सत्यता कसरी पछ्याउने (१३) भाग पाँच
के तिमीहरू सबैले दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूको “पथभ्रष्टता” भन्ने विशेषताको एउटा प्रकटीकरण—अर्थात्, कुटिलतालाई केही हदसम्म खुट्ट्याउन सक्छौ? (सक्छौँ।) यस प्रकारको व्यक्ति निकै छली, निकै कुटिल, र निकै कपटी र धूर्त हुन्छ। यदि तैँले अझै पनि तिनीहरूका प्रकटीकरणहरूलाई भ्रष्टताका सामान्य प्रकाशहरूका रूपमा लिन्छस् र अझै पनि तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा मद्दत गर्छस् र साथ दिन्छस् भने, के यो मूर्खताको प्रकटीकरण होइन र? (हो।) तैँले भविष्यमा फेरि यी मूर्खतापूर्ण कामहरू गर्नु हुँदैन; तिनीहरू मानव नभई दियाबलसहरू हुन्, र तिनीहरू तैँले मद्दत गर्नुपर्ने र साथ दिनुपर्ने मानिसहरू होइनन्। तिनीहरूले आफ्नो हृदयमा सत्यता के हो भन्ने कुरा, अनि इमानदार व्यक्ति हुनु राम्रो हो भन्ने कुरा जान्दछन्। तर जान्नु एउटा कुरा हो; तिनीहरूले आफूबाट त्यस्तो कुनै माग गर्दैनन् र तिनीहरूले कहिल्यै इमानदार व्यक्ति हुने अभ्यास गर्दैनन्। तिनीहरूले यो अभ्यास गर्न त चाहन्छन् तर सक्दैनन् भन्ने होइन; बरु, तिनीहरूले कहिल्यै यसरी अभ्यास गर्ने अभिप्राय राख्दैनन्। यसबारे सोच् त—तिनीहरूले आफ्नो हृदयमा के-कस्तो षड्यन्त्र रच्छन् र योजना बनाउँछन्? एउटै कुरा पनि सकारात्मक कुराहरूसँग सम्बन्धित हुँदैन, र एउटै विचार पनि सकारात्मक विचार र दृष्टिकोणहरूसँग सम्बन्धित हुँदैन। तिनीहरूले सत्यताको अभ्यास गर्ने अभिप्राय राख्दैनन्, न त तिनीहरूले सही मार्गमा हिँड्ने अभिप्राय नै राख्छन्, र त्यसैले तिनीहरूले कहिल्यै आफ्नो हृदयमा सत्यता सिद्धान्तहरू खोज्दैनन्, न त तिनीहरूले परमेश्वरका अभिप्रायहरूअनुसार कसरी कार्य गर्ने भन्ने कुराको खोजी गर्छन्। तिनीहरूले सृजित प्राणीको कर्तव्य पूरा गर्ने, वा अर्पित हुने र आफ्नो इमानदारी अर्पण गर्ने अभिप्राय पनि राख्दैनन्। तिनीहरूले कुटिल कुराहरूको मात्रै हिसाबकिताब गर्छन्। कतिपय मानिसहरूले भन्छन्, “तिनीहरूले हिसाबकिताब गर्ने कुरा तिनीहरूको भित्री संसारको मामिला हो—त्यो खुट्ट्याउन सजिलो छैन। तिनीहरूले खुलेर यसबारे सङ्गति गर्दैनन् भने, अरूले तिनीहरूले के सोचिरहेका छन् भनी कसरी थाहा पाउन सक्छन् र? तिनीहरूले बाहिरी रूपमा निकै राम्रो व्यवहार गर्छन्, र तिनीहरूले हातमा भएका कामहरूमा आफूलाई व्यस्त पनि राख्छन्। तपाईँ तिनीहरू कुटिल छन् भनी किन भन्नुहुन्छ र तिनीहरूलाई दियाबलसका रूपमा किन ठहर गर्नुहुन्छ?” अरूले भन्छन्, “तिनीहरूले आफ्नो आँखामा अलिकति दुष्ट हेराइ, अलिकति कुटिल मुस्कान मात्रै प्रकट गर्छन्; हामीले अझै पनि तिनीहरूको भित्री संसारमा तिनीहरूले के सोचिरहेका छन् भन्ने कुरालाई छर्लङ्ग देख्न सक्दैनौँ।” त्यसोभए व्यक्तिले तिनीहरू दियाबलसहरू हुन् भनी कसरी खुट्ट्याउन सक्छ? व्यक्तिका विचारहरू अमूर्त हुन्छन्; यदि उसले ती व्यक्त गर्दैन भने, तैँले ती देख्न वा पत्ता लगाउन सक्दैनस्, र तैँले तिनलाई खुट्ट्याउन सक्नेछैनस्। तर, कुनै व्यक्तिसँग जुनसुकै विचार र दृष्टिकोण भए पनि, उसले आफ्नो भित्री संसारमा जेसुकै कुराको तृष्णा गरे पनि वा हिसाबकिताब गरे पनि, उसले आफ्ना उद्देश्यहरू हासिल गर्न पक्कै पनि काम गर्नेछ, र त्यसैले ऊसँग उसले जिउने केही कुराहरू, केही प्रकटीकरणहरू सधैँ नै हुनेछन्। जबसम्म ऊ मानिसहरूको बीचमा जिउँछ, तबसम्म अरूले उसले गर्ने कामहरू देख्न वा तिनीहरू ती कुराहरूको सम्पर्कमा आउन सक्नेछन्। तैँले उसको हृदयको गहिराइमा उसले के हिसाबकिताब, षड्यन्त्र गरिरहेको छ, र योजना बनाइरहेको छ भनी थाहा नपाउन सक्छस्, तर उसले षड्यन्त्र गर्ने, योजना बनाउने, र हिसाबकिताब गर्ने कुराहरूलाई एक दिन उसले प्रकाश र प्रकट गर्नेछ; उसले तिनलाई वास्तविकतामा परिणत गर्नेछ, र उसले मानिसहरूका बीचमा केही कदम चाल्नेछ। जब यी कुराहरू तेरा आँखाअगाडि हुन्छन्, तब के तैँले तिनलाई देख्न सक्नेछैनस् र? के तैँले त्यस व्यक्तिलाई खुट्ट्याउन सक्नेछैनस् र? कतिपय मानिसहरूले यसो भन्छन्, “मैले उसको प्रकटीकरणहरू देखे पनि, मलाई अझै पनि यस प्रकारको व्यक्तिलाई कसरी खुट्ट्याउने वा चित्रण गर्ने भन्ने थाहा छैन।” त्यो कुरा सम्हाल्न सजिलो छ; यस प्रकारको व्यक्तिमा केही विशेषताहरू हुन्छन्, र तैँले यी विशेषताहरूमार्फत उसलाई खुट्ट्याउन सक्छस्। पहिलो विशेषता के हो भने, तिनीहरूले सधैँ आफ्नै इच्छाअनुसार काम गर्छन् र कहिल्यै सत्यता सिद्धान्तहरू खोज्दैनन्। तिनीहरूले जे गरे पनि, त्यसबारे आफै अग्रिम रूपमा योजना बनाउँछन् र पूर्ण रूपमा आफ्नै योजना, सोचाइको शैली, र अभिप्रायअनुसार, पूर्ण रूपमा आफ्नै इच्छाअनुसार कार्य गर्छन्। तिनीहरूले सबैको राय माग्दैनन्, र, अवश्य पनि, तिनीहरूले सत्यता सिद्धान्तहरू त झनै खोज्दैनन् वा कामका प्रबन्धअनुसार कार्य त झनै गर्दैनन्। यदि तैँले यी प्रकटीकरणहरू देख्न सक्छस् भने, के त्यसपछि त दियाबलसहरू पूर्ण रूपमा खुलासा हुँदैनन् र? (हुन्छन्।) कतिपय मानिसहरूले भन्छन्, “सायद तिनीहरूले सत्यता बुझ्छन् र सत्यता सिद्धान्तहरू जान्दछन्, त्यसैले तिनीहरूले अरूसँग छलफल नगरीकनै के गर्ने भनी जान्दछन्।” यो अभिव्यक्ति फेरि पनि गलत छ; यसले कामकुरालाई छर्लङ्ग देख्ने क्षमता नहुनुलाई प्रतिबिम्बित गर्छ। तिमीहरूका लागि त, दियाबलसहरूले भन्ने र गर्ने कुराहरू कठिन अड्चनहरूको एक शृङ्खला हो। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको राय मागेका भए पनि वा नभए पनि, तैँले तिनीहरूका कार्यहरूको उद्देश्य, मनसाय, सुरुवाती बिन्दु, र सिद्धान्त आफ्नै प्रतिष्ठा, हैसियत, र इज्जतको रक्षा गर्नु हो कि मण्डलीको कामको रक्षा गर्नु हो, र हासिल गरिएको अन्तिम प्रभावले परमेश्वरको घरको हितको रक्षा गर्छ कि गर्दैन, र यसले धेरैजसो मानिसहरूलाई हानि, नोक्सान, र अन्तर्ध्वंस गर्छ कि लाभ दिन्छ भन्ने कुरा स्पष्ट रूपमा देख्नुपर्छ। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूले जे गरे पनि, त्यो सधैँ आफ्नै हितको रक्षा गर्नका लागि हुन्छ; यो दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूको अर्को विशेषता हो। तिनीहरूको नजरमा, एक व्यापारीले व्यापार गरेझैँ, तिनीहरूको हित सबै कुराभन्दा माथि हुन्छ: हित नै सर्वोपरि हुन्छ। कसको हित सर्वोपरि हुन्छ? दियाबलसहरूको आफ्नै हित सर्वोपरि हुन्छ। यदि केही गर्दा तिनीहरूको हित, इज्जत, हैसियत, प्रतिष्ठा, वा भौतिक सम्पत्ति र पैसाको रक्षा हुन सक्छ भने, तिनीहरू पटक्कै पछि हट्नेछैनन्, बरु तिनीहरूले त्यसलाई अन्त्यसम्मै लैजानेछन्, त्यसलाई अन्तिमसम्मै गर्नेछन्। माथिल्लो तहका अगुवाहरू वा दाजुभाइ-दिदीबहिनीहरूले यसको विरोध गरे पनि र यसलाई थप अगाडि बढाउन नसकिए पनि, र तिनीहरूले रोकावटको सामना गरे पनि, तिनीहरूले आफूले गर्न चाहेको कुरालाई अगाडि बढाउनका लागि सबै विरोधीहरूलाई हटाउन र सबै अड्चनहरू हटाउन हरेक माध्यम प्रयोग गर्दै, घुमाउरा रणनीतिहरू प्रयोग गर्नेछन्। तिनीहरू पटक्कै पछि हट्नेछैनन्; तिनीहरूले रक्षा गर्ने कुरा भनेको आफ्नै हित मात्र हो। अब, तैँले यो स्पष्ट रूपमा देख्न सक्छस्: चाहे ती योजनाहरू हुन्, वा माध्यमहरू हुन्, वा उपायहरू हुन्, वा तिनीहरूले षड्यन्त्र गर्ने, योजना बनाउने, र तर्जुमा गर्ने चरणहरू हुन्, यी सबै कुराहरूका बारेमा तिनीहरूको दिमागमा हिसाबकिताब गरिएको हुन्छ; तिनीहरूले हितबारे मात्रै सोच्छन्, र तिनीहरूको दिमाग हितका विचारहरूले भरिएको हुन्छ; कसलाई प्रयोग गर्ने, कसको नजिक हुने, कोबाट टाढा रहने, कसलाई समर्थन गर्ने, कसको विरोध गर्ने, कसलाई बर्खास्त गराउने—तिनीहरूले यी सबै कुराहरूका बारेमा आफ्नै हितअनुसार रणनीति बनाउँछन्। यदि तिनीहरू काम गर्दा र आफ्नो कर्तव्य पूरा गर्दा यस बिन्दुमा पुग्छन् भने, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्, आफ्नो वास्तविक स्वरूप प्रकट गरिरहेका दियाबलसहरू हुन्। यस्ता मानिसहरू अत्यन्तै बुझ्न नसकिने र हिसाबी हुन्छन्; तिनीहरूले हरेक दिन यी कुराहरूबारे सोच्छन्। यदि तिनीहरूले मण्डलीका सबैलाई पूर्ण रूपमा बुझ्नुपर्यो भने, त्यसका लागि कति समय लाग्ला? तिनीहरूले मण्डलीका सबै सदस्यहरूको अवस्था, प्रत्येक व्यक्तिका वास्तविक समस्या र साँचो कठिनाइहरूका बारेमा स्पष्ट रूपमा बुझेपछि, र ठीक समय आएपछि मात्रै, आफूले चाहेको कुरा गर्न थाल्छन्—तिनीहरूले कसैप्रति पनि नरम व्यवहार गर्दैनन्, र कसैले पनि तिनीहरूलाई बाधा दिन सक्दैन। तिनीहरू मण्डलीको काम गर्ने बहानामा आफ्नै उद्यममा संलग्न हुन्छन्, र तिनीहरूले आफ्नै लागि लाभहरू प्राप्त गर्ने प्रयास गर्छन्। अन्ततः, मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा नै हानि पुग्छ। तिनीहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश र परमेश्वरको घरका हितहरूको बलिदानको मूल्यमा आफ्ना व्यक्तिगत हितहरूको पूर्तिलाई सर्वोपरि बनाउने आफ्नो लक्ष्य हासिल गर्छन्। यस बिन्दुमा, के तैँले तिनीहरूलाई स्पष्ट रूपमा देख्न सक्दैनस् र? तिनीहरूले काम गर्ने तरिका र अन्तिम परिणामहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू दियाबलसहरू हुन्; तिनीहरू मानव होइनन्। तिनीहरूले दिनभरि अत्यन्तै थोरै बोल्छन् र बिरलै आफ्नो दृष्टिकोण व्यक्त गर्छन् जस्तो देखिन्छ, तर तिनीहरूले वास्तवमा हरेक दिन लाभ प्राप्त गर्न सकियोस् भनेर कसरी कार्य गर्ने भनी हिसाबकिताब गरेर बिताउँछन्। बाहिरी रूपमा तिनीहरू निकै शान्त, निकै परिष्कृत, निकै कोमल, र निकै राम्रो शिष्ट, र धेरै नबोल्ने देखिए पनि, भित्री रूपमा तिनीहरूको हृदय उग्र समुद्रजस्तै अशान्त हुन्छ। तिनीहरूले यी कुराहरू पूर्ण रूपमा बुझ्छन्, र त्यसपछि तिनीहरूले सोचेका योजनाहरू लागू गर्छन्, र अन्तिम परिणाम के हुन्छ भने, तिनीहरू आफूले षड्यन्त्र गरेअनुसार नै सफल हुन्छन्। के यो दियाबलसको काम होइन र? (हो।) यो दियाबलसको काम हो। यस बिन्दुमा, के तैँले तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैनस् र?
गत वर्षको सुसमाचारको काममा यस्तो ठूलो समस्या उत्पन्न भएको घटना केही दियाबलसहरूसँग प्रत्यक्ष रूपमा सम्बन्धित थियो, दियाबलसहरूका कार्यहरूसँग प्रत्यक्ष रूपमा सम्बन्धित थियो। ती दियाबलसहरूले कार्य गर्दा कहिल्यै सत्यता सिद्धान्तहरू खोजेनन्। माथिबाट काममा खटाइएपछि, तिनीहरूले त्यो कुरा व्यक्तिगत रूपमा सजिलै स्वीकार गरे, तर जब तिनीहरू मण्डलीहरूमा काम गर्न गए, तब तिनीहरूले उन्मत्त हुँदै खराब कामहरू गरे। तिनीहरूले परमेश्वरको घरको हितको रक्षा गरेनन्, र फलस्वरूप परमेश्वरका भेटीहरूमा हानि भयो, सुसमाचारको काममा हानि भयो, र मण्डली जीवनमा हानि भयो; धेरै क्षेत्रहरूमा हानि भयो, र तिनीहरूले मण्डलीको काममा अराजकता पनि निम्त्याए। तैँले दियाबलसले के सोचिरहेको छ भन्ने कुरालाई छर्लङ्ग देख्न सक्दैनस् होला, न त तैँले उसले सिद्धान्तहरू खोजेको छ कि छैन भनेर नै जान्दछस्। तर जब उसले कार्य गर्छ, र तैँले पहिलो सङ्केतहरू देख्छस्, तब तँलाई उसका कार्यहरूको विधि र स्रोत गलत छन्, उसले पूर्ण रूपमा आडम्बर देखाइरहेको छ, आफ्नै इच्छाअनुसार कामकुरा गरिरहेको छ, र मनमानी र हठी रूपमा कार्य गरिरहेको छ र स्वतन्त्र राज्य स्थापना गरिरहेको छ भन्ने कुरा थाहा हुनेछ। यसबाहेक, दियाबलसहरूका गिरोहहरूले एक-अर्काको रक्षा गर्छन्; तिनीहरूमध्ये कसैले पनि परमेश्वरको घरको हितको रक्षा गर्दैनन्। ठूला दियाबलसहरूले जे गरे पनि, अनुयायीहरू र साना दियाबलसहरूले तिनीहरूको चापलुसी गर्न र चिल्लो घस्न सक्दो प्रयास गर्छन्। ठूला दियाबलसहरूले बेपरवाह र हठी रूपमा कार्य गर्छन्, र साना दियाबलसहरूले त्यसैको सिको गर्छन्, र तिनीहरूको जुत्ता चाट्छन्—तिनीहरू एक-अर्कासँग मिलोमतोमा काम गर्छन्। कतिपय मानिसहरूले आफूले अझै पनि कसैको सार दियाबलसको हो भन्ने तथ्यलाई छर्लङ्ग देख्न नसकेको भनेर भन्छन्। त्यसो हो भने, उसले गर्ने कुनै कामको प्रकृति र त्यसका परिणामहरूलाई हेर्। यदि प्रकृति र परिणामहरू धेरै गम्भीर छन् भने, त्यो दियाबलसको काम हो भनी निश्चित हुन सकिन्छ। उदाहरणका लागि, सुसमाचार प्रचारमा प्राप्त भएका मानिसहरूको झूटो सङ्ख्या रिपोर्ट गर्ने मामिलाका बारेमा, कतिपय मानिसहरूले यसो भने, “के झूटो सङ्ख्या रिपोर्ट