परमेश्वरमाथिको विश्वास संसारका दुष्ट प्रचलनहरूलाई छर्लङ्गै देखेसँगै सुरु हुनुपर्छ (भाग एक)
युवावर्गका कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूले आफूलाई कम्प्युटर गेम खेल्न मनपराउने खराब बानीबाट मुक्त गर्न एकदमै गाह्रो हुन्छ। कम्प्युटर गेमहरूमा कुन प्रकारका कुराहरू हुन्छन्? तिनमा धेरै हिंसा हुन्छ। गेम खेल्नु—त्यो शैतानको क्षेत्र हो। यी खेलहरू लामो समयसम्म खेलेपछि धेरै जनाले कुनै वास्तविक काम गर्न सक्दैनन्; तिनीहरू उप्रान्त स्कूल जान, वा काम गर्न, वा आफ्नो भविष्यको बारेमा सोच्न चाहँदैनन्, तिनीहरूले आफ्नो जीवनको बारेमा त अझ कम ध्यान दिन्छन्। समाजका युवा मानिसहरूको हृदय अहिले कुन कुराहरूले भरिएको हुन्छ? खाने, पिउने, र रमाइलो गर्नेबाहेक, तिनीहरूको हृदय गेम खेल्ने चाहले भरिएको हुन्छ। तिनीहरूले बोल्ने र सोच्ने सबै कुरा हास्यास्पद र अमानवीय हुन्छन्। तिनीहरूले सोच्ने कुराहरू वर्णन गर्न “फोहोर” वा “दुष्ट” भन्ने शब्दहरूसमेत प्रयोग गर्न सकिँदैन; ती कुराहरू सामान्य मानवता भएकाहरूमा हुनुपर्ने कुराहरू होइनन्, ती सबै हास्यास्पद, अमानव कुराहरू हुन्। यदि तैँले सामान्य मानवतासित सम्बन्धित मामला वा विषयमा कुरा गरिस् भने, तिनीहरू त्यो कुरा सुन्न सक्दैनन्; तिनीहरू न त चासो राख्छन् न सुन्न इच्छुक हुन्छन्, र तिनीहरूमा तँप्रति घृणासमेत जाग्नेछ। सामान्य मानिसहरूसँग तिनीहरूको साझा भाषा वा साझा विषय हुँदैन। तिनीहरूका सबै विषयहरू खाने, पिउने र रमाइलो गर्नेसँग सम्बन्धित हुन्छन्। तिनीहरूको हृदय सांसारिक प्रचलनहरूले भरिएको हुन्छ। के तिनीहरूले कुनै सम्भावना बोकेका छन्? के तिनीहरूको कुनै भविष्य छ त? (हुँदैन, यी मानिसहरू रद्दी हुनेछन्।) “रद्दी” निकै उपयुक्त शब्द हो। यसको अर्थ के हो? के तिनीहरू सामान्य मानवजाति संलग्न हुने क्रियाकलापहरूमा संलग्न हुन सक्छन्? (सक्दैनन्।) यी मानिसहरूले आफ्ना अध्ययनहरूमा कुनै मेहनत लगाउँदैनन् अनि यदि कसैले तिनीहरूलाई तिनीहरूका कामहरूमा कडा परिश्रम गर्न लगाए भने के तिनीहरू त्यसो गर्न इच्छुक हुनेछन्? (हुनेछैनन्।) तिनीहरूले के सोच्नेछन्? तिनीहरूले सोच्नेछन्, “काम गर्नुको के अर्थ छ? यो काम अति थकानपूर्ण छ। मैले यसबाट के पाउन सक्छु र? थकान र पीडाबाहेक केही मिल्नेछैन। गेमहरू खेल्नु कति मजा, आनन्द र रमाइलो हुन्छ! म कम्प्युटरको अगाडि हुँदा, र काल्पनिक संसारमा जिउँदा, मसँग सबै कुरा हुन्छ।” यदि तैँले तिनीहरूलाई नौ बजेदेखि पाँच बजेसम्म काम गर्न लगाइस्, निश्चित घण्टाहरू तोकेर समयमा नै काम गर्न लगाइस् भने तिनीहरूलाई त्यो कस्तो लाग्थ्यो? के तिनीहरू त्यो समयतालिकाअनुसार काम गर्न र त्यसरी बाँधिन इच्छुक हुनेछन्? (हुनेछैनन्।) जब मानिसहरू कम्प्युटरमा निरन्तर गेम खेल्दै समय बरबाद गरिरहन्छन्, केही समयपछि तिनीहरूको इच्छाशक्ति हराएर जान्छ र तिनीहरू पतित हुन्छन्। गैरविश्वासीहरूले प्रचलन पछ्याउनमा आनन्द लिन्छन् र तिनीहरू फेसनहरू मन पराउँछन्, विशेष गरी युवावर्गहरू, तिनीहरूमध्ये अधिकांश उचित काम गर्ने वा सही मार्गमा हिँड्ने गर्दैनन्; तिनीहरूका अभिभावकहरू तिनीहरूलाई सम्हाल्न असमर्थ हुन्छन्, शिक्षकहरूले तिनीहरूसँग केही गर्न सक्दैनन्, र यो प्रवृत्तिलाई देशको शिक्षा-प्रणालीले पनि केही गर्न सक्दैन। दियाबलसहरू र शैतानले मानिसहरूको परीक्षा गर्न र तिनीहरूको नैतिक पतन गराउन यी कुराहरू गर्छन्। जो काल्पनिक संसारमा जिउँछन् तिनीहरूमा सामान्य मानवताको जीवनप्रति कुनै पनि किसिमको चासो हुँदैन; तिनीहरू काम वा अध्ययन गर्ने मनस्थितिमै हुँदैनन्। तिनीहरूको एक मात्र चासो भनेको गेम खेल्नु हो, मानौं तिनीहरू कुनै कुराद्वारा लट्ठिएका छन्। वैज्ञानिकहरूले दाबी गरेका छन् कि गेम खेल्ने व्यक्तिहरू गेमको चरित्रमा पस्नेबित्तिकै तिनीहरूको दिमागले केही उत्सर्जनहरू गर्न थाल्छ जसले तिनीहरूलाई उत्साहित