सत्यता कसरी पछ्याउने (१३) भाग तीन
पशुबाट पुनर्जन्म लिएका मानिसहरूले पनि दियाबलसहरूले जस्तै झूट बोल्छन् किनभने तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ, तर हप्की खाँदा, तिनीहरूले आफ्नो हृदयमा यस कुरालाई केही हदसम्म स्विकार्नेछन्। तिनीहरूले यो स्विकार्न सक्ने भए तापनि, तिनीहरूको पशुवत् गुणका कारण तिनीहरूले सत्यता बोध गर्न सक्दैनन्, त्यसकारण तिनीहरूले झूट नबोल्नु भनेको के हो वा सिद्धान्तअनुसार कार्य गर्नु भनेको ठ्याक्कै के हो भनेर कहिल्यै बुझ्दैनन्। तिनीहरूले “म फेरि कहिल्यै झूट बोल्नेछैनँ, म सत्य बोल्न चाहन्छु” भनेर भने तापनि, जब तिनीहरूले यसलाई अभ्यासमा लागू गर्ने प्रयास गर्छन्, तब तिनीहरू निकै अनाडी र मूर्ख देखिन्छन्। अरूलाई यो दृश्य हाँसउठ्दो लाग्छ, र तिनीहरूले भन्छन्, “यसरी सत्यताको अभ्यास कसले गर्छ र? मैले त यो पहिलो पटक देखेको हुँ—यसले त मेरो हेराइलाई फराकिलो बनाइदिएको छ!” यो त कुनै पशु उभिएर मानिसजस्तै सीधा हिँड्नु जस्तै हो; यो हेर्दा निकै अप्ठ्यारो र अनौठो देखिन्छ। पशुबाट पुनर्जन्म लिएका कतिपय मानिसहरू इमानदार बन्न र केही असल कामहरू गर्न पनि चाहन्छन्, तर तिनीहरूले अभ्यासका सही सिद्धान्तहरू भेट्टाउन सक्दैनन्। जब तिनीहरूले अभ्यास गर्छन्, तब त्यो निकै बेतुके हुन्छ र त्यो ठट्टा बन्छ। अरूलाई यो दृश्य हाँसउठ्दो लाग्छ, तैपनि यी मानिसहरू अझै पनि आफू इमानदार बनिरहेको छु भन्ने सोच्छन्। के यो हाँसउठ्दो कुरा होइन र? मानौँ तैँले तिनीहरूलाई यसो भनिस्, “यदि तिमी इमानदार व्यक्ति बन्न चाहन्छौ भने, तिमीले झूट नबोल्ने, बहाना नबनाउने, आफूलाई सही ठहराउने प्रयास नगर्ने, वा नासमझ रूपमा बहस नगर्ने कुरा सुनिश्चित गर्नुपर्छ। यति गर्नु नै पर्याप्त छ। इमानदार हुनु भनेको यही हो। यदि तिमीले सत्यता उल्लङ्घन गर्ने कामहरू गर्यौ र फलतः अपराध गर्यौ भने, तिमीले खुलस्त बोल्न र आफूलाई उदाङ्गो पार्न सक्छौ। सत्यतासँग मेल खाने जुनसुकै कुरा जोसुकैले भने पनि त्यसलाई स्वीकार गर। समझहीन वा हाँसउठ्दा कामहरू नगर।” तर तिनीहरूले यो कुरा बुझ्दैनन्। जब तिनीहरूले यसलाई अभ्यासमा लागू गर्छन्, तब तिनीहरूले गल्ती गर्छन्। तिमीहरू यस्ता व्यक्तिको सबैभन्दा ठूलो समस्या के हो भनेर भन्छौ? त्यो के हो भने, तिनीहरूले सामान्य मानिसहरूको मानक पूरा गर्दैनन्। के पशुबाट पुनर्जन्म लिने मानिसहरू र दियाबलसबाट पुनर्जन्म लिने मानिसहरूबीच कुनै भिन्नता हुन्छ? (छ।) भिन्नता कहाँनिर हुन्छ? (तिनीहरूको विकृत अभ्यास तिनीहरू दियाबलस भएको र तिनीहरूमा दियाबलसको प्रकृति भएको कारणले नभई मुख्य रूपमा तिनीहरूमा क्षमताको कमी भएको र तिनीहरूले मानिसहरूमा हुनुपर्ने सामान्य सोचाइ र समझ हासिल गर्न नसक्ने कारणले गर्दा हुन्छ।) ठीक भन्यौ, तिनीहरूको क्षमता पर्याप्त पुग्दैन। कमजोर क्षमता भएका मानिसहरूले व्यक्तिपरक रूपमा सत्यता अभ्यास गर्ने चाहना गर्न सक्छन्, तर तिनीहरूले सिद्धान्तहरू बोध गर्न सक्दैनन्; तिनीहरूले प्रावधानहरूलाई पालना गर्न मात्रै सक्छन्। त्यसकारण तिनीहरूको अभ्यास कट्टरपन्थी, मूर्खतापूर्ण, र दुर्बुद्धिपूर्ण हुन्छ। मानिसहरूले तिनीहरूलाई मद्दत गर्न चाहन्छन्, तर तिनीहरूको स्वभाव काँडैकाँडाले ढाकिएको दुम्सीको जस्तै हुन्छ, जसले गर्दा मानिसहरू कहाँबाट सुरु गर्ने भन्नेमा नै अलमल्ल पर्छन्। तिनीहरूलाई जस्तोसुकै तरिकाले सत्यतामा सङ्गति गरिए पनि, तिनीहरूले त्यसलाई बुझ्न वा बोध गर्न नसक्ने जस्तो देखिन्छ। पाँच-छ वर्षको मद्दत र सहयोगपछि, तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू मात्रै बुझ्छन् र अझै पनि सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। तैपनि यी मूर्ख मानिसहरूले सधैँ घिनलाग्दा कामहरू गरिरहेका हुन्छन्। जब कुनै कुरा ठूला वा उचित मामिलाहरूसँग सम्बन्धित हुँदैन, तब शिष्टाचार वा इज्जतको ख्याल गरेर, तैँले अझै पनि तिनीहरूसँग कुरा गर्नका लागि आफूलाई मनाउन सक्छस्। तर उदाहरणका रूपमा कर्तव्य निर्वाह वा कामसम्बन्धी छलफल जस्ता उचित मामलाहरू संलग्न हुँदा, तँलाई अप्ठ्यारो, असहज महसुस हुन्छ, र तँलाई तिनीहरूले कुनै तरिकाले प्रतिरोध गर्नेछन् वा आपत्ति जनाउनेछन् र तँलाई लज्जित पार्नेछन् भन्ने डर लाग्छ। यस्तो व्यक्ति उचित मामलाहरूबारे छलफल गर्नका लागि नै अयोग्य हुन्छ। तँ तिनीहरूसँग कुराकानी गर्नु नै हुँदैन; तिनीहरूसँग कुराकानी गर्दा धेरै समस्याहरू आउँछन् र यसले उचित मामलाहरूलाई पनि असर गर्नेछ। तिनीहरूले सधैँ विकृत तर्कहरू र विषय बाहिरका टिप्पणीहरू गर्छन्, जुन सुन्दा नै घिनलाग्दो हुन्छ। यस्तो व्यक्तिले अरू कस्ता विकृत कामहरू गरेको हुन्छ? यदि तिनीहरूले विपरीत लिङ्गको कसैलाई मन पराए र तिनीहरूमा दुष्ट कामवासना भयो भने, तिनीहरूले आफू इमानदार व्यक्ति हुनैपर्छ, र तिनीहरू यसबारे खुल्नैपर्छ र यसलाई मनमा दबाएर राख्नु हुँदैन भन्ने सोच्छन्, त्यसकारण भेलाको दौरान, तिनीहरूले सार्वजनिक रूपमा यस विषयमा कुरा गर्छन्। तिनीहरूले मन पराएको विपरीत लिङ्गको व्यक्तिले