सत्यता कसरी पछ्याउने (१) भाग एक

सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्‍नु

हामीले सत्यता कसरी पछ्याउने भन्‍ने यो विषयमा निकै लामो समयदेखि सङ्गति गरेका छौँ, र हामीले सङ्गति गरेका सबै कुरामा सत्यता कसरी पछ्याउने भन्‍ने बारेमा अभ्यासको एउटा पक्ष समावेश छ: त्याग्‍नु। अर्थात्, हाम्रो सङ्गतिको विषयवस्तु सबै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा त्याग्‍नुपर्ने कामकुराहरूका बारेमा थियो, जुन मानिसहरूले आफ्नो जीवनमा र आफूले हिँड्ने जीवन मार्गमा त्याग्‍नुपर्ने कुराहरू पनि हुन्। मानिसहरूले सत्यता पछ्याउने कार्यलाई असर गर्ने कुराहरूमध्ये केही कुराहरू ठीक यिनै हुन्। त्यसोभए त्याग्‍ने बारेमा रहेको हाम्रो विषयको पहिलो विषयवस्तु के थियो? (मानिसहरूका विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍नु।) अनि दोस्रो विषयवस्तु के थियो? (मानिसहरूका पछ्याइ, आकाङ्क्षा, र चाहनाहरू त्याग्‍नु।) त्याग्‍ने बारेमा रहेको हाम्रो विषयवस्तुको पहिलो बुँदा विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍नु थियो, र दोस्रो बुँदा मानिसहरूको खोज, आकाङ्क्षा, र कामनाहरू त्याग्‍नु थियो। हरेक विषयवस्तुमा केही उप-विषय र विवरणहरू समावेश थिए, होइन र? (हो।) हामीले चाहे जे सङ्गति गरिरहेका भए पनि, वा यस विषयभित्र जुनसुकै अनुश्रेणी र विषयवस्तुहरू भए पनि, र चाहे जति धेरै उदाहरणहरू दिइएको भए पनि, वा जति धेरै स्थिति र समस्याहरूका जति धेरै सार खुलासा गरिएका भए पनि, छोटकरीमा भन्दा, हामीले सङ्गति गरेका सबै विषय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने क्रममा वा तिनीहरूको वास्तविक जीवनमा आइपर्ने विभिन्‍न समस्या, साथै मानिसहरूले छनौट गर्नुपर्ने अभ्यासका मार्गहरू र यी समस्याहरूको सामना गर्दा तिनीहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूसँग सम्बन्धित हुन्छन्। यी समस्याहरूसँग सम्बन्धित विभिन्‍न पक्षहरू खोक्रा छैनन् र ती मानिसहरूको सोच वा आत्मिक संसारमा मात्रै अस्तित्वमा हुँदैनन्। बरु, ती मानिसहरूको वास्तविक जीवनमा अस्तित्वमा हुन्छन्। त्यसकारण यदि तँ सत्यता पछ्याउन इच्छुक छस् भने, तँलाई जस्तोसुकै समस्याहरू आइपरे पनि, म तँ सत्यताको खोजी गर्न र आफ्नो आधारका रूपमा लिनका लागि सम्बन्धित सत्यता सिद्धान्तहरू भेट्टाउन, अभ्यासको मार्ग पत्ता लगाउन, र फलस्वरूप तँलाई यी समस्याहरू आइपर्दा पछ्याउने मार्ग प्राप्त गर्न सक्छस् भन्‍ने आशा गर्छु। यो सबै विषयमा सङ्गति गर्नुको आधारभूत उद्देश्य यही हो। हामीले यी सबै सत्यताहरूका बारेमा सङ्गति गरिसकेका भए पनि, मानिसहरूलाई यी सत्यता वास्तविकताहरूमा प्रवेश गर्न केही समय लाग्नेछ। मानिसहरूले यी सत्यताहरूमा सङ्गति गरेर सुरु गर्नुपर्छ, र तिनीहरूले विभिन्‍न सत्यता सिद्धान्तहरूलाई आफ्नो