सत्यता कसरी पछ्याउने (१) भाग चार
(३) परमेश्वर मानिसलाई कसरी शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भन्ने बारेमा मानिसहरूका धारणा र कल्पनाहरू
मानिसहरूसँग परमेश्वरको कामबारे अर्को प्रकारको धारणा र कल्पना हुन्छ, जुन के हो भने तिनीहरूको दैनिक जीवनमा, तिनीहरू कमजोर हुँदा, तिनीहरूभित्र परमेश्वरप्रतिको विभिन्न प्रकारका विद्रोहीपन देखा पर्दा, वा तिनीहरूले परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र परमेश्वरको विरोध गर्ने कुराहरू गरेका हुँदा, तिनीहरू आफ्ना धारणा र कल्पनाहरूमा आफूलाई अनुशासित गरिनुपर्छ, ताडना, वा दण्ड, श्राप समेत दिइनुपर्छ, इत्यादि भन्ने विश्वास गर्छन्। उदाहरणका लागि, कहिलेकहीँ मानिसहरूले गलत कुरा भन्छन् वा केही धारणाहरू प्रकाश गर्छन्, वा तिनीहरूले कुनै कुराप्रति निश्चित रायहरू राख्ने र केही अवज्ञा पाल्ने गर्छन्, र केही समयपछि, तिनीहरू यसो सोच्छन्, “मैले यो विद्रोहीपन र विश्वासघात प्रकाश गरेको छु, तर किन यसका लागि मलाई ताडना दिइएको छैन? मेरो जिब्रोमा कुनै घाउ-खटिरा आएको छैन, म राती नराम्रो सपना देख्दिनँ, र मलाई हृदयमा असहजता महसुस हुँदैन। किन? मैले कसरी पवित्र आत्माको काम अनुभव गर्दिनँ?” तिनीहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले के विश्वास गर्छन् भने परमेश्वर तिनीहरूलाई मुक्ति दिन आउनुभएको हुनाले, र परमेश्वरको कामले तिनीहरूलाई विजय गर्ने मात्र होइन, तर तिनीहरूलाई रूपान्तरण गर्नुपर्ने र शुद्ध पार्नुपर्ने भएको हुनाले, अनि सत्यतासँग नमिल्ने तिनीहरूले पालेका सबै प्रकारका विचार र दृष्टिकोणहरू रूपान्तरण पनि गर्नुपर्ने हुनाले, यदि तिनीहरूको विचारमा सत्यताअनुरूप नहुने केही कुराहरू छन्, वा फोहोरी, मैलो, वा दुष्ट कुराहरू छन् भने, तिनीहरूलाई ती कुराका लागि ताडना दिइनुपर्छ, हप्काइनुपर्छ, वा दण्ड समेत दिइनुपर्छ, र तिनीहरूले सोच्छन्, “मानिसहरूलाई बारम्बार अनुशासनमा राखिएन भने तिनीहरू कसरी परिवर्तन हुन सक्छन् र कसरी पवित्रीकरण हुन सक्छन्?” यहाँ मानिसहरूका धारणा र कल्पनाहरू के-के हुन्? तोकेर भन्दा, तिनीहरूलाई बारम्बार अनुशासनमा राखिनुपर्छ, हप्काइनुपर्छ, ताडना दिइनुपर्छ, दण्ड दिइनुपर्छ, र सजाय दिइनुपर्छ र न्याय समेत गरिनुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले स्वभाव परिवर्तन हासिल गर्न सक्छन्। तर, दैनिक जीवनमा, जब मानिसहरूले फोहोरीपन, दुष्टता, र भ्रष्टता प्रकट गर्छन्, तब तिनीहरू स्वतः नै त्यसो गर्छन्, तिनीहरू यो कुरा महसुस गर्न सक्छन्, र यसरी जिउँदा तिनीहरूलाई शान्ति समेत महसुस हुन्छ र तिनीहरूलाई ताडना वा दण्ड दिइएको छ भन्ने महसुस हुँदैन, र तिनीहरूलाई यो असामान्य लाग्छ। मानिसहरू के सोच्छन् भने, यदि तिनीहरूले भ्रष्टता प्रकट गरे भने, तिनीहरूलाई कम्तीमा पनि हप्कीको अनुभूति हुनुपर्छ, वा तिनीहरू बिरामी पर्नुपर्छ, वा मुखमा घाउ-खटिरा आउनुपर्छ, वा खाँदा अड्किनुपर्छ वा जिब्रो टोकिनुपर्छ, र तिनीहरूले हेर्न नहुने कुरा हेरे भने तिनीहरूको आँखा रातो हुनुपर्छ र सुन्निनुपर्छ। मलाई भन, के परमेश्वरले यी कुराहरू गर्नुहुन्छ? (गर्नुहुन्न।) के उहाँले ती कुराहरू पटक्कै गर्नुहुन्न त? (जब मानिसहरूले सत्यता बुझ्दैनन्, तब परमेश्वरले तिनीहरूलाई तिनीहरूको कद अनुसार थोरै ताडना दिन र हप्काउन सक्नुहुन्छ, ताकि तिनीहरू आत्मचिन्तन गर्न र सत्यतामा प्रवेश गर्न सकून्। तर, जब मानिसहरूले सत्यता बुझ्छन् र तिनीहरूले गरेको काम गलत छ भन्ने कुरा हृदयमा स्पष्ट रूपमा थाहा पाउँछन्, तब परमेश्वरले तिनीहरूलाई अवश्य नै त्यो अवस्थामा ताडना दिनुहुनेछैन, किनभने उहाँ आशा गर्नुहुन्छ कि तिनीहरूले सत्यताको खोजी गरून्, र आफ्नो कार्य र व्यवहार मापन गर्न उहाँका वचन र सत्यताको प्रयोग गरून्।) त्यो कुराको बारेमा निकै राम्रोसँग सङ्गति गरिस्। मानिसहरू आफ्ना धारणा र कल्पनाहरूमा के विश्वास गर्छन् भने, जब-जब तिनीहरूले भ्रष्टता र विद्रोहीपन प्रकट गर्छन्, तब-तब परमेश्वरले तिनीहरूलाई अनुशासित गर्नुपर्छ, र विशेष गरी, जब दुष्ट