसरी लिनुपर्छ? तैँले तँ कामका लागि अयोग्य भएको मामलालाई कसरी लिन्छस्? यदि तँ सत्यता अभ्यास गर्न सक्छस् भने, यी समस्याहरू होइनन्, र तैँले तिनलाई सही रूपमा लिन सक्छस्। तर धेरैजसो मानिसहरूले यी कुराहरू सामना गर्दा कसरी व्यवहार गर्छन्? तिनीहरू बहस गर्ने प्रयास गर्छन्, गुनासो गर्छन्, नकारात्मक बन्छन्, र उग्र रूपमा बोल्ने समेत गर्छन्, “के तिमीले मेरो क्षमता कमजोर छ र म सक्षम छैनँ भन्‍ने सोचेकाले मात्रै यस्तो भएको होइन र? के परमेश्‍वरले मलाई यो क्षमता दिनुभएको छैन र? तैपनि म काम गर्न सक्दिनँ भनेर तिमी गुनासो गर्छौ! यदि तिमीलाई म अप्रिय लाग्छु भने, तिमीले पहिले नै भन्‍नुपर्थ्यो!” काट-छाँटमा पर्दा अलिक कठोर शब्दहरू प्रयोग गरियो भने, तिनीहरू सोच्छन्, “के आशिष्‌हरू प्राप्त गर्ने मेरो आशा गुमेको हो? यस जीवनमा मेरो हैसियत जोखिममा छ, र सायद मसँग आउने संसारमा पनि कुनै आशा छैन।” के तिनीहरूसँग सत्यता खोजी गर्ने कुनै अभिप्राय हुन्छ? के तिनीहरू हृदयमा समर्पित हुन सक्छन्? तिनीहरूलाई समर्पित हुन सजिलो हुँदैन। अन्तिम विश्लेषणमा हेर्दा, यी सबै प्रकटीकरणहरू, मानिसहरूमा भ्रष्ट स्वभाव भएकोले आएका हुन्छन्। तेरो क्षमता कमजोर छ र तँ कामका लागि अयोग्य छस्—त्यो मानवजातिको प्राकृतिक कमीकमजोरी वा खराबीहरूमध्ये एउटा मात्रै हो; त्यो समस्या होइन। तेरा प्राकृतिक कमीकमजोरी र खराबीहरू ठूला भए पनि र तँ कामका लागि अयोग्य भए पनि, परमेश्‍वर तँप्रति कुनै अरुचि वा घृणा पटक्कै महसुस गर्नुहुन्न। तर, तँ कामका लागि अयोग्य हुनुको अलावा, तँ आफ्ना समस्याहरू पहिचान गर्दैनस्, र गुनासो पनि गर्छस्, प्रतिरोधी महसुस गर्छस्, र अन्त्यमा नकारात्मक बन्छस् र आफ्नो काम त्यागिदिन्छस्—यो के हो? यो भ्रष्ट स्वभाव हो। तैँले समाधान गर्नुपर्ने कुरा यही हो। होइन त? (हो।) तेरा भ्रष्ट स्वभावहरू समाधान भएपछि, जुन काम गर्न तेरो क्षमता र तेरो मानवताका अवस्थाहरू योग्य हुन्छन्, त्यो काममा तँ प्रयोग गर्न लायक बन्नेछस्। तर, यदि तँ आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्दैनस्, र सत्यता अनुसार अभ्यास गर्न सक्दैनस्, तँ काट-छाँटमा समर्पित हुन सक्दैनस्, वा खुलासामा समर्पित हुन सक्दैनस् भने, तेरो क्षमता जति नै असल भए पनि, तेरो मानवताका अवस्थाहरू जति नै उत्कृष्ट भए पनि, तँ प्रयोगका लागि योग्य हुनेछैनस्। बुझिस्? (बुझेँ।) मलाई भन्, हामीले भर्खरै सङ्गति गरेको कुराको अर्थ के थियो र? (परमेश्‍वरमा विश्‍वास गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्ना भ्रष्ट स्वभावहरू थाहा हुनु हो। व्यक्तिले मानवताका बाहिरी खराबी वा कमीकमजोरीहरूलाई होइन, बरु उसका भ्रष्ट स्वभावहरू समाधान