आधारका रूपमा लिनुपर्छ, र सबै प्रकारका कामकुराहरूप्रतिको तिनीहरूको दृष्टिकोण, साथै तिनीहरूको जीवन मनोवृत्ति र अस्तित्वका माध्यमहरूलाई परिवर्तन गर्नुपर्छ। त्यसरी, परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रियामा वा जिउने र अस्तित्वमा रहने प्रक्रियामा, मानिसहरूले यी सत्यता सिद्धान्तहरू स्वीकार गरेर, थाहै नपाई, पहिले अस्तित्वमा रहेका, पुराना, र शैतानबाट आएका आफ्ना विभिन्‍न भ्रामक सोच, दृष्टिकोण, वा मनोवृत्ति र अस्तित्वका माध्यमहरूलाई परिवर्तन गर्न सक्‍नेछन्, र तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्‍नेछन्। त्यसकारण, हामीले यसभन्दा पहिले सङ्गति गरेका यी शब्दहरू र भविष्यमा सङ्गति गर्ने यी शब्दहरू कुनै प्रकारको ज्ञान, वा कुनै प्रकारको विद्वता होइनन्, र ती अवश्य नै सिद्धान्त होइनन्। बरु, मानिसहरूलाई आफ्नो दैनिक जीवनमा तिनीहरूले सामना गर्ने विभिन्‍न समस्या र कठिनाइहरूलाई समाधान गर्न मार्गदर्शन गर्न, निर्देशित गर्न, र सहयोग गर्नका लागि तिनको प्रयोग गरिन्छ। जब पनि तैँले समस्या सामना गर्छस्, वा जब पनि तँ परिस्थिति, वा व्यक्ति, घटना, वा कामकुराको सामना गर्छस्, तब तँ पालना र अभ्यास गर्नुपर्ने सत्यता मापदण्डहरूका बारेमा हाम्रो सङ्गतिको विषयभित्र खोज्न सक्छस्, ताकि तैँले आफ्ना भ्रष्ट स्वभाव र आफ्ना पुराना र गलत दृष्टिकोणहरू अनुसार अभ्यास गर्नुको सट्टा सत्यतालाई आफ्नो आधार र मापदण्डका रूपमा लिएर कार्य गर्न सकेस्। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य सत्यता पछ्याउनु हो, तर सत्यता पछ्याउनुको उद्देश्य भनेको मानिसहरूको रित्तो जीवन भर्नु, वा तिनीहरूको रित्तो जीवन परिवर्तन गर्नु, वा तिनीहरूका आत्मिक संसारलाई सम्पन्न पार्नु होइन। सत्यता पछ्याउनुको उद्देश्य के हो? मानिसहरूका हकमा, उद्देश्य भनेको मुक्ति दिइनका लागि आफ्नो भ्रष्ट स्वभाव फाल्नु हो; अवश्य नै, आफ्नो भ्रष्ट स्वभाव फाल्नु भनेको परमेश्‍वरमा समर्पित हुन, र परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍नका लागि पनि हो। तर परमेश्‍वरका लागि, मानिसहरूले सत्यता पछ्याउनुको उद्देश्य र महत्त्व त्यति साधारण हुँदैन; यो कसैले मुक्ति पाउनुसँग मात्रै सम्बन्धित हुँदैन। बरु, यो परमेश्‍वरले शैतानका भ्रष्ट स्वभावहरूले उप्रान्त मूर्ख नतुल्याइने व्यक्ति प्राप्त गर्नु हो, र अवश्य नै, यो परमेश्‍वरसँग मिल्न सक्ने प्रकारको व्यक्ति प्राप्त गर्नु पनि हो; अझै महत्त्वपूर्ण कुरा, यो परमेश्‍वरले, सृजित मानवजातिबाट आफूले चाहेको प्रकारको व्यक्ति, यावत् थोक व्यवस्थापन गर्न र यावत् थोकसँग सदासर्वदा अस्तित्वमा रहन सक्‍ने व्यक्ति प्राप्त गर्नु हो। यो महत्त्व मानिसहरूका लागि सरल भएझैँ मुक्ति पाउनु जत्तिको मात्र सरल कुरा होइन। त्यसकारण, चाहे यो मानिसहरूका लागि होस् वा