सत्यता कसरी पछ्याउने (१) भाग पाँच

यदि कुनै व्यक्तिमा सामान्य मानवताको विवेक छ भने, उसले आफ्ना विचार, बोलीवचन, र कार्यहरूलाई नियन्त्रण गर्नेछ। “नियन्त्रण गर्नु” को अर्थ के हो? यसको अर्थ के हो भने, जब तेरा विचार र व्यवहारहरू सामान्य मानवताको मापदण्डभन्दा बाहिर जान्छन्, तब तेरो विवेकले त्यस्तो सोच्नु गलत छ र त्यो काम गर्नु राम्रो होइन भनेर मूल्याङ्कन गर्नेछ, त्यसकारण तँलाई लाज लाग्‍नेछ र तँलाई असहजता र धिक्‍कारको महसुस हुनेछ। यी भावनाहरू महसुस गरेपछि, तेरा विचार र व्यवहारहरू निश्‍चित हदसम्म संयमित हुनेछन्, र निश्‍चित हदसम्मको यो संयमताले तेरो व्यवहारलाई नियन्त्रण गर्नेछ र सत्यता सिद्धान्तहरू स्पष्ट रूपमा उल्लङ्घन गर्ने, र तेरो विवेक र नैतिक इन्साफको विरुद्धमा जाने कुराहरू गर्नबाट तँ जोगिनेछस्। तर यदि तँसँग विवेकको मापदण्ड छैन भने, जब तैँले कामकुरा गर्छस्, तब तँसँग आफ्ना विचार र व्यवहारहरूलाई नियन्त्रण गर्ने र काबुमा राख्‍ने कुनै मापदण्ड हुनेछैन, त्यसकारण तँ उन्मत्त हुनेछस्, तैँले तेरो मनमा जे आउँछ, तँलाई जे मन लाग्छ, र आफ्‍नो लागि जे कुरा फाइदाजनक र लाभदायक छ त्यही गर्नेछस्। तँसँग कुनै संयमता नभएका यी परिस्थितिहरूमा, तेरा विचार र व्यवहारहरू निकै वृद्धि हुनेछन्। “निकै वृद्धि हुनु” को अर्थ के हो? तिनमा कुनै नियम हुँदैन। यो त गैरविश्‍वासीहरूले मानिसहरूलाई धोका दिने अवस्था जस्तै हुनेछ—तिनीहरूमा विवेकको चेतनाको कमी हुन्छ, र तिनीहरूले तँलाई एक हजार डलर ठग्छन्, तिनीहरूलाई नराम्रो महसुस हुँदैन, र यदि तिनीहरूले तँलाई तेरो परिवार बरबाद हुने गरी ठगे भने पनि, तिनीहरूलाई नराम्रो लाग्‍नेछैन, र तैँले घुँडा टेकेर तिनीहरूलाई बिन्ती गरे पनि, तिनीहरूले तँलाई ध्यान दिनेछैनन्। तिनीहरू साँच्‍चै नै अत्यन्तै दुष्ट मानिसहरू हुन्। तिनीहरूले किन यस्तो दुष्कर्म गर्न सक्छन्? किनभने तिनीहरूसँग विवेकको चेतना हुँदैन, वा विवेकले प्रदान गर्ने संयमता हुँदैन, त्यसकारण तिनीहरू अत्यन्तै दुष्ट हुन र घृणित पापी बन्‍न सक्छन्। त्यसकारण, सामान्य मानवताको विवेक हुनु महत्त्वपूर्ण हुन्छ। सर्वप्रथम, मानिसहरूमा विवेकको चेतना छ भने, तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गर्न सक्छन्। यस्तो विवेकको चेतना र लाजको बोध हुनुले नै तेरो व्यवहारलाई नियन्त्रण गर्न र तँलाई सत्यताको खोजी गर्ने र अभ्यासको मार्गमा हिँड्ने अवसर दिन्छ। यदि तँसँग आफूलाई नियन्त्रण गर्ने विवेकको चेतना छैन भने, तँसँग सत्यता पछ्याउने मार्गमा हिँड्ने अवसर हुनेछैन। त्यसकारण, विवेकको चेतना भएको आधारमा मात्रै मानिसहरूलाई सत्यता अभ्यास गर्ने र सत्यता सिद्धान्तहरू पालना गर्ने मार्गमा डोर्‍याइने अवसर प्राप्त हुन्छ—तर त्यो अवस्थामा पनि, तिनीहरूसँग