सत्यता कसरी पछ्याउने (१४) भाग तीन

ख. देहका यौन चाहनाहरूमा लिप्त हुनु

यस अघि, दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको पथभ्रष्ट प्रकृति सारको बारेमा छलफल गर्दा, हामीले तिनीहरूको “कामुकता” र “यौन उत्तेजकता” बारे उल्लेख गरेका थियौँ, जुन देहको यौन कामनाका दुई प्रकारका प्रकटीकरणहरू हुन्। यी दुई बाहेक, “कामुकता” र “यौन उत्तेजन” सँग सम्बन्धित अर्को पक्ष पनि छ, जुन एक प्रकारको बाहिरी व्यवहार वा मानवताको जियाई हो, जुन “छाडापन” हो। “कामुकता” र “छाडापन” लाई प्रायजसो सँगै जोडिन्छ। “छाडापन” को अर्थ के हो के तँलाई थाहा छ? (अनैतिक र असंयमित व्यवहार र आचरण, र अरूलाई व्यर्थमा जिस्क्याउनु।) “छाडापन” को अर्थ लिप्तता हो—यसको अर्थ अनैतिक र असंयमित हुनु हो। देहको यौन कामनाका सन्दर्भमा यस्तो प्रकारको व्यक्तिका दुष्ट प्रकटीकरणहरूलाई चिरफार गर्नका लागि यी तीन पक्षहरू नै पर्याप्त हुनुपर्छ। वयस्कहरूले कामुकता, यौन उत्तेजन, र छाडापनका प्रकटीकरणलाई बुझ्न सक्नुपर्छ। यो अमूर्त कुरा होइन, किनभने दैनिक जीवनमा त्यस्ता मामलाहरू र त्यस्ता मानिसहरूका बारेमा सामान्य रूपमा नै देखिन्छ र सुनिन्छ। त्यसोभए त्यस्ता मानिसहरूका मुख्य प्रकटीकरणहरू के-के हुन्? पुरुष र महिलाका बीचमा रहेका सम्बन्धहरूका हकमा भन्दा, तिनीहरू असंयमित हुन्छन्, तिनीहरूसँग कुनै सीमारेखा हुँदैन, र तिनीहरूमा कुनै लाजको बोध हुँदैन। तिनीहरूको यौन कामनाको कुरा आउँदा, तिनीहरू विशेष रूपमा लिप्त हुन्छन्, यसलाई नियन्त्रण गर्दैनन्, र तिनीहरूसँग बिलकुलै संयम हुँदैन। साथसाथै, तिनीहरूलाई आफ्नो यौन कामनामा लिप्त हुने बारे कुनै लाज लाग्दैन। तिनीहरू चाहे जति नै उमेरका भए पनि, तिनीहरू जुनसुकै लिङ्गका भए पनि, वा तिनीहरूको वैवाहिक स्थिति चाहे जस्तो भए पनि, तिनीहरूलाई विपरीत लिङ्गप्रति विशेष चासो हुन्छ र तिनीहरूले उनीहरूलाई विशेष ध्यान दिन्छन्। जब पनि तिनीहरूले मानिसहरूको समूह भेट्छन्, तब तिनीहरू आफूलाई चासो लागेको विपरीत लिङ्गी व्यक्तिहरूलाई ध्यान दिन्छन्। यो ध्यान भनेको तिनीहरूलाई सामान्यभन्दा बढी हेरिरहने, तिनीहरूसँग कुराकानी गर्ने, वा तिनीहरूसँग सामान्य रूपमा सङ्गत गर्ने कार्य मात्रै हुँदैन—तिनीहरू पुरुष र महिलाको बीचमा हुने यौन कामनाका बन्धनमा फस्छन् र रोमान्टिक सम्बन्धहरूमा प्रवेश गर्छन्। जब आफूले मन पराउने व्यक्तिको कुरा आउँछ, तब त्यो व्यक्ति चाहे जति नै उमेरको भए पनि, र अर्को पक्षले सहमति जनाए पनि वा नजनाए पनि, तिनीहरूले यो व्यक्तिलाई मन पराएसम्म, तिनीहरूले उसलाई छेडछाड गर्न पहल गर्नेछन्, यहाँसम्म कि अर्को पक्षको ध्यान आकर्षित गर्न केही असामान्य कार्य वा व्यवहार समेत गर्नेछन्। उदाहरणका लागि, बेला-बेलामा तिनीहरूले अर्को व्यक्तिका लागि मिठो खाना बनाउनेछन्; बिदाका बेला, तिनीहरूले उसलाई उपहारहरू दिनेछन्; कारण भए पनि वा नभए पनि, तिनीहरूले अर्को व्यक्तिलाई मेसेज पठाउनेछन्—बिहान, “उठिसक्यौ?” भनेर सोध्छन्, र राती, “नुहायौ?” भनेर सोध्छन्। केही दिनपछि तिनीहरूले यसो भन्‍नेछन्, “आजभोलि मौसम चिसो भएको छ—न्याना लुगा लगाएर बस्‍नू, र चिसो नलागोस्। यदि तिमीलाई कुनै कुरा चाहिएको छ भने, मलाई सहयोग माग्‍न सक्छौ!” तिनीहरू प्रायजसो चिन्ता व्यक्त गर्छन्, र अर्को व्यक्तिलाई हैरान पार्ने बहानाका रूपमा यसलाई प्रयोग गर्छन्। यस्तो प्रकारको व्यक्तिले कहिले पनि एक-दुई जना, वा दुई-तीन जना व्यक्तिहरूलाई मात्रै छेडछाड गर्ने प्रयास गर्दैन—उसले आफूलाई मन पर्ने जोकोहीलाई त्यसो गर्छ। ऊ आफूले देखेको सबैलाई मन पराउँछ; उसलाई कोही आकर्षक लाग्ने बित्तिकै वा उसको बारेमा राम्रो अनुभूति पाउने बित्तिकै, उसले तुरुन्तै कामुक विचारहरू विकास गर्छ र त्यो व्यक्तिलाई फकाउने प्रयास गर्छ। ऊ जुनसुकै समूहमा भए पनि वा ऊ जुनसुकै वातावरणमा भए पनि, ऊ यो कुरा कहिल्यै बिर्सिँदैन। ऊ चाहे जहाँ गए पनि, ऊ सधैँ आफूले मन पराएका विपरीत लिङ्गका चार-पाँच जना, वा एक दर्जन जति साथी वा विश्‍वासपात्रहरूलाई निसाना बनाउँछ। यदि उसले शारीरिक सम्पर्क गर्न सक्यो भने, उसले यसलाई रोमान्टिक सम्बन्धमा प्रवेश गर्ने उद्देश्य हासिल गरेको कुराका रूपमा लिन्छ। अनि यदि यो अझै पनि रोमान्टिक सम्बन्धको स्तरमा पुगेको छैन भने, यसरी नै अरूलाई छेडछाड गर्दा मात्रै पनि उसलाई निकै राम्रो महसुस हुन्छ—उसलाई दिनहरू मीठा र सन्तोषजनक लाग्छन्। यदि वातावरणले दिँदैन र उसले विपरीत लिङ्गको व्यक्तिलाई छेडछाड गर्न सकेन भने, उसलाई उदासी हुन्छ। यदि कसैले उसलाई यस्तो व्यवहार अनुचित हुन्छ भनेर याद दिलायो भने, उसले हृदयमा ईख राख्छ। यदि कसैले उसलाई लापरवाह ढङ्गले मानिसहरूलाई छेडछाड गर्नबाट रोक्यो भने, ऊ हृदयमा प्रतिरोधी र विरोधी बन्छ, र यस्तो समेत सोच्छ, “यो मेरो अधिकार हो—मलाई रोक्नका लागि तिमीलाई केले योग्य बनाउँछ? मैले जे गरिरहेको छु त्यो मेरो स्वतन्त्रता हो! म न त कानुन तोडिरहेको छु न त अपराध गरिरहेको छु, त्यसकारण मलाई नियन्त्रण गर्ने प्रयास गर्ने तिमी को हौ?” वातावरण जेसुकै भए पनि, यस्तो प्रकारको व्यक्तिलाई सधैँ, आफूलाई व्यस्त राख्‍नका लागि कुनै प्रकारको मनोरञ्जन खोज्नुपर्छ भन्‍ने लाग्छ—उसलाई सधैँ समय बिताउन, आफ्नो जीवन भर्न र आफूलाई अझै आनन्दित बनाउनका लागि केही विपरीत लिङ्गी साथीहरू वा यौन साथीहरू खोज्नुपर्छ भन्‍ने लाग्छ। नत्र भने, उसलाई उसको जीवन खोक्रो, झ्याउलाग्दो छ, र त्यसमा चासो लाग्दो कुराको कमी छ भन्‍ने लाग्छ। कतिपय मानिसहरू