सत्यता कसरी पछ्याउने (१०) भाग एक

सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्‍नु

आफू र परमेश्‍वरबीचका तगारोहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने

१. परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने: परमेश्‍वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने

च. परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने उद्देश्य राख्छ

हालै, हामीले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावका समस्याहरूसँग सम्बन्धित केही सङ्गतिहरू गरेका छौँ; मुख्य रूपमा, हामीले यी तीन वटा पक्षहरूका केही प्रकटीकरणहरूका बारेमा विस्तृत रूपमा र निर्दिष्ट रूपमा सङ्गति गरेका छौँ। यस्तो विस्तृत सङ्गतिद्वारा, के तिमीहरूले यी प्रकटीकरणहरूको विशिष्ट वर्गीकरणबारे केही बुझाइ प्राप्त गरेका छौ? (छौँ।) यी तीन वटा पक्षका निर्दिष्ट प्रकटीकरणहरूका बारेमा बुझाइ प्राप्त गरेपछि, के मानिसहरूले किन आफ्‍ना भ्रष्ट स्वभावहरू फाल्‍नुपर्छ वा मानिसहरूले आफूमा रहेका के-कस्ता कुराहरू परिवर्तन गर्नुपर्छ र फाल्‍नुपर्छ भन्‍ने कुरा अब तिमीहरूलाई स्पष्ट भएको छ? कुन-कुन पक्षहरूलाई परिवर्तन गर्नुपर्ने हुन्छ, कुन-कुन पक्षहरूलाई परिवर्तन गर्नु पर्दैन, कुन-कुन पक्षहरूलाई सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नुपर्छ, र कुन-कुन जन्मजात अवस्थाहरू परमेश्‍वरद्वारा पूर्वनियोजित र प्रबन्धित हुन्छन्, ती भ्रष्ट स्वभावहरूसँग सम्बन्धित हुँदैनन् र जसमा मानिसहरूले मेहनत लगाउनु वा कुनै परिवर्तन गर्नु पर्दैन—के यी मामलाहरू अहिले स्पष्ट भएका छन्? (हामी ती कुराबारे पहिले भन्दा अलिक स्पष्ट भएका छौँ जस्तो लाग्छ।) स्पष्टता प्राप्त गरेपछि, के तिमीहरूले मानिसहरूलाई शुद्ध गर्ने, तिनीहरूका स्वभाव रूपान्तरण गर्ने, र तिनीहरूलाई शैतानको प्रभावबाट मुक्ति दिने परमेश्‍वरको कामको महत्त्वलाई बुझ्यौ? के अब मानिसहरूमा सत्यता प्रदान गर्न र विभिन्‍न समस्या खुलासा गर्नका लागि परमेश्‍वरको काम र बोली कुन कुराप्रति लक्षित छ भन्‍ने कुरा स्पष्ट भएको छ? के परमेश्‍वरले मानिसहरूमा रहेका सबै समस्याहरूलाई खुलासा गर्ने कार्य तिनीहरूका जन्मजात अवस्थाहरूमा लक्षित हुन्छ? (हुँदैन।) के यो मानवतामा रहेका मानिसहरूका प्राकृतिक खराबीहरूप्रति लक्षित हुन्छ? (हुँदैन।) त्यसोभए यो केमा लक्षित हुन्छ? (मुख्य रूपमा मानिसहरूका भ्रष्ट स्वभावप्रति।) यो मुख्य रूपमा मानिसहरूले आफूलाई आचरणमा ढाल्‍ने र व्यवहार गर्ने सिद्धान्तहरू, परमेश्‍वर, सत्यता, सकारात्मक कुराहरू, र अरू त्यस्ता मामलाहरूप्रतिको तिनीहरूको दृष्टिकोण र मनोवृत्तिमा लक्षित हुन्छ। भ्रष्ट स्वभावहरू के हुन्? भ्रष्ट स्वभावहरू शैतानको प्रकृतिबाट उत्पन्न हुन्छन् र ती शैतानको प्रकृतिबाट प्रकाश हुन्छन्। यी सबै कुराहरू सत्यता सिद्धान्तहरू विपरीत जान्छन्, ती भ्रमपूर्ण हुन्छन्, र परमेश्‍वरको प्रतिरोध गर्ने कार्य र प्रकटीकरणहरू हुन्। यी कुराहरू परमेश्‍वरको प्रतिरोध गर्ने प्राथमिक कुराहरू हुन् र मानिसहरू सत्यताविरुद्ध जान, सत्यतालाई विश्वासघात गर्न, परमेश्‍वरका अभिप्रायहरूका विरुद्धमा जान, र परमेश्‍वरका मागहरूका विरुद्धमा जान सक्नुका जड कारणहरू यिनै हुन्। अर्कोतर्फ, जन्मजात अवस्थाहरू मानिसहरूले जन्मँदा नै लिएर आउने केही आधारभूत, केही अन्तर्निहित कुराहरू मात्रै हुन्; तर मानवजाति अस्तित्वका लागि अहिले भर पर्ने जीवन त भ्रष्ट स्वभावहरू नै हो। त्यसकारण, परमेश्‍वरको कामले परिवर्तन गर्ने उद्देश्य राख्ने भनेका मानिसहरूका भ्रष्ट स्वभाव हुन्। भ्रष्ट स्वभावहरूले परमेश्‍वरलाई प्रतिरोध गर्ने हुनाले र ती शैतानका कुराहरू भएका हुनाले, र तिनलाई सबै नकारात्मक कुराहरूका समग्र प्रकटीकरणहरू भन्‍न सकिने हुनाले—मानिसहरूमा प्रकट हुने विभिन्‍न भ्रष्ट स्वभावहरू, वा भ्रष्ट स्वभावहरूसँग सम्बन्धित विभिन्‍न स्थितिहरू र विस्तृत प्रकाश र प्रकटीकरणहरू सबै नकारात्मक कुराहरूसँग सम्बन्धित हुन्छन्—तसर्थ, मानिसहरूले परमेश्‍वरलाई प्रतिरोध गर्नुको मूल कारण भनेका तिनीहरूका जन्मजात अवस्थाहरू वा तिनीहरूको मानवतामा रहेका निश्‍चित खराबीहरू होइनन्, बरु भ्रष्ट स्वभावहरूलाई बाँच्ने जगका रूपमा लिने जीवन हो। यो जीवन ठ्याक्कै शैतानबाट नै उत्पन्न हुन्छ। त्यसकारण, अन्ततः रूपान्तरण गरिनुपर्ने कुरा भनेका मानिसहरूका भ्रष्ट