यो अवसर मात्रै हुन्छ। तिनीहरूसँग यो अवसर मात्रै हुन्छ भनेर म भन्छु, किनभने व्यक्तिका विचार र व्यवहारहरूलाई विवेकको चेतनाले नियन्त्रण गरे पनि, तिनीहरूले अझै पनि सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्न सक्छन् वा ती अनुसार काम नगर्न सक्छन्, बीचको बाटो अपनाउँछन्, अर्थात् तिनीहरूले सत्यता सिद्धान्तहरू पनि पालना नगर्ने तर दुष्ट मानिसहरूसँग मिलेर काम पनि नगर्ने गर्न सक्छन्। भन्‍नुको अर्थ, विवेकको प्रभावमा, निकै असल मानिसहरूले सत्यताको अभ्यास गर्न र सत्यता सिद्धान्तहरू पालना गर्न सक्छन्, जबकि अलिक खराब क्षमता भएका मानिसहरू कम्तीमा पनि दुष्ट मानिसहरूको नियन्त्रण वा जबरजस्तीमा पर्नबाट जोगिन सक्छन्, र दुष्कर्म गर्नमा तिनीहरूलाई पछ्याउनबाट जोगिन सक्छन्—यो विवेकको मापदण्डबाट आउने आधारभूत मापदण्डमा पुग्‍नु मात्रै हो। तैँले सत्यताको अभ्यास नगरे पनि, तैँले दुष्कर्म गरेको हुँदैनस्। यस्तो व्यक्तिलाई कम्तीमा पनि विवेक भएको व्यक्ति भनेर भन्‍न सकिन्छ, र उसले सत्यताको अभ्यास नगरे पनि, उसले अवश्य नै दुष्कर्म गर्नेछैन। मानिसहरूमा विवेकले पार्ने प्रभाव यही हो। सत्यतालाई प्रेम गर्नेहरूका हकमा, विवेकको सबैभन्दा फाइदाजनक प्रभावहरूमध्ये एउटा के हो भने यसले तिनीहरूको बोलीवचन र व्यवहारलाई नियन्त्रण गर्ने मौका हुन्छ, र तिनीहरूलाई सत्यताको अभ्यास गर्ने र सत्यता सिद्धान्तहरू पालना गर्ने मार्गमा डोर्याउन सक्छ। त्यसकारण, मानिसहरूका लागि, विवेक तिनीहरूको मानवताको अत्यन्तै महत्त्वपूर्ण भाग हो, र योविना तिनीहरू रहन सक्दैनन्। त्यसोभए “विवेक” को अर्थ के हो? हामी पछि अवसर पाएपछि यसको बारेमा विस्तृत रूपमा कुरा गर्नेछौं, तर आज यसको बारेमा छोटकरीमा केही कुरा बताऊँ। विवेकले व्यक्तिको दयालु हृदय र इन्साफको बोधलाई जनाउँछ, जुन दुई वटा सबैभन्दा आधारभूत गुणहरू हुन्। यदि तँमा यी दुई वटा गुणहरू छन् भने, तँ विवेक भएको व्यक्ति होस्; यदि तँमा यी दुई वटा गुणहरूमध्ये कुनै पनि छैन भने, तँमा विवेकको कमी हुन्छ। विवेक नभएका मानिसहरूमा सामान्य मानवता हुँदैन, र सामान्य मानवता नहुनुको अर्थ तिनीहरूमा कुनै न्यायको बोध छैन र तिनीहरू दयालु हृदयका हुँदैनन् भन्‍ने हुन्छ। “इन्साफको बोध नहुनु” को अर्थ के हो? यसको अर्थ कुटिल र दुष्ट हुनु हो। “दयालु हृदय नहुनु” को अर्थ के हो? यसको अर्थ दुर्भावपूर्ण, क्रूर, र दुष्ट हुनु हो। यी स्वभाव भएका मानिसहरू मानवता नभएका मानिसहरू हुन्, र परिणाम स्वरूप तिनीहरूले कुनै पनि प्रकारको दुष्ट काम गर्न सक्छन्, किनभने तिनीहरूसँग सामान्य मानवताको विवेक हुँदैन, न त तिनीहरूमा सामान्य मानवताको विवेकमा समावेश हुने इन्साफको बोध र दयाका दुई वटा सार नै हुन्छन्। तिनीहरू लाज विहीन, अत्यन्तै कुटिल