सत्यता कसरी पछ्याउने (२४) भाग तीन
आफ्नो जीवनमा, देहधारी परमेश्वरले अपरिहार्य रूपमा नै मानिसहरूसँग अन्तरक्रिया र सङ्गत गर्नुहुन्छ, जसमा परमेश्वरमा विश्वास गर्ने केही दाजुभाइ-दिदीबहिनीहरू, साथै केही गैरविश्वासीहरू समावेश हुन्छन्। परमेश्वरमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, मानवताको हिसाबमा आफूलाई आचरणमा ढाल्ने र कामकुराहरूलाई सम्हाल्ने उहाँका केही सिद्धान्तहरू पक्कै पनि हुन्छन्। उहाँले शिष्टाचार र पारस्परिकताका नियमहरू र संसारका तरिकाहरूलाई कडाइका साथ पालन नगर्नुभए पनि, निगाह आदानप्रदान गर्ने कुरामा, उहाँले अरूको फाइदा नउठाउने वा आफ्ना लागि विशेषाधिकार नखोज्ने प्रयास गर्नुहुन्छ। जब केही दाजुभाइ-दिदीबहिनीहरूले मेरा लागि व्यक्तिगत मामलाहरू सम्हाल्न आफ्नो केही ऊर्जा र समय खर्च गर्छन्, तब म तिनीहरूलाई सानो उपहार दिने, तिनीहरूलाई भेट्न जाने, तिनीहरूलाई खाना खुवाउने, वा अरू केही गर्ने अवसर खोज्छु। यो घूसखोरी होइन; यो शिष्टाचार र पारस्परिकता हो, र अरूको फाइदा नउठाउनु हो। मसँग कुनै व्यक्तिगत सम्पर्क नभएका दाजुभाइ-दिदीबहिनीहरूका हकमा भन्दा, तिनीहरूसँग हैसियत भएकोले वा तिनीहरूले परमेश्वरको घरमा योगदान दिएकाले मैले तिनीहरूमध्ये कसैलाई पनि कहिल्यै उपहार दिएको छैन, न त मैले तिनीहरूलाई महत्त्व दिएकोले वा तिनीहरूसँग मेरो राम्रो सम्बन्ध भएकोले मैले तिनीहरूमध्ये कसैलाई कुनै कुरा दिएको छु वा विशेष व्यवहार नै गरेको छु। यस्ता कुराहरू कहिल्यै भएका छैनन्। छोटकरीमा भन्दा, मानिसहरूसँग सङ्गत र अन्तरक्रिया गर्दा, म तिनीहरूको फाइदा नउठाउने वा आफ्ना लागि विशेषाधिकार नखोज्ने नै प्रयास गर्छु। मेरो विशेष पहिचानले मलाई यस्तो सोच्ने तुल्याउँदैन, “मैले तँलाई जसरी प्रयोग गरे पनि त्यो उचित नै हुन्छ; मैले तँलाई जसरी प्रयोग गरे पनि, तैँले त्यसलाई स्वीकार गर्नुपर्छ। यो त तँलाई उच्च पारिएको हो।” म यसरी सोच्दिनँ। यदि तैँले मेरा लागि केही व्यक्तिगत मामलाहरू, मण्डलीको कामभन्दा बाहिरका मामलाहरू सम्हाल्छस् भने, म यो गुनलाई याद गर्नेछु र तँलाई यसको बदला चुकाउनेछु। यस आधारमा, म तँसँग सरसहयोगको आदानप्रदानमा संलग्न हुनेछु। गैरविश्वासीहरूका हकमा त झन् भन्नै पर्दैन—यदि कुनै गैरविश्वासीले मेरा लागि केही सम्हालेको छ र निश्चित रकम खर्च गरेको छ भने, एउटा कुरा म के सुनिश्चित गर्नेछु भने, म आर्थिक रूपमा तिनीहरूको ऋणी हुनेछैनँ। म तिनीहरूलाई आफ्नै खल्तीबाट तिर्न दिनेछैनँ; जति पैसा चाहिन्छ म तिनीहरूलाई त्यति नै दिनेछु। यसका साथै, मेरा लागि यो मामला सम्हाल्दा तिनीहरूले धेरै मेहनत गरे, धेरै प्रयास गरे, र धेरै दौडधूप गरे, त्यसैले मैले शिष्टाचारको रूपमा तिनीहरूलाई उपहार दिनुपर्छ, गरेको सहयोगका लागि केही भरपाई दिनुपर्छ, र तिनीहरूबाट फाइदा उठाउनु हुँदैन। तिनीहरूले यो काम गर्छन् र यसैबाट जीविकोपार्जन गर्छन्; तिनीहरूले मेरा लागि केही सम्हालेको कारणले म तिनीहरूलाई घाटा भोग्न वा आफ्नै खल्तीबाट पैसा तिर्न दिन सक्दिनँ। त्यसो गर्नु अनुचित हुनेछ। त्यसैले, म यस्ता मामलाहरूमा आफ्ना लागि विशेषाधिकार खोज्दिनँ। अवश्य नै, यो कुनै खेलको नियम पालना गर्नु होइन; कुरा के मात्रै हो भने व्यक्ति संसारका सबैभन्दा आधारभूत तरिकाहरूमा र शिष्टाचार र पारस्परिकतामा अडिग रहनुपर्छ; यस सन्दर्भमा कुनै अपवाद गर्न सकिँदैन। यदि कसैलाई कुनै मामला सम्हाल्न लगाइन्छ र उसलाई पैसा तिरिँदैन, र सधैँ उसको फाइदा उठाउने प्रयास गरिन्छ भने, यो कुनै निष्ठा नहुनुको प्रकटीकरण हो। यी मामलाहरूमा मेरा सिद्धान्तहरू के-के हुन् त? यदि तँ कुनै काम गराउन चाहन्छस्, र तिनीहरूले प्रदान गर्ने योजना उपयुक्त छ र तैँले तिनीहरूले लिने मूल्य तिर्न सक्छस् भने, त्यो काम गर्। यदि तैँले तिर्न सक्दैनस् भने, नगर्; त्यो काम गर्नका लागि सस्तो व्यक्ति खोज्। तैँले जति तिर्न सक्छस् त्यति मात्रै गर्। आफ्नो क्षमताभन्दा बढी काम गर्ने प्रयास नगर्, र तैँले अरूको फाइदा कसरी उठाउन सक्छस् भनेर नसोच्। यदि तँसँग यसलाई सम्हाल्ने आर्थिक साधन छैन भने, कि त पैसा सापटी लि, ऋण लि, वा त्यो काम गर्नका लागि पर्याप्त पैसा नकमाउञ्जेल पर्खी। छोटकरीमा भन्दा, आफैले केही उपाय निकाल्; तैँले अरूको फाइदा उठाउनु हुँदैन। यदि यो तिनीहरूको जीविका हो भने, यदि यो तिनीहरूको पेसा हो भने, जब तिनीहरूले तेरा लागि केही सम्हाल्छन्, तब तैँले आफ्नो वाचा पूरा गर्नुपर्छ र तिनीहरूलाई पैसा तिर्नुपर्छ। यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। अरूको फाइदा नउठाउनु, अरूलाई धोका नदिनु, अरूको ऋण नराख्नु, निर्लज्ज भई काम नगर्नु, र ऋण