गर्नु सिद्धान्तहरूको विरुद्धमा छैन र? हामीले वास्तविक सङ्ख्या रिपोर्ट गर्नैपर्छ; जति मानिसहरू प्राप्त हुन्छन्, हामीले त्यति नै रिपोर्ट गर्नुपर्छ। हामीले हाम्रो रिपोर्टमा कसरी झूट बोल्न सक्छौँ? सय जना प्राप्त हुँदा एक हजार, वा एक हजार प्राप्त हुँदा दश हजार भनेर हामीले कसरी रिपोर्ट गर्न सक्छौँ?” यी झूटा अगुवाहरूमध्ये एकले के भन्यो? “तिमीहरूले यसरी नै रिपोर्ट गर्नुपर्छ; सबैले यसरी नै रिपोर्ट गर्छन्। यो पवित्र आत्माको प्रवाह हो!” के तिमीहरूले यो अभिव्यक्ति खुट्ट्याउन सक्छौ? झूटो र बनावटी सङ्ख्या रिपोर्ट गर्नु स्पष्ट रूपमा परमेश्वरलाई धोका दिने प्रयास हो। यो कसरी पवित्र आत्माको प्रवाह हुन सक्छ र? यो एक दुष्ट प्रचलन हो। पवित्र आत्माले मानिसहरूलाई कहिल्यै झूट बोल्न वा झूटो सङ्ख्या रिपोर्ट गर्न भन्नुभएको छैन; दियाबलसहरूले मात्रै यस्ता कुराहरू भन्न सक्छन्। के तिमीहरूले यो कुरा खुट्ट्याउन सक्छौ? त्यो झूटा अगुवाले यस्ता बेतुके शब्दहरू बोल्न सकेको हुनाले, ऊ सामान्य व्यक्ति होइन; त्यो झूटा अगुवा पनि दियाबलसहरूको श्रेणीमा पर्छ। के तिमीहरूले यस मामिलालाई छर्लङ्ग देख्न सक्छौ? के तिमीहरूले यस्ता शब्दहरू दियाबलसहरूले बोल्छन् भनी खुट्ट्याउन सक्छौ? दियाबलसहरू र शैतानहरूले मात्रै यस्ता कुराहरू भन्न सक्छन्। यदि तिमीहरूले यस मामिलालाई छर्लङ्ग देख्न सक्दैनौ भने, तिमीहरूमा खुट्ट्याउने क्षमताको धेरै कमी छ। यदि पशुहरूबाट पुनर्जन्म लिएकाहरूले यसलाई छर्लङ्ग देख्न सक्दैनन् भने, त्यो केही हदसम्म क्षमायोग्य हुन्छ, किनभने तिनीहरू मानव होइनन्; तिनीहरूसँग मानव आत्मा हुँदैन। यदि तँसँग साँच्चै खुट्ट्याउने क्षमता छ र तैँले यस मामिलालाई छर्लङ्ग देख्न सक्छस् भने, के तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुन्छस्? के तँ यो मामिलालाई रोक्न र खुलासा गर्न खडा भएको हुन्छस्? मानौँ तैँले यसो भन्छस्, “मैले यसलाई छर्लङ्ग देखेको छु, तर मेरो सानो हैसियतका कारण मेरा शब्दहरूको कुनै महत्त्व छैन, र म कमजोर र एकलो छु; म यसलाई रोक्न वा खुलासा गर्ने हिम्मत गर्दिनँ!” त्यसो हो भने, तँ एक बेकम्मा काँतर होस्! तैँले अडान लिएको छैनस् र तँ आफ्नो गवाहीमा दृढ रहेको छैनस्; तँ परमेश्वरको बफादार सेवक होइनस्, तैँले व्यक्तिको जिम्मेवारी पूरा गरेको छैनस्। तँ केवल एक अन्योलमा परेको व्यक्ति, एक बेकम्मा काँतर होस्। मलाई भन्, के परमेश्वरले बेकम्मा काँतरहरूलाई मन पराउनुहुन्छ? (अहँ।) परमेश्वरले तँलाई जीवन दिनुहुन्छ, तँलाई सत्यता आपूर्ति गर्नुहुन्छ, र तेरो दैनिक जीवनमा शैतानको हानिबाट तँलाई सुरक्षा दिनुहुन्छ। तर तैँले त सत्यता स्वीकार गर्दो रहेनछस्, बरु दुष्ट काम गर्नमा शैतानलाई पछ्याउँदो रहेछस्, दियाबलसहरूमाझ जिउँदो रहेछस् र आफूलाई हानि गर्न शैतानलाई अनुमति दिँदो रहेछस्। तैँले शैतानहरूको वास्तविक अनुहार स्पष्ट रूपमा देख्छस्, तैपनि तिनीहरूलाई खुलासा गर्दैनस्। त्यो त समस्या निम्त्याउनु हो; तँ शैतानद्वारा मूर्ख बनाइनुको हकदार छस्। परमेश्वरले तेरो खुट्ट्याउने क्षमता वृद्धि हुन सकोस् भनेर तेरा लागि सत्यता आपूर्ति गर्नुहुन्छ। यदि तँसँग खुट्ट्याउने क्षमता छ तर अझै पनि बहिरो र लाटो भएको नाटक गर्छस्, झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न खडा हुँदैनस् भने, तँ एक बेकम्मा काँतर होस्! तैँले व्यक्तिले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गरेको छैनस्; तँ आफ्नो जिम्मेवारीच्युत छस्, तँ फोहोर होस्, बेकम्मा काँतर होस्, सित्तैमा खाने होस्, केही काम नलाग्ने व्यक्ति होस्! दियाबलसहरूले मानिसहरूलाई सुसमाचार प्रचारमा झूटो सङ्ख्या रिपोर्ट गर्न बाध्य पार्नु—यो अभ्यास निकै स्पष्ट हुनुपर्छ र खुट्ट्याउन गाह्रो हुनु हुँदैन। मानौँ कसैले तँलाई लात हान्छ वा मुक्का हान्छ। तँलाई उसले तँलाई किन यसरी व्यवहार गरिरहेको छ भनी थाहा हुँदैन र तैँले उसले यसबाट के भन्न खोजेको हो भनी खुट्ट्याउन सक्दैनस्। त्यसपछि उसले तेरो घाँटीमा छुरी रोप्छ, र त्यसपछि मात्रै तँलाई “यसले त मलाई मार्न पो खोजिरहेको रहेछ!” भन्ने महसुस हुन्छ। मलाई भन्, तँ कति मूर्ख छस्? उसले तँलाई दुर्भावनापूर्ण मनसायले लात हान्छ, तैपनि तैँले ऊ दुष्ट व्यक्ति हो भनेर समेत देख्न सक्दैनस्, र तँ अझै पनि ऊसँग तर्क गर्न खोज्छस्, “मैले तिमीलाई चिढ्याएको छैन, तैपनि तिमी मलाई किन लात हानिरहेका छौ? के तिमीसँग कुनै मानवता छ?” यदि उसले तँलाई विनाकारण लात हान्छ भने, के ऊ दुष्ट व्यक्ति होइन र? के दुष्ट व्यक्तिसँग तर्क गर्नुको कुनै अर्थ हुन्छ? यदि उसले तँलाई छुरीले आक्रमण गर्यो भने, पछुताउनका लागि धेरै ढिलो भइसकेको हुनेछ। तैँले मद्दतका लागि चिच्याउँदासम्म धेरै ढिलो भइसकेको हुनेछ; तेरो जीवन समाप्त भइसकेको हुनेछ। हेर् त, तँ कदमा कति सानो छस्, तँ कति मूर्ख छस्! शैतानहरूको सामना गर्दा, तैँले आक्रमण गर्न पहल गर्नुपर्छ, निष्क्रिय नबन्। यदि तँ सधैँ निष्क्रिय रहन्छस्, शैतानहरूले तेरो ज्यान लिन लाग्दा मात्रै तैँले प्रतिक्रिया दिन्छस् र मलाई बचाउनुहोस् भनी परमेश्वरलाई पुकार्छस् भने, त्यो धेरै निष्क्रिय हुनु, अत्यन्तै मन्द बुद्धिको हुनु हो! परमेश्वरले यस्ता मानिसहरूलाई मन पराउनुहुन्न।
