सत्यता कसरी पछ्याउने (१०) भाग पाँच

साहित्य मन पराउनु, प्रविधि मन पराउनु, आदि

हामी अर्को प्रकटीकरणबारे, अर्थात् साहित्य मन पराउने बारेमा कुरा गरौँ। यो कस्तो प्रकटीकरण हो? (जन्मजात अवस्था।) अर्थात्, त्यस्ता मानिसहरूलाई अन्तर्निहित रूपमा नै साहित्य मन पर्छ। तिनीहरूलाई साहित्य मन पर्ने हुनाले, जब साहित्यसँग सम्बन्धित विषय, पुस्तक, र मामलाहरूको कुरा आउँछ, तब तिनीहरूले विशेष स्‍नेह र जिज्ञासा प्रकट गर्छन्, वा तिनीहरूले विशेष मनोवृत्ति प्रकट गर्छन्—यो जन्मजात अवस्था हो। त्यसोभए प्रविधि मन पराउने बारेमा के भन्‍ने? (यो जन्मजात अवस्था हो।) अर्थात्, बाहिरी संसारका कुराहरू बीचमा नआएको अवस्थामा वा तिनले हस्तक्षेप नगरेको अवस्थामा, मानिसहरूलाई निश्‍चित प्रकारका कुराहरूमा निकै रुचि हुन्छ, तिनीहरूलाई त्यस्ता प्रकारका पुस्तकहरू पढ्न मन पर्छ, र तिनीहरूलाई त्यस्ता प्रकारका विषयहरूमा ध्यान दिन र छलफल गर्न पनि मन पर्छ; साथसाथै, तिनीहरूको आकाङ्क्षा भनेको त्यस्ता प्रकारका कामकुराहरूसँग सम्बन्धित पेसा वा क्षेत्रमा संलग्‍न हुनु पनि हो। यो जन्मजात कुरा हो—यसका लागि अरूले हस्तक्षेप गर्नुपर्छ भन्ने हुँदैन, न त यो कुरा सिकाइनु नै पर्छ, र अवश्य नै, यसमा अरूले तिनीहरूलाई तिनीहरूको जीवनकालमा जानी-जानी प्रभाव पार्नु वा सैद्धान्तिकरण गर्नु नै आवश्यकता हुँदैन। तिनीहरू निश्चित कुराहरू मन पराउँदै जन्मिएका हुन्छन्। प्रविधि मन पराउनु एउटा जन्मजात अवस्था हो, त्यसोभए वनस्पति र पशुहरू मन पराउनुका बारेमा के भन्‍ने? (यो पनि जन्मजात अवस्था नै हो।) वनस्पति र पशुहरू मन पराउनु—रुख-बिरुवा, कीरा, र चराचुरुङ्गीहरूको ख्याल गर्नु; विशेष गरी स-साना पशुहरूसँग अन्तरक्रिया गर्न, तिनीहरूसँग नजिकको सम्पर्कमा रहन, र तिनीहरूप्रति विशेष रूपमा प्रेमल र सहनशील बन्‍न मन पराउनु—जन्मजात अवस्था हो। हेर् त, जन्मजात अवस्थाहरूमा समावेश यी कुराहरू अत्यन्तै सामान्य छन्, होइन र? (हो।) ती कुराहरूमा अहङ्कार र दुष्टता जस्ता भ्रष्ट स्वभावहरूभित्र रहेका नकारात्मक कुराहरू समावेश हुँदैनन्। त्यसोभए, उड्डयन मन पराउनु, इतिहास मन पराउनु, खगोलशास्त्र र भूगोल मन पराउनु, पोषण विज्ञान र औषधिशास्त्र मन पराउनु, कानुन मन पराउनु, कृषि मन पराउनु जस्ता कुराहरू—यी कस्ता प्रकारका प्रकटीकरणहरू हुन्? (जन्मजात अवस्थाहरू।) कतिपय मानिसहरूलाई कृषि मन पर्छ; तिनीहरूलाई विभिन्‍न बोटबिरुवाहरूको कलमी गर्ने, सुधार गर्ने, र उपज प्राप्त गर्ने बारेमा अनुसन्धान गर्न मन पर्छ, तिनीहरूलाई बोटबिरुवाहरूमा मौसम र तापक्रमले पार्ने प्रभावहरूबारे अनुसन्धान गर्न मन पर्छ, तिनीहरूलाई सागसब्जी, बाली, रूख, र फूलहरू रोप्न मन पर्छ। तिनीहरूको हातमा हरेक दिन हिलो लागेको हुन्छ र श्रमले गर्दा ती खस्रा भएका