मानिसको प्रकृति कसरी चिन्ने (भाग दुई)
तिमीहरूले कसरी मानिसको प्रकृतिलाई बुझ्छौ? सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई मानिसको सांसारिक दृष्टिकोण, जीवन दृष्टिकोण र मूल्य-मान्यताहरूको परिप्रेक्ष्यबाट पहिचान गर्नु हो। जो व्यक्तिहरू दियाबलसका हुन् तिनीहरू सबै आफ्नो लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो”, र यस्तै अन्य भ्रामक कुराहरू। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूमाझ “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूका बारम्बार उद्धृत गरिने चिरपरिचित भनाइहरू पनि छन्। ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्, र यी विषको सानो अंश पनि परमेश्वरबाट आएको होइन। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूका वास्तविकताहरू परमेश्वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा उसको जीवन दृष्टि अनि उसका मूल्य-मान्यताहरू हेरेर ठम्याउन सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्न सोधेको कल्पना गरौं न: “तपाईंले यो पदमा रहेर एकदमै राम्रो काम गर्नुभएको छ, तपाईं के-कस्ता नामुद उक्तिहरू अनुसरण गर्दै जिउनुहुन्छ?” तिनीहरूले भन्न सक्छन्, “मैले बुझेको एउटा कुराचाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्ने हो।” तिनीहरूको जीवनवृत्ति यही शैतानी दर्शनमा आधारित हुन्छ। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु तिनीहरूको प्रकृति बनेको छ, र अधिकारी बन्नु र पेशा-व्यवसायमा सफलता पाउनु नै तिनीहरूको लक्ष्य हो। मानिसहरूका जीवन, आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, दुनियाँसित व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानका हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्वरको विरोध गर्छन् र परमेश्वरको विरुद्धमा उभिन्छन्। यदि मान्छेको प्रकृतिलाई यसरी चिरफार गर्ने हो भने तिनीहरूले आफूलाई सजिलै चिन्न सक्छन्।
जब मानिसहरूसँग परमेश्वरको स्वभावको बारेमा यथार्थ बुझाइ हुन्छ, जब तिनीहरूले परमेश्वरको स्वभाव वास्तविक छ, यो साँच्चै पवित्र, र साँच्चै धर्मी छ भनेर देख्छन्, र जब तिनीहरूले आफ्नो हृदयबाट परमेश्वरको पवित्रता र धार्मिकताको प्रशंसा गर्न सक्छन्, तब तिनीहरूले साँच्चै नै परमेश्वरलाई चिन्नेछन्, र तिनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्। परमेश्वरलाई चिनेपछि मात्रै मानिसहरू ज्योतिमा जिउँछन्। परमेश्वरलाई चिन्नुको प्रत्यक्ष प्रभाव भनेको परमेश्वरप्रति साँचो रूपमा प्रेम गर्न र समर्पित हुन सक्षम हुनु हो। साँचो रूपमा परमेश्वरलाई चिन्ने, अनि सत्यता बुझ्ने र सत्यता प्राप्त गर्ने मानिसहरूमा, संसारलाई हेर्ने दृष्टिकोण र जीवनप्रतिको सोचमा वास्तविक परिवर्तन आएको हुन्छ, र त्यसपछि तिनीहरूको जीवन स्वभावमा पनि वास्तविक परिवर्तन आउने गर्छ। जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरूले सत्यताको खोजी गर्न, र सत्यताअनुसार चल्न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन र उहाँका वचनहरू अनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो हृदयको गहिराइभित्रसम्म स्थिर र ज्योति पाएको महसुस गर्छन्, जब तिनीहरूको हृदय अन्धकारबाट स्वतन्त्र हुन्छ, र जब तिनीहरू परमेश्वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र बाधारहित भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले सच्चा मानव जीवन जिउन सक्छन्, र तब मात्र तिनीहरू सत्यता र मानवता भएका व्यक्ति बनेका हुन्छन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्वरका वचनहरू र परमेश्वर स्वयम्बाट आएका हुन्। तैँले सृष्टिकर्ता अर्थात् सर्वोच्च परमेश्वरबाट अनुमोदन प्राप्त गरेपछि मात्रै, र तँ मानव स्वरूपमा जिइरहेको सृष्टि गरिएको योग्य व्यक्ति होस् भनेर उहाँले भन्नुभएपछि मात्रै, तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ। परमेश्वरको अनुमोदन प्राप्त गर्नुको अर्थ तैँले सत्यता प्राप्त गरेको छस्, र तँ सत्यता र मानवता भएको व्यक्ति होस् भन्ने हुन्छ। शैतानको वशमा रहेको आजको संसारमा, र इतिहासको कम्तीमा पनि हजारौं वर्षमा, मानवजातिको बीचमा कसले साँचो मानव जीवन प्राप्त गरेको छ? कसैले पनि गरेको छैन। मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको हुनाले, र तिनीहरू शैतानी दर्शनअनुसार जिउने हुनाले, अनि तिनीहरूले गर्ने हरेक कुरा परमेश्वरविरोधी हुने भएकोले, र तिनीहरूको हरेक वाणी र सिद्धान्त शैतानको भ्रष्टताबाट आउने, र परमेश्वरका वचनहरूलाई घृणा गर्दै बोलिने भएकोले, तिनीहरू स्पष्टतः परमेश्वरलाई विरोध गर्ने मानिसहरू हुन्। यदि तिनीहरूले परमेश्वरको मुक्तिलाई स्वीकार गर्दैनन् भने, तिनीहरूलाई अनन्त विनाश र बरबादीतर्फ धकेलिनेछ, र तिनीहरूसँग कुनै जीवन रहनेछैन। तिनीहरू ख्याति र लाभको पछि लाग्छन्, महान् वा सुप्रसिद्ध व्यक्ति बन्ने प्रयास गर्छन्, र “आउँदा पुस्ताहरूमा आफ्नो नाम राख्न,” र “सारा इतिहासभरि प्रसिद्ध” हुन चाहन्छन्। यी दुष्ट शब्दहरू हुन्, र पूर्णतया असमर्थनीय छन्। वास्तवमा हरेक महान् वा सुप्रसिद्ध व्यक्ति शैतानकै खेमाको हुन्छ, र कहिल्यै पुनर्जन्म नहुने गरी दण्डको लागि नरकको अठाह्रौँ तलामुनि फालिएको हुन्छ। जब भ्रष्ट मानवजातिले यी मानिसहरूको आदर गर्छन्, र तिनीहरूका दुष्ट शब्द र भ्रामक कुराहरूलाई स्वीकार गर्छन्, तब भ्रष्ट मानवजाति दियाबलसहरू र शैतानको शिकार बन्छन्। सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको आराधना गर्नुपर्छ। यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, किनभने परमेश्वर मात्रै सत्यता हुनुहुन्छ। परमेश्वरले स्वर्ग र पृथ्वी अनि यावत् थोकको नियन्त्रण गर्नुहुन्छ, र सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ। परमेश्वरमा विश्वास