नबोक्नु—नियमअनुसार आफूलाई आचरणमा ढाल्नु भनेको यही हो। जब तँ समस्यामा पर्छस्, तब अरूलाई आफ्ना समस्याहरू नसुनाउनू; जब तँ गरिब हुन्छस्, तब अरूको फाइदा नउठाउनू; जब तँ धनी हुन्छस्, तब आफ्नो सम्पत्तिको धाक नदेखा; र आफ्नो पहिचान र हैसियतको कारणले घमण्ड नगर्। मानिसहरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने मेरो मान्यता यही हो। उदाहरणका लागि, कहिलेकाहीँ म मेरा लागि कुनै काम सम्हाल्न कसैलाई खोज्छु। मानौँ, सामान्यतया यसको लागत एक हजार डलर मात्रै पर्छ, तर तिनीहरूले पाँच हजार चाहन्छन्। मैले यो तिर्न सके पनि, म यसरी ठगिन मान्दिनँ। यो काम गर्न सामान्यतया जति चाहिन्छ म त्यति नै खर्च गर्छु, र म मानिसहरूसँग मोलतोल गर्दिनँ। यदि मैले तिर्न सकिनँ भने, म सस्तो व्यक्ति खोज्नेछु। म पटक्कै निर्लज्ज भई काम गर्नेछैनँ, न त म तिनीहरूलाई मूल्य घटाउन लगाउन गरिब भएको नाटक नै गर्नेछु; म यस्ता कुराहरू कहिल्यै भन्दिनँ। यसलाई सम्हाल्न जति पैसा चाहिन्छ म त्यति नै दिन्छु, बजार भाउ तिर्छु र नियमअनुसार काम गर्छु। म यति नै नियमनिष्ठ छु। कतिपय धनी मानिसहरू निकै तडकभडक गर्ने र अहङ्कारी हुन्छन्। तिनीहरू डिजाइनर ब्रान्डहरू, हीराका औँठीहरू, र सिक्रीहरू लगाउँछन्, र टाउकोदेखि खुट्टासम्म चम्किला गहनाहरूले आफूलाई सजाउँछन्। यसबाहेक, तिनीहरू जहाँ गए पनि हाई हिल लगाउँछन्, र सामान्यतया कार्पेटमा हिँड्नबाट जोगिन्छन्, किनभने यसरी आवाज नआउँदा कसैले थाहा पाउँदैन भन्ने सोच्छन्—मानिसहरूले तिनीहरूको आगमनलाई याद गरून् भनेर तिनीहरू खासगरी मार्बल वा काठको भुइँमा हिँड्छन्। कोठामा पस्दा तिनीहरूले आफ्ना डिजाइनर चस्मा समेत फुकाल्दैनन्, र को-को छन् भनेर हेर्न ढोकाबाटै कोठाभरि सरर हेर्छन्, मानौँ तिनीहरूले यसो भनिरहेका छन्, “के तिमीहरूले रानी आएको देख्यौ?” तिनीहरू जहाँ गए पनि, तिनीहरूले पहिले घमण्ड देखाउनैपर्छ। यदि मैले गर्मीमा बाहिर जाँदा कालो चस्मा लगाएँ भने, म आफ्नो गन्तव्यमा पुग्दा त्यसलाई हतार-हतार आफ्नो झोलामा राख्छु, नत्र मानिसहरूले मलाई कालो चस्मा लगाएको देख्लान् र मैले घमण्ड देखाइरहेको छु भन्ने सोच्लान्, जसले गर्दा गलत बुझाइहरू पैदा हुन सक्छन्। मैले लगाउने धेरैजसो जुत्ताहरूमा रबर वा फोमको सोल हुन्छ, र म हिँड्दा कुनै आवाज ननिकाल्ने प्रयास गर्छु। जब म मामलाहरू सम्हाल्न कतै जान्छु, यदि मैले डोरबेल बजाउनुपर्छ भने म त्यसो गर्छु। यदि मैले डोरबेल बजाउनु पर्दैन भने, म भित्र पसेपछि, पहिले रिसेप्सनिस्टलाई मेरो फलानोसँग निश्चित समयमा भेट्ने समय तय भएको छ भनेर बताउँछु, त्यसपछि त्यहाँ बसेर पर्खन्छु। कतिपय मानिसहरू केही काम नहुँदा बसेर आफ्नो फोन हेरिरहेका देख्छु। तिनीहरूले उपरखुट्टी लगाएका हुन्छन्, तिनीहरू आफ्नो घुमाउरो कपाल हल्लाइरहेका हुन्छन्, र तिनीहरूको छेउमा एउटा डिजाइनर झोला हुन्छ—तिनीहरू कति आडम्बरी हुन्छन्। म जहाँ गए पनि, म खास गरी सादा रहन्छु। म बस्नका लागि एउटा कुना खोज्छु, खराब मानिसहरूले तानेर नलइजाऊन् भनेर मेरो झोलालाई मेरो छातीमा टाँसेर राख्छु। म सतर्क हुन्छु र सादा रूपमा रहन्छु। जब मेरो पालो आउँछ, तब म ढिलासुस्ती नगरीकन हतार-हतार मामला सम्हाल्न जान्छु, र सकेसम्म कम ध्यान खिच्ने प्रयास गर्छु। म कामकुराहरू सम्हाल्दा नियमहरू पालना गर्छु र मानिसहरूको ऋण राख्दिनँ। म जहाँ गए पनि, म आफ्ना चालहरूलाई नियन्त्रित राख्छु; म कसैको ध्यान खिच्न चाहन्नँ। अर्थात्, म जहाँ कुनै काम सम्हाल्न गए पनि, म शान्त रूपमा हिँड्छु, र म यहाँ छु भनेर घोषणा गर्ने गरी कहिल्यै ठूलो आवाज निकाल्दिनँ। गैरविश्वासीहरूसँग अन्तरक्रिया गर्दा, यदि तिनीहरूसँग सामान्यतया कामकुराहरू सम्हाल्ने निश्चित नियमहरू छन् भने, म ती नियमहरू पालना गर्छु। उदाहरणका लागि, फलानो उद्योगको नियम के हो भने कसैले तेरो लागि कुनै मामला सम्हालेपछि, तैँले उसलाई खाना खुवाउनुपर्छ। हाम्रो कारोबारको मूल्यको आधारमा, खानाको मूल्य सामान्यतया पन्ध्र डलर जति पर्नुपर्छ, त्यसैले म तिनीहरूलाई त्यति नै मूल्य पर्ने खाना खुवाउँछु। कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईंले तिनीहरूलाई खाना खुवाइरहनुभएको हुनाले, धाक देखाउन अलिकति बढी पैसा खर्च गर्नुहोस्।” त्यसो गर्नुपर्ने कुनै आवश्यकता छैन। तिनीहरूका नियमहरू जेसुकै भए पनि, हामी तिनलाई पालना गर्छौं। चाहिनेभन्दा बढी नगर, र धाक देखाउनकै लागि पैसा खेर नफाल। पश्चिममा, जब कसैलाई आफ्नो लागि केही गर्न भनिन्छ, वा घण्टाको हिसाबमा काम गर्ने कामदार वा मजदुरहरू र यस्तै अरूलाई काममा लगाइन्छ, तब बक्सिस दिने चलन छ। कतिपय उद्योगहरूमा बक्सिसको मात्रासम्बन्धी