हुन्छन्। यी मानिसहरू डाक्टर, वकील, वा अधिकारी बन्‍न चाहँदैनन्—तिनीहरूलाई बस खेती गर्न र बोटबिरुवासँग काम गर्न मन पर्छ, र यसरी जिउँदा निकै सहज लाग्छ। मानिसहरूलाई जे मनपर्छ, तिनीहरूसँग जे-जस्ता चासो र रुचिहरू हुन्छन्, के त्यसको तिनीहरूको मानवतासँग कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) के त्यसले तिनीहरूको मानवतामा असर गर्छ? (गर्दैन।) आधारभूत रूपमा, यसले त्यसमा असर गर्दैन। किसानहरूलाई अत्यन्तै कुलीन भन्‍न सकिँदैन; तिनीहरूमा पनि भ्रष्ट स्वभावहरू हुन्छन्। त्यसरी नै, प्रविधि, साहित्य, औषधि, वा कानुनजस्ता क्षेत्रहरूमा संलग्‍न मानिसहरू जस्ता ती उच्च स्तरका बुद्धिजीवीहरूमा किसानहरूमा भन्दा ठूलो मानवता हुँदैन। यति धेरै ज्ञान हासिल गरेपछि, यति धेरै पुस्तकहरू पढेपछि, र यति लामो समयसम्म शिक्षा पाएपछि पनि, अन्त्यमा, तिनीहरूसँग परमेश्‍वरबारे कुनै बुझाइ हुँदैन—तिनीहरूले पुस्तकहरूबाट केवल अलिक बढी सिकेका हुन्छन् र अलिक बढी ज्ञान र अन्तर्ज्ञान प्राप्त गरेका हुन्छन्। तर तिनीहरूले कसरी आफूलाई आचरणमा ढाल्ने कुरा आउँदा, तिनीहरूले कस्तो प्रकारको जीवन मार्ग पछ्याउनुपर्छ, तिनीहरूले कसरी परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ र उहाँको आराधना गर्नुपर्छ, र जीवनका सबै प्रकारका मामलाहरूमा आत्मआचरणका सिद्धान्तहरू अनुरूप हुन कसरी काम गर्नुपर्छ भन्ने कुराका हकमा भन्दा—तिनीहरूलाई यीमध्ये कुनै पनि कुराबारे केही थाहा हुँदैन। विभिन्‍न क्षेत्रहरूमा चासो र रुचिहरू भएका मानिसहरूको आम विशेषता के हो भने तिनीहरूलाई जे मन पर्छ, तिनीहरू त्यो गर्न इच्छुक हुन्छन्, र तिनीहरू त्यो क्षेत्रको काममा संलग्‍न हुन इच्छुक हुन्छन्, र त्यसपछि तिनीहरूले त्यो क्षेत्रमा आफूलाई अर्पित गर्छन्। तिनीहरूले आफूलाई जुनसुकै क्षेत्रमा अर्पित गरे पनि, तिनीहरू यो समाजभित्र भएसम्म, तिनीहरू शैतानद्वारा सिकाइएका र भ्रष्ट तुल्याइएका हुन्छन्। कुनै पनि व्यक्तिका चासो र रुचिहरू, वा ऊ संलग्न हुने क्षेत्र, अरूकाभन्दा महान् वा सम्माननीय छन् भन्दैमा उसको मानवता महान् हुन्छ भन्ने हुँदैन। त्यसरी नै, कुनै पनि व्यक्ति संलग्‍न हुने पेसा न्यून स्तरको, नीच छ, वा अरूले यसलाई हेला गर्छन् भन्‍ने तथ्यले मात्रै ऊ अरूभन्दा नीच वा भ्रष्ट छ भन्‍ने हुँदैन। यसको विपरीत, व्यक्तिका चासो र रुचिहरू जेसुकै भए पनि, ऊ कुनै पनि सबल पक्ष वा वरदान प्रयोग गरेर जुनसुकै क्षेत्रमा संलग्‍न भए पनि, अन्ततः, उसमा रहेका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुँदैनन्। सत्यता र परमेश्‍वरप्रतिको मनोवृत्ति सबै मानिसहरूको एउटै हुन्छ, र तिनीहरूले प्रकट गर्ने सबै कुरा भ्रष्ट स्वभावहरू नै हुन्छन्। मानिसहरूको आम कुरा के हो भने तिनीहरूले भ्रष्ट स्वभावहरूलाई