नगर्नु र परमेश्वरमा समर्पित नहुनु भनेको सत्यता प्राप्त गर्न नसक्नु हो। यदि तँ परमेश्वरका वचनहरूअनुसार जिउँछस् भने, तेरो हृदयको गहिराइमा, तैँले उज्यालो र सहज महसुस गर्नेछस्, र तँ अतुलनीय मिठासमा पनि रमाउनेछस्। जब यस्तो हुन्छ, तैँले साँचो रूपमा जीवन प्राप्त गरेको हुनेछस्। संसारका वैज्ञानिकहरूका उपलब्धिहरू जति नै महान् भए पनि, तिनीहरू मृत्युको नजिक पुग्नेबित्तिकै, तिनीहरूले आफू रित्तो हात भएको र तिनीहरूले केही पनि प्राप्त नगरेको अनुभव गर्नेछन्। आइन्स्टाइन र न्यूटनजस्ता उच्चप्रशंसित बौद्धिक व्यक्तिहरूले समेत रित्तो महसुस गरे। यसको कारण के थियो भने तिनीहरूसँग सत्यता थिएन, र तिनीहरूमा परमेश्वरबारे साँचो बुझाइ थिएन। तिनीहरूले परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरू उहाँको अस्तित्वमा मात्र विश्वास गर्थे, तर सत्यता पछ्याउने गर्दैनथे। तिनीहरू बस विज्ञान र अध्ययन-अनुसन्धानमा भर परेर परमेश्वर हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन र प्रमाणित गर्न मात्र चाहन्थे। फलस्वरूप, तिनीहरू दुवैले जीवनभर अध्ययन-अनुसन्धान गरे, तर केही पनि हासिल गरेनन्, र तिनीहरूले आजीवन परमेश्वरमा विश्वास गरिरहे पनि सत्यता कहिल्यै प्राप्त गरेनन्। तिनीहरूले वैज्ञानिक ज्ञानको मात्रै खोजी गरे, तर तिनीहरूले परमेश्वरलाई चिन्न खोजेनन्। तिनीहरूले सत्यता प्राप्त गरेनन्, न त तिनीहरूले साँचो जीवन नै प्राप्त गरे। तिमीहरूले आज हिँडिरहेको मार्ग तिनीहरूले हिँडेको मार्ग होइन। तिमीहरूले जे खोजी गर्छौ, त्यो भनेको परमेश्वरलाई चिन्ने, उहाँमा समर्पित हुने, उहाँको आराधना कसरी गर्ने, र कसरी अर्थपूर्ण जीवन जिउने खोजी हो। यो तिनीहरूले खोजेको कुराभन्दा पूर्ण रूपमा फरक छ। तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरू भए पनि, तिनीहरूले सत्यता प्राप्त गरेनन्। अहिले, देहधारी परमेश्वरले तिमीहरूलाई सत्यताको हरेक पक्षबारे बताइसक्नुभएको र तिमीहरूलाई सत्यता र जीवनको मार्ग दिइसक्नुभएको छ। तिमीहरूले सत्यता खोजी नगर्नु मूर्खता हुनेछ।
अहिले, तिमीहरूमा सत्यताको बुझाइ अपर्याप्त छ। तँ खोक्रो सिद्धान्त मात्र बोल्न सक्छस्। आफूले जिम्मा लिएको कुनै पनि कामबारे तैँले आफू निकै अपूर्ण र अन्योलग्रस्त रहेको महसुस गर्छस्। यसले के देखाउँछ भने तेरो जीवन प्रवेश अति देखावटी भएको छ, र तैँले अझै सत्यता प्राप्त गरेको छैनस्। जब तैँले साँचो रूपमा सत्यता बुझ्छस् र परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्छस्, तब तँलाई शक्ति मिल्नेछ, यस्तो अटूट शक्ति जसले तेरो शरीर भरिनेछ। त्यसबखत, तैँले आफूभित्र पहिलेभन्दा धेरै उज्यालो महसुस गर्नेछस्, र तँ जतिजति टाढासम्म हिँड्छस् बाटो झन्झन् बढी उज्यालो बन्नेछ। आजभोलि, परमेश्वरमा विश्वास गर्ने अधिकांश मानिसहरूले अझै पनि सही मार्ग हिँड्न थालेका छैनन् र तिनीहरूले सत्यता बुझ्न सकेका छैनन्, त्यसकारण