शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्‍नताहरू (अंश ६४)

धेरैजसो मानिसले केही वर्ष विश्‍वास गरेपछि केही धर्मसिद्धान्तबारे कुरा गर्न सक्छन्, जस्तै “हामीले आफ्नो विश्‍वासमा सही अभिप्राय राख्नुपर्छ,” “हामीले परमेश्‍वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन सिक्नुपर्छ,” “हामीले आफ्ना कर्तव्यहरू वफादारीसाथ निभाउनुपर्छ; हामीले परमेश्‍वरविरुद्ध विद्रोह गर्नु हुँदैन,” वा “हामीले आफूलाई चिन्नैपर्छ।” यी सबै धर्मसिद्धान्त सही हुन्, तर तिमीहरू यी शब्दहरूको साँचो अर्थ बुझ्दैनौ। तिमीहरू ती सतही रूपमा मात्र बुझ्छौ; तिमीहरू तिनको आत्मिक अर्थ वा परमेश्‍वरको वचनको गहनतम महत्त्व बुझ्दैनौ, त्यसैले तिमीहरूको हृदयमा कुनै सत्यता हुँदैन। तिमीहरूको अनुभव वा बुझाइ जेसुकै भए पनि, त्यो अति सतही हुन्छ। तिमीहरू केही धर्मसिद्धान्तबारे बोल्न र केही सरल कुराहरू प्रस्टसँग देख्न सक्छौ होला, तर तिमीहरू सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्दैनौ; तिमीहरू सत्यताको कहीँ कतै पनि नजिक आउँदैनौ। तिमीहरूसँग केही ज्ञान वा शिक्षा होला, तर तिमीहरू सत्यता बुझ्दैनौ। धर्मसिद्धान्त र शब्दहरूको बुझाइलाई सत्यता बुझेको नठान्। परमेश्‍वरमा लामो समयदेखि विश्‍वास गरेकाहरूमध्ये, असल क्षमता र तुलनात्मक रूपमा राम्रो आत्मिक बुझाइ भएका केही मानिस छन् जोसँग सत्यताका केही अनुभव होला—तैपनि, तिनीहरूले सत्यता बुझ्छन् भनेर भन्‍न सकिँदैन। तैँले प्रदान गर्ने ज्ञानका १० वाक्यमध्ये, सायद दुइटामा सत्यता हुन्छ। बाँकी धर्मसिद्धान्त हुन्छन्। तैपनि तँ आफूले सत्यता बुझेको ठान्छस्। तँ जहाँ गए पनि, कैयौँ दिनसम्म निरन्तर प्रचार गर्न सक्छस् र तँसँग भन्‍नका लागि सधैँ केही न केही हुन्छ। तँ आफूले बोलिसकेपछि, ती कुरालाई पुस्तक अर्थात् “विख्यात व्यक्तिको जीवनवृत्तान्त” को रूपमा सङ्कलन गरेर सबैलाई बाँड्न चाहन्छस्, ताकि तिनीहरूले सबैको फाइदाका लागि त्यसबाट खान र पिउन सकून्। यो अति अहङ्कारी र समझहीन कुरा हो, होइन र? मानिसहरूले सत्यतासम्बन्धी मामलाहरूको छेउसमेत छुन सक्दैनन्; धेरैभन्दा धेरै, लेखिएका केही शब्दहरू बुझ्लान्। तिनीहरू चतुर र तिनीहरूको स्मरणशक्ति राम्रो हुने हुनाले, तिनीहरूले प्रायः यी पक्षहरूको सत्यताबारे जस्तै परमेश्‍वरको काम, देहधारणको महत्त्व र रहस्य, अनि परमेश्‍वरको कामका तरिका र चरणहरूबारे बोल्ने हुनाले, जब तिनीहरूले आफूलाई निश्चित हदसम्म सुसज्जित पार्छन्, तब तिनीहरूलाई आफूसँग सत्यता छ, आफूमा यो पर्याप्त छ भन्‍ने लाग्छ। तिनीहरू कति समझहीन छन्; यसले तिनीहरू सत्यता