सत्यता कसरी पछ्याउने (१४) भाग चार
वास्तविक जीवनमा, मानिसहरूले प्रायजसो केही कामुक र छाडा व्यक्तिहरू भेट्छन्। हामीले आज यी वचनहरूबारे सङ्गति गरेपछि, तिमीहरूले यस्ता व्यक्तिहरूका बारेमा सुझबुझ प्राप्त गरेका हुनाले र तिनीहरू सामान्य मानिसहरू होइनन् बरु दियाबलसहरू हुन् भन्ने थाहा पाएका हुनाले, जब तिनीहरूले तँलाई फकाउने प्रयास गर्छन्, तब तैँले तिनीहरूलाई दृढ रूपमा इन्कार गर्न सक्छस्। तिनीहरूलाई अप्रत्यक्ष रूपमा र भद्र रूपमा इन्कार नगर्, वा तिनीहरूलाई इन्कार गर्न अत्यन्तै लाज मान्ने, वा त्यस्ता मानिसहरूको डर समेत मान्ने नगर्। अवश्य नै, यदि तँलाई ऊ दियाबलस हो कि होइन भन्ने वास्ता छैन, र तँ “म तीस-चालीस वर्षको भइसकेँ र मैले अझै विवाह अनुभव गरेको छैनँ; यदि कसैलाई साँच्चै नै मप्रतिको यस्तो खाँचो छ भने, म खुसीसाथ स्वीकार गर्नेछु” भनेर भन्छस् भने, परिणामहरू के हुन सक्छन् भनी वा मनोवैज्ञानिक घाउहरू के हुनेछन् भनी तँलाई वास्ता नभएकोले, म थप केही भन्नेछैनँ। विपरीत लिङ्गीसँगको फकाइका विरुद्धमा कुनै सतर्कता वा सावधानी नभएका केही मूर्ख मानिसहरूले प्रलोभनको सामना गर्नु पर्दा, तिनीहरूले कुन सही मनोवृत्ति अपनाउनुपर्छ भन्ने कुरा थाहा दिनु नै मैले यो कुरा भन्नुको उद्देश्य हो। यदि तँलाई कुनै व्यक्ति कामुक र छाडा छ भन्ने कुराको वास्ता छैन, ऊ दियाबलस हो भन्ने कुराको वास्ता छैन, र उसलाई तँ मन परेकोले मात्रै पनि तँलाई निकै सम्मान महसुस हुन्छ भने—यो गैरविश्वासीहरूको भनाइ जस्तै हो: “पुरुषले उसलाई बुझ्ने व्यक्तिका लागि आफ्नो ज्यान दिन्छ, जबकि स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे”—अनि तँ सोच्छस्, “स्त्रीका रूपमा, यदि कसैले मलाई साँच्चै नै मन पराउँछ भने, यसले मेरो रूप स्वीकार्य छ भन्ने देखाउँछ, त्यसकारण मैले अत्यन्तै सम्मान महसुस गर्नुपर्छ। त्यसोभए ऊ साहसको साथ मकहाँ आओस्; म यसलाई स्वागत गर्छु, र म उसलाई दुवै हात खोलेर अङ्गाल्नेछु”—यो मनोवृत्ति कस्तो हो? मलाई भन, के “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइ स्त्रीहरूप्रति सम्मानजनक छ? (छैन।) पुरुषले आफूलाई बुझ्नेहरूका लागि आफ्नो ज्यान बलिदान गर्नु नै पर्छ, र स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउनु नै पर्छ—के यो भनाइ सही छ? (छैन।) महिलाहरू किन यति नीच हुन्छन्? पुरुषहरू पनि नीच नै हुन्छन्। त्यसकारण पुरुषहरूले अरूका लागि आफ्नो ज्यान दिनैपर्छ। जो तेरो विश्वासपात्र हुन्छ ऊ नै तेरो मालिक हुन्छ, जसका लागि तैँले आफ्नो ज्यान बलिदान गर्नुपर्छ—तेरो जीवन किन यति मूल्यहीन छ? के तेरो जीवन तेरो आफ्नो नभई अरूको हुन सक्छ? परमेश्वरले मानव जीवनलाई सबैभन्दा बढी महत्त्व दिनुहुन्छ, किनभने यो जीवन, यो सास परमेश्वरले दिनुभएको हो; यो सृजित देहले चल्न र जीवित प्राणी बन्न सक्नका लागि आवश्यक आधारभूत सर्त हो। यदि तैँले आफ्नो जीवनलाई बहुमूल्य ठान्दैनस्, तर लापरवाह रूपमा यो अरूलाई सुम्पन्छस् र तिनीहरूका लागि यसलाई बलिदान गर्छस् भने, यसले के देखाउँछ? के यसले तँ नीच छस् भन्ने देखाउँदैन र? (हो।) यसले तेरो जीवनको कुनै मूल्य छैन भन्ने देखाउँछ। तैँले आफ्नो जीवनलाई बहुमूल्य मान्दैनस्, तैँले आफ्नो जीवनलाई सबैभन्दा अर्थपूर्ण र बहुमूल्य कुराहरू गर्नका लागि प्रयोग गर्दैनस्, तर तँलाई बुझ्ने जोकोहीका लागि तँ त्यत्तिकै मर्न सक्छस्। यसले तेरो जीवन अत्यन्तै सस्तो छ भन्ने देखाउँछ; यो कुकुर, बिरालो, वा कुखुराको जीवन जस्तै कुहिएको, मूल्यहीन जीवन मात्रै हो। त्यसोभए, के “पुरुषले उसलाई बुझ्ने व्यक्तिका लागि आफ्नो ज्यान दिन्छ” भन्ने भनाइ सही छ? (छैन।) यो भनाइले मानिसहरूलाई अपमानित गर्छ, मानिसहरूलाई अनादर गर्छ; यो जीवनलाई बहुमूल्य नठान्ने भनाइ हो। अरूका लागि सजिलै मर्नु—के मानव जीवन सजिलै आउँछ? जीवन सजिलै आउँदैन; व्यक्ति यति सजिलै मर्नु हुँदैन। त्यसकारण, “पुरुषले उसलाई बुझ्ने व्यक्तिका लागि आफ्नो ज्यान दिन्छ” भन्ने भनाइ गलत र अस्वीकार्य छ। त्यसोभए के “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइ सही छ? (यो पनि सही छैन।) यो कुन हिसाबमा गलत छ? के तिमीहरूलाई कुनै बेला यो भनाइ साँच्चै मन पर्थ्यो, तिमीहरूले यसलाई साँच्चै अनुमोदन गर्थ्यौ, र यसलाई सत्यता, आदर्श वाक्यका रूपमा समेत लिएका थियौ? के तँलाई प्रशंसा गर्ने कोही व्यक्ति कहिल्यै आएको छ? यदि तँलाई प्रशंसा गर्ने व्यक्ति तँलाई मन पर्ने व्यक्ति थियो भने, के तँलाई सम्मान महसुस भयो? (ठ्याक्कै सम्मान महसुस त भएन, सायद भित्री रूपमा खुसी चाहिँ भयो।) त्यसोभए त्यो सम्मानको अनुभूति हुनुभन्दा त्यति टाढाको कुरा होइन। के यो खुसी असल कुरा हो? (होइन।) किन होइन? (स्त्रीले पुरुषको कदर र स्नेहका लागि आफूलाई सजाउनु, ऊ पुरुषहरूका लागि मात्रै जिउनु, यसमा आफ्ना सबै विचारहरू लगाउनु—मलाई यसरी जिउनु निकै नीच हो जस्तो लाग्छ।) के योभन्दा फरक विचार छन्? “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइले नै