मानिसहरूले दुष्कर्म गर्छन्, तब परमेश्वरको दण्ड तुरुन्तै तिनीहरूमाथि आइपर्नुपर्छ, ताकि दुष्ट मानिसहरूले निश्चित रूपमा नै दण्ड पाऊन्। तर वास्तविक जीवनमा, तिनीहरूले यी दण्डहरू लागू भएको बिरलै देख्छन्। एक हिसाबमा, जब मानिसहरूले विभिन्न प्रकारका भ्रष्टता र विद्रोहीपन प्रकट गर्छन्, तब तिनीहरूलाई अनुशासनमा राखिँदैन वा ताडना दिइँदैन, र अर्को हिसाबमा, जब दुष्ट मानिसहरूले दुष्कर्म गर्छन्, तब तिनीहरूलाई दण्ड दिइँदैन। यसले मानिसहरूको हृदयको गहनतम भागमा परमेश्वरको कामबारे निश्चित धारणाहरू पैदा गर्छ, र कतिपय मानिसहरूले आफ्नो आस्था समेत गुमाउँछन्, र यी बाहिरी कामकुराहरूका आधारमा परमेश्वरको कामलाई मापन गर्छन्, र उहाँको कामबारे आलोचना गर्छन्। यी मानिसहरूका धारणा र कल्पनाहरू नै हुन्, होइनन् र? जब मानिसहरूले भ्रष्टता र विद्रोहीपन प्रकट गर्छन्, तब के परमेश्वरले तिनीहरूलाई ताडना दिनैपर्छ, वा सजाय दिनैपर्छ र न्याय गर्नैपर्छ? (होइन।) कतिपय मानिसहरू भन्छन्, “जब परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई पूर्ण रूपमा मुक्ति दिनु नै पर्छ। परमेश्वरको कामको उद्देश्य के हो? के त्यो मानिसहरूलाई शुद्ध पार्नु होइन र? त्यसकारण जब मानिसहरूले भ्रष्टता र विद्रोहीपन प्रकट गर्छन्, तब परमेश्वरले तिनीहरूलाई अनुशासित गर्नुपर्छ र हप्काउनुपर्छ—तिनीहरूप्रति जिम्मेवार हुनु भनेको यही हो। नत्र भने, उहाँ मानिसहरूलाई वास्ता गर्नुहुन्न र तिनीहरूलाई साँचो रूपमा प्रेम र कृपा गर्नुहुन्न।” के मानिसहरूले यसरी सोच्दैनन् र? (सोच्छन्।) यहाँ बुझ्नुपर्ने सत्यताहरू के-के हुन्? के मानिसहरूले सत्यता बुझ्न, र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि अनुशासन, ताडना, र दण्ड भोग्नु अत्यावश्यक प्रक्रियाहरू नै हुन्? के ती मानिसहरूलाई मुक्ति दिन र रूपान्तरण गर्न परमेश्वरका लागि अत्यावश्यक माध्यम र तरिकाहरू हुन्? कतिपय मानिस यो बुझ्न नै सक्दैनन् र सोच्छन्, “यदि परमेश्वर साँच्चै नै अस्तित्वमा हुनुहुन्छ र उहाँ मानिसहरूलाई मुक्ति दिनका लागि आफ्नो काम गर्नुहुन्छ भने, मानिसहरूले भ्रष्टता प्रकट गर्दा वा उहाँको विरुद्धमा विद्रोह गर्दा उहाँ किन तिनीहरूलाई अनुशासनमा राख्नुहुन्न? परमेश्वरले किन दुष्ट मानिसहरूलाई दुष्कर्म गरेकोमा दण्ड दिनुहुन्न?” जब परमेश्वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्न, वा जब दुष्ट मानिसहरूलाई दुष्कर्म गरेकोमा दण्ड दिइँदैन, तब के यसले कतिपय मानिसहरूलाई परमेश्वरको अस्तित्व र उहाँको कामका परिणामहरूबारे प्रश्न गर्ने तुल्याउँदैन र? यदि बारम्बारको अनुशासन र दण्डले मानिसहरूको सत्यताको खोजीलाई प्रतिस्थापन गर्न वा तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउन सक्ने भएको भए, अनुशासन र दण्ड मानिसहरूलाई मुक्ति दिनका लागि परमेश्वरले काम गर्ने मुख्य तरिका, र त्यसो गर्ने अत्यावश्यक माध्यम हुनेथ्यो। तर मानिसहरूको भ्रष्टताको हालको तह हेर्दा, के परमेश्वरको अनुशासन र दण्डद्वारा तिनीहरूको शैतानी प्रकृति तुरुन्तै रूपान्तरण गर्न सकिन्थ्यो? के मानिसहरूले तुरुन्तै साँचो पश्चात्ताप गर्न सक्थे? के तिनीहरू तुरुन्तै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्थे? (अहँ, सक्थेनन्।) त्यो तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुनेथियो। त्यसकारण, परमेश्वरको कामको यो चरणमा, परमेश्वरले मानिसहरूलाई जीवन प्रदान गर्न सत्यताहरू व्यक्त गर्दै गर्दा, उहाँले मानिसहरूलाई अन्तर्दृष्टि दिने र मार्गदर्शन गर्ने—पवित्र आत्माको काम बाहेक अरू कुनै अलौकिक काम गर्नुहुन्न, र उहाँले मानिसहरूलाई ताडना दिने, अनुशासनमा राख्ने, वा दण्ड दिने जस्ता कुराहरू समेत बिरलै गर्नुहुन्छ। मानिसहरूलाई ताडना दिनु, अनुशासित गर्नु, र दण्ड दिनु परमेश्वरको कामको प्रमुख भाग होइन, तर उहाँले अझै पनि यी कुराहरू गर्नुहुन्छ। अर्थात्, निश्चित विशेष मानिसहरू वा विशेष मामलाहरूका हकमा, वा निश्चित विशेष वातावरणहरूमा, निश्चित विशेष नतिजाहरू हासिल गर्नका खातिर वा निश्चित विशेष