आफ्नो जीवनका रूपमा लिएर जिउँछन्। त्यसकारण, तँसँग जुनसुकै चासो र रुचिहरू भए पनि र तँ जुनसुकै पेसामा संलग्‍न भए पनि, यसको अर्थ तेरो मानवतामा यसले असर गर्नेछ भन्‍ने हुँदैन, न त यसको अर्थ तेरो मानवता निश्‍चित हदसम्म उचालिनेछ वा क्षय हुनेछ भन्‍ने नै हुन्छ। यी तथ्यहरूबाट, के देख्‍न सकिन्छ भने परमेश्‍वरले मानिसहरूलाई दिनुहुने जन्मजात अवस्थाहरूले तिनीहरूको आत्मआचरण र व्यवहारका मापदण्डहरूमा असर गर्दैनन्, वा तिनीहरूको कार्यको मार्ग र दिशालाई परिवर्तन गर्दैनन्। बढीमा, यी चासो र रुचिहरू तिनीहरू अस्तित्वमा रहनका लागि भर पर्ने औजार वा एक प्रकारको जन्मजात पूँजी मात्रै हुन्, ताकि, तिनीहरू संलग्‍न हुने क्षेत्रबाट, तिनीहरूले आम्दानी कमाउन र यसरी आफ्नो रोजी-रोटी कायम राख्‍न सकून्। तर, आफ्नो रोजी-रोटी कायम राख्‍ने प्रक्रियामा, मानिसहरूले विभिन्‍न क्षेत्रका मानिसहरूका समूहमाझ स्वीकार गर्ने विभिन्‍न विचार र दृष्टिकोणहरू उही हुन्छन्। त्यसकारण, अन्ततः, व्यक्ति जुनसुकै क्षेत्रमा भए पनि, ऊ समाजको जुनसुकै कुनामा भए पनि, वा ऊ मानिसहरूको जुनसुकै समूह वा ऊ जुनसुकै जातिको भए पनि, उसले प्राप्त गर्ने भ्रष्टता उही हुन्छ। तँ अलिक उच्च स्तरको जागिर वा पेसामा संलग्‍न भएकै कारण तँ अरूभन्दा कुलीन वा कम गहन रूपमा भ्रष्ट तुल्याइएको हुन्छस् भन्‍ने हुँदैन, न त तँ संलग्‍न हुने क्षेत्र न्यून स्तरको भएकै कारण तँ अरूभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएको हुन्छस् भन्‍ने नै हुन्छ। छोटकरीमा भन्दा, तेरा जन्मजात चासो र रुचिहरू जेसुकै भए पनि, अन्त्यमा, तँलाई यो समाजमा र मानिसहरूका बीचमा शैतानले अपरिहार्य रूपमा र प्रतिरोध गर्नै नसकिने गरी भ्रष्ट तुल्याउँछ।

आर्थिक र लेखाको काम मन पराउनु

यसपछि, हामी अर्को प्रकटीकरणबारे कुरा गरौँ। कतिपय मानिसहरूलाई आर्थिक र लेखाको काम मन पर्छ; तिनीहरूलाई सङ्ख्याहरूसँग काम गर्न मन पर्छ र तिनीहरूले आफ्नो सम्पूर्ण जीवन आर्थिक काममा संलग्‍न भएर बिताउँछन्। हरेक दिन, तिनीहरूले लेखाजोखा राखिरहेका हुन्छन्, लेखाजोखा मिलाइरहेका हुन्छन्, भुक्तानी र रकम प्राप्तिहरू सम्हालिरहेका हुन्छन्—तिनीहरूको मन सधैँ डाटाले भरिएको हुन्छ, तैपनि तिनीहरूलाई यो कहिल्यै थकाइलाग्दो लाग्दैन। आर्थिक र लेखाको काम मन पराउनु—यो कुन पक्षअन्तर्गत पर्छ? (जन्मजात अवस्थाहरू।) यो परमेश्‍वरले मानिसहरूलाई दिनुहुने सबल पक्ष हो। तँ यसमा सिपालु भएकाले, तैँले स्वतः यो पेसा लिन्छस्, र त्यसपछि आफ्नो सम्पूर्ण जीवनभरिको रोजी-रोटी सुरक्षित गर्छस्—तैँले यसरी नै आफूलाई भरणपोषण गर्छस्। यो त परमेश्‍वरले तँलाई स्वर्गबाट मन्न वा बट्टाई चराहरू पठाउनुभएको जस्तै हो, ताकि तँसँग खानका लागि केही होस्। यो चासो र रुचि त एउटा सुनको हाँस आकाशबाट