महिलालाई पुरुषभन्दा असमान स्थानमा राख्छ। महिलाहरूले पुरुषहरूलाई खुसी पार्न आफूलाई सुन्दर बनाउनुपर्छ, पुरुषहरूको खुसीका खातिर जिउनुपर्छ, र कसैले उनीहरूलाई मन पराउँदा र प्रशंसा गर्दा सम्मानित महसुस गर्नुपर्छ भनेर यसले तोक्छ। यो असमानता हो; यो आफैमा नै महिलाको न्यून हैसियतको साँचो प्रतिबिम्ब हो। “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइको तात्पर्य के हो भने चाहे महिलालाई आफ्नो सुन्दर रूपका कारण अरूले मन पराऊन्, वा सुन्दर देखिनका लागि आफूलाई कसरी सजाउने भन्ने थाहा पाएका कारण उसले पुरुषहरूको स्नेह आकर्षित गरोस्, उसलाई यसको कारण खुसी र गौरवान्वित महसुस हुनुपर्छ। यो आफैमा पनि महिलाहरूलाई गिराउनु हो। यो भनाइले महिलाहरूलाई तिनीहरूको अस्तित्वको मूल्य, तिनीहरूको खुसीको स्रोत भनेको तिनीहरूलाई मन पराउने कुनै व्यक्ति हुनु हो, र यदि त्यस्तो व्यक्ति छैन भने, तिनीहरूलाई अभागी र व्याकुलता महसुस हुनुपर्छ, र कसैले पनि तिनीहरूलाई किन मन पराउँदैन, अनि महिलाका रूपमा, तिनीहरूले व्यर्थको र असफल जीवन जिइरहेका छन् कि छैनन् भन्ने बारेमा चिन्तन गर्नुपर्छ भनेर भन्छ। त्यसोभए, के “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइ महिलालाई अपमान गर्नु होइन र? (हो।) “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने वाक्यांशमा, के प्रशंसकले प्रायजसो पुरुषलाई जनाउँदैन र? यो भनाइले नै पनि पुरुषलाई मालिकको स्थानमा, महिलाभन्दा माथि राख्छ। यसको अर्थ महिलालाई पुरुषले—मालिकले—मन पराउँछ र कदर गर्छ भने, उसले त्यस कुराप्रति सम्मान महसुस गर्नुपर्छ। यदि कुनै पुरुषले—मालिकले—उसलाई मन पराउँदैन भने, उसमा केही गलत छ, ऊ प्रेम गर्न लायक छैन, ऊ जीवनमा असफल छे, र ऊ महिला बन्न योग्य छैन। हेर् त, यसले पुरुषहरूको हैसियतलाई थाहा नपाउने तरिकामा उचाल्छ, जसले तिनीहरूलाई स्त्रीहरूको घाँटीमा टेक्ने र तिनीहरूमाथि हावी हुने तुल्याउँछ। “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइको त्रुटि यहीँ छ। यसको साथै, के पुरुषहरूले महिलालाई तिनीहरूको रूप र श्रृङ्गारका लागि मात्रै मन पराउँछन्? कि महिलाहरू कोमल, सद्गुणी, इज्जतदार, र शालीन छन् भन्ने देखेर मात्रै तिनीहरू उनीहरूलाई मन पराउँछन्? के पुरुषहरूले आफ्नो आँखालाई प्रसन्न पार्नका लागि मात्रै महिलाहरूलाई मन पराउँछन्? (अहँ, यो देहको यौन कामना सन्तुष्ट पार्नका लागि हो।) त्यसोभए महिलाहरूले पुरुषहरूलाई प्रसन्न पार्न र खुसी पार्न प्रयास गर्नुको उद्देश्य के हो त? (यो पनि देहको यौन कामनामा लिप्त हुनका लागि नै हो।) अर्थात्, पुरुष र महिला दुवैलाई एक-अर्काको खाँचो हुन्छ, र यीमध्ये सबैभन्दा आधारभूत खाँचो भनेको देहको यौन कामना हो। महिलाप्रतिको पुरुषको खाँचो उनको रूप मन पराउनुसँग मात्रै सम्बन्धित हुँदैन, तर, यसका आधारमा, उसलाई शारीरिक रूपमा प्राप्त गर्नु—अझै स्पष्ट रूपमा भन्दा, आफ्नो यौन कामना सन्तुष्ट पार्न उनको शरीर प्राप्त गर्नु हो। त्यसकारण, “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइको पछाडि रहेको उद्देश्य वास्तवमा पुरुषको यौन कामना सन्तुष्ट पार्नु हो। यसका लागि महिलाहरूले आफ्नो रूप र श्रृङ्गार पुरुषका लागि मन पर्दो बनाउने मात्र होइन, तर पुरुषको यौन कामना सन्तुष्ट पार्ने कार्य पनि आवश्यक हुन्छ। के त्यो जीवन जिउने अत्यन्तै नीच तरिका होइन र? यदि महिलाहरूले अझै पनि यो भनाइ सही छ, यो तिनीहरूले हासिल गर्नुपर्ने र पालना गर्नुपर्ने कुरा हो भन्ने सोच्छन् भने, तिनीहरूले आफैलाई अपमानित गरिरहेका हुन्छन्। पुरुषहरूमा महिलाहरूप्रतिको यौन आवश्यकताहरू हुन्छन् र तिनीहरू उनीहरूका शरीरसँग खेल्न चाहन्छन्; यदि महिलाहरूले यसलाई घृणित र घृणास्पद ठान्नुको सट्टा, अझै पनि आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान, सर्वोच्च सम्मान हो भन्ने महसुस गर्दै आफ्ना प्रशंसकहरूका लागि आफूलाई सुन्दर बनाउँछन् भने, के तिनीहरूले आफैलाई अपमानित गरिरहेका हुँदैनन् र? (हुन्छन्।) यो त महिलाहरूलाई तिनीहरूको अधिकारबाट पूर्ण रूपमा वञ्चित गर्नु हो। यसले महिलाहरूलाई अस्तित्वमा रहने तिनीहरूको अधिकार, इज्जत, र मानव अधिकारहरूबाट वञ्चित गर्ने मात्र होइन, तर यसले तिनीहरूलाई यो सबैभन्दा ठूलो सम्मान हो भन्ने सोच्न पनि लगाउँछ। के यो क्रूरता होइन र? यो अत्यन्तै क्रूर कार्य हो! कुनै स्वायत्तता र कुनै मानव अधिकार नहुने बाहेक, महिलाको खुसी, हर्ष, र प्रसन्नता पुरुषहरूलाई खुसी पार्ने र तिनीहरूलाई पूर्ण रूपमा सन्तुष्ट पार्ने आधारमा मात्रै हासिल गर्न सकिन्छ। महिलाहरूले जस्तोसुकै अमानवीय व्यवहार भोगे पनि, तिनीहरूबाट अझै पनि यसप्रति गर्व गर्नुपर्ने माग गरिन्छ। के यो महिलालाई दुर्व्यवहार गर्नु र बरबाद गर्नु होइन र? चाहे तिनीहरू आधुनिक महिलाहरू हुन् वा प्राचीन महिलाहरू हुन्, तिनीहरू सबैले “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइलाई आफ्नो आदर्श वाक्य, आफ्नो जीवनको उद्देश्यका रूपमा लिन्छन्। के