यो सुनेर अप्ठ्यारो र असहज महसुस गर्छ, र लज्जित हुन्छ। यदि तैँले तिनीहरूलाई रोक्ने प्रयास गरिस् भने, तिनीहरूले दुःखी हुँदै भन्छन्, “म हृदयदेखि बोल्दैछु र इमानदार बन्दैछु। तिमीसँग मलाई सत्यता अभ्यास गर्नबाट रोक्ने के अधिकार छ? यो मेरो अधिकारको कुरा हो! मैले बल्लतल्ल यसबारे बोल्ने आँट जुटाएको थिएँ, तैपनि तिमीले मलाई रोक्यौ! परमेश्वरले समेत मलाई रोक्नुहुन्न, त्यसकारण तिमीसँग त्यसो गर्ने के अधिकार छ? परमेश्वरले त मलाई इमानदार व्यक्ति बन्ने मौका समेत दिनुहुन्छ; तिमीले मात्रै मलाई हेयको नजरले हेर्छौ र मलाई इमानदार बन्न दिँदैनौ। यदि मैले यो कुरा मनमा दबाएर राखेँ र यसबारे बोलिनँ भने, के त्यो तथ्यहरू लुकाउनु होइन र? के त्यो छली व्यक्ति हुनु होइन र? त्यसपछि त म इमानदार व्यक्ति हुनेछैनँ। यदि म इमानदार व्यक्ति भइनँ भने, के परमेश्वरले अझै पनि मलाई मुक्ति दिनुहुनेछ?” तैँले देख्न सक्छस्, सुन्ने सबैलाई अप्ठ्यारो लाग्छ र लज्जित महसुस हुन्छ, तैपनि यो व्यक्तिले विस्तृत रूपमा बताउन जिद्दी गर्छ, र तैँले उसलाई रोक्न समेत सक्दैनस्। मलाई भन्, यस मामलाको हकमा, व्यक्ति सहनशील र धैर्यवान् हुनुपर्छ कि उसलाई रोक्नका लागि कसैले सत्यता सिद्धान्तहरूमा सङ्गति गर्नुपर्छ? (हामीले उसलाई रोक्नका लागि सत्यता सिद्धान्तहरूमा सङ्गति गर्नुपर्छ।) यदि कसैले सुरुमा प्रेमपूर्वक मद्दत गर्ने प्रयास गर्छ, र भविष्यमा अरूलाई शिक्षाप्रद नहुने यस्ता कुराहरू नभन्न अर्ती दिन्छ भने, के उसले यो कुरा बुझ्न र स्वीकार गर्न सक्नेछ? (सक्नेछैन।) त्यसोभए यस्तो व्यक्ति विकृतिहरूतिर ढल्किने सम्भावना हुन्छ, ऊ केही हदसम्म मूर्ख हुन्छ, र उसको समझ त्यति राम्रो हुँदैन, त्यसकारण उसलाई रोक्ने उपाय मात्रै अपनाउन सकिन्छ। सबैसँग दुष्ट कामवासना हुन्छ, र कहिलेकाहीँ कसैमा विपरीत लिङ्गको कुनै व्यक्तिप्रति केही भावना वा केही विचारहरू उत्पन्न हुन सक्छन्। यो कुरा गोप्य रूपमा आफैले चिन्नु नै पर्याप्त हुन्छ। यदि परिस्थितिहरू खराब दिशातिर जाँदैछन् भने, व्यक्तिले त्यस व्यक्तिसँगको सम्पर्क कम गर्नुपर्छ वा भविष्यमा ऊसँग एकलै हुनबाट जोगिनुपर्छ। सामान्य मानवता भएका मानिसहरूले यस्ता मामलाहरूलाई सम्हाल्दा बुद्धिमानी तरिकाहरू प्रयोग गर्नेछन् र सिद्धान्तअनुसार कार्य गर्नेछन्। तिनीहरूलाई यस्तो मामलालाई इमानदार व्यक्ति बन्नुका अभ्यासका सिद्धान्तहरू लागू गरेर मात्रै सम्हाल्न सकिँदैन, र बुद्धिका केही सिद्धान्तहरू पनि लागू गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ। तर पशुबाट पुनर्जन्म लिएका मानिसहरूलाई यस्ता मामलाहरू कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन, र तिनीहरूले यस्ता कुराहरूलाई सार्वजनिक रूपमा खोल्नुलाई इमानदार हुनु हो भन्ठान्छन्। तिनीहरूलाई यसले के-कस्ता परिणामहरू ल्याउनेछ भन्ने थाहा हुँदैन। जब तिनीहरूले इमानदार हुने प्रयास गर्छन्, तब तिनीहरू एउटा प्रावधान र औपचारिकता मात्रै पालन गर्छन्। अनि परिणाम के हुन्छ? तिनीहरूले आफूलाई, तिनीहरूले मन पराएको व्यक्तिलाई, र अरू सबैलाई समस्यामा पार्छन्। तिनीहरूले मन पराएको व्यक्ति यस मामलाबाट प्रभावित हुन्छ र बाँधिन्छ, र उसले परिस्थितिको सामना गर्न सक्दिनँ भन्ने महसुस गर्छ। अरू सबैले पनि यो सुनेर अलि लज्जित महसुस गर्छन्, र सोच्छन्, “यदि हामीले यस्तो कुरा सुन्यौँ भने, यो त हामीले कसैको गोपनीयतामा चियोचर्चो गरेजस्तो हुन्छ; तर यदि हामीले सुनेनौँ भने, तिनीहरूले आफू इमानदार बनिरहेको छु भन्ने विश्वास गर्दै, कुरा गर्न जिद्दी गरिरहनेछन्।” हेर् त, सबैलाई यो मामला काँडादार र झन्झटिलो लाग्छ। के तँ यस्तो व्यक्ति ठूलो समस्या हो भनेर भन्दैनस् र? यदि तैँले सिद्धान्तहरूमा सङ्गति गरिस् भने, तिनीहरूले ती स्वीकार गर्दैनन्, र भन्छन्: “जब तिमीहरू इमानदार बन्छौ र खुल्छौ, तब तिमीहरूले जे पनि भन्न सक्छौ, तर जब मैले केही भन्छु, तब त्यो चाहिँ ठीक हुँदैन। के म पनि इमानदार बनिरहेको छैन र? मसँग बोल्ने अधिकार किन छैन?” तिनीहरूले अरूले के भनिरहेका छन् भन्ने कुरालाई ध्यान समेत दिँदैनन्। के तिनीहरूको त्यो मामलाबारे सार्वजनिक रूपमा सङ्गति गर्न उपयुक्त हुन्छ? यस्तो व्यक्तिले यो कुरालाई छर्लङ्ग देख्नै सक्दैन र उसले इमानदार हुनुका सिद्धान्तहरू बुझ्दैन। अन्तमा, उसले सबैलाई परिस्थिति सम्हाल्न निकै गाह्रो छ भन्ने महसुस गराउँछ। उस्तै प्रकारका मानिसहरूले उसको नक्कल गर्नेछन्, र भन्नेछन्, “हेर, तिनीहरूले त यस्ता कुराहरूका बारेमा समेत सङ्गति गर्न सक्छन्। तिनीहरूसँग साँच्चै नै सङ्कल्प छ, तिनीहरू साँच्चै इमानदार बनिरहेका छन्!” शुद्ध बोध भएकाहरूले सुन्नेबित्तिकै उसको अभ्यास गलत छ, र यो अभ्यासमा विचलन भएको छ भन्ने थाहा पाउँछन्। यदि तैँले उसलाई मद्दत गर्न चाहिस् भने, उसले त्यसलाई स्वीकार नै गर्दैन। उसले के भन्छ? “तिमीले मलाई मद्दत गर्न सक्दैनौ। मेरो बोध तिम्रोभन्दा फरक छ। म त यसरी नै अभ्यास गर्नेछु।” त्यसोभए के गर्न सकिन्छ? के तैँले उसलाई मद्दत गर्न सक्छस्? (सक्दिनँ।) यदि तैँले साँच्चै उसलाई मद्दत गर्ने प्रयास गरिस् भने, तैँले कुराहरूलाई झनै बिगार्नेछस्; उसले त्यो स्वीकार नगर्ने मात्र होइन, उसले तँसँग बहस गर्नेछ र उल्झनेछ। के यो झन्झटिलो कुरा होइन र? (हो।)