खसेर तेरो हातमा पर्नु जस्तै हो, जसले तँलाई यो चासो र रुचि राख्ने तुल्याउँछ। त्यसपछि, तँ स्वतः आफ्नो चासो र रुचिसँग सम्बन्धित पेसामा संलग्‍न हुन्छस्, र आफ्नो रोजी-रोटीका रूपमा यसलाई लिँदै, तैँले अहिलेसम्म आफूलाई भरणपोषण गरेको छस्। तैँले यो काम राम्ररी गरे पनि वा नगरे पनि, तँ यसमा जतिसुकै वर्ष संलग्‍न भए पनि, यो तैँले जन्मँदा नै लिएर आएको कुरा भएसम्म, यो परमेश्‍वरले तेरा लागि पूर्वनियोजन गर्नुभएको कुरा हो—यो जन्मजात अवस्था हो। छोटकरीमा भन्दा, यो सबै परमेश्‍वरबाट आउँछ—मानिसहरूसँग घमण्ड गर्नका लागि यहाँ केही पनि छैन। होइन र? (हो।)

व्यापार गर्न सिपालु हुनु

व्यापार गर्न मन पराउनु, व्यापार गर्न सिपालु हुनु—यो कुन पक्षअन्तर्गत पर्छ? (जन्मजात अवस्थाहरू।) व्यापार गर्न सिपालु हुनु भनेको धेरैजसो मानिसले भन्दा राम्ररी आफ्नो व्यापार सञ्चालन गर्नु हो। अरूले दुई-तीन महिनासम्म व्यापार संचालन गर्न सक्छन् र तिनीहरू टाट पल्टिन सक्छन्, र तिनीहरूले आफ्नो प्रारम्भिक पूँजी समेत गुमाउन सक्छन्, तर यिनीहरूले आफ्नो व्यापार दुई-तीन वर्षसम्म संचालन गर्छन् र काम झन्-झन् राम्रो भइरहेको हुन्छ। बिस्तारै, तिनीहरूको जीवन समृद्ध हुन्छ—तिनीहरूको परिवारले अझै राम्रो खान र लाउन पाउँछन्, तिनीहरूको सानो घरलाई अझ ठूलो घरले प्रतिस्थापन गर्छ, तिनीहरूको सानो कारलाई अझ ठूलो कारले प्रतिस्थापन गर्छ, र तिनीहरूको जीवन सुधार भइरहन्छ; तिनीहरू धनी व्यापारी बन्छन्। व्यापार गर्न सिपालु हुनु—के यो जन्मजात अवस्था हो? (हो।) व्यापार गर्न सिपालु हुनु, यो जन्मजात अवस्था, तिनीहरूको सबल पक्ष हो। तिनीहरूले कहिल्यै व्यापार कसरी गर्ने भनेर विशेष रूपमा अध्ययन गरेका हुँदैनन्, न त तिनीहरूलाई तिनीहरूका आमाबुबाले नै प्रभाव पारेका हुन्छन्, तैपनि तिनीहरू सजिलै स-साना व्यापार चलाउन र पैसा कमाउन सक्छन्। तँ तिनीहरूलाई सोध्छस्, “के तिमीलाई व्यापार गर्न गाह्रो लाग्छ?” तिनीहरू भन्छन्, “पटक्‍कै लाग्दैन। म केवल आफ्नो दिमाग प्रयोग गर्छु, र उपयुक्त र पैसा कमाउन सक्‍ने तरिकाले कसरी कामकुरा गर्ने भनेर विचार गर्छु, त्यसपछि म अघि बढेर त्यसरी नै काम गर्छु—र अन्तमा, पैसा मेरो हुन्छ।” तँ भन्छस्, “तिमीलाई त व्यापार गर्नु अत्यन्तै सहज र सजिलो लाग्‍ने रहेछ। म किन त्यसो गर्न सक्दिनँ?” किन? किनभने परमेश्‍वरले तँलाई त्यो सबल पक्ष दिनुभएन, त्यसकारण तँसँग बस यो सीप नै छैन। त्यसकारण, सबल पक्ष भएका मानिसहरू घमण्डी हुनु हुँदैन, र सबल पक्ष नभएका मानिसहरूले डाहा गर्नु हुँदैन। परमेश्‍वरले दिनुहुने कुरा, कसैले पनि खोस्न सक्दैन—तँ त्यो चाहँदैनस् भने पनि, तैँले त्यसलाई इन्कार गर्न मिल्दैन। परमेश्‍वरले तँलाई यसमा सिपालु बनाउनुभएको मात्रै हो, र यो सबल पक्षमार्फत, उहाँले तँलाई तेरो