सत्यता कसरी पछ्याउने (२) भाग तीन

ङ. परमेश्‍वरको सार्वभौमिकता र उहाँका बन्दोबस्तहरूबारे मानिसहरूका धारणा र कल्पनाहरू

मानिसहरू परमेश्‍वरको काममा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरू समावेश हुन्छन् भन्ने विश्‍वास गर्छन्। त्यसोभए मानिसहरूका धारणा र कल्पनाहरूमा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू के-के हुन्? ती एक प्रकारका चालबाजी हुन्, अर्थात्, परमेश्‍वरले गुप्त रूपमा मानिसहरूलाई ठूलो जालमा ढाकिरहनुभएको हुन्छ, तिनीहरूका सबै व्यवहार र तिनीहरू रहेका वातावरणहरूलाई चालबाजी गरिरहनुभएको हुन्छ, र तिनीहरूले गर्ने सबै कुराको निगरानी गरिरहनुभएको हुन्छ। यी मानिसहरूमा हुने धारणा र कल्पनाहरू हुन्, होइनन् र? (हुन्।) परिणामस्वरूप, मानिसहरू हृदयमा परमेश्‍वरप्रति सतर्क हुन र उहाँदेखि डराउन थाल्छन्, र यो परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूबारेका तिनीहरूका धारणा र कल्पनाहरूले गर्दा पैदा भएको हुन्छ। यसरी तिनीहरू त्रसित र सतर्क हुनु परमेश्‍वरप्रतिको साँचो समर्पणता र डर होइन, बरु विद्रोहीपन र प्रतिरोधको एउटा रूप हो। मानिसहरूले परमेश्‍वर सर्वशक्तिमान् र सर्वव्यापी हुनुहुन्छ, र तिनीहरूले जे गरे पनि, “जब मानिसले कुनै काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ” भन्‍ने कुरा लागू हुन्छ भन्ने सोच्छन्। तिनीहरू परमेश्‍वरले तिनीहरूको हृदय, हात-खुट्टा बाँधेर राख्‍ने, तिनीहरूलाई छनौट गर्ने स्वतन्त्रता नदिने, र तिनीहरूलाई सत्यता अभ्यास गर्न, आफ्नो विचार र दृष्टिकोण परिवर्तन गर्न, र परमेश्‍वरको इच्छा अनुसार काम गर्न जबरजस्ती गर्ने उद्देश्यले निरन्तर तिनीहरूको निगरानी र अनुगमन गरिरहनुभएको हुन्छ भन्ने सोच्छन्। यी सबै मानव धारणाहरू हुन्। कडाइका साथ भन्दा, यो परमेश्‍वरविरुद्धको एक प्रकारको ईश्‍वरनिन्दा हो। वास्तवमा, परमेश्‍वरले कहिल्यै मानिसहरूलाई जबरजस्ती गर्ने, बाँध्‍ने, वा चालबाजी गर्ने अभिप्राय राख्‍नुभएको छैन। परमेश्‍वरले कहिल्यै मानिसहरूलाई बन्धनमा पार्नुहुन्‍न वा कर गर्नुहुन्‍न, र उहाँले मानिसहरूलाई जबरजस्ती गर्नु त परको कुरा हो। परमेश्‍वरले मानिसहरूलाई प्रशस्त स्वतन्त्रता दिनुहुन्छ—उहाँले मानिसहरूलाई तिनीहरूले हिँड्नुपर्ने मार्ग छनौट गर्न दिनुहुन्छ। तँ परमेश्‍वरको घरमा भए पनि, र तँलाई परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको र चुन्‍नुभएको भए पनि, तँ स्वतन्त्र नै छस्। तैँले परमेश्‍वरका विभिन्‍न माग र बन्दोबस्तहरूलाई इन्कार गर्ने छनौट गर्न सक्छस्, वा तैँले तिनलाई स्वीकार गर्ने छनौट गर्न सक्छस्; परमेश्‍वरले तँलाई स्वतन्त्र रूपमा छनौट गर्ने मौका दिनुहुन्छ। तर तैँले जे छनौट गरे पनि, वा तैँले जसरी व्यवहार गरे पनि, वा तैँले सामना गरेको मामलालाई सम्हाल्ने तेरो दृष्टिकोण जे भए पनि, वा तैँले त्यसलाई समाधान गर्न अन्तिममा जे-जस्ता माध्यम र विधिहरू प्रयोग गरे पनि, तैँले आफ्ना कार्यहरूका लागि जिम्मेवारी लिनैपर्छ। तेरो अन्तिम परिणाम तेरो व्यक्तिगत मूल्याङ्कन र परिभाषाहरूमा आधारित हुँदैन, बरु परमेश्‍वरले तेरो अभिलेख राखिरहनुभएको हुन्छ। परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएपछि, र मानिसहरूले यति धेरै सत्यता सुनेपछि, परमेश्‍वरले आफूले भन्‍नुभएको कुरा, उहाँले माग गर्नुहुने कुरा, र मानिसहरूका लागि उहाँले बनाउनुभएका सिद्धान्तहरूका आधारमा हरेक व्यक्तिका सही र गलत कुराहरूलाई कडाइका साथ मापन गर्नुहुनेछ र हरेक व्यक्तिको अन्तिम परिणाम निर्धारण गर्नुहुनेछ। यस मामलामा, परमेश्‍वरको छानबिन, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू परमेश्‍वरले मानिसहरूलाई चालबाजी गर्नु, वा बन्धनमा पार्नु होइन—तँ स्वतन्त्र छस्। तँ परमेश्‍वरका विरुद्धमा सतर्क हुनु पर्दैन, न त तैँले डर वा असहज महसुस नै गर्नुपर्छ। तँ सुरुदेखि अन्त्यसम्मै स्वतन्त्र व्यक्ति होस्। परमेश्‍वरले तँलाई स्वतन्त्र वातावरण, स्वतन्त्र छनौट गर्ने इच्छा, र स्वतन्त्र रूपमा छनौट गर्ने ठाउँ दिनुहुन्छ, जसले गर्दा तैँले आफै छनौट गर्न सक्छस्, र तैँले जुनसुकै परिणाम प्राप्त गरे पनि त्यो तैँले लिने मार्गद्वारा नै पूर्ण रूपमा निर्धारित हुन्छ। यो उचित कुरा हो, होइन र? (हो।) यदि, अन्तिममा, तैँले मुक्ति पाइस्, र तँ परमेश्‍वरमा समर्पित हुने र परमेश्‍वरसँग मिल्ने व्यक्ति होस्, र तँ परमेश्‍वरले स्वीकार गर्नुहुने व्यक्ति होस् भने, तैँले आफ्ना सही छनौटहरूका कारण प्राप्त गर्ने कुरा यही नै हो; यदि, अन्तिममा, तैँले मुक्ति पाउँदैनस्, र तँ परमेश्‍वरसँग मिल्ने हुन सक्दैनस्, र तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुन्न, र तँ परमेश्‍वरले स्वीकार गर्नुहुने व्यक्ति होइनस् भने, त्यो पनि तेरो आफ्नै छनौटले गर्दा हुने कुरा हो। त्यसकारण, आफ्नो काममा, परमेश्‍वरले मानिसहरूलाई छनौट गर्ने धेरै ठाउँ दिनुहुन्छ, र उहाँले मानिसहरूलाई पूर्ण स्वतन्त्रता पनि दिनुहुन्छ। किनभने परमेश्‍वरले मानिसहरूको परिणाम र गन्तव्य लगायत सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गर्न सत्यता प्रयोग गर्नुहुन्छ। त्यसैगरी, मानिसहरूको परिणाम र गन्तव्य पनि सत्यताको प्रयोगद्वारा निर्धारित हुन्छन्—परमेश्‍वरको कामको सिद्धान्त यही हो, जुन कहिल्यै परिवर्तन हुँदैन। तैँले परमेश्‍वरको डर मान्‍ने, उहाँका विरुद्धमा सतर्क हुने, र डरपोक र दासवत् भएर बाटोको अन्त्यसम्म हिँड्ने गरेकै भरमा उहाँले तँलाई स्वीकार गर्नुहुनेछैन, अनुग्रह देखाउनुहुनेछैन, र मुक्ति पाउन दिनुहुनेछैन; न त परमेश्‍वरले तैँले गरेको कुनै पनि योगदानका कारण नै तँलाई अन्त्यमा मुक्ति पाउन दिनुहुनेछ। अर्को शब्दमा भन्दा, कुनै व्यक्तिले आफू हकदार नभएको नतिजा वा राम्रो गन्तव्य प्राप्त गर्ने कुरामा कुनै अपवाद हुनेछैन—हरेक व्यक्तिले अन्ततः प्राप्त गर्ने जुनसुकै परिणाम उसले लिने मार्गले निर्धारित गरेको हुन्छ। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। मानौँ परमेश्‍वरले तेरा लागि एउटा वातावरण खडा गर्नुहुन्छ, र यस वातावरणमा, तैँले गर्नुपर्ने कुरा भनेको आफ्ना अपराधहरूका बारेमा चिन्तन गर्नु र तिनलाई चिन्‍नु, र आफ्नो भ्रष्ट स्वभाव, भ्रामक विचार र दृष्टिकोण, कमीकमजोरी र अपर्याप्तताहरू, वा परमेश्‍वरबारेका तेरा केही गलत बुझाइ र गुनासाहरू चिन्‍नु हो। तैँले आफूलाई रक्षा गर्न बहानाहरू बनाउन र छली तर्कहरू प्रस्तुत गर्न छोड्नुपर्छ र यसको सट्टा समर्पित हुन, आफ्नो वर्तमान परिस्थितिलाई परिवर्तन गर्न सम्बन्धित सत्यताहरूको खोजी गर्न, र आफूभित्र सत्यतालाई स्वीकार गर्न र त्यसपछि सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्नुपर्छ। त्यसो गरेर तैँले चाहेको प्रभाव हासिल गर्नेछस्। जब फेरि तँमाथि यस्तै कुराहरू आइपर्छन्, तब तँ स्वाभाविक रूपमै सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नेछस्, र तँलाई सहयोग गर्नका लागि परमेश्‍वरले विशेष वातावरणहरू खडा गर्नुपर्नेछैन। यो मानिसहरूले हासिल गर्न सक्‍ने कुरा हो, र तिनीहरूले यो हासिल गर्न सके भने, परमेश्‍वरले कुनै अनावश्यक काम गर्नुहुनेछैन। तर सत्यता नपछ्याउनेहरूका हकमा परमेश्‍वरको मनोवृत्ति फरक हुन्छ। कतिपय मानिस आफूलाई केही आइपर्दा सत्यताको खोजी वा आत्मचिन्तन गर्दैनन्, बरु तिनीहरू नकारात्मक र गनगने भएर परमेश्‍वर र अरू मानिसहरूका बारेमा गुनासो गरिरहन्छन्। तिनीहरूले परमेश्‍वरका बारेमा धारणाहरू विकास गर्ने मात्र नभई उहाँलाई गलत पनि ठहराउँछन्। यदि कसैले तिनीहरूलाई काटछाँट र खुलासा गर्‍यो भने, तिनीहरूले आफूलाई सही साबित गर्ने बहानाहरू खोज्छन्, र तिनीहरू आफ्नो काममा निष्क्रिय र सुस्त पनि हुन सक्छन्, वा कामकुराहरू बिथोल्न समेत सक्छन्। त्यस्ता मानिसहरू छुटकारा पाउन नसक्ने, र परमेश्‍वरले तिरस्कार गर्नुहुने मानिसहरू हुन्। यदि तँसँग परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा सत्यतामा केही चासो छ, र तँ प्रवचनहरू सुन्‍न र सत्यताप्रति लागिपर्न तयार छस्, र तँसँग अलिक सकारात्मक मनोवृत्ति छ भने, परमेश्‍वरले तेरो हृदयलाई छानबिन गर्नुहुनेछ, र तैँले सत्यताको खोजी गर्दा तँलाई अलिक प्रभावित गर्नुहुनेछ, त्यसपछि तैँले सत्यता अभ्यास गर्न सक्छस् कि सक्दैनस् भनेर उहाँले छानबिन गर्नुहुनेछ। तर यदि तैँले नकारात्मक बन्‍ने र आफ्नो काममा सुस्त हुने, बहानाहरू बनाउने र आफूलाई सही साबित गर्ने, र जताततै कोलाहल मच्चाउने छनौट गर्छस्, र आफूलाई चिन्‍ने वा पश्चात्ताप गर्ने छनौट गर्दैनस् भने, परमेश्‍वरले के गर्नुहुनेछ र उहाँले तँलाई कसरी कारबाही गर्नुहुनेछ? परमेश्‍वरले के-कस्ता परिवर्तनहरू देखा पर्छन् भनेर चुपचाप अवलोकन गर्नुहुनेछ। परमेश्‍वरले तँलाई प्रभावित गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँका वचनहरू पढ्न र सत्यताको खोजी गर्न जोड नै गर्नुहुनेछ। परमेश्‍वर संलग्‍न हुनुहुनेछैन वा उहाँले हस्तक्षेप गर्नुहुनेछैन—उहाँले तँलाई आफ्नो हृदय सन्तुष्ट हुने गरी तमासा देखाउन दिनुहुनेछ। जब तेरो विवेक बिउँझन्छ र तैँले “मैले यसो गर्नु हुँदैनथियो” भन्‍ने सोच्छस्, वा तैँले कहिलेकाहीँ तेरो वर्तमान परिस्थितिसँग मिल्‍ने अनुभवात्मक गवाही सुन्छस् र त्यो व्यक्तिले कसरी व्यवहार गर्यो भनेर पत्ता लगाउँछस्, त्यसपछि अचानक तैँले गरेको काम अनुचित, तर्कहीन, र अभद्र थियो भन्ने महसुस गर्छस्, र तेरो हृदयमा अलिकति पीडा हुन्छ, तब त्यहाँदेखि तँ नकारात्मक वा कमजोर हुनेछैनस्, र तँलाई आफूलाई सही साबित गर्नका लागि मुख खोल्न लाज लाग्‍नेछ, र कामकुराहरूलाई बाधा दिने र बिथोल्ने तेरा विचार वा कार्यहरू झन्-झन् कम हुनेछन्, र ती झन्-झन् कम गम्भीर हुनेछन्। यो कुरा अन्तिममा जुन हदसम्‍म विकसित भए पनि, जेसुकै भए पनि, यो सबै तेरो आफ्नै व्यवहार हो। परमेश्‍वरले अन्ततः तँलाई मूल्याङ्कन गर्ने प्रमाण खोज्ने उद्देश्यले गुप्त रूपमा र चुपचाप हेरिरहनुभएको हुन्छ। यो त निनवे सहर नष्ट गरिन लागेको बेला जस्तै हो, जुन बेला परमेश्‍वरले निनवेवासीहरूलाई सन्देश दिनका लागि मात्रै योनालाई पठाउनुभयो। परमेश्‍वरले तिनीहरूलाई आफ्नो पाप स्वीकार गर्न, पश्चात्ताप गर्न, वा आफ्ना समस्याहरू बुझ्न प्रभावित गर्नुभएन—उहाँले यी कुराहरू गर्नुभएन। परमेश्‍वरले योनालाई सन्देश दिन मात्रै पठाउनुभयो, अनि साथसाथै यो सूचना सुनेपछि तिनीहरूले कस्ता प्रतिक्रिया र कार्यहरूको शृङ्खला अपनाए, र माथिदेखि तलसम्मका विभिन्न मानिसको योजना के थियो, र परमेश्‍वरबाट आएको यो सूचनाप्रति तिनीहरूको मनोवृत्ति के थियो भनेर हेर्न गुप्त रूपमा अवलोकन गर्नुभयो। उहाँले गुप्त रूपमा अवलोकन मात्रै गर्नुभयो। “अवलोकन” को अर्थ के हो? यसको अर्थ परमेश्‍वरले दर्शकझैँ परिस्थितिहरू कसरी विकसित हुन्छन् भन्ने कुराको प्रक्रियालाई र परिस्थितिहरू परिवर्तन हुने दिशालाई नियाल्नुहुन्छ, र उहाँले कुनै पनि हालतमा हस्तक्षेप गर्नुहुन्‍न भन्ने हो। परमेश्‍वरले योनालाई ती केही वाक्यहरू बताउन लगाउने