तिनीहरू आफूभित्र अझै पनि खोक्रो महसुस गर्छन्, जीवनलाई कष्ट ठान्छन्, र तिनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गर्ने शक्ति हुँदैन। तिनीहरूको हृदयमा कुनै दर्शन नआएसम्म परमेश्वरका विश्वासीहरू यस्तै हुन्छन्। मानिसहरूले सत्यता प्राप्त गरेका छैनन् र तिनीहरू परमेश्वरलाई अझै चिन्दैनन्, त्यसकारण तिनीहरू अझै पनि खासै आनन्द महसुस गर्दैनन्। विशेष गरी, तिमीहरू सबैले सतावट भोगेका छौ र घर फर्कन अप्ठ्यारो अनुभव गरेका छौ। कष्ट भोग्दा, तँभित्र मृत्युका सोचहरू र बाँच्ने अनिच्छा पनि जाग्छन्। यी देहका कमजोरीहरू हुन्। केहीले त के पनि सोच्छन् भने, “परमेश्वरमा विश्वास गर्नु आनन्दमयी हुनुपर्छ। अनुग्रहको युगमा, पवित्र आत्माले मानिसहरूलाई शान्ति र खुसी प्रदान गर्नुभयो। अहिले शान्ति र खुसी एकदमै कम छ, र अनुग्रहको युगको भएजस्तो आनन्द अहिले छैन। आज परमेश्वरमा विश्वास गर्नु भनेको अत्यन्त पिरोल्ने कुरा भएको छ।” तँलाई के मात्र थाहा छ भने दैहिक आनन्द अरू कुनै पनि चीजभन्दा राम्रो कुरा हो। तर तँलाई थाहा छैन, परमेश्वरले आज के काम गर्दै हुनुहुन्छ। तिमीहरूको स्वभाव रूपान्तरण गर्न परमेश्वरले तिमीहरूको देहलाई कष्ट भोग्न दिनुपर्छ। तेरो देहले कष्ट भोगे पनि, तँसँग परमेश्वरको वचन र उहाँको आशिष् छ। तैँले चाहेर पनि मर्न सक्दैनस्। के तँ परमेश्वर नचिन्ने र सत्यता प्राप्त नगर्ने कुरा स्विकार्न सक्छस्? अहिले, बढीमा के मात्र हो भने, मानिसहरूले सत्यता प्राप्त गरेका छैनन्, र तिनीहरूसँग जीवन छैन। तिनीहरू मुक्ति खोज्ने आधा बाटोमा छन्, त्यसैले यस क्रममा तिनीहरूले थोरै कष्ट भोग्नैपर्छ। आज, संसारका हरेक व्यक्तिको परीक्षा भइरहेको छ, परमेश्वरसमेत कष्ट भोग्दै हुनुहुन्छ, त्यसकारण के तिमीहरूले कष्ट नभोग्नु उचित कुरा हो त? ठूला विपद्मार्फत शोधन नभई सच्चा विश्वास हुन सक्दैन, र सत्यता र जीवन प्राप्त गर्न सकिँदैन। परीक्षा र शोधन नभए काम हुँदैन। पत्रुसलाई नै हेर्—अन्त्यमा (ऊ त्रिपन्न वर्ष पुगेपछि) सात वर्षसम्म उसको परीक्षा भयो। ती सात वर्षभरि उसले सयौँ परीक्षाहरू भोग्यो। हरेक केही दिनको अन्तरालमा उसको एउटा परीक्षा हुन्थ्यो, र सबैखाले परीक्षाहरू सामना गरेपछि मात्र उसले जीवन प्राप्त गर्यो र आफ्नो स्वभाव रूपान्तरण भएको अनुभव गर्यो। जब तैँले साँच्चिकै सत्यता प्राप्त गरेर परमेश्वरलाई चिन्न पुग्छस्, तैँले आफू परमेश्वरको लागि बाँचिरहेको हुनुपर्ने महसुस गर्नेछस्। यदि तँ परमेश्वरको लागि बाँच्दैनस् भने, तैँले पछुताउनेछस्; तैँले तेरा बाँकी दिनहरू नमिठो अफसोस र घोर पश्चात्तापमा जिउनेछस्। तँ अझै मर्न सक्दैनस्। तँ आफ्नो मुठ्ठी कसेर दृढतापूर्वक बाँचिरहनुपर्छ। तैँले परमेश्वरका लागि भनेर जीवन जिउनुपर्छ। जब मानिसहरूमा सत्यता हुन्छ, तिनीहरूसँग यो दृढता हुन्छ र फेरि कहिल्यै मर्ने इच्छा गर्दैनन्। मृत्युले तँलाई तर्साउँदा, तैँले यसो भन्नेछस्, “हे परमेश्वर, म मर्न इच्छुक छुइनँ। म अझै पनि तपाईलाई चिन्दिनँ। मैले अझै तपाईँको प्रेमको ऋण तिरेको छुइनँ। तपाईँलाई राम्ररी नचिनीकन म मर्न सक्दिनँ।” के तिमीहरू अहिले यो बिन्दुमा पुगेका छौ? अझै पुगेका छैनौ, छौ र? केही मानिसले परिवारको पीडा भोग्छन्, केहीले विवाहको कष्ट, र केहीले सतावट भोग्छन्, र तिनीहरूको बस्ने ठाउँसमेत हुँदैन। तिनीहरू जहाँसुकै जाऊन्, त्यो अरू कसैको घर हुनेछ, र तिनीहरूले हृदयमा पीडा महसुस गर्छन्। तिमीहरूले अहिले भोगिरहेको पीडा परमेश्वरले भोग्नुभएकै पीडा होइन र? तिमीहरू परमेश्वरसँगै कष्ट भोगिरहेका छौ, परमेश्वरले मानवलाई पीडामा साथ दिनुहुन्छ। आज ख्रीष्टको सङ्कष्ट, राज्य र सहनशक्तिमा तिमीहरू सबैको भूमिका छ, र अन्त्यमा तिमीहरूले महिमा प्राप्त गर्नेछौ! यो कष्ट सार्थक छ। त्यस्तै हो नि, होइन र? तँसँग यो इच्छा नै नहुने हुनु हुँदैन। तैँले आज कष्ट भोग्नुको अर्थ के हो र किन यति धेरै कष्ट भोग्दैछस् त्यो बुझ्नुपर्छ। तैँले सत्यता खोजी गरी परमेश्वरको अभिप्रायको बुझाइमा पुग्नुपर्छ, त्यसपछि तँभित्र कष्ट भोग्ने इच्छा जाग्नेछ। यदि तैँले परमेश्वरको अभिप्राय बुझ्दैनस्, र कष्ट भोग्नेबारे मात्र सोच्छस् भने, तैँले त्यसबारे जति सोच्छस् उति नै त्यो असहज बन्छ र उति नै बढी तेरो जीवनको बाटो सक्किन लागेझैँ नकारात्मक महसुस हुनेछ। तँलाई मृत्युको व्यथाले सताउन थाल्नेछ। यदि तैँले आफ्नो हृदय र सारा कोसिस सत्यतामा लगाउँछस्, र तँ सत्यता बुझ्न सक्षम छस् भने, तेरो हृदय चम्किलो हुनेछ, र तैँले आनन्द अनुभव गर्नेछस्। जीवनमा तैँले आफ्नै हृदयभित्र शान्ति र खुसी पाउनेछस्, र जब रोगले आक्रमण गर्छ वा मृत्यु नजिकिन्छ, तैँले यसो भन्नेछस्, “मैले अझै सत्यता प्राप्त गर्न बाँकी छ, त्यसैले म मर्न सक्दिनँ। मैले परमेश्वरमा राम्ररी अर्पित हुनुपर्छ, राम्ररी परमेश्वरको गवाही दिनुपर्छ, अनि परमेश्वरको प्रेमको ऋण तिर्नुपर्छ। अन्तिममा, म जसरी मरूँला त्यसले फरक पर्दैन, किनकि मैले सन्तोषजनक जीवन जिएको हुनेछु। जेसुकै होस्, म अहिले नै मर्न सक्दिनँ। म दृढ भई बाँचिरहनुपर्छ।” तँ अब यस विषयमा स्पष्ट हुनुपर्छ, र यी कुराहरूबाट तैँले सत्यता बुझ्नुपर्छ। मानिसहरूमा सत्यता छ भने, तिनीहरूसँग बल हुन्छ। तिनीहरूमा सत्यता छ भने, तिनीहरूको शरीरभरि अटूट शक्ति पनि हुन्छ। तिनीहरूमा सत्यता छ भने, दृढता हुन्छ। सत्यताविना, मानिस कुहिएका तरकारीजतिकै गिला हुन्छन्; तिनीहरूमा सत्यता छ भने, तिनीहरू इस्पातजतिकै कडा बन्छन्। परिस्थिति जतिसुकै तितो भए पनि, तिनीहरूले बिलकुलै तिक्तता महसुस गर्नेछैनन्। तँलाई तेरो थोरै कष्ट कतिचाहिँ हो जस्तो लाग्छ? देहधारी परमेश्वर अझै कष्ट भोग्दै हुनुहुन्छ! तिमीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसहरू हौ र तिमीहरूको प्रकृति परमेश्वरलाई धोका दिनु हो। तिमीहरूले थाहै नपाई परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने थुप्रै