गर्ने कार्यमा जोड दिनुपर्छ। जब हामी परिस्थितिहरू सामना गर्छौँ, तब हामी सधैँ बाहिरी मामलाहरूमा फस्छौँ, हामी आधारभूत रूपमा सारगत समस्याहरू समाधान गर्न सक्दैनौँ, र हामी काटछाँटप्रतिको समर्पण र परमेश्‍वरले खडा गर्नुभएका वातावरणहरूप्रतिको समर्पण पनि हासिल गर्न सक्दैनौँ।) यदि तेरा भ्रष्ट स्वभावहरू समाधान भए, र तैँले सामना गर्ने मामिलाहरूमा, तँ सत्यता सिद्धान्तहरू बुझ्न सक्छस्, र तिनलाई सिद्धान्तहरूअनुसार कसरी सम्हाल्ने भन्‍ने तँलाई थाहा हुन्छ भने, तँ आफ्नो कर्तव्य निर्वाह गर्दा प्रयोग गर्न लायक हुनेछस्। तेरो क्षमता उच्च भए पनि वा न्यून भए पनि र तँसँग जति नै धेरै प्रतिभा भए पनि, यदि तेरा भ्रष्ट स्वभावहरू समाधान भएनन् भने, तँलाई जुनसुकै पदमा राखिए पनि, तँ प्रयोग गर्न लायक हुनेछैनस्। यसको विपरीत, यदि तेरो क्षमता र सक्षमता सीमित छन्, तर तैँले तेरो कामको दायराभित्र तैँले बुझ्नुपर्ने र बोध गर्नुपर्ने सत्यता सिद्धान्तहरू लगायत विभिन्‍न सत्यता सिद्धान्तहरू बुझेको छस्, र तेरा भ्रष्ट स्वभावहरू समाधान भएका छन् भने, तँ प्रयोग गर्न लायक व्यक्ति हुनेछस्। बुझिस्? तिमीहरूले यी वचनहरू पूर्ण रूपमा बुझ्नका लागि केही समयसम्म तिनलाई पचाउनुपर्ने हुन सक्छ।

हाल, धेरैजसो मानिसहरू अझै पनि आफ्नो कर्तव्य पूरा गर्दा वरदानहरूमा भर पर्छन् र प्रावधानहरू पालन गर्छन्। तिनीहरूले पाप वा दुष्कर्म नगरेसम्म, आफ्नो कर्तव्य पूरा गरेका हुन्छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता पछ्याउनमा र आत्म-चिन्तनमा ध्यान दिँदैनन्। धेरैजसो मानिसहरू शैली र व्यवहारहरूमा फस्छन् र डुब्छन्, तर सत्यता खोजी गर्नमा र सिद्धान्तहरू अनुसार काम गर्नमा ध्यान दिँदैनन्। तिनीहरू आफूले गर्न सक्‍ने कुरा गरेर मात्रै सन्तुष्ट हुन्छन्, अवरोध वा बाधाहरू नदिने, वा कामकुराहरूलाई हानि नगर्ने प्रयास गर्छन्, त्यति हो। धेरैजसो मानिसहरूले अझै काट-छाँट वा खुलासाको सामना गरेका हुँदैनन्, न त तिनीहरूले सजाय र न्याय नै अनुभव गरेका हुन्छन्, गम्भीर परीक्षाहरूको चरण अनुभव गर्नु त परको कुरा हो, त्यसकारण धेरैजसो मानिसहरूको भ्रष्ट स्वभाव परिवर्तन हुन थालेको छैन। यो राम्रो खबर होइन, तर यो तथ्य हो। म एउटा उदाहरण दिनेछु, र त्यसपछि के भइरहेको छ भनेर तिमीहरूलाई थाहा हुनेछ। हेर् त, अहिले कर्तव्य पूरा गर्ने धेरैजसो मानिसहरू साधारण अनुयायीहरू हुन्; तिनीहरूसँग हैसियत छैन, र तिनीहरू हैसियत र शक्ति पाएर काम निर्वाह गरिरहेका अवस्थामा पुगेका छैनन्। धेरैजसो मानिसहरूले अभ्यास गर्ने आधारभूत सिद्धान्त भनेको आज्ञाकारी र समर्पित हुनु हो। तिनीहरू के सोच्छन् भने, जे भए पनि, अगुवाहरूले माथिका कामका