पशुबाट पुनर्जन्म लिएका मानिसहरूले पनि झूट बोल्ने प्रकटीकरणहरू देखाउँछन्, तर तिनीहरूको झूट दियाबलसबाट पुनर्जन्म लिएका मानिसहरूसँग ठ्याक्कै भने मिल्दैन। झूटको तिनीहरूको मनोवृत्ति र तिनीहरूले झूट बोल्दा अपनाउने तरिकाहरू पनि फरक हुन्छन्। जब दियाबलसहरूले बोलेका झूटहरू खुलासा गरिन्छन्, तब कुनै विकल्प नभएर तिनीहरूले बाहिरी रूपमा झूट बोलेको स्वीकार गरे तापनि, तिनीहरूले अझै पनि यो बिलकुलै न्यायोचित भएको महसुस गर्छन्। तिनीहरूले यो कुनै ठूलो कुरा होइन भन्ने सोच्छन्। वा तिनीहरूले सबैका अगाडि आफ्नो अडान व्यक्त गरे पनि र झूट बोल्नु गलत थियो भनेर स्वीकार गरे तापनि, तिनीहरूले पर्दा पछाडि अलिकति पनि परिवर्तन नभई, उही तरिकाले झूट बोल्छन् र धोका दिन्छन्। तिनीहरूले झूट बोल्नुलाई दुष्ट कार्य वा नकारात्मक कुरा मान्दै मान्दैनन्। यो त तिनीहरूका लागि बाँच्ने हतियार हो—तिनीहरूले यसलाई कसरी त्याग्न सक्छन् र? बानीले नै झूट बोल्नेहरूले यस्तो विश्वास गर्छन्, “यो मानव संसारमा जिउँदा, यदि कसैले झूट बोलेन भने, यदि उसले खुलेर अरूका अगाडि सबै कुरा उदाङ्गो पार्यो भने, र यदि सबै कुरा अरूले थाहा पाए र बोध गरे भने, के अझै पनि उसको आफ्नो सत्त्व रहन्छ र? के जीवनको अझै पनि कुनै अर्थ रहन्छ र? के उसको अझै पनि इज्जत रहन्छ र? यसबाहेक, यदि कसैले सधैँ सबै कुराका बारेमा साँचो कुरा मात्रै बोल्यो भने, जीवन कति फिका र निरस हुनेथियो! कुनै कारण भए पनि वा नभए पनि, व्यक्तिले झूट बोल्नैपर्छ।” जुनसुकै दृष्टिकोणबाट हेरे पनि, चाहे तिनीहरूले जानाजानी झूट बोलून् वा नजानेरै, यो तिनीहरूको प्रकृतिको स्वाभाविक प्रकटीकरण हो। छोटकरीमा, बानीले नै झूट बोल्नु दियाबलसहरूको एउटा प्रमुख विशेषता हो—यो कुरामा कुनै शङ्कै छैन। यसै दृष्टिकोणबाट मात्रै विचार गर्दा पनि, यस्ता मानिसहरूले सत्यता स्वीकार गर्नु र तिनीहरू इमानदार मानिसहरू बन्नु पूर्ण रूपमा असम्भव छ; तिनीहरूले यो काम गर्नै सक्दैनन्। यसबाहेक, तिनीहरूले इमानदार व्यक्ति बन्नुपर्छ भन्ने परमेश्वरको मागलाई तिरस्कार गर्छन्। चाहे तिनीहरूले कुनै निश्चित मामलाको सामना गरून् वा नगरून्, मानिसहरू इमानदार हुनुपर्छ भन्ने परमेश्वरको मागप्रतिको तिनीहरूको मनोवृत्ति सधैँ तिरस्कार, उपहास, वितृष्णा, र घृणाको हुन्छ। तिनीहरूले इमानदार व्यक्ति बन्ने विषयसम्बन्धी परमेश्वरको माग र आत्मआचरणको सिद्धान्तलाई अवहेलनाको दृष्टिले हेर्छन्। आफ्नो हृदयको गहिराइबाट नै, तिनीहरू सत्यताप्रति वितृष्णा हुन्छन् र त्यसलाई अस्वीकार गर्छन्; तिनीहरूले इमानदार मानिसहरू बन्ने कार्यलाई ठाडै विरोध गर्छन् र अस्वीकार समेत गर्छन्।
बानीले नै झूट बोल्नु दियाबलसबाट पुनर्जन्म लिएका मानिसहरूको एउटा निकै स्पष्ट विशेषता हो। यदि तँ तिनीहरूसँग नजिकको सम्पर्कमा हुन्छस्, तैँले काम वा जीवनमा तिनीहरूसँग अन्तरक्रिया, कुराकानी, र सङ्गत गर्छस् भने, तिनीहरूको बानीले नै झूट बोल्ने यो विशेषता वा साँचो अनुहार बिस्तारै खुलासा हुनेछ। त्यसकारण, यस्ता व्यक्तिलाई खुट्ट्याउनु निकै सजिलो छ। तैँले अरू मानिस, घटना, वा कामकुराहरूका बारेमा रहेको कसैको विचार र दृष्टिकोणलाई हेरिरहनु आवश्यक छैन। यदि तैँले तिनीहरू बानीले नै झूट बोल्ने मानिसहरू हुन् भन्ने पत्ता लगाइस् भने, तैँले यस कुराका आधारमा नै तिनीहरू मानिस नभई दियाबलस हुन् भनेर शतप्रतिशत निश्चयताका साथ भन्न सक्छस्। कतिपय मानिसहरूले यस्तो सोध्छन्, “के बानीले नै झूट बोल्ने कुनै व्यक्ति दियाबलस नहुने र उसले अझै पनि मुक्ति प्राप्त गर्ने आशा हुने एक प्रतिशत पनि सम्भावना हुन्छ?” म तँलाई भन्छु, बिलकुलै कुनै पनि सम्भावना हुँदैन। बानीले नै झूट बोल्ने जो कोही व्यक्ति शतप्रतिशत दियाबलस हो; यसविपरित एक प्रतिशत पनि सम्भावना हुँदैन। बुझिस्? कतिपय मानिसहरूले भन्छन्, “कतिपय मानिसहरू बानीले नै झूट बोल्छन् किनभने तिनीहरू निकै गहिरो गरी भ्रष्ट पारिएका छन्, तिनीहरू समाजका दुष्ट प्रचलनहरूबाट निकै गम्भीर रूपमा प्रभावित भएका छन्, र तिनीहरूको मानवताको विवेक र समझ दबिएको छ, वा तिनीहरू पूर्ण रूपमा दियाबलसहरूद्वारा समायोजित भएका छन्, यसैकारण तिनीहरू बानीले नै झूट बोल्छन् भन्ने हुन सक्छ? यदि दाजुभाइ-दिदीबहिनीहरूबाट केही समयको मद्दत र सहयोगपछि, र परमेश्वरका वचनहरूद्वारा मलजल र खुवाइपियाइ गरिएपछि, तिनीहरूको विवेक बिस्तारै जाग्न सक्छ र तिनीहरूको समझ बिस्तारै निको हुन सक्छ भने, के तिनीहरू परिवर्तन भएर बानीले नै झूट बोल्न छोड्नेछैनन् त?” म तँलाई भन्छु, त्यस्तो कुनै सम्भावना छैन, एक करोडमा एउटा पनि सम्भावना छैन। त्यसकारण, बानीले नै झूट बोल्ने जोकोही पनि दियाबलस हो, मानिस बिलकुलै होइन, उसमा अलिकति पनि सामान्य मानवता हुँदैन। बुझ्यौ? (बुझ्यौँ।) यो निश्चित