कतिपय मानिसहरूले झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूसम्बन्धी समस्याहरू निकै घुमाउरो पाराले रिपोर्ट गर्छन्। तिनीहरूले ती कुराहरू आफ्नो स्थानीय मण्डलीमा रिपोर्ट गर्ने आँट गर्दैनन्, त्यसको साटो तिनीहरू त्यसो गर्न अन्य क्षेत्रका मण्डलीहरूमा जान्छन्, किनभने तिनीहरूलाई आफ्नो स्थानीय क्षेत्रको कसैले यो खबर फैलाइदेला, र दुष्ट मानिसहरूले थाहा पाऊलान् र आफूलाई सास्ती देलान् भन्ने डर हुन्छ। यी मानिसहरूको कद निकै सानो छ। तँ परमेश्वरमा विश्वास गर्छस्, तैपनि तँ दुष्ट मानिसहरू र दियाबलसहरूदेखि यति धेरै डराउँछस्? के दियाबलसहरूसँग त्यति ठूलो शक्ति हुन्छ? के दियाबलसहरूले तेरो ज्यान लिन सक्छन्? के तेरो नियति दियाबलसहरूको हातमा हुन्छ? तँ तिनीहरूदेखि किन यति धेरै डराउँछस्? तिनीहरू दुष्ट मानिसहरू मात्रै हुन्; तिनीहरूले तँलाई के गर्न सक्छन् र? सबैभन्दा खराब अवस्थामा पनि, यो देशमा कानुनहरू छन्—तँलाई केको डर छ? यो ठाउँ दियाबलसहरूको बिगबिगी भएको चीन होइन; यो कानुनको शासन भएको एउटा प्रजातान्त्रिक देश हो। अनि मण्डलीमा तेरा दाजुभाइ-दिदीबहिनीहरू छन् भन्ने तथ्यलाई त उल्लेख नै नगरौँ—ती दुष्ट मानिसहरूले तँलाई के गर्न सक्छन् र? कतिपय मानिसहरू अगुवा र कामदारहरूका समस्याहरू रिपोर्ट गर्दा मात्रै पनि यति धेरै डराउँछन्। यो तिनीहरूमा थोरै आस्था हुनुको समस्या होइन; यिनीहरू त बेकम्मा कायरहरू र डरछेरुवाहरू हुन् जो बाँच्न लायक पनि छैनन्! परमेश्वरले तँलाई दिनुभएको सास तँमा खेर गएको छ; त्यो जनावरलाई दिइएको भए अझ राम्रो हुनेथियो। जनावरलाई दबाब दिइयो भने, त्यसले समेत मानिसलाई टोक्न सक्छ। तँ जीवित छस् तर तँमा यति थोरै दृढता पनि छैन; तँ साह्रै कायर छस्! कतिपय मानिसहरूले दुष्ट मानिसहरूको सामना गर्दा तिनीहरूसँग सीधै लड्ने आँट नगरे पनि, तिनीहरूले मण्डलीको कामको सुरक्षा गर्न बुद्धिको प्रयोग गर्छन्। तिनीहरूले दुष्ट मानिसहरूका समस्याहरू माथिल्ला अधिकारीहरूलाई रिपोर्ट गर्छन् र ती दुष्ट मानिसहरूलाई तिनीहरूको पदबाट हटाउन सत्यतालाई प्रेम गर्नेहरूसँग मिलेर काम गर्छन्। तिनीहरूसँग यस्तो सङ्कल्प हुन्छ: “तँ दुष्ट व्यक्ति होस्, तर म तँदेखि डराउँदिनँ। म तँलाई परमेश्वरको घरको काममा बाधा दिन र अन्तर्ध्वंस गर्नका लागि दुष्ट काम गर्न दिनेछैन। म तँलाई सफल हुन दिनेछैन। म तँसँग लड्न आफ्नो ज्यान जोखिममा हाल्नेछु—तैँले मलाई के गर्न सक्छस् र? बढीमा, तैँले मेरो ज्यान लिनेछस्, तर जबसम्म ममा सास रहन्छ, तबसम्म म अन्त्यसम्म तँसँग लड्नेछु!” के तिमीहरूमा यो आस्था छ? ती बेकम्मा कायरहरूमा यस्तो आस्था हुँदैन। जब तिनीहरूले दियाबलसहरूले मण्डलीको काममा बाधा दिइरहेको देख्छन्, तब तिनीहरूले आफ्नो हृदयमा यो गलत हो, यिनीहरू दुष्टता गरिरहेका दियाबलसहरू र ख्रीष्टविरोधीहरू हुन् भनी जान्दछन्। तर तिनीहरूले सोच्छन्, “म तिनीहरूलाई खुलासा गर्न वा रिपोर्ट गर्न सक्दिनँ; मैले आफ्ना लागि कुनै समस्या खडा गर्नु हुँदैन। जति कम समस्या, उति राम्रो; आफूलाई जोगाउनु अत्यावश्यक छ। यदि मैले दुष्ट मानिसहरूलाई खुलासा गरेको कारण तिनीहरूले मलाई मण्डलीबाट निष्कासित गरे, र मैले परमेश्वरमा विश्वास गर्ने र मुक्ति प्राप्त गर्ने मौकासमेत गुमाएँ, र मैले आफ्नो कर्तव्यसमेत पूरा गर्न सकिनँ भने, के म पूर्ण रूपमा हटाइएको हुनेछैन र?” तिनीहरूले दुष्ट मानिसहरूलाई खुलासा गर्ने आँट गर्दैनन्, र उनीहरूले बदला लिन्छन् भनेर निकै डराउँछन्। त्यसैले, जब ठूलो रातो अजिङ्गरले उन्मत्त भएर परमेश्वरका चुनिएका मानिसहरूलाई दमन गर्छ र सताउँछ, तब तिनीहरू निश्चय नै डराउँछन्, र यदि तिनीहरू पक्राउ परे भने, तिनीहरू निश्चय नै यहूदा बन्नेछन् र परमेश्वरलाई धोका दिनेछन्। त्यसैले, यदि तँ मण्डलीमा दुष्ट मानिसहरूदेखि डराउँछस्, र तिनीहरूले दुष्टता गरिरहेको देख्दा तिनीहरूलाई खुलासा गर्ने आँट गर्दैनस् भने, के यो शैतानसामु आत्मसमर्पण गर्नु होइन र? परमेश्वरले तँलाई सत्यता प्रदान गर्नुहुन्छ, तँलाई आस्था दिनुहुन्छ, र तँलाई सुरक्षा दिनुभएको छ र अहिलेसम्म जीवित राख्नुभएको छ। तँ परमेश्वरले तँलाई दिनुभएको सास फेर्छस्, उहाँले तँलाई प्रदान गर्नुभएको सत्यताको आनन्द लिन्छस्, र उहाँको अनुग्रहको आनन्द लिन्छस्। तँसँग मण्डली जीवनका यति राम्रा अवस्थाहरू छन् र तँ निकै आरामदायी जीवन जिउँछस्। तर जब दुष्ट मानिसहरूले परमेश्वरको घरमा बाधा दिइरहेका हुन्छन्, तब तैँले यो देख्छस् र खुट्ट्याउँछस्, तैपनि तैँले एक शब्द बोल्ने आँट समेत गर्दैनस्, तैँले ठूलो सास फेर्ने आँटसमेत गर्दैनस्—तँ कस्तो किसिमको प्राणी होस्? तँ त बाँच्न पनि लायक छैनस्! तैँले आफ्नो स्थानीय मण्डलीका समस्याहरू स्थानीय अगुवाहरूलाई रिपोर्ट गर्दैनस्, बरु तँ ती रिपोर्ट गर्न अन्य क्षेत्रका मण्डलीहरूमा जान्छस्। यस्तो तुच्छ, कायर मानसिकताले, के तैँले ठूला कुराहरू हासिल गर्न सक्छस्? तैपनि तँ आफूले परमेश्वरको गवाही दिन र विजेता बन्न चाहेको भन्छस्—तँ केही पनि होइनस्, तँ जनावरभन्दा पनि खराब छस्। आफ्नो मालिकलाई कसरी जोगाउने भन्ने कुरा कुकुरलाई समेत थाहा हुन्छ। यदि कुनै अपरिचित व्यक्ति आयो भने, कुकुरले आफ्नो मालिकको सुरक्षामा खतरा महसुस गरेर आफ्नो सम्पूर्ण शक्तिले भुक्छ। कतिपय कुकुरहरू ठूला हुँदैनन् र तिनीहरूलाई एकै लातले भुइँमा पछार्न सकिन्छ, तर तिनीहरू डराउँदैनन् र अझै पनि आफ्नो सम्पूर्ण शक्तिले भुक्छन्—तिनीहरूले आफ्ना मालिकहरूलाई जोगाउन यसो गर्छन्। कतिपय कुकुरहरूले आफ्ना मालिकहरूलाई जोगाउन आफ्नो ज्यानसमेत जोखिममा हाल्छन्। यी मानिसहरूमा यत्तिको आस्था पनि हुँदैन र तिनीहरू आफ्नो मालिकप्रति एउटा रक्षक कुकुरभन्दा पनि कम बफादार हुन्छन्—तिनीहरू सबै बेकम्मा हरामीहरू हुन्! तिनीहरूले सित्तैँमा परमेश्वरको अनुग्रह र प्रबन्धको आनन्द लिन्छन्, यसको सट्टामा केही पनि दिँदैनन्, र परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुपर्छ र मानिसहरूलाई कृपा देखाउनुपर्छ भन्ने कुरालाई समेत सामान्य रूपमा लिन्छन्। जब तिनीहरूले मण्डलीको काममा बाधा र अन्तर्ध्वंस भइरहेको देख्छन्, तब तिनीहरूलाई आफ्नो हृदयमा दुःख लाग्दैन। यसको अर्थ तिनीहरू जनावरभन्दा पनि खराब छन्, रक्षक कुकुरभन्दा धेरै खराब छन् भन्ने हुन्छ। भविष्यमा फेरि दियाबलसहरूको सामना गर्दा तैँले के गर्नुपर्छ? यदि तैँले तिनीहरूलाई छर्लङ्गै देख्न सक्दैनस्, र तिनीहरू मुस्कुराउँदा के-कस्ता खराब कामहरू गर्ने योजना बनाउँछन्, वा तिनीहरूको आँखाको हेराइमा के-कस्ता दुष्ट अभिप्रायहरू लुकेका छन् भन्ने कुरा जान्दैनस् भने, तैँले पहिले तिनीहरूलाई नियालेर हेर्न सक्छस्। तिनीहरूको सुपरिवेक्षण गर्न एक जना भरपर्दो व्यक्ति खोज्, र तिनीहरूले गोप्य रूपमा के भन्छन् र के गर्छन्, र तिनीहरूले आफ्ना मतियारहरूसँग के षड्यन्त्र गर्छन् भनी हेर्। तैँले तिनीहरूका सबै षड्यन्त्र र युक्तिहरूलाई सुरुमै निस्तेज पार्नुपर्छ, तिनीहरूलाई सफल हुन दिनु हुँदैन, र