र केही हदसम्म दिग्भ्रमितसमेत पार्छ र त्यसपछि तिनीहरू गेम खेल्ने लतमा पर्छन् र सधैँ गेम खेल्नेबारे सोचिरहन्छन्। जब तिनीहरू दिक्क हुन्छन् वा कुनै उचित काम गरिरहेको बीचमा हुन्छन्, तिनीहरू त्यसको साटो गेम खेल्न चाहन्छन्, र बिस्तारै, गेम खेल्नु नै तिनीहरूको सम्पूर्ण जीवन बन्छ। गेम खेल्नु एक किसिमको लागुपदार्थ सेवन गर्नुजस्तै हो: यसको लत लाग्यो भने, यसलाई छोड्नु र यसबाट मुक्त हुनु धेरै गाह्रो हुन्छ—यसले बर्बाद पार्छ। चाहे जवान होस् वा वृद्ध, मानिसहरूले यस्तो नराम्रो बानी बसालेपछि त्यो त्याग्न तिनीहरूलाई निकै गाह्रो पर्छ। कतिपय बच्चाहरू अबेरसम्म बसेर रातभरि गेम खेल्छन्, र हररात त्यसै गर्छन्, अनि तिनीहरूका आमाबाबुले तिनीहरूलाई न त नियन्त्रण गर्न सक्छन्, न त तिनीहरूलाई देखरेख नै गर्न सक्छन्, अनि ती बच्चाहरू कम्प्युटरको अगाडि बसेर गेम खेलिरहन्छन् र त्यही मर्छन्। तिनीहरू कसरी मर्छन्? वैज्ञानिक प्रमाणले भन्छ, तिनीहरूको मस्तिष्क क्षतिग्रस्त भयो—तिनीहरू गेम खेलेको खेल्यै गरेर मरे। के गेम खेल्नु सामान्य मानिसहरूले गर्ने कुरा हो? यदि यो सामान्य मानवत्वको लागि आवश्यक कुरा हो भने—यदि यो सही मार्ग हो भने—मानिसहरू त्यो छोड्न किन असमर्थ छन्? तिनीहरू कसरी त्यो हदसम्म मोहित हुन सक्छन्? यसले एउटा कुरा प्रमाणित गर्छ: यसरी गेम खेल्नु सही मार्ग होइन। अनलाइनमा यो वा त्यो कुरा खोज्दै पूरै दिन इन्टरनेटमा डुब्नु, अस्वस्थकर कुराहरू हेर्नु, र गेमहरू खेल्नु—पूरै दिन त्यस्ता कुराहरूमा खेल्दा मानिसहरूले अर्थहीन कुराहरूद्वारा आफ्नो नैतिक पतन गराउँछन् र अरू मानिसहरूलाई चोट र हानि पुर्याउँछन्। यी कुनै पनि सही मार्ग होइनन्। आजकल किशोरकिशोरी, युवायुवती र अधबैँसे अनि बुढाबुढीहरू पनि सबका सब भिडियो गेम खेलिरहेका हुन्छन्। झन्झन् धेरै मानिसहरू गेम खेल्दै छन्। धेरैजसो मानिसहरू यो राम्रो कुरा होइन भनेर सचेत त छन्, तर तिनीहरूले आफूलाई रोक्न सक्दैनन्। गेमिङले युवा पुस्तालाई हानि गरिरहेको छ, र धेरै मानिसहरूलाई पहिल्यै हानि गरिसकेको छ। यी गेमहरू कसरी आउँछन्? के ती शैतानबाट आउँदैनन् र? केही बेतुकका मानिसहरू भन्छन्, “भिडियोगेमहरू आधुनिक वैज्ञानिक प्रगतिका प्रतीक हुन्—ती वैज्ञानिक उपलब्धिहरू हुन्।” यो व्याख्यालाई के भन्ने? यो घिनलाग्दो छ! गेमिङ राम्रो बाटो होइन, यो सही छैन! गेमिङ भनेको सामाजिक प्रचलनहरू पछ्याउने कुरा मात्र होइन, गैरविश्वासीहरूसमेत गेमिङले उद्देश्यबोध मार्छ भनेर भन्छन्। यदि तँ योजस्तो सरल कुरा त्याग्न सक्दैनस् भने, यदि तँ यो विषयमा आफूलाई नियन्त्रण गर्न सक्दैनस् भने, तँ खतरामा छस्। आजकल मानिसहरू युवा होऊन् वा वृद्ध, भिडियो गेम खेल्ने र लागुऔषध सेवन गर्ने चलन सामान्य भइसकेको छ र सारा संसार यस्तै छ। तैँले परमेश्वरमा जति समयदेखि विश्वास गरिरहेको भए पनि, यदि तँ भिडियोगेम खेल्नेजस्ता कुरा पनि नियन्त्रित गर्न सक्दैनस् भने, एक दिन, जब तँलाई परमेश्वरमा विश्वास गर्नु व्यर्थ, झ्याउ र निरस लाग्छ, के तैँले गैरविश्वासीहरूले जस्तै लागूऔषध र हरप्रकारका उत्तेजक पदार्थहरू प्रयोग गर्न थाल्नेछैनस् र? यो अति खतरनाक हुन्छ! तैँले परमेश्वरमा विश्वास त गर्लास्, तर तेरो कुनै जग हुँदैन र तैँले सत्यता प्राप्त गरेको हुँदैनस्, त्यसैले तँ अझै पनि उहाँलाई धोका दिने पूर्ण खतरामा हुन्छस्। तँमाथि आइपर्ने कुनै पनि कुरा सामना गर्दा तँ पछारिन सक्छस्। यो दुष्ट संसारमा कैयौँ प्रलोभनहरू छन्, र शैतानले परमेश्वरमाथि विश्वास गर्ने तर सत्यता नपछ्याउनेहरूलाई फुस्ल्याउन हरप्रकारका उपायहरू प्रयोग गर्छ। यदि तँ नियमित रूपमा परमेश्वरका वचनहरू खाने र पिउने गर्दैनस् र तेरो हृदय र दिमाग प्रायः खाली हुन्छ भने, तँ एकदमै धेरै खतरामा छस्। के तिमीहरूको हृदय प्रायजसो खाली हुन्छ? युवा उमेरकाहरू प्रायजसो खाली हुन्छन्! यो समस्या नसुल्झाई त्यतिकै छोड्नु निकै खतरनाक हुन्छ। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, उहाँका झन् धेरै वचनहरू पढ्नुपर्छ, र जब तैँले केही सत्यता स्विकार्न सक्छस्, त्यो क्षण निर्णायक हुनेछ, र तँ यो खतरनाक समयबाट उम्कन र मण्डलीमा दृढ रहन सक्षम हुनेछस्।