छ; त्यहाँ कुनै अपवाद र कुनै विशेष परिस्थितिहरू छैनन्। तिमीहरूले यस मामलालाई स्पष्ट रूपमा देख्नैपर्छ। सायद कसैले कुनै मामला सम्हाल्दा, परमेश्वरको घरको हितको रक्षा गर्न र दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिनका लागि गैरविश्वासीहरूलाई कुनै असत्य कुरा—झूटजस्तै कुरा—भनेको तैँले देख्छस्। त्यसपछि तँलाई यस मामलाका बारेमा शङ्का लाग्छ, र सोच्छस्, “मैले पहिले ऊ सत्यता पछ्याउने व्यक्ति हो भन्ने सोचेको थिएँ, तर उसले यस्तो ठूलो मुद्दाबारे कसरी झूट बोल्न सक्यो? यदि उसले यो ठूलो मुद्दाबारे झूट बोल्न सक्छ भने, के ऊ दियाबलस हो? के उसको सत्यताको पछ्याइ देखावटी हो?” के यो बुझाइको तरिका सही छ? (छैन।) यसमा के गलत छ? यस मामलालाई कसरी सही रूपमा हेर्नुपर्छ? (तिनीहरूले त्यस व्यक्तिको कार्यपछाडिको अभिप्राय वा हासिल भएको प्रभावलाई खुट्ट्याएका छैनन्। यदि कसैले असत्य कुरा भन्छ, तर सकारात्मक प्रभाव हासिल गर्न—परमेश्वरको घरको हितको रक्षा गर्न र दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन—त्यसो गर्छ भने, यो झूट बोल्नु होइन; यो एक प्रकारको बुद्धि हो। तिनीहरूले झूट बोल्नु र बुद्धिको प्रयोग गर्नुबीचको भिन्नता खुट्ट्याएका छैनन्।) तैँले झूट बोल्नुको प्रकृतिलाई स्पष्ट रूपमा देख्नैपर्छ। कुनै झूट कुन सिद्धान्तमा आधारित छ र यसले कुन उद्देश्य हासिल गर्न खोज्छ भन्ने कुरालाई हेर्। यदि कसैले सकारात्मक प्रभाव हासिल गर्न र सिद्धान्तहरूलाई कायम राख्न कुनै असत्य कुरा भन्छ भने, यो झूट बोल्नु होइन—यो बुद्धि हो। यसका साथै, तिनीहरू दैनिक जीवनमा बानीले नै झूट बोल्ने व्यक्ति हुन् कि होइनन् भन्ने कुरालाई अवलोकन गर्। यदि तिनीहरूले एक पटक मात्रै झूट बोले भने, तँ तिनीहरू झूटा हुन् वा तिनीहरूले बानीले नै झूट बोल्छन् भनेर निर्धारण गर्न सक्दैनस्, होइन र? (हो।) यदि, कुनै ठूलो मामलामा, तिनीहरूले परमेश्वरको घरको हितको रक्षा गर्न कुनै असत्य कुरा भने, र तैँले तिनीहरूलाई बानीले नै झूट बोल्ने व्यक्तिका रूपमा परिभाषित गरिस् भने, यो विकृत हुनु हो। यसरी मानिसहरूलाई चित्रण गर्नु र हेर्नु सिद्धान्तहरूसँग मिल्दैन। यदि तिनीहरूले एक पटक आफ्नो इज्जत र प्रतिष्ठा बचाउन झूट बोले, तर तिनीहरू धेरैजसो मामलाहरूमा सामान्यतया झूट बोल्दैनन्, र तिनीहरूले झूट बोले तापनि, तिनीहरूले पछि त्यसलाई सच्याउन सक्छन् भने, त्यस्ता व्यक्तिहरूलाई पनि बानीले नै झूट बोल्ने व्यक्तिहरू भनेर निर्धारण गर्न मिल्दैन। दियाबलसबाट पुनर्जन्म लिएकाहरूले मात्रै बानीले नै झूट बोल्छन्। कतिपय मानिसहरूले यसो भन्छन्, “तिमीले तिनीहरू बानीले नै झूट बोल्छन् भनेर भन्यौ, तर कहिलेकाहीँ तिनीहरूले साँचो पनि बोल्छन्। उदाहरणका लागि, तिनीहरूले केही कुरा किने, र कसैले मूल्य सोध्दा, तिनीहरूले सत्य बोले; तिनीहरूले त्यसबारे झूट बोलेनन्। तिमी कसरी तिनीहरूले बानीले नै झूट बोल्छन् भनेर भन्न सक्छौ?” जब गोपनीयता, हित, हैसियत, वा इज्जत संलग्न हुँदैन, तब तिनीहरूले झूट बोल्नु आवश्यक हुँदैन। झूट बोल्नु तिनीहरूका लागि पनि थकाइलाग्दो कुरा हो, त्यसकारण झन्झटबाट बच्नका लागि, तिनीहरूले सानातिना कुराहरूबारे झूट बोल्दैनन्। तर, तिनीहरूले एउटा अवसरमा झूट नबोल्दैमा वा सानातिना कुराहरूबारे झूट नबोल्दैमा तिनीहरूले बानीले नै झूट बोल्दैनन् भन्ने हुँदैन। तैँले केवल तिनीहरूले अरूसँग कुराकानी गर्दा, ठूला घटनाहरूबारे व्याख्या गर्दा वा विवरण दिँदा, तिनीहरूको आफ्नै हित, ख्याति र प्राप्ति, हैसियत, सम्भाव्यता, वा जिम्मेवारीहरू संलग्न हुँदा, वा तिनीहरूको आफ्नै दृष्टिकोण संलग्न हुँदा, तिनीहरूले झूट बोल्छन् कि बोल्दैनन् भनेर अवलोकन गर्नुपर्छ। यस्तो अवस्थामा, तिनीहरूका शब्दहरूमा कति असत्यता छ, कति सत्यता छ, र कति विश्वसनीयता छ भन्ने कुरालाई अवलोकन गर्। यदि तिनीहरूका शब्दहरूमा धेरै असत्यता छ, तिनीहरूले लगभग कालोलाई सेतोमा परिणत गर्छन्, हावाबाट कुराहरू बनाउँछन्, र अरूमाथि दोष थोपर्छन् भने; यदि तिनीहरूले आफूले गरेका खराब कामहरूको दोष अरूमाथि थोपर्छन्, र अरूले गरेका असल कामहरूको श्रेय लिन्छन् भने; यदि तिनीहरूले कुनै मामलामा गल्ती गरेकोमा जिम्मेवार हुनुपर्नेमा, कुरा बनाएर त्यसबाट पन्छिए, पूर्ण रूपमा आफ्नो जिम्मेवारीबाट पन्छिएर अरूमाथि यसको दोष थोपरे भने; यदि तिनीहरूले आफ्नो काम राम्ररी गरेनन्, वा मूल्य चुकाएनन् वा आफ्नो जिम्मेवारी पूरा गरेनन्, वा तिनीहरूले खतराको डरले त्यो गरेनन्, र तिनीहरूले झूट बोले, सत्यलाई लुकाउन र आफूलाई जिम्मेवारीबाट मुक्त गर्न तुलनात्मक रूपमा उचित देखिने बहाना दिए भने—के यी झूट होइनन् र? (हुन्।) यी सबै झूट हुन्। बानीले नै झूट बोल्नु भनेको यही हो। अर्थात्, जब-जब मामलाहरूमा तिनीहरूको व्यक्तिगत हित, जिम्मेवारी, इज्जत, हैसियत, इत्यादि संलग्न हुन्छन्, तब-तब तिनीहरूले ती सबैमा झूट बोल्छन्। उदाहरणका लागि, कसैले अतिथि सत्कारक परिवारका लागि सत्तरी युआन पर्ने एउटा कुर्सी किन्यो। फर्केर आएपछि खर्चको रिपोर्ट