नियमहरू हुन्छन्, जबकि अरूमा हुँदैनन्। त्यस्ता नियमहरू नभएका उद्योगहरूका हकमा, धेरैजसो समय म शिष्टाचार र कामदारप्रतिको सम्मानको कारणले, तिनीहरूको दर, तिनीहरूको कामको गुणस्तर, र तिनीहरूको मनोवृत्तिको आधारमा उचित बक्सिस दिन्छु। यदि तिनीहरूले राम्रो काम गरे भने, म तिनीहरूलाई थप पाँच डलर दिनेछु; यदि तिनीहरूले औसत काम गरे र म भविष्यमा तिनीहरूलाई फेरि प्रयोग गर्न चाहन्नँ भने, म तिनीहरूलाई थप पैसा दिनेछैनँ, तर म तिनीहरूलाई तिनीहरूले कमाएको भन्दा कम दिनेछैनँ। बक्सिस दिने कुराको हकमा भन्दा, म आफूलाई कुनै धनाढ्य जस्तो व्यवहार गर्दिनँ र जानी-जानी मेरो सम्पत्तिको धाक देखाउँदिनँ, र एक मुठी नगद निकालेर नगनीकन कसैलाई दिन्नँ। म यस्ता कुराहरू कहिल्यै गर्दिनँ। बरु, तिनीहरूले काम सुरु गर्नुअघि, म तिनीहरूको दरको आधारमा अग्रिम रूपमा पैसा तयार गर्छु र तिनीहरू जाँदा त्यो तिनीहरूलाई दिन्छु। धेरैजसो मानिसहरू यसमा निकै सन्तुष्ट हुन्छन्। यसलाई पश्चिममा मामलाहरू सम्हाल्ने नियम पनि मान्न सकिन्छ। यो एउटा नियम भएकोले, हामीले यसलाई पालना गर्नुपर्छ र यसलाई तोड्नु हुँदैन। यदि तँ कुनै ठाउँको लागि नयाँ छस् र तैँले त्यहाँका नियमहरू बुझेको छैनस् भने, तैँले ती सिक्नु नै तेरा लागि सबैभन्दा राम्रो हुनेछ। तैँले तिनलाई बुझेपछि, नबुझेको नाटक नगर्; नियमअनुसार मामलाहरू सम्हाल्न सक्दो प्रयास गर्। अवश्य नै, म मानिसहरूले मेरो पिठ्युँ पछाडि मलाई गलत ठहराउलान् वा मैले नियमअनुसार आफूलाई आचरणमा ढाल्दिनँ भन्लान् भनेर डराएको होइन—म यी कुराहरूको डरले यसो गर्दिनँ। बरु, मलाई के लाग्छ भने यो कुरा यसरी नै गरिनुपर्छ; मैले गर्नुपर्ने कुरा यही हो। कतिपय मानिसहरूले यसो भन्छन्, “यदि तपाईंले तिनीहरूलाई दश डलर कम दिनुभयो भने, के तपाईंलाई थप एक छाक खान पुग्दैन र?” तैँले यस कुरालाई त्यसरी हेर्नु हुँदैन। त्यो तिनीहरूले कमाएको रकम हो। यदि तैँले तिनीहरूलाई दश डलर कम दिइस् भने, त्यो तिनीहरूबाट दश डलर लिनु बराबर हो। तैँले अरूबाट लिएको पैसा आफ्नै खर्चका लागि प्रयोग गर्नु विवेकहीन कुरा हो। तेरो विवेकविरुद्ध काम गर्नु मानवता अनुरूप हुँदैन; यो मानवता रहित हुनु हो। यदि तैँले तिनीहरूलाई त्यसरी कम पैसा दिने प्रयास गरिस् भने, तैँले नियमअनुसार आफूलाई आचरणमा ढालिरहेको हुँदैनस्। नियमअनुसार आफूलाई आचरणमा ढाल्नुको अर्थ, कम्तीमा पनि, निष्पक्ष रूपमा र “एक भनेको एक हो, दुई भनेको दुई हो” भन्ने तरिकाले काम गर्नु हो। मानौँ तँ सेवा उद्योगमा छस् र तैँले जीविकोपार्जन गर्न बक्सिसमा भर पर्नुपर्छ। यदि कसैले तँलाई बक्सिस दिएन, र तेरो फाइदा उठायो भने, तँलाई कस्तो महसुस होला? यो उही तर्क हो। कुनै निश्चित उद्योगभित्र बक्सिस नदिँदा त्यो कानुनविरुद्ध नहुन सक्छ, र यसका लागि कसैले तँलाई जवाफदेही बनाउनेछैन, तर के तैँले बक्सिस नदिने कुरालाई तेरो विवेकको आधारमा सही ठहराउन सक्छस्? यदि तैँले यसलाई तेरो विवेकको आधारमा सही ठहराउन सक्दैनस् भने, तँ तेरो विवेकको ऋणी हुन्छस्। यदि तैँले यो जीवनमा यस्ता धेरै ऋणहरू बोकिस् भने, तैँले तिनलाई कहिले तिर्न सक्नेछस्? तैँले आफूलाई यसरी आचरणमा ढाल्नु हुँदैन। सायद तैँले कसैलाई बक्सिस नदिएर ऊबाट अलिकति फाइदा उठाउँछस् होला, तर के तँलाई तेरो विवेकले दोष दिएको महसुस हुँदैन र? यदि तँलाई साँच्चै त्यस्तो महसुस हुँदैन भने, तँमा साँच्चै नै समस्या छ। यदि तैँले यस्तो सानो कुरामा कसैको फाइदा उठाउने प्रयास गर्छस् भने, के तँ अझ खराब कुराहरू गर्न सक्षम हुन सक्दैनस् र? यस्तो मानसिकता लिएर, के तैँले अझै पनि सत्यता अभ्यास गर्न सक्छस्?
सबैले आफ्नो जीवन र अस्तित्वको क्रममा, हामीले नियमअनुसार आफूलाई आचरणमा ढाल्ने बारेमा सङ्गति गरेका यी उदाहरणहरूको सामना गर्न सक्छन्। यस मानवजातिमाझ जिउनुहुने देहधारी परमेश्वरका हकमा पनि, उहाँ यी कुराहरूबाट जोगिन असम्भव छ र यी कुराहरू उहाँले सामना गर्नुपर्ने कुराहरू हुन्। यी कुराहरू गर्दा, समग्रमा देहधारी परमेश्वरले नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने मान्यता र सिद्धान्तहरूलाई कडाइका साथ पालना गर्नुहुन्छ। म आफै ठ्याक्कै यही गर्छु। अवश्य नै, जब तिमीहरूसँगको मेरो अन्तरक्रियामा मण्डलीको काम वा तिमीहरूको व्यक्तिगत जीवन समावेश हुन्छ, तब यदि तिमीहरूले कुनै निश्चित समस्या कसरी सम्हाल्ने भनेर मसँग सङ्गति गर्न भन्यौ वा मसँग परामर्श लियौ भने, म कडाइका साथ आफ्नो आत्म-आचरणका मान्यताहरूअनुसार तिमीहरूसँग सङ्गति गर्नेछु। तिमीहरूले तिनलाई स्वीकार गरे पनि वा नगरे पनि, मेरा दृष्टिकोणहरू र मैले आफूलाई आचरणमा ढाल्ने तरिका र सिद्धान्तहरू