स्वभावहरू हुन्, र फाल्‍नुपर्ने कुरा भनेका मानिसहरूका भ्रष्ट स्वभावहरू नै हुन्। अवश्य नै, मानिसहरूका भ्रष्ट स्वभावहरू परिवर्तन भएपछि मात्रै तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्न छोड्न सक्छन् भनेर पनि भन्‍न सकिन्छ। अर्को शब्दमा भन्दा, मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव फालेपछि मात्रै तिनीहरूले मुक्ति पाएका छन् भन्‍ने हुन्छ, र मानिसहरूले मुक्ति पाएपछि मात्रै तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्न छोड्न र तिनीहरू परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुन सक्छन्। त्यसकारण, मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कामको साँचो अर्थ भनेको तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभाव फाल्न सक्षम तुल्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई सत्यता पछ्याउनु भनेको परमेश्‍वरका वचनहरू अनुसार र सत्यतालाई आफ्नो मापदण्डका रूपमा लिएर मानिसहरू र कामकुराहरूलाई हेर्नु, र आफूलाई आचरणमा ढाल्‍नु र व्यवहार गर्नु हो भनेर भन्‍नुको साँचो अर्थ र त्यसबाट पाउने अभिप्राय राखिएको नतिजा भनेको मानिसहरूलाई आफ्ना भ्रष्ट स्वभाव फाल्न र परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा लिएर मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्‍न र व्यवहार गर्न सक्षम तुल्याउनु हो। बुझ्यौ? (बुझ्यौँ।)

यसअघि हामीले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूसँग सम्बन्धित केही निश्‍चित प्रकाश र प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका थियौँ। कतिपय प्रकटीकरणहरू जन्मजात अवस्थाहरूसँग सम्बन्धित हुन्छन्, कतिपयचाहिँ मानवताका खराबीहरूसँग सम्बन्धित हुन्छन्, कतिपयचाहिँ दुष्ट चरित्रका प्रकटीकरणहरू हुन्छन्, र कतिपयचाहिँ भ्रष्ट स्वभावका विशिष्ट प्रकटीकरणहरू हुन्छन्। व्यक्तिको मानवताका खराबीहरू र व्यक्तिको मानवताको दुष्ट सार नै मानिसहरूलाई सबैभन्दा सजिलै अलमल्ल पार्ने कुराहरू हुन्। मानवताका खराबीहरू प्रायजसो जन्मजात अवस्थाहरू अन्तर्गत पर्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू बोल्दा भकभकिन्छन्, र कतिपय मानिसहरूको स्वभाव द्रुत वा सुस्त हुन्छ। मानवताका यी खराबीहरू, दुष्ट चरित्रको वर्गमा नपरेसम्म, ती आधारभूत रूपमा जन्मजात अवस्थाहरूको दायराभित्रै पर्छन्। तर, दुष्ट चरित्र जन्मजात अवस्थाहरूसँग सम्बन्धित हुँदैन; यो भ्रष्ट स्वभावको प्रकटीकरण हो र यो जन्मजात अवस्थाहरूमा होइन, भ्रष्ट स्वभावहरू अन्तर्गत पर्नु पर्छ। किनभने, व्यक्तिको चरित्रभित्र, परमेश्‍वरले उसलाई दुई वटा आधारभूत कुराहरू दिनुभएको हुन्छ: विवेक र समझ। यदि कसैको चरित्र दुष्ट छ भने, यसमा उसको विवेक र समझका समस्याहरू समावेश हुन्छन्। यो निश्चित रूपमा उसका जन्मजात अवस्थासँग सम्बन्धित हुँदैन। यो निश्चय नै भ्रष्ट स्वभावको दायरामा पर्छ; यो निश्‍चित भ्रष्ट स्वभावको निर्दिष्ट प्रकटीकरण हो। शैतानले कसैलाई भ्रष्ट तुल्याएपछि, उसले आफ्नो विवेक र समझ गुमाउँछ भन्‍ने कुरा देखाउनका लागि तथ्यहरू पर्याप्त छन्। उसको हृदय शैतानले पूर्ण रूपमा बहकाएको हुन्छ, र उसले शैतानबाट आउने धेरै विचार र दृष्टिकोणहरू, साथै दुष्ट प्रचलनहरूबाट आउने केही भनाइ र रायहरू स्वीकार गर्छ। जब कामकुराहरू यो अवस्थामा पुग्छन्, तब उसको विवेक र समझ पूर्ण रूपमा भ्रष्ट तुल्याइएको र क्षय भएको हुन्छ—यस बेला उसको विवेक र समझ पूर्ण रूपमा गुमेको हुन्छ भनेर भन्‍न सकिन्छ। उसको चरित्र अत्यन्तै खराब र दुष्ट छ भन्‍ने कुरा प्रदर्शन हुन्छ। अर्थात्, उसले सकारात्मक कुराहरूलाई स्वीकार गर्नुभन्दा पहिले, उसले आफ्नो हृदयमा शैतानबाट आउने धेरै भ्रमपूर्ण कुराहरूलाई स्वीकार गरिसकेको हुन्छ। यी कुराहरूले उसको मानवतालाई गम्भीर रूपमा भ्रष्ट तुल्याएका हुन्छन्, नतिजास्वरूप उसको मानवता अत्यन्तै खराब गुणस्तरको हुन्छ। उदाहरणका लागि, उसले “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ” भन्‍ने संसारको शैतानी विचार र दृष्टिकोणलाई स्वीकार गरेपछि, उसको विवेक सुध्रिनेछ कि उस्तै रहनेछ, कि यो बिग्रिनेछ? (यो बिग्रिनेछ।) अनि यो बिग्रनुका निर्दिष्ट प्रकटीकरणहरू के-के हुन्? (उसले आफूले गर्ने सबै कुरामा आफ्नै हितहरूका बारेमा मात्रै ख्याल गर्छ।) आफ्नै उद्देश्य र हितहरूका खातिर, ऊ कुनै पनि कुरा गर्न