गर्दा, उसले सोच्यो, “यो यात्रा निकै थकाइलाग्दो थियो, र मैले दौडधुप गरेको त मतलब नै भएन नि। मैले कुनै न कुनै तरिकाले तीस युआन कमाउनैपर्छ। यो तीस श्रमका लागि, यो काम गरिदिएबापत हो।” त्यसकारण, उसले कुर्सीको मूल्य एक सय युआन पर्यो भनेर भन्यो। हेर्, उसले झूट बोल्यो, होइन र? उसले किन झूट बोल्यो? (उसले अलिकति फाइदा लिन चाहन्थ्यो।) उसले अलिकति नाफा कमाउन चाहन्थ्यो। मानौँ उसले दाजुभाइ-दिदीबहिनीहरूसँगै कर्तव्य पूरा गरिरहेको छ, र दुई जना मानिसहरू राम्ररी घुलमिल भएको देखेर, उसले सोच्छ, “मेरो कोही पनि साथी छैन, सबैले मलाई हेयको नजरले हेर्छन्, र कोही पनि मसँग मिल्दैनन्। म तिमीहरू दुई जनाको बीचमा फाटो ल्याइदिन्छु र तिमीहरूको सम्बन्धमा केही मतभेद उत्पन्न गराइदिन्छु।” त्यसकारण, उसले एक जना व्यक्तिलाई भन्छ, “फलानोले त तिमी आफूलाई निकै पढेलेखेको ठान्छौ, र यदि तिमी त्यति धेरै पढेलेखेका हौ भने, तिमी किन लेखहरू लेख्न सक्दैनौ भनेर भन्यो।” त्यसपछि ऊ अर्को व्यक्तिकहाँ जान्छ र भन्छ, “फलानोले त तिमी अग्लो भए तापनि, तिम्रो शरीर मिलेको छैन, र तिम्रो शरीरको माथिल्लो र तल्लो भागको अनुपात मिलेको छैन भनेर भन्यो।” यी केही शब्दहरूले, उसले ती दुई जनाको बीचमा फाटो ल्याइदिन्छ। जब ती दुई जना फेरि भेट्छन्, तब ती विभाजनकारी शब्दहरू सम्झेर, तिनीहरू एक-अर्कालाई मन नपराउने दृष्टिले हेर्छन् र अप्ठ्यारो महसुस गर्छन्। उक्साउनेले के फाइदा पायो? बाहिरी रूपमा, उसले केही पनि पाएन जस्तो देखिन्छ, तर ती दुई टाढा भएको र तिनीहरूको सम्बन्ध बिग्रिएको देखेर उसलाई भित्रभित्रै सहज महसुस हुन्छ र उसले डाहा गर्न छोड्छ। त्यसपछि उसले आफूले फाइदा पाएको छु भन्ने विश्वास गर्छ। त्यसकारण, उसले यस मामलामा समेत झूट बोल्छ। कसैले यसो भन्ला, “के यो आफूलाई फाइदा नहुने गरी अरूलाई हानि गर्नु होइन र? यदि ती दुईले एक-अर्कासँग कुरा गरे भने, के तिनीहरूले तिमी नै तिनीहरूको बीचमा कुराहरू भड्काउने व्यक्ति हौ भन्ने थाहा पाउनेछैनन् र? के तिमीले आफैमाथि विपत्ति ल्याएका हुनेछैनौ र?” के उसले यसबारे वास्ता गर्छ? उसले वास्ता गर्दैन। जबसम्म ती दुई अलग हुन्छन्, तबसम्म उसले ईर्ष्या महसुस गर्दैन र उसले आफूले फाइदा पाएको छु भन्ने विश्वास गर्छ। के यो दियाबलसहरूले गर्ने काम होइन र? (हो।) दियाबलसहरूले यसरी नै काम गर्छन्।
दियाबलसबाट पुनर्जन्म लिएका मानिसहरूले सानातिना, महत्त्वहीन मामलाहरूमा साँचो बोल्न सक्छन्, तर यसको अर्थ तिनीहरूमा झूट बोल्ने प्रकृति हुँदैन भन्ने होइन। सबै मामलाहरूमा, चाहे ती महत्त्वपूर्ण होऊन् वा सामान्य, जबसम्म तिनीहरूले त्यसमा आफ्नो छवि संलग्न भएको विश्वास गर्छन्, जबसम्म तिनीहरूले असहज महसुस गर्छन्, वा तिनीहरूले केही लाभ प्राप्त गर्न वा केही लक्ष्य हासिल गर्न चाहन्छन्—जबसम्म तिनीहरूको कुनै अभिप्राय हुन्छ र तिनीहरूले कार्य गर्न चाहन्छन्—तब तिनीहरूको तौरतरिका निश्चित रूपमा त्यसलाई पूरा गर्न झूट प्रयोग गर्नु नै हुनेछ। बानीले नै झूट बोल्नु भनेको यही हो। सायद तिनीहरूले गाँस, बास, वा कपासको मामलामा झूट बोल्दैनन्; सामान्यतया, तिनीहरूले सानातिना कुराहरूका खातिर झूट बोल्नमा मानसिक ऊर्जा खर्च गर्ने झन्झट गर्दैनन्। यसबाहेक, तिनीहरूको नजरमा, कतिपय मानिसहरू तिनीहरूकै स्तर वा तहका हुँदैनन्, तिनीहरूले उनीहरूलाई स्वीकार गर्ने कुरालाई वास्ता समेत गर्दैनन्, र तिनीहरूले उनीहरूलाई खेलाएर वा चालबाजी गरेर कुनै उपलब्धिबोध प्राप्त गर्दैनन्, त्यसकारण तिनीहरूले कुनै पनि तरिकाले उनीहरूको विरुद्धमा कार्य गर्ने बारेमा वास्ता गर्दैनन्। यदि तिनीहरूले कसैको विरुद्धमा काम गर्ने हो भने, त्यो व्यक्ति तिनीहरूले आफ्नो स्तरको ठानेको, तिनीहरूले खेल खेल्न सक्ने, र तिनीहरूको प्रतिद्वन्द्वी हुनैपर्छ—त्यसपछि मात्रै तिनीहरूले त्यस व्यक्तिलाई स्विकार्नेछन्। यो दियाबलसहरूको अर्को विशेषता हो। यदि तँ साधारण व्यक्ति होस् भने, तिनीहरूले तँमा बुद्धिको कमी छ, तँ तिनीहरूसँग खेल खेल्न सक्षम वा योग्य छैनस् भन्ने सोच्छन्, र तिनीहरूलाई यो अरुचिकर लाग्छ, त्यसकारण तिनीहरूले तँलाई बेवास्ता गर्छन्। दियाबलसहरूले कसलाई खेलाउने भन्ने कुरामा मिहिन ढङ्गले छनौट गर्छन्। तिनीहरू तँसँगै बस्दा, सायद तैँले तिनीहरूले कहिल्यै झूट बोलेको देख्दैनस् वा कुनै पनि कुराबारे जानाजानी झूट बोलेको कहिल्यै याद गर्दैनस्, तर तिनीहरू दियाबलस हुन् भने, तिनीहरूले अवश्य नै झूट बोल्नेछन्; यो दियाबलसहरूको जन्मजात प्रकृति हो। यदि तिनीहरूले तँसँग झूट बोल्दैनन् भने, त्यो तिनीहरूले तँलाई योग्य नदेखेर हुन सक्छ। तिनीहरूले सोच्छन्, “हँ! म तँसँग झूट बोल्ने झन्झट समेत गर्दिनँ, तैपनि तँ म तँलाई खेलाउँछु कि भनेर डराउँछस्। तँ को होस् र? तँ आफू को हुँ भन्ने ठान्छस्?” तिनीहरूले तँलाई वास्तै गर्दैनन्; तँसँग झूट बोल्नु त परको कुरा, तिनीहरूले तँसँग बोल्ने झन्झट समेत गर्दैनन्। यो त अन्योलमा परेको व्यक्तिलाई कसैसँगको उसको सम्बन्धका बारेमा सोध्नु, र उसले भन्नु जस्तै