परमेश्वरको घरको हितलाई हानि हुन दिनु हुँदैन। कतिपय मानिसहरूमा यस्तो सङ्कल्प हुन्छ: “मैले परमेश्वरको घरको ढोकामा राम्ररी पहरा दिनैपर्छ, म एक असल रक्षक कुकुर बन्नैपर्छ। अरूले यो मामिलालाई कसरी लिन्छन् भन्ने मलाई थाहा छैन, तर मेरो हकमा, म यसलाई त्यसै जान दिनेछैनँ; म अन्त्यसम्म दियाबलसहरूसँग लड्नेछु!” परमेश्वरप्रतिको बफादारी भनेको यही हो; यो तिनीहरूले आफू कति सक्षम छु भनी प्रमाणित गर्न खोजेको होइन। “म यो गर्न परमेश्वरमा भर पर्नेछु; म यहाँ हुँदा कुनै पनि दियाबलसले आफूले चाहेको गर्ने वा सफल हुने मौका पाउनेछैन! म परमेश्वरको घरका लागि ढोकाको पहरा दिनेछु, दाजुभाइ-दिदीबहिनीहरूलाई जोगाउनेछु, परमेश्वरको घरको हितको रक्षा गर्नेछु, र परमेश्वरको घरको कामको सुरक्षा गर्नेछु। कसैले पनि बाधा दिने वा अन्तर्ध्वंस गर्ने मौका पाउनेछैन—यदि मैले कसैले त्यसो गरिरहेको देखेँ भने, म तिनीहरूप्रति नरम हुनेछैन। यदि तिनीहरूलाई बर्खास्त गर्नुपर्छ भने, तिनीहरूलाई बर्खास्त गरिनेछ, यदि तिनीहरूलाई निष्कासित गर्नुपर्छ भने, तिनीहरूलाई निष्कासित गरिनेछ, र यदि तिनीहरूलाई निकाल्नुपर्छ भने, निकालिनेछ। म पटक्कै दयामाया देखाउनेछैनँ!” के तिमीहरूमा यो आस्था छ? (छ।) यदि तँ मानिस वा जनावरहरूसँग लड्ने कुरामा निकै सक्षम छस्, तर जब तैँले दियाबलसहरूसँग लड्नुपर्छ, तब तँ काँतर र भयभीत हुन्छस्, र तँ कछुवाझैँ आफ्नो खपटाभित्र पस्छस् भने, परमेश्वरले तँ सिद्धिएको छस्, तँ केही काम नलाग्ने होस्, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भनी भन्नुहुन्छ। दियाबलसहरूसँग लड्नु साँचो लडाइँ हो; यो परमेश्वरका निम्ति गवाही दिने लडाइँ हो। यो यस्तो लडाइँ हो जसमा विजेताहरू, सन्तहरू, र परमेश्वरका अनुयायीहरू संलग्न हुनैपर्छ, यो उनीहरूले लिनैपर्ने अडान हो, र उनीहरूमा हुनैपर्ने दृढता र सङ्कल्प हो। “अन्त्यसम्मै दियाबलसहरूसँग लड्! कि त म छैनँ कि त तिनीहरू छैनन्! म पटक्कै डराउनेछैनँ, म पटक्कै पछि हट्नेछैनँ, र म पटक्कै निरुत्साहित हुनेछैनँ!” के तिमीहरूमा यो दृढता छ? (अहिले हामीमा छ।)
कतिपय व्यक्तिहरूको कद साह्रै सानो हुन्छ। जब तिनीहरूले शक्ति र हैसियत भएका मानिसहरू, विशेष गरी डरलाग्दो देखिने, अनुभवी र अत्यन्तै धूर्त, साथै कपटी र छली मानिसहरूको सामना गर्छन्, तब तिनीहरूले आफ्नो हृदयमा डर महसुस गर्छन्। यी मानिसहरू दियाबलसहरू हुन् भनी राम्ररी थाह भए तापनि, तिनीहरूले अझै पनि उनीहरूको चापलुसी गर्न, उनीहरूलाई फकाउन, र उनीहरूसँग सम्झौता गर्न जिद्दी गर्छन्, र उनीहरूलाई अलिकति पनि चिढ्याउने आँट गर्दैनन्, उनीहरूलाई खुलासा गर्ने कुरा त परै जाओस्। जब तिनीहरूले दियाबलसहरू र शैतानहरूलाई देख्छन्, तब तिनीहरूले कुनै पनि सिद्धान्तहरूलाई पालना गर्ने आँट गर्दैनन्, न त तिनीहरूमा सन्तको कुनै मर्यादा नै हुन्छ। कतिले त यसो पनि भन्छन्, “हामी यी मानिसहरूसँग घुलमिल हुनुपर्छ र हामीले उनीहरूसँग राम्रो सम्बन्ध बनाउनुपर्छ, नत्र मण्डलीको काम अघि बढ्न सक्दैन।” स्पष्ट रूपमा, यी मानिसहरूले परमेश्वरको घरमा कुनै राम्रो उद्देश्य पूरा गर्दैनन्, र स्पष्ट रूपमा, तिनीहरू दियाबलसहरू र ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिएका, र निष्कासित गरिनुपर्ने वा निकालिनुपर्ने मानिसहरू हुन्, तैपनि कतिपय व्यक्तिहरूले तिनीहरूलाई सहन गर्छन्। यी व्यक्तिहरूलाई आफूले ती मानिसहरूलाई जित्न सक्दिनँ भन्ने लाग्छ; तिनीहरू आफ्नो हृदयमा भयभीत र त्रसित हुन्छन्, आफ्नै अवस्थाका बारेमा चिन्तित हुन्छन्, र उनीहरूद्वारा एकल्याइने वा सताइने कुराबारे चिन्तित हुन्छन्। तिनीहरूमा उनीहरूसँग व्यवहार गर्ने बुद्धिको कमी हुन्छ, तिनीहरूमा उनीहरूसँग लड्ने पर्याप्त कदको कमी हुन्छ, र तिनीहरू बारम्बार पछि हट्छन्, र बारम्बार झुक्छन् र सम्झौता गर्छन्। फलस्वरूप, तीन महिना बित्छ, त्यसपछि छ महिना, अनि मण्डलीको काम गतिरोधको अवस्थामा पुग्छ, र मण्डली जीवन अस्तव्यस्त हुन पुग्छ। तिनीहरूले स्पष्ट रूपमा यी दुष्ट मानिसहरू र दियाबलसहरूले बाधा दिइरहेको देख्छन्, तिनीहरूले यी स्थानीय गुण्डाहरूले मण्डलीमा भाँडभैलो मच्चाइरहेको देख्छन्, तैपनि तिनीहरूले आफ्नो सुरक्षा, हैसियत, प्रतिष्ठा, र हितमा असर पर्ला कि भन्ने डरले उनीहरूलाई खुलासा गर्ने वा सम्हाल्ने आँट गर्दैनन्। तेरो हैसियत, प्रतिष्ठा, र व्यक्तिगत सुरक्षा कसरी यति महत्त्वपूर्ण हुन सक्छ? के परमेश्वरको घरको कुनै पनि काम तेरो त्यो सानो ज्यानभन्दा महत्त्वपूर्ण छैन र? सबैभन्दा खराब अवस्थामा पनि, यदि तैँले परमेश्वरप्रतिको बफादारीका कारण केही जोखिमहरू लिइस् भने, के परमेश्वरले तँलाई जोगाउनुहुन्न र? यदि तैँले परमेश्वरको घरको हितको रक्षा गर्न बुद्धि प्रयोग गरिस् र सिद्धान्तहरूअनुसार कार्य गरिस् भने, के परमेश्वरले तँलाई शैतानहरूको हातमा सुम्पिनुहुनेछ र तिनीहरूलाई आफ्नो इच्छाअनुसार तँलाई दुर्व्यवहार गर्न र गम्भीर रूपमा हानि गर्न दिनुहुन्छ? (दिनुहुन्न।) परमेश्वरले यस्तो व्यक्तिलाई अति कदर गर्नुहुन्छ, उहाँले उसलाई जति कदर गरे पनि पुग्दैन; उहाँले तँलाई कसरी शैतानहरूको हातमा सुम्पिन सक्नुहुन्छ र? तेरो आस्था साह्रै सानो छ। तँ त्यति बेलाको पत्रुसजस्तै छस्—प्रभु येशूले उसलाई समुद्रबाट बोलाउनुभयो, र “आऊ” भन्नुभयो, जसको अर्थ पत्रुसले समुद्रमा समतल भूमिमा जस्तै हिँड्नुपर्छ भन्ने थियो, तर पत्रुस जति हिँड्दै गयो, ऊ त्यति नै डरायो, र उसले परमेश्वरमाथिको आस्था गुमायो। यदि परमेश्वरले तँलाई आइज भन्नुहुन्छ भने, उहाँले तँसँग एउटा प्रतिज्ञा गर्नुभएको हुन्छ र उहाँले निश्चय नै तँलाई जोगाउन सक्नुहुन्छ; उहाँले तँलाई खतराको सामना गर्न दिनुहुनेछैन। तेरो ज्यान नै खतरामा परे पनि, तैँले यसलाई कसरी लिनुपर्छ? के तैँले स्वेच्छाले आफ्नो ज्यान परमेश्वरलाई सुम्पिनु पर्दैन र? यो कुन ठूलो कुरा हो र? के दियाबलसहरू साँच्चै त्यति डरलाग्दा हुन्छन्? ठूलो रातो अजिङ्गरले विश्वासीहरूलाई दमन गर्छ र पक्रन्छ, तैपनि तँ आफ्नो आस्थामा लागिरहन सक्षम हुन्छस्; यस्तो कठोर वातावरणले तँलाई तर्साउँदैन। तर, जब मण्डलीमा