यो पूर्ण रूपमा गलत कुरा होइन र? के यो मानिसहरूलाई दुर्व्यवहार गर्न र बहकाउनका लागि शैतानले प्रयोग गर्ने चलाकी होइन र? (हो।) यदि तँ महिला होस्, र पुरुषले तँलाई मन पराउँछ, उसको हृदय तँप्रति दुष्ट वासनाले भरिएको छ भने, तँलाई त्यो थाहा भयो भने तँलाई घिन लाग्नेथियो कि अत्यन्तै सम्मानित महसुस हुनेथियो? (घिन लाग्नेथियो।) जब उसले तेरा बारेमा सोच्छ, तब उसले तेरो शरीर, र तेरो रूपबारे मात्रै सोच्छ, साथै आफ्नो यौन कामना पनि निकास गर्छ। उसले तँलाई जति धेरै मन पराउँछ, ऊ तँप्रति त्यति नै यौन कामनाले भरिन्छ; तेरो कुरा आउँदा, उसमा उत्तेजित हुने भनेको पूर्ण रूपमा वासनाका विचारहरू हुन्। उसले तँलाई आफ्नो हातमा लिनका लागि सके जति सबै माध्यमहरू समेत प्रयोग गर्छ, ताकि उसले तेरो शरीरको आनन्द लिन, आफ्नो यौन कामना पूर्ण रूपमा सन्तुष्ट पार्न, र आफ्नो यौन कामना पोख्न सकोस्। यदि तँलाई ऊसँग तेरोबारे त्यस्ता अभिप्रायहरू छन् भन्ने थाहा भएमा, के तैँले अझै पनि “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइ सही छ भन्ने सोच्नेथिइस्? के तँलाई अझै पनि कसैले मन पराउनु र कदर गर्नु सम्मानको कुरा हो भन्ने लाग्नेथियो? (लाग्नेथिएन।) यदि तँ लाजको बोध भएको, र इज्जत भएको महिला होस् भने, तँलाई यो भनाइसँग घिन लाग्नुपर्छ, र तैँले त्यस्ता मानिसहरूले तँलाई मन पराउँदा घृणा मान्नुपर्छ र इन्कार गर्नुपर्छ। यसरी जिउँदा मात्रै तँसँग इज्जत हुन्छ। तँलाई साँचो रूपमा रुचाउने र कदर गर्ने व्यक्तिले तेरो चरित्रको गुणस्तर, तेरो पछ्याइको कारण, तैँले सत्यता बुझेकोले, र उसले तँबाट केही ज्ञानवर्धक कुरा प्राप्त गर्न र तँबाट सहयोग प्राप्त गर्न पनि चाहने हुनाले त्यसो गर्छ—उसले आफ्नो यौन कामनामा लिप्त हुन र त्यसलाई सन्तुष्ट पार्न तेरो शरीर हेरेर रमाउन चाहने हुनाले होइन। यदि कसैले तेरो चरित्र जस्तोसुकै भए पनि वा तैँले सत्यता पछ्याए वा नपछ्याए पनि, तँलाई रुचाउँछ, र केवल तेरो रूप र शारीरिक बनावट मनमोहक देखिने भएकोले र यसले उसको यौन कामनालाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्ने भएकोले त्यसो गर्छ, र तैपनि तँलाई यसबारे कुनै विकर्षण वा तिरस्कार महसुस हुँदैन, बरु उसले तँलाई मन पराउँछ भन्ने लाग्छ भने—विशेष गरी, उसले शारीरिक रूपमा तँलाई छेडछाड गरेको हुनाले, तँलाई उसले मन पराएको छ भन्ने अझै बढी महसुस हुन्छ भने—अनि तँलाई यसबाट सम्मानित समेत महसुस हुन्छ भने, तैँले आफूलाई अपमानित गरिरहेको हुन्छस्। यदि तेरो शरीरप्रति जोसुकैसँग कुनै खराब नियत वा दुष्ट अभिप्राय भए पनि, तँलाई वास्ता हुँदैन, र उसले तँलाई मन पराएसम्म, तैँले यसलाई आफ्नो विशेष सम्मान ठान्छस् र यसद्वारा सम्मानित महसुस गर्छस् भने, तँ चरित्र र गरिमा भएको व्यक्ति होइनस्, न त तँ असल महिला नै होस्। मानौँ कसैसँग तँप्रति यौनिक चाहना छ र तँ आफूलाई बुझ्ने व्यक्ति भेटिएको, र यौन चाहना पोख्ने अवसर पनि भेटिएको महसुस गर्छस्; एउटा हातले ताली बज्दैन, र तिमीहरू दुई जना अनैतिक सम्बन्ध गाँस्छौ किनभने तिमीहरू एउटै ड्याङका मुला हौ। त्यस अवस्थामा, तँ कुनै निष्ठा र इज्जत नभएको, मन पराउन अयोग्य व्यक्ति होस्; तँ कामुक र छाडा मानिसहरूकै वर्गमा पर्छस्। यदि तँ साँच्चै नै गरिमा भएको महिला होस् भने, त्यस्ता कामुक र छाडा मानिसहरूले तँलाई मन पराउँदा तँलाई घृणा, विकर्षण, र घिन लाग्नुपर्छ। अवश्य नै, यदि कसैले तँलाई साँचो रूपमा तेरो मानवता, तेरा पछ्याइहरू, वा तँसँग निश्चित सबल पक्ष भएकोले मन पराउँछ भने, त्यो पनि सम्मानित महसुस गर्न लायक कुरा होइन। मानिसहरूले “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भनेर भन्नुको उद्देश्य पुरुषले महिलालाई कदर गर्नु जत्तिको सरल कुरा पक्कै पनि होइन। यसले पुरुषहरूलाई महिलाभन्दा माथि अवश्य नै राख्छ। अझै सही रूपमा भन्दा, यो भनाइ पुरुष श्रेष्ठ छन् र महिला निकृष्ट छन् भन्ने मान्यताबाट आएको थियो। यसका साथै, वास्तविकता के हो भने कुनै पनि सामाजिक प्रणालीमा महिलाहरू कमजोर समूह हुन्, जसलाई पुरुषहरूको उपाङ्ग र खेलौनाका रूपमा लिइन्छ। त्यसकारण, “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइ सबै महिलाहरूका लागि पूर्ण रूपमा लाजमर्दो कुरा हो। यदि महिलाहरूले यो भनाइलाई विशेष रूपमा अनुमोदन गरे भने, यो महिलाहरूका लागि दुःखको कुरा हो, र यसलाई अनुमोदन गर्ने सबै महिलाहरूप्रति व्यक्तिलाई घृणा हुनुपर्छ। त्यसोभए के पुरुषहरूले “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने दृष्टिकोणलाई अनुमोदन गर्नुपर्छ? (गर्नु हुँदैन।) यदि कुनै पुरुषले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाइरहेकी महिला देख्यो भने, के उसलाई त्यस्तो महिला अत्यन्तै अपमानजनक तरिकाले जिइरहेकी छे भन्ने लाग्दैन र, के उसले पनि त्यस्तो महिलालाई हेयको दृष्टिले हेर्नेछैन र? (हेर्नेछ।)
