सत्यता कसरी पछ्याउने (१४) भाग एक
आफ्नो उत्पत्तिका आधारमा मानिसहरूका तीन वर्ग
दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका विशेषताहरू
हालै, हामीले एउटा विषयमा सङ्गति गरेका थियौँ, जुन फरक-फरक वर्गका मानिसहरूलाई तिनीहरूको उत्पत्तिका आधारमा छुट्याउनु हो। यो मानिसहरूको जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूको व्यापक विषयअन्तर्गत देखा पर्ने विशेष विषय हो। हामीले यो विशेष विषयसँग सम्बन्धित केही विषयवस्तुमा सङ्गति गर्यौँ—त्यसमा के समावेश थियो? (परमेश्वरले मानिसहरूलाई तिनीहरूको उत्पत्ति अनुसार तीन प्रकारमा वर्गीकरण गर्नुभयो: पशुबाट पुनर्जन्म लिएकाहरू, दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू, र मानिसहरूबाट पुनर्जन्म लिएकाहरू। पहिलो पटक, परमेश्वरले पशुबाट पुनर्जन्म लिएका मानिसहरूका चार वटा विशेषताका बारेमा सङ्गति गर्नुभयो: पहिलो, तिनीहरूसँग विकृत बोध हुन्छ; दोस्रो, तिनीहरू विशेष रूपमा बोधा हुन्छन्; तेस्रो, तिनीहरू विशेष रूपमा अलमल्ल परेका हुन्छन्; र चौथो विशेषता भनेको तिनीहरू मूर्ख हुन्छन्। दोस्रो पटक, परमेश्वरले दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको चरित्रका बारेमा सङ्गति गर्नुभयो: पहिलो, तिनीहरूलाई झूट बोल्ने लत लागेको हुन्छ; दोस्रो, तिनीहरू पथभ्रष्ट हुन्छन्; अनि तेस्रो भनेको तिनीहरू दुष्ट हुन्छन्। सङ्गति मुख्यतः तिनीहरूको झूट बोल्ने लत र पथभ्रष्ट हुनु गरी दुइटा प्रकटीकरणमा केन्द्रित थियो।) झूट बोल्ने लतको मुख्य प्रकटीकरण भनेको छल हो। पथभ्रष्ट हुनु प्रकटीकरणहरूका हकमा भन्दा, हामीले तिनलाई पनि वर्गीकरण गऱ्यौँ—कति वटा प्रकटीकरणहरू थिए? (तीन वटा थिए। पहिलो प्रकटीकरण स्वभावसँग सम्बन्धित छ; किटेर भन्दा, कुटिल हुनु। दोस्रोमा देहको दुष्ट कामवासना समावेश हुन्छ। अनि अर्को भनेको अनौठो हुनु हो; अर्थात्, प्रायजसो श्रवण र अरू इन्द्रियका भ्रमहरू अनुभव गर्नु, र सधैँ असामान्य व्यवहार देखाउनु।) सामान्यतया यसमा समावेश भएको कुरा यही हो।
आ. दोस्रो विशेषता: पथभ्रष्टता
पछिल्लो पटक हामीले दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका पथभ्रष्ट पक्षका केही प्रकटीकरणहरूबारे सङ्गति गरेका थियौँ। मैले मण्डलीले सङ्ग्रहित गरेका निष्कासन दस्ताबेजहरूमा एक जना व्यक्तिका प्रकटीकरणहरूबारेमा पढेको थिएँ—सबैले सुन र उसका प्रकटीकरणहरू हामीले सङ्गति गरेको कुरासँग सम्बन्धित छन् कि छैनन् भनेर हेर। यो व्यक्ति खेतमा तरकारीखेती गर्ने जिम्मेवारीमा थियो। उसका मुख्य प्रकटीकरणहरू यसरी वर्णन गरिएका थिए: “उसको मानवता दुर्भावनापूर्ण छ, र माथिप्रतिको उसको मनोवृत्ति अनादरपूर्ण छ,” र केही विशिष्ट प्रकटीकरणहरू सूचीकृत थिए। पहिलो प्रकटीकरण यस्तो थियो: “उसले माथिका लागि तरकारी खेती गर्ने ठाउँ लापरवाह रूपमा छनौट गऱ्यो। पछि, यो ठाउँ होचो छ र यहाँ पानी जम्ने सम्भावना छ भन्ने पत्ता लाग्यो। त्यहाँ लगाइएको मल पानीले बगाउँथ्यो, जसले गर्दा सागसब्जी निकै स-साना हुन्थे। मल फेरि हाल्नुपर्छ भन्ने उसलाई थाहा थियो तर उसले हाल्दै हालेन। उसले सागसब्जी राम्ररी बढिरहेका छैनन् भन्ने देख्यो तर केही पनि गरेन—उसले माथिलाई जानी-जानी कमसल तरकारी खान दियो।” यो पहिलो प्रकटीकरण थियो। दोस्रो प्रकटीकरण यस्तो थियो: “सामान्यतया, ऊ दाजुभाइ-दिदीबहिनीहरूका लागि रोपिएका सागसब्जीको मात्रै स्याहार गरेर हिँड्थ्यो। माथिका लागि उत्पादन गरिएका सागसब्जीको कुरा गर्नुपर्दा, उसले त्यसको हेरचाह वा व्यवस्थापन गर्दैनथियो—उसले त्यो मामलाबारे चिन्ता गर्दैनथियो वा त्यसबारे केही गर्दैनथियो।” तेस्रो प्रकटीकरण यस्तो थियो: “उसलाई