कारणहरूवश, परमेश्वरले मानिसहरूलाई अनुशासनमा राख्ने, ताडना दिने, वा दण्ड दिने काम गर्नुहुनेछ। तर समग्रमा, उहाँको कामको यस चरणमा, उहाँले काम गर्ने मुख्य तरिका भनेको मानिसहरूलाई सत्यता पछ्याउने तिनीहरूको मार्गमा खाँचो पर्ने कुरा प्रदान गर्नका लागि सत्यता बोल्नु र व्यक्त गर्नु हो, र यसको उद्देश्य भनेको तिनीहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउनु हो। अहिले परमेश्वरले अत्यन्तै धेरै सत्यता व्यक्त गर्नुभएको हुनाले, उहाँले विगतमा गर्नुभएका अनुशासनमा राख्ने, ताडना दिने, र दण्ड दिने काम समेत बिरलै गर्नुहुन्छ। त्यसकारण मानिसहरूले त परमेश्वरले तिनीहरूलाई अनुशासनमा राखिरहनुभएको छ कि छैन, तिनीहरूलाई अवरोध गरिरहनुभएको छ कि छैन, वा तिनीहरूलाई कुनै निश्चित मामलामा कामकुराहरूलाई सहज रूपमा अघि बढ्ने तुल्याइरहनुभएको छ कि छैन भन्ने कुरामा, र अरू त्यस्ता तरिका र अभ्यासहरूमा ध्यान दिनुको सट्टा दैनिक जीवनमा मामलाहरू सामना गर्दा तिनीहरूले अभ्यास गर्नुपर्ने विभिन्न सत्यता सिद्धान्तहरूमा नै बढी ध्यान दिनुपर्छ। परमेश्वरले अनुशासन, ताडना, र दण्ड जस्ता विधिहरू बिरलै प्रयोग गर्नुहुने हुनाले, उहाँले ती कहिल्यै प्रयोग गर्नुहुन्न भन्ने होइन, तर उहाँले ती बिरलै मात्रै प्रयोग गर्नुहुन्छ। मैले “ती बिरलै प्रयोग गर्नुहुन्छ” भन्नुको अर्थ के हो? कहिलेकहीँ, केही विशेष परिस्थितिहरूमा, उहाँले मानिसहरूलाई सत्यता बुझ्न र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सहयोग गर्ने केही काम गर्नका लागि—हल्का रूपमा वा नमुना र उपमाका रूपमा—अनुशासन, ताडना, वा दण्डका विधिहरू प्रयोग गर्नुहुन्छ। अर्थात्, उहाँ मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सहयोग गर्न यी तरिकाहरू प्रयोग गर्नुहुन्छ, तर त्यति मात्र हो। त्यसोभए, परमेश्वरले आफ्नो काममा किन यी विधिहरू धेरै प्रयोग गर्नुहुन्न त? उहाँले किन मुख्य रूपमा यी तरिकाले काम गर्नुहुन्न? एक हिसाबमा, किनभने उहाँको कामको यो चरणमा, उहाँले मानिसहरूलाई तिनीहरूले बुझ्नुपर्ने विभिन्न सत्यताहरू बताइसक्नुभएको छ र प्रदान गरिसक्नुभएको छ, र तिनीहरूले यी सत्यताहरू सुनिसकेका छन्, र तिनीहरूसँग पहिले नै तिनीहरूको बुझाइको दायराभित्र ती कुराहरूको बोध र ज्ञान छ। यो एउटा कारण हो। अर्को कारण मानिसहरूका व्यक्तिपरक तत्त्वहरूसँग सम्बन्धित छ। मानिसहरूसँग सामान्य मानवताको विवेक हुन्छ, र यस विवेकको प्रभावमा, तिनीहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू, वा तिनीहरूका आफ्नै कार्य, सोच, र दृष्टिकोणहरू, सकारात्मक छन् कि नकारात्मक छन् भनेर तिनीहरूले मापन गर्नेछन्। कम्तीमा पनि, मानिसहरूका अन्तस्करणमा, यो सब कुरालाई मापन गर्ने विवेकको मानक हुन्छ। यदि तैँले निश्चित कुरालाई मापन गर्न आफ्नो विवेक प्रयोग गर्छस् र यो सकारात्मक छ भनेर निर्धारित गर्छस् भने, तैँले यो काम अघि बढाउनुपर्छ, र तँ त्यो गर्न अलिक सुस्त वा ढिलो भइस् भनेर आफूलाई हप्काउनु पर्दैन। यदि तैँले त्यो कुरालाई मापन गर्न आफ्नो विवेक प्रयोग गर्छस् र यो नकारात्मक छ र यो काम गर्नु हुँदैन भन्ने निर्धारित गर्छस् भने, तैँले आफूलाई नियन्त्रित गर्नुपर्छ र त्यो कुरा भन्नु वा गर्नु हुँदैन। तर, यदि तँमा विवेक र समझद्वारा सञ्चालित भावनाहरू छैनन् भने, तँ मानव होइनस्। यदि तँसँग विवेक र समझ समेत छैन भने, तैँले कुनै कुरा सही छ कि गलत छ, सकारात्मक छ कि नकारात्मक छ भनेर मापन गर्नै सक्दैनस्, त्यसकारण परमेश्वरले तँलाई अनुशासनमा राख्नु र दण्ड दिनु व्यर्थ हुनेथ्यो। अर्को शब्दमा भन्दा, विवेकका प्रभावका अधीनमा नहुनेहरूमा परमेश्वरले काम गर्नुहुन्न, र उहाँले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। तिनीहरूलाई “मुक्ति नदिनु” भन्ने शब्दमा के समावेश हुन्छ? उहाँले तिनीहरूलाई अनुशासनमा राख्न समेत चाहनुहुन्न; उहाँले तिनीहरूलाई अनुशासनमा राख्ने वा ताडना दिने गर्नुहुन्न। यस्तो सोध्नेहरू पनि हुन्छन्, “यदि कसैले दुष्कर्म गर्यो भने, के परमेश्वरले उसलाई दण्ड दिनुहुनेछ?” परमेश्वरले