“स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइ सही छ कि छैन भन्ने कुरा के अब तिमीहरूले स्पष्ट रूपमा देख्यौ? (यो गलत छ।) यो भनाइ सकारात्मक कुरा होइन, न त यो सही विचार वा दृष्टिकोण नै हो। बाइबल र परमेश्वरले व्यक्त गर्नुभएका वचनहरूमा हेर त—के महिलाहरूलाई तिनीहरूले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउनुपर्छ भन्ने कुनै वाक्य छ? के पुरुष र महिलाको हैसियतलाई स्तरमा विभाजित गर्ने, पुरुष महिलाभन्दा माथि छ भन्ने कुनै वाक्य छ? अहँ, छैन। बाइबलमा उत्पत्तिको पुस्तकमा के लेखिएको छ भने महिला पुरुषको हाडको हाड र मासुको मासु हो। पुरुष र महिला दुवै परमेश्वरद्वारा सृजित मानव हुन्; तिनीहरू परमेश्वरको अघि समान हुन्छन्, र तिनीहरूमा कुनै स्तर विभाजन हुँदैन, श्रेष्ठ र निकृष्टका बीचमा कुनै भिन्नता हुँदैन। मानिसहरूलाई श्रेष्ठ र निकृष्ट स्तरमा विभाजन गर्नु र हैसियतका स्तरहरू छुट्याउनु त शैतानले गर्ने कुरा हो; यो शैतानले महिलाहरूलाई गर्ने दमन र सतावटको वास्तविक प्रमाण हो। परमेश्वरले सुरुमा मानवजातिलाई सृष्टि गर्नुभएको समयदेखि नै, परमेश्वरका नजरमा पुरुष र महिला समान छन्। तिनीहरू दुवै सृजित प्राणीहरू र परमेश्वरको मुक्तिका पात्रहरू हुन्। परमेश्वरले कहिल्यै पुरुष श्रेष्ठ छन् र महिला निकृष्ट छन् भनेर भन्नुभएको छैन, न त उहाँले पुरुष महिलाको शिर वा मालिक हुनुपर्छ, पुरुष महिलाभन्दा माथि हुनुपर्छ, कुनै पनि काममा पुरुषले महिलामाथि अग्रता जमाउनुपर्छ, वा पुरुषहरूका आफ्नै राय हुन्छन् र तिनीहरू आधारस्तम्भ हुन् जबकि महिलाहरूले अझै बढी पुरुषको कुरा सुन्नुपर्छ भनेर नै भन्नुभएको छ। परमेश्वरले कहिले पनि त्यस्ता कुराहरू भन्नुभएको छैन। शैतानले भ्रष्ट तुल्याएका कारण मात्रै मानिसहरूका बीचमा पुरुष श्रेष्ठ छन् र महिला निकृष्ट छन् भन्ने भनाइहरू पैदा भए, र त्यसपछि यो प्रचलन समाज र सम्पूर्ण मानवजातिमा देखा पऱ्यो, जसले गर्दा पुरुषको अख्तियारमुनि महिलाहरूलाई निरन्तर दमन गरियो। सत्यता बुझाइको कमीका कारण, शैतानका सबै किसिमका दुष्ट प्रचलनहरूको प्रभावमा परेपछि र बहकाउमा परेपछि, महिलाहरूलाई तिनीहरू पुरुषपछि दोस्रो स्थानमा आउँछन् वा पुरुषभन्दा न्यून हैसियतका छन् भन्ने लाग्छ। त्यसकारण, आजको दिनसम्म, धेरै महिलाहरू अझै पनि “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइ सही छ भन्ने विश्वास गर्छन्। यो अत्यन्तै दुःखको कुरा हो। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरू अझै पनि विभिन्न निश्चित मामलाहरूमा शैतानका विभिन्न विचार र दृष्टिकोणहरूद्वारा बहकाउमा र नियन्त्रणमा पर्छन्। यो सानो मामला पनि अत्यन्तै उदाहरणात्मक छ, होइन र? (हो।) महिलाहरूले स्वेच्छाले आफूलाई नीच तुल्याउनुको कारण के हो? समग्र सामाजिक वातावरणले नै महिलाहरूलाई पुरुषहरू सरह समान हैसियत प्राप्त गर्न नसक्ने तुल्याउँछ, र पुरुषहरूलाई प्राथमिकता दिनुपर्ने र तिनीहरूका लागि अनुकूल अवस्थाहरू सिर्जना गर्नुपर्ने, र पुरुषहरूलाई सन्तुष्ट पार्न धेरै त्यागहरू गर्नैपर्ने र ठूलो मूल्य चुकाउनैपर्ने तुल्याउँछ। यसको कारण समाज, शैतानले अगुवाइ गर्ने विभिन्न दुष्ट प्रचलनहरू हुन्। त्यसकारण अहिले, यस विषयमा सत्यता बुझेपछि, के “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्ने भनाइबारे एउटा निश्चित निष्कर्ष आएको छैन र? (हो।) यो भनाइ त्रुटिपूर्ण र बेतुके छ, अनि यो सत्यता अनुरूप छैन, होइन र? (हो।) वास्तविक परिस्थिति सुनेपछि, के महिलाहरूलाई यतिका वर्ष तिनीहरूले निकै पीडित र दमनपूर्ण जीवन जिएका रहेछन् भन्ने लाग्दैन र? त्यसोभए के महिलाहरूले अझै पनि आफ्ना प्रशंसकहरूका लागि आफूलाई सुन्दर बनाउनुपर्छ? (पर्दैन।) सृजित मानवजातिका सदस्यहरूका रूपमा, महिलाहरू लिङ्ग र शारीरिक बनावटका हिसाबमा मात्रै पुरुषहरूभन्दा फरक हुन्छन्; अरू पक्षहरूमा, कुनै पनि भिन्नताहरू पटक्कै हुँदैनन्। परमेश्वरका नजरमा, पुरुष र महिलाका हैसियतमा कुनै पनि भिन्नता हुँदैन। परमेश्वरले कुनै पनि परिस्थितिमा, महिलाहरूबाट गरिने मागहरू, पुरुषहरूबाट गरिने मागहरू भन्दा भिन्न कहिल्यै बनाउनुभएको छैन। परमेश्वरले चुन्नुहुने मानिसहरूको सङ्ख्या, मुक्तिको आशा, कर्तव्य पूरा गर्ने तिनीहरूका अवसर, तिनीहरूले पूरा गर्न सक्ने कर्तव्य, र तिनीहरूले निर्वाह गर्न सक्ने काम जस्ता पक्षहरूमा, महिलाहरू आधारभूत रूपमा पुरुषहरूसरह हुन्छन्; महिलाहरू पुरुषहरूभन्दा कम हुँदैनन्। वास्तविक परिस्थिति यही हो।