धेरैभन्दा धेरै युवावर्गहरू परमेश्वरको घरमा सामेल भइरहेका छन् र तिनीहरूमध्ये धेरैजना बीस-तीसका छन्। तिनीहरू आफ्नो जीवनको सर्वोत्तम समयमा छन्, तिनीहरूले अझै आफ्नो जीवन लक्ष्यहरू निर्धारण गरेका छैनन्, तिनीहरूसँग कुनै आकाङ्क्षाहरू छैनन्, र तिनीहरूले जीवन के हो भनेर अझै बुझेका छैनन्। अनि यी मानिसहरूमा के-कस्तो प्रकटीकरण हुन्छ? तिमीहरूको लागि मसँग दुइटा अभिव्यक्ति छन्: बैँसालु अत्याभिमान र समझहीनता। अनि, म किन यसो भन्छु त? पहिला “बैँसालु अत्याभिमान” भनेको के हो, त्यो छलफल गरौं। के तँ “बैँसालु अत्याभिमान” के हो भनेर व्याख्या गर्न सक्छस्? यो कस्तो खालको स्वभाव हो? यसमा कस्ता खालका प्रकटीकरणहरू हुन्छन्? (यो तब हुन्छ जब मानिसहरू आफैलाई मनपर्ने कुराहरू नै सर्वोत्तम हुन्, आफ्नै कल्पना नै सही हो भन्ने सोच्छन्, र कसैको कुरा सुन्न इच्छुक हुँदैनन्।) एक शब्दमा भन्दा, यस प्रकारको स्वभाव “अहङ्कारी” हुन्छ। यो उमेर समूहका मानिसहरूको खाट्टी स्वभाव यही हो। तिनीहरूको जीवन परिवेश वा पृष्ठभूमि जस्तोसुकै भए पनि, वा तिनीहरू जुन पुस्ताका भए पनि, यो उमेर समूहका सबैमा बैँसालु अत्याभिमान हुन्छ। अनि म किन यसो भन्छु त? तिनीहरूविरुद्ध म पूर्वाग्रही भएको वा तिनीहरूलाई मैले तुच्छ ठानेको होइन, बरु कुरा के हो भने, यो उमेर समूहका मानिसहरूमा एक प्रकारको स्वभाव हुन्छ, र त्यो अत्यन्तै अहङ्कारी, बोक्रे र घमन्डी स्वभाव हो। तिनीहरूसँग धेरै सांसारिक अनुभव नभएकोले र तिनीहरूले जीवन निकै थोरै बुझेकोले, तिनीहरूले संसारमा वा जीवनमा केही कुरा सामना गर्नेबित्तिकै, तिनीहरू सोच्छन्, “म बुझ्छु, मैले पत्ता लगाइसकेँ, मलाई अब सबै कुरा थाहा छ! म बूढा मानिसहरूले के भनिरहेका छन् भनेर बुझ्न सक्छु र समाजमा चलेको कुरासँग कदममा कदम मिलाउन सक्छु। सेल फोनहरू अहिले कति छिटो विकसित भइरहेका छन् र तिनका सबै प्रकार्यहरू कति जटिल छन्। मलाई सबै थाहा छ, म तिमीहरूजस्तो केही नबुझेको बुढोहरू जस्तो छैन।” तिनीहरूले कुनै बूढो मान्छे केही कुरामा सहयोग माग्न आउँदा यसोसमेत भन्नेछन्, “मानिसहरू बुढो भएपछि बेकार हुन्छन्। तिनीहरूलाई कम्प्युटर पनि चलाउन आउँदैन, तिनीहरू बाँचिरहनुको पनि के अर्थ?” यो के हो? यो बैँसालु अत्याभिमानको प्रकटीकरण हो। युवाहरूसँग राम्रो सम्झना शक्ति हुन्छ र तिनीहरू नयाँ विचारहरू छिटो स्विकार्छन्, र जबजब तिनीहरूले नयाँ कुरा सिक्छन्, तबतब वृद्ध मानिसहरूलाई अवहेलना गर्छन्। यो भ्रष्ट स्वभाव हो। अनि, के यस्तो स्वभाव सामान्य मानवताको स्वभाव हो? के यसलाई सामान्य मानवताको प्रकटीकरण मान्न सकिन्छ? (सकिँदैन।) त्यसैले यसलाई बैँसालु अत्याभिमान भनिन्छ। अनि, किन यसलाई “अहङ्कार” नभनेर “अत्याभिमान” भनिन्छ त? किनभने यो युवाहरूको खाट्टी स्वभाव हो—तिनीहरू एउटा सानो कुरा सिक्छन् र घमन्डी बन्छन्, तिनीहरूलाई ब्रह्माण्डमा आफ्नो स्थान के हो भन्ने थाहै हुँदैन, र आफूले सिकेको कुरालाई पुँजीको रूपमा व्यवहार गर्छन्। सबै मानिसहरू, युवा हुँदा, अलि ठूलो र अलि बढी बुझ्ने नहुँदासम्म अनि जीवनका उतारचढावहरू अनुभव नगरेसम्म यस्तै हुन्छन्। त्यसपछि तिनीहरू अझ परिपक्व र स्थिर हुन्छन्, र अझ विनम्र तरिकामा व्यवहार गर्न रुचाउँछन्—तिनीहरूले केही गर्न सिक्दा त्यसलाई ठूलो कुरा बनाउँदैनन्, र केही गर्न नसकेमा पनि निराश हुँदैनन्। युवाहरू अत्यन्तै सेखीवाल हुन्छन्: केही गर्न सिक्दा तिनीहरूलाई त्यो प्रदर्शन गर्नुपर्छ, अनि तिनीहरूमा दम्भ जाग्छ। कहिलेकाहीँ, उत्साहित हुँदा, तिनीहरू आफूले अरू सबैलाई उछिनिसकेको र आफ्नो लागि