ती तरकारीहरूमा धेरै कीरा लागेका छन्, जसले ती सागसब्जीलाई टोकेर प्वालै-प्वाल पारी घिनलाग्दा देखिने र खान लायक नरहने तुल्याएका छन् भन्ने थाहा थियो, तर उसले प्रभावकारी हुन्छ कि हुँदैन भन्ने वास्ता नगरी कीटनाशक औषधी त्यत्तिकै छरिदियो। अरूले उसलाई सागसब्जीबाट किराहरू टिपेर फाल भन्दा, ऊ पूर्ण रूपमा उदासीन हुन्थ्यो, र उसले सोच्थ्यो, ‘यसबारे किन यति चिन्ता गर्नु? मैले गर्नुपर्ने कार्य धेरै छन्—म हरेक दिन यी सागसब्जीहरूलाई रुँगेर बस्न सक्दिनँ!’” देखिस्, उसले हृदयमा यही सोच्थ्यो—अरूले उसलाई याद दिलाउँदा पनि, ऊ अझै पनि कार्य गर्दैनथियो। चौथो प्रकटीकरण यस्तो थियो: “माथिका लागि सागसब्जी रोप्ने बारेमा उसले हृदयमा यस्तो सोच्थ्यो: ‘मैले उब्जाएका तरकारी जस्ता भए पनि, तपाईँले ती नै खानुपर्नेछ। यदि ती राम्रा भए, तपाईँले राम्रा तरकारीहरू खान पाउनुहुनेछ। यदि मैले कुनै राम्रा सागसब्जी उब्जाइनँ भने, ती नखानुहोस्। जे भए पनि, मैले ती तपाईँका लागि उब्जाएको हुँ—तपाईँ मप्रति कृतज्ञ हुनुपर्छ!’” उसका हृदयमा रहेका दुर्भावनापूर्ण विचारहरू यिनै थिए, र उसले आफूसँग बस्ने मानिसहरूलाई यी विचारहरू बताएको थियो। “जब अरूले उसलाई माथिलाई सागसब्जी पुर्याउँदा सडेका सागसब्जीका पातहरू राख्ने डालो प्रयोग नगर्नू भनेर सम्झाए, तब उसले भन्यो, ‘म त्यसबारे कुनै प्रत्याभूति दिन सक्दिनँ।’” देखिस्, अरूले उसलाई सम्झाए, र पनि उसले सुनेन। उसले जे मन लाग्यो त्यही मात्रै गर्थ्यो। यो चौथो प्रकटीकरण थियो। पाँचौँ प्रकटीकरण यस्तो थियो: “उसले माथिका लागि उब्जाइएका सागसब्जीहरूलाई हृदयमा कुनै चेतनाविना, अलिकति पनि पछुतो नगरी यसरी नै व्यवहार गर्थ्यो। जब कसैले उसलाई थप सजग हुनलाई सम्झाउँथ्यो, तब ऊ प्रतिरोधी र वितृष्ण हुन्थ्यो। जसले उसलाई सुझाव दियो—उसले त्यो व्यक्तिलाई घृणा गर्थ्यो।” अगुवा र कामदारहरूले जम्मा पाँचवटा प्रकटीकरण निकाले। तिनीहरूले यस व्यक्तिका आम प्रकटीकरणहरू, साथै सत्यताप्रतिको उसको मनोवृत्ति र कर्तव्यप्रतिको उसको मनोवृत्तिलाई सारांशीकृत गरे, र तिनीहरूले निश्चित उदाहरणहरू पनि सूचीकृत गरे। सारांश निकै राम्रो थियो। यो सुनेपछि तिमीहरूलाई कस्तो लाग्यो? के यी प्रकटीकरणहरू भएको व्यक्तिसँग असल मानवता हुन्छ? (हुँदैन।) यो कति खराब थियो? के यस व्यक्तिका प्रकटीकरणहरू हामीले सङ्गति गरेका दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका प्रकटीकरणहरूसँग मिले? (मिले।) ती कुन प्रकटीकरणसँग मिले? (यस्ता मानिसहरू दुष्ट हुनुको प्रकटीकरण।) दुष्ट हुनुको साथसाथै, के उसमा दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको विशेषता अर्थात् पथभ्रष्ट हुनुका कुनै प्रकटीकरणहरू थिए? (थिए।) यो कसरी प्रस्ट भयो? (साधारण मानिसहरूले माथिका लागि सागसब्जी उब्जाउँदा राम्रो जमिन छनौट गर्नुलाई प्राथमिकता दिनेथिए, तर उसले दाजुभाइ-दिदीबहिनीहरूको चापलुसी गर्ने निर्णय गऱ्यो—उसले दाजुभाइ-दिदीबहिनीहरूका लागि उब्जाइएका सागसब्जीको मात्रै हेरचाह गऱ्यो। माथिका लागि उब्जाइएका सागसब्जीहरूका लागि, उसले रूखो जमिन छनौट गऱ्यो, तिनको हेरचाह गर्ने वा किरा नियन्त्रण गर्ने काम गरेन, र सधैँ माथिलाई कमसल सागसब्जी खान दियो। उसमा माथिप्रति, परमेश्वरप्रति शत्रुवत् मनोवृत्ति थियो।) उसमा माथिप्रति किन शत्रुवत् मनोवृत्ति थियो? के माथिले उसलाई चिढ्याएका थिए? (थिएनन्। उसको मनोवृत्ति उसको प्रकृति सारले निर्धारित गरेको थियो—उसले परमेश्वरलाई र सकारात्मक कुराहरूलाई घृणा गर्थ्यो।) मैले यस व्यक्तिलाई साँच्चै कहिल्यै चिनेको थिइनँ—मैले ऊसँग कहिल्यै कुनै व्यवहार गरेको थिइनँ। त्यसोभए उसले कसरी