परमेश्‍वरका लागि होस्, सत्यता पछ्याउनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो अत्यन्तै महत्त्वपूर्ण भएको हुनाले, सत्यता पछ्याउने कार्यसँग सम्बन्धित अभ्यासको एउटा पक्षको विषय—“त्याग्‍नु”—मुक्ति प्राप्ति पछ्याउन चाहने हरेक व्यक्तिका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। “त्याग्‍नु” को अभ्यास अत्यन्तै महत्त्वपूर्ण भएकोले, “त्याग्‍नु” सम्बन्धी विभिन्‍न सत्यता सिद्धान्तहरू, साथै “त्याग्‍नु” को अभ्याससँग सम्बन्धित रहेका अनि खुलासा गरिएका विभिन्‍न स्थिति, भ्रष्ट स्वभावका प्रकटीकरणहरू, र भ्रष्ट सोच र दृष्टिकोणहरू मानिसहरूले राम्ररी बुझ्नैपर्ने कुराहरू हुन्। जब मानिसहरूले दैनिक जीवनमा प्रायजसो प्रकट हुने भ्रमपूर्ण सोच र दृष्टिकोणहरू, साथै तिनीहरूका भ्रष्ट स्वभाव र भ्रष्टताका प्रकटीकरणहरूलाई जाँच्छन् र बुझ्छन्, र यसरी आफूलाई चिन्न पुग्छन्, र सत्यताको एउटा पक्षलाई बुझ्छन् र स्वीकार गर्छन्, र त्यसपछि सम्बन्धित सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छन्, तब मात्रै तिनीहरूले सत्यता पछ्याउनुको उद्देश्य हासिल गर्नेछन्। हामीले सत्यता कसरी पछ्याउने भन्‍ने अन्तर्गत रहेको “त्याग्‍नु” का दुई वटा मुख्य विषयवस्तुहरूका बारेमा यस समयावधिमा गरेको हाम्रो सङ्गतिको लगभग अन्त्यमा पुगेका छौँ। पहिलो विषयवस्तु के थियो? मानिसहरूका विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍नु। दोस्रो बुँदा के थियो? मानिसहरूका पछ्याइ, आकाङ्क्षा, र चाहनाहरू त्याग्‍नु। हामीले यी दुई विषयवस्तुका बारेमा रहेको हाम्रो सङ्गतिमा धेरै विषयहरू समेटेका भए पनि, अझै महत्त्वपूर्ण कुरा के हो भने तैँले यी विषयहरूमा संलग्‍न रहेका प्रत्येक निश्‍चित सत्यता सिद्धान्त बुझ्नुपर्छ। मानिसहरूले सत्यता सिद्धान्तहरू बुझेपछि मात्रै तिनीहरूले आफ्नो दैनिक जीवनमा र आफ्नो जीवनको मार्गमा यी सत्यता सिद्धान्तहरू अनुसार आफूलाई आचरणमा ढाल्न र व्यवहार गर्न, बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्न, र सत्यता पछ्याउने प्रक्रियामा, बिस्तारै सत्यतालाई बुझ्ने र प्राप्त गर्ने परिणामहरू हासिल गर्न सक्छन्।

आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने

हामीले यसभन्दा पहिले सङ्गति गरेको, सत्यता कसरी पछ्याउने अन्तर्गत रहेको “त्याग्‍नु” को अभ्यासका दुई वटा विषयवस्तु मानिसहरूका भ्रष्ट स्वभाव, तिनीहरूका विभिन्‍न सोच र दृष्टिकोण, र तिनीहरूको दैनिक जीवनमा आइपर्ने विभिन्‍न समस्यासँग सम्बन्धित छन्। तर “त्याग्‍नु” भित्र अर्को झनै महत्त्वपूर्ण वा, अझै ठूलो विषयवस्तु पनि छ भनेर पनि भन्‍न सकिन्छ, जसका बारेमा हामीले साँच्‍चै नै सङ्गति गर्नैपर्छ। त्यो विषयवस्तु के हो? यसमा परमेश्‍वरप्रतिको मानिसहरूका मनोवृत्ति, परमेश्‍वरप्रतिको तिनीहरूका सोच र दृष्टिकोण, र