हुन्छन्, र विशेष गरी क्रूर र दुर्भावपूर्ण हुन्छन्, त्यसकारण तिनीहरूले कुनै पनि किसिमको दुष्ट काम गर्न सक्छन्। अर्थात्, तिनीहरूले गर्ने कुराहरू जति नै दुष्ट र दुर्भावनापूर्ण भए पनि, तिनीहरूलाई केही पनि महसुस हुँदैन—तिनीहरूलाई नराम्रो महसुस हुँदैन, र तिनीहरूलाई हप्कीको महसुस हुँदैन। तिनीहरू किन कुनै पनि प्रकारको दुष्कर्म गर्न सक्‍ने हुन्छन्? किनभने तिनीहरू दयालु हृदयका हुँदैनन् र तिनीहरूमा मानवताको सारको कमी हुन्छ; तिनीहरूले जेसुकै दुष्कर्म गरे पनि, तिनीहरूले यसलाई उचित ठान्छन् र यसलाई दुष्टता ठान्दैनन्। उदाहरणका लागि, यदि तँ विवेकको चेतना भएको व्यक्ति होस् भने, जब तैँले अर्को व्यक्तिलाई श्राप दिने वा आक्रमण गर्ने कुरा बोल्छस्, तब तैँले यसलाई सहन सक्‍नेछैनस्। तैँले यस्तो सोच्नेछस्, “मैले तिनीहरूलाई श्राप दिनका लागि केही कुराहरू भनेको छु, र त्यो नै पर्याप्त छ। मानिसहरूलाई श्राप दिँदा तिनीहरूलाई निकै व्याकुलताको महसुस हुन्छ! कसैले मलाई यसरी श्राप दियो भने मलाई पनि व्याकुलताको महसुस हुन्छ, त्यसकारण अहिले मैले मेरो घृणालाई कम गर्न र केही रिस पोखाउनका लागि तिनीहरूलाई श्राप दिने केही कुराहरू बताइसकेको हुनाले, म यो कुरालाई यतिकै छोडिदिनेछु।” त्यसकारण तँ रोकिनेछस्। तर दुष्ट मानिसहरूले त्यस्तो सोच्दैनन्। तिनीहरूले सोच्छन्, “तँलाई श्राप दिनु भनेको तँलाई हल्का रूपमा छोड्नु हो। म तँलाई कुटपिट गर्नेछु, तेरो परिवारलाई बरबाद गर्नेछु, र तेरा सन्तानहरूलाई कष्ट दिनेछु! मैले तँलाई जे-जस्ता दुष्ट वा खराब कुराहरू गरे पनि ती सही हुन्छन्। तैँले आफूले पाउनुपर्ने सजाय पाउँछस् र मैले आफ्‍नो घृणालाई पोखाउन पाउँछु भने, म जेसुकै गर्न तयार छु!” तिनीहरूले तँलाई श्राप समेत दिँदैनन् होला, तर सीधै तँलाई दुष्ट कुराहरू गर्छन् र तँसँग बदला लिन्छन् होला—दुष्ट हुनु भनेको यही हो। विवेकको चेतनाविनाका मानिसहरू यस्तै हुन्छन्—तिनीहरूले सबै किसिमका दुष्कर्म गर्न सक्छन्।

परमेश्‍वरको कामको बारेमा मानिसहरूमा रहेका विभिन्‍न धारणा र कल्पनाहरूमध्ये, मानिसहरूलाई थाहा हुने कुराहरू मुख्य रूपमा तिनीहरूले प्रायजसो बताउने धारणाहरू हुन्, जुन अनुशासन, ताडना, र दण्डसँग सम्बन्धित हुन्छन्। एक हिसाबमा, हामीले परमेश्‍वरको कामको क्रममा मानिसहरूमा पैदा हुने धारणा र कल्पनाहरूका बारेमा सङ्गति गरेका छौं; अर्को हिसाबमा, परमेश्‍वरले मानिसहरूमा धेरै र विभिन्‍न तरिकाले काम गर्नुहुन्छ भन्‍ने कुरा पनि मानिसहरूले जान्‍नुपर्छ। उहाँले काम गर्नुहुने फरक-फरक युगहरू, र उहाँले मानिसहरूलाई दिनुहुने फरक-फरक मापदण्डहरूका आधारमा, र अवश्य नै उहाँले आफ्नो कामद्वारा मानिसहरूमा हासिल गर्न चाहनुहुने फरक-फरक परिणामहरूका आधारमा, र उहाँको कामका फरक-फरक पात्रहरू