यसअघि हामीले दियाबलसहरूको प्रकृति सार भएका ती दुष्ट मानिसहरूको कामुकता, छाडापन, र उत्तेजकताका प्रकटीकरणहरूका बारेमा, साथै रोमान्टिक सम्बन्धहरूमा प्रवेश गर्ने वा जीवनसाथी खोज्ने सम्बन्धमा व्यक्तिले दुष्ट मानिसहरूको सामना गरेमा, तिनीहरूसँग कसरी व्यवहार गर्ने भन्ने बारेमा कुरा गरेका थियौँ। के तिमीहरू एक पटक रोमान्स अनुभव गर्न, एक पटक बेफिक्र व्यवहार गर्न, र आफूलाई एक पटक लिप्त गर्न यस्तो व्यक्ति भेट्ने आशा गर्छौ? (गर्दैनौँ।) त्यसोभए के तिमीहरू आफ्नो सपनाको प्रेमी, आफ्नो प्रारब्धको सङ्गी, आफ्नो सुकुमार वा सुकुमारीलाई भेट्ने आशा गर्छौ? (गर्दैनौँ।) तैँले त्यसको आशा गरे पनि वा नगरे पनि फरक पर्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले प्रकृति सार दुष्ट भएका यी कामुक, छाडा, र उत्तेजक मानिसहरूलाई खुट्ट्याउनैपर्छ, र तँ तिनीहरूबाट टाढा बस्नुपर्छ। गैरविश्वासीहरूको शब्दमा भन्दा, यीमध्ये धेरैजसो मानिस अनुभवी खेलाडी हुन्, जो ठाँटिला र रोमान्टिक हुन्छन्। धेरैजसो वयस्कहरूले यस्ता व्यक्तिहरूलाई भेट्दा तिनीहरूलाई चिन्न सक्नुपर्छ; सायद एक-दुई पटक अन्तरक्रिया गरेपछि, धेरैजसो वयस्कहरूले तिनीहरू यस्तै प्रकारका व्यक्ति हुन् भन्ने थाहा पाउनेछन्। यस्तो प्रकारको व्यक्तिले अरूलाई जिस्काउँदा कुनै भेदभाव गर्दैन; तँ चाहे जति उमेरको भए पनि, तँ अलिक सुन्दर भएसम्म, उसले तँलाई जिस्काउन सक्छ, जसले गर्दा तँलाई के भइरहेको छ भन्ने अलिकति पनि थाहै नभई तँ उसको पासोमा पर्न सक्छस्। तिनीहरू तँसँग सधैँ कोमल, नरम शब्दहरू बोल्छन्, र तँलाई वास्ता, हेरचाह, र ख्याल देखाउँछन्। तिनीहरू तँसँग आँखा जुधाउने मौकाहरू खोज्छन्, तँलाई चिया वा पानी खुवाउँछन्, र कहिलेकाहीँ तँलाई स-साना उपहार, चकलेट, आदि-इत्यादि किनेर समेत दिन्छन्। जब तँ पूर्ण रूपमा असतर्क हुन्छस्, तब तिनीहरू तेरा प्रतिरक्षाका घेराहरू तोडेर तेरो हृदयमा प्रवेश गर्छन्। अनजानमै, तैँले तिनीहरूबारे सोच्नु मात्र पर्छ र तँलाई भित्र काउकुती लागेको अनुभूति हुन्छ; यदि तैँले तिनीहरूलाई केही दिनसम्म देखिनस् भने, तँलाई केही कुरा हराइरहेको जस्तो लाग्छ, र तँ सोच्छस्, “मेरो वरिपरिको कसैले पनि तिनीहरूले जस्तो मेरो परवाह गर्दैन। मलाई त म ऊसँग प्रेममा परेको छु जस्तो लाग्छ। के ऊ पनि मसँग प्रेममा परेको हो?” यो कस्तो प्रकारको स्थिति हो? (प्रलोभनमा पर्नु।) कतिपय अनुभवी खेलाडीहरू अरूलाई छोडिदिएर आफूतिर तान्न सिपालु हुन्छन्; केही समयसम्म तेरो परवाह गरेपछि र तेरो भोक बढाएपछि, तिनीहरू तँसँगको सम्पर्क पूर्णतः तोड्छन्, र तँलाई आफै तिनीहरूको पासोमा पर्ने तुल्याउँछन्। जब तैँले तँ तिनीहरूको प्रेममा परेको छस् र तँ तिनीहरूविना बाँच्न सक्दैनस् भन्ने महसुस गर्छस्, तब तँ प्रेमको पासोमा परेको हुन्छस्, र तँलाई मोहनी लागेको हुन्छ। मोहनी लागेपछि, तँ पूर्ण रूपमा तिनीहरूको कब्जामा हुन्छस्। मानिसहरू पर्ने यो प्रेमको पासो के हो? यो पारिवारिक स्नेह, मित्रता, वा मानिसहरूका बीचमा हुने वास्ता र प्रेम होइन, बरु यो त यौन कामनाको जाल हो। यौन कामनाको पासोमा परेपछि, तैँले सजिलै नियन्त्रण गुमाउन सक्छस्। पन्चान्नब्बे प्रतिशतभन्दा बढी मानिसहरू, विशेष गरी युवाहरूले यसलाई जित्न सक्दैनन् र तिनीहरू यस्तो पासोबाट उम्कन सक्दैनन्। त्यसोभए के गर्नुपर्छ त? तँलाई यस्तो पासोबाट उम्कन निकै गाह्रो हुन्छ भन्ने थाहा भएको हुनाले, तँ आफूलाई यसमा पर्न नदे। तँलाई पासोमा डोऱ्याउन सक्ने मानिसहरू, कामकुराहरू, वा वातावरणहरूबाट टाढा बस्न हरसम्भव कुरा गर्। केही समयसम्म तिनीहरूबाट टाढा बस्, र परमेश्वरलाई प्रार्थना गर् र परमेश्वरका वचनहरू पढ्। बिस्तारै, तेरा यौन आवश्यकताहरू बिलाउनेछन् र हराउनेछन्, पासोले उप्रान्त तँलाई पकडमा राख्नेछैन, र तैँले यो प्रलोभनलाई आधारभूत रूपमा जितेको हुनेछस्। तर, तैँले अर्को पटक त्यस्ता प्रलोभन र पासोहरूको सामना गर्दा तेरो अवस्था के हुनेछ, तैँले तिनलाई जित्न सक्नेछस् कि सक्नेछैनस् भन्ने कुरा अज्ञात हुन्छ। एउटै मात्र तरिका भनेको प्रार्थना गर्न र सत्यताको खोजी गर्न, र विभिन्न प्रलोभनहरूबाट टाढा बस्नका लागि बारम्बार परमेश्वरसामु आउनु हो। अवश्य नै, आफूलाई सत्यताले सुसज्जित गर्नु र सत्यता बुझ्नु सबैभन्दा आधारभूत कुराहरू हुन्। तर आफूलाई सत्यताले सुसज्जित गर्नु सरल कुरा होइन; यसका लागि तैँले केही अनुभवहरू भोग्नुपर्छ, र तेरो कद त्यति चाँडै बढ्दैन, त्यसकारण विभिन्न पक्षहरूमा तेरा प्रतिरक्षाहरू पनि त्यति चाँडै स्थापित गर्न सकिँदैन। त्यसोभए के गर्नुपर्छ? तँ प्रायजसो परमेश्वरसामु जिउनुपर्छ, तँसँग परमेश्वरका वचनहरूको मार्गदर्शन, पवित्र आत्माको काम, र परमेश्वरको सुरक्षा हुनैपर्छ। यी सबै कुराहरू स्थानमा हुँदा, साथै तँसँग व्यक्तिगत सङ्कल्प हुँदा, त्यस्ता प्रलोभनहरूको सामना गर्दा तँसँग प्रतिरक्षाका उपायहरू हुनेछन्। यसका साथै, जब तँलाई मामलाको प्रकृति र यसले ल्याउने परिणामहरू थाहा हुन्छ, तब तँ सचेत भई त्यस्ता वातावरणहरूबाट जोगिनेछस्, जसले तँसँग त्यस्ता प्रलोभनहरूलाई इन्कार गर्ने सङ्कल्प छ भन्ने कुरा प्रमाणित गर्नेछ। त्यसपछि, तेरो मनोवृत्ति र तेरो व्यक्तिपरक कामनाका कारण, परमेश्वरले तँलाई त्यस्ता प्रलोभनहरूबाट उम्कन सहयोग गर्नुहुनेछ। यदि तैँले त्यस्तो वातावरणको सामना गर्छस् अनि हृदयमा वितृष्णा र घृणा महसुस गर्छस् तर कसरी इन्कार गर्ने भन्ने तँलाई थाहा छैन भने, परमेश्वरलाई प्रार्थना गर्, तेरो सुरक्षा गर्न र तेरा लागि यस्तो वातावरण हटाइदिनका लागि उहाँलाई अनुरोध गर्। जब तँसँग त्यस्ता बिन्ती र चाहनाहरू हुन्छन्, तब सायद, मण्डलीको कामका