हिचकिचाउँदैन। उसले अरूलाई धोका दिन र हानि गर्न र नैतिकता र विवेकविरुद्ध जाने कुनै पनि कुरा गर्न सक्छ। उसले जति धेरै यसो गर्छ, उसका कार्य त्यति नै निर्दयी बन्छन्, उसको हृदय त्यति नै अन्धकारमय बन्छ, ऊसँग विवेकको बोध त्यति नै कम हुन्छ, र उसले त्यति नै कम मानवता कायम राख्छ। आफ्नै हितहरूका लागि, उसले जोसुकैलाई ठग्नेछ र छल गर्नेछ, आफूले चिनेका र नचिनेका मानिसहरूलाई उसै गरी धोका दिनेछ—उसले आफ्ना सहकर्मी, परिवारका सदस्यहरू, र आफ्नो वरिपरिका सबैभन्दा नजिकका मानिसहरूलाई समेत धोका दिँदै, आफूलाई सबैभन्दा बढी भरोसा गर्ने मानिसहरूलाई हानि पुऱ्याउनेछ। सुरुमा, जब उसले यी कुराहरू गर्छ, तब उसले आफ्नो विवेकमा केही भित्री द्वन्द्व र थोरै भावना अनुभव गर्छ। पछि, उसले कार्य कसरी गर्ने भनेर सोच्न थाल्छ, सुरुमा अपरिचित मानिसहरूबाट सुरु गर्छ, र अन्तमा आफ्ना आफन्तहरूलाई समेत कुनै कृपा देखाउँदैन। हेर् त, उसको मानवता बिस्तारै भ्रष्ट भइरहेको हुन्छ, त्यसले शैतानका विचार र दृष्टिकोणहरूले बिस्तारै क्षय भोगिरहेको हुन्छ, जस्तै “आफ्‍ना हितहरू सबैभन्दा माथि हुन्छन्” र “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ”। यो बिस्तारै क्षय हुने प्रक्रिया भनेको उसको विवेकले बिस्तारै सचेतना गुमाउने र काम गर्न छोड्ने प्रक्रिया हो, र यो अन्ततः पूर्ण रूपमा गुम्ने अवस्थामा पुग्छ। अन्त्यमा, उसको व्यवहारमा कुनै नैतिक सीमा वा विवेकको बोध हुँदैन, र उसले जोसुकैलाई छल गर्न सक्छ। उसले जोसुकैलाई छल गर्न सक्नुको कारण के हो? यसको मूल कारण के हो? किनभने उसले शैतानका विचार र दृष्टिकोणहरूलाई स्वीकार गरेको हुन्छ, र उसले शैतानका विचार र दृष्टिकोणहरूका प्रभुत्व अन्तर्गत रहेर काम गर्छ। अन्ततः, उसको मानवताका विवेक र समझले उप्रान्त काम गर्दैन; अर्थात्, मानवतामा हुनुपर्ने आधारभूत कुराहरूले पूर्ण रूपमा काम गर्न छोड्छन्, र तिनलाई शैतानका दुष्ट विचारहरूले पूर्ण रूपमा क्षय गर्छन् र नियन्त्रण गर्छन्। क्षय र नियन्त्रणको प्रक्रिया भनेको उसले यी विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्ने प्रक्रिया हो, र अवश्य नै, यो ऊ भ्रष्ट हुने प्रक्रिया पनि हो। उसको मानवताको विवेक र समझ भ्रष्ट हुँदै गर्दा, अन्ततः उसमा प्रदर्शन हुने कुरा के हो भने उसको मानवता अत्यन्तै खराब बन्छ, र अझै गम्भीर अवस्थामा, उसले आफ्नो मानवता गुमाउँछ। यी सामान्य भ्रष्ट मानिसहरूको मानवताका केही प्रकटीकरणहरू हुन्।

कतिपय विशेष मामला पनि हुन्छन्, जहाँ कतिपय मानिस मानव रूपमा समेत जन्मेका हुँदैनन्, त्यसकारण तिनीहरूसँग विवेक र समझ छ भनेर भन्‍न सकिँदैन। यसलाई अमूर्त रूपमा भन्दा, तिनीहरू मानिसहरूबाट पुनर्जन्म लिएकाहरू होइनन्। पुनर्जन्म, पुनः जन्म, र देह स्थानान्तरको मामला मानिसहरूका लागि अमूर्त र अदृश्य भए पनि, मानिसहरूले यसलाई सजिलै बुझ्न सक्नुपर्छ; यो मानिसहरूले पत्ता लगाउन र बुझ्न सक्‍ने कुरा हो। त्यस्ता मानिसहरूले मानवबाट पुनर्जन्म लिएका हुँदैनन्, त्यसोभए तिनीहरूले केबाट पुनर्जन्म लिएका हुन्छन् त? कतिपय मानिसहरूले पशुहरूबाट पुनर्जन्म लिएका र देह स्थानान्तर गरेका हुन्छन्, र कतिपय मानिसहरूले दियाबलसहरूबाट पुनर्जन्म लिएका हुन्छन्; तिनीहरू मानवताविना जन्मिन्छन्। मानवताविनाका मानिसहरू विवेक वा समझविना जन्मिन्छन्; यो पूर्ण रूपमा भ्रष्टताले पैदा गरेको हुँदैन। तिनीहरू अन्तर्निहित रूपमा नै जीवित शैतान र जीवित दियाबलसहरू हुन्। तिनीहरूले दियाबलसहरूबाट पुनर्जन्म लिएका हुन्छन्। उदाहरणका लागि, ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरू हुन्; तिनीहरूले दुष्ट मानिसहरूबाट पुनर्जन्म लिएका हुन्छन्। पछि जीवनमा, तिनीहरूले शैतानका अझै धेरै विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्छन्। तिनीहरूसँग मौलिक रूपमा भएको कुरा, पछि हासिल गरिने कुरासँग जोडिँदा, यसले तिनीहरूलाई झन्-झन् खराब तुल्याउँछ। त्यस्ता मानिसहरू सकारात्मक कुराहरूलाई प्रेम नगरी जन्मिन्छन्; तिनीहरू अन्तर्निहित रूपमा सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन्, र सकारात्मक कुराहरूलाई गम्भीर रूपमा प्रतिरोध र घृणा गर्छन्। त्यसकारण, त्यस्ता मानिसहरूमा हुने मानवताको प्रकटीकरण के हो भने तिनीहरूसँग अलिकति पनि विवेक वा समझ हुँदैन। तिनीहरूमा मानवताको कुनै पनि असल गुण वा सबल पक्षहरू देख्न पूर्ण