जीवन कायम राख्‍नका लागि जीविकोपार्जनको माध्यम वा व्यवसाय क्षेत्र प्रदान गर्नुहुन्छ। यो परमेश्‍वरको अनुग्रह हो। अरूले सिक्छन्, सिकाइ लिन्छन्, र अभ्यास गर्छन्, तैपनि तिनीहरूले जसरी प्रयास गरे पनि, राम्रा नतिजाहरू हासिल गर्न सक्दैनन्। तर तँ नसिकिकन यो काम गर्न सक्छस्। तिनीहरूले जसरी सोचे पनि, तिनीहरूको मनले तेरो मनले जस्तो चाँडै काम गर्दैन, र तिनीहरूले तैँले जस्तो राम्ररी काम गर्न सक्दैनन्। त्यसोभए, तेरो यो सबल पक्ष कहाँबाट आएको हुन्छ? के यो जन्मजात होइन र? अनि के जन्मजात कुरा परमेश्‍वरले दिनुभएको कुरा होइन र? तँ सधैँ आफूलाई जे मन लाग्यो, तँ जे कुरामा सिपालु छस् त्यही कुरा भन्छस्—तर के त्यो तैँले आग्रह गरेको कुरा हो? कतिपय मानिसहरू यो कुरा आफ्ना आमाबुबाबाट वंशानुगत प्राप्त भएको हो भनेर भन्छन्। त्यसोभए तैँले किन वंशानुगत रूपमा अर्को कुनै कुरा प्राप्त गरिनस् त? यो सबल पक्षलाई आफ्नो अर्को पुस्तामा हस्तान्तरण गर्ने उपाय खोज्ने प्रयास गर्—के तँ त्यसो गर्न सक्छस्? के यस विषयमा निर्णय तेरो हुन्छ? (हुँदैन।) अवश्य नै हुँदैन। तँसँग भएको सबल पक्ष परमेश्‍वरले दिनुभएको हो—अरूले तँप्रति जति ईर्ष्यालु भए पनि, तिनीहरूले यसलाई हटाउन वा खोस्न सक्दैनन्, र तँ यो चाहँदैनस् भने पनि, परमेश्‍वरले अझै पनि तँलाई यो दिनुहुन्छ। परमेश्‍वरले तँलाई अनुग्रह देखाउनुभएको हुनाले, तैँले यसलाई उहाँबाट स्वीकार गर्नुपर्छ। घमण्डी नहो, र धाक नलगा। घमण्ड र धाक त मानव अज्ञानताका प्रकटीकरणहरू हुन्।

त्यसोभए तैँले परमेश्‍वरले तँलाई दिनुभएको सबल पक्षलाई कसरी सही रूपमा लिनुपर्छ? यदि परमेश्‍वरको घरलाई यस क्षेत्रमा कर्तव्य पूरा गर्नका लागि तेरो आवश्यकता पर्छ भने, तैँले आफ्नो कर्तव्यमा, मण्डलीको काममा आफ्नो सबल पक्ष प्रयोग गर्नुपर्छ। सबल पक्ष नलुका—यसलाई प्रयोग गर्, र सक्दो हदसम्म त्यसो गर्। यसरी, परमेश्‍वरले तँलाई दिनुभएको सबल पक्ष व्यर्थमा दिइएको हुनेछैन; तैँले परमेश्‍वरबाट प्राप्त गरेको अनुग्रह र विशेष व्यवहार उहाँलाई चुक्ता गरिनेछ। त्यसो गरेर, तँ विवेक भएको व्यक्ति हुन्छस्—तैँले आफ्ना लागि फाइदाहरू मात्रै खोजिरहेको हुँदैनस् तर परमेश्‍वरको ऋण पनि तिरिरहेको हुन्छस्। यो सही व्यवहार गर्नु हो। तैँले “मसँग यो सबल पक्ष, यो चासो र रुचि छ, र यो काम गर्नु मेरा लागि निकै सजिलो छ,” भनेर सोचे पनि, तैँले यसलाई आफ्नो कर्तव्यका रूपमा लिएसम्म, तँ आफ्नो सबल पक्ष, चासो, र रुचिमा मात्रै भर पर्नु हुँदैन। तैँले परमेश्‍वरले तँलाई बताउनुभएका सिद्धान्तहरू र परमेश्‍वरको घरका मागहरू अनुसार यो काम गर्नुपर्छ, र त्यसपछि त्यसलाई आफ्नो सबल पक्षसँग मिलाउनुपर्छ। यसरी, तेरो कर्तव्य उचित रूपमा पूरा हुनेछ, र तैँले आफ्नो बफादारिता चढाएको हुनेछस्। यो त परमेश्‍वरले