बुझ्दैनन् भनेर प्रमाणित गर्छ। अचेल मानिसहरू अलिकति धर्मसिद्धान्त मात्रै बुझ्छन्। तिनीहरू आफूलाई चिन्दैनन्, झन् तिनीहरूमा समझ हुनु त परै जाओस्। तिनीहरू केही धर्मसिद्धान्त बुझेपछि, आफूसँग सत्यता छ, र आफू अब सामान्य मानिस होइन भन्‍ने सोच्छन्। तिनीहरू आफूलाई महान् ठान्छन् र यस्तो सोच्छन्, “मैले परमेश्‍वरका वचनहरू धेरै पटक पढिसकेको छु। मैले केही वचन त कण्ठसमेत गरेको छु र तिनले मेरो हृदयमा जरा गाडेका छन्। म जहाँ गए पनि, कैयौँ सभाहरूलाई एकपछि अर्को गर्दै प्रचार गर्न सक्छु, र परमेश्‍वरका वचनहरूको कुनै पनि अध्यायका आधारभूत कुराहरू बताउन सक्छु।” वास्तविकता के हो भने सत्यता कसैले बुझ्दैन। म किन त्यसो भन्छु? एउटा कुरा त, तिमीहरू समस्या समाधान गर्न वा त्यसको जड पत्ता लगाउन र तिनको सार बुझ्न सक्दैनौ। अर्को कुरा, तिमीहरू निश्चित समस्या वा मामिलालाई आंशिक रूपमा मात्रै बुझ्न सक्छौ, तिमीहरूको बुझाइ अस्पष्ट हुन्छ; तिमीहरू त्यसलाई सत्यतासँग जोड्न सक्दैनौ। तैपनि, तिमीहरू आफूलाई राम्रो ठान्छौ, तिमीहरू अहङ्कारी र आत्मधर्मी छौ। तिमीहरू अति मूर्ख र अज्ञानी छौ।

तिमीहरू “परमेश्‍वरमा विश्‍वास” भन्‍ने अभिव्यक्तिलाई कसरी व्याख्या गर्छौ? तिमीहरू सत्यताको यो पक्षलाई कसरी बुझ्छौ? मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा राख्नुपर्ने सही दृष्टिकोण के हो? अझै रहिरहेका गलत दृष्टिकोणहरू के-के हुन्? मानिसहरूले परमेश्‍वरमा कसरी ठ्याक्कै विश्‍वास गर्नुपर्छ? के तिमीहरूले यी प्रश्नहरूबारे सोचेका छौ? तिमीहरू सबै जना सत्यताका “दिग्गज” जस्ता, सत्यता सबै बुझ्ने जस्ता देखिन्छौ, त्यसैले म तिमीहरूलाई सबैभन्दा सरल प्रश्न सोध्छु: परमेश्‍वरप्रतिको विश्‍वास भनेको के हो? के तिमीहरूले त्यो विचार गरेका छौ? परमेश्‍वरप्रतिको विश्‍वासले ठ्याक्कै केलाई जनाउँछ? तिमीहरू ठ्याक्कै उहाँबाट के प्राप्त गर्न र कस्ता समस्याहरू समाधान गर्न चाहन्छौ? तिमीहरू यी कुराहरूबारे स्पष्ट हुनुपर्छ। तिमीहरू यो कुराबारे पनि स्पष्ट हुनैपर्छ: कुनै व्यक्तिले परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्नका लागि उसमा परमेश्‍वरप्रतिको विश्‍वासका के-कस्ता प्रकटीकरणहरू झल्किनैपर्छ? अर्थात्, तैँले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासलाई सच्चा बनाउन आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? परमेश्‍वर उहाँमा विश्‍वास गर्ने मानिसहरूले आफ्नो विश्‍वास सच्चा छ भनेर प्रमाणित गर्न कस्ता आधारभूत कुराहरू पूरा गरेको माग गर्नुहुन्छ? के तिमीहरू मनबाटै यी प्रश्नहरूबारे स्पष्ट