रूपमा असम्भव हुन्छ। अवश्य नै, यो असल गुणले निश्चय नै गायनमा सिपालु हुनु, आफ्ना दृष्टिकोण व्यक्त गर्नमा सिपालु हुनु, वा निश्‍चित प्राविधिक सीप वा पेसामा सिपालु हुनुलाई जनाउँदैन। उल्लेख गरिएका असल गुणहरू यी होइनन्। बरु, यसले मानवताका असल गुणहरूलाई जनाउँछ, जस्तै दयालु र असल प्रकृतिको हुनु, अरूलाई बुझ्नु, वा सहानुभूति देखाउनु। मानवताको विवेक र समझको दायराभित्र हुने यी विशिष्ट प्रकटीकरणहरू तिनीहरूमा पटक्‍कै हुँदैनन्। त्यसोभए त्यस्ता मानिसहरूको मानवताका मुख्य विशेषताहरू के-के हुन्? अनाचार र दुष्टता। मुख्य दुई विशेषताहरू यिनै हुन्। तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्; जब तिनीहरू सकारात्मक कुराहरूबारे सुन्छन्, तब तिनीहरू ती सही छन् भनेर मान्न त सक्छन् तर तिनलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूको हृदयमा हुने सबै कुरा र तिनीहरूले प्रकाश गर्ने सबै कुरा अनाचार र दुष्टतासँग सम्बन्धित हुन्छ। अन्तर्निहित मानवताको सार दुष्ट हुने मानिसहरूको मुख्य विशेषतामध्ये एउटा यही हो। त्यस्ता मानिसहरू दियाबलसहरू र शैतानहरूबाट पुनर्जन्म लिएका र देह स्थानान्तरण गरेका हुन्छन्। पछि जीवनमा कृत्रिम रूपमा मगज परिवर्तन नगरी, शिक्षा नदिई, प्रभाव नपारी, वा मानसिकता नबसाई पनि, तिनीहरू पहिले नै अत्यन्तै दुष्ट हुन्छन्। तिनीहरू अन्तर्निहित रूपमा नै यस्ता खालका प्राणीहरू हुन्। तिनीहरूका विचार र दृष्टिकोणमा अन्तर्निहित रूपमा नै शैतानका धेरै सारगत कुराहरू हुन्छन्। त्यसमाथि, तिनीहरूले जन्म लिएपछि शैतानका दुष्ट प्रचलनहरूबाट अझै भ्रमपूर्ण विचार र दृष्टिकोणहरू स्वीकार गर्छन्। त्यसकारण, त्यस्ता मानिसहरूको प्रकृति सारका आगोमा इन्धन थपिन्छ, यो अझै दुष्ट र खराब बन्छ, अर्थात्, यसमा कल्पना गर्न सकिने हरेक विषालु गुण हुन्छ र यो अझै गम्भीर बन्छ भनेर भन्‍न सकिन्छ। पशुबाट पुनर्जन्म लिएका मानिसहरू र दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका दुई वटा विशेष मामलाहरू यिनै हुन्। सामान्य परिस्थिति के हुन्छ भने व्यक्तिले मानवतामा जेसुकै खराबी लिएर जन्म लिए पनि, उसले दुष्ट चरित्रका केही प्रकटीकरणहरू प्रदर्शन गरेसम्म, यो भ्रष्ट स्वभावको दायरामा पर्छ। यदि ऊ सत्यता स्वीकार गर्न, सत्यता अभ्यास गर्न, र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ भने, अन्ततः उसका सबै भ्रष्ट स्वभावलाई फाल्‍न सकिन्छ। जब उसका भ्रष्ट स्वभावहरू फालिन्छन्, तब उसको चरित्रका दुष्ट पक्षहरू पनि त्यसै अनुरूप परिवर्तन हुनेछन्। त्यस्ता मानिसहरू मुक्ति दिइन सक्‍ने मानिसहरू हुन्; तिनीहरू सामान्य भ्रष्ट मानिसहरू हुन्। तैँले खराब चरित्रका केही प्रकटीकरणहरू प्रदर्शन गरे पनि, वा तँमा निष्ठाको कमी भए पनि, वा तेरो मानवताका केही प्रकटीकरणहरू सत्यता अनुरूप नभए पनि र अरूका लागि तिरस्कारयोग्य भए पनि, तेरो विवेक र समझ अझै अस्तित्वमा भएसम्म र तैँले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छस् र आफूलाई कसरी आचरणमा ढाल्छस् र व्यवहार गर्छस् भन्‍ने कुराका आधारभूत सर्तहरूका रूपमा तिनले काम गर्न सकेसम्म—अर्थात् तेरो विवेक र समझले अझै पनि तँ मानिस र कामकुराहरूलाई कसरी हेर्छस् र आफूलाई कसरी आचरणमा ढाल्छस् र कार्य गर्छस् भन्‍ने कुरामा प्रभाव पार्न सक्छन्, र तेरो विवेक र समझले अझै पनि तँमा काम गर्न सक्छन् भने—अन्ततः तेरा भ्रष्ट स्वभावहरू परिवर्तन हुन सक्छन्। यदि व्यक्तिको विवेक र समझले उसले गर्ने कुनै पनि कुरालाई नियन्त्रण गर्न वा निर्देशित गर्न सक्दैनन् भने, यस्तो व्यक्ति सत्यता स्वीकार गर्न असमर्थ हुन्छ र यसलाई अभ्यास गर्न झनै असमर्थ हुन्छ भनेर भन्‍न सकिन्छ। त्यसकारण त्यस्ता मानिसहरूका भ्रष्ट स्वभावलाई फाल्‍न सहज हुनेछैन। किन यस्तो हुन्छ? किनभने त्यस्ता मानिसहरूको विवेक र समझले पटक्‍कै काम गर्दैन। तिनीहरूसँग उप्रान्त सत्यता स्वीकार गर्ने मौका हुँदैन र तिनीहरूसँग उप्रान्त सत्यता स्वीकार गर्ने आधारभूत सर्तहरू हुँदैनन्। यी मानिसहरूलाई आफ्ना भ्रष्ट स्वभाव फाल्‍न निकै गाह्रो हुन्छ। त्यसकारण, तेरो मानवतामा जेसुकै समस्याहरू भए पनि, जब तैँले मानवता वा सत्यताविरुद्ध जाने तरिकामा काम गर्न लागेको हुन्छस्, तब तैँले तेरो विवेकमा कुनै कुरा महसुस गर्छस् कि गर्दैनस् वा हृदयमा पीडा वा हप्की महसुस गर्छस् कि गर्दैनस्, र यो मामला गर्नुपर्छ कि गर्नुपर्दैन भनेर मापन गर्नका लागि तेरो हृदयमा सीमा वा मानक छ कि छैन, यो मामला नैतिकता वा विवेकविरुद्ध जान्छ कि जाँदैन, र अझै गहन रूपमा, यसले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छ कि गर्दैन भन्‍ने कुरा हेर्न आफैलाई जाँच्। यदि तँसँग विवेकको बोध छ, यो मामला मानवता र सत्यताविरुद्ध जान्छ भन्‍ने कुरा मापन गर्न सक्छस्, र तेरो विवेक र समझले काम गर्दा, आफूलाई रोक्न र आफ्ना व्यवहारहरूलाई नियन्त्रण गर्न सक्छस् भने, तँसँग सत्यता स्वीकार गर्न र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सक्‍ने अवसर वा सम्भावना हुन्छ। तर, यदि कुनै कुरा गर्दा, तँ आफ्नो विवेकमा केही महसुस गर्दैनस्, यस मामलाको मानक के हो वा तैँले त्यो गर्नुपर्छ कि गर्नुपर्दैन भनेर मापन गर्न सक्दैनस्, र तँलाई यो काम गर्नु मानवता, नैतिक न्याय, वा सत्यता सिद्धान्तहरूअनुरूप छ कि छैन भन्‍ने थाहा हुँदैन भने—त्यसका साथै, यो काम गर्दा यो विवेक, मानवता, वा सत्यता सिद्धान्तहरू विपरीत जान्छ, तर तेरो विवेकले तँलाई यो गलत र नकारात्मक कुरा गर्नबाट रोक्ने काम गर्न सक्दैन भने—तँजस्तो मानिससँग मूलतः सत्यता स्वीकार गर्ने कुनै अवसर हुँदैन। यसपछि के हुन्छ भने तँसँग आफ्ना भ्रष्ट स्वभावहरू फाल्ने कुनै अवसर हुँदैन।

मानिसहरूले भ्रष्ट स्वभावहरू फाल्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर हुन्छ—यो निकै स्पष्ट कुरा हो। अनि मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूसँग विवेकको बोध छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। त्यसोभए कुनै व्यक्तिमा विवेकको बोध छ कि छैन भनेर कसरी खुट्ट्याउन सकिन्छ? कामकुरा गर्दा, तिनीहरूमा मानवतामा हुनुपर्ने सबैभन्दा आधारभूत विवेक हुन्छ कि हुँदैन, र तिनीहरूले कुनै काम गर्दा वा कुनै कुरा भन्दा, तिनीहरूको विवेकले काम गर्छ कि गर्दैन भनेर हेर्नुपर्छ। उदाहरणका लागि, जब तँ कसैलाई बदनाम गर्न आफ्नो विवेक र तथ्यहरूको विरुद्धमा जाने कुनै कुरा भन्‍न चाहन्छस्, वा जब तँ झूट बोल्न चाहन्छस्, तब तेरो विवेकले तँलाई हप्काउँछ: “मैले यसो भन्‍नु हुँदैन। यसो भन्‍नु झूट बोल्नु र छल गर्नु हो, जसको अर्थ म इमानदार व्यक्ति होइनँ। परमेश्‍वरले छानबिन गरिरहनुभएको छ, र मेरो आफ्नै विवेकले मलाई यसो गर्न दिनेछैन। यसो भन्‍नु उचित हुँदैन।” यी विचारहरू आउनुको अर्थ तेरो विवेकले काम गरिरहेको छ। जब तेरो विवेकले काम गरिरहेको हुन्छ, तब तैँले बोल्ने शब्दहरूमा अझै पनि मानव अभिप्रायका केही दूषण वा तत्त्वहरू समावेश हुन सक्छन् र ती १००% सही नहुन सक्छन्। तर, तेरो विवेकको प्रभावमा, तैँले बोल्ने शब्दहरू पहिले नै तुलनात्मक रूपमा उचित हुन्छन्। यदि तँ सत्यता अभ्यास गर्न र सिद्धान्तहरूका आधारमा बोल्न अझै बढी सक्छस् भने, तैँले भन्‍ने शब्दहरू पूर्ण रूपमा उचित हुनेछन्, र तँ इमानदार व्यक्ति बन्‍नेछस्। तर यदि कुनै व्यक्ति विवेकको कामको अधीनमा छैन भने, ऊ इमानदार व्यक्ति बन्‍न वा इमानदार शब्दहरू बोल्न सक्षम हुन सक्छ भन्‍ने छैन। उदाहरणका लागि, जब माथिले उसलाई कसैबारे सोध्छन्, तब उसले यस्तो सोच्न सक्छ, “त्यो व्यक्ति वास्तवमा खराब छैन। उसको क्षमता असल छ, र उसको मानवता पनि निकै असल छ। के माथिले उसलाई बढुवा दिनका लागि उसको बारेमा सोधिरहेका हुन्? यदि उसलाई बढुवा गरियो भने, यसको अर्थ मलाई बढुवा गरिनेछैन। मैले सत्य बोल्न मिल्दैन; म ऊ औसत छ भनेर मात्रै भन्‍नेछु”—उसले आफूलाई फाइदा हुने तरिकाले कसरी बोल्ने भनेर सोच्न थाल्छ। जब उसले यसरी सोच्छ, तब के उसको विवेकले काम गरिरहेको हुन्छ? ऊसँग कुनै विवेक हुँदैन, र ऊ विवेकको कामका अधीनमा हुँदैन। विवेकविनाका मानिसहरूमा कुनै मानवता हुँदैन। तिनीहरूले मनपरी बोल्छन् र झूट बोल्न चाहेको बेला झूट बोल्छन्। झूट बोल्दा किन तिनीहरूलाई नराम्रो महसुस हुँदैन? किनभने तिनीहरू विवेकको कामका अधीनमा हुँदैनन्। त्यसकारण, तिनीहरूको हृदयमा विवेक र समझको कुनै रोकटोक हुँदैन, न त कुनै प्रतिबन्धात्मक शक्ति नै हुन्छ। अन्ततः, तिनीहरूले झूट बोल्न र आफ्नै इच्छा अनुसार झूट बोल्ने आफ्नो व्यक्तिगत कामना पूरा गर्न सक्छन्। अन्त्यमा, त्यस्ता मानिसहरूले प्रकट गर्ने सार के हो? यो विवेकको प्रतिबन्धात्मक शक्तिविना कामकुरा गर्नु हो, जसको अर्थ तिनीहरू विवेकको कामको अधीनमा हुँदैनन्। विवेकको कामको अधीनमा नहुने मानिसहरूले