तिनीहरूलाई सीधै दण्ड दिनुहुनेछैन, किनभने मण्डलीका प्रशासनिक आदेशहरू हुन्छन्। यदि ऊ बाधा वा अवरोध पुऱ्याउने दुष्ट व्यक्ति हो भने, उसलाई निकाल्नु वा निष्कासित गर्नुमा नै मामला सक्किन्छ। उसले निकालिने वा निष्कासित हुने सर्तहरू पूरा नगरे पनि, उसलाई ख समूहमा पठाइनेछ। यदि कसैले परमेश्वरका भेटीहरू बरबाद गर्यो भने, त्यो त झनै गम्भीर कुरा हो, र उसले आफूले परिपूर्ति गर्नुपर्नेजति रकम परिपूर्ति गर्नुपर्छ, त्यसपछि उसलाई उचित रूपमा निराकरण गर्नुपर्छ। परमेश्वरको कामको सिद्धान्त र उहाँले मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्त यही हो। यो सरल छ, होइन र? (हजुर, हो।) के परमेश्वरले तँलाई छनौट गर्नुको अर्थ उहाँले तँलाई पूर्ण पार्नैपर्छ, र उहाँले त्यसो नगरेसम्म उहाँ रोकिनुहुनेछैन भन्ने तँलाई लाग्छ? विवेक र समझ भएका, र सत्यता पछ्याउनेहरूका हकमा मात्रै यो कुरा लागू हुन्छ—मुक्ति पाउन सक्नेहरूका हकमा मात्रै यो लागू हुन्छ। विवेकको चेतना समेत नभएका मानिसहरूका हकमा भन्दा, तिनीहरूलाई मण्डलीका प्रशासनिक आदेशहरूअनुसार व्यवहार र निराकरण मात्रै गरे पुग्छ—परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुनेछैन। तिनीहरूलाई अनुशासनमा राख्नुको के अर्थ हुन्छ र? सामान्य मानवता र विवेकको अभाव भएका मानिसहरूलाई अनुशासनमा राख्नु भनेको माछालाई जमिनमा जिउन बाध्य पार्नु, वा सुँगुरलाई उड्न बाध्य पार्नु जस्तै हो, यो सुँगुरको अघि मोती फाल्नु र अशुद्धको अगाडि खानका लागि पवित्र कुराहरू फाल्नु जस्तै हो—परमेश्वरले निश्चित रूपमा नै यसो गर्नुहुन्न। त्यसकारण, यस मामलामा, मानिसहरूले यस्तो सोच्नु हुँदैन, “मलाई परमेश्वरले चुन्नुभएको हो, म परमेश्वरको भेडामध्ये एक हुँ, र मैले गल्ती गरे पनि र दुष्कर्म गरे पनि, परमेश्वरले मलाई त्याग्नुहुनेछैन।” यो अभिव्यक्ति सही छैन—तँ भेडा होस् कि ब्वाँसो होस् भनेर भन्न गाह्रो छ। तँ परमेश्वरको भेडामध्ये एउटा होस् कि होइनस् भनेर तैँले कसरी मापन गर्छस्? यो कुरा तैँले मानवता र विवेकको विरुद्धमा जाने कुनै काम गर्दा तँलाई यसको बारेमा थाहा हुन्छ कि हुँदैन र तेरो विवेकलाई धिक्कार र हप्काइ महसुस हुन्छ कि हुँदैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँलाई हप्काइ महसुस हुन्छ भने, तैँले आफूलाई सुल्ट्याउनेछस्, र तैँले सत्यता नबुझे पनि, तैँले विवेकको मानकअनुसार काम गर्न सक्नेछस्। कम्तीमा पनि, तैँले सामान्य मानवताअनुसार काम गर्न सक्नेछस्। यदि तँमा यी प्रकटीकरणहरू छन् भने, तँ परमेश्वरको भेडामध्ये एउटा होस्। जब तैँले सामान्य मानवताको विवेकको विरुद्धमा जाने र नैतिक इन्साफको उल्लङ्घन गर्ने कुनै कुराको सामना गर्छस्, यदि, तँसँग अलिकति पनि इन्साफको बोध हुँदैन, र तैँले गरेको दुष्कर्म, वा दुष्ट मानिसहरूले पुऱ्याएको बाधाप्रति तँलाई तिरस्कार वा घृणा महसुस हुँदैन, र तेरो विवेकलाई हप्काइ महसुस पटक्कै हुँदैन भने, तँ परमेश्वरको भेडामध्ये एक होइनस्, तँ ब्वाँसो होस्, तँ पशु होस्, र तँ दियाबलस होस्। तँ परमेश्वरको भेडा होस् कि ब्वाँसो होस् भनेर मापन गर्ने मानक यही हो। यदि तँ परमेश्वरको भेडामध्ये एउटा होइनस्, र पनि तँ अझै “मैले भ्रष्टता र विद्रोहीपन प्रकट गरेको छु, तैपनि परमेश्वरले मलाई अनुशासित गर्नुभएको छैन; परमेश्वरले मलाई अनुशासित गर्नुपर्छ” भन्ने जस्ता विचार, धारणा, र कल्पनाहरू प्रयोग गरेर परमेश्वरको कामलाई निरन्तर मापन गर्छस् भने, तँ मूर्ख होस्। तँ पटक्कै परमेश्वरको भेडामध्ये एक होइनस्, र परमेश्वरसँग तँलाई मुक्ति दिने कुनै अभिप्राय छैन, त्यसकारण के तँ परमेश्वरको काम मापन गर्न र मूल्याङ्कन गर्न योग्य हुन्छस् त? यदि यो मूर्खता होइन भने, के हो त? तैँले यस कुरालाई मापन गर्न सक्छस्, होइन र? (अहिले सक्छु।)
विवेक हुनुको मापदण्ड के हो? कुनै व्यक्तिमा विवेक छ कि छैन भनेर तैँले कसरी मापन गर्नुपर्छ? (यो कुरा दुष्ट मानिसहरूले दुष्कर्म गरेको वा परमेश्वरको घरका हितहरूमा हानि गर्ने कुराहरू देखेपछि तिनीहरूको हृदयमा इन्साफको बोध हुन्छ कि हुँदैन, र तिनीहरू यी कुराहरूलाई घृणा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूको हृदयमा कुनै चेतना छैन भने, तिनीहरूमा कुनै विवेक हुँदैन। यसको साथै, यदि कुनै व्यक्तिले गरेको दुष्कर्म, वा सिद्धान्तहरू स्पष्ट रूपमा उल्लङ्घन गर्ने गरी उसले गरेका कुराहरूका बारेमा उसको हृदयमा कुनै चेतना छैन भने, त्यस्ता मानिसहरूमा पनि कुनै विवेक हुँदैन।) यदि तँसँग कुनै विवेक छैन भने, तँ मानव होइनस्। त्यस्तो अवस्थामा, के परमेश्वरले अझै पनि तँलाई मुक्ति दिनुहुनेछ? यदि परमेश्वरले तँलाई मुक्ति दिनुभएन भने, के उहाँले तँलाई अझै पनि अनुशासनमा राख्नुहुनेछ? अनुशासन र ताडना दिनु परमेश्वरको कामको न्यूनतम भाग हो। जब म “न्यूनतम” भन्छु, तब मेरो तात्पर्य के हो भने परमेश्वरले यी विधिहरूलाई कहिलेकहीँ मात्रै प्रयोग गर्नुहुन्छ, तर ती अझै पनि परमेश्वरको कामको भाग हुन्। यदि तँसँग विवेक वा समझ समेत छैन भने, के परमेश्वरले तँलाई अनुशासनमा राख्नुको कुनै फाइदा हुन्छ? यदि तँसँग कुनै इन्साफको बोध छैन, र तँलाई दुष्टता, सत्यताको विरुद्धमा जाने, नैतिक न्यायको विरुद्धमा जाने, र तेरो विवेकको विरुद्धमा जाने सबै कुराप्रति केही महसुस हुँदैन, र तैँले त्यस्ता कुराहरूलाई घृणा गर्दैनस्, र यदि तँ परमेश्वरको घरका हितहरूको रक्षा गर्न परमेश्वरको पक्षमा खडा हुन सक्दैनस्, र तैँले मण्डलीको कामको रक्षा गर्न खडा भएर एउटा कुरा बोल्न सक्दैनस्—एउटै मात्र निष्पक्ष अभिव्यक्ति समेत बोल्दैनस् भने—तँ मानव होइनस्। तँ मानव होइनस्, तैपनि परमेश्वरले तँलाई अनुशासनमा राख्नुहुन्छ भनेर लालची रूपमा आशा गर्छस्। तैँले साँच्चै आफूलाई उचालिरहेको छस् र आफूलाई बाहिरी व्यक्तिको रूपमा लिइरहेको छैनस्! कतिपयले भन्छन्, “यदि कुनै व्यक्ति परमेश्वरको भेडा होइन तर ब्वाँसो हो भने, परमेश्वरले उसलाई अनुशासनमा राख्नुहुनेछैन। त्यसोभए यदि तिनीहरू परमेश्वरका भेडाहरूमध्ये एउटा हुन् भने, के परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुनेछ?” विशेष परिस्थितिहरूमा, परमेश्वरले कहिलेकहीँ तँलाई अनुशासित गर्नुहुन्छ र तेरो लागि जिम्मेवारी लिनुहुन्छ। तँ अबुझ र अनजान भए पनि, परमेश्वरले तँलाई अगुवाइ गर्नुहुनेछ, अनुशासनमा राख्नुहुनेछ, र हप्काउनुहुनेछ। परमेश्वरको काम उचित हदसम्म गरिन्छ र त्यतिमै छोडिन्छ। उहाँले किन यसरी काम गर्नुहुन्छ? किनभने यदि तँसँग विवेक छ भने, जब परमेश्वरले तँलाई यसरी हप्काउनुहुन्छ, तब तेरो विवेकले तुरुन्तै चेतना प्राप्त गर्नेछ, र तैँले आफूलाई दोष दिनेछस् र तँलाई उहाँप्रति ऋणी महसुस हुनेछ; तँलाई पछुतो, दुःख, र वेदना हुनेछ, र तँ आफूलाई परिवर्तन गर्न सक्नेछस् र अन्तिममा सत्यता सिद्धान्तहरू खोज्न र सत्यताअनुसार अभ्यास गर्न सक्नेछस्—परमेश्वरले चाहनुहुने परिणाम यही हो। यदि तँसँग संवेदनशील विवेक छ र तैँले धेरै सत्यता बुझेको छस्, र परमेश्वरले तँलाई अनुशासनमा नराख्नुभए पनि, ताडना नदिनुभए पनि, वा तँलाई निर्देशन नदिनुभए पनि, तैँले अझै पनि समस्यालाई महसुस गर्न सक्छस्, र तेरो विवेकमा अझै चेतना हुन्छ, र तँलाई धिक्कार र हप्काइको महसुस हुन्छ भने, त्यो अझै राम्रो कुरा हो, र परमेश्वरको अनुशासनको आवश्यकता पर्दैन। यदि परमेश्वरले तँलाई अनुशासनमा नराख्नुभए पनि, तेरो विवेक अत्यन्तै संवेदनशील हुन्छ र तँलाई हप्काइएको महसुस हुन्छ, र तँलाई पछुतो हुन्छ, व्याकुलता हुन्छ, परमेश्वरप्रति ऋणी महसुस हुन्छ, र तैँले उहाँलाई अन्याय गरेको छस्, निराश तुल्याएको छस्, र उहाँलाई असन्तुष्ट तुल्याएको छस् भन्ने महसुस गर्छस्, र तँ सक्रिय रूपमा सत्यता सिद्धान्तहरू खोजी गर्न र उहाँका मागहरूअनुसार काम गर्न सक्छस्। सामान्य मानवताको विवेकले मानिसहरूमा पार्ने प्रभाव यही हो, र यसले मानिसहरूमा पार्नुपर्ने प्रभाव पनि यही हो। त्यसकारण, व्यक्ति परमेश्वरको भेडा हो कि होइन, र उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा ऊसँग सामान्य मानवता र विवेक छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यो निर्णायक र महत्त्वपूर्ण कुरा