आफ्नो हृदयमा यस्तो गहिरो घृणा पाल्न सक्थ्यो? यो उसको प्रकृतिको समस्या हो। एक हिसाबमा, यो दुष्ट थियो; अर्को हिसाबमा, यो पथभ्रष्ट थियो, होइन र? के यो त ठूलो रातो अजिङ्गरको जस्तै होइन र? (हो।) उसले परमेश्वर र सकारात्मक कुराहरूलाई जसरी व्यवहार गर्थ्यो त्यसमा उसको हृदयमा एक प्रकारको घृणा झल्किन्थ्यो। यदि तैँले उसलाई के भइरहेको छ भनेर सोधिस् भने, ऊ आफैले स्पष्ट रूपमा व्याख्या गर्न सक्नेथिएन—उसलाई बस घृणा महसुस हुन्थ्यो। उसले परमेश्वर र सत्यतालाई विशेष रूपमा घृणा गर्थ्यो, उसले सकारात्मक कुराहरूलाई विशेष रूपमा घृणा गर्थ्यो। के यो पथभ्रष्ट हुनु होइन र? (हो।) यस्तो प्रकारको व्यक्ति दियाबलस हो। यदि तैँले उसलाई “तिमी कसमा विश्वास गर्छौ?” भनेर सोधिस् भने उसले निश्चित रूपमा नै परमेश्वरमा विश्वास गर्छु भनेर भन्नेथियो। उसले परमेश्वरमा विश्वास गर्छ, तैपनि परमेश्वरलाई घृणा गर्छ—यसले दियाबलसको मानसिकता प्रकट गर्छ। पथभ्रष्ट हुनु भनेको यही हो। म किन यसो भन्छु? पहिलो कुरा, मैले यो व्यक्तिलाई पटक्कै चिनेको थिइनँ, र मैले उसलाई कहिल्यै काटछाँट गरेको थिइनँ, तैपनि उसले मप्रति यस्तो गहिरो घृणा पालेको थियो—यो पथभ्रष्ट हुनु हो। दोस्रो कुरा, दाजुभाइ-दिदीबहिनीहरूले नै उसलाई यी सागसब्जीहरू रोप्न दिने प्रबन्ध गरेका थिए। यदि ऊ त्यसो गर्न इच्छुक थिएन भने, उसले समस्या उठाउन सक्थ्यो, तर उसले तरकारी बारीमा आफ्नो रिस पोख्यो। रोपेपछि, उसले त्यसको उचित हेरचाह गरेन र माथिलाई कमसल सागसब्जी खान दियो। तेस्रो कुरा, दाजुभाइ-दिदीबहिनीहरूका लागि सागसब्जी उब्जाउन ऊ निकै इच्छुक थियो र उसले तिनको निकै राम्रो हेरचाह गर्थ्यो, तर माथिका लागि सागसब्जी उब्जाउने कुरा आउँदा, ऊ हृदयमा अनिच्छुक थियो। ऊ विशेष रूपमा घृणाले भरिएको थियो, र किन यस्तो भयो भन्ने कुरा स्पष्ट छैन—उसलाई कसैले पनि चिढ्याएको थिएन, तैपनि उसले माथिलाई र परमेश्वरलाई यसरी व्यवहार गऱ्यो। के यो पथभ्रष्ट हुनु होइन र? (हो।) यो पथभ्रष्ट प्रेरक शक्ति धेरै ठूलो रहेछ! एक हिसाबमा, यो दुष्ट हो; अर्को हिसाबमा, यो पथभ्रष्ट हो—दियाबलसको प्रकृति यही हो। चाहे परमेश्वरको घरले प्रेमका साथ दियाबलसहरूलाई जति नै सहनशील र धैर्य रूपमा व्यवहार गरोस्, चाहे परमेश्वरको घरले तिनीहरूलाई मुक्ति प्राप्त गर्ने मौकाहरू जति नै देओस्, तिनीहरूले यी कुराहरू पटक्कै बुझ्दैनन्। तिनीहरू हृदयमा परमेश्वर र परमेश्वरको घरलाई घृणा मात्रै गर्छन्। यसको सारा कारण के हो भने दियाबलसको प्रकृति भनेको ठ्याक्कै परमेश्वरलाई घृणा गर्नु र सकारात्मक कुराहरूलाई घृणा गर्नु नै हो। यसको कारण के हो भनेर कसैले पनि स्पष्ट रूपमा भन्न सक्दैन—दियाबलसहरूले केवल परमेश्वर र सकारात्मक कुराहरूप्रति आधारहीन घृणा पाल्छन्। यसलाई पथभ्रष्ट हुनु भनिन्छ। ऊ हरेक दिन केका बारेमा सोचिरहेको हुन्थ्यो? “मैले उब्जाएका तरकारी जस्ता भए पनि, तपाईँले ती नै खानुपर्नेछ। यदि ती राम्रा भए, तपाईँले राम्रा तरकारीहरू खान पाउनुहुनेछ। यदि मैले कुनै राम्रा सागसब्जी उब्जाइनँ भने, ती नखानुहोस्। जे भए पनि, मैले ती तपाईँका लागि उब्जाएको हुँ—तपाईँ मप्रति कृतज्ञ हुनुपर्छ!” के उसको हृदयका कुराहरू पथभ्रष्ट थिएनन् र? ऊ जे सोचिरहेको थियो, त्यो सबै दुष्ट र कुटिल थियो। विवेक र समझ भएका मानिसहरूलाई उसका विचारहरू अकल्पनीय लाग्छ—उसले किन यस्तो सोच्छ भनेर तिनीहरूले पूर्ण रूपमा बुझ्नै सक्दैनन्। दियाबलसहरूले ठ्याक्कै यस्तै व्यवहार गर्छन्। तिनीहरूले हृदयमा जे सोचे र चिन्तन गरे ती सबै अन्धकारमय र दुष्ट कुराहरू थिए। के यस्तो—दियाबलस जस्तो व्यक्तिले—सत्यता स्वीकार गर्न सक्छ? (सक्दैन।) ऊसँग आधारभूत