संसार पर्याप्त ठूलो नभएको महसुस गर्छन्, अनि अर्को ग्रहमा जिउने इच्छा गर्छन्। यो अभिमान हो। बैँसालु अत्याभिमानमा मुख्यतया ब्रह्माण्डमा रहेको आफ्नो स्थानप्रतिको अज्ञानता र मानिसहरूलाई के चाहिन्छ अनि तिनीहरूले जीवनमा कुन बाटो अपनाउनुपर्छ, कस्तो परिस्थितिमा जिउनु खतरनाक हुन्छ, र तिनीहरूले के गरिरहेको हुनुपर्छ भन्ने कुराको अज्ञानता तड्कारो देखिन्छ। यो प्रायः मानिसहरूले यसो भनेजस्तै हुन्छ: “तिनीहरू समझहीन छन्, र तिनीहरूलाई जिन्दगी थाहै छैन।” यस उमेर समूहका मानिसहरूमा अभिमानी स्वभाव हुन्छ, त्यसैले तिनीहरू यी कुराहरू प्रकट गर्छन्। यस्ता युवाहरू धेरै छन् जो अरू सबै आफूभन्दा मुनि छन् भन्ने सोच्छन्, र तैँले तिनीहरूलाई मन नपर्ने कुरा भनिस् भने तँलाई सहजै बेवास्ता गर्नेछन्। आमाबाबुलाई युवाहरूले के सोचिरहेका छन् भनेर पत्ता लगाउनै गाह्रो हुन्छ—एउटा गलत शब्द बोलेमा पनि तिनीहरू रिसाउँछन् र झोक्किन्छन्। तिनीहरूसँग संवाद गर्नै गाह्रो हुन्छ। किन आजकाल आमाबाबुलाई आफ्ना छोराछोरीलाई सम्हाल्न र शिक्षा दिन गाह्रो भइरहेको छ? यो आमाबाबु कम शिक्षित भएर युवाहरूको मन नबुझेकोले गर्दा भएको होइन, बरु युवाहरूको सोच नै असामान्य भएको छ। सबै युवाहरू सांसारिक प्रचलन मन पराउँछन्, र तिनीहरूलाई ती प्रचलनले बन्धक बनाएका छन्; तिनीहरू सबका सब शैतानको बलिका शिकारहरू हुन्, तिनीहरू अत्यन्तै चाँडो पतित हुँदै छन्, र तिनीहरूलाई यसबाट जाग्न गाह्रो छ। त्यसैले अभिभावक बन्न सजिलो छैन—केही आमाबाबु त आफ्ना छोराछोरीहरूलाई शिक्षा दिन बालमनोविज्ञान पनि सिक्छन्। आजकल धेरै बालबालिकाहरू अटिजम र डिप्रेसनजस्ता अनौठो रोगहरूबाट ग्रसित भइरहेका छन्, र तिनीहरूलाई सम्हाल्न गाह्रो भइरहेको छ। यी समस्याहरू हल गर्न मानिसहरूसँग मार्ग वा स्पष्ट व्याख्या छैन, र विद्यालय र समाजका बुद्धिजीवीहरूले “विद्रोही मानसिकता” वा “विद्रोही अवस्था” जस्ता वाक्यांशहरू रचना गरेका छन्। यी वाक्यांशहरू पहिलेका पुस्ताहरूमा किन थिएनन्? आज विज्ञान धेरै अगाडि बढेको छ, र हरप्रकारका अजिब वाक्यांशहरू आएका छन्; यो मानवजाति झन्झन् पतित हुँदै गइरहेको छ, र सामान्य मानवताका कुराहरू झन्झन् घट्दै गइरहेका छन्—के यो समाजको दुष्ट प्रचलनले ल्याएको कुरा होइन र? (हो।) त्यसैले, तिमी युवाहरू, मैले बोलेको कुरा सुन्ने इमान्दार इच्छासाथ, मैले यसरी सङ्गति गरेको सुन्दै, अहिले यहाँ बस्न सक्षम हुनुको कारण, तिमीहरूमध्ये कोही महान् भएकोले, र सत्यता पछ्याउने बाटो चुन्न इच्छुक भएकोले होइन—यो परमेश्वरको अनुग्रहको कारण हो, परमेश्वरले तिमीहरूलाई संसार वा शैतानलाई नसुम्पनुभएकोले हो। तैँले समाजमा जसले जति मनाउने प्रयास गरे पनि परमेश्वरमा विश्वास नगर्ने युवाहरू देख्छस्। मैले तिनीहरूसँग बोले पनि कुनै फाइदा हुनेछैन। के त्यो बैँसालु अत्याभिमानको कुरा मात्र हो? तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? यदि तिनीहरूमा विवेक र समझ छैन भने, तिनीहरू पशु र दियाबलसबाहेक अरू केही होइनन्! यदि तँ तिनीहरूसँग मानव शब्दहरूमा बोलिस् भने, के तिनीहरूले बुझ्न सक्नेछन्? यो अब तिनीहरूसँग संवाद गर्न गाह्रो छ भन्ने समस्या होइन, बरु तिनीहरूले सुन्नै अस्वीकार गर्नुको समस्या हो। तिमीहरू अहिले परमेश्वरको अनुग्रह र सुरक्षाले गर्दा उहाँको काम स्विकार्न, उहाँका वचनहरू बुझ्न र सत्यताको मार्गमा चासो राख्न सक्षम छौ! त्यसैले, तिमीहरूले आफ्नो कर्तव्य निभाउने यो मौकाको कदर गर्नुपर्छ, र यो बेला परमेश्वरमाथिको विश्वासमा दह्रिलो जग बसाल्ने प्रयास गर्नुपर्छ। तब तिमीहरू सुरक्षित हुनेछौ, र सजिलैसँग यी दुष्ट प्रचलनहरूद्वारा बहकिनेछैनौ। मानिसहरू यी दुष्ट प्रचलनहरूमा फस्नेबित्तिकै, तिनीहरू सजिलै बहकिन्छन्, र जब तँ बहकिन्छस्, के परमेश्वरले तँलाई चाहनुहुनेछ र? अहँ, उहाँले चाहनुहुनेछैन! उहाँले तँलाई पहिले नै मौका दिइसक्नुभएको छ, र अबउप्रान्त पक्कै तँलाई चाहनुहुनेछैन। परमेश्वरले तँलाई नचाहनुहुँदा, तँ खतरामा हुनेछस्, र तैँले जे पनि गर्न सक्नेछस्।