अपरिवर्तित रहन्छन्। म तिमीहरूलाई थप फाइदा लिनका लागि कानुनी छिद्रहरूको शोषण गर्न पटक्कै सिकाउनेछैनँ; त्यसो गर्नु पूर्ण रूपमा अनुचित कुरा हो। जेसुकै भए पनि, म पहिले तिमीहरूलाई यस मामलामा कानुन, नीतिहरू, वा कुनै निश्चित उद्योगका प्रावधानहरू समावेश छन् कि छैनन् भनेर स्पष्ट रूपमा पत्ता लगाउन लगाउनेछु। यदि यसमा यी कुराहरू समावेश छन् भने, म तिमीहरूलाई सरकारी अधिकारीहरूसँग परामर्श गर्न, वकिलसँग परामर्श गर्न, वा अनलाइनमा सान्दर्भिक नियमहरू खोज्न भन्नेछु। यदि यसमा आर्थिक समस्याहरू समावेश छन् भने, तिमीहरूले लेखापालसँग परामर्श लिनुपर्छ। तिमीहरू जुनसुकै देशमा भए पनि तिमीहरूले यसरी नै अभ्यास गर्नुपर्छ। म यसरी नै काम गर्छु, र म तँलाई यी मान्यताहरू उल्लङ्घन गर्न पटक्कै प्रोत्साहित गर्नेछैनँ। बरु, म तँलाई प्रत्येक देशका कानुन र प्रावधानहरू, साथै कुनै पनि सार्वजनिक स्थान वा कुनै पनि उद्योगका नियम र प्रावधानहरूलाई कडाइका साथ पालना गर्न माग गर्छु। यदि तँलाई तिनको बारेमा थाहा छैन भने, तैँले तिनको बारेमा सिक्न र मानिसहरूसँग परामर्श लिनका लागि पहल गर्नुपर्छ। यदि तँलाई तिनको बारेमा थाहा छ भने, तैँले तिनलाई पालना गर्न सक्दो प्रयास गर्नुपर्छ। नियमहरूले जे भन्छन्, हामीले त्यसरी नै कामकुराहरू गर्नुपर्छ। कहिलेकाहीँ देशका नियम वा कानुनहरूले तैँले आफ्नो कर्तव्य पूरा गर्न बिताउने समयलाई असर गरे पनि, वा तेरो कर्तव्यसँग सम्बन्धित केही मामलाहरूलाई असर गरे पनि, तैँले तिनलाई पालना गर्नैपर्छ। देशका कानुन र नियमहरूसँग बाझिनबाट जोगिन, र देशका कानुन र नियमहरू उल्लङ्घन गर्ने व्यवहारहरूमा संलग्न हुनबाट वा घटनाहरू निम्त्याउनबाट जोगिनका लागि तैँले आफ्नो कर्तव्य पूरा गर्ने समय वा तैँले यो गर्ने वातावरणलाई समायोजन गर्ने तरिकाहरू पत्ता लगाउन सक्छस्। के यसरी कामकुराहरू गर्नु उचित हो? (हो।) यो एउटा कुरा हो। अर्को कुरा, ती जुनसुकै देशका कानुन र प्रावधानहरू भए पनि, र ती उचित वा अनुचित जे भए पनि, सरकारले तिनलाई स्पष्ट रूपमा तोकेको छ, र ती मेरो जीवन र अस्तित्वको दायराभित्र देखा पर्छन् भने, म तिनलाई सकेसम्म पालना गर्छु र मान्छु। म सरकारका कानुन र प्रावधानहरूका त्यस्ता कुनै पनि पक्षहरूका बारेमा टिप्पणी गर्ने वा आलोचना गर्ने पटक्कै गर्दिनँ, जुन पक्षहरू अनुचित हुन्छन् वा मानिसहरूको हितमा हुँदैनन्; बरु, सरकारले जे नियमहरू बनाउँछ म तिनलाई पालना गर्छु। अवश्य नै, जब म सरकारका कानुन र प्रावधानहरू पालना गर्ने कुरा गर्छु, तब यसमा धार्मिक विश्वासको विरोध गर्ने कानुनहरू वा परमेश्वरलाई इन्कार गर्ने र प्रतिरोध गर्ने कानुनहरू समावेश हुँदैनन्। बरु, यसले नागरिकहरूको अधिकारको रक्षा गर्ने, सामाजिक व्यवस्था कायम राख्ने, र निष्पक्षतालाई बढुवा दिने कानुन र प्रावधानहरूलाई जनाउँछ; मानिसहरूले पालना गर्नुपर्ने कुराहरू यिनै हुन्। मानिसहरूको मनमा जस्तोसुकै विचारहरू भए पनि, कानुन र प्रावधानहरू पालना गर्ने कुरा पहिलो स्थानमा आउँछ। व्यक्तिले देशको कानुनको सम्मान गर्नुपर्छ, र कुनै पनि उद्योगका नियम र प्रावधानहरूको सम्मान गर्नुपर्छ। यदि तँ तिनमा अनुकूल हुन सक्दैनस् वा तँलाई ती मन पर्दैन भने, तँ यो उद्योगबाट जोगिन सक्छस्, वा तँ देश छोडेर जान सक्छस्। तर समझदारीपूर्वक भन्दा, यदि तँ कुनै निश्चित देशमा बस्छस्, वा तँ कुनै निश्चित उद्योगका मानिसहरूसँग कारोबार गर्छस् भने, तैँले देशको कानुन, उद्योगका वा निश्चित विशेष अवसर र वातावरणका प्रावधान र निर्देशनहरू, र केही नैतिक मापदण्डहरू समेत पालना गर्नुपर्छ। म मानवजातिका कानुन, नियम, र प्रावधानहरू, सार्वजनिक स्थानहरूमा हुने केही विशेष नियम र निर्देशनहरू, र मानवताका आधारभूत नैतिक र व्यवहारसम्बन्धी मापदण्डहरूलाई कडाइका साथ पालना गर्ने प्रयास गर्छु। म मेरो विशेष पहिचान र हैसियतलाई कहिल्यै विशेष रूपमा जोड दिन्नँ, न त म कुनै कानुन, नियम, निर्देशन, प्रावधान, र यस्तै कुराहरूको विरुद्धमा नै जान्छु। म यी कुराहरूलाई कहिल्यै चुनौती दिन्नँ वा जानी-जानी तिनलाई तोड्दिनँ र म मेरो आफ्नै तालमा हिँड्दिनँ; बरु, म तिनलाई कडाइका साथ पालना गर्छु। मेरो यो कडा अनुपालनको पछाडि तिनीहरूका कानुन, नियम, प्रावधान, र नियमहरूप्रतिको सम्मान छ। नियमअनुसार आफूलाई आचरणमा ढाल्दा र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्दा व्यक्तिले वास्तवमा अभ्यास गर्ने र पालना गर्ने सिद्धान्त पनि यही हो। सायद कतिपय मानिसहरूले यी कुराहरूप्रति मेरो मनोवृत्ति के हो भनेर बुझ्दैनन्; सायद केही मानिसमा वास्तविकतासँग मेल नखाने केही विचारहरू हुन सक्छन्, वा यस्ता