कामहरू गरेका छौ, र तिमीहरू न्याय र सजाय भोग्न लायक छौ। के बिरामी मानिसहरूलाई उपचार गर्दैगर्दा, तिनीहरूले कष्टको डर मान्नु उचित कुरा हो? तिमीहरूमा भ्रष्ट स्वभाव छन्, त्यसकारण के तिमीहरूलाई कुनै पीडाविना नै आफ्नो स्वभाव परिवर्तन गरी जीवन प्राप्त गर्न सक्छु जस्तो लाग्छ? तिमीहरूको कष्ट आफ्नै भ्रष्ट स्वभावले निम्त्याएको हो। तिमीहरूले त्यो पाउनैपर्ने र सहनैपर्ने कुरा हो। न यो निर्दोष हो न त परमेश्वरले थोपर्नुभएको नै हो। तिमीहरूले अहिले भोगिरहेको कष्ट आफ्नो कर्तव्यमा दौडधुप गरेको र कडा मेहनत गरेको भन्दा अलिकति बढी हो। कहिलेकाहीँ तिमीहरूले आफ्ना भ्रष्ट स्वभावहरू बिलकुलै परिवर्तन नभएको पाउँछौ, त्यसकारण तिमीहरूले केही शोधन भोग्छौ। कहिलेकाहीँ तिमीहरूले परमेश्वरको वचन बुझ्दैनौ वा ती वचनहरू पढ्दा पीडादायी लाग्छन्, त्यसकारण तिमीहरू परमेश्वरको वचनको शोधनबाट अलि कष्ट भोग्छौ। अथवा, सायद, तिमीहरूले आफ्नो वास्तविक काम नराम्रोसँग गर्छौ र आफ्नो कर्तव्यमा गल्तीहरू गरिराख्छौ, र तिमीहरू आफ्नो काम गर्न सक्षम नभएकोमा दोषी र आफैप्रति घृणा महसुस गर्छौ, र यसले तिमीहरूलाई केही पीडा दिन्छ। सायद तिमीहरू अरूले प्रगति गरेको देख्छौ तर आफ्नो प्रगति अति सुस्त भएको महसुस गर्छौ, तिमीहरूलाई परमेश्वरको वचन बोध गर्न अति धेरै समय लाग्छ, यसमा एकदमै थोरै मात्र प्रकाश भएझैँ महसुस हुन्छ, र यी विषयहरूले तिमीहरूलाई केही कष्ट दिन्छ। कहिलेकाहीँ तिमीहरू ठूलो रातो अजिङ्गरको गिरफ्तार र सतावटको कारण आफ्नो प्रतिकूल वातावरणबाट त्रसित हुन्छौ, त्यसकारण तिमीहरू जहिले पनि भयभीत र बेचैन हुन्छौ, र डरमा जिउँछौ, र यसले तिमीहरूलाई केही कष्ट तुल्याउँछ। योबाहेक तिमीहरूले अरू के कष्ट भोगेका छौ? तिमीहरूलाई भारी शारीरिक काम गर्न लगाइँदैन, न त तिमीहरूलाई पिट्ने वा गाली गर्ने हाकिम वा साहेब नै हुन्छन्, र तिमीहरूलाई कसैले पनि दासलाई जस्तो व्यवहार गर्दैन। तिमीहरूले त्यस्तो कुनै कठिनाइ सहनुपर्दैन। खासमा, तिमीहरूले भोग्ने यो कठिनाइ वास्तविक कठिनाइ होइन। त्यसबारे सोच। कुरा यही होइन र? तिमीहरूले आफ्नो परिवार त्यागेर परमेश्वरमा अर्पित हुनुको महत्त्व, र यसो गर्नुको कारण बुझ्नुपर्छ। यदि तँ सत्यता र जीवन खोजी गर्न, र साथसाथै आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरको प्रेमको ऋण तिर्न त्यसो गर्छस् भने, त्यो पूर्ण रूपमा जायज छ। यो सकारात्मक कुरा हो, यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित छ, र यो कुराप्रति तँ कहिल्यै पछुताउनेछैनस्। तेरो परिवारलाई जे आइपरे पनि, तैँले त्यसलाई त्याग्न सक्छस्। यदि तैँले स्पष्ट रूपमा यो महत्त्व बुझ्छस् भने, तँलाई कुनै पछुतो हुनेछैन, र तँ नकारात्मक हुनेछैनस्। यदि तैँले सच्चा रूपले आफूलाई परमेश्वरमा अर्पित गरिरहेको छैनस्, बरु आशिष् प्राप्त गर्न मेहनत गर्दै छस् भने, यो अर्थहीन छ। जब तैँले यो विषय राम्रोसँग