हामीले “बैँसालु अत्याभिमान” बारे छलफल गरिसकेका छौँ, आओ अब हामी “समझहीनता” बारे कुरा गरौँ। “समझहीनता” केही हदसम्म औपचारिक शब्द हो। ल, यसको शाब्दिक अर्थ के हो व्याख्या गर त। (यो तब हुन्छ जब व्यक्तिले नराम्रोबाट राम्रो खुट्ट्याउन सक्दैन, र तिनीहरूले आफूलाई जे राम्रो लाग्छ त्यो सधैँ राम्रो हुनेछ, र जे नराम्रो लाग्छ त्यो सधैँ नराम्रो हुनेछ भन्ने सोच्छन्, र तिनीहरूलाई जसरी कुरा बुझाउन खोजे पनि, सुन्दैनन्।) (जब व्यक्तिलाई सही र गलत थाहा हुँदैन र तिनीहरूमा विवेकको कमी हुन्छ।) यसको शाब्दिक अर्थ धेरथोर यही हो—सहीबाट गलत खुट्ट्याउन सक्षम नहुनु, र कुन कुराहरू सकारात्मक र कुन कुराहरू नकारात्मक हुन् भनेर थाहा नहुनु हो। तिनीहरूको बैँसालु अत्याभिमानको कारण, मानिसहरूले भनेको कुनै पनि कुरा तिनीहरूभित्र छिर्दैन, तिनीहरू सोच्छन्: “अरूले जे भन्छन् त्यो गलत हो, र मैले भनेकै सही हो। कसैले मलाई कुनै कुरा कस्तो हो भनेर बताउन नखोजेकै राम्रो, म तिनीहरूको कुरा सुन्नेछैनँ। म साँच्चिकै जिद्दी हुनेछु, र जिद्दी गरिरहनेछु र गलत हुँदा पनि आफ्ना विचारहरूमै जोड दिनेछु।” तिनीहरूसँग हुने स्वभावको प्रकार यही हो—तिनीहरू समझहीन हुन्छन्। सतहमा, तिनीहरूले एकपछि अर्को गरी धर्मसिद्धान्तहरू भट्ट्याउन सक्छन्, र तीबारे अरूले भन्दा बढी स्पष्ट र बुझिने तरिकामा कुरा गर्न सक्छन्, तैपनि काम गर्ने समय आउँदा तिनीहरू किन सधैँ अलमल्ल र अन्योलपूर्ण हुन्छन्? तिनीहरूलाई के सही हो भनेर राम्ररी थाहा छ, तर तिनीहरू सुन्दै सुन्दैनन्—तिनीहरू आफूलाई मन लागेअनुसार गर्छन्, र आफूले चाहेअनुसार व्यवहार गर्छन्। यो लहडेपन हो, र यो बेतुकको छ। संसारका प्रचलनहरू पछ्याउने मानिसहरू निकै बेतुकका हुन्छन्। तिनीहरू पार्कोर र बन्जी जम्पिङ गर्छन्, र हरप्रकारका चरम खेलकुदहरूमा उत्साह खोज्न मन पराउँछन्। के यो बेतुके कुरो होइन र? के तिमीहरू सबैजना पार्कोर गर्छौ? (पहिले गर्थेँ।) अनि, तँलाई त्यो किन मन पर्थ्यो? के तँलाई पार्कोर खतरनाक छ भन्ने थाहा थिएन? के तँलाई पार्कोर गर्दा आफ्नो ज्यान जोखिममा राख्दै छु भन्ने थाहा थिएन? मानिसहरू माकुरा वा माउसुली होइनन्। यदि तिनीहरू पर्खाल चढ्छन् भने, लड्ने निश्चित हुन्छ। मानिसमा त्यो क्षमता छैन, र यो सामान्य मानवता भएका मानिसहरूमा हुने कुरा होइन। तिमीहरू यसलाई कसरी मन पराउन सक्छौ? यी कुराहरूले मानिसहरूलाई एक प्रकारको दृश्यात्मक र भावनात्मक उत्तेजना दिन सक्छ, त्यसैले मानिसहरू पार्कोर गर्न चाहन्छन्। यो सोचलाई के कुराले नियन्त्रित गर्छ? के यो “स्पाइडरम्यान” बाट आएको हो? के मानिसभित्र संसारलाई बचाउने, महामानव बन्ने गहिरो मानसिकता र चाहना छैन र? धेरै फिल्म र टिभी कार्यक्रमहरूमा उड्ने नायकहरू हुन्छन् जो उड्छन् र छतछतमा हाम फाल्छन्, र मानिसहरू वास्तवमै तिनीहरूको प्रशंसा गर्छन्। यसरी नै युवाहरूको दिमागमा यी कुराहरू रोपिन्छ। अनि कसरी तिनीहरू यसरी विषाक्त हुन सक्छन्? यो मानिसहरूको प्राथमिकता र पछ्याइसँग सम्बन्धित हुन्छ। हरेक व्यक्ति नायक बन्न चाहन्छ, सुपरम्यान बन्न चाहन्छ, विशेष शक्ति पाउन चाहन्छ, त्यसैले तिनीहरू शैतानको पूजा गर्छन्। मलाई भन्, के सामान्य मानिसहरूलाई यी बेतुकका कुराहरू मन पर्छ? के सामान्य मानिसहरूसँग यी विशेष शक्तिहरू हुन्छन्? पक्कै हुँदैनन्। के यी सबै कुराहरू मानिसहरूले नै बनाएका र कल्पना गरेका थिएनन् र? यदि यी अनौठा कुराहरू वास्तवमै हुन्थे भने, के ती अनौठा कुराहरू भएकाहरूमा दुष्टात्माहरू चढेका हुँदैनथे र? के आदम र हव्वाको समयमा पार्कोर थियो? के बाइबलमा पार्कोरबारे केही लेखिएको छ? (छैन।) पार्कोर दुष्ट आधुनिक समाजको उपज हो; यो शैतानले मानिसहरूलाई बहकाउने र भ्रष्ट