बाहेक कुनै थप काम गर्नुभएन, न त उहाँले मानिसहरूलाई अर्ती दिने कुनै काम नै गर्नुभयो, अनि यति मात्र होइन, बताउनका लागि थप कुनै शब्दहरू थिएनन्, योनाको मुखबाट आएका ती केही वाक्यहरू मात्रै थिए। अवश्य नै, आजका मानिसहरूमाथि परमेश्‍वरको कामका सिद्धान्तहरू अपरिवर्तित नै छन्—उहाँ अझै पनि यसरी नै काम गर्नुहुन्छ, र मानवजातिप्रतिको परमेश्‍वरको मनोवृत्ति सुरुदेखि अन्त्यसम्मै यही हो। उहाँले कसैलाई परिवर्तन गर्न चाहनुभए पनि वा व्यक्तिमा कुनै कुरा हासिल गर्न चाहनुभए पनि, आफ्‍नो कामप्रतिको परमेश्‍वरका मनोवृत्ति, सिद्धान्त, र विधिहरू परिवर्तन हुँदैनन्। किन? परमेश्‍वरले मेसिन वा कठपुतलीहरू नभई जीवित मानिसहरू, स्वतन्त्र इच्छा भएका सृजित मानवहरूलाई सृष्टि गर्नुभएको हो। जब परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ वा कुनै कुरा हासिल गर्न चाहनुहुन्छ, तब उहाँ प्रायजसो सुरुमा तिनीहरूलाई उहाँका अभिप्रायहरू बोध गर्न खोज्न सक्षम बनाउन एउटा वातावरण खडा गर्नुहुन्छ, र कहिलेकाहीँ उहाँ मानिसहरूलाई उहाँका अभिप्राय र मागहरू के-के हुन् भनेर सिधै बताउनुहुनेछ; बाँकी कुरा मानिसहरूले आफ्नो स्वतन्त्र इच्छा र आफूसँग भएका विभिन्‍न अवस्थाहरूका आधारमा गर्ने निर्णयहरूमा निर्भर हुन्छ। निनवेवासीहरूप्रति परमेश्‍वरको मनोवृत्ति यही थियो, र उहाँले अहिले मुक्ति दिन चाहनुहुने मानिसहरूप्रति उहाँको मनोवृत्ति अपरिवर्तित नै छ। परमेश्‍वरको कामका सिद्धान्तहरू परिवर्तन भएका छैनन्; परमेश्‍वर सधैँ यसरी नै काम गर्नुहुन्छ, र उहाँले सृष्टि गर्नुभएका मानवहरूमा गर्नुहुने कामका सिद्धान्तहरू सधैँ यस्तै हुन्छन्। योनाले निनवेका मानिसहरूलाई सूचना दिएपछि, ऊ शान्त हुने ठाउँ खोज्न गयो र परमेश्‍वरको सन्देश सहरको माथिबाट तलसम्म फैलाएपछि निनवेवासीहरूका बीचमा कस्तो आघात र गतिविधि पैदा हुन्छ भनेर हेर्नका लागि सहरका मानिसहरूलाई छेउबाट नियालेर हेरिरह्यो, र परमेश्‍वरले निनवेलाई नष्ट गर्न लाग्‍नुभएको छ भन्‍ने खबर सबैले सुनिसकेका थिए—उसले अवलोकन मात्रै गर्‍यो। अवश्य नै, यो अवलोकनका लागि समय लाग्यो, र यस प्रक्रियाका अवधिमा, परमेश्‍वरले यी सबै कुराहरूमा आएका परिवर्तनहरूलाई हेरिरहनुभएको थियो। यदि परिस्थितिहरू राम्रो दिशामा अघि बढे भने, अवश्य नै परमेश्‍वर प्रसन्न हुनुहुनेथियो; यदि परिस्थितिहरू खराब दिशामा अघि बढे भने, उहाँले शोक मनाउनुहोला, तर त्यो परिस्थितिमा निर्भर हुन्छ। परमेश्‍वरले नै मानिसहरूलाई सृष्टि गर्नुभएको हुनाले परमेश्‍वरले शोक मनाउनुहुनेथियो, र मानिसहरूले विनाशको सामना गर्दा, वा कुनै ज्यान गुम्न लाग्दा परमेश्‍वरले शोक मनाउनुहुन्छ। तर, भ्रष्ट मानिसहरू यति भावशून्य र मन्द बुद्धिको भएको, र यति विद्रोही भएको देख्दा, परमेश्‍वरले शोक मनाउनुहुन्न। परमेश्‍वरले आफ्नो मूल योजनाअनुसार, उहाँले काम गर्ने तरिकाहरूअनुसार, र उहाँले सृजित प्राणीहरूलाई व्यवहार गर्ने तरिका र सिद्धान्तहरूअनुसार आफूले गर्नुपर्ने कामकुरा गर्नुहुनेछ। यहाँ कुनै मानव अनुभूति वा भावनाहरू हुँदैनन्, सृष्टिकर्ताका कामकुरा गर्ने सिद्धान्त र मापदण्डहरू मात्रै हुन्छन्। त्यसकारण यस सन्दर्भमा, मानिसहरूले परमेश्‍वरका सोच र विचारहरूका बारेमा अडकल र अनुमानहरू गर्नका लागि सृजित मानवहरूको सङ्कुचित मानसिकता प्रयोग गर्नुको सट्टा, आफ्नै धारणाहरूलाई त्याग्‍नुपर्छ र मानिसहरूलाई व्यवहार गर्ने परमेश्‍वरका मनोवृत्ति र विधिहरू सटीक रूपमा बुझ्नुपर्छ। परमेश्‍वरले तँमा काम गर्नुहुन्छ, तेरा लागि वातावरणहरू खडा गर्नुहुन्छ, र तँलाई तालिम दिन र अभ्यास गर्न सक्षम बनाउनका लागि मानिस, घटना, र कामकुराहरू मिलाउनुहुन्छ, र उहाँले तँमा सत्यता ढाल्न चाहनुहुन्छ—यसरी कामकुराहरू गर्नुको परमेश्‍वरको मूल अभिप्राय केमा आधारित छ? यो जीवनलाई आदर र कदर गर्ने सिद्धान्तमा आधारित छ। यो सृजित मानवप्रति हुने सृष्टिकर्ताको भावना होइन—परमेश्‍वरसँग कुनै भावनाहरू हुँदैनन्। यो मूल अभिप्रायको सिद्धान्तले मानवको देहगत सम्बन्धका भावनाहरूलाई पार गर्छ, र अवश्य नै, यो कुनै प्रकारको स्‍नेह पनि होइन—यो जीवनलाई कदर र आदर गर्ने सिद्धान्तबाट पैदा हुन्छ। कतिपय मानिसहरू भन्छन्: “के यो परमेश्‍वरको मनको आयाम हो? के यो उहाँको उच्च स्तरको सत्व हो?” के तिमीहरूलाई त्यस्तो लाग्छ? (लाग्दैन।) तैँले मानिसहरूलाई वर्णन गर्न “स्तरको सत्व” र “मनको आयाम” भन्‍ने शब्दहरू प्रयोग गर्न सक्छस्, तर तिनलाई परमेश्‍वरमा लागू नगर्। यो न त मनको आयाम हो न त यो स्तरको सत्व नै हो। एक हिसाबमा, यसलाई सृष्टिकर्ताको प्रेमिलो स्वभाव भनेर भन्‍न सकिन्छ, र अर्को हिसाबमा, यो परमेश्‍वरको पहिचान र सारको प्रकटीकरण हो भनेर पनि भन्‍न सकिन्छ। परमेश्‍वरले कुनै पनि सृजित प्राणीको जीवनलाई कदर र सम्मान गर्नुहुन्छ, तर यो कदर र सम्मानका आधारमा, परमेश्‍वरले आफ्ना सिद्धान्तहरूमा सम्झौता गर्नुहुन्‍न, र यी सिद्धान्तहरू भावना वा देहका होइनन्। ती केका हुन्? ती सत्यताका सिद्धान्तहरू हुन्, जुन परमेश्‍वरको स्वामित्वमा मात्रै हुन्छन्। यसबारेमा विचार गर त, यदि मानिसहरूका छोराछोरी छन् भने, तिनीहरूले उनीहरूलाई हदभन्दा बढी माया गर्छन् र उनीहरूप्रति गहन भावनाहरू बोक्छन्। तिनीहरूले आफ्ना छोराछोरीलाई अङ्गालोमा बेर्दै दिनभरि उनीहरूसँग बस्न सकूँ भन्‍ने समेत चाहन्छन्। परमेश्‍वरसँग मानिसहरूप्रति त्यस्तो कुनै भावना वा स्‍नेह हुँदैन। मानिसहरूको रगतको नाताका कारण, तिनीहरूले आफ्ना छोराछोरीप्रति त्यस्ता