अथक रूपमा छेडछाड गरिएपछि, अनलाइन अश्लील सामग्री नहेरी बस्न सक्दैनन्, तिनीहरू आफ्नो देहको यौन कामनामा, लम्पट र असंयमित रूपमा जिउँछन्, र अवस्थाले अनुमति दिएसम्म, तिनीहरू जेसुकै गर्न सक्षम हुन्छन्। दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूलाई, अवसर वा वातावरण जेसुकै भए पनि, तिनीहरूको जीवन जतिसुकै कठिन भए पनि, तिनीहरूको कामको बोझ जतिसुकै ठूलो भए पनि, र वातावरणले साथ दिए पनि वा नदिए पनि, सधैँ यौन कामनामा लिप्त हुने आवश्यकता महसुस गर्छन्, र विपरीत लिङ्गको व्यक्तिलाई सम्पर्क गर्ने र छेडछाड गर्ने अवसरहरू खोज्नुपर्छ, यसरी आफ्नो यौन कामनालाई पूर्ण रूपमा सन्तुष्ट पार्नुपर्छ। यदि तिनीहरूको देहको यौन कामना सन्तुष्ट हुन सकेन भने, तिनीहरूको मनको कामनालाई सन्तुष्ट पार्नु समेत पर्याप्त हुन्छ। पथभ्रष्ट हुनु भनेको यही हो—तिनीहरू निकै पथभ्रष्ट हुन्छन्। कतिपय मानिसहरू वृद्ध अवस्थामा पुगिसकेका हुन्छन्, तिनीहरूका छोराछोरी विवाहित हुन्छन् र उनीहरूको आफ्नै परिवार हुन्छ, तैपनि तिनीहरू अझै पनि आफ्नो यौन कामनामा अत्यन्तै लिप्त र असंयमित हुन्छन्, तिनीहरूसँग लाजको कुनै अनुभूति नै हुँदैन। जब तिनीहरू आफूलाई मन पर्ने विपरीत लिङ्गी देख्छन्, तब तिनीहरू उनीहरूसँग एकलै बस्‍ने अवसरहरू सिर्जना गर्ने हरेक तरिकाबारे सोच्छन्—त्यसपछि त्यस व्यक्तिको हात समात्छन्, उसलाई अङ्गालो हाल्छन्, वा छुन्छन्, र केही कामुक, ठट्टापूर्ण टिप्पणीहरू गर्छन् वा केही उत्तेजक कुराहरू भन्छन्। त्यसो गर्दा, तिनीहरूले क्रमिक रूपमा कतिपय विपरीत लिङ्गी मानिसहरूलाई बाधा दिन्छन्। यो कामुक हुनु हो। यस्तो प्रकारको व्यक्ति कुन हदसम्म कामुक हुन्छ? जब उसले आकर्षक वा सुन्दर ज्यान भएको विपरीत लिङ्गी व्यक्ति देख्छ, तब उसमा वासनाका विचारहरू पैदा हुन थाल्छन्। विपरीत लिङ्गी व्यक्तिले नरम, आकर्षक, र तुलनात्मक रूपमा कर्णप्रिय आवाजमा बोलेको सुन्दा मात्रै पनि त्यसले तिनीहरूमा वासनाका विचारहरू पैदा गर्न सक्छ। यी वासनाका विचारहरू आन्दोलित भएपछि, तिनीहरूले यी कुराहरूका बारेमा कहिलेकहीँ मात्र सोच्ने होइन—बरु, तिनीहरू ती कुराहरूका बारेमा प्रायजसो सोचिरहन्छन्। तिनीहरूले खाँदा, काम गर्दा, सपना देख्दा समेत तीबारे सोच्छन्, र हरेक दिन तिनीहरूको मन यी वासनाका विचारहरूले भरिएको हुन्छ। तिनीहरूमा कामुकताको दुष्ट सार हुने हुनाले, तिनीहरू कुनै पनि संयमविना आफ्नो देहको यौन कामनामा लिप्त हुन सक्छन्। जब तिनीहरू सम्पत्ति र हैसियत भएको राम्रो परिवारको कुनै व्यक्ति देख्छन्—धनी जवान महिला वा समृद्ध श्रीमती, वा अग्लो, धनी, र सुन्दर पुरुष, वा समृद्ध व्यापारी देख्छन्—तब तिनीहरूमा वासनाका विचारहरू पैदा हुन थाल्छन्। त्यस्ता मानिसहरू कति गम्भीर रूपमा कामुक हुन्छन् हेर त! अनि अझै खराब अवस्थाहरू पनि छन्। मण्डलीमा, एक जना ब्रदर थियो जसले राम्ररी गाउने गर्थ्यो। ऊ कुनै “चर्चित स्तरको” गायक त थिएन—केवल उसको आवाज अलिक मिठो थियो। के भएछ भने, कतिपय महिलाहरूले उसको गायन सुनेपछि, ऊप्रति राम्रा भावनाहरू विकास गरे र ऊसँग विवाह गर्न चाहे। यी महिलाहरूले यो ब्रदर कस्तो देखिन्छ भनेर कहिल्यै देखेका थिएनन्। ऊ कति वर्षको हो, उसको व्यक्तित्व कस्तो छ, उसको शैक्षिक स्तर के हो, उसको क्षमता कस्तो छ, वा परमेश्‍वरमाथिको उसको विश्‍वास कस्तो छ भन्‍ने तिनीहरूलाई थाहा थिएन। तिनीहरूले यीमध्ये कुनै कुराबारे ख्याल गरेनन्, तैपनि तिनीहरू अझै पनि ऊसँग विवाह गर्न चाहन्थे, र उसको आवाज सुनेपछि मात्रै पनि तिनीहरूका वासनापूर्ण विचारहरू आन्दोलित हुन्थे। मलाई भन, के त्यस्ता दियाबलसहरूमा पथभ्रष्ट प्रकृति हुँदैन र? सामान्य व्यक्तिले, कसैले राम्ररी गाएको सुन्दा, बढीमा अलिक ईर्ष्या गर्नेथियो तर त्यो व्यक्तिसँग विवाह गर्ने बारेमा कहिल्यै विचार गर्नेथिएन। यदि उसले साँच्‍चै नै कसैलाई विवाह गर्न चाह्यो भने, उसले त्यस्तो निर्णय गर्नुभन्दा पहिले त्यो व्यक्तिको चरित्र र पारिवारिक अवस्थालाई बुझ्नेथियो, जस्तै ऊ कति वर्षको छ, ऊ कस्तो देखिन्छ, उसको चरित्र कस्तो छ, उसको परिवार कस्तो छ—सबै पक्षहरू सन्तोषजनक छन् भने मात्रै उसले ऊसँग विवाह गर्ने बारेमा विचार गर्नेथियो। तर दियाबलस रहेका मानिसहरू फरक हुन्छन्—कतिपय महिलाहरू, पुरुषले राम्रो गीत गाएको सुनेपछि, अघि बढेर उसलाई विवाह गर्न चाहन्छन्; कतिपय पुरुषहरू, आकर्षक महिलालाई देखेपछि, अघि बढेर उसलाई विवाह गर्न चाहन्छन्। के त्यस्ता मानिसहरू डरलाग्दा हुँदैनन् र? तिनीहरू डरलाग्दा र विकर्षक दुवै हुन्छन्! जब पनि तिनीहरू हैसियत, ज्ञान, वाक्पटुता, वा विशेष सामर्थ्य भएको व्यक्ति देख्छन्, वा जब तिनीहरू सुन्दरी वा सुन्दर व्यक्ति देख्छन्, तब तिनीहरूमा वासनाका विचारहरू पैदा हुन थाल्छन्। जब तिनीहरू त्यस्ता मानिसहरू देख्छन्, तब तिनीहरू सधैँ उनीहरूलाई ट्वाल्‍ल परेर हेर्छन्; तिनीहरूको आँखा एकोहोरो अडिएको हुन्छ, तर तिनीहरूको मन अत्यन्तै सक्रिय हुन्छ र तिनीहरूको यौन कामना बढिरहेको हुन्छ—यो वासनापूर्ण विचारहरू हुनु हो। जब पनि कसैले विपरीत लिङ्गी मानिसहरूलाई एकोहोरो हेरेको हेर्‍यै गर्छ—अनि कतिपयले दुष्ट नजरले हेर्छन्, वा मुख खोलेर र्‍याल समेत चुहाउँछन्—त्यो वासनापूर्ण विचारहरू हुनु हो। तिनीहरूका वासनाका विचारहरू आन्दोलित भएपछि, तिनीहरू अरूलाई छुन थाल्छन्। यसलाई पथभ्रष्ट हुनु भनिन्छ। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूको दृश्यात्मक वासना, श्रवणको वासना, वा देहको यौन कामना क्रियाशील भएसम्म, तिनीहरूमा वासनाका विचारहरू हुनेछन्—यस्ता मानिसहरू दियाबलसहरू हुन्। के दियाबलसहरूका यौन कामनालाई मानवताको विवेक र समझले प्रतिबन्धित गर्छ वा बाँध्छ? यो बाँधिन्न, त्यसकारण तिनीहरूको यौन कामना निरन्तर उर्लन्छ, र तिनीहरूले निरन्तर छाडापनका प्रकटीकरणहरू देखाउँछन्—तिनीहरू निकै लम्पट हुन्छन्। तिनीहरूलाई आफ्नो वरिपरि कति जना मानिसहरू छन्, तिनीहरूको आफ्‍नो उमेर कति हो, वा अर्को पक्षले तिनीहरूलाई मन पराउँछ कि घिन मान्छ र तिरस्कार गर्छ भन्‍ने कुराको वास्ता हुँदैन—यो व्यक्ति तिनीहरूले चाहना गरेका व्यक्ति भएसम्म, तिनीहरूले आफ्नो यौन कामनालाई अधिकतम हदसम्म सन्तुष्ट पार्दै वासनाका विचारहरू राख्‍नेछन् र तिनीहरू मनोकल्पनाहरूमा लिप्त हुनेछन्। के त्यो घिनलाग्दो कुरा होइन र? यस्ता मानिसहरू अत्यन्तै कामुक हुन्छन्। तिनीहरूले विपरीत लिङ्गी व्यक्तिसँग सम्बन्ध राख्‍ने अवसर भेट्टाउन नसके पनि, तिनीहरू अझै पनि अरूलाई जिस्काउन चाहन्छन्। यो व्यवहारका प्रकटीकरणहरू के हुन् भने तिनीहरूले तँसँग आँखा जुधाएर जिस्किने सङ्केतहरू पठाउँछन्, तँलाई सम्पर्क गर्ने र तेरो नजिक हुने हरेक तरिकाबारे सोच्छन्—तेरो छेउबाट जाँदा जानी-जानी हात, काँध, वा पिठ्युँमा छुन्छन्—र जिस्किने कुराहरू भन्‍ने गर्छन्, जुन सबै जानी-जानी गरिएका हुन्छन्। यसले तिनीहरूको हृदय पहिले नै वासनाले भरिएको छ भन्‍ने देखाउँछ। सामान्य वयस्कहरू, विपरीत लिङ्गी मानिसहरूसँग अन्तरक्रिया गर्दा, सीमा, संयम, र परिधिहरू कायम राख्छन्। चाहे यौन कामना, विचार, बोलीवचन, शारीरिक सम्पर्कका हकमा होस्, वा मानिसहरूका बीचमा रहेको शारीरिक दूरी जस्ता कुराहरूका हकमा होस्, यो सबै तिनीहरूको विवेक र समझद्वारा शासित र नियन्त्रित हुन्छ। तर कामुक र छाडा मानिसहरू यस्ता हुँदैनन्। अवसर जेसुकै भए पनि, वरपर जति धेरै मानिसहरू भए पनि, वा त्यो बेला परिस्थिति जस्तोसुकै भए पनि, र तिनीहरूको आफ्नै उमेर र वैवाहिक स्थिति जस्तोसुकै भए पनि, अर्को पक्ष इच्छुक भए पनि वा नभए पनि, वा अर्को पक्षलाई तिनीहरूप्रति विकर्षण महसुस भए पनि, तिनीहरू अझै पनि जे मन लाग्यो त्यही गर्छन्, जथाभाबी आफ्नो यौन कामनामा लिप्त हुन्छन्। छाडा हुनु भनेको यही हो। यस्ता मानिसहरू कुनै कुराले रोकिँदैनन्—तिनीहरू नैतिक सीमाहरू समेत पालन गर्दैनन्; तिनीहरू पूर्ण रूपमा लिप्त हुन्छन्। वास्तवमा, कतिपय मानिसहरू आफ्नो लिप्ततामा कुन हदसम्‍म जान्छन्? यहाँसम्म कि तिनीहरू विपरीत लिङ्गी व्यक्तिका संवेदनशील अङ्गहरू खुलस्त रूपमा नियालेर हेर्छन्। यदि विपरीत लिङ्गी व्यक्तिको आँखा उज्यालो, सुन्दर छ भने, उसले आफ्नो हृदयमा जे छ त्यो कुरा भन्ने, त्यस व्यक्तिसँग कुराकानी गर्ने वा कामबारे छलफल गर्ने जुनै पनि अवसर सिर्जना गर्नेछ, त्यस व्यक्तिको आँखामा एकोहोरो हेरिरहनेछ। यदि विपरीत लिङ्गी कुनै व्यक्तिको छाला गोरो, नरम, र कोमल छ भने, जानी-जानी होस् वा अनजानमा होस् ऊ बारम्बार त्यसलाई हेरिरहन्छ। यदि विपरीत लिङ्गी कुनै व्यक्ति अग्लो, पातलो छ भने, ऊ गुप्त रूपमा पछाडिबाट हेर्छ, एकोहोरो हेरिरहन्छ। यसलाई यौन कामनाले भरिनु भनिन्छ। के यस्ता मानिसहरू पथभ्रष्ट हुन्छन्? (हुन्छन्।) कतिपय नाबालिगहरू, वा विवाहित वयस्कहरू पनि हुन्छन्, जो प्रायजसो अश्लील सामग्री वा मिस वर्ल्ड जस्ता सौन्दर्य प्रतियोगिताहरू हेर्छन्, जहाँ महिलाहरूले अत्यन्तै अङ्ग प्रदर्शन गर्ने गरी लुगा लगाउँछन्—जुन तिनीहरूको दृश्यात्मक वासनालाई सन्तुष्ट पार्न पर्याप्त हुन्छ। तिनीहरू यसरी जति धेरै लिप्त हुन्छन्, तिनीहरूको यौन कामना र कामुक विचारहरूलाई काबुमा राख्‍न र नियन्त्रण गर्न त्यति नै गाह्रो हुन्छ। के यो दियाबलसहरूको प्रकटीकरण हो? (हो।) के सामान्य मानिसहरू यसरी जिउनेथिए त? के तिनीहरूले यसरी आफूलाई आचरणमा ढाल्नेथिए? (ढाल्‍नेथिएनन्।) कतिपय पूर्वीय पुरुषहरू तुलनात्मक रूपमा रूढिवादी हुन्छन्, र जब तिनीहरू पश्चिममा आउँछन् र धेरै महिलाहरूले अङ्ग प्रदर्शन गर्नेगरी लुगा लगाएका देख्छन्, तब तिनीहरू जिज्ञासु बन्छन् र तिनीहरूलाई थप एक-दुई पटक हेर्न मन लाग्छ, तर केही समयपछि, जब तिनीहरूलाई यसको बानी पर्छ, तब उप्रान्त तिनीहरूलाई जिज्ञासा हुँदैन—यो सामान्य प्रकटीकरण हो। कतिपय अविवाहित मानिसहरू पनि हुन्छन् जसलाई यौन कामनाका मामलाहरूबारे अलिक जिज्ञासा हुन्छ, वा जसले कहिलेकहीँ, वस्तुगत वातावरणका कारण केही दुष्ट वासना विकास गर्छन्। यी सबै सामान्य शारीरिक प्रतिक्रियाहरू हुन्—यसलाई पथभ्रष्ट हुनु भनेर भन्‍न सकिँदैन। तर दियाबलस रहेका मानिसहरू साधारण मानिसहरूसरह हुँदैनन्। तिनीहरूको पथभ्रष्टता सामान्य मानिसहरूको भन्दा बढी हुन्छ—यो निकै असामान्य हुन्छ। तिनीहरूलाई यौन कामनाबारे जिज्ञासा मात्रै हुने वा तिनीहरूमा सामान्य शारीरिक प्रतिक्रिया वा आवश्यकताहरू मात्र हुने होइन—तिनीहरू लम्पट र यौन व्यभिचारी हुन्छन्। जब तिनीहरू दुष्ट वासनामा लिप्त हुन्छन्, तब तिनीहरूलाई पटक्कै लाज लाग्दैन। पथभ्रष्ट हुनु भनेको यही हो। तिनीहरू कुन हदसम्‍म पथभ्रष्ट हुन्छन्? विपरीत लिङ्गीको छाला, आँखा, ज्यान, वा रूपलाई हेरेर मात्रै—वा तिनीहरूको आवाज सुनेर मात्रै समेत—तिनीहरूमा वासनाका विचारहरू पैदा हुन थाल्छन्, र त्यसपछि त्यो व्यक्तिसँग सम्पर्कमा आउने वा उसको नजिक हुने हरेक अवसर सृजना गर्छन्, यहाँसम्‍म कि आफ्नो यौन कामना सन्तुष्ट पार्ने कार्यहरू गर्न अझै अग्रसरता समेत जनाउँछन्। पथभ्रष्ट हुनु भनेको यही हो।