आवश्यकताहरूका कारण, तेरा लागि खतरनाक प्रलोभन हुने त्यो व्यक्तिलाई टाढा पठाइनेछ, जसले गर्दा उसलाई तँसँग फेरि सम्पर्क गर्न असहज हुनेछ, र तैँले उप्रान्त उसलाई भेट्नेछैनस्। यो परमेश्वरले तँलाई सहयोग गर्नु हो; यो परमेश्वरको सुरक्षा हो। परमेश्वरले तेरो व्यक्तिगत कामना, मनोवृत्ति, दृढता, र सङ्कल्प देख्नुहुने हुनाले, उहाँले तँलाई तेरो कामना पूरा गर्न सक्रिय र पूर्ण रूपमा सहयोग गर्नुहुनेछ, र तेरो सुरक्षा गर्ने नतिजा हासिल गर्नुहुनेछ। जब यो व्यक्ति जान्छ र उसले उप्रान्त तँलाई सताउन छोड्छ, तब तँलाई भित्री रूपमा अलिक खोक्रो महसुस हुन सक्छ, ऊ जानु अलिकति अफसोसको कुरा हो भनी सोच्न सक्छस्, र यस्तो कल्पना समेत गर्न सक्छस्, “यदि ऊ अझै पनि यहाँ भएको भए, के हामी मिलेर बस्न सक्थ्यौँ?” कहिलेकाहीँ, त्यस्ता विचारहरू पैदा हुन सक्छन्, तर परमेश्वरको सुरक्षाद्वारा, तँलाई अन्ततः प्रलोभनबाट टाढा राखिएको हुन्छ। अचेत रूपमा, तेरो हृदयबाट यो मामला बिस्तारै हराउँछ, यो बिस्तारै तँबाट टाढा जान्छ, र समय बित्दै जाँदा तैँले आफ्नो शान्ति पुनःप्राप्त गर्छस्, र तँ आफ्नो पहिलेको जीवन स्थिति र सामान्य मानसिकतामा फर्केर आउँछस्। यस विन्दुमा, मामला समाप्त हुन्छ। यो तेरा लागि कुनै खतरा बनेको वा यसले तँलाई बाधा दिएको हुँदैन, बरु शैतानमाथिको तेरो विजयको, र दियाबलसबाट अलग बस्नु तथा त्यसलाई इन्कार गर्नुको शक्तिशाली प्रमाण र गवाही बनेको हुन्छ। के यो अत्यन्तै राम्रो कुरा होइन र? (हो।) जब यो प्रलोभनले तँलाई खतरामा पार्न लागेको थियो, तब त्यो खतरनाक क्षणमा, तेरो मनोवृत्ति र सहकार्यका कारण, परमेश्वरले तेरो सुरक्षा गर्नुभयो। परमेश्वरले तेरो लागि उपयुक्त वातावरण खडा गर्नुभयो, जसले गर्दा तँ दृढ रहन सकिस्। यसले तेरो कदको वृद्धिलाई बढावा दिन्छ; यसले तेरो आस्था बढाउनेछ, सत्यता अभ्यास गर्ने तेरो सङ्कल्प र कामना बढाउनेछ, तँलाई प्रेरणा दिनेछ, र तेरो कद वृद्धि गराउनेछ। यो प्रलोभन तँमाथि आइपर्दा, यदि तँ यसलाई इन्कार गर्न वा यसबाट जोगिन अनिच्छुक हुन्छस्, तँ सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छस्, तँ यसलाई स्वतन्त्र रूपमा विकास हुन मात्र दिन्छस्, र तँ यो प्रलोभन स्वीकार गर्न, दियाबलसको उत्पीडन र बन्धनलाई समेत स्वीकार गर्न इच्छुक हुन्छस्, र तैँले यस्तो स्थितिको झन्-झन् आनन्द लिन्छस्, तँ यस्तो वातावरणमा जिउन झन्-झन् इच्छुक हुन्छस्, र तँ परमेश्वरलाई यस्तो वातावरण हटाइदिनुहोस् भनी अनुरोध गर्दै सक्रिय रूपमा प्रार्थना गर्दैनस् भने—यस मामलाप्रतिको तेरो मनोवृत्ति यस्तो रहेछ भन्ने देखेर, परमेश्वरले तँलाई जबरजस्ती गर्नुहुनेछैन। परमेश्वरका कार्यहरूमा, उहाँले कसैलाई कहिल्यै बाध्य पार्नुहुन्न। तँलाई यो व्यक्ति यति धेरै मन पर्ने हुनाले, उसले तँलाई यस्तो ठूलो खुसी र हर्ष दिन सक्छ, तँलाई सुख-चैन दिन सक्छ भन्ने तँलाई लाग्ने हुनाले, परमेश्वरले तँलाई त्यस्तो हर्ष र खुसीबाट वञ्चित गर्नुहुनेछैन, न त परमेश्वरले यो व्यक्तिलाई टाढा नै लैजानुहुनेछ। जहाँसम्म परिणामहरूको कुरा छ, ती तैँले एकलै सहनै पर्छ। के हुनेछ भने, तँ बिस्तारै दियाबलसहरू, दुष्ट, कामुक, र छाडा मानिसहरूको प्रलोभन र वासनाको बन्धनमा पर्नेछस्, र अन्ततः आफ्नो विवेकको हप्की र परमेश्वरको उपस्थिति गुमाउनेछस्। देहका यौन कामनाहरूमा लिप्त हुनुको खुसी र हर्ष प्राप्त गरेपछि, तँलाई कुनै लाज लाग्दैन र तैँले आफूलाई त्यस्तो प्रलोभनबाट अलग गर्न सक्दैनस्—आफूलाई पतितताको हातमा छोड्नु भनेको यही हो। तँलाई आफू सबैभन्दा खुसी व्यक्ति हुँ भन्ने लाग्छ, तँ यो खुसी र हर्षको निकै आनन्द उठाउँछस्, तँसँग यस्तो खुसी र हर्ष हुनु सौभाग्यको कुरा हो भन्ने महसुस गर्छस्, र तँ प्रेमको यस्तो पासोमा परेर अत्यन्तै सन्तुष्ट हुन्छस्। त्यसपछि परमेश्वरले अझै के गर्न वा भन्न सक्नुहुन्छ त? परमेश्वरले तँलाई कुनै सङ्केत दिनुहुनेछैन, तँलाई कुनै कुराबारे चेतावनी दिनुहुनेछैन, र केही पनि गर्नुहुनेछैन। बस गएर रमा। यौन कामनाहरूको पासोमा परेका मानिसहरूका अन्तिम परिणामहरू पूर्वानुमान गर्न सकिने हुन्छन्। प्रेमको पासोमा पर्ने कुनै पनि व्यक्ति अन्त्यमा खुसी वा हर्षपूर्ण हुँदैन; यसको विपरीत, परिणाम पीडादायी र दुःखदायी मात्रै हुन सक्छ। तैँले एकलै त्यस्ता परिणामहरू भोग्नुपर्छ, र तँ ती भोग्न लायक हुन्छस्। के परमेश्वर सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ? (गर्नुहुन्छ।) परमेश्वरले तेरा छनौटहरूलाई सम्मान गर्नुहुन्छ। यस्तो नसोच्, “परमेश्वरले मेरो निगरानी गर्नुहुनेछ र ठीक ठाउँमा राख्नुहुनेछ; उहाँले मलाई प्रेममा पर्न दिनुहुनेछैन, न त मलाई मेरा यौन आवश्यकताहरू पूरा गर्न नै दिनुहुनेछ।” तँ गलत छस्; परमेश्वरले तँलाई हस्तक्षेप गर्नुहुन्न। परमेश्वर तँलाई प्रलोभनमा पर्नबाट, दुष्ट मानिसहरूको बहकाउमा पर्नबाट, शैतानको विध्वंस र गम्भीर हानिबाट सुरक्षा दिन पो चाहनुहुन्छ त। तर यदि तँ शैतानको पछि लाग्ने छनौट गर्छस् भने, परमेश्वरले त्यो