सत्यता कसरी पछ्याउने (१२) भाग एक

सत्यता पछ्याउने पहिलो अभ्यास: त्याग्‍नु

आफू र परमेश्‍वरबीचका तगारोहरू र परमेश्‍वरप्रतिको आफ्नो शत्रुता त्याग्‍नु

१. परमेश्‍वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्‍नु: परमेश्‍वरको कामबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्‍नु

(६) परमेश्‍वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने अभिप्राय राख्छ

पछिल्लो पटक हामीले कुन विषयमा सङ्‍गति गर्‍यौँ? हामीले तीन वटा पक्षहरू—जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका केही खास प्रकटीकरणहरूका बारेमा सङ्‍गति गर्‍यौँ। हामीले यी खास प्रकटीकरणहरूका बारेमा छलफल गर्‍यौँ, र यसरी ती तीन पक्षहरूमध्ये कुनमा पर्छन् भनी खुट्ट्यायौँ। यदि तिमीहरूले हामीले सङ्‍गति गरेका यी प्रकटीकरणहरूलाई दैनिक जीवनमा देख्यौ भने, तिमीहरूले ती जन्मजात अवस्थाहरूमा पर्छन् कि, मानवतामा पर्छन् कि, भ्रष्ट स्वभावहरूमा पर्छन् भनेर आधारभूत रूपमा तिनलाई ठहर गर्न र वर्गीकरण गर्न सक्छौ। सङ्‍गति नगरिएका प्रकटीकरणहरूका हकमा, के तिमीहरूलाई अब यी सिद्धान्तहरूअनुसार वा तिनले प्रकट गर्ने सारअनुसार तिनलाई कसरी वर्गीकरण गर्ने भन्‍ने थाहा भयो? (हामीलाई पहिलेभन्दा यो कुरा केही हदसम्म अलिक राम्ररी थाहा भएको महसुस हुन्छ—हामीले यस दिशामा सोच्न सक्छौँ, तर हामी अझै पनि खुट्ट्याउन सक्‍ने अवस्थामा पूर्ण रूपमा पुगेका छैनौँ।) हामीले सङ्‍गति गरेका प्रकटीकरणहरूलाई तिमीहरूले सामान्यतया खुट्ट्याउन सक्छौ, तर सङ्‍गति नगरिएका र पहिले सङ्‍गति गरिएका प्रकटीकरणहरूसँग कुनै पनि सम्बन्ध नभएका प्रकटीकरणहरूलाई तिमीहरूले खुट्ट्याउन सक्छौ कि सक्दैनौ भन्‍ने तिमीहरूलाई थाहा छैन। (हो।) विगतका केही प्रवचनहरूमा, हामीले जन्मजात अवस्थाहरूभित्रका रुचि, सोख, र सबल पक्षहरूका केही प्रकटीकरणहरूका बारेमा, साथै मानिसहरूमा प्रकट हुने यी पक्षहरूसम्बन्धी समस्याहरूका बारेमा सङ्‍गति गर्‍यौँ। हामीले यी समस्याहरूका बारेमा मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र अभ्यासको मार्ग, साथै रुचि, सोख, र सबल पक्षहरू भएका मानिसहरूसँग परमेश्‍वरले गर्नुभएका मागहरूका बारेमा पनि सङ्‍गति गर्‍यौँ। यसबारे सङ्‍गति गर्नुको मुख्य उद्देश्य भनेको मानिसहरूलाई रुचि, सोख, र सबल पक्षहरूका बारेमा तिनीहरूमा हुनुपर्ने विचार र दृष्टिकोणहरू—साथै तिनीहरूले बुझ्नुपर्ने अभ्यासको मार्ग—र यी पक्षहरू संलग्न हुने परमेश्‍वरका अभिप्राय र मागहरूका बारेमा बताउनु हो, जुन कुरा तिनीहरूले बुझ्नुपर्छ। रुचि, सोख, र सबल पक्षहरूका समस्याहरूका हकमा, हामीले मोटामोटी रूपमा मात्रै सङ्‍गति गर्‍यौँ र यी सन्दर्भहरूमा मानिसहरूमा के-कस्ता त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू हुन्छन्, तिनीहरूले अभ्यासका के-कस्ता त्रुटिपूर्ण मार्गहरू लिन सक्छन्, वा यस सन्दर्भमा परमेश्‍वरका मागहरूका बारेमा तिनीहरूमा के-कस्ता त्रुटिपूर्ण बुझाइहरू हुन्छन् भन्‍नेबारे निश्‍चित रूपमा सङ्‍गति गरेनौँ। त्यसैले, मानिसहरूमा भएका यी समस्याहरूका आधारमा, अब हामी मानिसहरूले रुचि, सोख, र सबल पक्षहरूका बारेमा बुझ्नुपर्ने निश्चित मामिलाहरूका बारेमा विस्तृत रूपमा सङ्‍गति गरौँ।

७. रुचि र सोख, अनि सबल पक्षबीचको भिन्नता

के तिमीहरूले आफूमा रुचि, सोख, र सबल पक्षहरूका बारेमा के-कस्ता त्रुटिपूर्ण र बेतुके बुझाइ वा विकृत बोध छन् भनी याद गरेका छौ? धेरैजसो समस्याहरूका लागि, के तिमीहरूले मैले सङ्‍गति गरेजति मात्रै बुझ्ने गर्छौ, र त्यसपछि, तिमीहरूले भनिएको कुरालाई न त सोच्ने गर्छौ न त आफ्नो जीवनका कुराहरूसँग तुलना गर्ने गर्छौ, तैपनि तिमीहरूले सबै कुरा बुझेको महसुस गर्ने र समस्याहरूलाई धेरै सरल ठान्ने गर्छौ हो? पहिले, यो प्रश्नबारे सोच: के रुचि र सोख, र सबल पक्षहरूका बीचमा कुनै भिन्‍नता छ? (छ।) के भिन्‍नता छ? यदि तैँले भिन्‍नता छ भनी देख्न सक्छस् भने, ती कुन हिसाबमा फरक छन्? (रुचि र सोख हुनुको अर्थ कुनै व्यक्तिलाई कुनै निश्‍चित कुरा साँच्चै मन पर्छ भन्‍ने मात्रै हो, यसको अर्थ त्यो क्षेत्रमा ऊसँग सबल पक्ष छ नै भन्‍ने चाहिँ होइन।) भिन्‍नताका मुख्य बुँदाहरू आधारभूत रूपमा भनिसकिएको छ—कुरा लगभग त्यस्तै हो। मानवताको दृष्टिकोणबाट हेर्दा, रुचि र सोखहरूले कुनै व्यक्ति खास प्रकारको विशेष गतिविधि वा कुनै प्रकारको कुरामा रुचि राख्नु, त्यसमा ध्यान दिन वा त्यसमा संलग्न हुन इच्छुक हुनुलाई जनाउँछ। अर्थात्, तिनीहरूको व्यक्तिगत प्राथमिकता तिनीहरूले रुचि र अनुराग राख्ने कुराहरूतर्फ तुलनात्मक रूपमा झुकेको हुन्छ। तिनीहरूलाई यससम्बन्धी व्यावसायिक सीपहरू थोरै मन पर्ने मात्र नभई तिनीहरू त्यसमा धेरै रुचि राख्छन्, जसले साधारण कुराहरूप्रति तिनीहरूमा हुन सक्ने अभिरुचि वा प्रेमको स्तरलाई उछिन्छ। रुचि र सोखहरू भनेका यही हुन्। तर, तिनीहरूले रुचि र अनुराग राख्ने विशेष गतिविधि वा कुराको प्रकारका हकमा, तिनीहरूको क्षमताको हिसाबमा, तिनीहरू त्यसमा निपुण छन् कि छैनन्, तिनीहरूले त्यो राम्ररी गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूले त्यो कुन स्तरसम्म गर्न सक्छन्—यीमध्ये कुनै पनि कुरा निश्‍चित भने हुँदैन। त्यसकारण, रुचि र सोखहरूले मानिसहरूले रुचि राख्ने र मन पराउने कुराहरू, तिनीहरू दैनिक जीवनमा बारम्बार संलग्न हुन इच्छुक हुने र ध्यान दिन र गर्नका लागि समय र ऊर्जा खर्च गर्न इच्छुक हुने कुराहरूलाई जनाउँछन्। तिनीहरूले यी