भावनाहरू विकास गर्छन्, र त्यस्ता भावनाहरूले मानिसहरूलाई आफ्नो समझ र सिद्धान्तहरू गुमाउने तुल्याउँछन्। ती सामान्य मानवताका प्राकृतिक वा सामान्य प्रकटीकरणहरू होइनन्, न त ती प्रेमको प्रकटीकरण नै हुन्। ती पूर्ण रूपमा भावना र गरम मिजासीपन हुन्—ती रगतको नाताबाट पैदा हुने भावनाहरू हुन्। भावनाहरू सत्यता होइनन्, र ती सामान्य मानवतामा हुनुपर्ने कुराहरू होइनन्; ती नकारात्मक कुराहरू हुन्। परमेश्‍वरले मानवजातिलाई पुलपुल्याउनुहुन्‍न वा मत्ताउनुहुन्‍न। मानवजातिप्रतिको परमेश्‍वरको मनोवृत्ति के हो? सृजित मानवको जीवनलाई कदर गर्ने र जीवनलाई सम्मान गर्ने सिद्धान्तका आधारमा परमेश्‍वरले तँलाई छनौट गर्नुभयो, र उहाँ तेरा लागि जिम्मेवार हुनुहुन्छ, तँमा काम गर्नुहुन्छ र मूल्य चुकाउनुहुन्छ, अनि तँलाई सत्यता र जीवन आपूर्ति गर्न वचनहरू बोल्नुहुन्छ। तर परमेश्‍वरले मानिसहरूले कल्पना गर्ने गरे जस्तो तरिकाले काम गर्नुहुन्‍न, अर्थात् तँलाई दह्रिलो गरी पक्रेर, वा अझै बोलचालको भाषामा भन्दा, तँलाई करकाप गरेर काम गर्नुहुन्‍न। त्यस्तो हुँदैन। परमेश्‍वरले मानिसहरूलाई करकाप गर्नुहुन्‍न; उहाँ मानिसहरूलाई कहिल्यै कुनै कुरा गर्न जबरजस्ती गर्नुहुन्‍न। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा आशिष्‌हरू प्राप्त गर्नका लागि, मानिसहरूले सधैँ परमेश्‍वरलाई जबरजस्ती गर्न चाहन्छन्, र सधैँ परमेश्‍वरलाई आशिष्‌हरू दिन बाध्य पार्न चाहन्छन्, उहाँले तिनीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्न दिनुहोस् भनी परमेश्‍वरसँग टाँसिन र उहाँलाई जबरजस्ती गर्न पनि चाहन्छन्। के कुरा यही होइन र? (हो।) परमेश्‍वरले तँलाई जबरजस्ती गर्नुहुन्‍न। “जबरजस्ती गर्नु” भन्‍ने बोलचालका शब्द प्रयोग गर्नु राम्रो त होइन, तर यो अलिक सजीव छ र मानिसहरूलाई बुझ्न सजिलो छ। परमेश्‍वरले तँलाई दह्रो गरी पक्रेर राखिरहनुभएको छैन—तँ स्वतन्त्र छस्। यदि परमेश्‍वरले तेरो जीवनलाई आदर गर्नुहुने, कदर गर्नुहुने, र बहुमूल्य ठान्‍नुहुने हुनाले तैँले परमेश्‍वरले तँमा गर्नुहुने यो सबै कामलाई कदर गर्छस् भने, उहाँले तेरा लागि कुनै पनि वातावरण योजनाबद्ध गर्नुहुँदा र प्रबन्ध गर्नुहुँदा तँ उहाँदेखि सतर्क हुने, उहाँबारे गलतफहमीहरू बोक्ने, उहाँप्रति प्रतिरोधी महसुस गर्ने, वा उहाँलाई इन्कार गर्ने छनौट गर्नु हुँदैन। बरु, तैँले सृजित प्राणीले गर्नुपर्ने कुरा गर्नुपर्छ र सृष्टिकर्ताप्रति सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति—समर्पण र स्वीकार देखाउनुपर्छ। यस्तै होइन र? (हो।) अहिले यो पक्षमा स्पष्ट रूपमा सङ्गति गरिएको छ।

मानिसहरूले परमेश्‍वरको कामलाई लिने तरिकाले तिनीहरूको एउटा धारणा र कल्पनालाई खुलासा गरिसकेको छ। यो धारणा र कल्पना के हो? मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई उहाँले तिनीहरूलाई चालबाजी र नियन्त्रण गर्नुहुने कार्यका रूपमा अर्थ्याउँछन्। के परमेश्‍वरले यसरी नै काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) मानिसहरूको हृदयको गहिराइमा, तिनीहरूलाई कताकता परमेश्‍वरको डर लाग्छ। परमेश्‍वरको बारेमा उल्लेख गर्दा मात्रै पनि, तिनीहरूलाई उहाँ डरलाग्दो हुनुहुन्छ र प्यारो हुनुहुन्‍न भन्‍ने लाग्छ। तिनीहरू यदि तैँले परमेश्‍वरका वचनहरू सुन्दैनस् र तँ उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुँदैनस् भने, तैँले उहाँका वचनहरू सुनेर उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित नभएसम्म उहाँ तँसँग रिसाउनुहुनेछ, र उहाँले तँलाई पूर्ण नबनाएसम्‍म उहाँले हार मान्नुहुनेछैन भन्‍ने विश्‍वास गर्छन्। के यो मानिसहरूमा हुने धारणा होइन र? मानिसहरूले परमेश्‍वरलाई के भनी कल्पना गर्छन्? के तिनीहरूले उहाँलाई तानाशाहका रूपमा कल्पना गर्दैनन् र? तिनीहरू के सोच्छन् भने, तैँले उहाँको शासन स्वीकार गर्नैपर्छ, उहाँका नीतिहरू स्वीकार गर्नैपर्छ, र उहाँप्रति नतमस्तक हुनैपर्छ र उहाँले तँलाई जे गर्न लगाउनुहुन्छ त्यही गर्नैपर्छ, र तैँले उहाँको पिठ्युँ पछाडि उहाँका बारेमा कुरा गर्नु हुँदैन, र उहाँले तेरा लागि खडा गर्ने वातावरणहरू तैँले स्वीकार गर्नैपर्छ, र स्वीकार गरिनस् भने, तँलाई दण्डित गरिनेछ र तैँले कर्मको फल भोग्‍नेछस्। के परमेश्‍वरले साँच्‍चै नै यसरी काम गर्नुहुन्छ त? (गर्नुहुन्‍न।) परमेश्‍वरले तँलाई आदर गर्नुहुन्छ र तेरा लागि जिम्मेवारी लिनुहुन्छ। परमेश्‍वरले सृजित मानवहरूको जीवनलाई कदर गर्नुहुन्छ। मानिसहरू आफ्ना लागि के राम्रो हो भनेर पहिचान गर्नमा असफल हुनु हुँदैन, वा उहाँको दयाप्रति अकृतज्ञ हुनु हुँदैन। यदि तँ परमेश्‍वरको दयालाई कदर गर्छस् भने, तैँले उहाँले खडा गर्ने वातावरणहरू स्वीकार गर्नुपर्छ र तिनलाई उहाँबाट आएको भनी स्वीकार गर्नुपर्छ। तैँले त्यसमा रहेका सत्यताहरू स्वीकार नगरे पनि, त्यसमा रहेका सत्यता सिद्धान्तहरू नबुझे पनि, र तैँले के अभ्यास गर्नुपर्छ वा के परिवर्तन गर्नुपर्छ भन्‍ने नबुझे पनि, कम्तीमा पनि तँ परमेश्‍वरदेखि सतर्क हुनु वा उहाँलाई गलत रूपमा बुझ्नु हुँदैन—तैँले हासिल गर्नुपर्ने कुरा यही हो। तैँले यी वातावरणहरूबाट केही प्राप्त नगरे पनि, परमेश्‍वरका चाहनाहरूको गलत अर्थ नलगा। परमेश्‍वरले तँबाट केही कुरा प्राप्त गर्ने प्रयास गरिरहनुभएको छैन। तँ सानो सृजित प्राणी मात्रै होस्, त्यसकारण परमेश्‍वरले तँबाट के नै प्राप्त गर्न खोज्‍नुहुन्छ र? तेरो जीवन र आज तैँले आनन्द लिने सबै कुरा परमेश्‍वरले