हृदयमा दोष वा असहजता महसुस नगरी गल्ती गर्छन् र दुष्कर्म गर्छन्। त्यसकारण, तिनीहरू सबै कुरा आफ्नै हितहरूलाई मापदण्डका रूपमा प्रयोग गरेर गर्छन्। त्यस्ता मानिसहरूमा कुनै प्रतिबन्धात्मक शक्ति हुँदैन र तिनीहरू विवेकको कामको अधीनमा हुँदैनन्, त्यसोभए के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्। तँसँग कस्तो मानवता छ भनेर मापन गर्नका लागि, तैँले मुख्य रूपमा तेरा बोलीवचन र कार्यहरू विवेक र समझद्वारा निर्देशित छन् कि छैनन्, र तँ सत्यता अभ्यास गर्न, भ्रष्ट स्वभावहरू फाल्न, र मुक्ति हासिल गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा हेर्नुपर्छ। यदि तेरो विवेक र समझले अझै पनि सामान्य रूपमा काम गर्न सक्छन् भने, तँ विवेक र समझ भएको व्यक्ति होस्। यदि तेरा बोलीवचन र कार्यहरूलाई विवेक र समझले नियन्त्रण गर्दैन, र तैँले कुनै संयमविना पूर्ण रूपमा स्वेच्छाचारी र बेपरवाह भएर काम समेत गर्न सक्छस् भने, तँ विवेक र समझहीन मात्रै हुँदैनस् बरु तँमा मानवताको कमी पनि हुन्छ। यदि व्यक्तिको मानवतामा प्रदर्शित हुने सबै कुरा आधारभूत रूपमा दुष्ट चरित्रको दायरामा पर्न सक्छ भने, यो व्यक्तिसँग आधारभूत रूपमा कुनै मानवता हुँदैन। कुनै मानवता नहुनुको चिनारी भनेको विवेक र समझको कमी हुनु, र विवेकको कामविना कामकुरा गर्नु हो। उदाहरणका लागि, यदि तैँले उसलाई विवेक र मानवता अनुसार व्यवहार गर्नुपर्छ भनेर भनिस् भने, उसले यसो सोच्छ: “विवेकको मूल्य कति हुन्छ? के विवेक हुनुले पैसा ल्याउन सक्छ? के विवेक हुनुले मेरो पेट भर्न सक्छ?” तर विवेक भएका मानिसहरूका हकमा भन्दा, यो फरक हुन्छ। यदि तिनीहरूले लोभका कारण कहिलेकहीँ कुनै खराब काम गर्छन्, जसले गर्दा अरूलाई हानि हुन्छ भने, पछि तिनीहरूलाई आत्म-निन्दा र पछुतो हुनेछ, र तिनीहरूले यसो सोच्नेछन्, “मैले मानिसहरूलाई यसो गरेर तिनीहरूलाई साँच्‍चै अन्याय गरेको छु। के यो दुष्टता गर्नु होइन र? त्यो बेला म कसरी यति भ्रमित हुन सकेँ? मैले किन आफूलाई रोक्न सकिनँ? मैले प्रायश्चित गर्ने उपाय खोज्नुपर्छ।” हेर् त, तिनीहरूले त्यो बेला कसैलाई छल गरे, र तिनीहरूले केही फाइदा प्राप्त गरे पनि, जब तिनीहरूले यस फाइदाबारे विचार गर्छन्, तब तिनीहरूलाई हृदयमा असहज महसुस हुन्छ र तिनीहरूले आफैलाई घृणा गर्छन्, र सोच्छन्, “मैले कसरी यस्तो काम गर्न सकेँ? मैले भविष्यमा फेरि यस्तो कुरा पटक्‍कै गर्नु हुँदैन। मैले फेरि यसो गर्नुभन्दा त गरिबीमा जिउनु वा भोकै बस्नु नै बेस हुनेथियो। त्यो व्यक्तिले गर्नु हुने कुरा होइन—यसो गरियो भने यसले गर्दा जीवनभरि पछुतो हुनेछ!” एक पटक यस्तो काम गर्नु तिनीहरूका लागि मरेको झिँगा निल्नु जस्तै घिनलाग्दो हुन्छ। त्यसकारण तिनीहरू फेरि कहिल्यै त्यसो गर्दैनन्। तिनीहरूलाई हृदयमा पछुतो र व्याकुलता हुन्छ। अर्कोतर्फ, मानवताविनाका मानिसहरू आफ्नो दिमाग खियाउँछन् र अरूलाई छल गर्नमा पूर्ण रूपमा केन्द्रित हुन्छन्, कुनै कसर बाँकी नराखी तिनीहरूलाई पूर्ण रूपमा छल गर्छन्; तिनीहरूको विवेकले तिनीहरूलाई दोष दिँदैन, र तिनीहरूले कुनै कृपा देखाउँदैनन्। तिनीहरू अरूलाई भयानक रूपमा हानि गर्छन् र यस्तो सोच्दै खुसी समेत महसुस गर्छन्, “ठिक्‍क पर्‍यो! तिनीहरूलाई मेरो हातमा पर्न कसले भनेको थियो र? यदि मैले तिनीहरूलाई छल गरिनँ भने, मैले अरू कसलाई छल गर्ने र? मेरो फेला पर्नु तिनीहरूको दुर्भाग्य मात्रै हो!” के त्यस्ता मानिसहरूमा कुनै विवेकको बोध हुन्छ? (हुँदैन।) तिनीहरूले अरूलाई जति नै भयानक रूपमा छल गरे पनि वा उनीहरूलाई जुन हदसम्म हानि गरे पनि, तिनीहरूले कहिल्यै माफीको एउटा शब्द पनि बोल्दैनन् र तिनीहरूलाई कुनै ग्लानि वा पछुतो हुँदैन। बरु, तिनीहरूलाई हृदयमा गर्व र सौभाग्य महसुस हुन्छ। तिनीहरूले छलद्वारा प्राप्त गरेको कुराको हरेक पटक आनन्द लिँदा, तिनीहरूलाई व्याकुलता हुँदैन तर यो पूर्ण रूपमा उचित छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरू आफू सक्षम, सिपालु, र चलाख भएको, त्यो बेला तिनीहरूले सोचेको र गरेको कुरा सही भएको, र तिनीहरूले आफ्नो छलबाट अझै बढी कुरा प्राप्त गर्नुपर्थ्यो भन्‍ने सोच्छन्। मलाई भन, के त्यस्ता मानिसहरूमा मानवता हुन्छ? (हुँदैन।) दुष्टता गरेपछि पनि, तिनीहरू अझै पनि यसरी सोच्न र यस्तो व्यवहार प्रदर्शन गर्न सक्छन्। के यस्तो प्रकारको व्यक्तिले मुक्ति पाउन सक्छ भन्‍ने