केही साना दियाबलसहरू देखा पर्छन्, तब तँ यति धेरै डराउँछस् कि तँ सोझै आफ्नो खपटाभित्र पस्छस्, र तैँले दुष्टता गर्ने कार्यमा तिनीहरूलाई पछ्याउन बाध्य महसुस गर्छस्। के यो आफ्नो गवाही गुमाउनु होइन र? (हो।) कतिपय मण्डलीहरू र निश्चित कार्य वातावरणहरूमा दियाबलसहरूले आफूले चाहेको गर्न पाउनु, मण्डलीको कामलाई यस्तो अराजकतामा पुर्याउनु र तिनीहरूले चाहे जस्तै गरी त्यसलाई भताभुङ्ग पार्नु, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न उपयुक्त वातावरण नपाउनुको पछाडि, यी दियाबलसहरूलाई छर्लङ्गै देख्ने तर तिनीहरूसँग लड्न खडा नहुने, बरु आफूलाई जोगाउन यी दियाबलसहरू र शैतानहरूसँग सम्झौता गर्ने कतिपय मानिसहरूको हात हुन्छ भनेर भन्न सकिन्छ। यी मानिसहरूले जानाजानी दियाबलसहरूलाई दुष्टता गर्न र मण्डलीको काममा बाधा दिन अनुमति दिन्छन् भनेर भन्न सकिन्छ। यदि तैँले दियाबलसहरूले मण्डलीको काममा बाधा दिइरहेको छर्लङ्गै देख्छस् तैपनि तँ तिनीहरूसँग लड्दैनस् वा तैँले तिनीहरूलाई खुलासा गर्दैनस् भने, के यो दियाबलसहरूलाई दुष्टता गर्न दिनु होइन र? दियाबलसहरूले दुष्ट काम गरिरहेको पत्ता लगाउनेबित्तिकै, यदि तैँले तुरुन्तै तिनीहरूलाई खुलासा गरिस्, सम्हालिस्, र रोकिस् भने, हानिहरूलाई कम गर्न सकिन्छ र अराजकतालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ। के यो परमेश्वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश दुवैका लागि लाभदायक हुँदैन र? त्यसोभए तैँले यो काम किन गर्दैनस्? यदि तैँले यो काम गर्दैनस् भने, तँमा परमेश्वरप्रति कुनै बफादारी छैन। तँ कुनै पनि तहको अगुवा वा कामदार भए पनि, वा एक साधारण अनुयायी भए पनि, जबसम्म तैँले दियाबलसहरूले दुष्टता गरिरहेको र मण्डलीको काममा बाधा दिइरहेको छर्लङ्गै देख्छस् तर परमेश्वरको घरको हितको रक्षा गर्न तिनीहरूलाई खुलासा गर्दैनस्, तबसम्म तँ आफ्नो गवाहीमा दृढतापूर्वक खडा भएको हुँदैनस्, तँ एक अन्योलमा परेको व्यक्ति हुन्छस्, र तँ बाँच्न लायक हुँदैनस्! तैँले एक मानवको जिम्मेवारी पूरा गरेको छैनस्, त्यसैले तँ परमेश्वरले तँलाई दिनुभएको सास फेर्न लायक छैनस्। बुझ्यौ? (बुझ्यौँ।) यस मामिलामा मानिसहरूले के गर्नुपर्छ? तैँले जस्तो प्रकारको दियाबलसको सामना गरे पनि—चाहे त्यो अनाचारी, दुष्ट, कपटी, निर्दयी होस्, वा धूर्त होस्—र तिनीहरूको उद्देश्य जेसुकै भए पनि, जबसम्म तैँले तिनीहरूले मण्डलीको काममा बाधा दिइरहेको देख्छस् र तैँले त्यो खुट्ट्याउँछस्, तबसम्म तँ तिनीहरूलाई खुलासा गर्न र रोक्न खडा हुनुपर्छ। तेरो जिम्मेवारी यहीँनिर छ। कतिपयले भन्छन्, “तिनीहरूलाई रोक्नका लागि के भन्ने, मलाई थाहा छैन।” त्यसोभए परमेश्वरलाई प्रार्थना गर् र तिनीहरूसँग बुद्धिमानी तरिकाहरू प्रयोग गरेर व्यवहार गर्। अहिलेका लागि, तिनीहरूलाई नउक्सा; तिनीहरूलाई सीधै खुलासा गरेर नउक्सा। बरु, तिनीहरूलाई तिनीहरूका षड्यन्त्र र उद्देश्यहरूमा सफल हुनबाट रोक्न हरसम्भव प्रयास गर्। पहिले, यथासम्भव अधिकतम हदसम्म मण्डलीको कामको सुरक्षा गर् र परमेश्वरको घरका हितहरू सुरक्षित भएको सुनिश्चित गर्। त्यसपछि, दियाबलसलाई सम्हाल्ने सबैभन्दा उपयुक्त तरिकाबारे सत्यता बुझ्नेहरू, वा अगुवा र कामदारहरूसँग परामर्श लिने मौका खोज्। यो काम बुद्धिसाथ गरिनुपर्छ। एकातिर, तैँले शैतानविरुद्ध लड्नुपर्छ, शैतानहरू र दियाबलसहरूका दुष्ट कार्यहरूलाई रोक्नुपर्छ, दाजुभाइ-दिदीबहिनीहरूलाई खुट्ट्याउने क्षमता प्राप्त गर्न मद्दत गर्नुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूका साथै परमेश्वरको घरको कामको रक्षा गर्नुपर्छ। अर्कोतिर, तैँले यथासम्भव अधिकतम हदसम्म आफूलाई पनि जोगाउनैपर्छ। यदि तँलाई खतरा वा प्रतिकूलताको सामना गर्न साँच्चै आवश्यक छ भने, तैँले आफ्नो लागि उम्कने बाटो वा सुरक्षाको विचार नगरी, आफ्नो परम कर्तव्यका रूपमा त्यो काम गर्नुपर्छ। यो मण्डलीको कामका आवश्यकताहरूका कारणले हो र तेरो जिम्मेवारी यहीँनिर हुन्छ। तैँले यो गर्नु नै पर्ने हुन्छ, र तैँले यो काम गर्नैपर्छ; नत्र, तँ परमेश्वरले तँलाई दिनुभएको जीवन, र उहाँले यति धेरै वर्षदेखि तँलाई प्रदान गर्नुभएको प्रबन्धका लागि अयोग्य हुनेछस्। होइन र? (हो।) दियाबलसहरूलाई गरिने व्यवहारको कुरामा सबैको अडान यस्तै हुनुपर्छ। तँ परमेश्वरको हातद्वारा बनाइएको एक सृजित प्राणी होस्। तँ मानवको वर्गमा परे पनि वा जीवित प्राणीहरूको अर्को वर्गमा परे पनि, जबसम्म तेरो हालको पहिचान मानव, एक सृजित मानव प्राणीको हो, तबसम्म तैँले एक सृजित मानवका जिम्मेवारीहरू काँधमा लिनुपर्छ, तँ त्यसबाट पन्छिनु हुँदैन। मानौँ, तैँले कसैले भेटीहरू चोरिरहेको छ भनी थाहा पाइस् तर तैँले न त वास्ता गर्छस् न त यसबारे सोध्छस्, बरु यसो भन्छस्, “मलाई त उसलाई चिढ्याउँछु कि भन्ने डर लाग्छ। यदि मैले उसलाई खुलासा गरेँ र चिढ्याएँ भने, उसले मेरो पिठ्युँ पछाडि मेरा लागि परिस्थितिहरू कठिन बनाउने मात्रै होइन, उसले यो कुरालाई कहिल्यै छोड्ने पनि छैन। ऊ दुष्ट व्यक्ति हो! म उसलाई खुलासा गर्ने वा रिपोर्ट गर्ने आँट गर्दिनँ!” त्यस्तो अवस्थामा, तँ सिद्धिन्छस्, तँ एक बेकम्मा कायर होस्, र तँ आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको हुन्छस्। त्यसोभए, यदि तँ आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्छस् भने, तैँले के गर्नुपर्छ? आफ्नो अगुवालाई एउटा नोट लेख्ने मौका खोज्, आफ्नो नाम नलेख्, र तथ्यहरू स्पष्ट रूपमा बता ताकि अगुवाले थाहा पाओस् र तुरुन्तै यसलाई सम्हाल्न र रोक्न सकोस्, र यसरी भेटीहरू हानिबाट जोगिऊन्। यो कसले रिपोर्ट गर्यो भनी अगुवाले जान्नु आवश्यक छैन; परमेश्वरले जान्नु नै पर्याप्त हुन्छ। त्यसोभए, भेटीहरू जोगाउने मामिलामा कुन सिद्धान्त पालन गर्नुपर्छ? सही मानसिकता के हो? त्यो मानसिकता भनेको भेटीहरूलाई हानिबाट जोगाउनु र दुष्ट मानिसहरूलाई सफल हुन नदिनु हो। यो तेरो जिम्मेवारी हो। परमेश्वरको घरले आफ्नो हितको रक्षा गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई जोगाउन, आफ्नो कामको सुरक्षा गर्न, र