कुराहरू कत्तिको राम्ररी गर्न सक्छन् भन्‍ने कुराचाहिँ तिनीहरूको क्षमता र तिनीहरू त्यसमा निपुण छन् कि छैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। मानौँ यो कुरा त्यस्तो हो जसमा तिनीहरू विशेष रूपमा रुचि र अनुराग राख्छन्, र साथ साथै, तिनीहरू त्यसमा निपुण पनि छन्—अर्थात्, यो कुरामा रुचि र अनुराग राख्नुको साथसाथै, तिनीहरूले यसलाई धेरै राम्ररी गर्न, महत्त्वपूर्ण परिणामहरू हासिल गर्न, र ठूला उपलब्धिहरू प्राप्त गर्न पनि सक्छन्। अर्को शब्दमा भन्दा, यो रुचि र सोखमा तिनीहरूको निपुणता औसत व्यक्तिभन्दा बढी हुन्छ, र यस क्षेत्रमा तिनीहरूको बोधगम्यता, सिक्ने गति, र सिद्धान्तहरू बुझ्ने गति औसत व्यक्तिको भन्दा बढी हुन्छ। जब यस्ता प्रकटीकरणहरू हुन्छन्, तब यसलाई सबल पक्ष हुनु भनेर भनिन्छ। अरू मानिसहरूले कुनै कुरा आत्मनिर्भर रूपमा राम्ररी गर्न सक्नुभन्दा पहिले तिनीहरू औपचारिक, दीर्घकालीन व्यावसायिक तालिम, शिक्षा, ज्ञान प्राप्ति, र अभ्यासबाट गुज्रनुपर्ने, र सान्दर्भिक पेशेवरहरूबाट मार्गदर्शन, अगुवाइ, जाँच, मानकीकरण, र सल्लाह, साथै अन्य यस्तै कुराहरू प्राप्त गर्नुपर्ने हुन सक्छ। तर, सबल पक्ष भएका मानिसहरूमा सामान्यतया व्यावसायिक तालिम वा व्यवस्थित सिकाइविना नै आफू निपुण भएका व्यावसायिक सीपहरूमा निश्‍चित स्तरको बोधगम्यता हुन्छ। तिनीहरूसँग यस क्षेत्रमा केही व्यावहारिक बुझाइ, व्यावहारिक अनुभव, वा व्यक्तिगत उपलब्धिहरू हुन्छन्। अनि व्यावसायिक तालिम पाएपछि, यस क्षेत्रमा तिनीहरूको सबल पक्ष अझै उच्च स्तरमा पुग्न सक्छ। छोटकरीमा, सबल पक्ष हुनु भनेको व्यक्तिले रुचि र अनुराग राख्ने कुराहरूमा अत्यधिक निपुण हुनु, र तिनमा औसत व्यक्तिलाई उछिन्नु हो। “निपुण” हुनुको अर्थ के हो? (कुनै निश्‍चित क्षेत्रमा सबल पक्ष हुनु, यी कुराहरूका बारेमा तुलनात्मक रूपमा जानकार हुनु, र तिनलाई सहज दक्षताका साथ सम्हाल्नु।) कुनै कुरामा निपुण हुनु भनेको त्यसबारे जानकार हुनु मात्रै होइन; बरु, यसको अर्थ यस क्षेत्रमा उत्कृष्ट प्राकृतिक सहज योग्यता र तुलनात्मक रूपमा बलियो जन्मजात प्रतिभा हुनु हो। अरूबाट सङ्केत नपाए पनि, तिनीहरूले अरूले बुझ्न नसक्ने कुराहरू बुझ्न सक्छन्। अनि औपचारिक तालिम वा प्रख्यात गुरुबाट निर्देशन पाएपछि, तिनीहरूले यस क्षेत्रमा अझै राम्रो गर्न सक्छन्। सबल पक्ष हुनुको कुरा गर्दा, यसको अर्थ व्यक्ति कुनै निश्‍चित रुचि वा सोखमा विशेष रूपमा बलियो छ, र यस क्षेत्रमा ऊसँग असाधारण प्राकृतिक योग्यता छ भन्‍ने हुन्छ। यस क्षेत्रमा तिनीहरूको बोध सामर्थ्य, तिनीहरूको बोधगम्यता, र तिनीहरूको सिक्ने क्षमता सबै असाधारण रूपमा बलियो हुन्छ, र तिनीहरूले यसलाई निकै चाँडै बुझ्छन्। तिनीहरू औसत व्यक्तिको तुलनामा यस क्षेत्रमा उल्लेखनीय रूपमा निपुण हुन्छन्। सबल पक्ष हुनुको अर्थ यही हो।

अब तिमीहरूले सबल पक्षहरू के हुन् भनी बुझिसकेका हुनाले, हामी रुचि र सोखहरूका बारेमा कुरा गरौँ। रुचि र सोख, र सबल पक्षहरूका बीचमा के भिन्‍नता छ? के रुचि र सोखहरू सबल पक्षहरू जस्तै हुन्? (होइनन्।) रुचि र सोखहरू किन सबल पक्षहरू जस्तै होइनन्? (किनभने कुनै कुरामा रुचि हुनुको अर्थ त्यसलाई राम्ररी गर्न सक्नु हो नै भन्‍ने हुँदैन, न त यसको अर्थ ऊ त्यसमा निपुण छ नै भन्‍ने नै हुन्छ; यसबाहेक, त्यस कुरालाई त्यति चाँडै बुझ्न सकिन्छ नै भन्‍ने पनि हुँदैन।) रुचि र सोखहरू हुनुको अर्थ तँलाई कुनै निश्‍चित श्रेणीका कुराहरू मन पर्छ भन्‍ने हो, तर त्यो तेरो सबल पक्ष हो कि होइन भन्‍ने कुरा यस क्षेत्रसँग सम्बन्धित तेरो बोध सामर्थ्य, तेरो सिक्ने क्षमता, र तेरो बोधगम्यता, साथै यस क्षेत्रमा रहेको तेरो प्राकृतिक योग्यता, र तँ प्राकृतिक रूपमा त्यसमा निपुण छस् कि छैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँ त्यसमा निपुण छस् भने, त्यो तेरो सबल पक्ष हो। यदि तँ त्यसमा सिपालु छैनस् र यो केवल व्यक्तिगत चासो हो—तैँले रुचि राख्ने क्षेत्र हो—तर तेरो क्षमता कमजोर छ, र तँमा प्राकृतिक योग्यताको कमी छ, अर्थात् तेरो यो रुचि र सोखको सम्बन्धमा तेरो बोध सामर्थ्य थोरै छ, तँ त्यसमा पटक्कै निपुण छैनस्, त्यसलाई भद्दा तरिकाले गर्छस्, तँमा कार्यक्षमताको कमी छ र तैँले यस क्षेत्रमा कुनै परिणाम प्राप्त गर्दैनस् भने, यो क्षेत्र तेरो सबल पक्ष होइन—यो तेरा लागि रुचि र सोखको स्तरमा मात्र रहन्छ। यो किन तेरो रुचि र सोख मात्र हुन्छ र तेरो सबल पक्ष हुँदैन? किनभने तँ त्यसमा निपुण छैनस्। उदाहरणका लागि, कतिपय मानिसहरूले यसो भन्छन्, “मलाई साँच्चै गाउन मन पर्छ।” तिनीहरूलाई त्यो कति मन पर्छ? बिहान आँखा खोल्नेबित्तिकै, तिनीहरू पप गीतहरू बजाउँछन्; तिनीहरू विदेशी गीतहरू र पश्चिमी र चिनियाँ ओपेराहरू लगायत सबै प्रकारका गीतहरू सुन्छन्—सङ्गीत मानिने कुनै पनि कुरा, तिनीहरूलाई सुन्न मन पर्छ। तिनीहरू गाउन पनि चाहन्छन्, तर एउटा ठूलो समस्या हुन्छ—तिनीहरू प्राकृतिक रूपमै बेसुरा हुन्छन् वा तिनीहरूसँग यस क्षेत्रमा सबल पक्ष नै हुँदैन। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसले केही वर्षसम्म गायन अध्ययन गरेपछि पनि सही तौरतरिकाहरू पत्ता लगाउन सक्दैनन्। तिनीहरूलाई सबैभन्दा मीठो आवाजमा कसरी गाउने, आफ्नो गायनलाई कसरी मार्मिक बनाउने, वा आफ्नो गायनमार्फत कसरी राम्रा परिणामहरू हासिल गर्ने भन्‍ने थाहा हुँदैन। तिनीहरूलाई बाल्यकालदेखि नै गाउन मन पर्ने भए पनि, र यो तिनीहरूको रुचि र सोखहरूमध्येको एक भए पनि, तिनीहरूको जन्मजात अवस्थाहरूको सीमितताका कारण, तिनीहरूका रुचि र सोख रुचि र सोखको स्तरमा मात्र सीमित रहन सक्छ—यो सबल पक्ष होइन। उदाहरणका लागि, जब गाउन निपुण व्यक्तिले भजन सिक्छ, तब उसले त्यो लगभग तीन पटक गाएपछि मुख्य धुन गाउन सक्छ। अनि चार-पाँच पटकपछि, उसले आधारभूत रूपमा पूरै गीत गाउन सक्छ। तर, गीत सुन्न मन पराउने तर गाउन निपुण नभएकाहरूले तीन पटक सुनेपछि पनि सामान्य धुन याद गर्न नसक्ने हुन सक्छ। पाँच पटकपछि पनि, तिनीहरूले अझै गाउन नसक्ने हुन सक्छ र तिनीहरूले निरन्तर गीतका शब्दहरू वा सङ्गीतको स्वरलिपि हेर्नुपर्ने हुन सक्छ। जब वास्तवमा गाउने काम आउँछ, तब तिनीहरूले गीतको भाव महसुस गर्न वा सही गुञ्जन पत्ता लगाउन सक्दैनन्। तिनीहरूले गीतका शब्दहरू पनि याद गर्न सक्दैनन्, र कहिलेकाहीँ, तिनीहरू धुनबाट बाहिर पनि जान्छन्। यसका साथै, तुलनात्मक रूपमा भावनात्मक गीतहरू गाउँदा, तिनीहरूले भावनाहरूको अभिव्यक्तिलाई कहिल्यै राम्ररी नियन्त्रण गर्न सक्दैनन्। अरूले तिनीहरूको गायन सुन्न अप्रिय छ र आनन्ददायी छैन भन्छन्, तर तिनीहरू निरुत्साहित हुँदैनन् वा हरेस खाँदैनन्—तिनीहरू अझै पनि सिक्न र गाउन लागिरहन्छन्। अवश्य पनि, गाउनु व्यक्तिगत स्वतन्त्रता र व्यक्तिगत अधिकारको कुरा हो; कसैले तिनीहरूलाई रोकिरहेको हुँदैन। तर, आज हामीले सङ्‍गति गरिरहेको कुरा रुचि र सोख, र सबल पक्षहरूका बीचको भिन्‍नता हो। यी प्रकटीकरणहरूबाट हेर्दा, तिनीहरूको रुचि र सोख तिनीहरू निपुण भएको कुरा होइन। त्यसोभए हामीले यस विषयमा स्पष्ट रूपमा किन सङ्‍गति गर्नुपर्छ? मानिसहरूलाई तिनीहरूका रुचि र सोखहरू तिनीहरूका सबल पक्षहरू सरह होइनन् भनी बुझ्न मद्दत गर्न। यदि तेरो जन्मजात अवस्थाहरूका सबै पक्षहरूका आधारमा, तँ कुनै निश्‍चित क्षेत्रमा निपुण छैनस् भने, त्यो तेरो रुचि र सोख भए पनि, तेरा जन्मजात अवस्थाहरूका सीमितताले तेरो रुचि र सोख तेरो सबल पक्ष होइन भनी निर्धारण गर्छ। तँलाई यो साँच्चै मन परे पनि, यहाँसम्म कि तैँले यसलाई आफ्नै जीवनजत्तिकै प्यारो मानेर प्रेम गरे पनि, दुर्भाग्यवश, तँ यो कुरामा निपुण छँदै छैनस्। उदाहरणका लागि, कतिपय मानिसहरूलाई नाच्न निकै मन पर्छ। जब-जब तिनीहरूले सङ्गीत सुन्छन्, तिनीहरूको शरीर ताल र धुनसँगै चल्न थाल्छ, र ती चल्दा तिनीहरूले निकै खुसी महसुस गर्छन्। तर, तिनीहरूको प्राकृतिक रूप राम्रो हुँदैन, तिनीहरू धेरै अग्ला हुँदैनन्, तिनीहरूका हातखुट्टा खासै लामा हुँदैनन्, र तिनीहरूको शरीरको बनावट त्यति सुन्दर हुँदैन। समग्रमा, तिनीहरूको नृत्य हेर्नमा त्यति आकर्षक हुँदैन। तर तिनीहरूलाई नाच्न मात्रै मन पर्छ, र कहिलेकाहीँ, सार्वजनिक स्थानहरूमा वा सडकको छेउमा, तिनीहरू पूर्ण रूपमा मग्न भएर नाच्छन्। छेउछाउका बटुवाहरूलाई यो मूर्खतापूर्ण लाग्छ, तैपनि तिनीहरू वरपर कोही पनि नभए जसरी नाच्छन्, अरूले तिनीहरूलाई कसरी हेर्छन् भन्‍ने कुरालाई पटक्‍कै वास्ता गर्दैनन्, मानौँ तिनीहरूमा कुनै सचेतना नै छैन। तिनीहरू यसमा यो हदसम्म मोहित हुन्छन्। तिनीहरूलाई आफू निकै राम्रो नाच्ने महसुस भए पनि, वास्तवमा, तिनीहरू त्यसमा निपुण हुँदैनन्। तिनीहरूले नृत्यको सार बुझ्न सक्दैनन्, न त तिनीहरूलाई कुन चालहरू उपयुक्त छन्, कुन चालहरू सुन्दर छन्, र कुन चालहरूले विभिन्न प्रकारका मानव भावनाहरूलाई राम्ररी व्यक्त गर्न सक्छन् भन्‍ने नै थाहा हुन्छ। अर्थात्, तिनीहरूले नृत्यसँग सम्बन्धित धेरै पक्षहरू खासै बुझ्दैनन्। व्यावसायिक गुरुको मार्गदर्शन र व्यावसायिक विद्यालयबाट तालिम पाए पनि, तिनीहरूको आफ्नै जन्मजात क्षमताको हिसाबमा, तिनीहरू त्यसमा निपुण हुँदैनन् र तिनीहरूले त्यसको सार बुझ्न सक्दैनन्। त्यसकारण, तिनीहरूका जन्मजात अवस्थाहरूका सबै पक्षहरूलाई विचार गर्दा, तिनीहरूले मन पराउने नृत्य तिनीहरू निपुण भएको कुरा हुँदैन। तिनीहरूलाई यो साँच्चै मन परे पनि र तिनीहरू त्यसमा मग्न भए पनि, तिनीहरूले प्रायजसो क्यामेरा वा ऐनाको अगाडि नाच्दा आफ्नो चाल र उपस्थितिको तारिफ गरे पनि, यदि हामीले वास्तविक अवस्थालाई हेर्‍यौँ भने, तिनीहरू नृत्यमा निपुण हुँदैनन्। अर्को शब्दमा भन्दा, नृत्य तिनीहरूको रुचि र सोख मात्र हुन्छ, तिनीहरूको सबल पक्ष हुँदैन।

कतिपय मानिसहरूलाई साहित्य निकै मन पर्छ। तिनीहरूलाई लेख लेख्न र कविता वाचन गर्न र रचना गर्न मन पर्छ, तिनीहरूलाई साहित्यिक मञ्चहरू मन पर्छ, र तिनीहरूलाई विदेशी र स्वदेशी, आधुनिक र शास्त्रीय दुवै खालका उपन्यासहरू र विभिन्न साहित्यिक कृतिहरू पढ्न पनि मन पर्छ—तिनीहरूलाई यी सबै कृतिहरू मन पर्छ। तिनीहरूलाई लेखकहरूले आफ्ना साहित्यिक कृतिहरूमा प्रयोग गर्ने विभिन्न शब्दावली र भाषिक शैलीहरू मन पर्छ, र तिनीहरूलाई लेखकहरूले आफ्ना कृतिहरूमा व्यक्त गर्ने विभिन्न विचारहरू पनि मन पर्छ। के यो तिनीहरूको रुचि र सोख हो? (हो।) यो तिनीहरूको रुचि र सोख हो भन्‍ने कुरा अत्यन्तै स्पष्ट छ। कुनै व्यक्तिलाई के मन पर्छ, उसको हृदय र दिमागले केमा रुचि राख्छ भन्ने कुरा जन्मजात हुन्छ—यो उसले जीवनमा पछि प्राप्त गर्ने कुरा होइन, र यो उसका आमाबुबा वा परिवारले संवर्धन गर्ने कुरा त झनै होइन। कतिपय मानिसहरूले साहित्य मन पराउँछन् र धेरै साहित्यिक कृतिहरू पढेका हुन्छन्। कतिले विश्‍वविद्यालयमा व्यवस्थित रूपमा साहित्य अध्ययन गरेका हुन्छन्। कतिले त व्यावसायिक साहित्य प्राध्यापकका रूपमा काम पनि गरेका हुन्छन्, वा साहित्यसँग सम्बन्धित काम र करियरमा संलग्न भएका हुन्छन्, यहाँसम्म कि यी करियरहरूमा