पार्ने एउटा तरिका हो। शैतानले अनौठोपन र रोमाञ्चकताप्रति ढल्कने युवाहरूको आवेगको फाइदा उठाउँछ, र केही कथाहरू बुन्छ, कल्पन्छ र मञ्चन गर्छ। यसरी त्यसले यी समझहीन किशोरहरूलाई बहकाउँछ, र तिनीहरूलाई शैतानको अनौठो र रोमाञ्चक विशेष शक्तिहरू पछ्याउन अगुवाइ गर्छ। के यो मानिसहरूलाई विषाक्त पार्नु होइन र? यी कुराहरू मानिसहरूको दिमागमा प्रवेश गर्नेबित्तिकै विष बन्छन्। अनि, यदि तैँले यो विष चिन्न सक्दैनस् भने, यसलाई पूर्ण रूपमा त्याग्न सक्दैनस्, र तँ यसको प्रभाव, बाधा र नियन्त्रणबाट कहिल्यै मुक्त हुनेछैनस्। के यो विष सजिलै हटाउन सकिन्छ त? (सजिलै सकिँदैन।) यो समस्या कसरी समाधान गर्न सकिन्छ? केही मानिसहरू यी कुराहरू त्याग्न मन पराउँदैनन्। तिनीहरू यी कुराहरू राम्रा छन् र विष होइनन् भन्ने सोच्छन्, र यस्तो सोचेर यी कुराहरू त्याग्न सक्दैनन्। तसर्थ, तेरो कद सानै हुँदा, तँसँग समझ नभएकोले, र तँ अझै पनि मूर्ख र अत्याभिमानले भरिएको हुनाले, शैतानको प्रलोभनमा फस्नबाट जोगिन, तैँले तेरो हृदय क्षय गर्न सक्ने र तँलाई विषाक्त पार्ने कुराहरूबाट टाढा रहन सक्दो प्रयास गर्नुपर्छ। तैँले आफूलाई पर्याप्त सकारात्मक कुराहरूले सुसज्जित गरेको छैनस्, र तँसँग सत्यता वास्तविकता छैन। विश्वासका शब्दहरूमा भन्नुपर्दा, तेरो कुनै जीवन र कद छैन। तँमा अलिकति तत्परता र परमेश्वरमा विश्वास गर्ने इच्छा मात्र छ। तँलाई परमेश्वरमा विश्वास गर्नु राम्रो हो, यो हिँड्ने सही बाटो हो र असल व्यक्ति बन्ने बाटो हो भन्ने लाग्छ, तैपनि तँ सोच्छस्: “म गैरविश्वासीहरूमध्येको खराब व्यक्ति होइन, मलाई पार्कोर मन पर्छ तर मैले केही गलत गरेको छैन, म अझै पनि राम्रो मान्छे हुँ।” के यो सत्यतासँग मेल खान्छ? के तैँले कुनै गल्ती नगरेकोले तँमा भ्रष्ट स्वभाव छैन जस्तो लाग्छ? तँ दुष्ट प्रचलनहरूभित्र जिउँछस्, र यो कुरा तेरो हृदय दुष्ट कुराहरूले भरिएको छ भनेर देखाउन पर्याप्त छ।
मलाई भन्, के व्यक्ति आफ्नो वातावरणबाट एकदमै धेरै प्रभावित हुन्छ? तैँले अहिले मण्डलीमा कर्तव्य निभाउँदै छस्, त्यो तेरो वातावरण हो; तँ हरदिन दाजुभाइ-दिदीबहिनीहरूसँग रहँदै परमेश्वरमा विश्वास गर्ने मानिसहरूद्वारा घेरिएको हुन्छस्, र तँ परमेश्वरमाथिको आफ्नो विश्वासमा अटल पनि छस्। यदि तँलाई गैरविश्वासीहरूमाझ राखियो भने, यदि तँलाई तिनीहरूमाझ रहन लगाइयो भने, के तेरो हृदयमा परमेश्वर अझै पनि हुनुहुनेछ? यदि तँ तिनीहरूसँगको सम्पर्कमा रहिस् वा तिनीहरूमाझ जिइस् भने, के तिनीहरूजस्तै तैँले पनि प्रचलनहरू पछ्याउनेछैनस् र? कतिपय भन्छन्, “यो ठीकै छ, परमेश्वरले मेरो हेरचाह र सुरक्षा गरिरहनुभएको छ, त्यसैले म त्यो बाटोमा कहिल्यै हिँड्नेछैन।” के तँ त्यो वाचा गर्ने आँट गर्छस्? तैँले यी कुराहरूलाई प्रेम गरुन्जेल र पछ्याउन्जेल, तँ जानीजानी प्रचलनहरू पछ्याउन सक्ने हुन्छस्। तँलाई हृदयमा यो गलत हो भनेर थाहा भए पनि, तैँले गम्भीर नभई यसो भन्नेछस्, “मलाई माफ गर्नुहोस्, परमेश्वर, मैले गल्ती गरेँ।” समय बित्दै जाँदा, तैँले ग्लानि वा अरू कुनै पनि कुरा महसुस गर्न छोड्नेछस्, र तैँले यस्तो सोच्नेछस्: “आखिर, परमेश्वर कहाँ हुनुहुन्छ? मैले उहाँलाई किन देखेको छैन?” तैँले निरन्तर परमेश्वरलाई शङ्का गर्नेछस्, र तँसँग कुनै समय भएको विश्वास, अलिअलि गर्दै बिस्तारै हराउनेछ। तेरो हृदयले परमेश्वरलाई पूर्ण इन्कार गर्ने बेलासम्म, तैँले अबउप्रान्त उहाँलाई पछ्याउन वा कर्तव्यसँग कुनै सरोकार राख्न चाहनेछैनस्, र पहिले कर्तव्य निभाउन रोजेकोमा पछुतोसमेत गर्नेछस्। मानिसहरू किन यति सजिलै बदलिन सक्छन्? वास्तवमा, तँ बदलिएको होइनस्—सर्वप्रथम त, तँसँग सत्यता वास्तविकता कहिल्यै थिएन। सतही रूपमा त तैँले परमेश्वरमा विश्वास गर्छस् र कर्तव्य निभाउँछस्, तर तँभित्रका सांसारिक र शैतानी विचार, दृष्टिकोण, मानिसहरूसित उठबस गर्ने तौरतरिका