उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ (भाग एक)
उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ। सबै मानिसमा भ्रष्ट स्वभाव हुने र कसैसँग सत्यता नहुने भएकाले सद्भावपूर्ण सहकार्यद्वारा मात्रै उनीहरूले आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न सक्छन्। सद्भावपूर्ण सहकार्य मानिसहरूको जीवन प्रवेशका लागि मात्र नभई, उनीहरूको कर्तव्य उचित रूपमा पूरा गर्नका लागि र मण्डलीका काममा पनि लाभदायक हुन्छ। सद्भावपूर्ण सहकार्य गर्नेहरू अपेक्षाकृत राम्रो मानवता र इमानदारी भएका मानिस हुन्, तर यदि कसैको मानवता राम्रो छैन, तिनीहरू अति अहङ्कारी र आत्मधर्मी छन्, वा अति कुटिल र छली छन् भने, तिनीहरूले कुनै हालतमा अरूसँग मैत्रीपूर्ण सहकार्य गर्दैनन्। कतिपय मानिसहरू इमानदार काममा लाग्दैनन्, आफ्नो कर्तव्य निर्वाह गर्दा होसियार हुँदैनन् र सधैँ खराब काम गर्न खोज्छन्। यस्ता मानिसहरू अरूसँग सहकार्य गर्न सक्दैनन्, र अरूसँग मिलापमा रहन वा मिल्न सक्दैनन्। यस्ता मानिसहरूमा मानवता हुँदैन, तिनीहरू पशु, दियाबलस र शैतान हुन्। असल मानवता भएका सबै आज्ञाकारी र समर्पित मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा निश्चय नै परिणाम प्राप्त गर्नेछन् र अरूसँग सजिलैसँग सहकार्य गर्छन्। जहाँसम्म आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह नगर्नेहरू, खराब व्यवहार गर्नेहरू, वा अरू मानिसहरूको कर्तव्य निर्वाहमा समेत बाधा पुर्याउनेहरूको कुरा छ—यदि तिनीहरू धेरै आग्रह गर्दा पनि सुध्रिँदैनन्, पश्चात्ताप गर्ने चिन्ता लिँदैनन्, कर्तव्यमा सधैँ अवरोध र बाधा पुर्याउँछन् र तिनीहरूको मानवताको गुणस्तर नीच छ भने, तिनीहरूलाई मण्डलीका काममा समस्या वा विपत्ति ल्याउन नदिन ढिलाइ नगरी सफाया गर्नुपर्छ। यो समस्या अगुवा र कामदारहरूले समाधान गर्नैपर्छ।
केही मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा गैरजिम्मेवार बन्छन्, फलस्वरूप काम सधैँ दोहोर्याएर गर्नुपर्छ। यसले कामका प्रभावकारितामा गम्भीर असर गर्छ। व्यक्तिमा पोख्त ज्ञान र अनुभव नहुनुबाहेक, यो समस्या देखापर्नुका अन्य कुनै कारणहरू छन्? (जब कुनै व्यक्ति तुलनात्मक रूपमा अहङ्कारी र आत्मधर्मी हुन्छ, आफै निर्णय गर्छ र सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गर्दैन।) पोख्त ज्ञान र अनुभव अलिअलि गर्दै सिक्न र आर्जन गर्न सकिन्छ, तर यदि व्यक्तिका स्वभावमा समस्या छ भने, के यो समाधान गर्न सजिलो हुन्छ जस्तो तिमीहरूलाई लाग्छ? (अहँ, यो सजिलो हुँदैन।) त्यसोभए, यो कसरी समाधान गर्नुपर्छ? (त्यो व्यक्तिले सजाय, न्याय र काटछाँट भोग्नैपर्छ।) उसले न्याय, सजाय र काटछाँट अनुभव गर्न आवश्यक छ—यी शब्दहरू सही छन्, तर सत्यता पछ्याउनेहरू मात्र यी प्राप्त गर्न सक्छन्। के सत्यतालाई प्रेम नगर्नेहरूले काटछाँट स्विकार्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्। मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा काम सधैँ दोहोर्याएर