तँलाई लाग्छ? के यस्तै परिस्थितिहरू सामना गर्दा उसले फेरि छल गर्नेछ? (गर्नेछ।) ऊ छल गर्नमा झनै सिपालु बन्‍नेछ, आफूप्रति अझै खुसी हुनेछ, र उसले जति धेरै छल गर्छ उसलाई आफू त्यति नै चलाख भएको महसुस हुनेछ। हरेक छलसँगै, उसको हृदय अँध्यारो बन्दै जान्छ, उसका कार्यहरू अझै निर्दयी हुन्छन्, र उसका विधिहरू अझै निर्मम बन्दै जान्छन्। त्यस्ता मानिसहरू मुक्ति पाउन नसक्‍ने मानिसहरू हुन्। तिनीहरूलाई शैतानले पूर्ण रूपमा कैदी बनाएको छ भनेर भन्‍न सकिन्छ। तिनीहरू पूर्ण रूपमा दुष्ट मानिसहरू, दियाबलसहरू, र बदमासहरू हुन्। यदि तैँले त्यस्ता मानिसहरूसँग विवेक र मानवताबारे कुरा गरिस् भने, तिनीहरूले तँलाई गिल्ला गर्नेछन् र भन्‍नेछन्, “तँ विवेक र मानवताअनुसार काम गर्ने पटमूर्ख होस्—त्यसका लागि तँलाई कसले पैसा दिनेछ? के तँ गरिब मात्रै बन्न पुग्नेछैनस् र? मैले कति राम्रो गरिरहेको छु हेर् त, र तँलाई हेर् त—बिचरा!” तिनीहरूले तँलाई गिल्ला गर्नेछन् र घृणा गर्नेछन्। त्यस्तो मानवतामा विवेकको पूर्ण कमी हुन्छ—यस्ता मानिसहरूको विवेक पूर्ण रूपमा गुमेको हुन्छ; तिनीहरूलाई दियाबलसहरूले पूर्ण रूपमा नियन्त्रण गरेका हुन्छन्, र तिनीहरू पूर्ण रूपमा जीवित दियाबलसहरू बनेका हुन्छन्। त्यसकारण, त्यस्ता मानिसहरूसँग सत्यताबारे कुरा नगर्—तिनीहरूले त्यसलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूमा सामान्य मानवता समेत हुँदैन, त्यसोभए तिनीहरूले कसरी सत्यता स्वीकार गर्न सक्छन् त? सत्यतालाई स्वीकार गर्न सक्‍ने मानिसहरूसँग, मानिसहरू र मामलाहरूलाई हेर्ने, र आफूलाई आचरणमा ढाल्‍ने र व्यवहार गर्ने कुरामा, सीमा हुन्छ, विशेष गरी जब त्यसमा तिनीहरूका आफ्नै हितहरू समावेश हुन्छन्। यो सीमा के हो? यो तिनीहरूको विवेकको बन्धन र नियन्त्रणमा बस्‍नु हो। यदि तिनीहरूलाई तिनीहरूको विवेकले बन्धनमा राख्‍न र नियन्त्रण गर्न सक्छ भने, त्यस्ता मानिसहरूमा अझै पनि निश्‍चित हदसम्म मानवता हुन्छ र तिनीहरूको आत्म-आचरणमा सीमा हुन्छ भनेर भन्‍न सकिन्छ। यसको अर्थ तिनीहरूले निश्‍चित स्तरको शिष्टताका साथ व्यवहार गर्छन्। अरूसँग सङ्गत गर्दा वा कुनै पनि काम गर्दा, तिनीहरूले सत्यता सिद्धान्तहरू नबुझेमा वा सत्यता अनुसार कसरी काम गर्ने भन्‍ने तिनीहरूलाई थाहा नभएमा, तिनीहरूले कम्तीमा पनि विवेकका सीमाहरू कायम राख्न सक्छन्। अर्को शब्दमा भन्दा, तिनीहरूको विवेकमा अझै पनि सचेतना हुन्छ र यसले काम गर्न सक्छ। यदि तिनीहरूको विवेकले काम गर्न सक्छ भने, तिनीहरूसँग सत्यता स्वीकार गर्ने अवसर हुन्छ। तिनीहरूको विवेक सकारात्मक दिशामा विकास हुनेछ, र अन्ततः तिनीहरूको चरित्रका खराब भागहरू अलिक परिवर्तन हुनेछन्। तिनीहरूको चरित्र बिस्तारै रूपान्तरण हुँदै जाँदा, तिनीहरूका विभिन्‍न भ्रष्ट स्वभाव पनि चरणबद्ध रूपमा फालिनेछन्। के अहिले यो कुरा स्पष्ट भएको छ? (छ।)

परमेश्‍वरले कसलाई मुक्ति दिनुहुन्छ र परमेश्‍वरले मानिसहरूका कुन-कुन भागलाई मुक्ति दिनुहुन्छ र रूपान्तरण गर्नुहुन्छ भन्‍ने कुरा मानिसहरूले स्पष्ट रूपमा देख्‍नुपर्छ। एक हिसाबमा, तिनीहरूसँग आफूबारे स्पष्ट बुझाइ हुनुपर्छ, र अर्को हिसाबमा, तिनीहरूसँग आफ्नो वरिपरिका मानिसहरूका बारेमा पनि सुझबुझ हुनुपर्छ। दुष्ट चरित्रका प्रकटीकरणहरूका हकमा भन्दा, यीमध्ये केही भ्रष्ट स्वभावका प्रकटीकरणहरूसँग सम्बन्धित हुन्छन्। यिनले मुख्य रूपमा सत्यतालाई उल्लङ्घन गर्ने र परमेश्‍वरको विरुद्धमा विद्रोही र परमेश्‍वरप्रति प्रतिरोधी प्रकटीकरणहरूलाई जनाउँछन्। मानिसहरूका नजरमा, त्यस्ता कार्यहरूले कानुन उल्लङ्घन गर्दैनन् र तिनलाई कानुनले दोषी ठहराउँदैन, तर परमेश्‍वरले तिनलाई दोषी ठहराउनुहुन्छ। यी भ्रष्ट स्वभावअन्तर्गत पर्छन्। दुष्ट चरित्रका अरू प्रकटीकरणहरूमा भ्रष्ट स्वभावहरू मात्रै समावेश हुँदैनन् तर ती क्रूर मानवता सारको समस्यासँग पनि सम्बन्धित हुन्छन्। त्यस्ता मानिसहरूले कुनै पनि प्रकारको खराब कार्य गर्न सक्छन् र तिनीहरू पूर्ण रूपमा दुष्ट मानिसहरू हुन्। यदि कुनै व्यक्तिको चरित्रको एउटा पक्षमा मात्रै समस्याहरू छन्, तर उसले अझै पनि विवेक र समझको साथ बोल्छ र व्यवहार गर्छ, र उसले विशेष परिस्थितिहरूमा मात्रै केही दुष्टता गर्छ भने, ऊ दुष्ट व्यक्ति होइन। दुष्ट मानिसहरूमा विवेक वा समझ बिलकुलै हुँदैन। के विवेक र समझविनाका मानिसहरूले असल कुराहरू गर्न सक्छन्? अवश्य नै