हो। यदि तैँले धेरै सत्यता बुझेको छु भनेर भन्छस् भने, जब तँ आफै विद्रोही हुन्छस्, वा तैँले दुष्ट मानिसहरूले दुष्कर्म गरेको देख्छस्, तब के तैँले बुझेका सत्यताहरू लागू हुन्छन्? के तिनले तँलाई सुपरिवेक्षण गर्ने, अन्तर्दृष्टि दिने, र तेरो विवेकलाई हप्काइएको महसुस गराउने र प्रयोगमा आउने प्रभाव पार्छन्? यदि तँसँग विवेकको कुनै चेतना छैन भने, तँमा विवेक र सामान्य मानवताको कमी हुन्छ, र तैँले सत्यता होइन तर धर्मसिद्धान्तलाई बुझेको हुन्छस्। यदि तैँले धर्मसिद्धान्त मात्रै बुझेको छस् भने, तैँले सत्यतालाई अभ्यास गर्न सक्दैनस्, र तँ मुक्ति पाउनेहरूमध्ये एउटा होइनस्। तिमीहरूले यो कुरा बुझ्यौ, होइन र? (हो।) त्यसकारण, परमेश्वरको काममा, जब परमेश्वरले काम गर्नुहुने केही सबैभन्दा आधारभूत तरिकाहरूका कुरा आउँछ, तब मानिसहरूले तिनलाई आफ्नै धारणा र कल्पनाहरूका आधारमा सीमित गर्नु हुँदैन। तँलाई परमेश्वरले अनुशासनमा राख्नुभएको, ताडना दिनुभएको, र दण्ड दिनुभएको भए पनि, वा तँलाई कहिल्यै अनुशासनमा नराख्नुभएको, ताडना, वा दण्ड नदिनुभएको भए पनि, यो तैँले कति वटा सत्यता सिद्धान्तहरू बुझेको छस् भन्ने कुराको सङ्केत होइन, न त यसले तँ परमेश्वरले चुन्नुभएको व्यक्ति होस् भन्ने कुरालाई नै जनाउँछ। सायद तैँले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको छ होला र तँलाई अनगिन्ती पटक अनुशासनमा राखिएको र ताडना दिइएको छ होला, तर तैँले कहिल्यै पनि सत्यता सिद्धान्तहरू अनुसार काम गरेको छैनस्—त्यस्तो अवस्थामा, जब तैँले अन्तमा मुक्ति पाउँदैनस्, तब यो सबै तेरो आफ्नै गल्ती हुनेछ र त्यो तैँले पाउनुपर्ने कुरा नै हुनेछ। परमेश्वरमाथिको तेरो विश्वासमा तँलाई बिरलै अनुशासनमा राखिएको र दण्डित गरिएको हुन सक्छ, तर तेरो विवेकको कारण, तँलाई प्रायजसो हप्काइ र धिक्कारको महसुस हुन्छ, र जब तैँले अपराध गर्छस् तब तँलाई पछुतो हुन्छ र आफूलाई परिवर्तन गर्छस्, र तैँले सत्यता सिद्धान्तहरू खोजी गर्न, सत्यताको अभ्यास गर्न, र सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छस्—यस अवस्थामा, तँ मुक्ति पाउनुहुनेहरूमध्ये एक हुन्छस्। बुझ्यौ? (बुझ्यौँ।) मैले दुई वटा परिस्थितिहरूको बारेमा उल्लेख गरेँ। ती निश्चित रूपमा के हुन्? (एउटा परिस्थिति मानिसहरूलाई धेरै अनुशासनमा राखिएको र दण्ड दिइएको हुन्छ, तर अन्त्यमा तिनीहरूले अझै पनि सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्दैनन् र तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन्, त्यसकारण तिनीहरूले मुक्ति पाउँदैनन्, र यो सबै तिनीहरूको आफ्नै गल्ती हो। अर्को परिस्थिति के हो भने, कतिपय मानिस परमेश्वरले धेरै अनुशासन वा ताडना नदिई आफूलाई काबुमा राख्नका लागि आफ्नो विवेक प्रयोग गर्न सक्छन्, र जब तिनीहरू सिद्धान्तहरू उल्लङ्घन गर्छन् वा विद्रोहीपन प्रकट गर्छन्, तब तिनीहरूलाई आफ्नो विवेकले हप्काएको महसुस हुन्छ, र तिनीहरूले सक्रिय रूपमा सत्यताको खोजी गर्न र सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन्, र कम्तीमा पनि, तिनीहरूले केही सकारात्मक कुराहरू गर्न सक्छन्, त्यसकारण तिनीहरू मुक्ति पाउने मानिसहरूमध्येका हुन्। परमेश्वरले भर्खरै यी दुई वटा परिस्थितिहरूका बारेमा कुरा गर्नुभयो।) तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा यी दुई प्रकारका मानिसहरूलाई मूल्याङ्कन गर्ने मापदण्ड हो। कतिपय मानिसहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्दैनन्, र तिनीहरूले जति धेरै धर्मसिद्धान्त बुझे पनि वा तिनीहरूलाई जति धेरै अनुशासनमा राखिए पनि र दण्ड दिइएको भए पनि, तिनीहरू मुक्तिका निसानाहरू हुँदैनन्। जबकि, अरू मानिसहरूलाई परमेश्वर बिरलै अनुशासनमा राख्नुहुन्छ र दण्ड दिनुहुन्छ वा उहाँ तिनीहरूलाई बिरलै ताडना दिनुहुन्छ र हप्काउनुहुन्छ, तर तिनीहरू बारम्बार आत्मचिन्तन गर्न सक्छन्, र जब तिनीहरू सिद्धान्तहरू उल्लङ्घन गरेर काम गर्छन् वा विद्रोहीपन प्रकट गर्छन्, तब तिनीहरू आफ्नो विवेकले हप्काएको र धिक्कारेको महसुस गर्न सक्छन्, र