छौ? वास्तवमा, तिमीहरू सबैले आफ्नो दैनिक जीवनमा अविश्‍वासीका केही व्यवहार देखाउँछौ। के तिमीहरू आफूले गरेका परमेश्‍वरप्रतिको विश्‍वास वा सत्यतासँग असम्बन्धित कुराहरू स्पष्ट रूपमा बताउन सक्छौ? के तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ के हो भनेर साँच्चै बुझ्छौ? कस्तो खालको व्यक्तिले सच्चा आस्था राख्छ र परमेश्‍वरमा साँच्चै विश्‍वास गर्छ? के तिमीहरू सृजित प्राणीले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर बुझ्छौ? यो व्यक्तिको परमेश्‍वरप्रतिको आस्थाबारे दृष्टिकोणसँग सम्बन्धित हुन्छ। केही मानिस भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको सही मार्गमा हिँड्नु र असल कार्य गर्नु हो; जीवनमा यो ठूलो कुरा हो। परमेश्‍वरका लागि केही कर्तव्य निभाउनु भनेको उहाँप्रतिको विश्‍वास व्यावहारिक रूपमा प्रकट हुनु हो।” यसो भन्‍ने मानिसहरू पनि छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुक्ति पाउनु हो; यो उहाँका अभिप्राय पूरा गर्नु हो।” तिमीहरू यी सब कुरा भनौला, तर के तिमीहरू ती कुरा साँच्चै बुझ्छौ त? वास्तविकता के हो भने तिमीहरू यी कुराहरू बुझ्दैनौ। परमेश्‍वरप्रतिको साँचो विश्‍वास भनेको केवल मुक्ति पाउनका लागि उहाँमा विश्‍वास गर्ने कार्य होइन, झन् यो असल व्यक्ति बन्‍न गरिने कार्य मात्र हुनु त परै जाओस्। यो मानव रूप प्राप्त गर्नकै लागि उहाँमा विश्‍वास गर्नु मात्रै पनि होइन। तथ्य के हो भने, परमेश्‍वरप्रतिको विश्‍वाससम्बन्धी मानिसको राय परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ सत्यता, बाटो, र जीवन हुनुहुन्छ, र कुरा त्यति हो भनेर विश्‍वास गर्नु मात्र हुनु हुँदैन। यो उहाँलाई स्विकार्नु, अनि उहाँ सबै थोकमाथि सार्वभौम, सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले संसार र सबथोक बनाउनुभयो, उहाँ अद्वितीय र सर्वोच्च हुनुहुन्छ भनी विश्‍वास गर्नु पनि होइन। यो कुरा यी तथ्यहरूलाई विश्‍वास गर्नु मात्रै पनि होइन। परमेश्‍वरका अभिप्राय भनेको तेरो सम्पूर्ण अस्तित्व र हृदय उहाँलाई दिनुपर्छ र उहाँमा समर्पित हुनुपर्छ भन्‍ने हो—अर्थात्, तैँले परमेश्‍वरलाई पछ्याउनुपर्छ, उहाँद्वारा प्रयोग गरिनुपर्छ, र तँ उहाँलाई सेवा प्रदान गर्नसमेत इच्छुक हुनुपर्छ—तैँले परमेश्‍वरका लागि जेसुकै पनि गर्नु उचित मात्रै हुन्छ। परमेश्‍वरले पूर्वनिर्धारित गरेका र चुनेका मानिसहरूले मात्रै उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍ने होइन। तथ्य के हो भने, सारा मानवजातिले उहाँको आराधना गर्नुपर्छ, उहाँको कुरा सुन्‍नुपर्छ र उहाँमा