प्रबन्धहरू अनुसार सङ्गति गरिरहेका हुन्छन्, त्यसकारण अगुवाहरूले तिनीहरूलाई जे गर्न लगाउँछन्, अगुवाहरूले तिनीहरूलाई जसरी गर्न लगाउँछन् तिनीहरूले त्यसरी नै गर्नु मात्र पर्छ, र तिनीहरूले सही वा गलत कुरा खुट्ट्याउनु वा त्यो सत्यता अनुरूप छ कि छैन भनेर अनुसन्धान गर्नु पर्दैन, अनि तिनीहरूले गल्ती नगरेसम्म, त्यो ठीकै हुन्छ। के यो आफ्नो जीवनका रूपमा सत्यता सिद्धान्तहरू हुनु हो? (होइन।) त्यसोभए तँसँग तेरो जीवनको रूपमा सत्यता छ भनेर कुन परिस्थितिमा निश्‍चित गर्न सकिन्छ? जब तँलाई मण्डलीको काम गर्न अगुवाका रूपमा छनौट गरिन्छ; यसले मानिसहरूलाई सबैभन्दा बढी प्रकट गर्छ। मामलाहरू सम्हाल्दा तँसँग सिद्धान्तहरू हुन्छन् कि हुँदैनन् र तैँले प्रकट गर्ने तेरा कति भ्रष्ट स्वभावहरूले तँसँग सत्यता वास्तविकता छ कि छैन, र तँ अगुवा वा कामदार हुन योग्य छस् कि छैनस् भन्‍ने कुरा प्रमाणित गर्न सक्छ। यदि तँ भ्रष्ट स्वभावहरू प्रकाश गर्छस् भने, तैँले यसलाई कसरी लिनुपर्छ? तैँले खुलस्त भएर सत्यताबारे सङ्गति गर्नुपर्छ कि ढाकछोप गरेर देखावटी रूप धारण गर्नुपर्छ? मानिसहरू सबैभन्दा बढी प्रकाश हुने समय पनि यही हो। मण्डलीमा धेरैजसो मानिसहरू सत्यता सिद्धान्तहरू अनुसार कामकुराहरूलाई हेर्न सक्दैनन्; बरु, तिनीहरू आफ्ना धारणा र कल्पनाहरू अनुसार, र आफ्ना प्राथमिकताहरूका आधारमा कामकुराहरू हेर्छन् र टिप्पणी गर्छन्। धेरैजसो मानिसहरू यसो सोच्छन्, “मैले आफ्नो कर्तव्यमा ठूला गल्तीहरू नगरेसम्म, र मैले कामलाई यसरी अघि बढाएसम्म, त्यो नै पर्याप्त हुन्छ। यदि मैले ठूलो गल्ती गरेँ र मलाई आत्म-चिन्तनका लागि अलग गरियो वा म समूह ‘ख’ मा सारिएँ भने, त्यो मेरो दुर्भाग्य मात्रै हुनेछ।” यो परिस्थितिले के कुरालाई चित्रण गर्छ? तँ आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा आज्ञाकारी र समर्पित हुन सक्‍ने भए पनि, तैँले गर्न लगाइएको जेसुकै कुरा गर्न सक्‍ने भए पनि, यसको अर्थ तँसँग तेरो जीवनका रूपमा सत्यता छ भन्‍ने हुँदैन, र यसको अर्थ तँ परमेश्‍वरमा समर्पित हुने व्यक्ति होस् भन्‍ने हुँदैन। जब तँ अगुवाका रूपमा छनौट हुन्छस् र तैँले त्यो हैसियत प्राप्त गर्छस्, तब तँ प्रकाश हुनेछस्। किन? तैँले हैसियत पाएपछि मनपरी गर्नेछस्, सबै कुराको कमान लिनेछस्, पूर्ण प्रभुत्व जमाउनेछस्, र स्वतन्त्र राज्य स्थापना गर्नेछस्; तैँले उग्रताका आधारमा, आफ्ना भ्रष्ट स्वभावका आधारमा, र आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरूका आधारमा कार्य गर्नेछस्। त्यसकारण, तँ अझै पनि प्रयोग गर्न लायक हुँदैनस्। अहिलेसम्म, उनान्सय प्रतिशत मानिसहरू यस्तो प्रकारको स्थिति र अवस्थामा छन् भनेर भन्‍न