र भ्रष्ट स्वभावहरू कहिल्यै हटाइएका छैनन्, र तँ अझै पनि शैतानी कुराहरूले नै भरिएको छस्। तँ अझै पनि ती कुराहरूअनुसार नै जिउँछस्, त्यसैले तेरो कद अझै पनि सानो छ। तँ अझै पनि खतरनाक अवस्थामा छस्; तँ अझै पनि सुरक्षित वा संरक्षित छैनस्। तँमा शैतानी स्वभाव छउन्जेल, तैँले परमेश्वरलाई प्रतिरोध गर्न र धोका दिन जारी राख्नेछस्। यो समस्याको समाधान गर्न, तैँले पहिला कुन कुराहरू दुष्ट छन् र शैतानका हुन्, ती कसरी हानिकारक छन्, शैतानले ती कामहरू किन गर्छ, ती स्विकार्दा मानिसहरूले कस्तो खाले विष भोग्छन्, र ती व्यक्तिहरू के बन्नेछन्, साथै परमेश्वरले मानिसहरूलाई कस्तो खाले व्यक्ति हुन भन्नुहुन्छ, सामान्य मानवताका कुराहरू के-के हुन्, कुन कुराहरू सकारात्मक छन्, र कुन कुराहरू नकारात्मक छन् भनेर बुझ्नुपर्छ। यदि तँसँग समझ छ र तँ यी कुराहरू स्पष्ट देख्न सक्षम हुन्छस् भने मात्र तँसँग मार्ग हुनेछ। यसबाहेक, सकारात्मक पक्षमा, तैँले आफ्नो इमानदारी र बफादारी अर्पण गर्दै आफ्नो कर्तव्य सक्रिय रूपमा निभाउनु पनि पर्छ। छली वा सुस्त नहू, आफ्नो कर्तव्य वा परमेश्वरले तँलाई सुम्पनुभएको कुराप्रति गैरविश्वासीहरूको दृष्टिकोणबाट वा शैतानको दर्शनले व्यवहार नगर्। तैँले परमेश्वरका वचनहरू अझ बढी खानु र पिउनुपर्छ, सत्यताका सबै पक्षहरू बुझ्न खोज्नुपर्छ, र कर्तव्य निभाउनुको महत्त्व स्पष्ट रूपमा बुझ्नुपर्छ, र त्यसपछि आफ्नो कर्तव्य निभाउँदै सत्यताका सबै पक्षहरूमा अभ्यास र प्रवेश गर्नुपर्छ, अनि बिस्तारै परमेश्वर, उहाँको काम र उहाँको स्वभाव चिन्नुपर्छ। यसरी, तँलाई थाहै नभई तेरो भित्री अवस्था परिवर्तन हुनेछ, तँभित्र सकारात्मक र सक्रिय कुराहरू धेरै, अनि नकारात्मक र निष्क्रिय कुराहरू कम हुनेछन्, र तेरो समझ पहिलाभन्दा बलियो हुनेछ। जब तँ यो कदसम्म बढ्छस्, तैँले यस संसारका सबै प्रकारका मानिस, घटना र वस्तुहरूबारे समझ पाउनेछस्, र तँ समस्याहरूको सार चिन्न सक्षम हुनेछस्। यदि तैँले गैरविश्वासीहरूद्वारा निर्मित चलचित्र हेरिस् भने, मानिसहरू त्यो हेरेपछि के-कस्ता विषहरूद्वारा पीडित हुन सक्छन्, साथै शैतानले यी माध्यम र प्रचलनहरूमार्फत मानिसहरूमा के घुसाउन र रोप्न चाहन्छ, र त्यसले मानिसहरूको के कुरा क्षय गराउने अभिप्राय राख्छ भनेर बुझ्न सक्षम हुनेछस्। तँ बिस्तारै यी कुराहरू छर्लङ्गै देख्न सक्षम हुनेछस्। त्यो चलचित्र हेरेपछि तँ विषाक्त हुनेछैनस्, र तैँले यसबारे समझ पाउनेछस्—तब तँसँग साँच्चै कद हुनेछ।
केही सुपरहिरो र काल्पनिक चलचित्रहरू हेरेपछि, युवावर्गका केही मानिसहरू एउटा इच्छाले सङ्क्रमित हुन्छन्—तिनीहरू आफूमा मुख्य पात्रहरूसँग भएजस्तै असाधारण क्षमताहरू होस् भन्ने इच्छा गर्छन्। के तिनीहरू यसरी नै विषाक्त हुँदैनन् र? यदि तैँले ती चलचित्रहरू नहेरेको भए के तँलाई त्यो विषले हानि पुर्याउन सक्थ्यो र? सक्थेन। मैले यसो भन्नुको अर्थ के हो? मैले के भन्न खोजेको हो भने, तँ दुष्ट समाजमा जिउँछस्, त्यसैले तँ सानो कदको हुँदा र तँमा समझको कमी हुँदा, तँमाथि दुष्ट प्रचलनका कुराहरू हाबी हुन सक्छन्, किनभने तैँले ती कुराहरूलाई सुरुमै सामना गरिस् र तिनलाई सकारात्मक, सामान्य र उचित कुराहरूको रूपमा व्यवहार गर्छस्। यो शैतानले मानिसहरूलाई विषाक्त पार्ने एउटा तरिका हो। मलाई भन्, के शैतान दुष्ट छैन र? शैतानसँग मानिसहरूलाई भ्रष्ट तुल्याउने थुप्रै तरिकाहरू छन्! यो भन्न सकिन्छ कि यसप्रकारका चलचित्र हेर्ने जोकोहीलाई यस्तै चाहना हुन्छ। एउटा केटो थियो जसले काल्पनिक चलचित्र हेऱ्यो र फुर्सद हुँदा जो झाडुमा सवार भएर आफ्नो आँगनमा दौडिन्थ्यो। सुरुमा, धेरै कोसिस गर्दा पनि, ऊ उड्न सकेन, तर ऊ एक दिन साँच्चै उड्न थाल्यो। ऊ आफै उडेको थिएन, एउटा बाहिरी शक्तिले उसलाई उडाइरहेको थियो। उड्न थालेपछि, ऊ चलचित्रको पात्रझैँ विचित्र रूपमा चिच्यायो। उसमा एक प्रकारको