लामो समयसम्म संलग्न भएका हुन्छन्; तिनीहरूले आफ्नो जीवनको अधिकांश समय आफ्नो रुचि र सोखसँग सम्बन्धित मामलाहरूसँग उठबस गरेर बिताएका हुन्छन्; तिनीहरूको जीवनको लगभग हरेक दिनमा साहित्य समावेश भएको हुन्छ, जसमा तिनीहरू रुचि र अनुराग राख्छन्। तर के यसको अर्थ तिनीहरूको रुचि र सोख साँच्चै तिनीहरूको सबल पक्ष हो भन्‍ने हुन्छ? यस्तो नै हुन्छ भन्‍ने हुँदैन—तैँले तिनीहरूसँग साहित्यमा साधारण मानिसहरूको भन्दा बढी वा फरक ज्ञान वा विचार र दृष्टिकोणहरू छन् कि छैनन् भनी हेर्नुपर्छ। यदि तिनीहरूले साहित्यमा बुझेका र बोध गरेका कुराहरू केवल तिनीहरूले पुस्तकहरूबाट सिकेका कुराहरू हुन् वा जोकोहीले सिक्न र बुझ्न सक्ने परम्परागत सामान्य ज्ञान मात्रै हुन् भने, यसलाई सबल पक्ष मानिँदैन। उदाहरणका लागि, यदि तैँले तिनीहरूलाई एउटा लेख लेख्न भनिस् भने, त्यसमा कुनै व्याकरणीय त्रुटिहरू हुँदैनन्, विराम चिह्न सही तरिकाले प्रयोग गरिएको हुन्छ, अनुच्छेदहरू राम्ररी संरचित हुन्छन्, र लेखको समग्र संरचना निकै राम्रो हुन्छ। लेखभरि धेरै आलङ्कारिक भाषा पनि प्रयोग गरिएको हुन्छ। तर, एउटा समस्या हुन्छ—कुनै निश्‍चित कुरा, निश्‍चित दृष्टिकोण, वा निश्‍चित कथावस्तु व्यक्त गर्ने कुराको हकमा, तिनीहरूसँग अभिव्यक्तिको अद्वितीय तरिका हुँदैन, न त तिनीहरूसँग खासै अभिव्यक्तिका कलात्मक वा चलाख विधिहरू नै हुन्छन्। यी गुणहरू तिनीहरूका सबै साहित्यिक कृतिहरूमा हुँदैनन्। अर्थात्, तिनीहरूका लेखहरू निकै राम्ररी संरचित र अत्याधिक पेशेवर देखिन्छन्, जसमा होसियारीसाथ छानिएका शब्दहरू हुन्छन्, तर तिनमा एक निपुण साहित्यिक अभ्यासकर्तामा हुनुपर्ने विचार र दृष्टिकोण, घटनाक्रम, वा कथावस्तुहरू व्यक्त गर्ने अद्वितीय विधिको कमी हुन्छ। तिनीहरूका अधिकांश लेखहरू निकै औसत दर्जाका हुन्छन्। तिनीहरूको संरचना र विचार व्यक्त गर्ने तरिका निकै कठोर, कडा, र कट्टर हुन्छ; ती न त नवीन हुन्छन् न त अद्वितीय नै, तिनमा बुद्धि र चलाखीको कमी हुन्छ, र तिनलाई शिष्ट मान्‍न त अवश्यै सकिँदैन। यो कुराले के सङ्केत गर्छ? (तिनीहरू लेख्नमा निपुण छैनन् र तिनीहरूसँग यसका लागि प्राकृतिक योग्यता छैन।) तिनीहरू लेख्नमा निपुण छैनन् र तिनीहरूले घटनाहरूको पृष्ठभूमि वा त्यस्ता कथाहरूको नमुनाका आधारमा लचिलो रूपमा कथाहरू बनाउन सक्दैनन्। अन्त्यमा, जब मानिसहरूले तिनीहरूका लेख र साहित्यिक कृतिहरू पढ्छन्, तब तिनीहरूलाई ती सबै एकैनासे र दोहोरिने, एउटै सूत्र पछ्याउने खालका छन् भन्‍ने महसुस हुन्छ। हामी किन ती एकैनासे र दोहोरिने खालका छन् भन्‍ने महसुस हुन्छ भनी भन्छौँ? समग्रमा, तिनीहरूका लेखहरू निकै राम्ररी संरचित, मानकीकृत, र पेशेवर देखिन्छन्; प्राविधिक पक्षहरूको हिसाबमा, औसत व्यक्तिले आलोचना गर्ने ठाउँ थोरै भेट्टाउँछ—संरचना समेत आधारभूत रूपमा सधैँ उस्तै हुन्छ। तिनीहरूले विदेशी कविता, गद्य, र वर्णनात्मक लेखन लगायत साहित्यिक कृतिहरूका विभिन्न रूपहरू सिक्न सक्ने भए पनि, तिनीहरू कहिल्यै तिनलाई आफ्नो साहित्यिक सिर्जनामा अनुकूलन गर्न वा लागू गर्न सक्षम हुँदैनन्। किनभने तिनीहरूको साहित्यिक सीप र प्राप्तिको स्तर सधैँ रुचि र सोखको स्तरमा रहनेछ, र कहिल्यै सबल पक्षको स्तरमा पुग्नेछैन। तिनीहरूसँग साहित्यको ठूलो ज्ञान हुन सक्छ, तर तिनीहरूसँग कुनै साहित्यिक प्राप्ति भने खासै हुँदैन। अर्को शब्दमा भन्दा, तिनीहरूसँग साहित्यको क्षेत्रमा साँच्चै कुनै नवीनता हुँदैन, तिनीहरूले आफ्नै कुनै प्रतिनिधिमूलक कृतिहरू उत्पादन गर्नु असम्भव नै हुन्छ, र तिनीहरूमा अद्वितीय विचार र दृष्टिकोण र अभिव्यक्तिको अद्वितीय तरिकाको कमी हुन्छ। यसले साहित्य तिनीहरूको सबल पक्ष होइन भन्‍ने प्रमाणित गर्छ। यस क्षेत्रमा तिनीहरूको रुचि र सोख भएकाले मात्रै तिनीहरूसँग साहित्यबारे शिक्षा र सामान्य ज्ञान हुन्छ, तर तिनीहरूसँग साहित्यमा सबल पक्ष हुँदैन। हेर् त, धेरै मानिसहरूले विभिन्न साहित्यिक कृतिहरू लगायतका पुस्तकहरू पढ्छन्; धेरैले आफूलाई साहित्यमा धेरै चासो राख्‍ने वा साहित्यिक सर्जक भएको दाबी गर्छन्, तर साहित्यिक सिर्जनामा संलग्नहरूमध्ये, कति जनाका साँच्चै आफ्नै कृतिहरू छन्? कति जनाले समयको परीक्षामा खरो उत्रन सक्ने र उत्कृष्ट कृति बन्न सक्ने साहित्यिक कृतिहरू लेखेका हुन्छन्? अत्यन्तै थोरैले, होइन र? यीमध्ये अधिकांश मानिसहरूमा साहित्यप्रति अलिकति जन्मजात रुचि र अनुराग हुन्छ, र पछि, तिनीहरूले पेशेवर विद्यालयहरूमा सिक्छन्, तालिम लिन्छन्, र अभ्यास गर्छन्, र संयोगले साहित्यसँग सम्बन्धित काम गर्न पुग्छन्। तिनीहरू साहित्यसँग सम्बन्धित काममा संलग्न भए पनि, र यसले यो रुचि र सोखले तिनीहरूलाई जीवनभर साथ दिन सक्छ भनी सङ्केत गरेजस्तो देखिए पनि, तिनीहरूले यस क्षेत्रमा काम गर्दा कति वटा सम्पन्न कृतिहरू उत्पादन गर्छन्, कति योगदान दिन्छन्, र कति मौलिक सिर्जनाहरू गर्छन् भन्‍ने कुरा तिनीहरूसँग साहित्यमा सबल पक्ष छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। धेरै मानिसहरू आफूलाई मन पर्ने र अनुराग राख्ने पेसामा संलग्न हुन्छन्, र तिनीहरूले यसबाट जीविकोपार्जनको माध्यम वा निश्चित फाइदाहरू प्राप्त गर्छन्, तर तिनीहरूले यस पेसामा राम्रा परिणामहरू हासिल गर्दैनन्। तिनीहरूले मन पराउने र अनुराग राख्ने पेसा तिनीहरूको सबल पक्ष होइन भनी प्रमाणित गर्न यो पर्याप्त छ। अर्कोतर्फ, कतिपय मानिसहरू आफ्नो रुचि र सोखसँग सम्बन्धित पेसामा संलग्न नभए पनि, वास्तविक उपलब्धिहरू