सकिन्छ। धेरैजसो मानिसले वर्षौँ आफ्नो कर्तव्य निर्वाह गरेका भए पनि र बाहिरी रूपमा तुलनात्मक रूपमा आज्ञाकारी र असल व्यवहार देखाएका भए पनि, के यसको अर्थ तिनीहरूसँग उप्रान्त भ्रष्ट स्वभावहरू नै हुँदैनन् भन्‍ने हुन्छ? (हुँदैन।) तिनीहरूको व्यवहार उप्रान्त संयमहीन हुँदैन, बाहिरी रूपमा तिनीहरू असल व्यवहार गर्छन्, र तिनीहरूमा थोरै भए पनि सन्तको शिष्टता छ जस्तो देखिन्छ, तर तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सक्रिय रूपमा सत्यता खोजी नगर्ने हुनाले तिनीहरूका भ्रष्ट स्वभावहरू अलिकति पनि परिवर्तन भएका हुँदैनन्। जब तिनीहरूको काममा समस्याहरू देखा पर्छन्, तब चाहे तिनीहरूलाई अगुवाहरूले वा माथिले काट-छाँट गरून्, तिनीहरूले बढीमा यस्तो सोच्छन्, “ठीक छ, तिनीहरूले मलाई यो कुरा सच्याउन भने, म यसलाई सच्याउनेछु। म बस अलिक बढी कठिनाइ सहनेछु, अझै बढी समय खर्च गर्नेछु, र चाँडो गरेर यो काम फेरि दोहोर्‍याएर गर्नेछु।” तिनीहरूमा यस्तो मनोवृत्ति र मानसिकता मात्रै हुन्छ। यसले सत्यताप्रतिको समर्पण प्रतिनिधित्व गर्दैन, र यसले साँचो समर्पण प्रतिनिधित्व गर्दैन। यो मानसिकता कहाँबाट आउँछ? यो कुरा परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासमा, तिनीहरूसँग सकारात्मक तृष्णा हुन्छ, असल मानिसहरू बन्‍ने तृष्णा हुन्छ, मानक अनुरूपका सृजित प्राणी बन्‍ने तृष्णा हुन्छ भन्‍ने तथ्यबाट आउँछ। यो चाहनाले मानिसहरूको दैनिक जीवनमा र तिनीहरूको कर्तव्य निर्वाहमा यस्तो प्रकारको मानसिकता ल्याउँछ; मानव भाषामा भन्दा, यो यस्तो हुन्छ: “समस्या पैदा नगर्, हामी सबैले सही व्यवहार गरौँ।” “सही व्यवहार” ले के जनाउँछ? के यो सत्यता सिद्धान्त हो? यसले तँलाई पालन गर्न, नियमहरू पालन गर्न, र समस्या पैदा नगर्ने मात्र तुल्याउँछ। मानिसहरूका लागि न्यूनतम मापदण्ड यही हो, र यो सत्यता सिद्धान्त बन्‍न सक्‍ने अवस्थामा पुगेको हुँदैन। त्यसोभए सत्यता सिद्धान्त के हो त? यो त तैँले सक्रिय रूपमा परमेश्‍वरका अभिप्रायहरू खोजी गर्नुपर्छ भन्‍ने हो। जब तैँले भ्रष्ट स्वभावहरू प्रकाश गर्छस्, जब तँमा स्वार्थी चाहनाहरू जाग्छन् वा जब तँमा उग्रता प्रकट हुन्छ, जब भ्रष्ट स्वभावहरूले तँमा एउटा स्थिति पैदा गर्छन्, तब तैँले यी प्रकटीकरणहरूलाई सक्रिय रूपमा परमेश्‍वरका वचनहरूसँग तुलना गर्नुपर्छ। परमेश्‍वरको अन्तर्दृष्टि, मार्गदर्शन, सहयोग, साथ, र परमेश्‍वरका वचनहरूको कडा न्याय र सजाय समेतद्वारा, तँ अलिअलि गर्दै परमेश्‍वरका वचनहरूप्रतिको आफ्नो मनोवृत्ति परिवर्तन गर्छस्, परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्ने तेरो स्तर झन्-झन् उच्च हुँदै जान्छ, र तँ परमेश्‍वरका वचनहरूलाई