सक्दैनन्। के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? त्यो त झनै सक्दैनन्। यदि व्यक्तिको विवेकले काम गरिरहेको छ र उसलाई प्रतिबन्ध गर्ने शक्ति राख्छ भने, उसको चरित्र र व्यवहार केही हदसम्म सुधार हुन सक्छन्। यदि व्यक्तिमा कुनै विवेक छैन र उसले जे गरे पनि उसमा विवेकको कामको कमी हुन्छ भने, उसको चरित्र र व्यवहारमा सुधार आउनेछैन। त्यसकारण, कुनै व्यक्तिलाई खुट्ट्याउने कार्य पूर्ण रूपमा उसको चरित्र वा निष्ठाका आधारमा गर्न सकिँदैन; मुख्य कुरा भनेको ऊसँग विवेक र समझ छ कि छैन, र उसको विवेक र समझले काम गरिरहेको छ कि छैन भनेर हेर्नु हो। यदि ऊसँग विवेक र समझ छ, र उसले कार्य गर्दा उसको विवेक र समझले काम गर्न सक्छ भने, ऊसँग अझै पनि आधारभूत मानवता हुन्छ। यदि उसको कार्यमा विवेक र समझको कामको कमी छ भने, ऊसँग आधारभूत मानवता हुँदैन—ऊ मानवतारहित हुन्छ। विवेकको आधारभूत काम र आधारभूत मानवता भएका मानिसहरूसँग मुक्तिको अवसर हुन्छ, जबकि आधारभूत मानवताको कमी भएका मानिसहरूसँग मुक्तिको कुनै अवसर हुँदैन। कसैले मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुराको मुख्य कारक के हो? (मुख्य कारक भनेको ऊसँग विवेक र समझ छ कि छैन भन्‍ने कुरा नै हो।) ठीक भन्यौ। त्यसोभए, के तिमीहरूले कुनै व्यक्तिमा विवेक र समझ छ कि छैन भनेर खुट्ट्याउन सक्छौ? (हामीले थोरै मात्रामा खुट्ट्याउन सक्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले काम गर्दा उसलाई आन्तरिक रूपमा विवेक र समझले रोक्छ कि रोक्दैन, र उसमा नैतिक सीमाहरू छन् कि छैनन् भनेर हेर्नु हो।) धर्मसिद्धान्त र सिद्धान्तका हिसाबमा भन्दा, यसलाई यसरी व्याख्या गरिन्छ—के तिमीहरूसँग कुनै ठोस उदाहरणहरू छन्? (उदाहरणका लागि, कतिपय मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा, सिद्धान्तहरू उल्लङ्घन गर्छन् र लापरवाह दुष्कर्म गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको समस्याहरू औँल्याउँछन् वा तिनीहरूलाई काट-छाँट गर्छन्। त्यस्ता परिस्थितिहरूमा, यदि ती मानिसहरूसँग विवेक र समझ छ भने, तिनीहरूले सक्रिय रूपमा आत्म-चिन्तन गर्नेछन् र आफूलाई चिन्‍ने प्रयास गर्नेछन्। तर, यदि तिनीहरूमा विवेक र समझको कमी छ भने, तिनीहरूले घृणा विकास गर्न वा आक्रमण गरेर प्रतिकार गर्न समेत सक्छन्।) यो राम्रो उदाहरण हो। जब विवेक र समझ भएका मानिसहरूलाई अरूले कुनै गलत काम गरेकोमा आलोचना गर्छन्, तब तिनीहरूलाई लाज र ग्लानि महसुस हुन्छ। तिनीहरूले हृदयमा पछुतो विकास गर्छन्, र पछुतोले गर्दा, तिनीहरूमा पश्चात्तापका प्रकटीकरणहरू देखा पर्नेछन् र तिनीहरू अझै राम्रो गर्न इच्छुक हुनेछन्। जहाँसम्म विवेक र समझ नभएका मानिसहरूको कुरा छ, तिनीहरूले जति नै ठूला दुष्कर्म वा गल्तीहरू गरे पनि, तिनीहरूले मण्डलीको काममा जति नै धेरै घाटा ल्याए पनि वा तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई जति नै धेरै समस्या र बाधा दिए पनि, आलोचना गर्दा, तिनीहरूसँग आफूलाई सही साबित गर्ने र आफ्नो प्रतिरक्षा गर्ने सय वटा कारण हुन्छन्, तिनीहरू आफ्ना अपराधहरू अलिकति पनि स्वीकार गर्न मान्दैनन्। तिनीहरूले काममा घाटा पुऱ्याउँछन् भन्‍ने कुरा स्पष्टै छ, तैपनि तिनीहरूलाई हृदयमा कुनै ग्लानि हुँदैन। मलाई भन, के तिनीहरूलाई पछुतो हुनेछ? (हुनेछैन।) तिनीहरूलाई पछुतो हुनेछैन। के पछुतोविनाका मानिसहरूले पश्चात्ताप गर्न सक्छन्? (सक्दैनन्।) के पश्चात्ताप गर्न नसक्‍ने मानिसहरू सत्यता स्वीकार गर्ने मानिसहरू हुन्? (होइनन्।) के तिनीहरूले अझै पनि उही कुराहरू गर्न जारी राख्नेछन्? (राख्नेछन्।) कहिलेसम्‍म? (तिनीहरूमा विवेकको बोध नहुने हुनाले, तिनीहरूले त्यसो गरिरहनेछन्।) ठीक भन्यौ। तिनीहरूले त्यसो गरिरहनेछन्। अरूले जे भने पनि, तिनीहरूले सुन्नेछैनन्: “म यसरी नै काम गर्छु—मन पराऊ कि नपराऊ! मण्डलीको काममा घाटा हुनुसँग मेरो के सम्बन्ध छ र? महत्त्वपूर्ण कुरा के हो भने मैले आफै कुनै घाटा नभोग्‍नु नै हो।” तिनीहरूको दृष्टिकोण यही हो। ठीक छ, यस विषयको हाम्रो सङ्गति यति हो। हामीले सङ्गति गरेको कुराबारे मनन गर, यसलाई आफू र आफ्नो वरिपरिका कामकुरा र मानिसहरूसँग तुलना गर, बिस्तारै बुझ, र अरूलाई हेर्न, कामकुराहरूलाई हेर्न, र आफैलाई हेर्नका लागि यी वचनहरू प्रयोग गर। अलि-अलि गर्दै, तिमीहरूले यी कुराहरूका बारेमा बुझाइ प्राप्त गर्नेछौ।