मानव नैतिकता, वा विवेक र समझ समेत थिएन। परमेश्वरको कुरा उठ्दा, ऊ क्रोधित हुन्थ्यो र उसलाई घृणा महसुस हुन्थ्यो। अरूले उसलाई कुनै अर्को कार्य गर्न आग्रह गर्दा, ऊ त्यति प्रतिरोधी हुन्थेन; माथिका लागि सागसब्जी उब्जाउने कार्यमा मात्रै ऊ विशेष रूपमा प्रतिरोधी हुन्थ्यो। यो दुष्ट हुनु हो, यो पथभ्रष्ट हुनु हो। तैँले उसलाई ऊ किन यति प्रतिरोधी भएको भनेर सोध्न सक्छस्—यो हृदयको मामला हो, र उसले यसको जड ठ्याक्कै कहाँ छ भनेर स्पष्ट रूपमा भन्न नसक्ला। के तिमीहरूले यो समस्याको जड कहाँ छ भन्ने कुरा प्रस्ट रूपमा देख्न सक्छौ? उसले परमेश्वरलाई किन यस्तो व्यवहार गऱ्यो? धेरैजसो मानिसहरूलाई यो अत्यन्तै अचम्मको कुरा लाग्नेथियो: “परमेश्वरमा विश्वास गर्ने व्यक्तिले कसरी परमेश्वरलाई यस्तो व्यवहार गर्न सक्छ? के ऊ गैरविश्वासी होइन र?” अब, सत्यताबारे गरिएको सङ्गतिमार्फत, के तिमीहरूले फरक-फरक प्रकारका मानिसहरूको सार र उत्पत्तिलाई अलिक स्पष्ट रूपमा देख्न सक्छौ? (सक्छौँ।) अब तिमीहरूले अलिक स्पष्ट रूपमा देख्न सक्नुपर्ने हो—यिनीहरू ठ्याक्कै दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिस हुन्, र तिनीहरूको प्रकृति नै परमेश्वरलाई घृणा गर्नु हो।
मलाई भन, के दियाबलसहरूबाट पुनर्जन्म भएका मानिसहरू परिवर्तन हुन सक्छन्? (सक्दैनन्।) तिनीहरू ठूलो रातो अजिङ्गर जस्तै हुन्छन्। तिनीहरू पनि सही शब्दहरू बोल्न सक्छन्, विवेक र नैतिकता अनुरूपका शब्दहरू बोल्न सक्छन्—तर तिनीहरू आफूले भनेका कुराहरू बिलकुलै लागू गर्न सक्दैनन्। तिनीहरू धेरै कर्णप्रिय शब्दहरू बोल्न सक्छन्, तर जब तिनीहरूले वास्तविक कुराहरू गर्ने समय आउँछ, तब तिनीहरू एउटा पनि गर्न सक्दैनन्। तिनीहरू किन ती काम गर्न सक्दैनन्? किनभने भित्री रूपमा, तिनीहरू दियाबलसहरू हुन्छन्। यदि तिनीहरूले सकारात्मक कुराहरू गरे, र मानव विवेकको मानक अनुरूपका कुराहरू गरे भने तिनीहरूलाई भित्री रूपमा असहज र तनाव हुनेथियो। जब तिनीहरूले दुष्कर्म गर्छन्, दियाबलसहरूले गर्ने कुरा गर्छन्, दियाबलसहरूले सोच्ने कुरा सोच्छन्, तब मात्रै तिनीहरूलाई भित्री रूपमा सहज र हर्ष महसुस हुन्छ। यस्तो प्रकारको व्यक्तिको साँचो अनुहार यही हो। यदि तैँले तिनीहरूसँग व्यर्थका कुराकानी गरिस्, देहगत जीवनका मामलाहरूका बारेमा कुरा गरिस्, वा वर्तमान घटना र राजनीतिका बारेमा समेत छलफल गरिस् भने समेत, तिनीहरू चुपचाप बस्न सक्छन्। तर सङ्गतिको विषयवस्तुले सकारात्मक कुराहरू, सत्यता, परमेश्वर, परमेश्वरको पहिचान, परमेश्वरको सार, परमेश्वरको काम, मानिसप्रति परमेश्वरका अभिप्रायहरू, वा मानिसप्रति परमेश्वरका मागहरू छुने बित्तिकै, तिनीहरूलाई हृदयमा वितृष्ण र प्रतिरोधी बन्छन्—तिनीहरू त्यो सुन्न चाहँदैनन्। तिनीहरू काँडा र सियोमा बसेको जस्तो गरी, आफ्नो कान र गाला कन्याउन थाल्छन्। तिनीहरूको हृदय अराजकता र असहजताले भरिन थाल्छ, मानौँ तिनीहरूको भित्री भागमा जङ्गली रूपमा झारहरू उम्रिरहेका छन्। तिनीहरूलाई थप एक सेकेन्ड पनि बस्नु यातना भोग्नु जस्तै हो भन्ने लाग्छ, र तिनीहरूमध्ये कति जना त ठाउँको ठाउँ उठेर जाने समेत गर्नेछन्। कतिपय मानिसहरू, देखाउनका लागि, अत्यन्तै शिष्टताको साथ त्यहीँ बसे पनि र उठेर नहिँडे पनि, तिनीहरूको मन बरालिसकेको हुन्छ—तिनीहरूका विचार धेरै अघि बादलमाथि उडेर गएका हुन्छन्, र तिनीहरूले तैँले भनेको कुरा सुनिरहेका नै हुँदैनन्। तिनीहरूमा किन यी प्रकटीकरणहरू हुन्छन्? किनभने हृदयमा, तिनीहरू परमेश्वर र सकारात्मक कुराहरूबाट विकर्षित हुन्छन्। तिनीहरूलाई सत्यताप्रति चासो हुँदैन; तिनीहरू यसलाई आत्मसात् गर्न सक्दैनन् र स्वीकार गर्न अनिच्छुक