अब्राहामलाई छोरा प्रदान गर्नुभएको जस्तै हो—जब परमेश्‍वरले अब्राहामलाई छोरा दिनुभयो तब ऊ अत्यन्तै प्रसन्न भयो, र जब परमेश्‍वरले त्यो छोरालाई ऊबाट लिन चाहनुभयो, तब अब्राहामले स्वेच्छाले र पूर्ण रूपमा त्यो छोरा परमेश्‍वरको अघि चढाउनुपर्थ्यो। उसले केही बाँकी राख्न वा सर्तहरू तय गर्ने प्रयास गर्न सक्दैनथियो, र यति मात्र होइन, उसले परमेश्‍वरबारे गुनासो गर्न वा उहाँलाई अपमान गर्न सक्दैनथियो—उसले पूर्ण हृदय र निष्कपट रूपमा आफ्नो छोरालाई चढाउनुपर्थ्यो। जब परमेश्‍वरले तँलाई अनुग्रह दिनुहुन्छ, तब तँ अत्यन्तै खुसी र सन्तुष्ट हुन्छस्, र तैँले फाइदा प्राप्त गरेको छस् र परमेश्‍वरले तँलाई कृपा गर्नुहुन्छ भन्ने महसुस गर्छस्। तैँले परमेश्‍वरको धेरै अनुग्रहको आनन्द उठाएपछि, परमेश्‍वरले तँलाई कुनै कुरा चढाउन लगाउनुहुँदा तेरो मनोवृत्ति कस्तो हुन्छ? के तँ यसबाट अलग हुन सहन सक्छस्? के तैँले यसलाई परमेश्‍वरप्रति चढाएर कुनै कसर बाँकी नराखी उहाँलाई फर्काउन सक्छस्? यदि तैँले परमेश्‍वरले तँलाई दिनुभएको कुरा सम्झौताविना, उहाँले माग गर्नुभएका सिद्धान्तहरू अनुसार, गुनासो नगरी, कुनै कसर बाँकी नराखी, र यसलाई आफ्ना लागि नराखी, बरु यो परमेश्‍वरलाई चढाएर परमेश्‍वरलाई फर्काउन सक्छस् भने, तँ सृजित प्राणीका रूपमा मानकअनुरूप हुन्छस्; तैँले पूरा गरेको कर्तव्य पनि मानकअनुरूप हुन्छ, र परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। तँबाट परमेश्‍वरले गर्नुहुने मागहरू उच्च छैनन्, किनभने परमेश्‍वरले तँलाई दिनुभएको कुरा तैँले दिन सक्ने कुराभन्दा धेरै गुणा बढी छ। परमेश्‍वरले तँलाई जीवन दिनुबाहेक, अस्तित्वका लागि तँ भर पर्ने पुँजी र अवस्थाहरू पनि दिनुभएको छ। तँसँग यो सबल पक्ष, चासो र रुचि भएको हुनाले, तैँले कति धेरै फाइदा प्राप्त गरेको छस्? तैँले परमेश्‍वरको कति धेरै अनुग्रहको आनन्द उठाएको छस्? अहिलेसम्म, तैँले परमेश्‍वरलाई कति ऋण तिरेको छस्? यदि तैँले अहिले मात्रै परमेश्‍वरलाई तिर्न थालेको छस् भने, तँ अलिक सुस्त छस्। यदि तैँले विगतमा राम्रो गरेको छैनस् भने, अबदेखि, तैँले कुनै कसर बाँकी नराखी परमेश्‍वरलाई चढाउनुपर्छ; तैँले निपुणता हासिल गरेका तेरा सबल पक्ष र पेसागत सीप र पेसाहरूका विभिन्न सिद्धान्तहरूलाई आफ्नो कर्तव्यमा प्रयोग गर्, र कुनै कसर बाँकी नराख्, किनभने तैँले चढाउने कुरा मौलिक रूपमा परमेश्‍वरको नै थियो—परमेश्‍वरले नै तँलाई यो दिनुभएको हो। जब तैँले यी कुराहरू चढाउँछस् र तिनलाई आफ्नो कर्तव्यमा प्रयोग गर्छस्, तब एक हिसाबमा, परमेश्‍वरले यसलाई स्वीकार गर्नुहुनेछ, र अर्को हिसाबमा, तैँले सत्यता प्राप्त गर्नेछस्, जीवन प्राप्त गर्नेछस्, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछस्—तैँले अत्यन्तै धेरै