कुराहरू गर्नका लागि मेरा सिद्धान्त र मान्यताहरूबारे केही खोक्रा धारणा र कल्पनाहरू हुन सक्छन्। यसरी सङ्गति गर्दा, के तिमीहरूले यहाँ कुनै खोक्रो कुरा पायौ? (पाएनौँ।) कुनै खोक्रो कुरा छैन भन्नुको अर्थ यी कुराहरूप्रतिको मेरो मनोवृत्ति भनेको मानवताको दृष्टिकोणबाट तिनलाई समझदारीपूर्वक व्यवहार गर्नु हो। म श्रेष्ठताको स्थान लिन्नँ, म तेस्रो स्वर्गको दृष्टिकोणबाट खडा हुन्नँ, र म परमेश्वरको पहिचान भएको विशेष हैसियतबाट यी कुराहरूलाई लिँदिनँ। बरु, म तिनलाई समझदारीपूर्ण दृष्टिकोणबाट अत्यन्तै मानवीय तरिकाले लिन्छु। म यी कुराहरूलाई लिने तरिकामा देहधारी परमेश्वरको रूपमा रहेको मेरो पहिचानको कहिल्यै धाक देखाउँदिनँ, न त म तिनलाई हेलाको दृष्टिले हेर्न यो पहिचानको फाइदा नै उठाउँछु। म यी कुराहरूलाई कहिल्यै चुनौती दिन्नँ, र म देशका कानुन र प्रावधानहरू वा कुनै पनि उद्योगका नियमहरूलाई अवरोध गर्दिनँ। बरु, म यी कानुन, नियम, प्रावधान, र यस्तै अन्य कुराहरूलाई आज्ञाकारी र कर्तव्यनिष्ठ भई कडाइका साथ पालना गर्छु। अझै व्यावहारिक रूपमा भन्दा, मानिसहरूसँग अन्तरक्रिया गर्दा, म अत्यन्तै मानवीय सिद्धान्त पनि पालना गर्छु।
हामीले देहधारी परमेश्वरले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुहुने सम्बन्धी केही प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका छौँ। यी तिमीहरूले कहिल्यै नसोचेका कुराहरू हुन सक्छन्, वा तिमीहरूले कहिल्यै गम्भीरतापूर्वक नलिएका कुराहरू हुन सक्छन्; तिमीहरूसँग यी कुराहरूबारे अत्यन्तै खोक्रो विचार हुन सक्छ; वा जब तिमीहरूले यी कुराहरू देख्छौ, तिमीहरू तिनको सम्पर्कमा आउँछौ, वा ती कुरा सुन्छौ, तब तिमीहरूले तिनलाई सीधै बेवास्ता गर्न सक्छौ। तर, यी कुराहरू परमेश्वरको देहधारी शरीरद्वारा प्रकट भएको सामान्यता र व्यावहारिकता, र दीनता र गुप्तताको प्रतिविम्ब हुन्। यसका साथै, जब परमेश्वरको आत्माले देह धारण गर्नुहुन्छ र उहाँ मानिसहरूका बीचमा आउनुहुन्छ, तब ती उहाँको आत्मआचरणका सबैभन्दा सामान्य र व्यावहारिक प्रकटीकरणहरू पनि हुन्। यी प्रकटीकरणहरूद्वारा, मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्वरले आफूलाई आचरणमा ढाल्ने र मानवजातिको सदस्य बन्ने विषयलाई कसरी हेर्नुहुन्छ, कसरी लिनुहुन्छ, र सम्हाल्नुहुन्छ भन्ने कुरा अझ राम्ररी बुझ्न सक्छन्। यी आत्मआचरणका मान्यता र सिद्धान्तहरूले मानिसहरूलाई के देख्न र जान्न अनुमति दिन्छन् भने परमेश्वरले कुनै पनि कुरा खोक्रो तरिकाले गर्नुहुन्न, उहाँले सबै कुरा व्यावहारिक रूपमा गर्नुहुन्छ, र उहाँले मानवजातिका कानुन र नियमहरू, र मानव समाजका विभिन्न क्षेत्रका नियमहरू पालना गर्दै, व्यावहारिक रूपमा सिद्धान्तहरूअनुसार अभ्यास गर्नुहुन्छ। यी कानुन र नियमहरू पालना गर्दा, देहधारी परमेश्वरले आफ्नो सेवकाइ पनि निर्वाह गर्नुपर्छ र उहाँले गर्न चाहनुभएको काम पनि गर्नुपर्छ। चाहे त्यो उहाँको सामान्य मानवताको जियाई होस्, वा उहाँको ईश्वरत्वको काम होस्, यीमध्ये कुनै पनि एक-अर्कासँग बाझिँदैन वा विपरीत हुँदैन। परमेश्वरले उहाँको सामान्य मानव जीवनमा प्रदर्शन गर्नुभएका आत्मआचरणका मान्यता र सिद्धान्तहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता देखाउँछन्—यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने उहाँले सामान्य मानवता—जसमा विवेक र समझ हुन्छ—त्यसलाई जिएर देखाउनुहुन्छ जुन कुरा परमेश्वरको आत्मा मानिसहरूका बीचमा व्यक्ति बन्दा वा उहाँले देह धारण गर्दा उहाँमा हुनुपर्ने कुरा हो। यो जियाई प्रायजसो देहधारी परमेश्वरले उहाँको ईश्वरत्वमा निर्वाह गर्नुहुने सेवकाइसँग असम्बन्धित देखिए पनि, परमेश्वरको मानवताको जियाईमा उहाँले पालना गर्ने मान्यता र सिद्धान्तहरू सारमा सत्यता, परमेश्वरको स्वभाव, र उहाँले ईश्वरत्वमा काम गर्नुहुँदा व्यक्त गर्ने मानवजातिप्रतिका उहाँका मागहरूसमान छन्। देहधारी परमेश्वरले उहाँको मानव जीवनमा पालना गर्नुहुने आत्मआचरणका सिद्धान्तहरू भनेका नियमअनुसार आफूलाई आचरणमा ढाल्नु र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नु हो। त्यसैगरी, उहाँले ईश्वरत्वमा काम गर्दा पालना गर्नुहुने कामका सिद्धान्तहरू पनि आधारभूत रूपमा उस्तै हुन्छन्—उहाँले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुहुन्छ र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नुहुन्छ; सिद्धान्तहरू परिवर्तन हुँदैनन्। त्यसकारण, देहधारी परमेश्वरको हकमा भन्दा, उहाँको मानवता र ईश्वरत्व कहिल्यै छुट्टिँदैनन्; ती पूर्ण रूपमा एकताबद्ध हुन्छन्। उहाँको ईश्वरत्व उहाँको मानवताद्वारा