हासिल गर्न सक्षम हुन्छन् किनभने त्यो तिनीहरूको सबल पक्ष हो। उदाहरणका लागि, आविष्कारकहरू, विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएकाहरू, विभिन्न क्षेत्रमा आफ्नै अद्वितीय शैलीहरूको सूत्रपात गरेकाहरू, र विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरू, साथै अरूहरू पनि छन्। त्यसैले, यी परिस्थितिहरूलाई विचार गर्दा, रुचि र सोखहरू हुनुको अर्थ ती क्षेत्रहरूमा सबल पक्ष हुनु हो नै भन्‍ने हुँदैन। तर, कतिपय मानिसहरूले रुचि र सोख, र सबल पक्षहरूका बीचको सम्बन्धलाई खुट्ट्याउन सक्दैनन्। तिनीहरूले आफ्ना रुचि र सोखहरू नै आफ्ना सबल पक्ष हुन् भन्‍ने सोच्छन्, तर आफूले रुचि र अनुराग राख्ने क्षेत्रमा धेरै वर्षसम्म संलग्न भएपछि पनि, तिनीहरूले खासै कुनै परिणाम हासिल गर्दैनन्। यी कुराहरूमा स्पष्टता प्राप्त गरेपछि, मानिसहरूले आफ्नो रुचि र सोख, अनि सबल पक्षहरूलाई कसरी लिनुपर्छ? यो धेरै सरल छ—तिनीहरूले तिनलाई सही तरिकाले लिनुपर्छ। यदि परमेश्‍वरको घरलाई तैँले कुनै निश्‍चित क्षेत्रमा कर्तव्य निर्वाह गर्नुपर्ने आवश्यकता छ जसमा तेरा रुचि र सोखसँग सम्बन्धित पेशेवर ज्ञान, सीप, वा प्रतिभाहरू समावेश छन् भने, तैँले त्यसलाई कर्तव्य पूरा गर्ने सिद्धान्तहरूअनुसार लिनुपर्छ—त्यसलाई इन्कार गर्नु, ठूला-ठूला गफ हाँक्नु वा हडबड गर्नु हुँदैन। यदि यो तँ निपुण नभएको कुरा हो, तैँले गर्न नसक्ने तेरो क्षमताभन्दा बाहिरको कुरा हो भने, नकारात्मक नबन् वा परमेश्‍वरबारे गुनासो नगर्; तैँले त्यसलाई सही तरिकाले लिन सक्नुपर्छ। यसलाई सही तरिकाले लिनुको अर्थ के हो? यसको अर्थ, यदि तँलाई यस क्षेत्रमा तेरो रुचि र त्यसप्रति तेरो अनुराग अद्वितीय छ भन्‍ने लाग्छ, तर त्यससँग सम्बन्धित काम गर्दा, तँ कहिल्यै परमेश्‍वरको घरका मागहरू पूरा गर्न सक्षम हुँदैनस्, अनि तँ कहिल्यै परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूमा पुग्न पनि सक्दैनस् भने, तैँले जे हासिल गर्न सक्छस् त्यही हासिल गर्नुपर्छ। परमेश्‍वरले कहिल्यै माछालाई जमिनमा जिउन वा सुँगुरहरूलाई उड्न बाध्य पार्नुहुन्न। तैँले कति हासिल गर्न सक्छस् र तैँले कति भारी बोक्न सक्छस् भन्‍ने कुरा परमेश्‍वरलाई थाहा हुन्छ। धेरै अनुभव पाएपछि, तँलाई पनि थाहा हुनेछ। वास्तविक परिस्थिति र तेरा जन्मजात अवस्थाहरूका आधारमा, तँ जति हासिल गर्न सक्षम छस् त्यति नै हासिल गर्—आफ्‍नो लागि परिस्थितिहरू कठिन नबना। यदि तँ सक्षम छस् भने, पछि नहट्; यदि तँ सक्षम छैनस् भने, नकारात्मक नबन् वा आफ्नो क्षमताभन्दा बाहिर जान आफूलाई जबरजस्ती नगर्—यसलाई सही तरिकाले लि।

तिमीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छौ, र तिमीहरूमध्ये धेरैजसोले तीन वर्षभन्दा बढी समयदेखि आफ्नो कर्तव्य निर्वाह गरेका छौ—तिमीहरूले परमेश्‍वरको घरमा कुनै निश्‍चित कर्तव्य निर्वाह गर्दै आएको एक वा दुई वर्ष मात्रै भएको छैन। त्यसोभए, तैँले पूरा गर्ने कर्तव्य वा तैँले गर्ने कुनै निश्‍चित पेसागत कामको हकमा, तैँले कति हासिल गर्न सक्छस् र तँ कुन स्तरमा पुग्न सक्छस्, अनि तैँले आफ्नो क्षमता कति उपयोग गर्न सक्छस् र कुन हदसम्म गर्न सक्छस् भन्‍नेबारे के तँ आफ्नो हृदयमा स्पष्ट छस्? (छु।) तिमीहरू आधारभूत रूपमा यी सबैबारे स्पष्ट छौ। कतिपय मानिसहरूले थोरै अभ्यास गरेका हुनाले तिनीहरू कुनै निश्‍चित कर्तव्यमा अझै प्रवीणताको स्तरमा पुगेका छैनन्। तर, अरूले यो काम धेरै वर्षदेखि गर्दै आएका छन् र धेरै अभ्यास गरेका छन् तर तिनीहरू अझै पनि परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूमा पुग्न सक्दैनन्। तिनीहरू यस क्षेत्रमा त्यति सिपालु छैनन्। तिनीहरूलाई यो कर्तव्य निर्वाह गर्न साँच्चै मन परे पनि र तिनीहरूले यसप्रति अनुराग राख्ने भए पनि, साथै यो गर्दा तिनीहरूले सम्मानित र खुसी महसुस गरे पनि, तिनीहरू यसमा सिपालु नै हुँदैनन्। परमेश्‍वरको घरका मागहरू जेसुकै भए पनि, तिनीहरूले ती पूरा गर्न सक्दैनन्। तिनीहरू विद्रोही र अनाज्ञाकारी छन् भन्‍ने होइन, न त तिनीहरूले आफ्नो भूमिका निर्वाह गर्दैनन् भन्‍ने हो; बरु, तिनीहरूका जन्मजात अवस्थाहरूले त्यो हासिल गर्न सक्दैनन् र तिनका सीमितताहरू हुन्छन्। त्यसोभए के गर्नुपर्छ? परिस्थितिअनुसार चल्न दे—नकारात्मक नबन्, कमजोर नबन्, र आफ्नो हृदयमा गुनासो नगर् वा यो अन्यायपूर्ण छ भनी महसुस नगर्। कतिपय मानिसहरूले यसो भन्छन्, “मलाई नाच्न मन पर्छ, तर म जन्मदादेखि नै नाच्न सिपालु छैन र म आकर्षक पनि छैन। म नाच्ने कर्तव्य निर्वाह गर्न चाहन्छु तर सक्दिनँ। त्यसोभए मैले के गर्नुपर्छ? म साँच्चै नाच्न चाहन्छु।” तेरो नाच्ने चाहना तेरो व्यक्तिगत चाहना र तेरो रुचि हो, तर के परमेश्‍वरले तेरा रुचिहरू पूरा गर्नैपर्छ र? उहाँले त्यसो गर्नु पर्दैन। परमेश्‍वरको घरका आफ्नै माग गरिएका सिद्धान्त र प्रावधानहरू हुन्छन्। कसले कुन काम गर्ने भन्‍ने छनौट सिद्धान्तहरूमा आधारित हुन्छ। तैँले आफ्नो व्यक्तिगत चाहना, व्यक्तिगत रुचि, वा व्यक्तिगत मुडको आधारमा परमेश्‍वरको घरले तँलाई सन्तुष्ट पार्नुपर्छ भनी जबरजस्ती माग गर्न सक्दैनस्—यो अनुपयुक्त कुरा हो। यदि तँ यस क्षेत्रमा कर्तव्य निर्वाह गर्नका लागि उपयुक्त छैनस् भने, यस क्षेत्रमा कर्तव्य निर्वाह गर्न सक्नेहरूलाई चुपचाप आफ्नो हृदयमा आशिष्‌को कामना गर्। तैँले जे गर्न सक्छस् त्यही गर्, वा तँ पर्दा पछाडिको गुमनाम कामदार बन्न सक्छस्—मार्गदर्शन र जाँचमा मद्दत गर्ने, नृत्य भिडियोहरूको