गर्नुपर्छ भने, सबैभन्दा ठूलो समस्या विशेषज्ञ ज्ञानको कमी वा अनुभवको अभाव हुँदैन, बरु तिनीहरू अत्यन्तै आत्मधर्मी र अहङ्कारी हुने भएकाले, तिनीहरूले मिलेर काम गर्न नचाहेकाले, र एक्लै निर्णय गरेर काम गर्ने गरेकोले यस्तो हुन्छ—यसको फलस्वरूप तिनीहरूले गरेको काम भद्रगोल हुन्छ, र केही पनि हासिल हुँदैन, र सबै प्रयास खेर जान्छ। अनि यसमा सबैभन्दा गम्भीर समस्या मानिसहरूको भ्रष्ट स्वभाव हुन्छ। यदि मानिसहरूका भ्रष्ट स्वभावहरू अत्यन्तै गम्भीर छन् भने, तिनीहरू असल मानिस होइनन्, तिनीहरू दुष्ट मानिस हुन्। दुष्ट मानिसहरूका स्वभावहरू सामान्य भ्रष्ट स्वभावभन्दा निकै गम्भीर हुन्छन्। दुष्ट मानिसहरूले दुष्ट कार्यहरू गर्ने सम्भावना हुन्छ, तिनीहरूले मण्डलीका काममा अवरोध गर्ने र बाधा दिने सम्भावना हुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा दुष्ट मानिसहरूले गर्न सक्ने भनेकै काम खराब रूपमा गर्नु र भताभुङ्ग पार्नु मात्रै हो; तिनीहरूको श्रममा सार्थकताभन्दा बढी समस्या हुन्छ। कतिपय मानिसहरू दुष्ट हुँदैनन्, तर तिनीहरूले आफ्नै भ्रष्ट स्वभावअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छन्—र तिनीहरूले पनि आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न सक्दैनन्। समग्रमा, भ्रष्ट स्वभावले मानिसहरूलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नबाट अत्यन्तै चरम रूपमा बाधा दिन्छ। मानिसहरूको भ्रष्ट स्वभावको कुन पक्षले तिनीहरूको कर्तव्य निभाउने प्रभावकारितामा सबैभन्दा बढी प्रभाव पारेको हुन्छ भन्ने तिमीहरूलाई लाग्छ? (अहङ्कार र आत्मधार्मिकता।) अहङ्कार र आत्मधार्मिकताका मुख्य मुख्य प्रकटीकरणहरू केके हुन्? आफै निर्णय गर्ने, आफ्नै बाटो हिँड्ने, अन्य मानिसहरूको सुझाव नसुन्ने, अरूसँग सल्लाह नलिने, सद्भावपूर्ण सहकार्य नगर्ने, र कामकुरामा सधैँ आफूले नै अन्तिम निर्णय गर्न प्रयास गर्ने। केही दाजुभाइ-दिदीबहिनीहरूले निश्चित कर्तव्य पूरा गर्न सहकार्य गरिरहेको हुनसक्ने भए पनि, तिनीहरू प्रत्येक तिनीहरूको आ-आफ्नै काममा संलग्न भए पनि, केही निश्चित समूह अगुवा वा सुपरिवेक्षकहरूले नै सधैँ अन्तिम निर्णय गर्न चाहन्छन्; तिनीहरूले जे गरिरहेको भए पनि, तिनीहरूले अरूसँग कहिल्यै मिलेर सहकार्य गर्दैनन्, र तिनीहरू सङ्गतिमा सहभागी हुँदैनन्, र अरूको सहमति नलिईकनै हतारमा काम गर्छन्। तिनीहरूले अरू सबैलाई तिनीहरूको कुरा मात्रै सुन्न लगाउँछन्, र यसैमा समस्या हुन्छ। यसको साथै, जब अरूले समस्या देख्छन्, तैपनि कार्यभारी व्यक्तिलाई रोक्न अघि सर्दैनन्, तब यसले आखिरमा यस्तो परिस्थिति निम्त्याउँछ, जहाँ मानिसहरू आफ्नो कर्तव्यमा प्रभावकारी हुँदैनन्, काम पुरै भद्रगोल हुन्छ, र संलग्न हरेकले आफ्नो कार्य दोहोर्याउनुपर्छ, र यस क्रममा थकित हुनुपर्छ। यस्तो गम्भीर परिणाम आउनुको जिम्मेवार को हो? (कार्यभारी व्यक्ति।) के संलग्न अरू मानिसहरू पनि जिम्मेवार हुन्छन्? (हुन्छन्।) कार्यभारी व्यक्तिले आफै निर्णयहरू गऱ्यो, आफ्नै