आत्मा प्रवेश गरेको थियो। के झाडुको सवारी सामान्य मानव जीवनको अंश हो त? तँ घोडा वा गधा चढ्न सक्छस्, तर झाडु चढेर किन उड्नुपऱ्यो? के यो सम्भव कुरा हो त? तैँले तुरुन्तै भन्न सक्छस्, यो सामान्य मानिसहरूले गर्ने कुरा होइन। झाडुहरू उड्न सक्दैनन्, तिनीहरू दुष्टात्माहरूको मद्दतले मात्र उड्न सक्छन्, त्यसैले यो शैतान र दुष्टात्माहरूको काम हो। शैतान र दुष्टात्माहरू आश्चर्यजनक, विचित्र र हास्यास्पद कामहरू गर्छन् जुन सामान्य मानिसहरूले गर्दैनन्। के तिमीहरूसँग शैतानले गर्ने कामहरूबारे अलिकति पनि समझ छ? ती कुराहरूप्रति तिमीहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? के तिमीहरुले ती कुराहरू त्याग्नुपर्दैन र? समय हुँदा तिमीहरूले आफैबारे मनन गर्नुपर्छ र आफ्नो मनभित्र के-के विचित्र कुराहरू बाँकी छन् भनेर जाँच गर्नुपर्छ। किन तिमीहरूको मनभित्र कैयौँ विचित्र कुराहरू हुन्छन्? किनभने तिमीहरूको पुस्ताका मानिसहरूलाई अत्यन्तै विषाक्त पारिएको छ—तिमीहरू सबैजना छतछतमा उफ्रन, स्पाइडरम्यान वा ब्याटम्यान बन्न, र अरूभन्दा उच्च प्राणी बन्न चाहन्छौ। यो सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने वा तिनीहरूले धारण गर्नुपर्ने कुरा होइन। यदि तँ सामान्य मानवता भएकाहरूलाई नचाहिने कुराहरू खोज्न जोड गर्छस् भने, र यदि निरन्तर रूपमा ती कुराहरू अनुभव गर्ने प्रयास गरिरहन्छस् भने, तैँले दुष्टात्माहरूको काम आकर्षित गर्न सक्छस्। मानिसहरूमा दुष्टात्माहरू चढ्दा तिनीहरू समस्यामा पर्छन्, अनि शैतानले तिनीहरूलाई बन्धक बनाउँछ, र त्यसपछि तिनीहरू खतरामा हुन्छन्। यो समस्या कसरी समाधान गर्न सकिन्छ? मानिसहरूले नियमित रूपमा परमेश्वरलाई पुकार्नुपर्छ। तिनीहरू शैतानको प्रलोभन वा बहकाउमा पर्नु हुँदैन। भुतपिशाच र अशुद्ध आत्माहरू कीरासरी र बेलगाम रहेको यो दुष्ट युगमा, यदि तँ उहाँको अनुग्रह र सुरक्षा सदा तँसँगै रहोस् भनी प्रार्थना गर्न सक्छस् भने, तेरो हृदय परमेश्वरबाट टाढा नजाओस् भनेर उहाँलाई तेरो हेरचाह र रक्षा गर्न अनुरोध गर्न सक्छस् भने, अनि इमानदारीसाथ र हृदयबाट उहाँको आराधना गर्न सक्षम हुन्छस् भने, के यो सही मार्ग होइन र? (हो।) र के तिमीहरू यो मार्ग हिँड्न इच्छुक छौ? के तिमीहरू सधैँ परमेश्वरको हेरचाह र सुरक्षा, अनि उहाँको अनुशासनमा जिउन इच्छुक छौ, कि आफ्नो स्वतन्त्र संसारमा जिउन चाहन्छौ? यदि परमेश्वरले तिमीहरूलाई अनुशासित गर्नुहुन्छ भने, यसले तिमीहरूलाई कहिलेकाहीँ अलिकति शारीरिक पीडा भोग्ने तुल्याउन सक्छ। के तिमीहरू त्यो भोग्न इच्छुक छौ? (छौँ।) तिमीहरू अहिले इच्छुक छौँ भन्छौ, तर यसको वास्तविकता सामना गर्दा गनगन गर्न थाल्न सक्छौ। दुःख भोग्न इच्छुक हुनु मात्र पर्याप्त हुँदैन, सत्यता पछ्याउने इच्छा पनि हुनुपर्छ। सत्यता बुझेपछि मात्रै तिमीहरू दृढ रहन सक्छौ। चिन्ताको कुरा के छ भने, केही युवावर्गहरू एकदमै अस्थिर छन्, तिनीहरू आफ्नो उचित कर्तव्यहरूप्रति ध्यान दिने वा मनमा सही कुराहरू राख्ने गर्दैनन्, र तिनीहरू परमेश्वरका वचनहरू पढ्न वा सत्यता पछ्याउन इच्छुक छैनन्—यो खतरनाक कुरा हो। तिनीहरूको परिणाम जीवन हुनेछ कि मृत्यु, भन्न गाह्रो छ। आज केही युवायुवतीहरू यस्ता पनि छन् जसले धेरै वर्षदेखि प्रवचन सुनेका छन्; तिनीहरूले सत्यतामा चासो लिन थालेका छन्, र प्रवचन सुन्दा नोट लिन इच्छुक हुन्छन्। तिनीहरू धार्मिकताप्रति एक प्रकारको भोक र तिर्खा महसुस गर्छन्, र सत्यता बुझ्न सक्षम छन्। यसको अर्थ तिनीहरूसँग पहिलादेखि नै जग छ, र सत्यताले तिनीहरूको हृदयमा जरा गाडेसम्म, तिनीहरू अझ बढी सुरक्षित हुनेछन्। यदि तिनीहरू सत्यता पछ्याइरहन्छन् भने, यसले तिनीहरू सत्यता बुझ्न, सत्यता वास्तविकतामा प्रवेश गर्न र मुक्ति प्राप्त गर्न सक्षम हुन्छन् भन्ने कुरा सुनिश्चित गर्नेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।