झन्-झन् बढी अनुमोदन गर्छस् र आमेन भन्छस्। त्यसपछि तैँले परमेश्‍वरका वचनहरूलाई आफूभित्र स्वीकार गर्छस्, भ्रमपूर्ण विचार र दृष्टिकोणहरू त्याग्छस्, र उप्रान्त मानिसको उत्तराधिकारलाई पक्रिराख्दैनस्; तँ सत्यता स्वीकार गर्न सक्ने हुन्छस्, र आफ्नो वरिपरिका मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्न सक्ने, र परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार मानिस, घटना, र कामकुराहरूप्रतिको तेरो दृष्टिकोण, अडान, र हेराइलाई परिवर्तन गर्न सक्ने हुन्छस्। तेरा भ्रष्ट स्वभावहरू समाधान गर्ने मार्ग यही हो। त्यसोभए के अहिले तिमीहरूसँग यस्तो प्रकारको सक्रिय अभ्यास छ त? मलाई लाग्छ, उनान्सय प्रतिशत मानिसहरूसँग छैन। धेरैजसो मानिसहरूका अनुभवात्मक गवाही लेखहरू तिनीहरूलाई निश्‍चित तरिकाले कार्य गर्न बाध्य गर्ने वातावरण अनुभव गर्ने अनि आफ्नो व्यवहारमा “परमेश्‍वरप्रतिको समर्पण” हासिल गर्नेबारे हुन्छन्। तिनीहरू आफूसँग सत्यता वास्तविकता छ भन्‍ने सोच्दै आफूसँग निकै प्रसन्न हुन्छन्। तैँले गवाही लेखेको भए पनि, यो वास्तवमा घमण्ड गर्ने, आफ्नो गवाही दिने, र आफूलाई स्थापित गर्ने कार्यसँग सम्बन्धित हुन्छ: “हेर्नुहोस्, मसँग गवाही छ। मैले परमेश्‍वरलाई निराश तुल्याइनँ। म यो वातावरणमा आफ्नो कर्तव्यमा दृढ रूपमा लागिरहेँ!” अरू मानिसहरूका अनुभवात्मक गवाहीका लेखहरू, काट-छाँटमा परेपछि, तिनीहरूले कसरी चिन्तन गरे र तिनीहरू झाराटारुवा रहेछन् र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पारेका रहेनछन्, र अहिले तिनीहरू पश्चात्ताप गर्न इच्छुक छन् भन्‍ने बुझाइमा पुगे भन्‍ने बारेमा हुन्छन्। केही समय तिनीहरूले पश्चात्ताप देखाए पनि, र तिनीहरू उप्रान्त झाराटारुवा छैनन् जस्तो देखिए पनि, के तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन भएका हुन्छन्? हुँदैनन्। पर्दा पछाडि, तिनीहरू अझै पनि अत्यन्तै अहङ्कारी र घमण्डी हुन्छन्। तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने र सम्हाल्ने अडान, दृष्टिकोण, र हेराइहरू परमेश्‍वरका वचनहरूमा पटक्‍कै आधारित हुँदैनन्। त्यसकारण तिनीहरूका भ्रष्ट स्वभावहरू पटक्‍कै परिवर्तन हुन थालेका हुँदैनन्! त्यसोभए, तैँले उल्लेख गर्ने परिवर्तन के हो? यो व्यवहार, जीवनशैली, र सायद तैँले अरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने ढङ्ग, अभिव्यक्तिको शैली, र तरिकामा आएको परिवर्तन मात्रै हो। तेरो आस्था पनि अझ दह्रिलो भएको हुन्छ; तैँले विभिन्‍न वातावरणहरूमा धेरै पटक काट-छाँटका घटना भोगेपछि सत्यता खोजी गर्न सक्छस्, र अहिले धेरै सत्यता बुझ्छस्, र परमेश्‍वरलाई पछ्याउने तेरो सङ्कल्प