पछि तिनीहरूलाई पछुतो हुन्छ र तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार सक्रिय रूपमा अभ्यास गर्न सक्छन्। परमेश्वरले तिनीहरूलाई बिरलै अनुशासनमा राख्नु वा ताडना दिनुहुने भए पनि, यस्ता मानिसहरू अझै पनि मुक्तिका निसानाहरू हुन्। मैले यहाँ उल्लेख गरेको अनुशासन र दण्डसँग परमेश्वरका वचनहरूको न्याय र सजायसँग कुनै सम्बन्ध छैन, तर ती मानिसहरूले आफ्नै धारणा र कल्पनाहरूका आधारमा अनुशासन र दण्डका रूपमा लिने कुराहरू मात्रै हुन्। मानिसहरू आफ्ना धारणा र कल्पनाहरूमा के विश्वास गर्छन् भने, यदि तिनीहरूलाई बारम्बार अनुशासनमा राखिएमा र दण्ड दिइएमा, यसको अर्थ तिनीहरूसँग अनुभवको गवाही छ, र तिनीहरू आत्मिक मानिसहरू हुन् भन्ने हुन्छ। मानिसहरूले प्रायजसो अनुशासन र दण्डलाई पवित्र आत्माको कामसँग जोड्छन्, र ती पवित्र आत्माको प्रवाहसँग जोडिएका हुन्छन् भन्ने विश्वास गर्छन्। कतिपय मानिसहरूले प्रायजसो यसो भन्छन्, “मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनँ, र मलाई फेरि काट-छाँट गरियो। अहिले मेरो मुखमा घाउ आएको छ र म बिरामी परेको छु—यो परमेश्वरले मलाई अनुशासनमा राख्नुभएको हो।” धेरै मानिसहरूले प्रायजसो यी अनुभवहरूका बारेमा सङ्गति गर्छन्, तर समस्याहरू आइपर्दा तैँले तिनीहरूको प्रकटीकरण के-के हुन्छन् भनेर हेर्नुपर्छ—तिनीहरूले कुनै गलत काम गर्दा तिनीहरूलाई विवेकले हप्काएको महसुस हुन्छ कि हुँदैन, र दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेका देख्दा वा दुष्ट कुराहरूको सामना गर्दा तिनीहरूले खडा भएर सत्यता सिद्धान्तहरू पालना गर्न र परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्नुपर्छ। होइन भने, यी मानिसहरूसँग कुनै विवेक हुँदैन र तिनीहरू मानव होइनन्! तिनीहरूले राम्रा सुनिने शब्दहरू बोल्छन्, र आफूसँग भएका धेरै अनुभवात्मक गवाहीहरूका बारेमा अत्यन्तै पूर्ण रूपमा बोल्छन्—यस्तो हुन्छ मानौँ परमेश्वरले तिनीहरूलाई धेरै अनुग्रह देखाउनुभएको छ, र तिनीहरूमा धेरै काम गर्नुभएको छ र तिनीहरूसँग धेरै वचनहरू बोल्नुभएको छ, र यसले तिनीहरूले पहिले नै मुक्ति प्राप्त गरिसकेका छन् भन्ने कुरालाई सङ्केत गरेको जस्तो देखिन्छ। तैपनि, आफ्नो दैनिक जीवनमा, जब तिनीहरूले सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरूको सामना गर्छन्, तब तिनीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरू पालना गर्दैनन्, र तिनीहरू सधैँ आफ्नो खोलमा लुक्ने कछुवा जस्तै पछि हट्छन् र समस्याबाट तर्कन्छन्। अनि तिनीहरूलाई बोल्न र आफ्नो दृष्टिकोण र अडान व्यक्त गर्न लगाइँदा हरेक पटक, तिनीहरू यसबाट अलग बस्छन्, नजानेको नाटक गर्छन्, र चुप बस्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरू पटक्कै पालना गर्दैनन्, न त तिनीहरूले सत्यताको अभ्यास नै गर्छन्। तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू ढोङ्गीहरू हुन्। जब तिनीहरूले अरूलाई मलजल गरिरहेका र सहयोग गरिरहेका हुन्छन्, तब तिनीहरूले अत्यन्तै व्यवस्थित र तार्किक तरिकाले आत्मिक सिद्धान्तहरूका बारेमा कुरा गर्छन्, र तिनीहरूले घण्टौँसम्म कुरा गर्छन्, जसले गर्दा कतिपय मानिसहरूले आँसु झार्छन्, तैपनि तिनीहरूले कहिल्यै पनि आफ्नो व्यवहारमा सत्यताको अभ्यास गर्दैनन्—यी मानिसहरू फरिसीहरू हुन्। तिनीहरूले जति धेरै झूटा आत्मिक अनुभव र झूटा आत्मिक धर्मसिद्धान्तहरूका बारेमा कुरा गरे पनि, वा जति धेरै खोक्रा शब्द र अतिशयोक्तिपूर्ण शब्दहरू बोले पनि, तिनीहरूको विवेकले तिनीहरूलाई हप्काउँदैन; अनि सही र गलतका कुनै पनि मुख्य समस्याहरू वा सिद्धान्तका मामलाहरूका हकमा, तिनीहरू सत्यताको पक्षमा खडा हुँदैनन् वा तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गर्दैनन्, र तिनीहरूको विवेकले तिनीहरूलाई पटक्कै हप्काउँदैन, तर पछि तिनीहरूले अझै पनि कसरी परमेश्वरको घरका हितहरूको रक्षा गर्ने गरेका छन् भनेर निर्लज्ज रूपमा घमण्ड गर्न सक्छन्, र तिनीहरूले अझै पनि धेरै राम्रा सुनिने धर्मसिद्धान्तहरू बोल्न सक्छन्—यो