फाइदाहरू प्राप्त गर्नेछस् र घाटा पटक्‍कै भोग्‍नेछैनस्। यसका साथै, परमेश्‍वरले तेरो चासो, रुचि, र सबल पक्षको आनन्द लिने तेरो अधिकार खोस्नुभएको छैन। परमेश्‍वरले तँलाई यो चासो र रुचि दिनुभएको हुनाले, उहाँले ती कहिल्यै खोस्नुहुनेछैन। तैँले जति धेरै चढाए पनि, तँसँग ती कुराहरू अझै हुनेछन्—परमेश्‍वरले ती कुराहरू तँभित्र अनवरत रूपमा रहनेछन् भन्‍ने कुरा सुनिश्‍चित गर्नुहुन्छ; ती तेरो सत्वको भाग नै हुन्। यदि तँ परमेश्‍वरलाई चढाउँदैनस् भने, तँसँग कुनै विवेक छैन, तँ सृजित प्राणीको रूपमा मानकअनुरूप छैनस्, र तँसँग परमेश्‍वरप्रतिको कुनै निष्कपटता छैन भनेर मात्रै भन्‍न सकिन्छ। यदि तँसँग निष्कपटता छ भने, तैँले परमेश्‍वरबाट प्राप्त गरेको र तँसँग भएको कुरा परमेश्‍वरलाई तिर्नुपर्छ। तँसँग यो मनोवृत्ति हुनुपर्छ। परमेश्‍वरले तँलाई जति धेरै दिनुभएको भए पनि, तैँले जति धेरै बुझेको भए पनि, र तैँले जति धेरै कुरा गर्न सक्‍ने भए पनि, तैँले कुनै कसर बाँकी नराखी परमेश्‍वरलाई यो कुरा चढाउनुपर्छ। के परमेश्‍वरले तँलाई यो कुरा व्यर्थमा चढाउन लगाउनुहुनेछ भन्‍ने तँलाई लाग्छ? अब्राहामलाई हेर् त—जब परमेश्‍वरले उसलाई इसहाकलाई बलि चढाउन लगाउनुभयो, तब उसले इसहाकलाई वेदीमा चढायो। तर अब्राहामको निष्कपटता देखेपछि, के परमेश्‍वरले साँच्‍चै नै इसहाकलाई लिनुभयो त? परमेश्‍वरले उसलाई लिनुभएन—परमेश्‍वरले इसहाकलाई फर्काउनुभयो र नजिकै भेडा तयार गर्नुभयो। अब्राहामले इसहाकलाई परमेश्‍वरलाई फर्काउनु नपरेको मात्र होइन, बरु उसले पहिले नै तयार गरिसकिएको एउटा थुमा पनि प्राप्त गऱ्यो। अन्त्यमा, परमेश्‍वरले उसलाई दिनुभएको आशिष् उसले कल्पना गर्न सक्‍नेभन्दा अनगिन्ती गुणा बढी भयो। अवश्य नै, यो अब्राहामले कल्पना गर्न सक्‍ने कुरा थिएन, न त यो उसले मागेको कुरा नै थियो। तर परमेश्‍वरले मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्न; उहाँ केवल मानिसहरूलाई आशिष् यसरी नै दिनुहुन्छ—परमेश्‍वरले इच्छा गर्नुहुने कुरा यही हो। तैँले अझै परमेश्‍वरलाई केही पनि फर्काएको छैनस् भने पनि, उहाँले तँलाई अत्यन्तै धेरै कुरा दिइसक्‍नुभएको हुन्छ। त्यसकारण यदि तैँले साँच्‍चै नै परमेश्‍वरलाई ऋण तिरिस् भने, के उहाँले तँलाई थोरै दिनुहुनेछ भन्‍ने तँलाई लाग्छ? अवश्य नै होइन—परमेश्‍वरले तँलाई दिनुहुने आशिष् तैँले कल्पना गर्न सक्‍ने सबै कुराभन्दा बढी हुनेछ। त्यसोभए मलाई भन्, के परमेश्‍वरले तँलाई दिनुभएका सबै सबल पक्षहरू चढाएर आफ्नो कर्तव्यमा प्रयोग गर्न सजिलो छ? मानौँ तँ यस्तो सोच्छस्: “मसँग अन्तर्निहित रूपमा रहेका यी सबल पक्ष, चासो, र रुचिहरू मैले जन्मँदा नै लिएर आएका कुरा हुन्, र मैले ती कुराहरू मेरा आमाबुबाबाट वंशाणुगत रूपमा प्राप्त गरेको हुँ। ती मेरा असल जीन र अनुकूल