व्यक्त गर्न सकिन्छ, र उहाँको मानवता उहाँको ईश्वरत्वको एक भागको प्रकटीकरण हो। त्यसकारण, जब देहधारी परमेश्वर मानवजातिमाझ जिउनुहुन्छ, तब यस अवधिमा मानिसहरूले देख्न सक्ने उहाँको मानवता र ईश्वरत्व विच्छेद भएका वा छुट्टिएका हुँदैनन्; ती एकताबद्ध हुन्छन्। उहाँको मानवताको जियाई र उहाँका आत्मआचरणका मान्यता र सिद्धान्तहरूलाई, निश्चित हदसम्म, परमेश्वरका आत्माद्वारा निरीक्षण गरिन्छ, प्रभावित पारिन्छ, र निर्देशित गरिन्छ। अर्को हिसाबमा, उहाँले विवेक र समझ भएको उहाँको सामान्य मानवता जिएर देखाउनुहुन्छ भनेर पनि भन्न सकिन्छ। यस्तो मानवताद्वारा मात्रै परमेश्वरको देहधारी शरीरले उहाँको ईश्वरीय कामको सम्पूर्णता, अर्थात् उहाँले आफ्नो ईश्वरत्वमा गर्नुपर्ने कामको जिम्मेवारी लिन सक्नुहुन्छ; यस्तो मानवताद्वारा मात्रै परमेश्वरको देहधारी शरीरले उहाँले निर्वाह गर्नुपर्ने सेवकाइ पूरा गर्न सक्नुहुन्छ, र यसलाई राम्ररी निर्वाह गर्न सक्नुहुन्छ। यो एउटा बुझाइ हो। अर्को बुझाइ के हो भने देहधारी परमेश्वरले निर्वाह गर्नुहुने सेवकाइ सामान्यता र व्यावहारिकता भएको यस्तो मानवताद्वारा हासिल गरिन्छ। जेसुकै भए पनि, देहधारी परमेश्वरको मानवता सार र ईश्वरत्व दुवै मिलेर देहधारी परमेश्वर बन्नुभएको हुन्छ, जोसँग ख्रीष्टको विशेष पहिचान छ। त्यसकारण, तैँले देख्ने देहधारी परमेश्वरको मानवताको आत्मआचरणका मान्यता र सिद्धान्तहरूदेखि, उहाँले गर्नुहुने हरेक कुरामा उहाँका निश्चित प्रकटीकरणहरू, मनोवृत्तिहरू, र दृष्टिकोणहरूसम्म, सबै उहाँको मानवताको एक भाग हुन्, र अवश्य नै, तिनलाई उहाँको ईश्वरत्वको एक भाग भनेर पनि भन्न सकिन्छ। यी दुईलाई छुट्ट्याउन सकिँदैन। अर्थात्, जब तैँले देहधारी परमेश्वरमा यस्तो मानवता देख्छस्, तब उहाँ परमेश्वरले धारण गर्नुभएको देह हुनुहुन्छ भन्ने कुरामा तँ निश्चित हुनुपर्छ। अवश्य नै, जब तँ परमेश्वरले व्यक्त गर्नुभएको सत्यताको सम्पर्कमा आउँछस्, तब देहधारी परमेश्वरमा ईश्वरत्व छ भनी स्वीकार गर्दा, तैँले उहाँको मानवता विशेष पहिचान भएको देहधारी परमेश्वरको एक भाग हो भनेर पनि स्वीकार गर्नुपर्छ। जेसुकै भए पनि, अन्ततः मानिसहरूलाई देहधारी परमेश्वरको यो सामान्य र व्यावहारिक पक्ष र उहाँले जिएर देखाउनुहुने आत्मआचरणका मान्यता र सिद्धान्तहरू देख्न अनुमति दिइन्छ, किनभने यिनमा परमेश्वरको देहले उहाँको अस्तित्व र जीवनमा सामना गर्ने धेरै समस्याहरू समावेश हुन्छन्। देहधारी परमेश्वरको मानव जीवनका यी व्यावहारिक प्रकटीकरणहरू उहाँले निर्वाह गर्नुहुने सेवकाइ वा मानिसहरूका लागि उहाँले बन्दोबस्त गर्नुहुने सत्यता, मार्ग, र जीवनको स्तरसम्म नपुगे पनि, आत्मआचरणका यी सिद्धान्त र मान्यताहरू देहधारी परमेश्वरभित्रको ईश्वरत्वबाट विच्छेद भएका हुँदैनन्। यो देह परमेश्वरको देहधारी शरीर र परमेश्वरको आत्माले धारण गर्नुभएको देह भएकोले नै, यस देहधारी परमेश्वरको सामान्य मानवतामा आत्मआचरणका यस्ता मान्यता र सिद्धान्तहरू हुन सक्छन्। यसले के सङ्केत गर्छ भने भ्रष्ट मानवजातिको कुनै पनि सदस्य, वा भ्रष्ट मानवजातिमाझ सौभाग्यशाली पृष्ठभूमि, पहिचान, सामाजिक मूल्य, र कुलीन हैसियत भएको जोकोहीलाई पनि नियमअनुसार आफूलाई आचरणमा ढाल्न र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्न निकै गाह्रो हुन्छ; कोही पनि अपवाद हुँदैन। त्यसकारण, सामान्यता र व्यावहारिकताको यो पक्ष देहधारी परमेश्वरको मानवतासँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही हो, र अवश्य नै, यो देहधारी परमेश्वरको ईश्वरत्वसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको एक भाग पनि हो; कुरा के मात्रै हो भने उहाँले यसलाई उहाँको मानवताद्वारा व्यक्त गर्नुहुन्छ र प्रकट गर्नुहुन्छ। यदि देहधारी परमेश्वरले जहाँ गए पनि धाक देखाउनुभएको भए, सधैँ उहाँको हैसियत दाबी गर्नुभएको भए, ठूलाठूला कुरा गर्नुभएको भए, उहाँ उच्च हुनुहुन्छ भन्ने महसुस गर्नुभएको भए, सबैलाई हेला गर्नुभएको भए र अहङ्कारी व्यवहार गर्नुभएको भए, र सधैँ सबैलाई खुट्टाले कुल्चन चाहनुभएको भए; यदि उहाँले आराधना गर्न ननिहुरिने जोकोहीलाई सराप्नुभएको भए, तिनीहरूलाई खरानीमा परिणत गर्नुभएको भए, तिनीहरूलाई तुरुन्तै मार्नुभएको भए, वा उहाँको तीक्ष्ण हेराइले तिनीहरूलाई ढाल्नुभएको भए, उहाँभित्र वास्तवमा ईश्वरत्वको सार छ कि छैन भनेर भन्न गाह्रो हुनेथियो। एकातिर, देहधारी परमेश्वरसँग उहाँको देहको सम्पूर्ण जीवन, वचन, र कार्यहरू कायम राख्न सामान्य मानवताको विवेक र समझ हुन्छ। अर्कोतिर, उहाँको ईश्वरत्वले पनि उहाँभित्र काम गरिरहेको हुन्छ, किनभने ईश्वरत्व