पथभ्रष्ट हुनुको अर्को प्रकटीकरण के हो भने यी मानिसहरू, जुनसुकै वातावरणमा भए पनि, सधैँ विपरीत लिङ्गका फरक-फरक मानिसहरूले घेरिएका हुन्छन्। त्यस्तो व्यक्तिले एकै पटकमा विपरीत लिङ्गका धेरै जना सदस्यहरूलाई छेडछाड गर्छ र प्रायजसो धेरै मानिसहरूसँग अस्पष्ट सम्बन्ध कायम राख्छ। अस्पष्ट सम्बन्ध भन्‍नुको अर्थ के हो? यो भनेको मित्रताको जस्तो तर रोमान्टिक सम्बन्ध जस्तै सम्बन्ध पनि हो—तिनीहरूको सम्बन्ध वास्तवमा कस्तो छ भनेर कसैले पनि स्पष्ट रूपमा भन्‍न सक्दैन। विपरीत लिङ्गी व्यक्तिसँग उसको कुनै स्पष्ट सीमा हुँदैन; उसको सम्बन्ध निकै अस्पष्ट हुन्छ—ऊ निरन्तर जिस्किन्छ, र कुराहरू धमिला र अस्पष्ट हुन्छन्। के यी प्रकटीकरणहरू कामुक प्रकृतिद्वारा शासित हुन्छन्? (हुन्छन्।) मानव सम्बन्धहरूका नैतिकता र सदाचारका हिसाबमा भन्दा, आजको संसारका दुष्ट प्रचलनहरूले उप्रान्त यस्तो घटनालाई आलोचना समेत गर्दैनन्। मानिसहरू यसलाई सक्षम हुनु, फेसनेबल हुनु भन्छन्—तिनीहरू यसलाई यौन रूपमा आजाद हुनु भन्छन्। त्यसकारण कतिपय मानिसहरूले यस्ता प्रकारका विचार र दृष्टिकोणहरू मण्डलीमा ल्याउँछन्। तिनीहरू यस्तो विश्‍वास गर्छन्, “म विपरीत लिङ्गको चाहे जति धेरै मानिसहरूसँग रोमान्टिक रूपमा संलग्‍न भए पनि, यो मेरो स्वतन्त्रता हो। अहिले कानुनले समेत यसलाई निन्दा गर्दैन, त्यसकारण म विपरीत लिङ्गका कति जना साथीहरूसँग रोमान्टिक रूपमा संलग्‍न हुन्छु भनेर छनौट गर्ने अधिकार मसँग छ, र मैले आफ्नो यौन कामनालाई कसरी सम्हाल्ने भनेर छनौट गर्ने अधिकार मसँग छ। मैले आफूलाई हानि गर्नु हुँदैन—मैले आफ्नो यौन कामनालाई पूर्ण रूपमा निकास गर्नुपर्छ।” के यो दुष्ट तर्क होइन र? (हो।) समाजका प्रचलनहरूले प्रवर्द्धन गर्ने रायहरूसँग जति धेरै मानिसहरू सहमत भए पनि वा जतिले तिनको वकालत गरे पनि, जति धेरै मानिसहरूले ती अभ्यास गरे पनि, परमेश्‍वरको घरमा यस्ता विधर्म र भ्रमहरूलाई “पथभ्रष्ट” भनेर चित्रण गरिन्छ, र यस्ता विधर्म र भ्रमहरूलाई पक्रिराख्‍नेहरूलाई पनि “अनाचारी” भनेर चित्रण गरिन्छ—निर्दिष्ट रूपमा भन्दा, तिनीहरू “कामुक” र “छाडा” हुन्छन्। के यो चित्रण सही छ? (छ।) मानिसहरूको शरीरको हरेक कार्य र जन्मजात प्रवृत्तिहरूलाई मानवतामा आधारित आधारभूत स्तरको नियमन गरिनुपर्ने हुन्छ। अनि यो नियमन के कुरामा भर पर्छ? यो मानिसहरूको विवेक र समझमा भर पर्छ। विवेक र समझभित्रको लाजको बोधले व्यक्तिका शारीरिक आवश्यकताहरू र उसको यौन कामनालाई उचित रूपमा नियमन गर्नुपर्छ। यदि तँ यसलाई नियमन गर्दैनस् वा नियन्त्रण गर्दैनस्, बरु तँ यौन कामनामा लिप्त हुन्छस् भने, त्यसलाई छाडा हुनु भनिन्छ, जसलाई कामुक हुनु भनिन्छ। यदि तँमा त्यस्ता प्रकटीकरणहरू छन् भने, तँ पथभ्रष्ट होस्। पथभ्रष्टता नकारात्मक कुरा हो—यो सकारात्मक कुरा पटक्‍कै होइन। किनभने यो मानिसहरूको मानवतामा हुने लाजको बोधको सीमाभन्दा बाहिर जान्छ, परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने सामान्य चेतनाको सीमाभन्दा बाहिर जान्छ; यसले मानवताका सीमाहरू पार गर्छ र यसले दाजुभाइ-दिदीबहिनीहरूको सामान्य जीवनमा बाधा र हानि पुऱ्याउँछ। त्यसकारण, पथभ्रष्टतालाई दुष्ट कुरा, नकारात्मक कुराका रूपमा अवश्य नै चित्रण गरिन्छ; यो बिलकुलै सकारात्मक कुरा होइन। मण्डलीले, परमेश्‍वरको घरले यौन आजादीलाई पटक्‍कै प्रवर्धन गर्दैन। परमेश्‍वरको घरले के कुरालाई प्रवर्धन गर्छ? (मर्यादित र सभ्य हुनुलाई, र सामान्य मानवताको जियाइलाई।) परमेश्‍वरको घरले सन्तहरूको शिष्टता, र विवेक र समझको साथ आफूलाई आचरणमा ढाल्‍ने कार्यलाई प्रवर्धन गर्छ। कम्तीमा पनि, यौन चाहना र शारीरिक आवश्यकताहरूको कुरामा, व्यक्तिमा लाजको बोध हुनैपर्छ। अर्थात्, यदि तँ विवाह गर्न चाहन्छस्, यदि तँ सामान्य रोमान्टिक सम्बन्धमा रहन चाहन्छस् भने, यो परमेश्‍वरले मानिसहरूका लागि नियोजन गर्नुभएका विवाहका सिद्धान्तहरू अनुरूप हुनुपर्छ—यसमा हाडनाता करणी, छाडापन, वा कामुकता समावेश हुनु हुँदैन। बुझिस्? (बुझेँ।)

भर्खरै हामीले दियाबलस रहेका मानिसहरूको पथभ्रष्टताका केही प्रकटीकरणहरूका बारेमा सङ्गति गर्‍यौँ। के तिमीहरूलाई केही सुझबुझ प्राप्त गर्न सहयोग गर्नका लागि यस्तो विषयमा सङ्गति गरेको राम्रो कुरा हो? (हो।) प्रकटीकरण जेसुकै भए पनि, यदि यो सामान्य मानिसहरूको भ्रष्ट स्वभावको दायराभन्दा बाहिर जान्छ वा यो मानिसहरूको जन्मजात प्रकृति र नैसर्गिक गुणको दायराभन्दा बाहिर जान्छ भने, यो असामान्य कुरा हो—यो दियाबलसहरूको प्रकटीकरण हो। हामीले भर्खरै सङ्गति गरेका कुराहरूमध्ये, एकदमै कुटिल सोचाइ र व्यवहार भएका मानिसहरूबाहेक, अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जसले स्पष्ट रूपमा ती कुटिल प्रकटीकरणहरू प्रदर्शन नगर्ला, तर जसको स्पष्ट प्रकटीकरण भनेको विशेष रूपमा कामुक र छाडा हुनु हो। यी स्पष्ट प्रकटीकरणहरू हुनुले ऊसँग दियाबलसहरूको पथभ्रष्ट सारको एउटा पक्ष पनि हुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। त्यसोभए के यी स्पष्ट प्रकटीकरणहरू भएका मानिसहरू दियाबलसहरू हुन् भनेर निश्‍चितताको साथ भन्‍न सकिन्छ? (सकिन्छ।) तिनीहरू कुनै पनि बेला आफ्नो यौन कामनामा लिप्त हुन्छन्, तिनीहरूको हृदय दुष्ट वासनाले भरिएको हुन्छ, र तिनीहरूलाई देहको यौन कामनासँग सम्बन्धित मामलाहरूमा विशेष चासो हुन्छ—तिनीहरूको चासो सामान्य मानिसहरूको शारीरिक आवश्यकताहरूभन्दा बाहिर जान्छ। अर्थात्, तिनीहरू जुनसुकै उमेरका भए पनि, तिनीहरू जुनसुकै