तिनीहरूले आफ्नो दैनिक जीवनमा परमेश्‍वरलाई व्यवहार गर्ने अभ्यासका सिद्धान्तहरू समावेश हुन्छन्। यो विषयवस्तु पहिलो दुई वटाभन्दा अलिक महत्त्वपूर्ण छ भनेर भन्‍न सकिन्छ। यो विषयवस्तु परमेश्‍वरप्रतिको मानिसहरूका मनोवृत्ति, परमेश्‍वरप्रतिको तिनीहरूका सोच र दृष्टिकोण, र मानिसहरू र परमेश्‍वरको बीचमा रहेको सम्बन्धसँग सीधै सम्बन्धित हुने हुनाले, यो हामीले “त्याग्‍नु” को यो विषयवस्तु अन्तर्गत कुरा गर्ने अन्तिम विषय हो, र अवश्य नै यो सबैभन्दा महत्त्वपूर्ण विषय पनि हो। हामीले यसभन्दा पहिले छलफल गरेका दुई वटा विषयवस्तुहरूका केही विषयहरू मानिसहरूले परमेश्‍वरका बारेमा पाल्ने निश्‍चित मनोवृत्ति र दृष्टिकोणहरूसँग, वा मानिसहरू र परमेश्‍वरको बीचमा रहेको सम्बन्धसँग सम्बन्धित छन्, तर हामीले हाम्रो सङ्गतिका अवधिमा अपनाएको अडानका हिसाबमा भन्दा, हामीले मानिसहरूका विभिन्‍न समस्याहरूलाई मानव दृष्टिकोणका आधारमा लगभग चिरफार गरिसकेका छौँ—हामीले मानिसहरूका विभिन्‍न भ्रष्ट स्वभाव वा भ्रमपूर्ण सोच र दृष्टिकोणहरूलाई तिनीहरूका विभिन्‍न प्रकारका समस्याहरूको प्रसङ्गभित्र चिरफार गरेका छौँ। आज हामीले सङ्गति गर्न लागेको कुरा परमेश्‍वरप्रतिको मानिसहरूका मनोवृत्ति र परमेश्‍वरप्रतिको तिनीहरूका सोच र दृष्टिकोणहरूसँग सम्बन्धित छ। सत्यता पछ्याउने प्रक्रियामा मानिसहरूले त्याग्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। यो विषयवस्तु पनि त्यति सरल छैन, किनभने तिनीहरू जोसुकै भए पनि, वा तिनीहरू जस्तोसुकै प्रकारका व्यक्ति भए पनि, कसैसँग पनि परमेश्‍वरप्रति एउटै मात्र प्रकारको मनोवृत्ति हुँदैन वा परमेश्‍वरप्रति एउटै मात्र प्रकारको सोच र दृष्टिकोण हुँदैन, र अवश्य नै, मानिसहरू र परमेश्‍वरको बीचमा रहेको सम्बन्ध एउटै प्रकारको मात्रै हुँदैन, र यसमा एउटै प्रकारको मानव स्थिति मात्रै समावेश पनि हुँदैन। परमेश्‍वरप्रतिको मानिसहरूका विभिन्‍न मनोवृत्तिका कारण, र परमेश्‍वरको पहिचान, हैसियत, र स्वरूपप्रति मानिसहरूले राख्‍ने विभिन्‍न सोच र दृष्टिकोण, साथै अरू कारणहरूले गर्दा, मानिसहरू र परमेश्‍वरको बीचमा विभिन्‍न प्रकारका सम्बन्ध पैदा हुन्छन्। त्यसकारण, आज हामी यस विषयमा सङ्गति गर्नेछौँ र मानिसहरू र परमेश्‍वरका बीचमा अझै के-कस्ता गम्भीर समस्या वा मिलाउनै नसकिने द्वन्द्वहरू छन्, र मानिसहरूले ठ्याक्कै अरू के-के कुरालाई त्याग्‍नुपर्छ भन्‍ने कुरा हेर्नेछौँ। यो कुरा बुझेपछि, यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्धमा सुधार आउनेछ, र परमेश्‍वरप्रतिको तेरो दृष्टिकोण बिस्तारै सही, सकारात्मक, वा सत्यता अनुरूपको अवस्था नजिक पुग्‍नेछ। त्याग्‍नु भन्‍ने विषयको तेस्रो विषयवस्तु भनेको आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको आफ्नो शत्रुता त्याग्‍नु हो—मानिसहरूले