र मानिसहरूको फरक-फरक प्रकृति सारका आधारमा, परमेश्‍वरले फरक-फरक विधिहरू अपनाउनुहुन्छ र मानिसहरूमा धेरै र विविध तरिकाले काम गर्नुहुन्छ। अनुशासन, ताडना, र दण्ड उहाँको कामको एउटा सानो भाग मात्रै हो, र उहाँले आफ्नो काममा प्रयोग गर्नुहुने मुख्य विधिहरू ती होइनन्। किनभने परमेश्‍वरले मानिसहरूलाई भरणपोषण गर्न र तिनीहरूलाई मुक्ति दिने परिणाम हासिल गर्नका लागि आफ्नो कामको तेस्रो चरणमा धेरै सत्यता व्यक्त गर्नुभएको छ, उहाँले मानिसहरूलाई दिनुहुने अनुशासन, ताडना, र दण्डको कामको मात्रा समेत अत्यन्तै सानो छ। यसको साथै, परमेश्‍वरले आफ्‍नो कामका फरक-फरक पात्रहरूका आधारमा पनि सम्बन्धित सिद्धान्तहरू अनुसार यी कुराहरू गर्नुहुन्छ, र उद्देश्यहरू र विभिन्‍न परिस्थितिहरूका आधारमा उहाँका कार्यहरू फरक-फरक हुन्छन्। त्यसकारण, तुलनात्मक रूपमा भन्दा, उहाँले मानिसहरूलाई बिरलै अनुशासनमा राख्‍नुहुन्छ, ताडना दिनुहुन्छ, वा दण्ड दिनुहुन्छ। त्यसकारण, मानिसहरूले परमेश्‍वरको कामको बारेमा रहेका आफ्ना पहिलेका धारणा र कल्पनाहरूलाई पक्रिराख्‍न छोड्नुपर्छ, र परमेश्‍वरले धेरै वचनहरू र धेरै सत्यताहरू व्यक्त गर्नुभएको हुनाले, तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ, ताडना दिनुहुन्छ, वा दण्ड दिनुहुन्छ भनेर भरोसा गरिरहनु हुँदैन, र तिनीहरूलाई सत्यताको अभ्यास गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न लगाउनुहुन्छ भनेर तिनीहरूले निष्क्रिय रूपमा पर्खिरहनु हुँदैन—मानिसहरूमा यस्तो विचार हुनु हुँदैन। मानिसहरूमा हुनुपर्ने सही विचार के हो भने तिनीहरूलाई परमेश्‍वरका अभिप्रायहरू बुझ्न वा उहाँको अघि आउन लगाउनका लागि परमेश्‍वरको अनुशासन, ताडना, वा दण्डमा निष्क्रिय रूपमा तिनीहरू निर्भर भइरहनु हुँदैन, बरु तिनीहरू परमेश्‍वरका अभिप्रायहरू र सत्यता सिद्धान्तहरू खोजी गर्न परमेश्‍वरको अघि आउनमा अझै सकारात्मक र सक्रिय हुनुपर्छ। जुनसुकै बेला भए पनि, परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू तैँले अघि बढ्नुपर्ने दिशा हुन्, र ती तैँले आफ्नो दैनिक जीवनमा वा आफ्नो अस्तित्वको मार्गमा सबैभन्दा बढी पालना गर्नुपर्ने र अभ्यास गर्नुपर्ने सिद्धान्त र मार्गहरू हुन्, जबकि परमेश्‍वरले अनुशासनमा राख्‍नु, ताडना दिनु, वा दण्ड दिनु भनेको उहाँले निश्‍चित विशेष परिस्थितिहरूमा र उहाँले आवश्यक ठान्‍नुहुने परिस्थितिहरूमा प्रदर्शन गर्नुहुने कामका तरिकाहरू मात्रै हुन्। मानिसहरूका हकमा भन्दा, तिनीहरूले यस्तो घटना घटोस् भनेर निष्क्रिय रूपमा प्रतीक्षा गर्नु हुँदैन वा यस्तो सोच्दै निष्क्रिय रूपमा अनुरोध गर्नु हुँदैन, “म सत्यतालाई प्रेम गर्न र सत्यता अभ्यास गर्न सकूँ भनेर परमेश्‍वरले मलाई अनुशासनमा राख्‍नुहोस्, ताडना दिनुहोस्, र