तँलाई दिनुभएको हो, अनि तैँले बुझेको थोरै धर्मसिद्धान्त पनि तँलाई परमेश्‍वरले नै दिनुभएको हो। तेरो स्वतन्त्र इच्छा, तेरो क्षमता, तेरा वरदानहरू, र तेरा ठूला-साना दुवै योग्यता र सीपहरू सबै परमेश्‍वरले नै तँलाई दिनुभएको हो। परमेश्‍वरले तँबाट प्राप्त गर्न खोज्‍नुपर्ने के कुरा छ र? यदि उहाँले तँमा सत्यता ढालेर तँलाई उहाँमा समर्पित हुन र उहाँको डर मान्‍न लगाउनुभएपछि परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ, र तँलाई परमेश्‍वरले तँबाट यही कुरा प्राप्त गर्न खोजिरहनुभएको छ भन्‍ने लाग्छ भने, के तैँले उहाँलाई आफ्नै नीच मापदण्डहरूअनुसार मूल्याङ्कन गरिरहेको हुँदैनस् र? यो परमेश्‍वरका विरुद्धमा गरिएको ईश्‍वरनिन्दा हो, होइन र? (हो।) परमेश्‍वरले मानिसहरूबाट के महिमा प्राप्त गर्न सक्‍नुहुन्छ? अन्त्यमा, ठोस फाइदाहरू प्राप्त गर्नेहरू त मानिसहरू आफै हुन्छन्। उहाँले आफ्‍नो काम पूरा गर्नुभन्दा पहिले नै महिमा प्राप्त गरिसक्नुभएको हुन्छ, किनभने परमेश्‍वर स्वयम् नै महिमित हुनुहुन्छ—उहाँको सत्यता र अख्तियार शैतानको हारको प्रमाण हो, र ती सबै नै सकारात्मक कुराहरूको वास्तविकता हुन्। परमेश्‍वर स्वयम् नै महिमित हुनुहुन्छ, त्यसोभए के उहाँले अझै पनि तँजस्तो सानो सृजित प्राणीबाट थोरै महिमा प्राप्त गर्नु आवश्यक छ र? परमेश्‍वरले मानिसहरूबाट केही कुरा प्राप्त गर्न खोज्नुहुन्न। यदि उहाँले कुनै कुरा प्राप्त गर्न खोज्नुहुन्छ भने, यो मानिसहरूलाई अन्ततः उहाँको व्यवस्थापन योजनाअनुसार उहाँका मागहरू पूरा गर्न सक्षम बनाउनु हो, र मानिसहरूले मुक्ति प्राप्त गरेपछि र तिनीहरू परमेश्‍वरसँग मिल्ने बन्‍न सकेपछि, उहाँले विश्राम लिनुहुनेछ—मानवजातिको मुक्तिका कारण, परमेश्‍वरले त्यसको बदलामा विश्राम लिन पाउनुहुनेछ—परमेश्‍वरले प्राप्त गर्न खोज्नुहुने कुरा यही हो। त्यसोभए, के अन्तमा ठोस फाइदाहरू प्राप्त गर्ने मानिसहरू नै होइनन् र? मानिसहरूले सत्यता प्राप्त गरेका हुनेछन्, तिनीहरूलाई त्यस उप्रान्त जीवनमा हराएको महसुस हुनेछैन—तिनीहरूसँग दिशा र मार्ग हुनेछ—र तिनीहरू परमेश्‍वरसँग मिल्ने हुनेछन् र तिनीहरूले त्यस उप्रान्त उहाँका विरुद्धमा विद्रोह गर्नेछैनन्, तिनीहरूलाई उप्रान्त कुनै पनि दुष्ट शक्तिले बन्दी बनाउनेछैन, तिनीहरू साँचो सृजित प्राणी हुनेछन्, र तिनीहरूले त्यस उप्रान्त मृत्युको सामना गर्नेछैनन्—त्यो कति ठूलो सम्मानको कुरा हो! सबैभन्दा बढी ठोस फाइदाहरू प्राप्त गर्नेहरू मानव नै हुन्, अर्थात् परमेश्‍वरको काम र परमेश्‍वरको मुक्ति स्वीकार गर्ने मानिसहरू। के यो पक्षमा स्पष्ट रूपमा सङ्गति गरिएको छ? यसमा रहेको मानिसहरूको धारणा र कल्पना के हो? (तिनीहरूले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई उहाँले मानिसहरूलाई चालबाजी र नियन्त्रण गर्नुभएको हो भनेर अर्थ्याउँछन्।) यदि हामीले यसबारे सङ्गति नगरेका भए, मानिसहरूको मनमा सधैँ तिनीहरूले व्यक्त गर्न नसक्‍ने वा व्यवस्थित सिद्धान्त नबनेका केही विचार र दृष्टिकोणहरू हुनेथिए। यी कुराहरूले तिनीहरूलाई आफ्नो कर्तव्य पूर्तिमा रोकावट पैदा नगर्ने भए पनि, वा तिनीहरूको दैनिक जीवनमा स्पष्ट रूपमा असर नगर्ने भए पनि, तिनले तिनीहरूको सत्यता पछ्याइ, परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति, र परमेश्‍वरसँगको तिनीहरूको सम्बन्धमा गम्भीर असर पार्छन्। त्यसकारण, मानिसहरूले त्याग्‍नुपर्ने कुराहरू यिनै हुन्। यो समस्या समाधान भएपछि, तैँले आफू र परमेश्‍वरबीचको पर्खाललाई त्यागेको हुनेछस्, र सत्यता पछ्याउने तेरो मार्गको एउटा बाधा हटाइएको हुनेछ, जसले गर्दा तँलाई सत्यता पछ्याउन सजिलो हुनेछ। जब वास्तविक कठिनाइहरू समाधान हुन्छन्, तब तँ र परमेश्‍वरबीचका पर्खाल र बाधाहरू घट्नेछन्, त्यसैले तैँले झनै सहज रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता अभ्यास गर्न सक्नेछस्। यो त युद्धमैदानमा जानु जस्तै हो—तिमीहरूलाई युद्धमा जाँदा हल्का भारी बोक्‍नु राम्रो हो जस्तो लाग्छ कि गह्रौँ भारी बोक्‍नु? कुनचाहिँ अलिक बढी सहज हुन्छ? (हल्का भारी बोकेर युद्धमा जानु।) हल्का भारी बोकेर युद्धमा जानका लागि, पिठ्युँमा हतियार बोकेर जानु नै पर्याप्त हुन्छ—त्यो नै सरल र सजिलो हुन्छ। त्यसबाहेक, यदि तैँले भाँडो र सरसामान, वा प्रसाधन सामग्री र फिट्नेस् उपकरणहरू बोकेको छस् भने, भारी अत्यन्तै गह्रौँ हुनेछ; यति धेरै कुरा लडाइँमा बोकेर जाँदा पीडादायी हुनेछ, र लडाइँ गर्न असहज हुनेछ। यी धारणा र कल्पनाहरू मानिसहरूले बोकेर हिँड्ने फरक-फरक प्रकारका बोझहरू जस्तै हुन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूका लागि हुने समस्या र अड्चनहरू हुन्। छोटकरीमा भन्दा, बेला-बेलामा यी कुराहरूले तँलाई असर गर्नेछन् र सत्यता पछ्याउन र अभ्यास गर्नमा तँलाई बाधा दिनेछन्। जब कुनै गम्भीर समस्याहरू हुँदैनन्, तब तँसँग कुनै ठूला समस्याहरू छैनन् जस्तो देखिनेछ। तर सिद्धान्तका गम्भीर समस्याहरू उत्पन्न भएपछि, तँसँग तँलाई परमेश्‍वरबाट अलग गर्ने यी कुराहरूको एउटा पर्खाल हुनेछ। जब यी कुराहरू बाहिर आउँछन्, तब तँलाई परमेश्‍वरसँगको तेरो सम्बन्धमा समस्या छ, तँ र परमेश्‍वरका बीचमा द्वन्द्व छ भन्‍ने महसुस हुनेछ; परमेश्‍वरमाथिको तेरो विश्‍वासको हृदय त्यति शुद्ध हुनेछैन, र तँसँग धेरै कठिनाइहरू हुनेछन्। तर जब तैँले यी कुराहरूलाई त्यागिदिन्छस्, तब तँलाई राम्रो लाग्‍नेछ, तेरो हृदय ढुक्क र मुक्त हुनेछ, र त्यस उप्रान्त रोकावट वा बन्धनमा पर्नेछैन। यी कुराहरू तेरो अवचेतन मन वा विचारहरूमा बेला-बेलामा देखा पर्ने भए पनि, तैँले ती कुराहरूलाई आधारभूत रूपमा समाधान गरिसकेको हुनेछस्, र तैँले फेरि कामकुराहरू गर्दा तँलाई निकै सहज हुनेछ र तैँले ती काम अझै सरल रूपमा गर्नेछस्। यी धारणा र कल्पनाहरूले अझै पनि तेरो मनको गहिराइमा सूक्ष्म प्रभाव पार्न सक्‍ने भए पनि, कम्तीमा पनि तैँले आफ्नो व्यक्तिपरक इच्छामा ती सकारात्मक कुराहरू होइनन् भनेर स्पष्ट रूपमा खुट्ट्याएको हुनेछस्, त्यसकारण व्यक्तिपरक रूपमा तैँले तिनलाई त्याग्‍नेछस् र तिनले तँलाई असर गर्नेछैनन्। यसरी, तैँले आफू र परमेश्‍वरबीचको यो पर्खाललाई लगभग त्यागेको र समाधान गरेको हुनेछस्।