तरिकाले काम गऱ्यो, र अरूले त्यो समस्या देखे तर उसलाई रोक्न केही पनि गरेनन्, र अझै गम्भीर कुरा के हुन्छ भने, तिनीहरू पनि त्यही कुराको पछि लाग्छन्; के यसले तिनीहरूलाई मतियार बनाउँदैन र? यदि तैँले यस्तो व्यक्तिलाई नियन्त्रण गर्दैनस्, रोक्दैनस्, वा खुलासा गर्दैनस्, बरु तिनीहरूलाई पछ्याउँछस् र तिनीहरूलाई चालबाजी गर्न दिन्छस् भने, के तैँले शैतानलाई मण्डलीका काममा बाधा पुऱ्याउन बेलगाम छोडिरहेको हुँदैनस् र? यो अवश्य नै तिमीहरूको समस्या हो। जब तिमीहरू कुनै समस्या देख्छौ र पनि यसमा कुनै हस्तक्षेप गर्दैनौ, यसबारे सङ्गति गर्दैनौ, यसलाई रोक्ने प्रयास गर्दैनौ, अनि त्यसबाहेक माथिकाहरूलाई यसबारे रिपोर्ट गर्दैनौ, तर “मानिसहरूलाई खुसी पार्ने” को भूमिका निभाउँछौ भने, के यो अबफादारीको सङ्केत हो? के मानिसहरूलाई खुसी पार्नेहरू परमेश्वरप्रति बफादार हुन्छन्? पटक्कै हुँदैनन्। त्यस्ता मानिसहरू परमेश्वरप्रति निष्ठावान् नहुने मात्र होइनन्, तिनीहरूले त शैतानको मतियार, परिचर र अनुयायीका रूपमा समेत काम गरिरहेका हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य र जिम्मेवारीमा बफादार हुँदैनन्, तर शैतानका लागि चाहिँ निकै बफादार हुन्छन्। समस्याको सार नै यहीँ छ। व्यावसायिक अपर्याप्तताका हकमा भन्दा, कर्तव्यपालन गर्ने क्रममा निरन्तर रूपमा सिक्न र आफ्ना अनुभवहरूलाई जम्मा गर्न सम्भव हुन्छ। त्यस्ता समस्याहरूलाई सजिलै समाधान गर्न सकिन्छ। समाधान गर्न सबैभन्दा कठिन कुरा भनेको मानिसको भ्रष्ट स्वभाव हो। यदि तिमीहरू सत्यता पछ्याउँदैनौ वा भ्रष्ट स्वभाव समाधान गर्दैनौ, तर सधैँ मानिसहरूलाई खुसी पार्ने भूमिका निभाउँछौ, र सिद्धान्तहरू उल्लङ्घन गरेको भनी तिमीहरूले देखेका मानिसहरूलाई काटछाँट वा सहयोग, खुलासा वा पर्दाफास नगरी, सधैँ पछि हट्छौ, जिम्मेवारी लिँदैनौ भने, तिमीहरूको जस्तो कर्तव्यपालनले मण्डलीका काममा सम्झौता र ढिलाइ मात्रै निम्त्याउँछ। आफ्नो कर्तव्य निर्वाहलाई अलिकति पनि जिम्मेवारी नलिई तुच्छ ठान्दा कामका प्रभावकारितामा असर मात्र पुग्दैन, तर मण्डलीको काममा बारम्बार ढिलाइ पनि हुन्छ। तैँले यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा, के तैँले झारा टार्ने काम मात्र गरेर परमेश्वरलाई छल गरिरहेको हुँदैनस् र? के यसले परमेश्वरप्रति कुनै बफादारी देखाउँछ? यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा निरन्तर रूपमा झारा मात्र टारिरहेको हुन्छस् र दृढ भई पश्चात्ताप गर्दैनस् भने, तँलाई निश्चित रूपमा हटाइनेछ।
तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा आइपर्ने कठिनाइलाई कसरी सम्हाल्नुपर्छ? सबैले समस्या समाधान गर्न मिलेर सत्यता खोजी गरी सहमतिमा पुग्नु सर्वोत्तम तरिका हो। तैँले सिद्धान्तहरू बुझिस् भने, के गर्ने भनेर थाहा पाउनेछस्। समस्या समाधान गर्ने यो सबैभन्दा राम्रो तरिका हो। यदि तँ समस्या समाधान गर्न सत्यता खोज्दैनस्, यसको सट्टा आफ्नो व्यक्तिगत धारणा र कल्पनामा मात्र कार्य