लिङ्गी भए पनि, वा तिनीहरूको वैवाहिक स्थिति चाहे जे भए पनि, तिनीहरूको देहको यौन कामनाका प्रकटीकरणहरू सामान्य मानिसहरूको भन्दा बाहिर जान्छन्, र सामान्य मानिसहरूका आवश्यकताहरूभन्दा पनि बाहिर जान्छन्। यस क्षेत्रमा तिनीहरूको प्रकटीकरण सामान्य छैन भनेर भन्‍नका लागि यो नै पर्याप्त हुन्छ। तिनीहरूलाई चित्रण गर्न दुई वटा शब्द प्रयोग गरेर भन्दा, तिनीहरू विशेष रूपमा “कामुक” र “छाडा” हुन्छन्। अर्थात्, तिनीहरूका शारीरिक आवश्यकताहरू अत्यन्तै असामान्य हुन्छन्। जब पनि तिनीहरू कुनै क्षेत्रमा निश्‍चित सबल पक्ष वा अनुकूल जन्मजात अवस्था भएको विपरीत लिङ्गी व्यक्ति देख्छन्, तब तिनीहरूमा वासनाका विचारहरू पैदा हुन सक्छन् र तिनीहरूले यौन कामना निकास गर्न सक्छन्। उदाहरणका लागि, जब तिनीहरू सेतो, मिलेको दाँत भएको, र निकै सुन्दर र मीठो मुस्कान भएको, वा निकै राम्रो कपाल वा आँखा भएको विपरीत लिङ्गी व्यक्ति देख्छन्, तब तिनीहरूमा वासनाका विचारहरू पैदा हुन सक्छन्। विपरीत लिङ्गी व्यक्तिको जुनसुकै विशेषता तिनीहरूलाई राम्रो वा सुन्दर लागे पनि, तिनीहरूमा वासनाका विचारहरू आउन सक्छन्—अनि तिनीहरूले अर्को व्यक्तिप्रतिको आफ्नो लगाव र सराहना व्यक्त गर्ने माध्यमका रूपमा यौन कामनाको निकास प्रयोग गर्छन्। के यो घिनलाग्दो कुरा होइन र? यो अत्यन्तै घिनलाग्दो कुरा हो! कतिपय दुष्ट मानिसहरूले विपरीत लिङ्गी व्यक्तिले निश्‍चित अनुहारको हाउभाउ देखाएको देख्दा वासनाका विचारहरू विकास गर्छन्, जस्तै बोल्दा अलिक आँखीभौँ उठाउनु, वा मुस्कुराउँदा गालामा खाल्टा बस्‍नु वा निकै मोहक स्थिर दृष्टि प्रदर्शन गर्नु। तिनीहरूमा उत्पन्न हुने वासनापूर्ण विचारहरूको आवृत्ति र सङ्ख्या अचिन्तनीय र अकल्पनीय हुन्छ। सामान्य मानिसहरूलाई त्यो कुरा अचम्‍म लाग्छ: “यदि कुनै व्यक्ति राम्रो देखिन्छ भने, उसलाई थप एक-दुई पटक हेर्नु ठीकै हुन्छ—तर त्यसले कसरी वासनाका विचारहरू पैदा गर्न र यौन कामना निकास गर्न सक्छ? के त्यो विकृत कुरा होइन र?” सामान्य मानिसहरूले वासनाका विचारहरू पैदा गर्दैनन् भनेर सोचेका कुराहरूले दुष्ट मानिसहरूमा वासनाका विचारहरू पैदा गर्न र तिनीहरूलाई वासना निकास गर्न लगाउन सक्छन्, र सामान्य मानिसहरूले यसलाई बुझ्न सक्दैनन्। पथभ्रष्ट हुनु भनेको यही हो। सरल रूपमा भन्दा, यसलाई विकृत हुनु, वासना-विकृत हुनु भनेर भनिन्छ। कतिपय महिलाहरूमा, राम्रो मांसपेशी, सुगठित अनुहार भएको, र अग्लो कद भएको पुरुषलाई देख्दा पनि वासनाका विचारहरू पैदा हुन सक्छन्। वा जब तिनीहरूले केही सीप, केही क्षमता भएको, र त्यसमाथि सम्पत्ति र हैसियत भएको पुरुष देख्छन्, तब तिनीहरूभित्र वासनाका विचारहरू निरन्तर आन्दोलित हुन्छन्। तिनीहरूले उसलाई कदर गर्ने वा ऊ सभ्य छ भन्‍ने सोच्ने मात्र होइन, उसलाई अलिकति बढी मन पराउने मात्र होइन, र ऊसँग रोमान्टिक रूपमा संलग्‍न हुन वा ऊसँगको सम्बन्ध पछ्याउन चाहने मात्र होइन—बरु, तिनीहरूको हृदयमा निरन्तर ऊप्रतिको वासनाका विचारहरू आन्दोलित हुन्छन्। मलाई भन, के यो घिनलाग्दो कुरा होइन र? के यो पथभ्रष्ट हुनु होइन र? (हो।) वासनाका विचारहरू बारम्बार आन्दोलित हुनु असामान्य कुरा हो—यो पथभ्रष्ट कुरा हो।

हामी दियाबलसहरूबाट पुनर्जन्म लिने मानिसहरूमा देखा पर्ने कामुकता र छाडापनका प्रकटीकरणहरूबारे हाम्रो सङ्गतिलाई यहीँ समाप्त गर्नेछौँ। अब हामी “यौन उत्तेजकता” का बारेमा कुरा गरौँ। यौन उत्तेजन वास्तवमा कामुकता र छाडापन दुवैसँग सम्बन्धित हुन्छ; यो एउटै कुरालाई फरक दृष्टिकोणबाट भन्ने तरिका मात्रै हो। यसले कतिपय मानिसहरूले, विपरीत लिङ्गी व्यक्तिलाई फकाउन र उसमा सकारात्मक छाप पार्नका लागि प्रायजसो उसको अगाडि आफ्नो मोहक हाउभाउ देखाउने कार्यलाई जनाउँछ। उदाहरणका लागि, कतिपय महिलाहरूलाई गाढा रातो र कामुक देखिने लिपस्टिक लगाउन, मेकअप लगाएर तिनीहरूको आँखा निकै आकर्षक देखिने बनाउन, र निकै वृद्ध भए पनि लाली समेत लगाउन मन पर्छ। पहिरन छनौट गर्दा, तिनीहरू सधैँ सेक्सी, आकर्षक, र ध्यान खिच्ने खालका बन्नमा ध्यान दिन्छन्; बोल्दा, विपरीत लिङ्गी व्यक्तिलाई आकर्षित गर्न सक्‍ने गरी नखरालु वा प्यारो बन्‍ने प्रयास गर्छन्; र इत्यादि। कतिपय पुरुषहरू प्रायजसो महिलाहरू तिनीहरूमाथि भर परून् भनेर आफूलाई दह्रिलो पाखुरा भएका नायकहरूका रूपमा प्रस्तुत गर्छन्। तिनीहरू महिलाहरूका अगाडि प्रायजसो आफ्ना मांसपेशीहरू फुलाएर देखाउँछन्, पेटका मांसपेशीहरू देखाउनका लागि सजिलै आफ्नो शर्ट खोल्छन्, र विपरीत लिङ्गीलाई आकर्षित गर्न यी माध्यमहरू प्रयोग गर्छन्। तिनीहरूको उद्देश्य विपरीत लिङ्गीहरूमा आफ्‍नोबारे राम्रो छाप पार्नु वा प्रेम सम्बन्धका लागि कोही भेट्टाउनु मात्रै होइन, बरु विपरीत लिङ्गीहरूलाई फकाउनु, तिनीहरूलाई चासो देखाउने बनाउनु, त्यसपछि तिनीहरूलाई यौन कामनामा फसाउनु हो। तिनीहरूको उद्देश्य यही हो। के यो यौन रूपमा उत्तेजक हुनु होइन र? (हो।) यो उत्तेजक हुनु हो। गैरविश्‍वासीहरूले त्यस्ता मानिसहरूलाई “छाडा” भन्छन्। यी “वेश्या” हरूले के-कस्ता कुराहरू गर्छन्? यदि महिला हो भने, उसले लिपस्टिक समेत यो-त्यो भनेर छनौट गर्छे। उसले साधारण लिपबाम प्रयोग गर्दिन, र उसले इज्जतदार र सभ्य मानिसहरूले प्रयोग गर्ने लिपस्टिकलाई पनि घृणा गर्छे, र ती पर्याप्त रूपमा उत्कृष्ट छैनन् भन्‍ने ठान्छे। उसले पुरुषहरूको हृदयलाई तरङ्गित पार्ने, तिनीहरूलाई लोभ्याउने, र तिनीहरूलाई पूर्ण रूपमा मन्त्रमुग्ध बनाएर आफ्नो प्रेममा पार्ने