परमेश्वरका भेटीहरू जोगाउनका लागि सबैलाई जोखिम उठाउन भनिरहेको छैन; यसले यसका खातिर तिमीहरू सबैलाई अरू मानिसहरूलाई चिढ्याउन वा आफूलाई कठिन परिस्थितिहरूमा पार्न भनिरहेको छैन। परमेश्वरको घरको आशय त्यो होइन। यदि तँ दुष्ट मानिसहरूदेखि डराउँछस् वा मानिसहरूलाई चिढ्याउँछु कि भनेर डराउँछस् भने, तैँले गुमनाम रूपमा समस्याहरू रिपोर्ट गर्न सक्छस्; तैँले दुष्ट मानिसहरू र दियाबलसहरूलाई गुमनाम रूपमा खुलासा पनि गर्न सक्छस्। त्यसरी, तैँले आफ्नो नाम नलेखे पनि, तैँले अझै पनि आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको हुन्छस्, र तँ आफ्नो जिम्मेवारीबाट पन्छिएको हुँदैनस्। यदि तैँले यो गर्न सक्छस् भने, आफ्नो जिम्मेवारीबाट च्युत भएको हुँदैनस्। किनभने तँमा यो हृदय हुन्छ, तैँले तेरो जिम्मेवारी यहीँनिर छ, र तैँले यो जिम्मेवारी पूरा गर्नुपर्छ, परमेश्वरको घरको कामको सुरक्षा गर्नुपर्छ र यसका हितहरूको रक्षा गर्नुपर्छ भन्ने महसुस गरिरहेको हुन्छस्। यो एउटा असल कार्य हो, र परमेश्वरले यसलाई याद राख्नुहुनेछ। तिमीहरूका लागि स्पष्ट सत्यता यो हो: दियाबलसहरूविरुद्ध लड्ने कुनै निर्धारित तरिका छैन; दियाबलसहरूलाई हराउन सक्नु, परमेश्वरको घरका हितहरूको रक्षा गर्नु, मण्डलीका विभिन्न कामहरूको रक्षा गर्नु, मण्डली जीवनको रक्षा गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशको सुरक्षा गर्नु—यो नै सर्वोच्च सिद्धान्त हो। बुझ्यौ? (बुझ्यौँ।) दियाबलसहरूविरुद्ध लड्ने कुनै निर्धारित तरिका छैन; तिमीहरूले तिनीहरूलाई काटछाँट गर्ने विधि प्रयोग गर्न सक्छौ, तिमीहरूले तिनीहरूलाई खुलासा गर्ने विधि प्रयोग गर्न सक्छौ, र अवश्य पनि, तिमीहरूले तिनीहरूलाई बर्खास्त गर्ने र तिनीहरूका कर्तव्यहरू हेरफेर गर्ने विधि, साथै तिनीहरूलाई रोकेर राख्न तिनीहरूसँग कुराहरूबारे छलफल गर्ने र सान्त्वना दिने विधि पनि प्रयोग गर्न सक्छौ—दियाबलसहरूलाई सीमित गर्न विभिन्न बुद्धिमानी विधिहरू प्रयोग गर्ने र साथसाथै मण्डलीका विभिन्न कामहरूको सुरक्षा गर्ने कार्य गर्नुपर्छ। यो बुद्धिमानी हुनु हो। तँलाई यी मानिसहरू दियाबलसहरू हुन्, र तैँले तिनीहरूलाई जसरी व्यवहार गरे पनि, त्यो गलत हुँदैन, किनभने तिनीहरू साँचो दाजुभाइ वा दिदीबहिनीहरू होइनन्, तिनीहरू साँचो मानव होइनन्, र तिनीहरूलाई परमेश्वरले चुन्नुभएको छैन भन्ने कुरा आफ्नो हृदयमा थाहा हुन्छ। तिनीहरू मण्डलीमा बाधा दिन शैतानका नोकरहरूका रूपमा परमेश्वरको घरमा आएका हुन्। दियाबलसहरूप्रति तेरो यस्तो मनोवृत्ति हुनुपर्छ: “यदि तँ यहाँ बाधा दिन आएको होस् भने, म तँप्रति नरम हुनेछैन। यदि तँ यहाँ अन्तर्ध्वंसमा संलग्न हुन आएको होस् भने, त्यसो गर्न बिलकुलै अनुमति छैन! यदि तैँले बाधा दिँदैनस् वा तँ अन्तर्ध्वंसमा संलग्न हुँदैनस्, र तँ मण्डलीमा चुपचाप एकलै बस्छस् भने, म तँलाई बेवास्ता गर्नेछु। तर तैँले दुष्टता गर्ने अभिप्रायले कुनै कदम चालिस् वा केही भनिस् भने, म तँप्रति नरम हुनेछैन! तैँले जे-जस्ता खराब कामहरू गर्न चाहे पनि, तैँले जे-जस्ता भ्रामक कुराहरू फैलाउन चाहे पनि, तैँले पहिले मेरो सामना गर्नुपर्नेछ—म तँलाई बाँकी राख्छु कि राख्दिनँ, हेर्। नत्र, मण्डलीको काममा बाधा दिने बारेमा सोच्दै नसोच्!” मानिसहरूले दियाबलसहरूलाई व्यवहार गर्ने तरिकामा हुनुपर्ने मनोवृत्ति र सिद्धान्त यही हो, र यो मानिसहरूले बोक्नुपर्ने गवाही पनि हो।
परमेश्वरले किन सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्छ? परमेश्वरमा विश्वास गर्नेहरूले सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गर्न सकून्, र मानिसहरूले दियाबलसहरूलाई खुट्ट्याउन, दियाबलसहरूबाट छुटकारा पाउन, र दुष्ट दियाबलस शैतानविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न सकून् भनेर उहाँले यस्तो गर्नुहुन्छ। मानिसहरूले यति धेरै सत्यताहरू सुनेका छन् र सत्यताको यति धेरै प्रबन्ध प्राप्त गरेका छन्, तैपनि अन्ततः, जब तिनीहरूले दुष्टता गरिरहेका र बाधा दिइरहेका दियाबलसहरूको सामना गर्छन्, तब तिनीहरू उनीहरूलाई खुट्ट्याउन असफल हुन्छन्। कतिपय मानिसहरूले दियाबलसहरूलाई अलिकति खुट्ट्याएका हुन्छन् तर तिनीहरूले उनीहरूलाई खुलासा गर्ने आँट गर्दैनन्, र उनीहरूलाई सम्हाल्ने आँट त झनै गर्दैनन्—यस प्रकारका मानिसहरू केही काम नलाग्ने मानिसहरू हुन्। तँसँग कुनै गवाही छैन, र तँ परमेश्वरको पक्षमा खडा भएको छैनस्—तैँले परमेश्वरको हृदय तोडेको छस्। मानिसहरूले सत्यता पछ्याउनु र बुझ्नुको उद्देश्य तिनीहरू दियाबलसहरूबाट अलग बस्नु, दियाबलसहरूलाई इन्कार गर्नु, र परमेश्वरप्रतिको साँचो समर्पणता हासिल गर्न सक्नु, परमेश्वरको पक्षमा खडा हुनु, र परमेश्वरको आज्ञा पूरा गर्नु हो। दियाबलसहरूको कुरा आउँदा, जब यस्तो व्यक्ति पत्ता लाग्छ, तब त्यसलाई निकालिहाल्, र जब दुई जना व्यक्ति पत्ता लाग्छन्, ती दुईलाई नै निकालिहाल्, ताकि मण्डली चोखो रहोस्। यसरी, शैतान र दियाबलसहरू पूर्ण रूपमा लज्जित हुनेछन् र तिनीहरूले उप्रान्त मण्डलीको काममा बाधा दिन सक्नेछैनन्। तिनीहरूले अधार्मिक संसारमा कसरी बाधा दिन्छन् भन्ने कुरा हाम्रो सरोकारको विषय होइन; तिनीहरूले के-कस्ता अवैध कार्यहरू गर्छन्, के-कस्ता खराब कामहरू गर्छन्, र तिनीहरू अधार्मिक संसारमा कोसँग लड्छन् भन्ने कुरासँग हाम्रो कुनै सरोकार छैन। हामी न त यसमा हस्तक्षेप गर्छौँ न त यसबारे सोधपुछ नै गर्छौँ, र हामीलाई यसबारे वास्ता पनि छैन। तर एउटा मात्रै कुरा छ: तिनीहरूले परमेश्वरको घरमा यस्ता बाधाहरू दिनु स्वीकार्य हुँदैन, र तिनीहरूलाई सम्हाल्नैपर्छ, रोक्नैपर्छ, र निकाल्नैपर्छ। पहिलो कुरा, अगुवा र कामदारहरूले यो काम गर्नमा अगुवाइ लिनुपर्छ; तिनीहरूले यसलाई आफ्नो पन्छिन नसकिने जिम्मेवारीका रूपमा लिनुपर्छ। दोस्रो कुरा, सबै सुपरिवेक्षकहरू, टोली अगुवाहरू, र साधारण दाजुभाइ-दिदीबहिनीहरूमा यो कद हुनुपर्छ र यो गवाही पनि हुनुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “के परमेश्वरको घरले कुनै प्रकारको अभियान सुरु गरिरहेको छ? के यो मानिसहरूलाई सास्ती