समर्पित हुनुपर्छ, किनभने मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभएको हो। यदि तँलाई परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य मुक्ति र अनन्त जीवन पाउनु हो भनेर थाहा छ, तर तँ पटक्कै सत्यता स्विकार्दैनस् र सत्यता पछ्याउने मार्गमा हिँड्दैनस् भने, तैँले आफूलाई मूर्ख बनाइरहेको छस्, होइन र? यदि तँ धर्मसिद्धान्त मात्र बुझ्छस् तर सत्यता पछ्याउँदैनस् भने, के तैँले सत्यता प्राप्त गर्न सक्छस्? परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा ठूलो पक्ष सत्यता पछ्याउनु हो। हरेक सत्यताको हकमा, मानिसहरूले त्यसको भित्री अर्थ के हो, सत्यताको त्यो पक्षलाई कसरी अभ्यास गर्ने, र त्यसमा कसरी प्रवेश गर्ने भन्‍ने कुरालाई खोजी गर्ने, मनन गर्ने, र अनुसन्धान गर्ने गर्नुपर्छ। विश्‍वासीहरूले बुझ्नैपर्ने र तिनीहरूमा हुनैपर्ने कुरा यिनै हुन्। परमेश्‍वरमा विश्‍वास गरिरहँदा, व्यक्तिमा हुनुपर्ने सत्यताको विभिन्‍न पक्षको कुरा आउँदा, तिमीहरूले अहिले शब्द र सिद्धान्तहरू अनि बाहिरी अभ्यासहरू मात्र बुझ्छौ। तिमीहरू सत्यताको सारलाई बुझ्दैनौ, किनभने तिमीहरूले यसलाई अनुभव गरेकै हुँदैनौ। उदाहरणका लागि: आफ्‍नो कर्तव्य पूरा गर्ने क्षेत्रमा र परमेश्‍वरलाई प्रेम गर्ने क्षेत्रमा धेरै सत्यता हुन्छ, र यदि मानिसहरूले आफूलाई चिन्‍न चाहन्छन् भने, तिनीहरूले धेरै सत्यता पनि बुझ्‍नुपर्छ। देहधारणको महत्त्व र रहस्यमा पनि बुझ्‍नैपर्ने धेरै सत्यता छन्। मानिसहरूले कस्तो व्यवहार गर्नुपर्छ; तिनीहरूले कसरी परमेश्‍वरको आराधना गर्नुपर्छ; तिनीहरू कसरी परमेश्‍वरप्रति समर्पित हुनुपर्छ; तिनीहरूले परमेश्‍वरका अभिप्राय अनुसारको हुन के गर्नुपर्छ; तिनीहरूले कसरी परमेश्‍वरको सेवा गर्नुपर्छ—यस्ता सबै विवरणमा धेरै सत्यता समावेश हुन्छन्। तँ विभिन्‍न क्षेत्रका यी सब सत्यताहरूलाई कसरी लिन्छस् र अनुभव गर्छस्? सुरुमा सत्यताको कुनचाहिँ पक्षलाई अनुभव गर्नु सबैभन्दा महत्त्वपूर्ण हो? मानिसहरूले साँचो मार्गमा जग बसालेपछि बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यताहरू धेरै छन्। इमानदार व्यक्ति बन्‍ने सत्यता छ, र विशेष गरी, कर्तव्य निभाउनुसँग सम्बन्धित सत्यताहरू छन्। मानिसहरूले यी सब अनुभव र अभ्यास गर्नुपर्छ। यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि कसरी अभ्यास र अनुभव गर्ने भनेर ध्यान नदिई सधैँ यी शब्द र धर्मसिद्धान्तहरू बोलिरहन्छस् भने, तँ सधैँ यी शब्दहरूमै जिउनेछस्, र तँमा कुनै वास्तविक परिवर्तन हुनेछैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्