त्याग्‍नुपर्ने कुराहरूको तेस्रो विषयवस्तु यही हो। यस विषयमा औपचारिक रूपमा सङ्गति गर्नुभन्दा पहिले, सुरुमा हामी दैनिक जीवनमा हुने के-कस्ता समस्याहरू, मानिस र परमेश्‍वरबीचका तगाराहरू, र परमेश्‍वरप्रतिको मानिसहरूको शत्रुतासँग सम्बन्धित हुन्छन् भन्ने बारेमा छोटकरीमा छलफल गरौँ। आफैसँग सम्बन्धित केही व्यक्तिपरक समस्याहरू बाहेक, के मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा परमेश्‍वरलाई कसरी लिन्छन् भन्‍ने कुरामा हरप्रकारका समस्याहरू हुँदैनन् र? मानिसहरूले विभिन्‍न घटना र कामकुराहरूलाई कसरी लिन्छन् भन्ने विषयमा तिनीहरूसँग हरप्रकारका भ्रमपूर्ण सोच र दृष्टिकोण र अभ्यासका गलत सिद्धान्तहरू हुन्छन्, र त्यसरी नै, तिनीहरूले परमेश्‍वरसँग कसरी व्यवहार गर्छन् त्यसमा तिनीहरूसँग हरप्रकारका भ्रमपूर्ण सोच र दृष्टिकोण र अभ्यासका गलत सिद्धान्तहरू हुन्छन्। यदि सबै प्रकारका मानिस, घटना, र कामकुराहरूका हकमा, तैँले तिनलाई सत्यता सिद्धान्तहरूका आधारमा व्यवहार गर्न र अभ्यास गर्न सक्छस्—अर्थात्, यदि तैँले सबै प्रकारका मानिस, घटना, र कामकुराहरूका हकमा तैँले पाल्ने भ्रमपूर्ण सोच र दृष्टिकोणहरूलाई चिन्न पुग्छस्, र यसको साथै यी भ्रमपूर्ण सोच र दृष्टिकोणहरूलाई सच्च्याउँछस् र त्याग्छस्, त्यसपछि परमेश्‍वरले मानिसहरूलाई बताउनुहुने सही सोच र दृष्टिकोणहरू अनुसार विभिन्‍न समस्याहरू सामना र समाधान गर्छस् भने—तैँले सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई कसरी लिन्छस् भन्‍ने बारेमा अभ्यासका तेरा सिद्धान्तहरू तुलनात्मक रूपमा सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्। के यसलाई कसैले मुक्ति पाएको छ भन्‍ने कुराको चिन्हका रूपमा लिन सकिन्छ? अहिले हेर्दा, अहँ, सकिँदैन। यदि मैले आजको सङ्गतिको विषय नउठाएको भए, मानिसहरूले यस्तो सोच्नेथिए होला, “सबै किसिमका कुराहरूका हकमा, म परमेश्‍वरका वचनहरूमा रहेका सत्यता सिद्धान्तहरू अनुसार तिनलाई हेर्न र अभ्यास गर्न सक्छु, त्यसकारण मलाई म सत्यता पछ्याउने, सत्यताको पछ्याइमा परिणामहरू हासिल गरेको, र मुक्ति दिइएको व्यक्ति हुँ भन्‍ने लाग्छ।” मैले आज उठाएको विषय—परमेश्‍वरप्रति मानिसहरूले राख्‍ने विभिन्‍न मनोवृत्तिहरू—का आधारमा मूल्याङ्कन गर्दा के तिनीहरूको यो सोच तथ्यहरू अनुरूप छ? (अहँ, छैन।) यो कुरा स्पष्ट रूपमा नै तथ्यहरू अनुरूप छैन। तैँले सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई कसरी लिन्छस् भन्नेबारे तँसँग निश्‍चित आधार र निश्‍चित सकारात्मक मनोवृत्ति हुन सक्ला, तर तँ र परमेश्‍वरको बीचमा अझै पनि हरप्रकारका तगाराहरू हुन्छन्, र विभिन्‍न मामलाका हकमा परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति अझै पनि शत्रुवत् हुन्छ। यो समस्या गम्भीर छ, र सबै समस्याहरूमध्ये सबैभन्दा