दिनु हो?” यो मानिसहरूलाई सास्ती दिनु होइन; यो त दियाबलसहरूलाई सास्ती दिनु हो। गर्नुपर्ने काम भनेकै दियाबलसहरूलाई सास्ती दिनु हो; हामी मानिसहरूलाई सास्ती दिँदैनौँ। दाजुभाइ-दिदीबहिनीहरूमा भ्रष्टताका प्रकटीकरणहरू हुन्छन्, तर तिनीहरू सामान्य मानिसहरू हुन्, र तिनीहरूमा विवेक र समझ हुन्छ, साथै तिनीहरूका कार्य र आत्मआचरणमा न्यूनतम मानकहरू हुन्छन्। तिनीहरूको सत्यताको पछ्याइ र जीवन प्रवेश केही हदसम्म कमजोर भए पनि, र तिनीहरू कदमा साना भए पनि र तिनीहरूमा धेरै सत्यता वास्तविकता नभए पनि, हामी तिनीहरूप्रति सहिष्णु र धैर्यवान् हुनुपर्छ, हामीले तिनीहरूसँग सही तरिकाले व्यवहार गर्नुपर्छ, र तिनीहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्छ। तर दियाबलसहरूसँग कसरी व्यवहार गर्ने भन्ने सिद्धान्त फरक छ। यदि तिनीहरू सेवा प्रदान गर्न इच्छुक छन् भने, हामीले तिनीहरूलाई सेवा प्रदान गर्नका लागि प्रयोग गर्न सक्छौँ। यदि तिनीहरू सेवा प्रदान गर्न इच्छुक छैनन् भने, हामीले तिनीहरूलाई निकालेर सम्हाल्नुपर्छ; हामी तिनीहरूप्रति पटक्कै नरम हुनु हुँदैन! दियाबलसहरूलाई गरिने व्यवहारको सिद्धान्त यही हो। जब दाजुभाइ-दिदीबहिनीहरूमा कमजोरीहरू वा भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन्छन्, तब तिनीहरूलाई क्षमा गर्न र माफी दिन सकिन्छ, र सहिष्णुता र समझदारीसाथ व्यवहार गर्न सकिन्छ। तर दियाबलसहरू त दाजुभाइ-दिदीबहिनीहरू होइनन्। यदि तिनीहरूले केही नकारात्मक वा गैरजिम्मेवार कुराहरू मात्रै भन्छन्, तर तिनीहरूले मानिसहरूलाई भ्रमित पार्न विधर्म वा भ्रामक कुराहरू फैलाइरहेका छैनन्, र तिनीहरूले कुनै अवरोध वा बाधा दिएका छैनन् भने, तिनीहरूलाई छोड्न सकिन्छ, र तिनीहरूलाई देखे पनि नदेखेझैँ गर्न सकिन्छ। यदि तैँले तिनीहरूले केही समस्याहरू खडा गर्न लागेको र दुष्टता गर्न लागेको देखिस्, र यो एक निश्चित स्तरमा पुग्दैछ भने, तिनीहरूलाई खुलासा गर्नैपर्छ र प्रतिबन्धित गर्नैपर्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गर्न सकिँदैन भने, तिनीहरूलाई सीधै निकाल्दे। दियाबलसहरूले मण्डली त यत्तिकै दिन गुजार्न सजिलो ठाउँ हो भन्ने सोच्छन्; तिनीहरू समाजमा जस्तै, मण्डलीमा पनि जोकोहीले हलचल मच्चाउन सक्छ भन्ने सोच्छन्। तिनीहरूले यसरी सोच्नु गलत हो। मण्डली परमेश्वरका चुनिएका मानिसहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने ठाउँ हो, दियाबलसहरूले हलचल मच्चाउने ठाउँ होइन, न त यो दियाबलसहरू आफ्नै उद्यमहरूमा संलग्न हुने वा आफ्नै सपनाहरू साकार पार्ने ठाउँ हो, न त यो दियाबलसहरूले आफ्ना महत्त्वाकाङ्क्षाहरू र चाहनाहरू पूरा गर्ने ठाउँ नै हो। दियाबलसहरूले आफूलाई उजागर गरेपछि र तिनीहरूले आफ्नै उद्यमहरू सञ्चालन गर्न लागेपछि, आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्न लागेपछि, र मण्डलीको काममा बाधा दिन र अन्तर्ध्वंस गर्न लागेपछि—तिनीहरूको वास्तविक रूप प्रकट भएपछि—त्यसबेला तैँले के गर्नुपर्छ? सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ; दाजुभाइ-दिदीबहिनीहरू खडा हुनैपर्छ र यी दियाबलसहरूविरुद्ध लड्नैपर्छ, र तिनीहरूले पटक्कै कृपा देखाउनु हुँदैन वा तिनीहरू नरम हुनै हुँदैन। यदि तँ सधैँ दियाबलसहरूप्रति नरम हुन्छस् भने, तँ आफैप्रति क्रूर भइरहेको हुन्छस्। तिनीहरूले सधैँ मण्डलीमा मानिसहरूलाई भ्रमित पारिरहेका र बाधा दिइरहेका हुन्छन्, र मण्डलीको काममा अन्तर्ध्वंस गरिरहेका हुन्छन्। यस्तो परिस्थितिमा तैँले धेरै वर्षको विश्वासबाट प्राप्त गरेको परमेश्वरप्रतिको आस्था र ज्ञान यी दियाबलसहरूको बहकाउ र बाधाका कारण केही दिनमै समाप्त हुनेछ। त्यसकारण, यदि तँ सत्यता प्राप्त गर्न चाहन्छस् भने, तैँले सक्रिय रूपमा खडा भएर दियाबलसहरूसँग लड्नैपर्छ र सङ्घर्ष गर्नैपर्छ। जब तैँले तिनीहरूको वास्तविक रूप पूर्ण रूपमा प्रकट भएको र तिनीहरूको घिनलाग्दो अनुहार प्रकाश भएको देख्छस्, तब तैँले तिनीहरूलाई खुलासा गर्नुपर्छ र तिनीहरूको सारलाई ठहर गर्नुपर्छ, र त्यसपछि तिनीहरूलाई पखालेर फ्याँक्नुपर्छ। के परमेश्वरका चुनिएका मानिसहरूले गर्नुपर्ने र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही होइन र? (हो।) विजेताहरूमा हुनुपर्ने गवाही ठ्याक्कै यही हो। सबैले यो कुरा बुझ्नुपर्छ र कहिल्यै बिर्सनु हुँदैन। शैतानहरू र दियाबलसहरूदेखि नडराउनुको अर्थ तिनीहरूबाट औपचारिकताका रूपमा अलग हुनु होइन, बरु यसको अर्थ सही र गलतका प्रमुख मुद्दाहरूको सामना गर्दा, सिद्धान्तका मामिलाहरूको सामना गर्दा, आफ्नो मार्ग छनौट गर्ने मामिलामा, र परमेश्वरको घरको हित संलग्न मामिलाहरूमा दियाबलसहरूविरुद्ध लड्न खडा हुनु, तिनीहरूका दुष्ट कार्यहरूलाई रोक्नु, परमेश्वरको घरको हितको रक्षा गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि सामान्य वातावरणको सुरक्षा गर्नु हो। यो परमेश्वरका हरेक चुनिएका मानिसहरूको दायित्व हो।
के हामीले दियाबलसको सार भएकाहरूका यी दुई वटा प्रकटीकरणहरू—बानीले नै झूट बोल्नु र पथभ्रष्टता—सम्बन्धी हाम्रो सङ्गति मोटामोटी रूपमा पूरा गरेका छैनौँ र? यस प्रकारको व्यक्तिप्रति मानिसहरूले राख्नुपर्ने दृष्टिकोण र अडान स्पष्ट छ, र मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पनि स्पष्ट छन्। त्यसोभए, यसपछि तिमीहरूले कुन समस्याको सामना गर्छौ? त्यो समस्या भनेको हामीले कसरी सङ्गति गरेका प्रकटीकरण र प्रकाशहरूलाई लिने र तिनलाई यी मानिसहरूसँग तुलना गरेर हेर्ने, त्यसपछि तिनीहरूलाई खुट्ट्याउने, र यस प्रकारका व्यक्तिहरूको सारलाई छर्लङ्गै देख्ने भन्ने हो। तिमीहरूमा खुट्ट्याउने क्षमता भएपछि, तिमीहरूको हृदयमा विभिन्न प्रकारका मानिसहरूका गुणहरू वास्तवमा के हुन् भन्ने कुरा स्पष्ट हुनेछ, मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्नेबारेका तिमीहरूका सिद्धान्तहरू अझ सही हुनेछन्, र तिमीहरूले मूर्ख वा बेवकुफ कामहरू गर्नेछैनौ, वा तिमीहरूले त्यस्ता कामहरू त्यति धेरै गर्नेछैनौ। आजका लागि हाम्रो सङ्गति यति नै हो। अलबिदा।
जनवरी २७, २०२४