दण्ड दिनुहोस्।” यो तरिका गलत छ—परमेश्‍वर मानिसहरूका वास्तविक प्रकटीकरणहरू र तिनीहरूको जीवनका आवश्यकताहरू अनुसार काम गर्नुहुन्छ। कतिपय मानिसहरूले विवेक नभएका मानिसहरू पशुहरू हुन् र तिनीहरूले मुक्ति पाउन सक्दैनन् भन्‍ने सुन्छन्, त्यसकारण तिनीहरू चिन्तित हुन्छन् र सोच्छन्, “यदि मैले मुक्ति पाउन सकिनँ भने त्यो निकै समस्याग्रस्त हुनेछ। मसँग सामान्य मानवताको विवेकको चेतना नभएको हुनाले, म सामान्य मानवताको विवेकको सट्टामा परमेश्‍वरले नै मलाई अनुशासनमा राख्‍नुभएको होस् र दण्ड दिनुभएको होस् भन्‍ने चाहन्छु।” के यो राम्रो विचार हो? सृजित प्राणीको रूपमा, र भ्रष्ट मानवजातिको साधारण सदस्यको रूपमा, यदि तँलाई साँच्‍चै नै तँमा सामान्य मानवता छैन र तँमा सामान्य मानवताको विवेक छैन भन्‍ने लाग्छ भने, तँलाई यसको पीडा गहन रूपमा महसुस हुन्छ, र परमेश्‍वरको अनुशासन, ताडना, र दण्डले तँलाई नत्यागोस्, र त्यसले तँलाई रूपान्तरण गर्न र अन्तिममा बाँच्न सहयोग गर्नेछ भन्‍ने तँलाई आशा हुन्छ भने—यदि तँमा साँच्‍चै नै यस्तो सङ्कल्प छ भने, त्यो राम्रो कुरा हुन सक्छ, र यो तेरो अस्तित्वको आशाको किरण हो। तर यदि तँसँग त्यस्तो सङ्कल्प छैन भने, म तँलाई भन्छु: यदि तँसँग सामान्य मानवताको विवेकको चेतना छैन भने तँ ठूलो खतरामा हुन्छस्। यदि तँ कहिलेकहीँ परमेश्‍वरको अनुशासन, ताडना, र दण्ड प्राप्त गर्ने अवस्थामा पुगेको छस् भने पनि, त्यो उहाँले तँलाई दिनुभएको कुरा हो। परमेश्‍वरले तँलाई सम्झाउन र चेतावनी दिनका लागि यी कुराहरू गर्नुहुन्छ र यी विधिहरू प्रयोग गर्नुहुन्छ, ताकि तेरो दुष्कर्म घटोस् र तैँले पाउने दण्ड कम होस्। परमेश्‍वरले तेरो अभिमानलाई पर्याप्त रूपमा बचाउनुभएको छ; तँलाई के फाइदाजनक छ भन्‍ने थाहा नहुनुको सट्टा, तँलाई यो अनुग्रह देखाएर एउटा छूट दिनुभएकोमा तँ परमेश्‍वरप्रति कृतज्ञ हुनुपर्छ। सामान्य परिस्थितिहरूमा, परमेश्‍वरले मानवताको विवेक र समझ नभएको व्यक्तिमा कुनै काम गर्नुहुन्‍न वा कुनै पनि तरिका प्रयोग गर्नुहुन्‍न। यदि तैँले परमेश्‍वरबाट अनुशासन, ताडना, वा दण्ड प्राप्त गरेको छस् भने, यो जेसुकै भए पनि, यो हल्का भए पनि वा अलिक गम्भीर भए पनि, तँ यो सबैका लागि परमेश्‍वरप्रति कृतज्ञ हुनुपर्छ। मानिसका बोलीवचनको भाषामा भन्दा, यो त परमेश्‍वरले तँलाई महत्त्व दिनु र तँलाई उत्थान गर्नु हो। परमेश्‍वरले अवश्य नै तँलाई शत्रुताको नजरले हेर्नुहुन्‍न वा दोषी ठहराउनुहुन्न, त्यसकारण तैँले यसलाई परमेश्‍वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ। यदि तँसँग साँच्‍चै नै सत्यताको बन्दोबस्तभन्दा बाहिर परमेश्‍वरको अनुशासन, ताडना, वा दण्ड प्राप्त गर्ने मौका पाइस् भने, यसले के प्रमाणित गर्छ भने परमेश्‍वरले अझै पनि तँलाई