ठूलो समस्या यही हो। तैँले परमेश्‍वरलाई पछ्याइरहेको र आफ्नो कर्तव्य पूरा गरिरहेको अवधिमा, सबै पक्षमा रहेको तेरो प्रस्तुति अरूका लागि निकै राम्रो भएजस्तो लाग्छ, र बाहिरी रूपमा सत्यता र सिद्धान्तहरू अनुरूप देखिन्छ। तर, तेरो हृदयमा परमेश्‍वरका बारेमा धेरै धारणा छन् र तँ र परमेश्‍वरको बीचमा तगाराहरू छन्, र तँ धेरै समस्याको सामना गर्दा परमेश्‍वरप्रति अझै पनि शत्रुवत् मनोवृत्ति समेत राख्छस्। यी समस्याहरू अत्यन्तै गम्भीर छन्। यदि तेरो हृदयमा यी समस्याहरू छन् भने, यसले तँ मुक्ति पाएको व्यक्ति होस् भन्‍ने कुरा प्रमाणित गर्दैन। तँ र परमेश्‍वरको बीचमा अझै धेरै तगारा रहेका हुनाले, र मुख्य र महत्त्वपूर्ण समस्याहरूको हकमा तैँले अझै पनि परमेश्‍वरप्रति शत्रुवत् मनोवृत्ति राख्ने हुनाले, तँ मुक्ति पाएको व्यक्ति नहुने मात्र होइन, तर तँ खतरामा पनि हुन्छस्। यदि तैँले जीवनमा धेरै समस्याहरू सामना गर्दा सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्न सक्छस्, र तेरा कार्यहरू तुलनात्मक रूपमा सत्यता अनुरूप छन् भन्‍ने विश्‍वास गरे पनि, यो बाहिरी रूप मात्रै हो र यसले तँ मुक्ति पाएको व्यक्ति होस् भन्‍ने कुरालाई प्रमाणित गर्न सक्दैन भनेर भन्‍न सकिन्छ। किनभने तैँले परमेश्‍वरसँगको तेरो सम्बन्धमा अनुकूलता हासिल गरेको छैनस्, र तँ अझै पनि परमेश्‍वरमा समर्पित भएको छैनस् वा उहाँको डर मान्दैनस्। त्यसकारण, जब-जब तँलाई विभिन्‍न कामकुरा आइपर्छन्, तब तेरो बाहिरी व्यवहार वा तेरा सोच र दृष्टिकोणहरूले, तैँले सत्यता सिद्धान्तहरू पालना गर्नुको सट्टा यी मामलाहरूमा सही ठानेका धर्मसिद्धान्त, नारा, र प्रावधानहरू पालना गरेको छस् भन्‍ने कुरा मात्रै देखाउन सक्छन्। यो यहाँ अनुमानको सम्बन्ध जस्तो हुन सक्छ, र यो जटिल सुनिन्छ होला, तर हामीले आफू र परमेश्‍वरको बीचमा रहेका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने सम्बन्धी निर्दिष्ट विषयवस्तुका बारेमा सङ्गति गरिसकेपछि, र मानिसहरू होसियारीपूर्ण जाँचमा संलग्‍न भएपछि, तिनीहरूले मेरा वचनहरूको अर्थ बुझ्नेछन्।

आफू र परमेश्‍वरको बीचमा रहेका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने विषयमा औपचारिक रूपमा सङ्गति गर्नुभन्दा पहिले, हामी सुरुमा मानिसहरू र परमेश्‍वरबीच के-कस्ता तगाराहरू हुन्छन् भनेर छलफल गरौँ। मानिसहरू र परमेश्‍वरको बीचमा के-कस्ता तगाराहरू छन्, र तिनीहरूमा परमेश्‍वरप्रति के-कस्तो शत्रुता छ, जुन तँ आफ्नो दैनिक जीवनमा महसुस गर्न सक्छस् र जसबारे तँ सचेत हुन सक्‍छस्, वा जुन अरू मानिसहरूमा देखा पर्छन्? यी प्रकटीकरणहरू निश्चय नै अस्तित्वमा हुन्छन्। ती कुरा हरेक दिन मानिसहरूमाझ घट्छन्, र ती तेरो जीवनमा पनि हरेक दिन घट्छन्, त्यसकारण तैँले सोच्‍नका लागि धेरै ऊर्जा खर्चनु पर्दैन—जब तँ मुख खोल्छस्, तब यी