उद्देश्यले, विशेष रूपमा लगाउँदा आफ्ना ओठहरूलाई निकै यौन उत्तेजक र मोहक देखाउने कामुक रङ्गहरू छनौट गर्छे। पुरुषहरूसँगको आफ्नो अन्तरक्रियामा, उसले प्रायजसो उत्तेजक व्यवहारहरू प्रदर्शन गर्छे, यौन कामना पोख्छे, र यो सबै तिनीहरूलाई फकाउने उद्देश्यले गरिएको हुन्छ। पुरुषहरू जति धेरै हुन्छन्, विशेष गरी उसले मन पराउने प्रकारका पुरुषहरू जति धेरै हुन्छन्, त्यति नै ऊ उत्साहित र सक्रिय बन्छे, र उसले आफूलाई प्रदर्शन गर्न जति सक्दो गर्छे, आफ्नो वाकपटुताको धाक लगाउँछे, अझै परिष्कृत शब्दभण्डार प्रयोग गर्छे, आफ्‍नो अनुहारको हाउभाउमा विशेष ध्यान दिन्छे, र विशेष रूपमा आकर्षक तरिकाले लुगा लगाउँछे। यसलाई उत्तेजक हुनु भनिन्छ। के उत्तेजक मानिसहरू र कामुक मानिसहरूका बीचमा कुनै भिन्‍नता हुन्छ? के तिनीहरू एउटै प्रकारका हुन्? (हुन्।) तिनीहरू एउटै ड्याङका मुला हुन्। एउटाले सक्रिय रूपमा फकाउँछ, अर्को सक्रिय रूपमा कामुकतामा संलग्‍न हुन्छ। यी दुवै यौन कामनामा लिप्त हुनु, यौन कामना पोखिनु र लम्पटताका प्रकटीकरण हुन्, जुन सबै पथभ्रष्ट प्रकृति सारद्वारा शासित हुन्छन्। यस्तो उत्तेजक प्रकारका मानिसहरू, चाहे पुरुष होऊन् वा महिला होऊन्, तिनीहरूका उमेर वा वैवाहिक स्थिति जेसुकै होस्, तिनीहरू कुनै पनि परिस्थितिमा आफ्नो व्यवहार नियन्त्रण गर्दैनन्, न त तिनीहरू आफ्नो यौन कामना नियन्त्रण वा व्यवस्थापन नै गर्छन्। बरु, तिनीहरू लम्पट र लापरवाह हुन्छन्, सक्रिय रूपमा अग्रसरता समेत देखाउँछन्—तिनीहरू विशेष लुगा लगाउँछन्, विशेष हाउभाउ देखाउँछन्, विशेष भाषा, विशेष बोलीवचनको शैली प्रयोग गर्छन्, र विपरीत लिङ्गीको ध्यान आकर्षित गर्न, तिनीहरूलाई कुराकानीमा आकर्षित गर्न, तिनीहरूलाई पासोमा पार्न विशेष कुराहरू गर्छन्, र आदि इत्यादि। त्यसकारण, त्यस्ता मानिसहरू कामुक मात्रै हुँदैनन्, तर उत्तेजक पनि हुन्छन्। “उत्तेजक” भन्‍ने शब्द साँच्‍चै नै निकै घिनलाग्दो शब्द हो। छोटकरीमा भन्दा, त्यस्ता मानिसहरूले कामुकता देखाए पनि वा उत्तेजकता देखाए पनि, तिनीहरूले यौन कामना पोख्ने तरिका छाडा हुन्छ, तिनीहरूले यौन कामना पोख्ने कार्यको प्रकृति छाडा हुन्छ, र तिनीहरूको सार पथभ्रष्ट हुन्छ। त्यस्ता मानिसहरूका प्रकटीकरणहरू कामुक भए पनि वा उत्तेजक भए पनि, ती सामान्य मानिसहरूका शारीरिक आवश्यकताहरूभन्दा बाहिर जान्छन्, र तिनीहरूमा विवेक र समझको संयमको कमी हुन्छ। त्यसकारण, त्यस्ता मानिसहरू पूर्ण रूपमा दुष्ट मानिसहरू हुन्। तैँले यसलाई जसरी हेरे पनि, तिनीहरू असल मानिसहरू होइनन्, बरु दियाबलसहरू हुन्। कुनै पनि समूहमा, त्यस्तो एउटा मात्र दियाबलसको उपस्थितिले पनि बाधा ल्याउनेछ। इज्जतदार र सभ्य मानिसहरूलाई तिनीहरूसँग घिन लाग्छ, जबकि सानो कदका, वा कुनै सुझबुझ वा अडान नभएका मानिसहरू—विशेष गरी जनावरबाट पुनर्जन्म लिनेहरू—प्रायजसो तिनीहरूबाट बहकिन्छन् र तिनीहरूको हैरानी भोग्छन्। सारांशमा भन्दा, यी दुष्ट प्रकटीकरणहरू प्रदर्शन गर्ने दियाबलसहरू जुनसुकै समूहमा भए पनि आपत् हुन्, जसले कसैलाई पनि कुनै फाइदा वा सहयोग दिँदैनन्, किनभने तिनीहरूको यौन कामना बारम्बार पोखिन्छ, जसले प्रायजसो कतिपय मानिसहरूको दैनिक जीवन र सामान्य विचारहरूमा बाधा दिन्छ।

मलाई भन, के यो कामुक, छाडा, र उत्तेजक प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउन सजिलो हुन्छ? (हुन्छ।) वयस्कहरूले तिनीहरूलाई खुट्ट्याउन सक्छन्, र सायद आजभोलि नाबालिग बच्‍चाहरूले समेत खुट्ट्याउन सक्छन्। त्यसकारण, धेरैजसो मानिसहरूले दियाबलसहरूको दुष्ट सार भएका मानिसहरूलाई भेट्दा, तिनीहरूमा केही अनुभूति, केही सुझबुझ त हुनुपर्ने हो; तिनीहरू थाहै पाउन नसक्‍ने गरी मूर्ख हुनेछैनन्। त्यसकारण, जब तिमीहरूले त्यस्ता मानिसहरूलाई भेट्छौ, तब के तिनीहरूसँग कसरी व्यवहार गर्ने भन्‍ने तिमीहरूलाई थाहा हुन्छ? के तिमीहरूले तिनीहरूलाई इन्कार गर्नेछौ? यदि तैँले आफूलाई मन नपर्ने कसैलाई भेटिस् भने, तैँले उसलाई इन्कार गर्छस् होला। तर यदि त्यो वास्तवमा तँलाई मन पर्ने व्यक्ति हो—तेरो सपनाको प्रेमी, तेरो आदर्श जीवनसाथी हो भने—के उसलाई इन्कार गर्न तँलाई सजिलो हुनेथियो? तिनीहरू यस्तो प्रकारका व्यक्ति हुन् भन्‍ने तँलाई स्पष्ट रूपमा थाहा हुन्छ, तर तिनीहरूको रूप अत्यन्तै आकर्षक हुने हुनाले वा तिनीहरूको कुनै सबल पक्षले तँलाई अत्यन्तै छुने हुनाले, तिनीहरूले तेरो मन चोर्छन् र तँलाई मोहनी लगाउँछन्—यस्तो परिस्थितिमा, तिनीहरूलाई इन्कार गर्न तँलाई गाह्रो हुन्छ। यदि तैँले तिनीहरूलाई इन्कार गरिनस् भने, के तँ खतरामा हुँदैनस् र? (हो, त्यो प्रलोभनमा पर्नु हो।) के यो प्रलोभनमा पर्नु मात्रै हो? यो यौन कामनाको घुमाउरो भङ्गालोमा पर्नु हो। के यौन कामनाको घुमाउरो भङ्गालोमा परेको व्यक्तिलाई आफूलाई मुक्त गर्न सजिलो हुन्छ? (अहँ, हुँदैन।) तिनीहरू तँलाई चासो देखाउँछन् र ख्याल गर्छन्, प्रेम र वास्ता देखाउँछन्, साथै तिनीहरू तँलाई निरन्तर स-साना निगाहहरू प्रस्ताव गर्छन्। तँलाई भित्री रूपमा असाधारण रूपमा न्यानो महसुस हुन्छ, र तँ सोच्छस्, “संसारमा मलाई यति राम्ररी व्यवहार गर्ने अरू कोही छैन; यो मेरो सपनाको राजकुमार, मेरो सपनाको प्रेमी हो।” यदि ऊ कामुक र छाडा व्यक्ति हो भने, उसले अरूलाई पनि त्यस्तै व्यवहार गर्छ भन्ने कुरा तैँले महसुस गर्न सक्दैनस्। तँ तिनीहरूका सबै विपरीत लिङ्गी साथीहरूमध्ये एउटा मात्रै होस्; तिनीहरूका लागि, तँ तिनीहरूले आफ्नो लामो जीवन यात्रामा भेटेर जाने