सृजित प्राणी र भ्रष्ट मानवजातिको सदस्यको रूपमा व्यवहार गर्नुहुन्छ। तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ, यसलाई सही रूपमा बुझ्नुपर्छ, र तँ परमेश्‍वरको अनुशासन, ताडना, वा दण्डमा समर्पित हुनुपर्छ। यसको कारण तैँले परमेश्‍वरप्रति शत्रुतापूर्ण मनोवृत्ति राख्‍नु हुँदैन, न त तैँले यसको कारण परमेश्‍वरको विरुद्धमा अझै बढी विद्रोह गर्न मिल्छ। तैँले जस्तोसुकै अनुशासन पाए पनि, वा तैँले जति नै गम्भीर दण्ड पाए पनि, तँ परमेश्‍वरमा समर्पित हुनुपर्छ र तँलाई सम्झाउनुभएकोमा र चेतावनी दिनुभएकोमा, र तँलाई यो मौका दिनुभएकोमा, र तँलाई परमेश्‍वरबाट यो सबै प्राप्त गर्ने मौका दिनुभएकोमा उहाँलाई धन्यवाद दिँदै कुनै ढिलाइ नगरी तुरुन्तै उहाँलाई धन्यवाद दिनुपर्छ। यसले के पनि प्रमाणित गर्छ भने तँसँग अझै पनि परमेश्‍वरसँगको सम्बन्ध छ र यो बन्धन पूर्ण रूपमा तोडिएको छैन। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको काममा, र उहाँले मानिसहरूलाई मुक्ति दिने प्रक्रियामा, परमेश्‍वरले अझै पनि तँलाई आफ्नो हृदयमा राख्‍नुहुन्छ; कम्तीमा पनि, परमेश्‍वरले तँलाई अझै पनि हेर्नुहुन्छ—जब उहाँले तेरो विद्रोहीपन र भ्रष्टता देख्‍नुहुन्छ, तब पनि उहाँ अझै तँलाई अनुशासित गर्न, ताडना दिन, र दण्ड दिन इच्छुक हुनुहुन्छ। यसले उहाँले तँलाई पूर्ण रूपमा त्यागेको हुनुहुन्न भन्‍ने कुरालाई प्रमाणित गर्छ; तेरो लागि, यो सौभाग्यको कुरा हो, र यो राम्रो खबर पनि हो। त्यसकारण, यदि तँलाई अलिकति नै पीडादायी अनुशासन वा ताडना दिइयो भने पनि, तँ ढिलाई नगरी परमेश्‍वरको अघि आउनुपर्छ। परमेश्‍वरको अघि आउनुको उद्देश्य भनेको तँ उहाँको अघि झुक्नु होइन, न त तँलाई परमेश्‍वर भयभीत लाग्दो वा डरलाग्दो हुनुहुन्छ भन्‍ने महसुस गराउनु नै हो। बरु, तैँले परमेश्‍वरलाई खुशी पार्न के गर्नुपर्छ, परमेश्‍वरलाई अबदेखि तँसँग रिसाउन नदिनका लागि तैँले के गर्नुपर्छ, र उहाँको रिस हटाउनका लागि के गर्नुपर्छ भन्‍ने कुरा बुझ्नुपर्छ। कम्तीमा पनि, तैँले परमेश्‍वरले तँलाई बताउनुभएका सत्यता सिद्धान्तहरू अभ्यास गर्नका लागि आफ्नो क्षमताले हासिल गर्न सक्‍ने हदभित्र रहेर आफूले सक्दो गर्नुपर्छ, र तैँले फेरि परमेश्‍वरलाई तँसँग रिसाउन दिनु हुँदैन। यदि परमेश्‍वर बारम्बार तँसँग रिसाउनुहुन्छ, र तँ अत्यन्तै भावशून्य भइरहन्छस्, र अझै पनि कठोर व्यवहार गर्छस् र हठी भएर परमेश्‍वरलाई अन्त्यसम्मै शत्रुताको नजरले हेर्छस् र उहाँको विरुद्धमा लडाइँ गर्छस् भने, अन्त्यमा तैँले अवश्य नै परमेश्‍वरले तँलाई त्याग्‍नुहुने अवस्थाको सामना गर्नेछस्। परमेश्‍वरले तँलाई अनुशासनमा राख्‍न, ताडना दिन, वा दण्ड दिन छोड्नुभएको समय, परमेश्‍वरले तँलाई त्याग्‍नुभएको समय हो। अनि परमेश्‍वरले तँलाई