तेरो स्वतन्त्रता र तेरो छनौट हो भनेर भन्नुहुन्छ; तँ इच्छुक भएसम्म, तँलाई त्यसबारे पछुतो नलागेसम्म, परमेश्वरले तँलाई बाध्य पार्नुहुनेछैन; तैँले जे रोप्छस् त्यसको फल पनि तैँले मात्र पाउँछस्, र जब समय आउँछ र तँ अत्यन्तै दुःखको साथ रोइरहेको हुन्छस्, तब परमेश्वरले तँलाई सम्झाउनुभएन भनेर गुनासो नगर्, र परमेश्वरले तँलाई सुरक्षा दिनुभएन भनेर गुनासो नगर्। परमेश्वर तँलाई सुरक्षा दिन चाहनुहुन्छ, परमेश्वर तँ प्रलोभनबाट टाढा बसेको चाहनुहुन्छ, तर तँ इन्कार गर्छस्। यदि तँलाई मन पर्ने व्यक्ति, तँ प्रेमको पासोमा अल्झिएको व्यक्तिलाई परमेश्वरले अन्तै पठाउने हो भने, तँ उसलाई खोज्दै हिँड्नेथिइस्, तैँले पागलले जस्तो व्यवहार गर्नेथिइस्, तैँले नियन्त्रण गुमाउनेथिइस्, तैँले परमेश्वरबारे गुनासो गर्नेथिइस्, परमेश्वरलाई तेरा भावनाहरूलाई ख्याल नगरेकोमा र आफ्ना कठिनाइहरू नबुझेकोमा हप्काउनेथिइस्। त्यसकारण परमेश्वरले त्यसो गर्नुहुनेछैन; परमेश्वरले मानिसहरूलाई तिनीहरू गर्न इच्छुक नहुने कुराहरू गर्न लगाउनुहुनेछैन। तैँले त्यो मार्ग आफै छनौट गरेको हुनाले, अन्त्यमा पैदा हुने भयानक परिणामहरू तैँले एकलै भोग्नैपर्छ। कसैले पनि तेरा लागि भोगिदिनेछैन। के अब यो मामला स्पष्ट छ? (छ।)
यदि कतिपय मानिसहरू दियाबलसहरू र शैतानहरूका बन्धनहरूको—दुष्ट मानिसहरूका बन्धनहरूको—सामना गर्छन् र तिनलाई इन्कार गर्दैनन् बरु तिनीहरू तीसँग आफ्नो जीवन बिताउन तयार हुन्छन् भने, यो तिनीहरूको आफ्नै छनौट हो। जब यसले अन्ततः तीता नतिजाहरू ल्याउँछ, तब तिनीहरूले अरूलाई दोष दिनु हुँदैन; तिनीहरूले अत्यन्तै नीच र अत्यन्तै पथभ्रष्ट भएकोमा आफैलाई मात्र घृणा गर्न सक्छन्, र तिनीहरूले आफ्नै अनुहारमा थप्पड हान्नुपर्छ र आफूलाई सराप्नुपर्छ। तैँले अन्तिममा जुनसुकै तीतो फल कटनी गरे पनि, परमेश्वरसँग यसको कुनै सम्बन्ध हुँदैन। यसो नभन्, “परमेश्वरले किन मलाई सुरक्षा दिनुभएन? त्यो बेला परमेश्वरले किन मलाई रोक्नुभएन?” म तँलाई भन्छु, परमेश्वरलाई त्यस्तो कुनै अनिवार्यता छैन; उहाँले तँलाई जे भन्नुपर्ने हो त्यो स्पष्ट रूपमा बताइसक्नुभएको छ। तँ स्वतन्त्र रूपमा सोच्ने क्षमता भएको व्यक्ति होस्; परमेश्वरले तँलाई स्वतन्त्र इच्छा दिनुभएको छ, र तँसँग स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार छ। त्यसकारण, तैँले कुनै कुरा सामना गर्दा परमेश्वरले तँलाई छनौट गर्ने अधिकार दिनुहुन्छ। तँसँग छनौट गर्ने अधिकार भएको हुनाले, तैँले अन्तिममा कटनी गर्ने तीतो फल तेरो आफ्नै छनौटबाट आएको हुन्छ, त्यसकारण तैँले परमेश्वरबारे गुनासो गर्नु हुँदैन वा जहाँ सकिन्छ त्यहाँ दोष थोपार्नु हुँदैन। परमेश्वरले गर्नुहुने काम भनेको तँलाई सत्यता बताउनु र मुक्तिको मार्ग देखाउनु हो। तैँले परमेश्वरलाई पछ्याउने छनौट गर्छस् कि शैतानलाई पछ्याउने छनौट गर्छस् भन्ने कुराको हकमा भन्दा, त्यो तेरो कुरा हो। यदि तँ आशिषित व्यक्ति होस् र तँ सत्यता पछ्याउन इच्छुक छस् भने, परमेश्वरलाई पछ्या। यदि तँ सत्यतालाई प्रेम गर्दैनस्, बरु संसारलाई प्रेम गर्छस् र दुष्टतालाई प्रेम गर्छस् भने—यदि तेरो जीवन व्यर्थको जीवन मात्रै हो भने—शैतानलाई पछ्याउने छनौट गर्; कसैले पनि तँलाई रोक्दैन। आजसम्म पनि, कतिपय मानिसहरूले अझै पनि परमेश्वर र परमेश्वरको घरलाई गलत रूपमा बुझ्छन्, र सधैँ यसो भनेर गुनासो गर्छन्, “म तीस-चालीसको दशकमा पुगिसकेको छु, म प्रेममा परेको छैनँ वा मैले विवाह गरेको छैनँ—परमेश्वरको घरले यसो गर्न दिँदैन!” परमेश्वरको घरले कहिलेचाहिँ मानिसहरूलाई प्रेम सम्बन्धमा बस्न वा विवाह गर्नबाट प्रतिबन्धित गरेको छ? यो तेरो स्वतन्त्रता हो; परमेश्वरको घरले हस्तक्षेप गर्दैन। तर, एउटा सर्त छ: यदि तैँले त्यसो गरिस् भने, तैँले पूर्णकालीन कर्तव्यको मण्डलीमा कर्तव्य पूरा गर्न सक्दैनस्, किनभने रोमान्टिक सम्बन्धमा हुँदा र त्यस उप्रान्त आफ्नो कर्तव्य पूरा गर्ने मन नहुने हुँदा त्यसले मण्डलीको काममा विलम्ब गराउँछ। यदि तँ साँच्चै नै प्रेम सम्बन्धमा बस्न र विवाह गर्न चाहन्छस् भने, सुरुमा तैँले जिम्मेवारी पाएको काम हस्तान्तरण गर्, अनि हामी अस्थायी रूपमा अलग हुनेछौँ। के यस विषयका सिद्धान्तहरूमा सबै जना स्पष्ट भएका छौ? (छौँ।) यदि कोही प्रेम सम्बन्धमा रहन वा विवाह गर्न चाहन्छ भने, त्यो एकदम ठीक कुरा हो; कसैले पनि यसलाई प्रतिबन्धित गर्दैन। तर, विपरीत लिङ्गी व्यक्तिलाई अन्धाधुन्ध छेडछाड गर्नु र मण्डली जीवनमा बाधा दिनु स्वीकार्य हुँदैन। अरूलाई अन्धाधुन्ध छेडछाड गर्नेहरू दियाबलसहरू हुन्; तिनीहरू दुष्ट, कामुक, र छाडा मानिसहरू हुन्, र परमेश्वरको घरले त्यस्ता मानिसहरूको उपस्थितिलाई पटक्कै अनुमति दिँदैन। यस्तो प्रकारको व्यक्ति मानिसहरूको जुनसुकै समूहमा भए पनि उसले अरूलाई अन्धाधुन्ध छेडछाड गर्छ र दुर्व्यवहार गर्छ। विपत्तिझैँ, उसले आतङ्क मच्चाउँछ र मानिसहरूलाई सधैँ बेचैन र असहज महसुस गराउँछ। उसले जहाँ मण्डली जीवन जिउँछ, त्यहाँ उसले ल्याउने बाधाहरूले