समस्याहरूको एउटा सूची तुरुन्तै बाहिर आउनेछ। के कुरा यही होइन र? (हो।) मानिसहरू र परमेश्‍वरबीचका तगाराहरू ठ्याक्कै के हुन् त? सुरुमा हामी “पर्खालहरू” भन्‍ने शब्दले केलाई समेट्छ भन्‍ने बारेमा कुरा गरौँ। यसमा द्वन्द्व, अवज्ञा, धारणा, गलतफहमी, र यस्तै कुराहरू समावेश हुन्छन्, होइन र? मलाई थप बताऊ। (जब कुनै व्यक्ति आफ्नो कर्तव्य पूरा गर्ने क्रममा प्रकट हुन्छ वा काटछाँट गरिन्छ, तब उसमा परमेश्‍वरबारे केही गलतफहमी आउन सक्छन् र आफूले जति महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्‍यो, आफूलाई त्यति नै चाँडो खुलासा गरिनेछ भन्‍ने सोच्दै, ऊ उहाँदेखि सावधान रहन सक्छ। त्यसकारण, उसको हृदयमा ऊ र परमेश्‍वरबीचमा केही न केही तगाराहरू हुनेछन्, र उसले निश्‍चित कर्तव्य र आज्ञाहरूलाई शुद्ध र खुला हृदयले स्वीकार गर्न सक्‍नेछैन।) यहाँ तगारो के हो? (सावधानी र गलतफहमीहरू।) सावधानी र गलतफहमीहरू। यो एक प्रकारको तगारो हो। यसमा कसले थप्न सक्छ? के बाँकी तिमीहरू र परमेश्‍वरबीच कुनै तगाराहरू छैनन् र? के तिमीहरूको हृदय सफा र पवित्र छ? के तिमीहरूमा कहिल्यै परमेश्‍वरबारे कुनै नकारात्मक विचारहरू आएका छैनन्? (परमेश्‍वर, म एउटा कुरा थप्न सक्छु। जब पनि परमेश्‍वरले मेरो लागि योजनाबद्ध गर्नुभएका परिस्थितिहरूमा कामकुराहरू निकै सहज रूपमा अघि बढिरहेका हुन्छन्, तब म र परमेश्‍वरको बीचमा रहेको सम्बन्ध तुलनात्मक रूपमा सामान्य देखिन्छ। तर यदि मैले कहिल्यै प्रतिकूलता वा मेरा धारणाहरू अनुरूप नरहेको कुनै कुराको सामना गरेँ भने, म परमेश्‍वरले के गर्नुहुनेछ, र मलाई यसपछि के आइपर्नेछ, र नतिजा के हुनेछ भन्‍ने बारेमा अनुमान गर्न थाल्छु। म धेरै सोच्छु, र म गुनासा समेत पैदा गर्छु, र मनमा परमेश्‍वरलाई गलत ठहराउँछु र गलत रूपमा बुझ्छु, र त्यति बेला मेरो हृदय बन्द हुन्छ। म आफूले देखेको कुराका बारेमा पनि कुरा गर्न चाहन्छु। जब कतिपय मानिसहरूले अवाञ्छनीय परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूलाई हृदयमा प्रतिरोध महसुस हुन्छ र तिनीहरू भन्छन्, “परमेश्‍वरले मलाई किन यी परिस्थितिहरू सामना गर्न लगाइरहनुभएको छ? किन ती अरूहरूमाथि आइपरेका छैनन्?” तिनीहरू परमेश्‍वरले तिनीहरूका लागि खडा गर्नुभएका परिस्थितिहरूमा समर्पित हुन सक्दैनन्, र तिनीहरू र परमेश्‍वरको बीचमा द्वन्द्व पैदा हुन्छ।) तैँले सुरुमा उल्लेख गरेको समस्या के थियो भने, मानिसहरू र परमेश्‍वरबीच तगाराहरू हुन्छन्, निश्‍चित परिस्थितिहरूप्रतिको स्वतः प्रतिक्रियाका रूपमा, मानिसहरूले आफू र परमेश्‍वरबीच तगाराहरू निर्माण गर्छन्, परमेश्‍वरप्रतिको सावधानी, र परमेश्‍वरबारे गलतफहमीहरू विकास गर्छन्। तैँले उल्लेख गरेको दोस्रो समस्या के थियो भने मानिसहरू भित्री रूपमा अवज्ञाकारी हुने भएकाले तिनीहरू परमेश्‍वरप्रति शत्रुवत् बन्छन्। अरू