गर्छस् भने, तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छैनस्। यो र गैरविश्वासीहरूको समाज वा शैतानका संसारमा काम गर्नुबीच के अन्तर छ? परमेश्वरका घरमा सत्यता र परमेश्वरको शासन चल्छ। जस्तोसुकै समस्या देखिए पनि यसको समाधान गर्न सत्यता खोज्नैपर्छ। जतिसुकै फरक-फरक विचारहरू भए पनि वा ती जतिसुकै भिन्न भए पनि, ती सबैलाई ल्याएर सङ्गति गर्नुपर्छ। त्यसपछि, सहमतिमा पुगेपछि सिद्धान्तअनुसार पाइला चाल्नुपर्छ। यसरी तैँले समस्या समाधान गर्न सक्ने मात्र होइन, तर सत्यता अभ्यास गर्न र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न पनि सक्छस्। तैँले समस्या समाधान गर्ने प्रक्रियामा सद्भावपूर्ण सहकार्य पनि प्राप्त गर्न सक्छस्। यदि आफ्नो कर्तव्य पूरा गर्नेहरू सबैले सत्यतालाई प्रेम गर्छन् भने, तिनीहरूलाई सत्यता स्विकार्न र त्यसप्रति समर्पित हुन सजिलो हुन्छ; तर यदि तिनीहरू अहङ्कारी र आत्मधर्मी छन् भने, मानिसहरूले सङ्गति गरे पनि तिनीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुँदैन। केही मानिसहरू सत्यता बुझ्दैनन्, तैपनि सधैँ अरूले तिनीहरूको कुरा सुनून् भन्ने चाहन्छन्। यस्ता मानिसहरूले अरूको कर्तव्य निर्वाहमा बाधा मात्रै दिन्छन्। समस्याको जड यही हो, र व्यक्तिले आफ्नो कर्तव्य ठिकसँग निर्वाह गर्न यसलाई समाधान गर्नैपर्छ। यदि कुनै व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा कामकुराबारे अरूसँग सहकार्य वा छलफल नगरी, र सत्यता सिद्धान्तहरू खोजी नगरी सधैँ अहङ्कारी र हठी बन्छ, सधैँ आफै निर्णय लिन्छ, सबै कुरा लापरवाही तरिकाले र आफूखुसी गर्ने गर्छ भने—यो उसको कर्तव्यप्रति कस्तो प्रकारको मनोवृत्ति हो? के यसरी आफ्नो कर्तव्य ठिकसँग पूरा गर्न सकिन्छ? यदि यस्तो व्यक्तिले कहिल्यै काटछाँट स्वीकार गर्दैन, सत्यतालाई कदापि स्वीकार गर्दैन, र अझै पश्चात्ताप नगरी वा परिवर्तन नभई आफ्नै तरिकाले, हतारमा र मनलागी कामकुरा गरिरहन्छ भने—यो मनोवृत्तिको मात्र समस्या नभई तिनीहरूको मानवता र चरित्रको समस्या हो। यो मानवता नभएको व्यक्ति हो। के मानवता नभएको व्यक्तिले आफ्नो कर्तव्य ठिकसँग पूरा गर्न सक्छ? पक्कै सक्दैन। यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य पालना गर्दा सबै प्रकारका आपत्तिजनक कार्यहरूसमेत गर्छ र मण्डलीका काममा बाधा पुर्याउँछ भने, ऊ दुष्ट व्यक्ति हो। त्यस्ता मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न योग्य हुँदैनन्। तिनीहरूको कर्तव्य निर्वाहले बाधा र क्षति मात्र पुर्याउँछ, र तिनीहरूले राम्रोभन्दा बढी हानि गर्छन्, त्यसैले तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न अयोग्य ठहराई मण्डलीबाट हटाउनुपर्छ। त्यसैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने व्यक्तिको सामर्थ्य उसका क्षमतामा मात्र निर्भर हुँदैन, तर मुख्यतया उसको आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति, उसको चरित्र, उसको मानवता असल छ कि खराब छ र ऊ सत्यता स्वीकार गर्न सक्छ या सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। यी नै मूल मुद्दाहरू हुन्। तेरो हृदय आफ्ना कर्तव्यमा छ कि छैन, तँ सक्दो गर्दै छस् कि छैनस् र दत्तचित्त भएर काम गर्दै छस् कि छैनस्, तँमा आफ्नो कर्तव्य निर्वाहप्रति गम्भीर र होसियार मनोवृत्ति छ कि छैन, तँ सावधान छस् कि छैनस् र कडा मेहनत गर्छस् वा गर्दैनस्: परमेश्वरले हेर्ने चीजहरू यिनै हुन्, परमेश्वरले हरेक व्यक्तिलाई छानबीन गर्नुहुन्छ। यदि धेरैजसो मानिस गैरजिम्मेवार छन् र कोही गम्भीर छैनन्, अनि गर्नुपर्ने सही काम के हो भन्ने आफ्ना हृदयमा थाहा हुँदाहुँदै पनि सिद्धान्तहरू पालन गर्ने प्रयास गर्दैनन्, र कसैले यसलाई गम्भीरतापूर्वक लिँदैन भने के तिनीहरूको कर्तव्य सही रूपमा पूरा हुन सक्छ? यस्तो अवस्थामा, अगुवा र कामदारहरूले अनुगमन, निरीक्षण, र मार्गदर्शन गर्नैपर्छ, वा समूह अगुवा वा रेखदेख गर्ने प्रमुख व्यक्तिका रूपमा काम गर्न जिम्मेवार व्यक्ति खोज्नैपर्छ। यसरी अधिकांश मानिसहरूलाई काममा उत्प्रेरित गर्न सकिन्छ र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा राम्रो परिणाम प्राप्त हुन सक्छ। बाधा र हानि पुर्याउने व्यक्ति देखा परेमा उसलाई सिधै पखालियोस्, किनभने मूल समस्या समाधान गरिँदा मानिसहरूलाई आफ्नो कर्तव्यमा प्रभावकारी हुन सहज हुनेछ। कतिपय मानिसमा थोरै क्षमता होला, तर तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा गैरजिम्मेवार हुन्छन्। तिनीहरूसँग प्राविधिक सीप वा व्यावसायिक ज्ञान होला, तर तिनीहरू यी कुरा अरू मानिसलाई सिकाउँदैनन्। अगुवा र कामदारहरूले यो समस्या समाधान गर्नैपर्छ। उनीहरूले तिनीहरूसँग सङ्गति गर्नुपर्छ, र तिनीहरूलाई आफ्नो सीप अरूलाई सिकाउन प्रोत्साहन दिनुपर्छ, ताकि अरूले सकेसम्म चाँडो सीपहरू सिकून् र व्यावसायिक ज्ञानमा निपुणता हासिल गरून्। तैँले व्यावसायिक ज्ञानमा निपुण व्यक्तिको रूपमा, गमक्क फुल्ने वा आफ्नो योग्यताको धाक लगाउने पटक्कै गर्नु हुँदैन; तैँले सक्रिय भएर आफ्ना सीप र ज्ञानमा अनुभव नभएकाहरूलाई सिकाउनुपर्छ, ताकि सबैले मिलेर आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्न सकून्। हुन सक्छ तँ आफ्नो पेसामा सबैभन्दा जानकार र सिपमा उत्कृष्ट छस्, तर यो तँलाई परमेश्वरले दिएको उपहार हो, र तैँले यसलाई आफ्नो कर्तव्य पूरा गर्नमा र आफ्नो शक्ति उपयोग गर्नमा प्रयोग गर्नुपर्छ। तँ जति नै दक्ष वा प्रतिभावान् भए पनि, एकलै काम गर्न सक्दैनस्; यदि सबैले पेसागत सीप र ज्ञान बुझ्न सकेमा कर्तव्य अझ प्रभावकारी रूपमा पूरा गर्न सकिन्छ। भनाइ नै छ, एक सक्षम मानिसलाई अरू तीन व्यक्तिको साथ चाहिन्छ। अरू सबैको सहयोगविना एक व्यक्ति जति नै सक्षम भए पनि यो पर्याप्त हुँदैन। तसर्थ, कोही पनि अहङ्कारी हुनु हुँदैन र कसैले पनि आफूखुसी काम गर्नु वा निर्णय लिनु हुँदैन। मानिसहरूले देहविरुद्ध विद्रोह गर्नुपर्छ, आफ्नो विचार र रायलाई पन्छाउनुपर्छ अनि अरू सबैसँग मिलेर काम गर्नुपर्छ। व्यावसायिक ज्ञान हुने जोसुकैले अरूलाई