हो, “म उसको स्तरको छैन। उसको क्षमता मेरोभन्दा राम्रो छ, उसको दिमाग तेज छ। म तुच्छ व्यक्ति हुँ, ऊजस्तो कुलीन छैन। उसले मसँग सङ्गत गर्न चाहँदैन।” अन्योलमा परेका मानिसहरूले समेत यस्तो महसुस गर्छन्। अब हामी दियाबलसहरूले कसलाई खेलाउन मन पराउँछन्, कससँग प्रतिस्पर्धा गर्न मन पराउँछन्, कसलाई भ्रमित पार्न, शोषण गर्न, र चालबाजी गर्न मन पराउँछन् भन्ने कुरालाई हेरौँ। के तिनीहरूको पनि मानक र निश्चित दायरा हुँदैन र? (हुन्छ।) जब तिनीहरूले मानिसहरूको समूह छान्छन्, तब ती मानिसहरू तिनीहरूजस्तै दिमागी खेल खेल्ने र छलकपट गर्नेहरू हुनैपर्छ। यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्दा मात्रै तिनीहरूले खुसी महसुस गर्छन् र रमाइलो मान्छन्, र त्यसपछि मात्रै तिनीहरूले आफ्नो खेलबाट केही उपलब्धिबोध प्राप्त गर्न सक्छन्। त्यसकारण, जब दियाबलसबाट पुनर्जन्म लिएकाहरूको कुरा आउँछ, तब व्यक्तिले तिनीहरूको बानीले नै झूट बोल्ने कुराको विशेषता र सारलाई छर्लङ्ग देख्नैपर्छ। तिनीहरूले तँलाई झूट बोलेका छैनन् भन्दैमा तिनीहरूले झूट बोल्दैनन् भन्ने हुँदैन, र यसको अर्थ तिनीहरूमा झूट बोल्ने प्रकृति छैन भन्ने हुँदैन। यदि तिनीहरूले तँसँग नजिकबाट सङ्गत गरेका छैनन्, र तँलाई स्वीकार समेत गर्दैनन्, र तिनीहरूले तँ साधारण विश्वासी होस्, धेरै शिक्षित व्यक्ति होइनस्—एक गृहिणी वा किसान मात्रै होस्—भन्ने सोच्छन्, र तिनीहरूले तँलाई कुनै वास्ता गर्दैनन् भने, तिनीहरूले तँसँग झूट बोल्नु भनेको आफूलाई तल झार्नु हो, आफ्नो दिमाग खेर फाल्नु हो भन्ने सोच्नेछन्, र तिनीहरूले तँसँग झूट बोल्ने झन्झट समेत गर्नेछैनन्। त्यसोभए, तैँले यस्तो व्यक्तिलाई कसरी छर्लङ्ग देख्न सक्छस्? तिनीहरू बानीले नै झूट बोल्ने दियाबलसहरू भएकाले, तिनीहरूको प्रकृति यस परिस्थितिमा प्रकट नभए पनि अन्य उपयुक्त परिस्थितिहरूमा प्रकट हुनेछ। तिनीहरूले तँलाई झूट बोलेका छैनन् भन्दैमा तिनीहरूले झूट बोल्दैनन् भन्ने हुँदैन। तिनीहरूमा दियाबलसको सार छ भने, तिनीहरूको झूट बोल्ने प्रकृति निश्चित रूपमा खुलासा हुनेछ; यसलाई लुकाई रहन सकिँदैन। चाहे तिनीहरूले यसलाई राम्ररी लुकाऊन् वा नलुकाऊन्, यो जतिसुकै खुलासा भए पनि, तिनीहरूमा झूट बोल्ने प्रकृति छ, र तिनीहरूले बारम्बार झूट बोल्छन् भने, तिनीहरू दियाबलस हुन्; तिनीहरू मानिस बिलकुलै होइनन्। साँचो मानिसहरूले बारम्बार झूट बोल्दैनन्; अर्थात्, मानिसबाट पुनर्जन्म लिएकाहरूले बारम्बार झूट बोल्दैनन्। म तिनीहरूले बारम्बार झूट बोल्दैनन् भनेर किन भन्छु? किनभने तिनीहरूले झूट बोल्नेबित्तिकै, तिनीहरूको विवेकले तिनीहरूलाई हप्काउँछ र दोष लगाउँछ। यदि तिनीहरूले एउटा ठूलो झूट बोले र त्यसले परिणामहरू निम्त्यायो भने, तिनीहरूलाई आफ्नो सम्पूर्ण जीवनभरि आफैदेखि घिन लाग्नेछ; तिनीहरूले आफ्नो हृदयमा झूटप्रति वितृष्णा महसुस गर्न थाल्नेछन् र अनावश्यक कुराहरूबारे झूट बोल्नेछैनन्। यसरी, तिनीहरूले झन्-झन् कम झूट बोल्नेछन्। तिनीहरूको विवेकले तिनीहरूलाई हप्काउने हुनाले, तिनीहरूले आफूलाई रोक्नेछन्, जसले गर्दा तिनीहरूले त्यस्तै गल्तीहरू कम गर्नेछन्, र अन्ततः तिनीहरू ती गल्तीहरू गर्दै नगर्ने अवस्थामा नै पुग्नेछन्। यो मानिसहरूले हासिल गर्न सक्ने कुरा हो। तर दियाबलसहरूले यो हासिल गर्न सक्दैनन्। तिनीहरूले झूट बोलेपछि, तिनीहरूले कुनै हप्की महसुस गर्दैनन्, त्यसकारण तिनीहरूले झूट बोल्न चाहँदा कुनै रोकटोक हुँदैन; कुनै पनि कुराले तिनीहरूलाई रोक्न सक्दैन—कुनै वातावरणले तिनीहरूलाई रोक्न सक्दैन, न त कुनै प्रतिष्ठा वा हैसियत भएको व्यक्तिले, र सत्यतासँग पनि अवश्य नै तिनीहरूलाई रोक्ने कुनै शक्ति हुँदैन। अरू मानिसहरूले तिनीहरूलाई खुलासा गर्दा पनि त्यस कुराले तिनीहरूलाई रोक्न सक्दैन, झन् सत्यताको त कुरै नगरौँ, जुन तिनीहरूका लागि कागजमा लेखिएको अक्षर, धर्मसिद्धान्त र प्रावधानहरू मात्रै हो, र त्यसले तिनीहरूलाई बिलकुलै रोक्न सक्दैन। कुनै रोकटोकविना, तिनीहरूले झूट बोल्नु तिनीहरूको स्वाभाविक प्रकटीकरण हो; जुनसुकै बेला, जुनसुकै ठाउँमा, तिनीहरूले आवश्यकताअनुसार विभिन्न झूटहरू बोल्न सक्छन्। यो तिनीहरूको प्रकृति हो; यो कुनै पनि बेला कहिल्यै परिवर्तन हुनेछैन। त्यसोभए, कसैले तिनीहरूको प्रकृतिलाई कसरी छर्लङ्ग देख्न सक्छ? तिनीहरूका वरपरका मानिसहरूले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरालाई हेर्। यदि तिनीहरूसँग परिचित रहेका मानिसहरूले “त्यो मान्छे बानीले नै झूट बोल्छ, उसको मुखबाट निस्कने सबै कुरा झूट हुन्छ, उसले झूट बोले पनि उसको अनुहार रातो हुँदैन वा मुटुको धड्कन बढ्दैन, र उसले जुनसुकै कुराबारे पनि झूट बोल्न सक्छ; कसैले पनि उसको एक शब्द पनि विश्वास गर्ने आँट गर्दैन” भनेर बताए भने, ऊ मानिस नभई दियाबलस हो भनेर निर्धारण गर्न सकिन्छ। अब मैले यति धेरै भनिसकेपछि, के तिमीहरू दियाबलसबाट पुनर्जन्म लिएकाहरूमा रहेको बानीले नै झूट बोल्ने यो विशेषतालाई छर्लङ्ग देखेर तिनीहरूमा यो कुरा छ भन्ने कुरा पुष्टि गर्न सक्छौ? सबै समयमा, यो नियम, यो निष्कर्ष—“बानीले नै झूट बोल्नेहरू दियाबलसहरू बराबर हुन्”—भन्ने कुरा अपरिवर्तित रहन्छ। बुझ्यौ? (बुझ्यौँ।)