ढोङ्गीपन हो र विवेकको चेतनाको कमी हुनु हो। तिनीहरू सत्यताको अभ्यास गर्न धेरै पटक असफल हुन्छन्, तिनीहरूले सत्यतालाई धेरै पटक उल्लङ्घन गर्छन्, तिनीहरूले मानिसहरूलाई धेरै पटक छल गर्छन् र बहकाउँछन्, तैपनि तिनीहरूको विवेकले तिनीहरूलाई पटक्कै हप्काउँदैन, र तिनीहरूले अझै पनि दुस्साहसी भएर आफूलाई प्रदर्शन गर्न सक्छन्—यो मानवता विहीन हुनु हो! तिनीहरूले यसरी जताततै घमण्ड गर्छन् र छल गर्छन्, र तिनीहरूलाई लाज समेत लाग्दैन; तिनीहरूले सत्यताको अभ्यास गर्दैनन्, तैपनि तिनीहरूले अझै पनि तिनीहरू आत्मिक मानिसहरू हुन्, तिनीहरू परमेश्वरले मुक्ति दिनुभएका र सिद्ध पार्नुभएका, अनि अन्य कुनै पनि व्यक्तिले भन्दा बढी परमेश्वरलाई प्रेम गर्ने मानिसहरू हुन् भनेर घमण्ड गर्छन्—यो विवेकको चेतनाको कमी हुनु हो, र तिनीहरू मुक्ति पाएका मानिसहरू होइनन्। के मुक्ति पाएका मानिसहरूमा सामान्य मानवता र विवेकको चेतनाको कमी हुन सक्छ? कतिपय मानिसहरूलाई आफूलाई सत्यता त्यति मन पर्दैन भन्ने लाग्छ, र जब तिनीहरूले सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू, वा सही र गलतका मुख्य समस्याहरूको सामना गर्छन्, तब तिनीहरू अरूलाई खुशी पार्ने मानिसहरू बन्छन्, झारा टार्ने प्रयास गर्छन्, र तिनीहरूले कहिल्यै सत्यता सिद्धान्तहरू कहिल्यै पालना गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई हृदयमा धिक्कार महसुस हुन्छ र तिनीहरूले प्रायजसो परमेश्वरको अघि प्रार्थना गर्छन् र उहाँप्रति ऋणी भएको महसुस गर्छन्। तिनीहरू प्रायजसो कमजोर हुने भए पनि र तिनीहरूले यो पर्खाल तोड्न नसक्ने भए पनि, तिनीहरूलाई आफूले सत्यता वा इन्साफको रक्षा नगरेको, र आफू परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ नरहेको, र आफू मान्छे खुसी पारिहिँड्ने मानिस मात्रै रहेको कुरा हृदयमा थाहा हुन्छ, त्यसकारण तिनीहरूसँग कुनै गवाही छ भनेर भन्न तिनीहरूलाई साह्रै लाज लाग्छ। किनभने तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गरेका हुँदैनन् र तिनीहरूसँग कुनै साँचो अनुभवात्मक गवाही हुँदैन, र तिनीहरू दरिद्र र अन्धा हुन्छन् र तिनीहरूले परमेश्वरका मागहरू पूरा गरेका हुँदैनन्; तिनीहरूलाई यो कुरा हृदयमा थाहा हुन्छ, र यसका लागि प्रायजसो तिनीहरूको विवेकलाई हप्काइको महसुस हुन्छ, र तिनीहरूलाई आफू परमेश्वरप्रति ऋणी रहेको भन्ने लाग्छ र तिनीहरू व्याकुल हुन्छन्। यी मानिसहरूले मुक्ति प्राप्त गर्ने आशा र ठाउँ अझै बाँकी हुन्छ। यसको विपरीत, बाहिरी रूपमा सत्यतालाई राम्ररी बुझेका, र मानिसहरूलाई मलजल गर्न, भरणपोषण गर्न, र सहयोग गर्न सक्ने जस्ता देखिने मानिसहरू पनि हुन्छन्, तर जब तिनीहरूले सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू, वा सही र गलतका मुख्य समस्याहरूको सामना गर्छन्, तब तिनीहरू कहिल्यै परमेश्वरको पक्षमा खडा हुँदैनन् र कहिल्यै सत्यता सिद्धान्तहरूको रक्षा गर्दैनन्, तैपनि तिनीहरू आत्मिक मानिस, परमेश्वरलाई प्रेम गर्ने मानिस, र परमेश्वरप्रति बफादार मानिस बनेको भन्नेबारे घमण्ड गर्छन्। यस्ता मानिसहरू ठूलो समस्यामा हुन्छन्। तिनीहरूले वास्तविकताको सामना गर्ने आँट गर्दैनन्, तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्ने आँट गर्दैनन्, तिनीहरूले प्रमुख समस्याहरूका बारेमा आफ्नो अडान घोषणा गर्ने आँट गर्दैनन्, र तिनीहरूले खुलस्त र सीधा तरिकाले सत्यता सिद्धान्तहरूको रक्षा गर्ने आँट गर्दैनन्, तर त्यसपछि, तिनीहरू अझै पनि आफू आत्मिक मानिस भएको भनेर निर्लज्ज रूपमा घमण्ड गर्छन्, र आफूले सबैभन्दा बढी परमेश्वरलाई प्रेम गर्ने र परमेश्वरका अभिप्रायहरू सबैभन्दा राम्ररी बुझ्न सक्ने भनेर भन्छन्। यस्ता मानिसहरूमा विवेकको चेतना बिलकुलै हुँदैन। के विवेकको चेतना नभएको व्यक्तिले सत्यता सिद्धान्तहरूको रक्षा गर्न सक्छ? के उसले दुष्ट मानिसहरूलाई कारबाही गर्न आफ्नो अडान खुलस्त घोषणा गर्ने र परमेश्वरको पक्षमा खडा हुने आँट गर्छ? यसको कुनै सम्भावना छैन; त्यस्ता मानिसहरूलाई सत्यता अभ्यास गर्न निकै गाह्रो हुन्छ।