बुझ्छस्, तब समस्या समाधान हुन्छ, र तैँले आफ्नो परिवारबारे चिन्ता लिनुपर्ने आवश्यकता रहनेछैन। सबैथोक परमेश्वरकै हातमा हुन्छ। अहिलेसम्म आइपुग्दा, तिमीहरू सबैले केही परीक्षा भोगेका छौ। कतिपय मानिसहरूले केही सत्यता प्राप्त गरेका छन्, तर कतिपयले भने धर्मसिद्धान्तहरू मात्र बुझेका छन् तर कुनै सत्यता प्राप्त गरेका छैनन्। केहीमा राम्रो क्षमताको कारण तुलनात्मक रूपले गहन बोध छ, र कम क्षमता भएकाहरूमा तुलनात्मक रूपले सतही बोध छ। तेरो बोध गहन वा सतही जे-जस्तो भए पनि, तैँले केही सत्यता बुझ्छस् र कुनै परीक्षा सामना गर्दा आफ्नो साक्षीमा दह्रिलो गरी खडा हुन सक्छस् भने, तेरो कष्टको अर्थ र मूल्य रहन्छ। यदि तैँले परमेश्वरबाट आएका कुराहरू स्वीकार गर्न सक्दैनस्, र तैँले कुनै पनि कुरालाई मानवीय धारणा र कल्पनाको आधारमा लिन्छस् भने, जतिसुकै कष्ट भोगे पनि, तँसित अनुभवमा आधारित साँचो गवाही कहिल्यै हुनेछैन। अनि, तैँले सत्यता प्राप्त नगरेकोले, तेरो कष्टको कुनै मूल्य हुनेछैन।
तिमीहरूले सबै कुरामा परमेश्वरको अभिप्राय खोजी गर्नुपर्छ, र तिमीहरूले सबै कुरामा सत्यता खोजी गर्नुपर्छ। उदाहरणको लागि, जीवनका खानेकुरा, वस्त्र, र व्यक्तिगत कुराहरूजस्ता विषयमा तैँले कसरी सत्यता खोजी गर्छस्? के यी कुराहरूमा खोजी गर्नुपर्ने सत्यताहरू छन्? कतिपय मानिसहरूले भन्छन्, “परमेश्वरमा विश्वास गर या नगर, खुसी भनेको राम्ररी खान-लाउन पाउनु हो। त्योविना, दुख मात्र हुनेछ।” के यो सत्यतासँग मेल खान्छ? प्रचुरतामा जिउने, राम्रो खाने र लाउने कैयौँ मानिसहरू हुन्छन्, जो दैहिक आनन्दका लोभी हुन्छन्। तिनीहरूले सजिलै सत्यता स्विकार्ने वा व्यवहारमा लागू गर्नेसमेत गर्दैनन्, सबथोक त्यागेर तिनीहरू परमेश्वरमा अर्पित हुनु त परको कुरा हो। त्यस खालको व्यक्तिले परमेश्वरको अनुमोदन प्राप्त गर्दैन, र अन्तिममा, तिनीहरू सबै विपद्मा परेर रुनेछन् र दाह्रा किट्नेछन्। के त्यस खालका व्यक्तिमा उल्लेख गर्न लायक खुसी हुन सक्छ? थुप्रै मानिसहरू श्रमिक वा किसान परिवारमा जन्मेर बच्चैदेखि धेरै कष्ट भोगेका हुन्छन्। यदि तिनीहरू सत्यता बुझ्न सक्षम छन् भने, तिनीहरूले सम्भवतः त्यो स्विकार्न र व्यवहारमा लागू गर्न सक्छन्, र तिनीहरू कष्टको डर नमानी त्यागहरू गर्न र आफैलाई परमेश्वरमा अर्पित गर्न सक्षम हुन्छन्। तिनीहरू परमेश्वरको आज्ञाप्रति पूर्ण बफादारी निभाउन सक्षम हुन्छन्, र केही त परमेश्वरको लागि आफ्नै जीवन दिने हदसम्म पुग्छन्। परमेश्वरको घरमा त्यस्ता व्यक्तिको प्रशंसा गरिन्छ। धेरै मानिसहरू दैहिक आनन्दमा अति नै केन्द्रित हुन्छन्। के तिमीहरूले पनि राम्रो खानु र लाउनु वास्तवमै महत्त्वपूर्ण हो भनेर भन्थ्यौ? बिलकुलै होइन। यदि कसैले परमेश्वरलाई साँचो रूपमा चिन्न र सत्यता प्राप्त गर्न सक्छ भने, आफूले गर्ने सबै कुरामा, उसले परमेश्वरको साक्षी दिन्छ र परमेश्वरलाई सन्तुष्ट तुल्याउँछ। त्यस्तो व्यक्तिले