के दियाबलसबाट पुनर्जन्म लिएकाहरूको पहिलो विशेषताका बारेमा—बानीले नै झूट बोल्नुका बारेमा—स्पष्ट रूपमा सङ्गति गरिएको छ? (छ, यो स्पष्ट भयो।) यो विषयवस्तु स्वीकार गर्न र बुझ्न सजिलो हुनुपर्ने हो। किन? किनभने तैँले आफ्नो दैनिक जीवनमा यस्ता व्यक्तिहरूलाई प्रायः देख्ने गर्छस्; कुरा यति मात्र हो कि पहिले, तैँले तिनीहरूको झूट बोल्ने प्रकटीकरणहरूलाई भ्रष्टताको सामान्य प्रकटीकरणका रूपमा लिन्थिस्। अब, सङ्गतिमार्फत, तैँले तिनीहरूको झूट बोल्ने प्रकृति र झूट बोल्ने प्रकटीकरणहरू किन कहिल्यै परिवर्तन हुँदैनन् भन्ने कुरा जानेको छस्—यो त तिनीहरूको गुणद्वारा पो निर्धारित हुँदो रहेछ, त्यसकारण यस्तो व्यक्ति परिवर्तन हुन सक्दैन। भविष्यमा यस्ता मानिसहरूको सामना गर्दा के गर्नुपर्छ? (यस्ता मानिसहरूसँग सङ्गति गर्नु वा तिनीहरूलाई मद्दत गर्नु आवश्यक छैन। यदि तिनीहरू सुपरिवेक्षकहरू हुन् भने, तिनीहरूलाई बर्खास्त गरिनैपर्छ। यदि तिनीहरूले दुष्ट कार्यका केही प्रकटीकरणहरू देखाइसकेका छन् र मण्डलीको काममा अवरोध गर्न र बाधा दिन थालेका छन् भने, तिनीहरूलाई आवश्यकताअनुसार सफा गरेर निकाल्नुपर्छ, र मण्डलीमा एक दिन पनि बस्न दिनु हुँदैन।) दियाबलसहरू बानीले नै झूट बोल्छन्; तिनीहरू बदलिन सक्दैनन् भन्ने निश्चित छ। तर, एक प्रकारको दियाबलस हुन्छ जोसँग निश्चित क्षेत्रहरूमा केही वरदान वा सबल पक्ष हुन्छ। यदि तिनीहरू सेवा प्रदान गर्न इच्छुक छन् भने, तिनीहरूलाई सेवाका लागि उपयोग गर्न सकिन्छ। परमेश्वरले आफ्नो कामका लागि सेवा गर्न लगाउन सबै कुराहरू उपयोग गर्नुहुन्छ; ठूलो रातो अजिङ्गर त्यस्तै एउटा सेवा गर्ने वस्तु र प्रतिभार हो। परमेश्वरको घरमा काम गर्नका लागि, व्यक्तिमा बुद्धि हुनैपर्छ; यो पनि एउटा सिद्धान्त हो। यदि दियाबलसबाट पुनर्जन्म लिएकाहरू सेवा प्रदान गर्न इच्छुक वा उपयुक्त छन् भने, तिनीहरूलाई सेवाका लागि उपयोग गर्। यदि तिनीहरूले सेवा प्रदान गर्न समेत सक्दैनन्, वा तिनीहरूको सेवाले फाइदाभन्दा बढी हानि गर्छ र धेरै क्षति पुऱ्याउँछ, र परमेश्वरको घरले तिनीहरूलाई प्रयोग गरेर कुनै सकारात्मक प्रभाव प्राप्त गर्दैन, बरु तिनीहरूको बारेमा चिन्ता गर्नुपर्छ भने, तिनीहरू सेवा प्रदान गर्नका लागि उपयुक्त छैनन्, त्यसकारण तिनीहरूको सेवा गर्ने योग्यता रद्द गरिनुपर्छ। के यसो गर्नु उपयुक्त हुन्छ? (हुन्छ, यसो गर्नु सिद्धान्तनिष्ठ कुरा हो।) तिनीहरूलाई सिद्धान्तअनुसार व्यवहार गरिनुपर्छ। खुट्ट्याउनु एउटा कुरा हो, तर जब तिनीहरूलाई कसरी सम्हाल्ने भन्ने कुरा आउँछ, तब तँसँग बुद्धि र सिद्धान्तहरू हुनैपर्छ, र वास्तविक अवस्थाका आधारमा त्यो काम गर्नुपर्छ। यी मामलाहरूमा सङ्गति गर्नुको उद्देश्य तँलाई खुट्ट्याउने क्षमता प्राप्त गराउनु, विभिन्न प्रकारका मानिसहरूका सार के-के हुन् भन्ने कुरा स्पष्ट रूपमा जान्न लगाउनु, र व्यक्तिको सारद्वारा, तिनीहरूले सत्यता स्वीकार गर्न र मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा निर्धारण गर्न लगाउनु हो। तर, यो कुरा तँलाई सबैसँग एउटै तरिका अपनाउन लगाउन, दियाबलसका रूपमा चित्रण गरिएका सबैलाई निकालेर सम्हाल्न लगाउनका लागि होइन। बरु, यो तँलाई सिद्धान्तअनुसार र परमेश्वरको घरको कामका आवश्यकताहरूअनुसार दियाबलसहरूलाई सेवाका लागि प्रभावकारी रूपमा उपयोग गर्न लगाउनका लागि हो। मानौँ कतिपय दियाबलसहरूले यसो भन्छन्, “म दियाबलस हुँ भन्ने देखेर, तिमीहरूले मलाई सेवाका लागि उपयोग गर्न चाहन्छौ। यदि मैले मुक्ति प्राप्त गर्न सक्दिनँ भने, म सेवा प्रदान गर्नेछैनँ!” यस्तो अवस्थामा के गर्नुपर्छ? (यदि तिनीहरू सेवा प्रदान गर्न अनिच्छुक छन् भने, तिनीहरूलाई जान देऊ।) यदि तिनीहरू सेवा प्रदान गर्न समेत इच्छुक छैनन् भने, तिनीहरूलाई तुरुन्तै जान देऊ। कतिपय दियाबलसहरूले यसो भन्छन्, “तिमीहरू मलाई सेवाका लागि उपयोग गर्न चाहन्छौ? कुनै पनि हालतमा हुँदैन! म तेरो लागि सेवा प्रदान गर्नेछैनँ! म केही नराम्रो गर्नेछैनँ, म परमेश्वरको घरमा अलमलिएर बस्नेछु। जब काम गर्ने बेला हुन्छ, म झारा टार्नेछु, केवल देखावटी रूपमा गर्नेछु; म यो काम तेरो लागि इमानदारीपूर्वक गर्नेछैनँ!” यस्ता मानिसहरू पत्ता लाग्दा के गर्नुपर्छ? (तिनीहरूलाई सफा गरेर निकाल्नुपर्छ।) कुनै दियाबलस स्पष्ट रूपमा चिनिएपछि, उसलाई तुरुन्तै सफा गरेर निकाल्दे; कुनै कृपा नदेखा। यदि कतिपय दियाबलसहरू शिष्ट छन्, र तिनीहरूलाई आफूले बानीले नै झूट बोल्ने र आफू दियाबलस भएको र आफू इमानदार मानिसहरू हुन नसक्ने र आफ्नो प्रकृतिले निर्देशन गर्ने हुनाले मुक्ति प्राप्त गर्न नसक्ने कुरा थाहा छ, तर यति धेरै वर्षसम्म सत्यता सुनेपछि, तिनीहरूले परमेश्वरलाई पछ्याउन र अन्ततः आशिष्हरू प्राप्त गर्न पनि चाहन्छन्, र तिनीहरूले परमेश्वरको घरले जे गर्नू भन्छ त्यही गर्छन् भने—यदि यस्ता मानिसहरूले