नै, आखिर, उहाँको साँचो जीवन हो। यदि उहाँको मानवता भ्रष्ट मानवजातिको जस्तै अहङ्कारी र आत्म-धर्मी भएको भए, के तैँले यो व्यक्ति देहधारी परमेश्वर हो भनेर भन्थिस्? (भन्दिनथेँ।) मानौँ कुनै व्यक्तिमा सधैँ अलौकिक प्रकटीकरणहरू हुन्छन्, उसले सधैँ आफू पृथ्वीमा ओर्लेको स्वर्गीय प्राणी हुँ भन्ने सोच्छ, उसमा सधैँ यस्तो भावना हुन्छ, र उसले सधैँ मानिसहरूसँग उच्च स्थानमा बसेर बोल्छ, जसले गर्दा मानिसहरूले उसका वचन र कार्यहरूलाई मान गर्छन्। मानौँ उसको हृदयमा सधैँ अलौकिक र पारलौकिक विचारहरू हुन्छन्, र उसले कसैको विगतको जीवनमा के भयो, त्यस व्यक्तिले के-कस्ता दुष्टताहरू गर्यो, के-कस्ता कामहरू गर्यो, वा कति पटक मानव वा पशुको रूपमा पुनर्जन्म लियो भनेर एक झलकमै भन्न सक्छ। यसबाहेक, मानौँ यो व्यक्तिले सधैँ आफू विशेष रूपमा उच्च छु भन्ने महसुस गर्छ, बोल्दा सधैँ अलौकिक प्रकटीकरणहरू देखा पर्छन्, र चिह्न र चमत्कारहरू पनि साथमा देखा पर्छन्, जसले गर्दा मानिसहरूलाई ऊ विशेष छ भन्ने महसुस हुन्छ। यस्तो व्यक्ति असामान्य हुनेछ। एकातिर, ऊभित्रको जीवन स्वभाव असामान्य हुनेछ; अर्कोतिर, ऊभित्रको जीवन पनि ईश्वरत्वको जीवन हुनेछैन। यस कुरालाई भन्ने एउटै मात्र तरिका यही हो।
चाहे त्यो उहाँको आत्मआचरणका मान्यताहरू हुन् वा मामलाहरू सम्हाल्ने उहाँका सिद्धान्तहरू हुन्, देहधारी परमेश्वरले प्रकट गर्नुहुने र जिएर देखाउनुहुने सबै कुरा निकै सामान्य र व्यावहारिक हुन्छन्। मैले भनेका कुराहरू र मैले मेरो जीवनमा गर्ने कुराहरूलाई हेर्—के तीमध्ये कुनै कुरा असामान्य छन्? के तीमध्ये कुनै कुरा अलौकिक वा अपारम्परिक छन्? (छैनन्।) मैले जेसुकै सम्हालिरहेको भए पनि, तैँले ममा कुनै असामान्य कुरा पाउनेछैनस्। म कुनै असामान्य व्यक्ति होइनँ; म एक सामान्य व्यक्ति मात्रै हुँ। यसबाहेक, हरेक मामलालाई सम्हाल्ने मेरा विचार, दृष्टिकोण, सोचाइ, र तर्क विकृत, चरम, वा अलौकिक छैनन्। जब म मानिसहरूसँग अन्तरक्रिया र सङ्गत गर्छु, तब म शान्त र स्थिर स्वभावको हुन्छु। यदि मानिसहरू मसँग अन्तरक्रिया गर्न इच्छुक छन् भने, म तिनीहरूसँग अन्तरक्रिया गर्छु; यदि तिनीहरू इच्छुक छैनन् भने, म तिनीहरूसँग नजिकिने प्रयास गर्दिनँ। मानिसहरूसँग अन्तरक्रिया गर्ने, मामलाहरू सम्हाल्ने, सबै प्रकारका कामकुराहरू गर्ने, र आफूलाई आचरणमा ढाल्ने कुरामा के तँलाई मेरो सोचाइ सामान्य लाग्छ? (लाग्छ।) यो सबै सामान्य छ। मैले तिमीहरूलाई कुनै पनि देशको सरकारको विरोध गर्न कहिल्यै आह्वान गरेको वा उक्साएको छैनँ, न त मैले तिमीहरूलाई यस्तो कुरा नै भनेको छु: “परमेश्वरमा विश्वास गर्नेहरू सबै परमेश्वरबाट आएका हुन्; तिमीहरू सबै तेस्रो स्वर्गबाट आएका हौ। यस संसारसँग नडराओ; यस संसारलाई आफ्ना खुट्टाले कुल्च! तिमीहरू सबै विजयी पुरुष सन्तानहरू हौ; यस संसारमाथि शासन गर्न र यस मानवजातिमाथि शासन गर्न फलामको डन्डा उठाओ। सबै कुरा तिमीहरूका खुट्टामुनि छन्!” के मैले कहिल्यै यसो भनेको छु? (भन्नुभएको छैन।) मैले के भनेको छु? तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरू नियमअनुसार चल्नुपर्छ। तिमीहरूले जुनसुकै देशमा बसेर परमेश्वरमा विश्वास गरे पनि र आफ्नो कर्तव्य निर्वाह गरे पनि, तिमीहरूले कानुनको पालना गर्नुपर्छ र सरकारका नियमहरूअनुसार कामकुराहरू गर्नुपर्छ। तिमीहरूले पटक्कै लापरवाह र स्वेच्छाचारी रूपमा काम गर्नु हुँदैन; तिमीहरू सतर्क हुनुपर्छ र छाडा हुनु हुँदैन। यदि तिमीहरूले सरकारका कानुन र नियमहरू उल्लङ्घन गर्यौ भने, तिमीहरूको विरुद्धमा उजुरी परेपछि, यसले तिमीहरूको कर्तव्य पूरा गर्ने कार्यमा असर गर्नेछ। म यस विषयमा निरन्तर सम्झाइरहन्छु। यो कुरा सुन्दा निकै साधारण लागे पनि, यो अत्यन्तै व्यावहारिक छ, किनभने तिमीहरूसँग जीवनको अनुभव अत्यन्तै कम छ र अन्तर्दृष्टिको कमी छ, र तिमीहरूले गल्ती गर्ने सम्भावना धेरै हुन्छ। तिमीहरू परमेश्वरमा विश्वास गर्नेहरू हौ। आफ्नो कर्तव्य पूरा गर्न विभिन्न देशहरूमा जानुको पछाडि तिमीहरूको उद्देश्य परमेश्वरको इच्छा पछ्याउनु र परमेश्वरको गवाही दिनु हो, कुनै पनि देश वा कुनै पनि सत्तारूढ दलको विरुद्धमा आफूलाई खडा गर्नु होइन। तिमीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्ने सृजित प्राणीहरू मात्रै हौ; तिमीहरू सृष्टिकर्ताको प्रभुत्वमा पूर्ण रूपमा समर्पित हुनुपर्छ, र परमेश्वरले कामकुराहरूलाई जसरी योजनाबद्ध गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ, तिमीहरू त्यसमा समर्पित हुनुपर्छ। तिमीहरू जुनसुकै देशमा गए पनि, तिमीहरू जस्तोसुकै वातावरणमा बसे पनि, वा तिमीहरू जुन दाजुभाइ-दिदीबहिनीहरूको