त्याग्‍नुभएपछि, उहाँले तँलाई सम्झाउन छोड्नुहुनेछ, र उहाँले तँलाई आफ्नो नजरबाट हटाउनुहुनेछ, मण्डलीभन्दा बाहिरको ठाउँमा, उहाँको कामको केन्द्रबाट टाढा रहेको ठाउँमा लैजानुहुनेछ; कम्तीमा पनि, उहाँले आफ्नो कामको अवधिमा तँलाई देख्‍न नसकिने गरी यसो गर्नुहुनेछ—परमेश्‍वरले तँलाई अबदेखि हेर्न चाहनुहुन्न। यदि तैँले यति हदसम्‍म दुष्कर्म गरिस् र तँ यो विन्दुमा पुगिस् भने, तैँले मुक्ति पाउने कुनै आशा हुँदैन। बुझ्यौ? (बुझ्यौँ।)

आजको सङ्गति आफू र परमेश्‍वरको बीचमा रहेका पर्खालहरू र परमेश्‍वरप्रतिको व्यक्तिको शत्रुतालाई त्याग्‍ने विषयमा रहेको छ। चाहे यो परमेश्‍वरको बारेमा रहेका मानिसहरूका धारणा र कल्पनाहरूलाई खुलासा गर्नु होस्, वा परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई खुलासा गर्नु होस्, वा परमेश्‍वरले मानिसहरूमा आफ्नो काम कसरी र कुन-कुन तरिकाले गर्नुहुन्छ भन्‍ने बारेमा सङ्गति गर्नु होस्, जे भए पनि, यो सबैले अन्तमा मानिसहरूलाई के भन्छ भने: परमेश्‍वरको कामप्रति तिनीहरूले लिनुपर्ने सबैभन्दा सही दृष्टिकोण भनेको परमेश्‍वरबाट टाढा जानुको सट्टा परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नु र त्यसमा समर्पित हुनु, र परमेश्‍वरका वचनहरू र उहाँले तिनीहरूलाई प्रदान गर्नुहुने हरेक सत्यता सिद्धान्तलाई स्वीकार गर्नु हो। जब तिनीहरूले कुनै पनि कुरा गर्छन्, तब तिनीहरूले आफ्नो बाहिरी व्यवहारमा मेहनत गर्नुको सट्टा, वा बाहिरी रूपमा कठिनाइ भोग्‍नु र मूल्य चुकाउनुको सट्टा, र अवश्य नै आफ्ना धारणा र कल्पनाहरूमा फस्नु र तिनको बारेमा ठूलो झमेला लिनुको सट्टा सत्यता सिद्धान्तहरू खोज्नुपर्छ र ती अनुसार अभ्यास गर्नुपर्छ, र सत्यता वास्तविकतामा प्रवेशको खोजी गर्नुपर्छ। यति भनिसकेपछि, परमेश्‍वरको बारेमा रहेका तेरा धारणा र कल्पनाहरू जेसुकै भए पनि, परमेश्‍वरको कामले हासिल गर्ने अभिप्राय राखेको कुरा भनेको मानिसहरूमा उहाँका वचनहरू र सत्यता रोपिदिनु, र तिनीहरूलाई आफ्नो दैनिक जीवनमा र अस्तित्वको मार्गमा तिनीहरूले सामना गर्ने सबै कुरामा यी सत्यता सिद्धान्तहरू पालना गर्न र तिनलाई कायम राख्‍न सहयोग गर्नु हो—परमेश्‍वरको कामले पूरा गर्ने अभिप्राय राखेको परिणाम यही हो। परमेश्‍वरको कामले हासिल गर्ने अन्तिम परिणाम के हो भने उहाँले यी सबै कुरा मानिसहरूका धारणा र कल्पनाहरू अनुसार हासिल गर्नुको सट्टा सत्यता नै मानिसहरूको वास्तविकता र जीवन बन्‍न पुग्छ। तिमीहरूले यो कुरा बुझ्यौ, होइन र? हामीले यी विषयहरूका बारेमा लगभग पर्याप्त रूपमा सङ्गति गरिसकेका छौं, होइन र? (हो।) त्यसोभए आजको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। बिदा!

जुलाई ८, २०२३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्