हुन्छन्। भेलाको बेला सत्यताबारे सङ्गति हुने बित्तिकै, तिनीहरू “मैले गएर केही कुरा मिलाउनुपर्ने छ,” वा “मैले फोन गर्नुपर्ने छ” भनेर त्यहाँबाट जाने सबै किसिमका बहानाहरू सोच्छन्। तिनीहरू भाग्नका लागि कुनै पनि बहाना प्रयोग गर्न चाहन्छन्। त्यस्ता मानिसहरू साँच्चै नै पथभ्रष्ट हुन्छन्। यदि कसैले आफू परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने व्यक्ति हुँ भनेर मान्छ भने, उसमा यी प्रकटीकरणहरू हुनु हुँदैन। तर सकारात्मक कुराहरूसँग सम्बन्धित वा परमेश्वरसँग सम्बन्धित मामलाहरूका कुरा आउँदा, दियाबलसहरूबाट पुनर्जन्म भएका मानिसहरूमा यी प्रकटीकरणहरू हुन्छन्—यो तिनीहरूको आफ्नै नियन्त्रणभन्दा बाहिर हुन्छ र यो तिनीहरूको प्रकृति सारको मामला हो। यसलाई तिनीहरूको उत्पत्तिले निर्धारित गरेको हुन्छ, र कसैले पनि यो तथ्य परिवर्तन गर्न सक्दैन। जब तँ सत्यता, सकारात्मक कुराहरू, परमेश्वरका अभिप्रायहरू, परमेश्वरका वचनहरूबारे सङ्गति गर्छस्, तब तिनीहरूलाई तैँले तिनीहरूलाई न्याय गरिरहेको छस्, यसले तिनीहरूको जीवन समाप्त गर्नेवाला छ जस्तो महसुस हुन्छ। तिनीहरूले परमेश्वर, सत्यता, र सकारात्मक कुराहरूलाई कसरी लिन्छन् भन्ने कुराको साँचो भित्री स्थिति यही हो। अवश्य नै, यो त्यस्ता मानिसहरूको दुष्ट सारको एक प्रकारको प्रकटीकरण पनि हो। तिनीहरूलाई सकारात्मक कुराहरू, सत्यता, र परमेश्वरप्रति विकर्षण र घृणा हुने हुनाले, तिनीहरूले आफ्नो भित्री संसारमा हरेक दिन जे सोच्छन् र चिन्तन गर्छन् त्यसको सकारात्मक कुराहरू, सत्यता, वा परमेश्वरको कामसँग कुनै सम्बन्ध हुँदैन। तिनीहरूले हृदयमा विचार गर्ने सबै कुरा पथभ्रष्ट कुरासँग सम्बन्धित हुन्छ। तिनीहरूले मानिसहरूका बीचमा हैसियत र प्रतिष्ठा पाउनका लागि आफूलाई कसरी प्रदर्शन गर्ने, मानिसहरूलाई बहकाउन, हैसियत प्राप्त गर्न, र अझै धेरै मानिसहरूलाई तिनीहरूको अनुमोदन गर्न र उच्च मान्न लगाउन कसरी कार्य गर्ने, मानिसहरूको हृदय जित्न र तिनीहरूको अनुमोदन प्राप्त गर्न कसरी कार्य गर्ने, र परमेश्वरको घर वा हरेक स्तरका अगुवाहरूबाट कसरी पहिचान र प्रवर्द्धनहरू प्राप्त गर्ने भन्ने बारेमा सोच्छन्। तिनीहरूले सोच्ने सबै कुरा र तिनीहरूले गर्ने सबै कुरामा प्रतिस्पर्धा गर्ने, लडाइँ गर्ने, खोस्ने, छल गर्ने, युक्ति रच्ने, षड्यन्त्र गर्ने, उक्साउने, ठग्ने, नियन्त्रण गर्ने, र बहकाउने प्रकृति हुन्छ, होइन र? (हो।) तिनीहरूले यी कुराहरू गर्नका लागि कुनै कसर बाँकी राख्दैनन्—तिनीहरू कुनै पनि कठिनाइ भोग्न इच्छुक हुन्छन्। तिनीहरूले कष्ट भोग्दाको सम्पूर्ण प्रक्रियामा, के दुष्कर्म गर्ने, कसको विरुद्धमा हिसाबकिताब गर्ने, र के-कस्ता उद्देश्यहरू हासिल गर्ने भन्ने बारेमा योजना र युक्तिहरू बनाइरहेका हुन्छन्। तिनीहरूले गर्ने सबै कुरामा रणनीति हुन्छ, खास नियत हुन्छ। बाहिरी रूपमा, तिनीहरू सत्यताको विरुद्धमा जाने कुराहरू सार्वजनिक रूपमा बोल्दैनन्, न त तिनीहरू मण्डलीको काममा अवरोध वा बाधा ल्याउने कामकुराहरू सार्वजनिक रूपमा नै गर्छन्, र तिनीहरू परमेश्वरलाई सार्वजनिक रूपमा आलोचना, आक्रमण, वा ईश्वरनिन्दा त झनै गर्दैनन्। तिनीहरू यी स्पष्ट दुष्ट कार्यहरू गर्दैनन्। तर तिनीहरूको भित्री संसारमा, तिनीहरू सत्यता वा सकारात्मक कुराहरूसँग सम्बन्धित कुनै कुराबारे कहिल्यै विचार गर्दैनन्, र मानव विवेक र समझ, वा नैतिकतासँग सम्बन्धित कुनै कुराबारे समेत कहिल्यै विचार गर्दैनन्। त्यसोभए तिनीहरू के कुराबारे विचार गर्छन्? तिनीहरूको मन पूर्ण रूपमा युक्ति, चलाकी, हिसाब-किताब, चाल, र षड्यन्त्रमा फसेको हुन्छ। त्यसकारण, बाहिरबाट, तैँले तिनीहरूले सार्वजनिक