प्रेमपूर्वक मद्दत गर्नुपर्छ, ताकि उनीहरू पनि यी सीप र ज्ञानमा निपुण हुन सकून्। कर्तव्य पालनका लागि यो लाभदायक हुन्छ। यदि तँ सीप हुनुलाई सधैँ गरिखाने भाँडोको रूपमा हेर्छस् र त्यस्तो ठान्छस्, अनि अरूलाई सिकाउँदा आफू भोकै परिएला भनेर डराउँछस् भने—यो गैरविश्वासीहरूको दृष्टिकोण हो। यो त स्वार्थी र नीच अभ्यास हो, र परमेश्वरको घरमा स्विकारिने छैन। यदि तँ सत्यता कहिल्यै स्वीकार गर्न सक्दैनस्, र श्रम गर्न कहिल्यै इच्छुक हुँदैनस् भने तँ केवल हटाइनेछस्। यदि तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस् र उहाँको घरको कामप्रति बफादार हुन इच्छुक छस् भने, तैँले आफ्ना सबै शक्ति र सीप अर्पण गर्नुपर्छ, ताकि अरूले ती सिक्न र बुझ्न अनि आफ्नो कर्तव्य अझ राम्रोसँग निर्वाह गर्न सकून्। यो नै परमेश्वरका अभिप्रायहरूअनुरूप हो; यस्ता मानिसहरूसँग मात्र मानवता हुन्छ, र उनीहरूलाई परमेश्वर प्रेम गर्नुहुन्छ र आशिष् दिनुहुन्छ।
व्यक्तिले आफ्नो कर्तव्य राम्रोसित निभाउनका लागि के गर्नुपर्छ? उसले आफ्नो सारा हृदय र सारा शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। आफ्नो सारा हृदय र शक्ति प्रयोग गर्नु भनेको आफ्नो कर्तव्य निर्वाह गर्नमा मनमस्तिष्क लगाउनु हो र अरू कुरालाई दिमागमा बस्न नदिनु हो, र त्यसपछि आफूसँग भएको ऊर्जा लगाउनु, आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु, र आफ्नो क्षमता, वरदान, शक्ति, र आफूले बुझेको कुरालाई काममा लगाउनु हो। यदि तँमा बोध गर्ने र बुझ्ने क्षमता छ र तँसँग राम्रो विचार छ भने, तैँले यसबारे अरूसँग कुराकानी गर्नुपर्छ। सद्भावपूर्ण सहकार्य गर्नु भनेको यही हो। यसरी तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछस्, र यसरी तैँले सन्तोषजनक कर्तव्यपालन हासिल गर्नेछस्। यदि तँ सधैँ सबै कुरा आफै लिन चाहन्छस्, सधैँ एक्लै महान् कामहरू गर्न चाहन्छस्, सधैँ ध्यान अरूमा होइन तँमा परेको चाहन्छस् भने, के तैँले आफ्नो कर्तव्य निभाइरहेको हुन्छस् त? तैँले जे गरिरहेको छस् त्यसलाई एकतन्त्री काम भनिन्छ; यो त नौटङ्की प्रदर्शन हो। यो शैतानी व्यवहार हो, कर्तव्यपालन होइन। व्यक्तिको सामर्थ्य, वरदान, वा विशेष प्रतिभा जे-जस्तो भए पनि, कसैले पनि सबै कुरा आफै लिन सक्दैन; मण्डलीको काम राम्ररी गर्नु छ भने उसले सद्भावपूर्ण सहकार्य गर्न सिक्नुपर्छ। यही कारणले गर्दा, सद्भावपूर्ण सहकार्य आफ्नो कर्तव्य पूरा गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त रहन गएको हो। जबसम्म तैँले आफ्नो सारा हृदय र सारा शक्ति अनि सारा बफादारी लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्। यदि तँसँग कुनै विचार वा उपाय छ भने, यो कुरा अरूलाई बता; यो कुरालाई रोक्ने वा लुकाउने काम नगर्—तर यदि तँसँग सल्लाह-सुझाव छन् भने, ती दे; जसको विचार सत्यताअनुरूप छ त्यो स्वीकार र पालना गर्नुपर्छ। यसो गरिस् भने, तैँले सद्भावपूर्ण सहकार्य हासिल गर्नेछस्। आफ्नो कर्तव्य बफादारीपूर्वक निर्वाह गर्नु भनेको यही हो। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सबै कुरा आफै लिनुपर्दैन, अनि तैँले मरेतुल्य हुने गरी काम गर्ने, वा “फुलेको एउटै फूल” वा एकलकाँटे हुने पनि गर्नु पर्दैन; बरु, तैँले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न, र आफूले सक्ने सबै गर्न, आफ्ना जिम्मेवारीहरू पूरा गर्न, र आफ्नो सारा ऊर्जा लगाउन सिक्नु आवश्यक हुन्छ। यो नै कर्तव्य निर्वाह गर्नुको अर्थ हो। आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको कुनै नतिजा हासिल गर्नको लागि आफूसँग भएको सबै शक्ति र ज्योति प्रयोग गर्नु हो। यति नै पर्याप्त छ। सधैँ देखावा गर्ने, सधैँ ठूला कुरा गर्ने, एक्लै कामकुरा गर्ने प्रयास नगर्। तैँले अरूसँग कार्य गर्न तरिका सिक्नुपर्छ, र तैँले अरूको सुझाव सुन्नमा र तिनीहरूको सबल पक्षहरूलाई पत्ता लगाउनमा अझ बढी ध्यान दिनुपर्छ। यसरी, सद्भावपूर्ण सहकार्य गर्न सहज हुन्छ। यदि तँ सधैँ देखावा गर्ने र हैकम जमाउने प्रयास गर्छस् भने, तैँले सद्भावपूर्ण सहकार्य गरिरहेको हुँदैनस्। तैँले के गरिरहेको हुन्छस्? तैँले बाधा उत्पन्न गरिरहेको र अरूलाई कमजोर तुल्याइरहेको हुन्छस्। बाधा उत्पन्न गर्नु र अरूलाई कमजोर तुल्याउनु भनेको शैतानको भूमिका निर्वाह गर्नु हो; यो आफ्नो कर्तव्य निर्वाह गर्नु होइन। यदि तैँले सधैँ बाधा उत्पन्न गर्ने र अरूलाई कमजोर तुल्याउने काम गर्छस् भने, तैँले जति धेरै प्रयास लगाए पनि वा जति नै ध्यान दिए पनि, परमेश्वरले तँलाई स्मरण गर्नुहुनेछैन। तँसँग बल कम होला, तर यदि तँ अरूसँग काम गर्न र उपयुक्त सुझावहरू स्वीकार गर्न सक्षम छस्, र तँसँग सही प्रेरणा छ र तँ परमेश्वरको घरको कामको रक्षा गर्न सक्छस् भने, तँ सही व्यक्ति होस्। कहिलेकाहीँ तँ एउटै वाक्यले समस्या समाधान गर्न र सबैलाई फाइदा पुर्याउन सक्छस्; कहिलेकाहीँ तैँले सत्यताको एउटा कथनमा सङ्गति गरेपछि सबैले अभ्यासको मार्ग पाउँछन्, र एकसाथ मिलेर काम गर्न सक्छन्, र सबै साझा लक्ष्यतर्फ लागिपर्छन्, अनि समान विचार र धारणा साझा गर्छन्, अनि त्यसैले काम विशेष रूपमा प्रभावकारी हुन्छ। तैँले खेलेको यो भूमिका कसैले नसम्झे पनि, र तँलाई आफूले त्यसमा धेरै मेहनत गरेको जस्तो नलागे पनि, परमेश्वरले तँ सत्यको अभ्यास गर्ने व्यक्ति होस, सिद्धान्तअनुसार काम गर्ने व्यक्ति होस् भनी देख्नुहुनेछ। तैँले त्यसो गरेको परमेश्वरले सम्झना गर्नुहुनेछ। यसैलाई बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको भनिन्छ। तेरो कर्तव्य निर्वाहमा जे-जस्ता कठिनाइहरू भए पनि, वास्तवमा ती सबै सजिलै समाधान गर्न सकिन्छ। यदि तँ परमेश्वरप्रति झुकाव हुने हृदय भएको इमानदार व्यक्ति होस् र सत्यता खोजी गर्न सक्षम छस् भने, समाधान गर्न नसकिने कुनै समस्या हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले आज्ञापालन गर्न सिक्नैपर्छ। यदि सत्यता बुझ्ने वा सत्यताअनुरूप बोल्ने कोही छ भने तैँले उसको कुरा स्वीकार गरेर पालना गर्नैपर्छ। तैँले कुनै पनि हालतमा बाधा