पृष्ठभूमिले आएका हुन्। ती परमेश्‍वरले दिनुभएको हो कि होइन, मलाई थाहा छैन। जे भए पनि, मैले सौभाग्य मात्रै पाएको हुँ—यो मेरो आफ्नै भाग्य हो। मैले ती परमेश्‍वरलाई फर्काउँछु कि फर्काउँदिनँ भन्‍ने कुराका हकमा भन्दा, म त्यो कुराको निर्णय पछि गर्नेछु। अहिले त, मसँग त्यसो गर्ने कुनै योजना छैन।” मलाई भन्, के यसको अर्थ तँसँग विवेक छ भन्‍ने हुनेथियो? (हुनेथिएन।) यदि परमेश्‍वरले तँलाई दिनुभएका चासो, रुचि, सबल पक्ष, र अरू कुराहरू नलैजानुभएको भए पनि, तैँले परमेश्‍वरको आशिष् प्राप्त गर्नेथिइनस्। परमेश्‍वरका नजरमा, तँ मानकअनुरूपको सृजित प्राणी हुनेथिइनस्—कम्तीमा पनि, परमेश्‍वरले यस्ता मानिसहरूलाई मन पराउनुहुन्न। परमेश्‍वरले मानिसहरूलाई निश्‍चित चासो, रुचि, र सबल पक्षहरू दिनुहुन्छ, र उहाँले तिनीहरूबाट निश्‍चित मागहरू पनि गर्नुहुन्छ। मानिसहरूले यी चासो, रुचि, र सबल पक्षहरूलाई कसरी लिन्छन् भन्‍ने कुराका हकमा भन्दा, तिनीहरूमा सत्यता अनुरूपका सिद्धान्तहरू पनि हुनुपर्छ। एक हिसाबमा, यी कुराहरूलाई आफ्नो पूँजीका रूपमा नलिई; यसका साथै, यदि परमेश्‍वरको घरको कामले तँलाई तेरा चासो, रुचि, र सबल पक्षहरूसँग सम्बन्धित कर्तव्य पूरा गर्न माग गर्छ भने, तैँले यो कर्तव्यलाई आफ्नो व्यक्तिगत दायित्वका रूपमा लिन मानबद्ध महसुस गर्नुपर्छ। तैँले परमेश्‍वरले तँलाई दिनुभएको कुरालाई पूर्ण रूपमा र कुनै कसर बाँकी नराखी चढाउनुपर्छ, ताकि परमेश्‍वरले सृजित प्राणीले उहाँअघि देखाएको निष्कपटता र समर्पणको आनन्द लिन सक्नुहोस्। के यो गौरवशाली र महिमित कुरा होइन र? (हो।) यदि तैँले परमेश्‍वरलाई उहाँले तँलाई दिनुभएका वरदान र सबल पक्षहरू चढाउन सक्दैनस् भने, तँ परमेश्‍वरप्रति ऋणी हुन्छस्—त्यो लाजमर्दो कुरा हो। जब परमेश्‍वरले तँलाई यी वरदान र सबल पक्षहरू दिनुभयो, तब तँ निकै खुसी थिइस्, तर जब परमेश्‍वरले तँलाई ती कुराहरू उहाँको अघि चढाउन लगाउनुहुन्छ, तब तँ झोक्किन्छस्, र तैँले ती कुरा परमेश्‍वरद्वारा प्रयोग गरिऊन् भन्ने चाहँदैनस् र ती कुराहरू आफ्ना लागि मात्रै प्रयोग गर्न चाहन्छस्। के यसले समझ देखाउँछ? ती तेरा व्यक्तिगत सम्पत्तिहरू होइनन्—ती परमेश्‍वरले दिनुभएको हो। ती परमेश्‍वरले दिनुभएको हुनाले, जब उहाँले ती माग गर्नुहुन्छ, तब तैँले ती चढाउनुपर्छ। तिनलाई चढाउन सक्नुले तँसँग परमेश्‍वरप्रतिको समर्पण र निष्कपटता छ भन्‍ने देखाउँछ। यदि तँ तिनलाई चढाउन चाहँदैनस्, वा तँ मन नलागी-नलागी र जबरजस्ती त्यसो गर्छस् भने, यसले तँसँग परमेश्‍वरप्रति न त समर्पण छ न त निष्कपटता नै छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। तेरो मानवता र चरित्रमा समस्या छ भनेर मात्रै भन्‍न सकिन्छ।

हुन्छ, आजको हाम्रो सङ्गति यति हो। बिदा!

डिसेम्बर २३, सन् २०२३