व्यक्ति—केवल एक बिसौनी—मात्रै होस्। जब तिनीहरूले तँसँग पर्याप्त रूपमा रमाइलो गरिसक्छन् र तिनीहरूलाई तँप्रति उप्रान्त कुनै आकर्षण रहँदैन, तब तँ तिनीहरूले त्याग्‍ने व्यक्ति बन्छस्। तिनीहरूले तँलाई लुगा वा थोत्रो कपडा जस्तै गरी निर्दयी ढङ्गले त्याग्छन्, र त्यसपछि चाहिँ तैँले पीडा महसुस गर्नेछस्। जब तिनीहरूले तँलाई त्याग्‍ने निर्णय गर्छन्, तब तँ रुनु व्यर्थ हुन्छ, तैँले तिनीहरूलाई बिन्ती गर्नु व्यर्थ हुन्छ, तिनीहरूको अघि तैँले घुँडा टेक्नु समेत व्यर्थ हुन्छ; कतिपय मानिसहरूले त आत्महत्या समेत गर्छन्, तर त्यो पनि व्यर्थ नै हुन्छ—तिनीहरूलाई कुनै पनि कुराले छुन सक्दैन। तँप्रति तिनीहरूमा उप्रान्त यौन आवश्यकताहरू नभएपछि, तिनीहरूले तँप्रति उप्रान्त कुनै भावनाहरू छैनन्, तिनीहरूले तँलाई उप्रान्त प्रेम गर्दैनन् भनेर भन्‍नेछन्, र तिनीहरू तँलाई प्रतिस्थापन गर्न अर्को सिकार खोज्न जानेछन्। त्यसपछि मात्रै तँलाई त्यस्ता मानिसहरू उपयुक्त वैवाहिक साथी होइनन्, सपनाको राजकुमार, जीवनसाथी, वा सपनाको प्रेमीको विचार सबै छली चलाकी मात्रै हो भन्‍ने पत्ता लाग्छ, त्यसपछि मात्रै तैँले यौन कामना साँचो प्रेम होइन भन्‍ने महसुस गर्छस्। त्यस्ता कामुक र छाडा मानिसहरूले चाहे जोसँग प्रेम सम्बन्ध गाँसे पनि, तिनीहरूमा यौन कामना मात्रै हुन्छ र तिनीहरूसँग कुनै साँचो प्रेम हुँदैन। तिनीहरूले तँसँग सधैँ रहने, वा कुनै जिम्मेवारी पूरा गर्ने कुनै अभिप्राय कहिल्यै राख्दैनन्। तिनीहरू यौन कामनाको खेलमा मात्रै लिप्त हुन्छन्। तिनीहरूले पर्याप्त रूपमा रमाइलो गरेपछि र तिनीहरूको यौन कामना सन्तुष्ट भएपछि, तिनीहरूले तँलाई दोस्रो पटक फर्केर हेर्न समेत चाहनेछैनन्, र तँप्रति दया गर्ने झमेला समेत लिनेछैनन्। तिनीहरूले आफ्नो नयाँ निसाना भेट्टाएपछि, तँ निभेको आगो बन्छस्, त्यसपछि तँ रुन मात्रै सक्छस्। त्यसकारण, पुरुष होस् वा महिला होस्, प्रेम सम्बन्धमा रहँदा वा जीवनसाथी खोज्दा, व्यक्तिले कहिलेकहीँ त्यस्ता दुष्ट मानिसहरू भेट्छ। तिनीहरूले तँप्रति कामुक विचारहरू विकास गर्छन् र तँलाई आफ्नो पासोमा फसाउँछन्, तैपनि तिनीहरूले तँलाई साँच्चै प्रेम गर्छन् भन्‍ने तँलाई विश्‍वास हुन्छ र तँ तेरो जीवनको खुसी त्यस्ता व्यक्तिलाई सुम्पन्छस्। तँलाई पन्छाइएपछि र त्यागिएपछि मात्रै तैँले उसलाई गलत मूल्याङ्कन गरेको रहेछस्, यो व्यक्ति जिम्मेवारीहरू पूरा गर्न सक्‍ने मानवता भएको व्यक्ति होइन, तर कामुक र छाडा व्यक्ति हो भन्‍ने कुरा तैँले महसुस गर्छस्। त्यति बेलासम्म, पछुतो गर्नका लागि ढिला भइसकेको हुन्छ; यो विवाहको मामिलामा कठिन बाटो लिनु हो। सामान्य मानवता भएको व्यक्तिका हकमा भन्दा, खेलबाड गरिनुको अनुभवले आजीवन पीडा ल्याउन सक्छ, तर दियाबलसहरू चाहे जति धेरै मानिसहरूसँग खेलबाड गरे पनि उदासीन नै रहन्छन्; तिनीहरूलाई भाग्यमानी, खुसी, र सन्तुष्टि समेत महसुस हुन्छ, तिनीहरू अझै धेरै विपरीत लिङ्गी मानिसहरूलाई फकाएर खेलौना बनाउन सके त हुनेथियो भन्‍ने उत्कट चाहना गर्छन्। तिनीहरू यसलाई आफ्नो जीवनकालको खुसीका रूपमा लिन्छन्, र यसलाई आफ्नो सीप र क्षमता भन्छन्। सामान्य मानिसहरूले तिनीहरूसँग व्यवहार गर्ने कष्ट उठाउन सक्दैनन्। त्यसकारण, यदि तँ सम्बन्धमा रहन चाहन्छस् भने, आँखा खुला राख् र कुराहरूलाई स्पष्ट रूपमा हेर्; तैँले जे गरे पनि, दियाबलसलाई चाहिँ नचून्। यदि तैँले सामान्य व्यक्तिसँग प्रेम सम्बन्ध गाँसिस् भने, तैँले प्रेम सम्बन्ध तोडे पनि, उसले तँलाई त्यति गहन रूपमा चोट पुर्‍याउनेछैन; कम्तीमा पनि, तिमीहरू साधारण साथीहरूका रूपमा रहन सक्छौ। तर यदि तँ दियाबलससँग संलग्‍न भइस् भने, तेरो सम्पूर्ण जीवन तिनीहरूको हातमा बरबाद हुनेछ। मलाई भन्, सामान्य व्यक्तिमा कति निष्कपटता र साँचो स्‍नेह हुन्छ? यो जीवनकालमा तिनीहरूसँग कति ऊर्जा हुन्छ? यदि तँ कसैसँग सम्बन्धमा प्रवेश गर्दा हरेक पटक ठगिन्छस्, जसले गर्दा तँलाई छल र खेलबाडमा परेकोमा गहन रूपमा चोट पुग्छ भने, तँ आफ्नो सम्पूर्ण जीवनको मार्ग यो छायामुनि रहेर हिँड्नेछस्, जसले गर्दा तेरो अस्तित्व अत्यन्तै पीडादायी हुनेछ। त्यसकारण, विपरीत लिङ्गी व्यक्तिसँग प्रेम सम्बन्धमा रहँदा होस् वा सङ्गत गर्दा होस्, तँ सबैभन्दा बढी यी कामुक र छाडा मानिसहरूबाट सतर्क हुनुपर्छ। तँ पुरुष भए पनि वा महिला भए पनि, यदि तैँले मानिसहरूलाई छर्लङ्ग देख्‍न सक्दैनस् र कुनै व्यक्ति कामुक र छाडा छ कि छैन भन्‍ने तँलाई थाहा छैन भने, ठगिनु र जीवनभरि पछुतो भोग्‍नुबाट जोगिनका लागि लापरवाह रूपमा तिनीहरूसँग सङ्गत नगर्। तीता परिणामहरू देखा परेपछि, तिनको सामना गर्ने व्यक्ति तँ मात्रै हुन्छस्; कसैले पनि तेरो स्थान लिन सक्दैन, र कसैले पनि तेरो चोट लागेको हृदयलाई सान्त्वना दिन सक्दैन। तैँले मानिसहरूलाई छर्लङ्ग देख्‍न सक्छु भनेर भने पनि, तैँले सही ढङ्गले त्यसो गर्न सक्दैनस् होला। आजभोलि कसैका बारेमा निश्‍चित हुन सकिँदैन। व्यक्तिले मुक्ति प्राप्त गर्नुभन्दा पहिले, उसमा सत्यता पछ्याउने चाहना मात्रै हुन्छ; उसमा सभ्य मानवता छ जस्तो देखिन्छ होला, तर तँ ऊसँग जिइस् भने कामकुरा वास्तवमा कस्तो हुनेछ भन्‍ने कुरा अनिश्‍चित हुन्छ। सत्यता नबुझ्ने र मुक्ति नपाएको कुनै पनि व्यक्ति भरपर्दो हुँदैन। तिनीहरू किन भरपर्दा हुँदैनन्? मलाई भन्, यो दुष्ट संसारमा जिउँदा, के सत्यता प्राप्त नगरी, कुनै पनि प्रलोभनलाई प्रतिरोध गर्न र कुनै पनि दुष्ट प्रचलनको बीचमा दृढ रहन सक्‍ने कोही छ? एक जना पनि