पहिलेको भन्दा दृढ भएको छ—यी सबै पक्षहरू परिवर्तन भएका छन्। यी परिवर्तनहरूले मानिसहरूलाई मुक्ति प्राप्त गर्नमा अझै बढी आत्मविश्‍वास दिन्छन्, सत्यता पछ्याउन अझै इच्छुक बनाउँछन्, र परमेश्‍वरलाई पछ्याउनमा अझै आशावान र आशावादी बनाउँछन्। तिनीहरूको मार्गमा जस्तोसुकै परीक्षा वा सङ्कष्टहरू आइपरे पनि, तिनीहरू यति नकारात्मक बन्दैनन् कि तिनीहरूले आफ्नो आस्था नै त्यागून्। तर, यी सामान्य मानवतामा बाहिरी रूपमा जिइने कुराहरूमा आउने परिवर्तनहरू मात्रै हुन्। यी तुलनात्मक रूपमा सकारात्मक र सक्रिय विचार र दृष्टिकोणहरूले बिस्तारै मानिसहरूको हृदय ओगट्छन्। यी परिवर्तनहरू तिनीहरूको हृदय जागृत र पुनःजीवन्त भइरहेको छ भन्‍ने कुराका सङ्केत हुन्। अर्थात्, मानिसहरू अझै सक्रिय र उत्प्रेरित बन्छन्, र तिनीहरूले सकारात्मक कुराहरूको अझै धेरै तृष्णा गर्छन्, र परमेश्‍वरका वचनहरू, उहाँको काम, र उहाँका मागहरू पछ्याउनमा अझै बढी आत्मविश्‍वासी हुन्छन्। स्वाभाविक रूपमै, तिनीहरूसँग परमेश्‍वरले गरिरहनुभएको सबैभन्दा महत्त्वपूर्ण कामबारे—मानिसहरूलाई मुक्ति दिने कामबारे पनि झन् स्पष्ट अवधारणा हुन्छ। यी अवस्थाहरूका आधारमा हेर्दा, धेरै मानिसहरूले पहिलेको भन्दा अझै व्यावहारिक तरिकाले, अझै नियम पालना गर्ने तरिकाले, र अझै आज्ञाकारी ढङ्गले आफ्नो कर्तव्य पूरा गर्छन्। तिनीहरूको कर्तव्यको दक्षतामा सुधार आउँछ, विशेष गरी प्राविधिक काममा, जुन अब झन् छिटो अघि बढ्छ। तिनीहरू पहिले जत्तिको सुस्त हुँदैनन्, जब केही दिन लाग्‍ने कार्यहरू एक हप्ता वा त्योभन्दा बढी समयसम्म लम्बिरहन्थे—अब केही दिनमा मात्रै पनि नतिजाहरू देखा पर्छन्। अवश्य नै, यो राम्रो खबर हो। तर खराब खबर के हो त? तिमीहरूले प्रकाश गर्ने र प्रदर्शन गर्ने कुराहरू व्यवहार, सोचाइ, र मानसिकतामा आउने परिवर्तनहरू, र तिमीहरूको अवचेतनमा तुलनात्मक रूपमा सकारात्मक, सक्रिय, र आशावादी केही तत्त्वहरू जागृत भइरहेका केही सङ्केतहरू मात्रै हुन्। तर, यी सङ्केतहरूले तिमीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन हुन थालेका छन् भन्‍ने अर्थ दिँदैनन्। यो खबर त्यति राम्रो छैन, होइन र? (अहँ, छैन।) यो त्यति राम्रो नभए पनि, यो भ्रष्ट मानवजातिलाई मुक्ति हासिल गर्नका लागि अपरिहार्य प्रक्रिया हो। मानिसहरू यति दयनीय र कमजोर, यति अपरिपक्‍व हुन्छन्, र तिनीहरूको जीवन प्रवेशको गति र तिनीहरूका भ्रष्ट स्वभावहरू फाल्ने गति यति सुस्त हुन्छ। यस्तो सुस्त गतिको आधारभूत कारण के हो भने यस्तो मानवजातिमा सत्यता स्वीकार गर्ने सामर्थ्यको कमी हुन्छ, र तिनीहरू सत्यता, सकारात्मक कुराहरू, र परमेश्‍वरबाट आउने कुनै पनि कुराप्रति यति बोधो हुन्छन्।