हामी प्रायजसो सत्यता पछ्याउने विषयमा यसरी सङ्गति गर्छौँ। के तिमीहरू सत्यता पछ्याउनुको महत्त्व महसुस गर्न सक्छौ? जब तिमीहरूले आफूले चिनेजानेका आफू वरिपरिका मानिसहरूलाई मण्डलीले कारबाही गरेको, कतिलाई त निकालेको वा निष्कासित समेत गरेको देख्यौ, तब के तिमीहरूले यसबारे कुनै विचार गरेका थियौ? के तिमीहरूले त्यसबाट कुनै अनुभव वा पाठहरू प्राप्त गर्‍यौ? समूह खमा सारिएका अनि निकालिएका मानिसहरूका मुख्य समस्याहरू के-के हुन्? (जब मैले आफूले चिनेजानेका मेरो वरिपरिका कतिपय मानिसहरूलाई समूह खमा स्थानान्तर गरिएको वा निकालिएको देखेँ, तब त्यसले मेरो हृदय र मनमा हलचल मच्‍चायो। तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूले वास्तवमा सत्यता पछ्याउँदैनन्, र यदि म पनि आफूलाई केही आइपर्दा सत्यता पछ्याउँदिनँ र सत्यताको खोजी गर्दिनँ भने, मलाई पनि अन्तिममा तिनीहरूलाई जस्तै हटाइनेछ।) के तँलाई यी मानिसहरूलाई कारबाही गर्ने बारेमा परमेश्‍वरको घरका सिद्धान्तहरू के-के थिए भन्‍ने थाहा छ? के तिनीहरूमा खराब मानवता भएकाले र तिनीहरूले सत्यता नपछ्याउने भएकाले, र त्यसलाई तिनीहरू अप्रिय लागेकाले मात्रै परमेश्‍वरको घरले तिनीहरूलाई निकालेको हो? (होइन।) त्यसोभए, के ठेगान नलगाइएका सबै मानिसहरूको मानवतामा कुनै समस्या हुँदैन, तिनीहरू सबैले सत्यतालाई प्रेम गर्छन्, सत्यता पछ्याउँछन्, र तिनीहरू सत्यतामा समर्पित हुन सक्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न र उहाँको डर मान्‍न सक्छन् भन्‍ने हो त? के कुरा त्यही हो? (होइन।) के ती मानिसहरूले सत्यतालाई प्रेम नगर्ने र त्यसप्रति वितृष्ण भएका हुनाले मात्रै परमेश्‍वरको घरले ती मानिसहरूलाई निकालेको वा समूह खमा सारेको हो? तिनीहरूमा खराब मानवता भएकाले र तिनीहरूले सत्यतालाई स्वीकार गर्न पूर्ण रूपमा इन्कार गर्ने हुनाले तिनीहरूलाई तह लगाइएको हो, कि तिनीहरूको खराब रूप वा केही अस्थायी अपराधका कारण? के परमेश्‍वरको घरले मानिसहरूलाई कारबाही गर्ने सिद्धान्त यही हो? (होइन।) के कसैले सत्यता नपछ्याएकाले नै परमेश्‍वरको घरले उसलाई तह लगाउँछ, कर्तव्य पूरा गर्नबाट अयोग्य तुल्याउँछ, र अन्तै पठाउँछ भन्‍ने हो? (होइन।) त्यसोभए त्यसले किन यी मानिसहरूलाई ठेगान लगाएर धपायो? (किनभने तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार व्यवहार गरेनन् र तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याए, जसले गर्दा परमेश्‍वरको घरको काममा गम्भीर क्षति भयो।) के मुख्य कारण यही थियो? (हो।) अरू के-कस्ता कारणहरू थिए? के निरन्तर झूट बोलेकोमा कसैलाई कहिल्यै धपाइएको छ? (छैन।) के कसैले कहिल्यै सत्यतालाई प्रेम नगरेको र सत्यताप्रति वितृष्ण भएका कारण उसलाई धपाइएको छ? के आफ्नो कर्तव्य पूरा गर्दा बफादार नभएकाले कसैलाई कहिल्यै धपाइएको छ? (छैन।) के तँलाई यी मानिसहरूलाई धपाइएको दुःखको कुरा हो भन्‍ने लाग्छ? के तिनीहरूमध्ये कसैलाई अन्याय गरिएको थियो? (थिएन।) तिनीहरूमध्ये कसैलाई पनि बिलकुलै अन्याय गरिएको थिएन। यी मानिसहरूले गरेका दुष्ट कार्यहरूका अनुसार त, तिनीहरू आत्मिक क्षेत्रमा जाँदा अठार पटक मर्न लायक हुन्छन्, र तिनीहरू सबैलाई दण्ड दिइनै पर्छ—मर्ने अनि त्यसपछि फेरि जीवित हुने, अनि फेरि दण्डित हुने, अनि फेरि मर्ने, अनि फेरि जीवित हुने, र फेरि दण्डित हुने, अनि फेरि मर्ने—तिनीहरू जम्मा अठार पटक मर्न लायक हुन्छन्। तिनीहरूले धेरै दुष्ट कार्यहरू र जघन्य पाप गरेका हुन्छन्! त्यसोभए यी मानिसहरूलाई किन ठेगान लगाएर निष्कासित गरियो? किनभने तिनीहरूलाई ठेगान लगाउनुको कुनै विकल्प थिएन—तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका थिएनन्, तिनीहरूले बाधा र अवरोधहरू ल्याइरहेका थिए, र तिनीहरूले कामकुरालाई अन्तर्ध्वंस गरिरहेका थिए! कतिपयले यी मानिसहरू झूट बोल्न मन पराउने भएकाले र तिनीहरूमा खराब मानवता भएकाले, वा तिनीहरू हैसियत र शक्तिका लागि प्रतिस्पर्धा गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार नहुने हुनाले तिनीहरूलाई तह लगाइएको हो भन्‍ने समेत सोच्छन्; अरू अन्योलमा परेका मानिसहरू तिनीहरूले सत्यतालाई प्रेम नगर्ने र सत्यता नपछ्याउने हुनाले यस्तो भएको हो भनेर भन्छन्। त्यसोभए, के तिमीहरू सत्यतालाई प्रेम गर्छौ? के नधपाइएका सबै मानिस सत्यतालाई प्रेम गर्छन् र सत्यता पछ्याउँछन्? (अहँ।) यीमध्ये कुनै पनि कुरा तथ्यहरू होइनन्। वास्तवमा, यी मानिसहरूलाई किन ठेगान लगाइयो र निष्कासित गरियो भने, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले बाधा र अवरोधहरू ल्याउने र विभिन्‍न कुरालाई अन्तर्ध्वंस गर्ने भूमिका खेलेका थिए, तिनीहरूले शैतान र दियाबलसहरू र ठूलो रातो अजिङ्गरले गर्न चाहेका तर गर्न नसकेका कुराहरू गरे, र तिनीहरूले परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूलाई गम्भीर रूपमा उल्लङ्घन गरे र परमेश्‍वरलाई गम्भीर रूपमा रिस उठाए। तिनीहरूलाई धपाउनुको कुनै विकल्‍प नभएकै कारण मात्रै तिनीहरूलाई धपाइएको हो। परमेश्‍वरको घर मानिसहरूप्रति प्रेमरहित र कठोर छ भन्‍ने होइन, र परमेश्‍वरले मानिसहरूलाई मौका दिनुहुन्‍न भन्‍ने होइन। बरु कुरा के हो भने, ती मानिसहरूले आफ्नो व्यवहारमा सबै हद पार गरे, बाधा र अवरोधहरू ल्याए, र तिनीहरूले मण्डलीको काममा ल्याएका क्षतिहरू अत्यन्तै ठूला थिए। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका थिएनन्, र तिनीहरूले श्रमसमेत गरिरहेका थिएनन्; तिनीहरूले बाधा र अवरोधहरू ल्याइरहेका थिए, र तिनीहरूले दुष्टता गरिरहेका थिए। परमेश्‍वरका चुनिएका कुनै पनि जनलाई मण्डलीमा यस्ता मानिसहरू भएको मन पर्दैन। यदि तैँले मण्डलीमा उपहासपूर्ण कुरा भनिस् वा झूट बोलिस् भने, यो तेरो व्यक्तिगत व्यवहार मात्रै हो, यति मात्रै हो कि तैँले सत्यतालाई प्रेम गर्दैनस् र सत्यता पछ्याउँदैनस्, र यसले बाधा वा अवरोध नल्याएसम्म, कसैले पनि तँलाई तह लगाउनेछैन; यदि कहिलेकाहीँ तँ आफ्नो कर्तव्य पूरा गर्दा अलिक झाराटारुवा हुन्छस्, तर प्रायजसो तँ प्रभावकारी हुन्छस् भने, तैँले बाधा वा अवरोध पैदा नगरेसम्म, परमेश्‍वरको घरले तँलाई मण्डलीमा बस्‍ने र कर्तव्य पूरा गर्ने मौका दिनेछ, र सिद्धान्तहरू अनुसार तँसँग व्यवहार गर्नेछ। तर, यी मानिसहरूले बाधा र अवरोधहरू ल्याए। तिनीहरूले लापरवाह रूपमा दुष्कर्म गरे, र तिनीहरूले हरेक हिसाबमा सिद्धान्तहरू उल्लङ्घन गरे, जसले गर्दा ठूलो खलबली मच्चियो; मण्डलीको कामका सबै पक्षहरूलाई अन्तर्ध्वंस गरियो, र धेरै दाजुभाइ-दिदीबहिनीहरूले पूरा गरेका कर्तव्यका फलहरू पूर्ण रूपमा खेर गए। तिनीहरूका बाधा र अवरोधहरूका परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्, र तिनलाई समाधान गर्न अनगिन्ती अन्य मानिसहरूलाई अनगिन्ती घण्टा लाग्छ, त्यसकारण यी मानिसहरूलाई धपाइनै पर्थ्यो! यसरी मात्रै दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न र राम्रा परिणामहरू हासिल गर्न सकून् भनेर तिनीहरूलाई रक्षा गर्न सम्भव थियो। यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई निकालेर मात्रै दाजुभाइ-दिदीबहिनीहरूका लागि काम गर्ने र जिउने उचित वातावरण सिर्जना गर्न सम्भव थियो। यदि यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू मण्डलीमै रहिरहे भने, तिनीहरू एक किसिमको आपत् मात्रै हुनेथिए, र तिनीहरू जहाँ गए पनि गन्हाउने र फोहोर वातावरण र अराजकता हुनेथियो। तिनीहरूले गरेको कुनै पनि कुराले श्रमको मापदण्डसमेत पूरा गर्दैनथियो। तिनीहरूले बाधा दिने, अन्तर्ध्वंस गर्ने, र भत्काउने काम मात्रै गर्थे। तिनीहरूले गर्ने सबै कुरा मण्डलीको काम र मण्डली जीवनमा बाधा र अवरोध ल्याउनका लागि थियो। के तिनीहरू शैतानका नोकर होइनन् र? के त्यस्ता मानिसहरू मण्डलीमा रहिरहन सक्छन्? तिनीहरू साधारण भ्रष्ट मानिस नभई शैतानका नोकर हुन्! यी मानिसहरूले के गरे? तिनीहरूले परमेश्‍वरका भेटीहरू उडाए र गैरविश्‍वासीहरूलाई निसर्त दिए—तिनीहरूले गैरविश्‍वासीहरूलाई अत्यन्तै उदारताका साथ पैसा दिन्थे, र उनीहरूले नमागे पनि जबरजस्ती उनीहरूलाई दिन्थे। जब तिनीहरूले गैरविश्‍वासीहरूलाई केही काम गर्न लगाउँथे र गैरविश्‍वासीहरूले सय डलरले पुग्छ भनेर भन्थे, तब तिनीहरूले तीन सय डलर दिन जिद्दी गर्थे, र जब गैरविश्‍वासीहरूले तीन सय डलर माग्थे, तब पाँच सय डलर तिर्न जिद्दी गर्थे, र गैरविश्‍वासीहरूलाई ज्याला तिरेपछि पनि थप बोनससमेत दिन्थे। जति भेटी खर्च गर्नुपर्ने भए पनि, तिनीहरूले यसबारे माथिलाई सोध्दैनथिए, बरु आफै निर्णय गर्थे। तिनीहरूले जुनसुकै काम गरे पनि, त्यसलाई परमेश्‍वरको घरका कामका बन्दोबस्तहरू अनुसार, वा परमेश्‍वरको घरले दिएका सिद्धान्तहरू अनुसार निर्वाह गर्दैनथिए, र अवश्य नै, तिनीहरूले त्यसलाई सत्यता सिद्धान्तहरू अनुसार पूरा गर्दैनथिए। तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दै नगरी आफ्नै चाहनाहरू पछ्याउँथे र आफूलाई जे मन लाग्यो त्यही गर्थे। तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नुभन्दा गैरविश्‍वासीहरूको रक्षा गर्थे, र तिनीहरूले जताततै परमेश्‍वरका भेटीहरू उडाउँथे। के त्यो तिनीहरूले कमाएको पैसा थियो? गैरविश्‍वासीहरूलाई बोनस र उपहार दिने कार्यमा तिनीहरूले पटक्‍कै कन्जुसी गर्थेनन्, र कसैलाई पनि तिनीहरूसँग असहमत हुने अनुमति हुन्थेन, र तिनीहरूसँग असहमत हुने जोकोहीलाई तिनीहरूले हप्काउँथे। के तँलाई यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरलाई पछ्याउने मानिसहरू हुन् भन्‍ने लाग्छ? तिनीहरू मैला हुन्, होइनन् र? के यस्ता मानिसहरूलाई निकाल्नुपर्छ? (पर्छ।) यी मानिसहरूले अरू के-कस्ता दुष्टता गरे? सुसमाचार प्रचार गर्दा तिनीहरूले परमेश्‍वरको घरलाई छल गर्नका लागि झूटा सङ्ख्याहरू रिपोर्ट गर्थे, र झूटा सङ्ख्याहरू रिपोर्ट नगर्ने जोकोहीलाई निर्दयी रूपमा कष्ट दिन्थे र दमन गर्थे। तिनीहरूले अरूलाई झूटा सङ्ख्याहरू रिपोर्ट गर्न बाध्य पार्थे, र तिनीहरूलाई त्यसो गर्ने बाहेक अरू कुनै विकल्प दिँदैनथिए। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? के तिनीहरू मानिसहरू त हुन्? यदि तँ तिनीहरूमा खराब मानवता भएको, तिनीहरूले सत्यतालाई प्रेम नगर्ने, र सत्यता नपछ्याउने मात्र हो भनेर भन्छस् भने, के यो अभिव्यक्ति सही हुन्छ? के यो बकवास हुँदैन र? (हुन्छ।) तिनीहरूले सत्यतालाई प्रेम नगर्ने र सत्यता नपछ्याउने मात्र होइन, तिनीहरूसँग सामान्य मानवतासमेत हुँदैन, सत्यतालाई प्रेम गर्ने र पछ्याउने कुरा त परै जाओस्—तिनीहरू त दियाबलस हुन्! अहिले तिमीहरूले यो कुरा स्पष्ट रूपमा देख्यौ, होइन र? (हो।) यी मानिसहरूको प्रकृति के हो? (दियाबलसहरूको प्रकृति।) तिनीहरूमा दियाबलसहरूको प्रकृति हुन्छ। निकालिएपछि, यी मानिसहरूले अवज्ञा गरे, र तिनीहरूलाई अन्यायमा परेको महसुस समेत भयो, र तिनीहरूले यसो भने, “म निर्दोष छु, मैले त्यसो गरेको छैनँ!” तथ्यहरू तिनीहरूको आँखाकै अगाडि हुन्थे, तर तिनीहरूले यसलाई स्वीकार गर्न मान्थेनन् र जिद्दी भएर आफ्नो बहानामा टाँसिइरहने कामसमेत गर्थे र तिनीहरू अन्त्यसम्मै अवज्ञाकारी नै रहन्थे; के यसले तिनीहरूलाई निकाल्नु सही थियो भन्‍ने प्रमाणित गर्दैन र? यदि यस्ता मानिसहरूलाई निकालिएन भने परिणामहरू के हुनेछन्? के तिनीहरूले पश्चात्ताप गर्नेछन्? तैँले तिनीहरूलाई कर्तव्य पूरा गरिरहने मौका दिइस् र तिनीहरूलाई काटछाँट मात्रै गरिस् भने पनि, के तिनीहरूले पश्चात्ताप गर्न र तिनीहरू सुधार हुन सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूले कुनै पनि हालतमा पश्चात्ताप गर्न सक्दैनन्। यो कस्तो प्रकृति सार हो? कस्तो प्रकारका मानिसहरूले पश्चात्ताप गर्न सक्दैनन्, र तथ्यहरूको सामना गर्दा पनि पश्चात्ताप गर्दैनन्? (दियाबलसहरूले।) दियाबलसहरू, शैतानको सार भएका मानिसहरू, दुष्ट आत्माहरू, र अशुद्ध आत्माहरूले पश्चात्ताप गर्नेछैनन्; तैँले सत्यतामा जसरी सङ्गति गरे पनि, तिनीहरूले पश्चात्ताप गर्नेछैनन्। तिनीहरूले आफ्नो दुष्कर्मका तथ्यहरूलाई समेत स्वीकार गर्दैनन्, त्यसकारण के तिनीहरूले सत्यतालाई स्वीकार गर्न र आफूलाई चिन्‍न सक्छन् त? तिनीहरूले अवश्य नै त्यसो गर्दैनन्! यदि तिनीहरूले आफ्नो दुष्कर्मका तथ्यहरू स्वीकार गर्न सक्थे भने, तिनीहरूले सत्यता स्वीकार गर्ने मौका पाउनेथिए, तर तिनीहरू तथ्यहरूसमेत स्वीकार गर्दैनन्, र आफ्ना कार्यहरूको प्रकृतिलाई मान्ने वा स्वीकार गर्ने गर्दैनन्—त्यस्ता मानिसहरू पश्चात्ताप गर्नै सक्दैनन्। तिनीहरू सदोमीहरू जस्तै हुन्—यदि तैँले सदोमीहरूलाई “यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, परमेश्‍वरले यो सहरलाई नष्ट गर्नुहुनेछ” भनेर भनेको भए, के तिनीहरूले त्यो कुरा स्वीकार गर्नेथिए? यी शब्दहरू सुनेपछि तिनीहरूको मनोवृत्ति कस्तो हुनेथियो? तिनीहरूले ती शब्द सुन्दै नसुनेको जस्तो व्यवहार गर्नेथिए र कुनै पश्चात्ताप नगरी आफ्नै अभिरुचिअनुसार काम गरिरहनेथिए, आफूलाई जे मन लाग्यो त्यही गर्नेथिए। त्यसकारण, तिनीहरूको अन्तिम परिणामस्वरूप, तिनीहरू नष्ट भए। मण्डलीमा बाधा र अवरोधहरू ल्याउने यी मानिसहरूका हकमा भन्दा, परमेश्‍वरले तिनीहरूलाई अवसरहरू दिनुभयो, तैपनि तिनीहरूले तिनलाई कदर गरेनन् वा पश्चात्ताप गरेनन्, र तिनीहरूले अन्त्यसम्मै परमेश्‍वरको विरोध गर्न अड्डी कसे। यी मानिसहरूसँग कुनै विवेक वा समझ हुँदैन—के तिनीहरू दयाको लायक हुन्छन्? (अहँ, हुँदैनन्।) के दया पाउन लायक नभएका यी मानिसहरूको बचाउ गर्ने कोही छ? के तिनीहरूले धेरै वर्ष कष्ट भोगेका र मूल्य चुकाएका छन्, र तिनीहरूले अत्यन्तै परिश्रम र अत्यन्तै लगनशीलताका साथ काम गरेका छन्, र तिनीहरूमध्ये कतिसँग निकै राम्रो क्षमता छ, र तिनीहरूसँग निकै कार्य सामर्थ्य र नेतृत्वको सीप छ, र तिनीहरूलाई निकालिएकोमा पछुतो लागेको छ भन्‍ने महसुस गर्दै तिनीहरूको प्रशंसा गर्ने कोही छ? के यो दुःखको कुरा हो? (अहँ, होइन।) यो दुःखको कुरा होइन, जसको अर्थ तिनीहरूलाई धपाउनु सही कुरा थियो। यी मानिसहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू कुन मार्गमा हिँडिरहेका छन् भन्‍ने कुरा नियालेर हेर्ने काम मात्रै गर। यदि मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा बाधा वा अवरोधहरू समेत ल्याउँछन् भने, तिनीहरू मानवजातिको मैला हुन्! सृजित प्राणीले आफ्नो कर्तव्य पूरा गर्नु सही कुरा हो, र त्यो कर्तव्य जेसुकै भए पनि, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ। यदि तिनीहरूको कर्तव्य निर्वाहन मानक अनुरूप हुँदैन भने पनि, तिनीहरूले कम्तीमा पनि बाधा र अवरोधहरू पैदा गर्नु हुँदैन! बाधा र अवरोधहरू पैदा गर्नु भनेको शैतानले गर्ने कुरा हो; यो भ्रष्ट मानिसहरूले गर्ने कुरा हुनु हुँदैन। भ्रष्ट मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको छ र तिनीहरू परमेश्‍वरको विरोध नगरी बस्नै सक्दैनन्; तर, सामान्य मानवता, विवेक, र समझ भएका मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा जानीजानी बाधा र अवरोधहरू पैदा गर्दैनन्। किनभने तिनीहरूको विवेक र समझले तिनीहरूलाई रोक्छ, त्यसकारण तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्‍वरको घरको काममा बाधा, अवरोध पुर्‍याउँदैनन्, वा त्यसलाई अन्तर्ध्वंस गर्दैनन्। व्यक्तिले मानक अनुरूप आफ्नो कर्तव्य पूरा गर्न नसके पनि, यसलाई औसत मानक अनुसार पूरा गर्नु स्वीकार्य हुन्छ, र यसले कम्तीमा पनि विवेक र समझको मानक पूरा गर्छ। तर, यी मानिसहरूले यो मानकसमेत पूरा गर्न सक्दैनन्, त्यसकारण अन्तमा तिनीहरू यस विन्दुमा मात्रै पुग्‍न सक्छन्—तिनीहरूले गरेका धेरै दुष्ट कार्यहरूका कारण तिनीहरूलाई परमेश्‍वरको घरबाट निकालिन्छ वा निष्कासित गरिन्छ। यी मानवजातिका मैला हुन्!