रूपमा परमेश्वरको प्रतिरोध गरेको नदेखे पनि, वा तिनीहरूले परमेश्वरको विरुद्धमा गुनासो गर्ने, परमेश्वरप्रति शङ्का गर्ने, परमेश्वरको आलोचना गर्ने, वा परमेश्वरको विरुद्धमा ईश्वरनिन्दा गर्ने शब्दहरू बोलेको नसुने पनि, तिनीहरूको हृदय परमेश्वरका वचनहरू, परमेश्वरको काम, र परमेश्वरको कामसँग सम्बन्धित कुनै पनि कुराप्रति निन्दा, खिसी, र अनादरको मनोवृत्तिले भरिएको हुन्छ। परमेश्वरले चाहे जे भन्नुभए पनि, मानिसहरूबाट परमेश्वरले गर्नुहुने मागहरू चाहे जे भए पनि, परमेश्वरका अभिप्रायहरू चाहे जे भए पनि, वा परमेश्वरले गर्नुहुने विभिन्न प्रकारका कामहरू पछाडि रहेका सिद्धान्तहरू चाहे जे भए पनि, तिनीहरू ती कुराहरूलाई कहिल्यै ध्यान दिँदैनन् वा स्वीकार गर्दैनन्—यी मानिसहरूमा, यी सकारात्मक कुराहरू प्राप्त गर्ने कुनै भाँडो नै हुँदैन। तैँले तिनीहरूले यी सकारात्मक कुराहरूलाई सार्वजनिक रूपमा प्रतिरोध वा निन्दा गरिरहेको नदेखे पनि, तिनीहरूको हृदयको गहिराइबाट हेर्दा, तिनीहरू ती कुराबाट विकर्षित हुन्छन् र तिनीहरू तिनलाई तिरस्कार गर्छन्। प्रवचनहरू सुन्दा, तिनीहरू सत्यता कसरी स्वीकार गर्ने र सत्यता कसरी अभ्यास गर्ने भनेर मनन गरिरहेका हुँदैनन्, बरु मानिसहरूलाई तिनीहरूको मान गर्ने र तिनीहरूलाई आदर्श ठान्ने बनाउन सकियोस् भनेर आफूले सुनेका ताजा ज्योति र वाक्यांशहरूलाई कसरी सारांशीकृत गर्ने र ती कुरालाई अरूसँग सङ्गति गर्न र बाँड्नका लागि आफ्नै शब्दहरूमा कसरी परिणत गर्ने भनेर मनन गरिरहेका हुन्छन्। तिनीहरू मनमनै सोच्छन्, “यदि मैले भर्खरै मण्डलीमा जोडिएका मानिसहरूलाई यी वचनहरू प्रचार गरेँ भने, मैले अझै धेरै मानिसहरूबाट आदर र आदर्शमय छवि प्राप्त गर्न सक्नेछु, र मानिसहरूका बीचमा मेरो हैसियत अझै उच्च हुनेछ। यो हैसियत मैले कति धेरै धर्मसिद्धान्त बुझ्छु र बोध गर्छु, र मैले यसलाई कति विस्तारमा बुझ्छु भन्ने कुरामा आधारित हुनेछ।” तिनीहरूले बसेर प्रवचन सुने पनि—धेरै ध्यान दिएर र लगनशीलताको साथ समेत सुने पनि, र धेरै मेहनत गरे पनि—तिनीहरूको मनोवृत्ति सकारात्मक हुँदैन र तिनीहरूको मनसाय शुद्ध हुँदैन। तिनीहरू सत्यता स्वीकार गर्ने मनोवृत्तिले सुन्दैनन्, तर ईश्वरशास्त्र अध्ययन गरिरहेको जस्तै त्यसबारे चिन्तन गर्छन्, प्रवचनहरूमा भनिएका कुरालाई बाइबलसँग तुलना गर्छन्। तिनीहरू आफूलाई चिन्न, वास्तविक पछुतो विकास गर्न, तिनीहरू आफ्ना विभिन्न समस्याहरूको खोजी गर्न, र परमेश्वरका वचनबाट समाधानको मार्ग र अभ्यासका सिद्धान्त खोज्न परमेश्वरका वचनहरू स्विकार्ने र आफूलाई तीसँग तुलना गर्ने गर्दैनन् ताकि तिनीहरूले आफ्ना भ्रष्ट स्वभाव फाल्न, सत्यता सिद्धान्तहरू अनुरूप कार्य र व्यवहार गर्न, र परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सकून्—तिनीहरूको उद्देश्य पटक्कै त्यो हुँदैन। तिनीहरूको उद्देश्य के हुन्छ? आफूलाई अझै धेरै धर्मसिद्धान्तहरूद्वारा सुसज्जित गर्नु हो ताकि तिनीहरूले स्वाङ गर्न र आफ्नो देखावा गर्न सकून् र मानिसहरूले तिनीहरूलाई उच्च मानून् र पुजून्। पहिलो उद्देश्य त्यही हो। तिनीहरूको दोस्रो उद्देश्य भनेको आशिष्हरू प्राप्त गर्ने सबैभन्दा सरल मार्ग खोज्नु हो। प्रवचनहरू सुनेपछि र यो साँचो मार्ग हो भनेर पुष्टि गरेपछि, तिनीहरू आशिष्हरू प्राप्त गर्ने तिनीहरूको आशा कति छ, मुक्ति प्राप्त गर्ने तिनीहरूको आशा कति छ भनेर मनन गर्न थाल्छन्। त्यसपछि तिनीहरूले छली ढङ्गले परमेश्वरका चुनिएका मानिसहरू र परमेश्वरको घरको भरोसा जित्नका लागि, र तिनीहरूले सहने कष्टहरू र तिनीहरूले चुकाएको मूल्य परमेश्वरलाई देखाउनका लागि कष्ट सहने र मूल्य चुकाउने विधि प्रयोग गर्ने