जति नै नराम्ररी खाने-लाउने गरे पनि, उसको जीवनमा अझै पनि मूल्य हुन्छ, र उसले परमेश्वरको स्वीकृति प्राप्त गर्न सक्छ। के त्यो सबभन्दा अर्थपूर्ण कुरा होइन र? न त राम्रो खाँदा नै न त राम्रो लाउँदा नै, त्यसले तँ आशिषित हुने कुराको ग्यारेन्टी गर्छ। यदि तैँले परमेश्वरविरुद्ध विद्रोह गरिस् वा गलत मार्ग अपनाइस् भने तँ अझै पनि श्रापित नै हुनेछस्, जबकि नराम्रो नराम्रो कपडा लगाएपनि वा नराम्रो खाए पनि सत्यता प्राप्त गरेको छ भने त्यस व्यक्तिलाई परमेश्वरले आशिष् दिनुहुनेछ। त्यसकारण, तैँले खाने-लाउने विषयलाई कसरी लिनुपर्छ भन्नेबारेमा सत्यताको खोजी गर्नुपर्छ, र तैँले आफ्नो कर्तव्यनिर्वाहलाई कसरी लिनुपर्छ भन्नेबारेमा अझै बढी सत्यता खोजी गर्नुपर्छ। परमेश्वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। यो मान्छेको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्। यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले आफूलाई परमेश्वरले जे सुम्पनुहुन्छ सो कुराप्रति कस्तो व्यवहार गर्ने भन्नेबारेमा पूर्ण बुझाइ हासिल गर्नुपर्छ र तिनीहरूले कम्तीमा पनि उहाँले मानवजातिलाई सुम्पिनुभएका आज्ञाहरू परमेश्वरले दिनुभएको बढाइ र विशेष निगाहहरू हुन् र ती सबैभन्दा महिमामयी कुराहरू हुन् भनेर बुझ्नुपर्छ। अन्य सबै कुराहरूलाई त्याग्न सकिन्छ। यदि व्यक्तिले आफ्नो जीवन नै बलिदान दिनुपर्छ भने पनि, उसले परमेश्वरका आज्ञाहरू पूरा गर्नैपर्छ। यहाँ हेर्, के यसमा खोजी गर्नुपर्ने सत्यता छैन र? आफ्नो स्वभावमा परिवर्तन हासिल गर्नु पूर्ण रूपमा सत्यताको खोजी गर्ने कार्यसँग जोडिएको हुन्छ! यदि तैँले मानिसहरू किन जिउँछन्, र तैँले जीवनलाई कसरी हेर्नुपर्छभन्ने सत्यतालाई बुझिस् भने, के जीवनसम्बन्धी तेरो दृष्टिकोण परिवर्तन हुनेछैन र? यहाँ त खोजी गर्नुपर्ने सत्यता अझै धेरै छ। परमेश्वरलाई प्रेम गर्ने कार्यमा कुन सत्यता पाउन सकिन्छ? किन मानवले उहाँलाई प्रेम गर्नैपर्छ? उहाँलाई प्रेम गर्नुको महत्त्व के हो? यदि व्यक्तिसँग परमेश्वरलाई प्रेम गर्ने सत्यताको स्पष्ट बुझाइ छ भने, र उसले उहाँलाई हृदयको गहिराइदेखि नै प्रेम गर्न सक्छ र उसमा परमेश्वरलाई प्रेम गर्ने हृदय अलिकति छ भने, ऊसित जीवन सच्चा छ र ऊ सबैभन्दा आशिषितहरूमध्येको एक हो। सबै कुरामा सत्यता खोजी गर्नेहरूको जीवनमा सबैभन्दा छिटो प्रगति हुन्छ, र तिनीहरूले स्वभावको रूपान्तरण हासिल गर्न सक्छन्। सबै कुरामा सत्यता खोजी गर्नेहरूलाई नै परमेश्वरले प्रेम गर्नुहुन्छ। यदि व्यक्तिले सबै कुरामा धारणा र धर्मसिद्धान्तहरू बोकेर हिँड्छ वा नियमहरू पालना गर्छ भने, उसले कुनै प्रगति गर्नेछैन। उसले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैन, र ढिलोचाँडो उसलाई हटाइनेछ। परमेश्वरले यस्तो व्यक्तिलाई सबैभन्दा बढी तिरस्कार गर्नुहुन्छ।
वसन्त, १९९९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।