फोहोरी वातावरण पैदा गर्छन् र मण्डलीलाई अराजक अस्तव्यस्ततामा परिणत गर्छन्। तिनीहरूले मण्डलीको काममा हानि गर्ने मात्र होइन, तर कर्तव्य पूरा गरिरहेका दाजुभाइ-दिदीबहिनीहरूको सामान्य सुव्यवस्थामा पनि बाधा दिन्छन्। त्यस्ता मानिसहरूलाई कडाइका साथ निगरानी र प्रतिबन्धित गर्नुपर्छ, र गम्भीर असर पार्नेहरूलाई अलग राख्नु वा निकालिनु पर्छ। कतिपय मानिसहरू भन्छन्, “मैले थोरै मानिसहरूलाई मात्रै हानि गरेको छु—त्यो ठूलो समस्या होइन, हो र?” यदि तँ थोरैलाई हानि गर्न सक्छस् भने, तँ दर्जनौँलाई पनि हानि गर्न सक्छस्। तँ यस्तै प्रकारको दुष्ट लन्ठू होस्। मण्डलीमा लापरवाह ढङ्गमा अरूलाई छेडछाड गर्नु र अनुचित रूपमा यौन कामना पोख्नु—त्यसरी मानिसहरूलाई हानि गर्नु—स्वीकार्य हुँदैन। यदि तँ मानिसहरूलाई छेडछाड गर्न चाहन्छस् भने, गैरविश्वासी संसारका व्यभिचारी स्थानहरूमा जा; त्यहाँ कसैले पनि तँलाई प्रतिबन्धित गर्दैन। तर परमेश्वरको घर, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँ, गम्भीर, शान्त, र पवित्र छ; यसलाई बाधा दिन वा क्षय गर्न कुनै पनि दियाबलस वा शैतानहरूलाई यसले अनुमति दिँदैन। यदि कसैले मण्डलीलाई प्रेम गर्ने ठाउँ वा यौन व्यभिचारको ठाउँ, इच्छा अनुसार यौन कामनामा लिप्त हुने ठाउँमा परिणत गर्न चाहन्छ भने, त्यो पटक्कै स्वीकार्य हुँदैन! यो मण्डली, परमेश्वरको कामको स्थल हो, मानिसहरूलाई शुद्ध पार्न र सिद्ध पार्न पवित्र आत्माले काम गर्ने ठाउँ हो। पुरुष होस् वा महिला होस्, सबै जना मर्यादित र सभ्य हुनुपर्छ, र तिनीहरूले उचित काममा ध्यान दिनुपर्छ। अरूलाई उच्छृङ्खल रूपमा छेडछाड गर्ने अनुमति छैन, न त अनुचित रूपमा यौन कामना पोख्ने अनुमति नै छ। यदि तँ आफ्नो यौन कामना नियन्त्रण गर्न सक्दैनस् र यसलाई पोख्न मात्रै चाहन्छस् भने, विवाह गर्नका लागि उपयुक्त व्यक्ति छनौट गर्; मण्डलीभित्रका अरूलाई अन्धाधुन्ध छेडछाड नगर्। अरूलाई अन्धाधुन्ध छेडछाड गर्ने र दाजुभाइ-दिदीबहिनीहरूमा आक्रोश उत्पन्न गराउने जोकोहीलाई तुरुन्तै निकालिनु पर्छ वा निष्कासित गरिनुपर्छ, नत्र उसले मण्डली जीवनमा बाधा दिन जारी राख्नेछ। बुझ्यौ? (बुझ्यौँ।) पुरुष र महिलाबीच सीमाहरू हुनुपर्छ। यदि पुरुष कामका कारण नभई, वा ध्यान दिनुपर्ने महत्त्वपूर्ण मामलाहरूका कारण नभई, महिलाहरूका बीचमा आफूलाई प्रदर्शन गर्न, यौन कामना पोख्न, र तिनीहरूलाई अन्धाधुन्ध छेडछाड गर्नका लागि सधैँ महिलाहरूको समूहमा बस्छ भने, यो दुर्व्यवहार हो। यदि कुनै महिला, कारणले होस् वा कारणविना होस्, सधैँ पुरुषहरूको समूहमा बस्छे, सधैँ लापरवाह ढङ्गले तिनीहरूलाई छेडछाड गर्छे, तिनीहरूसँग आँखा जुधाउँछे र आफ्नो आकर्षण प्रदर्शन गर्छे भने, उसलाई पनि दियाबलसलाई जस्तै व्यवहार गरिनुपर्छ। यदि तैँले सामान्य रूपमा कामबारे छलफल वा सङ्गति गरिरहेको छस् भने, यो स्वीकार्य हुन्छ, तर अरूलाई अन्धाधुन्ध छेडछाड गर्नु र जिस्किनु स्वीकार्य हुँदैन। खैलाबैला पैदा गर्ने कुनै पनि यस्तो व्यवहारले मण्डली जीवनमा बाधा दिन्छ र मण्डलीको कामको सामान्य सुव्यवस्थालाई बरबाद गरिरहेको हुन्छ, र परमेश्वरको घरमा यसको अनुमति हुँदैन। सबैले यी कामुक, छाडा, र यौन उत्तेजक दियाबलसहरूलाई इन्कार गर्नुपर्छ र सबै जना तिनीहरूबाट टाढा बस्नुपर्छ। जब धेरैजसो मानिसहरू तिनीहरूलाई इन्कार गर्न, खुलासा गर्न, र तिनीहरूबाट अलग बस्न खडा हुन्छन्, अरूलाई छेडछाड गर्ने तिनीहरूको प्रयास असफल हुन्छ र तिनीहरूले कुनै पनि परिस्थितिमा आफ्नो इच्छा अनुसार गर्न नपाऊन् भन्ने कुरालाई सुनिश्चित गरिन्छ, तब तिनीहरूले आफूले गरिरहेको कुरालाई बिस्तारै रोक्नेछन्। यदि तिनीहरू सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्, र तिनीहरू फुर्सतको क्षण पाउँदा केवल लापरवाही ढङ्गले अरूलाई छेडछाड गर्छन् र बाधा दिन्छन्, रोमान्टिक सम्बन्धहरूमा संलग्न हुँदै दौडधूप गर्छन्, र रोमान्टिक सम्बन्धमा हुनुको अनुभूतिको आनन्द लिन्छन् भने, तिनीहरूलाई तुरुन्तै निकाल्। तुरुन्तै कसिएको गाँठो काटेर यी व्यभिचारी व्यक्तिहरूलाई कारबाही गर्—मानिसहरूलाई बाधा दिने कुनै अवसर तिनीहरूलाई नदे। हाम्रो सङ्गतिबाट, के अहिले यो मामला स्पष्ट भएको छ? (छ।) के तिमीहरूले केही प्राप्त गरेका छौ? के तिमीहरूसँग अभ्यासको मार्ग छ? के अब तिमीहरूसँग यस्तो कामुक र छाडा व्यक्तिबारे सुझबुझ छ? (छ।) के तिमीहरूलाई आफूलाई कसरी आचरणमा ढाल्ने, आफ्नो उचित स्थानमा कसरी बस्ने, र सामान्य मानवताको दायरामा आफूले गर्नुपर्ने कुरा कसरी गर्ने भन्ने कुरा स्पष्ट भयो? (भयो।) यसभित्र, मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू र तिनीहरू स्पष्ट हुनुपर्ने सुझबुझका सिद्धान्तहरू पनि छन्, र अवश्य नै, मानिसहरूले अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू र तिनीहरूले लिनुपर्ने मार्गहरू पनि छन्। यी सबै कुरा स्पष्ट पारिएपछि, यो मामला पूर्ण रूपमा व्याख्या गरिएको छ।
आजको हाम्रो सङ्गति यतिमै समाप्त हुन्छ। बिदा!
फेब्रवरी ११, २०२४