कसले कुरा थप्न सक्छ? (जब मलाई माथिले काट-छाँट गर्छन् र मेरो कमजोर क्षमता प्रकाश हुन्छ, तब म आफ्नै बारेमा फैसला गर्छु र मैले मुक्ति पाउन सक्दिनँ भन्‍ने सोच्छु, र मैले चाहे पनि मसँग सत्यता पछ्याउने कुनै प्रेरणा हुँदैन। यो परमेश्‍वरप्रतिको एक प्रकारको गलतफहमी हो। यसको साथै, जब कतिपय दाजुभाइ-दिदीबहिनीहरू बिरामी हुन्छन् र तिनीहरूले मृत्युको सामना गर्छन्, तब तिनीहरूले सोच्छन्, “के मैले परमेश्‍वरका लागि गरेको सबै दौडधुप र समर्पण उहाँले याद गर्नुहुन्‍न?” तिनीहरू हृदयमा, परमेश्‍वरसँग बहस गर्छन्, उहाँविरुद्ध होहल्ला गर्छन्, र उहाँविरुद्ध लडाइँ गर्छन्। यस्तो प्रकारको स्थिति निकै आम हुने गर्छ।) आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुताको हकमा भन्दा, धेरैजसो मानिसले प्रकट गर्ने समस्याहरू लगभग सावधानी र गलतफहमीहरू, साथै मानिसहरूले निश्‍चित कुराहरू सामना गर्दा प्रकट गर्ने अवज्ञा र असन्तुष्टि नै हुन्, जुन अर्को शब्दमा भन्दा, परमेश्‍वरप्रतिको शत्रुता हो। सबै मुलतः यी कुरा नै हुन्। परमेश्‍वरप्रतिको मानिसहरूको भित्री मनोवृत्तिका विभिन्‍न समस्याहरू वास्तवमा तिमीहरूले सङ्गति गरेका समस्याहरूको दायराभन्दा निकै बाहिर जान्छन्। तिमीहरूलाई थाहा नभएका केही समस्याहरू छन्। एक हिसाबमा, यस्तो हुन्छ किनभने मानिसहरूले विभिन्‍न परिस्थितिहरू सामना गर्दा आफूभित्र के-कस्ता समस्याहरू हुन्छन् भनेर जाँच्दैनन्। अर्को हिसाबमा, मानिसहरूले परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध ठ्याक्कै कस्तो छ, वा परमेश्‍वरप्रति मानिसहरूमा हुनुपर्ने सही मनोवृत्ति र दृष्टिकोणहरू के-के हुन् भनेर कहिल्यै ध्यान दिएर ख्याल गरेका हुँदैनन्। त्यसकारण, मानिसहरूका फरक-फरक प्रकटीकरणहरू र अहिले मानिसहरूमा वास्तवमा अवस्थित रहेका यी अवस्थाहरूका आधारमा, आज हामी मानिसहरू र परमेश्‍वरबीचका तगाराहरूका र परमेश्‍वरप्रतिको मानिसहरूको शत्रुताका फरक-फरक प्रकटीकरणहरूबारे निर्दिष्ट रूपमा सङ्गति गर्नेछौँ। यी फरक-फरक प्रकटीकरणहरूका बारेमा सङ्गति गर्नुको उद्देश्य भनेको मानिसहरूलाई आफू र परमेश्‍वरबीचमा रहेका तगाराहरू, र तिनीहरूको दैनिक जीवनमा यी कामकुराहरू देखा पर्दा परमेश्‍वरप्रति तिनीहरूले राख्‍ने शत्रुता सक्रिय रूपमा त्याग्‍न, उहाँसँग सद्भावपूर्ण सम्बन्ध हासिल गर्न, र अन्ततः उहाँसँग पूर्ण रूपमा मिल्ने अवस्थामा पुग्‍न सक्षम तुल्याउनु हो। यसरी, तिनीहरूले आफू र परमेश्‍वरबीचका तगाराहरू, र परमेश्‍वरप्रतिको शत्रुता पूर्ण रूपमा हटाएका हुनेछन्, र तिनीहरू परमेश्‍वरको डर मान्‍न र उहाँमा साँचो रूपमा समर्पित हुन पुगेका हुनेछन्। मानिसहरू र परमेश्‍वरबीचको सामान्य सम्बन्ध यो मात्रै हो, र यस्ता मानिसहरू मात्रै साँचो सृजित प्राणीहरू हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्