निर्णय गर्छन्। तिनीहरूले यसरी परमेश्वरमा विश्वास गरेर ठूला आशिष्हरू र सुन्दर गन्तव्य प्राप्त गर्न सकिन्छ भन्ने सोच्छन्। देखिस्, प्रवचनहरूप्रति र सत्यताको हरेक पक्षप्रतिको तिनीहरूको मनोवृत्ति त्यसलाई केवल स्वीकार गरेर अभ्यास र अनुभव गर्नु भन्ने हुँदैन—बरु, तिनीहरूमा गुप्त योजना र युक्तिहरू हुन्छन्। तिनीहरू सधैँ प्रवचन र सङ्गतिका निश्चित वाक्यांशहरू वा ठेट उद्धरणहरू प्रयोग गरेर आफ्नो मन र भाषणकलालाई सुसज्जित गर्ने आशा गरिरहेका हुन्छन्, ताकि दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन, सबैलाई तिनीहरूको अन्धभक्ति गर्न लगाउन सकियोस्, र आफूले मानिसहरूका बीचमा प्रतिष्ठा प्राप्त गर्न र अरूबाट उच्च आदर पाउन सकियोस्। के त्यस्ता मानिसहरू अत्यन्तै पथभ्रष्ट छन् भन्ने कुरा देखाउनका लागि प्रवचनहरू सुन्दा तिनीहरूले राख्ने यी विचार, अभिप्राय, र मनोवृत्तिहरू पर्याप्त हुँदैनन् र? (हुन्छन्।) के कसैले तिनीहरूमा रहेको यो पथभ्रष्ट प्रेरक शक्तिलाई सुधार गर्न सक्छ? यदि तैँले तिनीहरूलाई “यसरी सोच्नु भनेको सत्यता स्वीकार नगर्नु हो—यो सत्यता पछ्याउने व्यक्तिमा हुनुपर्ने मनोवृत्ति होइन। यदि तिमीले यसरी सोच्छौ भने, सत्यताले तिमीमा कुनै असर गर्नेछैन; यसले तिमीलाई मुक्ति प्राप्त गर्न सक्षम तुल्याउनेछैन। तिमीले सत्यता स्वीकार गर्नुपर्छ, यसभित्र अभ्यासका सिद्धान्तहरू खोज्नुपर्छ, र वास्तविक जीवनमा परमेश्वरका वचनहरूको अभ्यास र अनुभव गर्नुपर्छ, ताकि परमेश्वरका वचनहरू तिम्रो सत्यता वास्तविकता बन्न सकून् र अन्ततः तिम्रो जीवन बनून्” भनेर भनिस् भने—के तिनीहरूले त्यो हासिल गर्न सक्नेथिए? (सक्नेथिएनन्।) किन सक्नेथिएनन्? के त्यो तिनीहरूले पर्याप्त मेहनत नगरेकाले हो, कि सत्यतामा गरिएको हाम्रो सङ्गतिले तिनीहरूको भावनालाई ध्यानमा नराखेकोले वा यसमा तिनीहरूको स्थितिप्रति लक्षित सत्यताको उचित आपूर्ति समावेश नभएकोले हो? (दुवै होइन।) त्यसोभए यसको कारण के हो त? (यो सत्यतालाई घृणा गर्ने तिनीहरूको सारद्वारा निर्धारित हुन्छ।) त्यसकारण, यी मानिसहरूका प्रकटीकरणहरूलाई तिनीहरूको सारबाट अलग गर्न सकिँदैन भनेर भन्नु नै पर्छ—ती घनिष्ठ रूपमा जोडिएका हुन्छन्। कसैले पनि तिनीहरूको हृदयका विचारहरूलाई सच्याउन सक्दैन, र कसैले पनि यी मानिसहरू, जो दियाबलस हुन्, तिनीहरूको दुष्ट प्रकृति सार परिवर्तन गर्न सक्दैन। तिनीहरू सत्यतालाई घृणा गर्छन् र सत्यतालाई इन्कार गर्छन्, त्यसकारण सत्यताले तिनीहरूलाई परिवर्तन गर्न सक्दैन। त्यसोभए के यस्तो व्यक्तिलाई सहयोग गर्न नै सकिँदैन भन्न सकिन्छ? (सकिन्छ।) यसको उत्तर निश्चित रूपमा नै सकिन्छ भन्ने हुन्छ। किन? किनभने तिनीहरूको प्रकृति सार दियाबलसहरूको सार हो। तिनीहरूले प्रकाश गर्ने सबै कुरा पूर्ण रूपमा दियाबलसहरूको प्रकृतिद्वारा नियन्त्रित हुन्छ—यो भ्रष्टताको अस्थायी प्रकटीकरण पटक्कै होइन, न त यो भ्रष्ट मानवजातिको दुष्ट भ्रष्ट स्वभावहरूको प्रकटीकरण नै हो। किनभने तिनीहरू दियाबलसहरू हुन्, सृजित मानवहरू होइनन्—समस्याको जड यही हो।
यस्तो व्यक्तिले प्रवचनहरू सुन्दा केही थप प्रकटीकरणहरू देखाउँछ—परमेश्वरको घरले हरेक पटक सत्यताबारे सङ्गति गर्दा र यसमा निश्चित मानिसहरूका दुष्ट कार्य र प्रकटीकरणहरूलाई खुलासा र चिरफार गर्ने कार्य समावेश हुँदा, तिनीहरू यस्ता कुराहरू भन्छन्: “के तपाईंले पहिलेको त्यो घटनाबारे कुरा गरिरहनुभएको छैन र? मलाई त्यसबारे सबै थाहा छ। यो कुरा उठाउनुको पछाडि तपाईंको उद्देश्य ठ्याक्कै के हो भन्ने मलाई थाहा छ। के तपाईंले आफ्नो अख्तियार स्थापित गर्न र मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउनका लागि यस विषयको सङ्गति र चिरफार प्रयोग गर्ने प्रयास मात्रै गरिरहनुभएको छैन र? के तपाईं कतिपय मानिसहरूलाई पाठ सिकाउन, र कतिपय मानिसहरूलाई दमन गर्न चाहनुहुन्छ भन्ने मात्रै होइन र? के यो त अभियान सुरु गर्नु मात्रै होइन र? मूर्खले मात्रै तपाईंले भन्नुभएको कुरामा विश्वास गर्नेथियो! मूर्खले मात्रै तपाईंको कुरा सुन्नेथियो र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नेथियो!” देखिस्, तिनीहरूले सत्यताका केही पक्षसँग सम्बन्धित मानिसहरूका केही उदाहरण, अभिव्यक्ति, वा विशिष्ट प्रकटीकरणहरू सुन्दा पनि, तिनीहरूले बुझ्ने अरूले बुझ्ने कुराभन्दा पूर्ण रूपमा फरक हुन्छ। तिनीहरूले यी कुराहरूलाई सही रूपमा बोध गर्न वा सही रूपमा लिन सक्दैनन्, र तिनीहरूले तथ्यहरूलाई बङ्ग्याउन र सकारात्मक कुराहरूलाई गलत र दोषी समेत ठहराउन सक्छन्। तिनीहरूले हृदयमा सोच्ने कुरा सधैँ अन्धकारमय हुन्छ, तैपनि तिनीहरूलाई आफू निकै चलाख छु र आफूलाई वास्तविक कुरा थाहा छ भन्ने लाग्छ। के यो पथभ्रष्ट होइन र? यो त ठूलो रातो अजिङ्गरको जस्तै व्यवहार हो—ठूलो रातो अजिङ्गरले जब सर्वशक्तिमान् परमेश्वरको मण्डलीले मानिसहरूलाई निकाल्छ वा निष्कासित गर्छ, तब यो अरूले देख्न सकून् भनेर शक्ति प्रदर्शनका रूपमा गरिन्छ भनेर भन्छ, तर त्यसले जब परमेश्वरको घरले, मण्डलीले मानिसहरूलाई निकाल्छ, तब यो मण्डलीलाई शुद्ध पार्ने कार्य हो भनेर कहिल्यै भन्दैन। किनभने तिनीहरू सत्यता बोध गर्न नसक्ने गैरविश्वासी दियाबलसहरू हुन्; तिनीहरूले सधैँ सकारात्मक कुराहरूलाई बङ्ग्याउँछन्, गलत ठहराउँछन्, र दोषी ठहराउँछन्, र तिनीहरूले सकारात्मक कुराहरूलाई सही मानसिकताले पटक्कै लिनेछैनन्। तिनीहरू मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो भनेर मान्नुभन्दा बरु तिनीहरू बाँदरहरूबाट विकसित भएका हुन्, तिनीहरू अजिङ्गरहरूका सन्तान हुन् भनेर विश्वास गर्नेथिए। भर्खरै, मैले केही वैज्ञानिक अनुसन्धानकर्ताहरूले मानवजातिको पुर्खा, करोडौँ वर्ष पहिलेको विशाल मुसाको प्रजाति थियो भनेर समेत भनेको सुनेँ—कस्तो हास्यास्पद र विचित्र सिद्धान्त! यदि तैँले तिनीहरूलाई मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो भनेर मान्न, मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो भनेर विश्वास गर्न लगाउने प्रयास गरिस् भने, तैँले यो कुरा चाहे जसरी भने पनि, तिनीहरू यसलाई मान्न इन्कार गर्छन्। यो तथ्य तिनीहरूको आँखा अगाडि प्रस्तुत गरिए पनि, तिनीहरू अझै पनि विश्वास गर्दैनन्। तिनीहरू मानिसहरू बाँदरहरूबाट विकसित भएका हुन्, वा तिनीहरू मुसाका सन्तान हुन्, वा तिनीहरू अजिङ्गरहरूका सन्तान हुन् भन्ने मात्रै विश्वास गर्छन्। तिनीहरूले मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो—मानिसको जीवन र सास परमेश्वरले दिनुभएको हो भनेर विश्वास गर्नुको सट्टा यस्ता प्रकारका दियाबलसीय शब्दहरूमा विश्वास गर्नेथिए। तिनीहरू यो विश्वास गर्दैनन्, यसलाई मान्दैनन्, र यो तथ्यलाई स्वीकार गर्न अनिच्छुक हुन्छन्। के यो पथभ्रष्ट होइन र? (हो।) यदि तैँले तिनीहरू अजिङ्गरहरूका सन्तान हुन् भनेर भनिस् भने, तिनीहरू खुसी हुन्छन्। यदि तैँले तिनीहरू बाँदरहरूबाट विकसित भएका हुन् र तिनीहरू बाँदरहरूका सन्तान हुन् भनेर भनिस्, वा एउटा ठूलो मुसा तिनीहरूको पुर्खा हो भनेर भनिस् भने, तिनीहरू भन्छन्, “हो, कस्तो सम्मानको कुरा!” तर यदि तैँले मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो भनेर भनिस् भने, तिनीहरू शत्रुवत् बन्छन्—तिनीहरूका आँखा रिसले रातोपिरो हुन्छन्, र तिनीहरू तँप्रति घृणाले भरिन्छन्। यो कति पथभ्रष्ट कुरा हो!