पूर्वाभ्यास वा पोष्ट-प्रोडक्सन सम्पादनमा मद्दत गर्ने, विभिन्न सामग्रीहरू खोज्न मद्दत गर्ने, वा सत्यता खोज्न मद्दत गर्ने। विभिन्न क्षेत्रमा गर्न सकिने धेरै कामहरू छन्, र तेरा रुचि र सोखहरूसँग सम्बन्धित कामको दायरा फराकिलो छ। तँ पर्दामा देखिने व्यक्ति नै हुनुपर्छ भन्‍ने छैन—तैँले पर्दा पछाडिको काम पनि आंशिक रूपमा लिन सक्छस्। यो पनि आफ्नो कर्तव्य निर्वाह गर्नु हो। यसरी, तैँले आफ्नो व्यक्तिगत चाहना पनि पूरा गर्छस् र तँ आफ्नो कर्तव्य निर्वाह गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्ने सिद्धान्त र स्तरअनुसार जिउँछस्—यो कति राम्रो कुरा हो! के यो एउटै कामले दुई वटा फाइदा हासिल गर्नु होइन र? (हो।) परमेश्‍वरले तँलाई तेरा जन्मजात अवस्थाहरूको भागको रूपमा यस क्षेत्रमा सबल पक्षहरू दिनुभएको छैन, त्यसकारण तँसँग कुनै विकल्प छैन। तैँले तँमा यस क्षेत्रमा जन्मजात रूपमा सामर्थ्य कमी भएको र परमेश्‍वरको घरद्वारा यस क्षेत्रमा तोकेको प्रतिभा छनौटको मानक पूरा गर्न नसकेको कारणले मात्रै गुनासो गर्न, गनगन गर्न, वा मनमा रिस पाल्न मिल्दैन, र त्यसपछि यस क्षेत्रमा कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्न मिल्दैन, परमेश्‍वरको घरले तँलाई निर्वाह गर्न माग गरे पनि गर्न इन्कार गर्न मिल्दैन—यो अनुपयुक्त हुन्छ। यो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने सही मनोवृत्ति होइन। तैँले जे गर्न सक्छस्, त्यही गर्। तँ त्यसको लागि उपयुक्त छैनस् वा त्यसमा सिपालु छैनस् भन्दैमा तैँले त्यो कुरा गर्न इन्कार गर्न, परमेश्‍वरको घरले तँलाई निर्वाह गर्न माग गरे पनि त्यसलाई गर्न इन्कार गर्न मिल्दैन। यसो गरेर, तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुँदैनस्—तैँले व्यक्तिगत चाहनाहरू पूरा गरिरहेको हुन्छस् र आफ्नै उद्यम सञ्चालन गरिरहेको हुन्छस्। तैँले परमेश्‍वरप्रति समर्पणको मनोवृत्तिले निर्वाह गरिरहेको हुँदैनस्, न त परमेश्‍वरप्रति इमानदारी र बफादारीको मनोवृत्तिले नै कर्तव्य निर्वाह गरिरहेको हुन्छस्। यसो गर्नु अनुपयुक्त हुन्छ। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो। एकातिर, रुचि, सोख, र सबल पक्षहरूलाई सही तरिकाले बुझ्नुपर्छ; अर्कोतिर, रुचि, सोख, र सबल पक्षहरूलाई सही तरिकाले लिनुपर्छ।

कतिपय मानिसहरूलाई लेख लेख्न र साहित्यसँग सम्बन्धित काममा संलग्न हुन मन पर्छ। तिनीहरू सधैँ लेखहरूलाई परिमार्जन गर्न र शुद्धाशुद्धि जाँच गर्न, हरेक दिन लेखहरूमा काम गर्न चाहन्छन्। तर, विभिन्न कारणहरूले—व्यक्तिपरक र वस्तुगत दुवै कारणहरूले—तिनीहरू यो कामको लागि उपयुक्त हुँदैनन्। एकातिर, तिनीहरूमा साहित्यको क्षेत्रमा आधारभूत ज्ञानको कमी हुन्छ; अर्कोतिर, तिनीहरूको क्षमता तुलनात्मक रूपमा कमजोर हुन्छ, र तिनीहरूमा बोध सामर्थ्य हुँदैन। त्यसकारण, तिनीहरूले साहित्यप्रति अनुराग राख्ने भए पनि र केही वर्षसम्म अभ्यास गरे पनि, तिनीहरू अझै पनि लेखन क्षमता भएको स्तरमा पुग्न सक्दैनन्। तर, परमेश्‍वरको घरले मानिसहरूलाई लेखन-पठनको काममा संलग्न हुन कम्तीमा आधारभूत क्षमता हुनुपर्छ भनी माग गर्छ। यदि तिनीहरूको क्षमता लेखन-पठनको काम गर्नका लागि उपयुक्त छैन भने, र तिनीहरूले लेखहरूलाई परिमार्जन र शुद्धाशुद्धि जाँच गर्दा पनि मानक पूरा गर्दैनन् भने, तिनीहरूले अर्को कर्तव्य मात्रै रोज्न सक्छन्। तिनीहरू केही सामान्य मामिलाका काम गर्न वा केही सामग्रीहरू सङ्कलन गर्नका लागि मात्रै उपयुक्त हुन सक्छन्। छोटकरीमा, तिनीहरूले आफ्नो हृदयमा मन पराएको लेखन-पठनको काम तिनीहरूले गर्न नसक्ने कुरा हो—तिनीहरूलाई लेखन-पठनको कामबाट बर्खास्त नगरिए पनि, तिनीहरू ठाउँ ओगट्ने मात्रै हुन्छन् र कुनै खास परिणाम प्राप्त गर्दैनन्। मानिसहरूले यस्तो कुरालाई शुद्ध तरिकाले कसरी बुझ्नुपर्छ? (तिनीहरूले परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुन र विवेकी हुन सिक्नुपर्छ।) यो सामान्य निर्देशन हो—मानिसहरूले विशेष रूपमा कसरी अभ्यास गर्नुपर्छ? यदि ऊ विकृतिमा फस्ने झुकाउ भएको व्यक्ति हो भने, उसले यसो भन्छ, “सबैले रुचि र सोखहरू परमेश्‍वरले दिनुभएको हो, ती जन्मजात अवस्थाहरू हुन् भनी भन्छन्। परमेश्‍वरले मलाई यो रुचि र सोख दिनुभएको हुनाले, परमेश्‍वरले मलाई पक्कै पनि यससँग सम्बन्धित काममा संलग्न हुन नियोजन गर्नुभएको हो। यो परमेश्‍वरले नियोजन गर्नुभएको हुनाले, परमेश्‍वरको घरमा, यो रुचि र सोखसँग सम्बन्धित काम मलाई दिइनुपर्छ—यसमा मेरो पनि भाग हुनुपर्छ। यदि मलाई यो काम गर्न दिइएन भने, यो मानिसहरूको समस्या हो—यसको अर्थ मानिसहरूले मलाई हेला गर्छन्, यसको अर्थ अगुवा र कामदारहरूलाई मानिसहरूको मूल्याङ्कन गर्न आउँदैन। म एक प्रतिभाशाली व्यक्ति यहाँ छु, तर मलाई चिन्न सक्ने कुनै समझदार प्रतिभा पारखी छैन! मलाई साहित्य यति धेरै मन पर्छ, र म यसमा साँच्चै सिपालु छु—मलाई लेखहरू परिमार्जन गर्न अत्यन्तै सजिलो लाग्छ। मलाई सुसमाचार प्रचार गर्न वा शारीरिक श्रम गर्न पठाउनु—के यो सानो कामको लागि ठूलो क्षमताको प्रयोग गर्नु होइन र? के यो एक प्रतिभाशाली व्यक्तिलाई खेर फाल्नु होइन र? के यो सुनलाई माटोमा गाड्नु जस्तै होइन र? मैले गर्न सक्ने केही छैन—होचो छानामुनि, व्यक्तिसँग टाउको निहुर्‍याउने बाहेक अरू कुनै विकल्प हुँदैन! तर एउटा भनाइ छ: सक्‍कली सुन अन्तमा चम्किन्छ। पर्खँदै गर—सायद यो परमेश्‍वरले मलाई शोधन गरिरहनुभएको हो, मलाई जाँचिरहनुभएको हो। एक दिन, म पक्कै पनि