घरमा बसे पनि, तिमीहरू नियमअनुसार चल्नुपर्छ, र आफूले सकेसम्म सहयोग गर्नुपर्छ। यसका साथै, देशका जे-जस्ता कानुन र नियमहरू छन् तिमीहरूले तिनलाई पालना गर्नुपर्छ। म तिमीहरूलाई नियमहरू नतोड्न र आफ्नो विरुद्धमा उजुरी पर्न नदिन बारम्बार अर्ती दिन्छु। यदि तिमीहरूको विरुद्धमा उजुरी पर्यो भने, तिमीहरूले के गल्ती गर्यौ, कुन नियम उल्लङ्घन गर्यौ, र उजुरी किन पर्यो भनेर पत्ता लगाउनुपर्छ। आफ्नो पाठ सिक ताकि यो कुरा फेरि नदोहोरियोस्। यदि तैँले आफ्नो पाठ सिकिनस् भने, तेरो विरुद्धमा उजुरीहरू परिरहनेछन्। यस सन्दर्भमा मेरा वचनहरू सबै वास्तविक परिस्थितिहरूमा आधारित समस्याहरूका समाधान हुन्—म तँलाई कसरी जिउने, कसरी बाँच्ने, र कसरी नियमहरू पालना गर्ने भनेर बताइरहेको छु, ताकि तेरो आफ्नै जीवन र अस्तित्वमा अनावश्यक समस्या नआओस्। तँ जुनसुकै देशमा गए पनि, तँ त्यहाँ आफ्नो कर्तव्य निर्वाह गर्न गएको हुन्छस्। पहिले, तँ त्यस देशमा घुलमेल हुनुपर्छ र तैँले त्यसका कानुन र नियमहरू पालना गर्नुपर्छ। तैँले तिनीहरूको विद्यमान व्यवस्थालाई अवरोध गर्नु हुँदैन वा तिनीहरूलाई कुनै समस्या दिनु हुँदैन। त्यसपछि मात्रै तिनीहरूले तँलाई स्वीकार गर्नेछन् र तँलाई देशको सदस्यको रूपमा व्यवहार गर्नेछन्, र यसरी मात्रै तैँले स्थिर भएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्। यदि तैँले स्थानीय नियमहरू समेत पालना गर्दैनस्, र नियमहरू उल्लङ्घन गर्ने कामकुराहरू गर्छस्, जसले गर्दा मानिसहरूले निरन्तर उजुरी गर्छन् र तेरा लागि समस्या खडा गर्छन्, र तँलाई घृणा गर्दै तँ त्यहाँ बसेको समेत चाहँदैनन् भने, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने सपना कसरी देख्न सक्छस् र? तँ जहाँ बसे पनि, तैँले स्थानीय कानुन र नियमहरू पालना गर्नुपर्छ। मलाई भन, के यसरी अभ्यास गर्नु सही हो? के यो कुरा तिमीहरूका लागि आफ्नो कर्तव्य निर्वाह गर्नमा लाभदायक हुन्छ? (हुन्छ।) यसरी अभ्यास गर्नु अत्यन्तै व्यावहारिक कुरा हो। कानुन र नियमहरू पालना गर्नु वास्तविक जीवनको आधारभूत सामान्य ज्ञान हो। यो तिललाई पहाड बनाउनु होइन, यो अति संवेदनशील हुनु त झनै होइन; यो एउटा सिद्धान्त हो जसलाई तिमीहरूले वास्तविक जीवनमा पालना गर्नैपर्छ। यदि केही भयो वा कुनै समस्या उत्पन्न भयो भने, हामी यसलाई समाधान गर्ने सबैभन्दा राम्रो तरिका के हो भनेर अनि यसबाट कसरी पाठ सिक्ने भनेर छलफल गर्छौं ताकि तिमीहरूले भविष्यमा कम गल्ती गर्न वा गल्ती गर्नबाट पूर्ण रूपमा जोगिन प्रयास गर्न सक, र तिमीहरू नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्ने व्यक्ति बन्न सक। कतिपय मानिसहरूले जहाँ गए पनि नियमहरू पालना नै गर्दैनन्। तिनीहरूले जताततै फोहोर फाल्छन्, र बेलाबेलामा होहल्ला गर्छन् र आफ्ना छिमेकीहरूको विश्राममा बाधा दिन्छन्। गाउँमा पसेका जङ्गली जनावरहरू जस्तै, तिनीहरूले सामुदायिक वातावरणलाई असर गर्छन् र बाधा दिन्छन्, र जहाँ गए पनि मानिसहरूबाट तिरस्कार र द्वेष पाउँछन्। म यी मानिसहरूलाई के बताउँछु भने, तिनीहरूले स्थानीय कानुन र नियमहरूलाई कडाइका साथ पालना गर्नुपर्छ, र तिनीहरूले नियमहरू पालना गर्नैपर्छ, र यसरी आफूलाई आचरणमा ढालेर मात्रै व्यक्तिमा सामान्य मानवता हुन्छ। मलाई भन, के यी मामलाहरू सम्हाल्ने सम्बन्धी मेरो सोचाइको तरिका र मेरो सुरुवाती बिन्दु सही छ? (छ।) म उच्च र भव्य, वा अमूर्त, वा पारलौकिक, वा अपारम्परिक कामकुराहरू गर्दिनँ। म मानिसहरूलाई तिनीहरूको जीवनका यी सानातिना मामलाहरू, र तिनीहरूको जीवनमा देखा पर्ने गल्ती र खराबीहरूका बारेमा मात्रै सुधार गर्छु र निर्देशन दिन्छु, तिनीहरूका समस्याहरू औँल्याउँछु र सच्याउँछु र तिनीहरूलाई सुझावहरू दिन्छु। देहधारी परमेश्वरका हकमा, के आफूलाई यसरी आचरणमा ढाल्नु व्यावहारिक कुरा हो? (हो।) यो अत्यन्तै व्यावहारिक छ! यी मामलाहरू सम्हाल्नु पटक्कै खोक्रो कुरा होइन, र यो वास्तविक जीवनबाट पटक्कै विच्छेद भएको छैन। त्यसैले, देहधारी परमेश्वरको दैनिक जीवनमा प्रतिबिम्बित हुने आत्मआचरणका र कामकुराहरू गर्ने सम्बन्धी मान्यता र सिद्धान्तहरूलाई हेर्दा होस्, वा उहाँले निर्वाह गर्नुहुने सेवकाइमा उहाँले सङ्गति गर्नुहुने सत्यताहरूलाई हेर्दा होस्, दुवै पक्षहरू अत्यन्तै सामान्य र व्यावहारिक छन्। दुवै पक्षहरू सामान्य सोचाइ भएका, सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र विवेक र समझ भएका मानिसहरूले बुझ्न, बोध गर्न, स्वीकार गर्न, र हासिल गर्न सक्ने कुराहरू हुन्। कुनै पनि पक्ष वास्तविक जीवनबाट पटक्कै विच्छेद भएको छैन; सामान्य र व्यावहारिक हुनु भनेको यही हो।