छैन। त्यसकारण, भरपर्दा मानिसहरू कोही छैनन्। भरपर्दा मानिसहरू कोही छैनन् भन्‍नुको अर्थ के हो? यसको अर्थ पुरुष होस् वा महिला होस्, जोकोहीका लागि, विवाहमा प्रवेश गर्नु नै दुःखान्तको सुरुवात हो। दैनिक आवश्यकताहरू पूरा गर्नुपर्दा र दिन प्रति दिन जीवनका विभिन्‍न सानातिना कुरा र झमेलाहरूको सामना गर्नुपर्दा, यी दुई जना मानिसहरू अन्त्यसम्म रहन सक्छन् कि सक्दैनन्, तिनीहरूले बाटोमा एक-अर्कालाई साथ दिनेछन् कि दिनेछैनन्, तिनीहरू खुसी हुनेछन् कि हुनेछैनन्, र तिनीहरूसँग एउटै जग र साझा पछ्याइहरू हुनेछन् कि हुनेछैनन् भनेर भन्‍न गाह्रो हुन्छ। त्यसकारण, व्यक्ति विवाहमा प्रवेश गरेपछि र उसले वास्तविक जीवन सामना गर्न थालेपछि, कष्ट सुरु हुन्छ। हेर् त, जब तँ एकल हुन्छस्, तब सबै कुरा सम्हाल्न सजिलो हुन्छ; तैँले आफ्ना लागि आफै निर्णय गर्न सक्छस्। तर जब दुई जना मानिसहरू सँगै जिउँछन्, तब के तैँले सबै निर्णय आफै गर्न सक्छस्? के अर्को व्यक्ति तँ अनुकूल हुनेछ? के तँ तिनीहरूको इच्छाअनुसार चल्नेछस्? के तिनीहरूले तँलाई हेरचाह र ख्याल गर्नेछन्? के तैँले तिनीहरूको हेरचाह गर्नेछस्? यी सबै अज्ञात कुराहरू हुन्। यदि तैँले भेट्ने व्यक्ति कामुक र छाडा छैन, र तँलाई तिमीहरू एक-अर्काका लागि उपयुक्त छौ र तिमीहरू विवाह गर्न सक्छौ भन्‍ने लाग्छ भने पनि, तिनीहरूले अन्ततः विवाहको संरचनाभित्र रहेका आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा अज्ञात हुन्छ, र तँ यस दायराभित्र रहेर तिनीहरूसँग अन्त्यसम्मै हिँड्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा पनि अज्ञात हुन्छ। तँ आफैमा समेत सुनिश्‍चितता र आत्मविश्‍वासको कमी छ, जसले अरू पनि त्यस्तै हुन्छन् भन्‍ने कुरा प्रमाणित गर्छ—त्यो भनिरहनु पर्दैन, होइन र? (हो।)

यदि, तेरो दैनिक जीवनमा, तैँले यस्ता कामुक, उत्तेजक, र छाडा प्रकारका मानिसहरू भेटिस्, र तिनीहरू तँसँग नजिक हुने प्रयास गर्छन् भने, त्यसो गर्दा तिनीहरूको उद्देश्य के हो भन्‍ने कुरा तैँले जान्नुपर्छ। यदि तँ तिनीहरूलाई इन्कार गर्दैनस्, वा यदि तेरो डरपोकपना, सोझोपन, मूर्खता र अज्ञानता, वा अनुभवात्मक ज्ञानको कमीका कारण तँ तिनीहरूको मनसाय पूरा हुन दिन्छस्, जसले गर्दा प्रतिकूल परिणामहरू देखा पर्छन् भने, अन्ततः, परिणामहरू भोग्‍ने व्यक्ति तँ नै हुनेछस्। कामुक र छाडा मानिसहरूले—दियाबलसहरूले—यौन कामना पोखेको वा अनैतिक कुराहरू गरेकोमा कहिल्यै कुनै ग्लानि वा पछुतो महसुस गर्दैनन्। तिनीहरूलाई यसको कुनै महत्त्व छैन भन्‍ने लाग्छ; तिनीहरू तिनीहरूले फाइदा लिइरहेका छन्, र जीवनमा मानिसहरू यस्तै हुनुपर्छ भन्‍ने सोच्छन्। तर यदि तँ सामान्य व्यक्ति होस् भने, तेरो मानवताभित्र रहेको विवेक र समझले त्यस्ता प्रहार, कष्ट, र गम्भीर हानि पटक्कै सहन सक्दैन। त्यसकारण, यदि तैँले त्यस्ता कामुक र छाडा मानिसहरू भेटिस् भने, तँ होसियार हुनुपर्छ। तँ प्रलोभनमा नफस्नका लागि, मलाई रक्षा गर्नुहोस् भनी तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। विशेष गरी यदि अर्को व्यक्तिसँग धेरै गुप्त चलाकीहरू छन्, ऊ अनुभवी खेलाडी हो, र ऊ तेरो सपनाको प्रेमी पनि हो, तैँले पछ्याउने सपना देखेको व्यक्ति पनि हो भने, तँ सजिलै प्रलोभनमा पर्न सक्छस् र तँ सजिलै सुधार गर्न नसकिने परिस्थितिमा पर्न सक्छस्, जसले गर्दा तैँले अन्ततः कसैले पनि हेर्न नचाहने खराब परिणाम भोग्‍न सक्छस्। त्यो बेलासम्म, तेरो हृदय, मन, र देहले केही हदसम्म विनाश भोगेको हुनेछ। त्यसपछि, जब तँ आफ्नो कर्तव्य पूरा गर्न र उहाँलाई पछ्याउन परमेश्‍वरको अघि आउँछस्, तब धेरै कुराहरू फरक हुनेछन्—ती सुरुमा जस्ता थिए, कहिल्यै त्यस्ता हुनेछैनन् र ती पहिले जस्ता थिए त्यस्तो अवस्थामा कहिल्यै फर्केर आउन सक्दैनन्। कसैले यौन कामनासँग सम्बन्धित केही असामान्य वा उतारचढावपूर्ण अनुभवहरू भोगेपछि, यसले उसको हृदयमा केही भयानक छाप छोड्छ, जुन कुरालाई कुनै पनि सामान्य व्यक्तिले आफ्नो सम्पूर्ण जीवनभरि सजिलै बिर्सिँदैन। अलि अलि गर्दै समय बित्दै जाँदा, यी यादहरू र यो पीडा बिस्तारै हराउन सक्‍ने भए पनि, यदि यी घटनाहरूले तँलाई केही मात्रामा हानि र बरबादी दिएका छन् भने, ती तेरो हृदयमा सधैँ रहने डरलाग्दा सपनाका रूपमा रहनेछन्। यस जीवनमा, तँ कहिले पनि आफ्नो पहिलेको जीवनमा फर्केर जान सक्‍नेछैनस्; उप्रान्त तेरो भित्री संसार पहिलेको जस्तो विशुद्ध र सरल हुनेछैन, र तँलाई आफ्नो पहिलेको स्थिति फेरि प्राप्त गर्न असम्भव हुनेछ। यस विन्दुमा, जब तँ आफ्नो कर्तव्य पूरा गर्न आउँछस्, तब तेरो हृदयमा थप बोझ हुनेछ जुन तँ त्याग्‍न चाहनेछस् तर सक्नेछैनस्। यो बोझले के जनाउँछ? यसले हानि भोगेको अनुभवका विभिन्न यादहरूलाई जनाउँछ। यी यादहरूका बारेमा सोच्दा तँलाई वाक्‍क लाग्नेछ, र तिनले तेरो हृदय र भावनाहरूलाई पनि बारम्बार बाधा दिनेछन्। त्यसकारण, उप्रान्त तेरो भित्री संसार पहिलेको जस्तो विशुद्ध र सरल हुनेछैन; अब तेरा भावनाहरूमा सामान्य मानवतामा हुनु नहुने धेरै कुराहरू समावेश हुनेछन्। निश्‍चित हदसम्‍म, यसले तेरो जीवनमा, कर्तव्य निर्वाहमा हस्तक्षेप गर्नेछ, र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा र सत्यता पछ्याइमा पनि हस्तक्षेप गर्नेछ। बोझ भनेको यही हो। त्यसकारण, उमेर जतिसुकै भए पनि, कुनै व्यक्ति दियाबलससँगको रोमान्टिक सम्बन्धको प्रलोभनमा परेपछि, ऊ स्वाभाविक रूपमै अवर्णनीय दिक्दारीमा पर्छ। सामान्य व्यक्तिका लागि, यो राम्रो कुरा होइन।