परमेश्‍वरले मेरा लागि नियोजन गर्नुभएको काममा, मेरो रुचिसँग सम्बन्धित काममा संलग्न हुनेछु। राम्रा कुराहरूका लागि पर्खनु उचित नै हुन्छ। जब तिमीहरू सबै हटाइन्छौ, त्यो मेरो चम्कने समय हुनेछ—त्यतिबेला मैले आफ्नो सीप प्रयोग गर्ने मौका पाउनेछु! भनाइ नै छ, ‘बदला लिन भलाद्‍मीलाई कहिल्यै ढिला हुँदैन,’ र ‘सास भइन्जेल आस हुन्छ।’” तिमीहरूलाई यी दृष्टिकोणहरू कस्तो लाग्छ? ती गलत छन्, होइन र? त्यस्ता मानिसहरूले पक्कै पनि मीठो कल्पना गरिरहेका हुन्छन् र दीर्घकालीन योजनाहरू समेत बनाइरहेका हुन्छन्, तर तिनीहरूसँग साँच्चै वास्तविक क्षमता हुन्छ कि हुँदैन भन्‍ने कुरा अज्ञात हुन्छ। कतिपय मानिसहरूले त अन्यायमा परेको महसुस गर्दै यसो भन्छन्, “म एक स्वाभाविक रूपमा प्रतिभाशाली साहित्यिक प्रतिभा हुँ, तैपनि मलाई दिनभरि हिलोमा लतपतिने शारीरिक श्रम गर्न पठाइएको छ। अनि यसबारे म कसलाई गुहारूँ? मैले गर्न सक्ने केही छैन—परमेश्‍वरले यसलाई यसरी नै योजनाबद्ध गर्नुभएको छ। मसँग के विकल्प छ र?” वास्तवमा, शुद्धाशुद्धि जाँच टोलीले तिनीहरूलाई पहिले नै जाँचिसकेको हुन्छ, र तिनीहरूको लेखन कौशल अपर्याप्त हुन्छ। तिनीहरूसँग कुनै साहित्यिक आधार हुँदैन, यहाँसम्म कि तिनीहरूले सही विराम चिह्न पनि प्रयोग गर्दैनन्। जहाँ-जहाँ वाक्य टुक्र्याउनुपर्ने वा रोकिनुपर्ने हो, तिनीहरूले अल्पविराम प्रयोग गर्छन्। तैपनि, तिनीहरू अझै पनि आफूलाई साहित्यिक प्रतिभा ठान्छन्, र शारीरिक श्रम गर्नु प्रतिभाको बर्बादी हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूको हृदय गुनासोले भरिएको हुन्छ: “म साहित्यप्रतिको प्रेम लिएर जन्मेको हुँ। बाल्यकालमा, मलाई कथाका पुस्तकहरू पढ्न मन पर्थ्यो। म ठूलो भएपछि, मलाई प्रसिद्ध व्यक्तिहरूले लेखेका कृतिहरू पढ्न मन पर्थ्यो। मैले स्वदेशी र विदेशी दुवै खालका धेरै साहित्यिक उत्कृष्ट कृतिहरू पढेको छु; मैले नाटक, गद्य, कविता लगायत सबै विधाहरूका धेरै कृतिहरू पढेको छु। लेखन-पठनको काम गर्नु मेरा लागि सहज छ; लेख लेख्नु मेरा लागि अत्यन्तै सजिलो काम हो। तर अहिले मलाई हेर—मलाई फोहोर, थकाइलाग्दो श्रम गर्ने स्तरमा झारिएको छ। आधा जीवनदेखिको मेरो साहित्यप्रतिको प्रेमलाई परमेश्‍वरको घरमा अस्वीकार गरिएको छ। मैले मेरो जीवनभरि सङ्कलन गरेको सबै ज्ञानले परमेश्‍वरको घरमा कुनै उपयोग पाएन—मेरो साहित्यिक करियर समाप्त भएको छ! म त परमेश्‍वरको घर यस्तो ठाउँ हो जहाँ सत्यताले शक्ति हातमा लिन्छ, जहाँ निष्पक्षता र धार्मिकताले शक्ति हातमा लिन्छ भन्‍ने सोच्थेँ। म जस्तो एक महान् प्रतिभा, एक साहित्य उत्साहीलाई संसारमा बेवास्ता गरियो र हेला गरियो, र आफ्नो सीप प्रयोग गर्ने कुनै मौका दिइएन। मैले त परमेश्‍वरको घरमा, मैले मेरा बाँकी प्रयासहरूलाई प्रयोगमा ल्याउन सक्छु भन्‍ने सोचेको थिएँ। उत्साहले भरिएर, मैले शुद्धाशुद्धि जाँच टोलीको लागि नाम लेखाएँ, तर म छनौटमा परिनँ। मलाई हेर त—अहिले यहाँ उभिँदा, कसले भन्न सक्छ कि म एक साहित्य उत्साही, एक साहित्यिक प्रतिभा हुँ भनेर? मेरो सबै साहित्यिक प्रतिभा यो फोहोर, थकाइलाग्दो श्रमले खियाइसकेको छ। अब, मेरो मुखबाट निस्कने कुराहरू केवल अशिष्ट र गाउँले शब्दहरू हुन्।” तिनीहरूले आफ्नो हृदयमा धेरै अन्यायमा परेको महसुस गर्छन्। तिनीहरूले मुखले त आफू परमेश्‍वरको योजनाबद्ध कार्यको अधीनमा रहनेछु र परमेश्‍वरको घरले जे गर्न भन्छ त्यही गर्नेछु भने पनि, तिनीहरूको हृदयमा, तिनीहरूसँग गलत आत्म-मूल्याङ्कन हुन्छ, तिनीहरूले गल्तीले आफ्नो रुचि र सोखलाई सबल पक्षको रूपमा, परमेश्‍वरको निम्ति प्रयोगयोग्य कुराको रूपमा लिएका हुन्छन्, तिनीहरूले आफ्नो स्थान भेट्टाएका हुँदैनन्, तिनीहरूले आफ्नो खास अवस्थालाई चिनेका हुँदैनन्, आफ्नो वजन कति छ भनेर थाहा पाएका हुँदैनन्, र तिनीहरूलाई आफ्नो रुचि र सोखहरू साँच्चै आफू सिपालु भएको कुरा हो कि होइन भन्‍ने थाहा हुँदैन—तिनीहरू यी सबैबारे अस्पष्ट र अनभिज्ञ हुन्छन्, तैपनि आफूलाई साहित्यिक प्रतिभा भएको दाबी गर्छन्, केवल आफूलाई साहित्यिक महारथी भन्न मात्रै बाँकी हुन्छ। यसको अन्तिम परिणाम के हुन्छ? (तिनीहरू मण्डलीका प्रबन्धहरूप्रति गुनासोले भरिएका हुन्छन्, र तिनीहरूको हृदयमा, तिनीहरू अधीनमा बस्‍न अनिच्छुक हुन्छन्।) तिनीहरूले आफ्नो हृदयमा निरन्तर अन्यायमा परेको महसुस गर्छन्। आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूले अल्छी नगरे पनि र पूरा प्रयास गर्न सके पनि—तिनीहरू केवल मुस्किलले अधीनमा बसे पनि—तिनीहरूको गलत आत्म-मूल्याङ्कनको कारण, तिनीहरूले अन्यायमा परेको महसुस गर्छन्। एउटा विचार बारम्बार तिनीहरूको मनमा आउँछ: “संसारमा धेरै द्रुत घोडाहरू छन्, तर घोडाहरूका असल पारखी थोरै छन्।” कस्ता द्रुत घोडाहरू? कस्ता असल पारखीहरू? तिनीहरूलाई कुनै निश्‍चित क्षेत्रमा अलिकति रुचि र अनुराग भएकोले, र तिनीहरूले पछि त्यसलाई व्यवस्थित रूपमा अध्ययन गरेकोले, तिनीहरू आफूलाई अतुलनीय ठान्छन्, आफूलाई “द्रुत घोडाहरू” ठान्छन्, र आफू प्रतिभाशाली भएको विश्‍वास गर्छन्। के यो पूर्ण रूपमा आत्म-सचेतनाको कमी हुनु होइन र? तिनीहरू रुचि र सोखहरू परमेश्‍वरले दिनुभएको हो भनेर मात्रै विश्‍वास गर्छन्, तर परमेश्‍वरले तिनीहरूलाई कस्तो क्षमता दिनुभएको छ भनेर तिनीहरूले चिन्न सक्दैनन्। तिनीहरू आफूले रुचि र अनुराग राख्ने कुराहरूमा साँच्चै सिपालु छन् कि छैनन्, र तिनीहरूले आफ्नो रुचि र सोखसँग सम्बन्धित काम र कर्तव्य साँच्चै राम्ररी पूरा गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू त्यसमा सक्षम छन् कि छैनन्, र तिनीहरूले त्यसको बोझ लिन सक्छन् कि सक्दैनन् भन्‍नेबारे तिनीहरू अस्पष्ट हुन्छन्। तिनीहरू यसबारे अस्पष्ट हुन्छन् र तिनीहरूले यसबारे जान्दैनन्। के यो धेरै झन्झटिलो कुरा होइन र? (हो।) तिनीहरूले आफ्नो स्थान चिन्न वा भेट्टाउन नसक्ने हुनाले, तिनीहरूले धेरै अन्यायमा परेको महसुस गर्छन्। तिनीहरूले बाहिरी रूपमा के प्रदर्शन गर्छन्? तिनीहरूले प्रायः गहिरो सास फेर्छन् र बारम्बार परमेश्‍वरको सामु आफ्नो सङ्कल्प व्यक्त गर्छन्, एक दिन परमेश्‍वरले तिनीहरूका लागि अवसर सिर्जना गर्नुहुनेछ, तिनीहरूका गुनासाहरूलाई सम्बोधन गर्नुहुनेछ, तिनीहरूका लागि इन्साफ कायम गर्नुहुनेछ, र तिनीहरूलाई आफ्नो रुचि र सोखसँग सम्बन्धित कर्तव्य पूरा गर्ने तिनीहरूको इच्छा पूरा गर्न दिनुहुनेछ भनी आशा गर्छन्। तिनीहरूले प्रायः गाउने गीत हेर: “म अगाडिको बाटोबारे सोच्दिनँ।” अर्को लाइन के हो? (“मेरो एकमात्र बाध्यकारी कर्तव्य परमेश्‍वरको इच्छा पछ्याउनु हो।”) साँच्चै यो कद भएका, साँच्चै यो वास्तविकता भएका, र साँच्चै परमेश्‍वरको इच्छा पछ्याउन सक्षम भएकाहरूका लागि, यो गीत गाउनु पूर्ण रूपमा उपयुक्त हुन्छ—यो ठ्याक्कै उचित हुन्छ। तर जब यस्तो व्यक्तिले यो गीत गाउँछ, उसको भावनात्मक अवस्था कस्तो हुन्छ? उसले कुन अवस्थामा यो गीत गाइरहेको हुन्छ? (जब तिनीहरूले गुनासो गरिरहेका र अन्यायमा परेको महसुस गरिरहेका हुन्छन्।) त्यसैले जब तिनीहरूले यो गीत गाउँछन्, के तिनीहरूले गाएको कुरा रिसले भरिएको हुँदैन र? (हुन्छ।) तिनीहरूले गाएको कुरा गुनासा, अवज्ञा, र असंतोषले भरिएको हुन्छ—यो शोक र गुनासोबाहेक केही होइन। जब तैँले तिनीहरूलाई यो गीत गाएको सुन्छस्, त्यो बेला तिनीहरू सबैभन्दा उदास हुन्छन्। चीनमा एउटा भनाइ छ—त्यो कस्तो छ? “पुरुषहरूले गाएर शोक व्यक्त गर्छन्, महिलाहरूले रोएर शोक व्यक्त गर्छन्, र बूढी हजुरआमाहरूले गनगनिएर शोक व्यक्त गर्छन्।” हेर् त, फरक-फरक प्रकारका मानिसहरूले आफ्नो शोक फरक-फरक तरिकाले व्यक्त गर्छन्। कतिपय महिलाहरूले, जब यस्तो अवस्थाको सामना गर्छन्, तब तिनीहरू रुन्छन् मात्र, गोप्य रूपमा निरन्तर आफ्नो आँसु पुछिरहन्छन्। तिनीहरूले त्यसलाई त्याग्न सक्दैनन्, र हरेक पटक जब तिनीहरू यसबारे सोच्छन्, तिनीहरूका आँखा आँसुले राता हुन्छन्, र तिनीहरूको हृदयले अन्यायमा परेको र पीडित भएको महसुस गर्छ। तिनीहरूले यो कुरालाई सही तरिकाले लिनै सक्दैनन्। वास्तवमा, यो धेरै सरल कुरा हो—रुचि र सोख, र सबल पक्षहरू, स्वाभाविक रूपमा दुई अलग-अलग कुराहरू हुन्। यदि तँसँग कुनै निश्‍चित सबल पक्ष छ भने, चाहे त्यो तेरो रुचि र सोख होस् वा नहोस्, तँ त्यो सबल पक्षसँग सम्बन्धित कामको लागि राम्ररी उपयुक्त हुन्छस्—अर्थात्, तेरो जन्मजात क्षमता, प्रतिभा, वा योग्यताले तँलाई त्यो विशेष कुरा गर्नमा सिपालु बनाउँछ, र तैँले त्यो राम्ररी गर्न सक्छस्—त्यस्तो अवस्थामा, जब तँ त्यो काममा संलग्न हुन्छस्, तब तैँले निश्‍चित परिणामहरू हासिल गर्न सक्छस्, र त्यो गर्नु तेरा लागि तुलनात्मक रूपमा उपयुक्त हुन्छ। तर, यदि तँसँग यस क्षेत्रमा रुचि र सोख मात्रै छ तर यसमा सबल पक्ष छैन भने, तैँले त्यो राम्ररी गर्न सक्छस् नै भन्‍ने हुँदैन। यो धेरै सरल कुरा हो। मानिसहरूको ढिपी र विकृत बोध, साथै तिनीहरूको मूर्खता र अज्ञानताको कारणले, जब तिनीहरू आफूले रुचि राख्ने काममा संलग्न हुन सक्दैनन्, तब तिनीहरू हतोत्साहित, दिक्दार, र नकारात्मक बन्छन्, र तिनीहरूले गुनासो गर्छन्, र सबै प्रकारका नकारात्मक भावनाले भरिन्छन्। त्यसकारण, मानिसहरूले आफ्नो रुचि, सोख, र सबल पक्षहरूको खास अवस्था बुझ्‍नु धेरै आवश्यक छ। एक पटक तिनीहरूले बुझेपछि, तिनीहरूले तिनलाई सही तरिकाले लिनुपर्छ—यो एउटा पक्ष हो। अर्को पक्ष यो हो कि तिनीहरू परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुनुपर्छ र तिनीहरूले परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यदि परमेश्‍वरको घरले तँलाई कुनै निश्‍चित क्षेत्रमा आफ्नो कर्तव्य निर्वाह गर्न माग गर्छ तर तँ यस क्षेत्रको काममा सिपालु छैनस्, केवल यसमा रुचि राख्छस् र अनुराग राख्छस्, र यो काम गर्न मन पराउँछस्, तैपनि परमेश्‍वरको घरले माग गरेको सबैभन्दा न्यून मानकअनुसार, तँ त्यसमा मुस्किलले सक्षम हुन सक्छस् भने, तँ समर्पित हुनुपर्छ र तैँले आफ्नो भूमिका निर्वाह गर्न प्रयास गर्नुपर्छ—इन्कार गर्न वा अस्वीकार गर्न सबै प्रकारका वस्तुगत बहानाहरू नखोज्। अवश्य पनि, यदि विभिन्न क्षेत्रमा तेरा जन्मजात अवस्थाहरू सीमित छन् वा तँसँग केही वास्तविक समस्याहरू छन्, र परमेश्‍वरको घरले तँलाई यस क्षेत्रमा कर्तव्य निर्वाह गर्न दिन सक्दैन भने, तैँले गुनासो गर्नु हुँदैन, न त तँ नकारात्मक वा कमजोर नै बन्नुपर्छ। तैँले जे गर्न सक्छस्, त्यही गर्। तेरा रुचि र सोखहरूका हकमा, तिनलाई आफ्नै लागि राख्—मण्डलीका मानिसहरूले हस्तक्षेप गर्दैनन्, न त तिनीहरूले निश्‍चित कुराहरूमा रुचि राख्ने वा अनुराग राख्ने तेरो अधिकार खोस्नेछन्। त्यो तेरो व्यक्तिगत कुरा हो। तर, जब कर्तव्य निर्वाह गर्ने कुरा आउँछ, तब तैँले रुचि, सोख, र सबल पक्षहरूसम्बन्धी सबै विभिन्न मामिलाहरूलाई स्पष्ट रूपमा खुट्ट्याउनुपर्छ, र तैँले ती सबैलाई सही तरिकाले लिन सक्नुपर्छ—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। के तिमीहरूले बुझ्यौ? (बुझ्यौं।)

सम्बन्धित विषयवस्तु