बाधा उत्पन्न गर्दैनन् र तिनीहरूका लागि उपयुक्त काम छ भने, तिनीहरूलाई सेवा प्रदान गर्ने अवसर दिन सकिन्छ। जब सृष्टिकर्ताले दिनुभएको कर्तव्यको कुरा आउँछ, तब सबै सृजित प्राणीहरूले, तिनीहरूको वर्गको गुण जेसुकै भए तापनि, त्यसलाई आफ्नो कर्तव्यका रूपमा लिनुपर्छ; यो पन्छिन नसकिने कुरा हो। कुनै व्यक्ति दियाबलस र शैतान नै भए पनि, यदि उसले स्वेच्छाले परमेश्वरका लागि सेवा प्रदान गर्छ भने, परमेश्वरले उसलाई अन्यायपूर्ण व्यवहार गर्नुहुनेछैन; सबै सृजित प्राणीहरूप्रति परमेश्वरले गर्नुहुने व्यवहारसम्बन्धी उहाँको सिद्धान्त यही हो। यदि तैँले आफूलाई सृजित प्राणी ठानिस्, र तेरो गुण जेसुकै भए तापनि, तँ सृष्टिकर्ताको आराधना गर्न इच्छुक छस्, सृष्टिकर्ताको प्रभुत्वमा समर्पित हुन इच्छुक छस्, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छस्, र अन्तमा तेरा लागि कुनै राम्रो परिणाम वा गन्तव्य नभए तापनि तँ सेवा प्रदान गर्न इच्छुक छस् भने, यो पनि स्वीकार्य नै हुन्छ। परमेश्वरले यसलाई अस्वीकार गर्नुहुन्न; परमेश्वरले मानिसहरूलाई सेवा प्रदान गर्ने अवसर दिनुहुन्छ। यो त मानिसहरूले यस मामलालाई कसरी हेर्छन् भन्ने कुरामा मात्रै निर्भर हुन्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “मेरो जन्मजात गुण राम्रो नभएकाले, र मैले जुनसुकै कर्तव्य पूरा गरे पनि मुक्ति प्राप्त गर्ने कुनै आशा नभएकाले, म उप्रान्त कर्तव्य पूरा गर्नेछैन, म सेवा प्रदान गर्नेछैन! तिमीहरू मलाई सेवाका लागि उपयोग गर्न चाहन्छौ, र अन्तमा, तिमीहरूले आशिष्हरू प्राप्त गर्नेछौ र स्वर्गको राज्यमा प्रवेश गर्नेछौ, तर मेरा लागि कुनै भाग हुनेछैन, त्यसकारण म अब उप्रान्त विश्वास गर्नेछैन!” त्यो त उत्तम कुरा हो। यदि दियाबलसहरू जान चाहन्छन् भने, तिनीहरूलाई जान देऊ। यदि तिनीहरू गएनन् भने, तिनीहरूलाई निकाल्नु पूर्ण रूपमा सिद्धान्तअनुसार नै हुन्छ। कतिपय दियाबलसहरूले यसो भन्छन्, “म बानीले नै झूट बोल्छु, म सबैसँग, परमेश्वरसँग समेत झूट बोल्छु भन्ने कुरालाई म इन्कार गर्न सक्दिनँ। तर, परमेश्वरको घरले मलाई सेवा प्रदान गर्न लगाए पनि, वा मलाई प्रतिभारका रूपमा काम गर्न लगाए पनि—मसँग जस्तोसुकै व्यवहार गरिए पनि, मलाई मानिसका रूपमा व्यवहार नगरिए तापनि, मलाई कुनै गुनासो छैन। म दियाबलस हुँ भन्ने तथ्यलाई केही गर्न सकिँदैन, होइन र? मलाई जुनसुकै सेवा प्रदान गर्न भनिए पनि, जतिसुकै मेहनत गर्न भनिए पनि, म त्यो गर्न इच्छुक छु।” के यस्ता मानिसहरूलाई स्वीकार गर्नुपर्छ? (पर्छ।) सिद्धान्तमा, तिनीहरूलाई पनि स्वीकार गर्न सकिन्छ। यदि तिनीहरूको मुक्तिका लागि आशाको किरण छ भने, तिनीहरूलाई स्वीकार गर्नुपर्छ। तिनीहरूले आफू दियाबलस हुँ भनेर स्वीकार गरे पनि वा नगरे पनि, तिनीहरूमा कम्तीमा केही आत्म-ज्ञान छ, तिनीहरू सेवा प्रदान गर्न इच्छुक छन्, र तिनीहरूमा थोरै समर्पणता छ; स्वीकार्यताका सर्तहरू पूरा गर्न यति नै पर्याप्त छ। तिनीहरूले आफ्नो कर्तव्य मानकअनुरूप पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको हकमा भन्दा, त्यो हेर्न बाँकी नै छ, होइन र? (हो।) छोटकरीमा, कुनै व्यक्ति जुनसुकै प्रकारको व्यक्ति भए पनि, उसको गुण खुट्ट्याइएको भए तापनि, जोसुकैले त्यस व्यक्तिप्रतिको आफ्नो व्यवहारमा अझै पनि सिद्धान्तअनुसार काम गर्नुपर्छ। अवश्य पनि, यहाँ एउटै मात्र सिद्धान्त छैन—सबै दियाबलसहरूलाई अस्वीकार गर्नुपर्छ र निकाल्नुपर्छ, सबै दियाबलसहरूलाई नरकमा फाल्नुपर्छ भन्ने होइन; त्यो एकमात्र सिद्धान्त होइन। परमेश्वरले सबै कुराहरूमाथि सार्वभौमिकता राख्नुहुन्छ र सेवा प्रदान गर्नका लागि सबै कुराहरू उपयोग गर्नुहुन्छ। कुन-कुन कुराले सेवा प्रदान गर्न सक्छन्, कुन-कुन कुराले के सेवा प्रदान गर्छन् र कसरी सेवा प्रदान गर्छन्, कुन चरणमा तिनीहरूले सेवा प्रदान गर्छन्, तिनीहरूले कति समयसम्म सेवा प्रदान गर्छन्, तिनीहरूले कति सेवा प्रदान गर्छन्, कुन परिस्थितिमा तिनीहरूलाई उप्रान्त प्रयोग गरिँदैन, र कुन परिस्थितिमा तिनीहरूलाई प्रयोग गरिरहन सकिन्छ—यी सबैका लागि सिद्धान्तहरू छन्, र यी सबैमा परमेश्वरको बुद्धि छ। मानिसहरूले यस मामलालाई आवेगी रूपमा हेर्नु हुँदैन; तिनीहरूले सिद्धान्तहरू खोज्नैपर्छ। यदि सबैले कुनै निश्चित तरिकाले काम गर्नु सही छ र सिद्धान्तअनुरूप छ भन्ने विश्वास गर्छन् भने, त्यसरी नै कार्य गर्; तैँले जसरी गर्नुपर्ने हो त्यसरी नै कार्य गर्। सिद्धान्तहरू उल्लङ्घन गर्नु, क्षणिक रिसका आधारमा अन्धाधुन्ध र विना कुनै आधार कुनै व्यक्तिलाई निराकरण गर्नु भनेको सत्यता र परमेश्वरका वचनहरूलाई मिहिन ढङ्गले नहेर्ने मनोवृत्ति हो; कडाइका साथ भन्दा, यो परमेश्वरको डर मान्ने हृदयको कमी हुनुको प्रकटीकरण पनि हो, त्यसकारण यस्तो काम बिलकुलै नगर्। दियाबलसबाट पुनर्जन्म लिएकाहरूको पहिलो विशेषता—बानीले नै झूट बोल्नु—का बारेमा सङ्गति गर्नुपर्ने कुरा मूलतः यति नै हो; सबै पक्षका सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गरिएका छन्।