पुर्याउने वा कमजोर पार्ने कामकुरा गर्नु हुँदैन, र कार्य वा निर्णयहरू आफूखुसी नगर्। यसरी तैँले दुष्ट काम गर्नेछैनस्। तैँले याद राख्नुपर्छ: आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको आफ्नै व्यवसाय वा तेरो आफ्नै व्यवस्थापन गर्ने कुरा होइन। यो तेरो निजी काम होइन, यो मण्डलीको काम हो, र तैँले आफ्नो सबल पक्षहरूको मात्र योगदान दिन्छस्। परमेश्वरको व्यवस्थापनका कार्यमा तैँले गर्ने काम मानिसको सहकार्यको एउटा सानो भाग मात्रै हो। तेरो त एक छेउको सानो भूमिका मात्रै हो। तैँले बहन गर्ने जिम्मेवारी त्यही हो। तेरा हृदयमा यो समझ हुनुपर्छ। त्यसकारण, जति मानिसहरूले आफ्नो कर्तव्य एकसाथ निर्वाह गरिरहेका भए पनि, वा तिनीहरूले जे कठिनाइ सामना गरे पनि, हरेकले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको परमेश्वरलाई प्रार्थना गर्नु र सँगै सङ्गति गर्नु, सत्यता खोजी गर्नु, र त्यसपछि अभ्यासका सिद्धान्तहरू के-के हुन् भनी निर्धारित गर्नु हो। तिनीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गरे भने, अभ्यासको मार्ग भेट्टाउनेछन्। कतिपय मानिसहरूले सधैँ आफ्नो प्रदर्शन गर्ने प्रयास गर्छन्, र कुनै कामको लागि जिम्मेवारी दिइँदा, तिनीहरूले सधैँ अन्तिम निर्णय आफै गर्न चाहन्छन्। यो कस्तो प्रकारको व्यवहार हो? यो नियमकानुनलाई आफ्नै हातमा लिनु हो। आफूले गर्ने कामको बारेमा तिनीहरूले अरूलाई जानकारी नदिई योजना बनाउँछन्, र आफ्ना रायहरूका बारेमा कसैसित छलफल गर्दैनन्; तिनीहरूले ती कुराहरूलाई न त अरूसँग भन्छन् न त अरूको अगाडि खोल्छन्, बरु तिनलाई आफ्नो हृदयमा लुकाएर राख्छन्। जब काम गर्ने समय आउँछ तब अरूले तिनलाई ठूलो ठानून् भनी तिनीहरू सधैँ आफ्ना प्रतिभाशाली उपलब्धिहरूले अरूलाई चकित पार्न, सबैलाई ठूलो आश्चर्यमा पार्न चाहन्छन्। के त्यो तैँले आफ्नो कर्तव्य पूरा गरेको हो त? तिनीहरूले आफ्नो प्रदर्शन गर्ने प्रयास गरिरहेका हुन्छन्; र जब तिनीहरूले हैसियत र प्रसिद्धि प्राप्त गर्छन्, तब तिनीहरूले आफ्नै कामकारवाही अघि बढाउन थाल्छन्। के त्यस्ता मानिसहरू उग्र महत्त्वाकाङ्क्षाले भरिएका हुँदैनन् र? तैँले किन आफूले गर्न लागेको काम कसैलाई भन्दैनस्? यो काम तेरो एक्लैको मात्र होइन, तब किन तँ यो कसैसँग छलफल नगरी गर्छस् र तेरो आफ्नै निर्णय लिन्छस्? त्यस विषयमा कसैले जान्न नसकोस् भनी तँ किन गुप्त रूपमा काम गर्छस्, किन तँ पर्दापछाडि काम गर्छस्, ताकि त्यसबारे कसैलाई थाहा नहोस्? तँ किन सधैँ मानिसहरूलाई आफूमा मात्र ध्यान दिन लाउने कोसिस गर्छस्? स्पष्ट छ, तँ यो कामलाई तेरो आफ्नै व्यक्तिगत कामका रूपमा हेर्छस्। तँ मालिक होस्, र अरू सबै कामदार हुन्—उनीहरू सबैले तेरा लागि काम गर्छन्। जब तँमा निरन्तर यस्तो मानसिकता हुन्छ, के यो समस्या होइन र? के यस प्रकारको व्यक्तिले शैतानकै स्वभाव प्रकट गर्दैन र? जब यस्ता मानिसहरूले कर्तव्य निर्वाह गर्छन्, ढिलोचाँडो तिनीहरूलाई हटाइनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।